खाेटाङमा सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड भन्दा बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए।

आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा, स्विस फ्रंयांक एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।   अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१  पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

भोजपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौं । भोजपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–३, खार्ताम्छाबाट एक थान भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ३४ वर्षीय विशाल तामाङ पक्राउ परेका हुन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

नाइजेरियामा ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

जोस प्लेटो । मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको स्थानीय स्रोतले एएफपीलाई जानकारी दिएको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएका छन् । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, “खानीमा विस्फोट भएको सत्य हो । विस्फोटमा परी हालसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।“ स्थानीय समयअनुसार बिहान ७ः३० देखि ८ः०० को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए । सानीले टेलिफोनमा एएफपीसँग भने, “हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो। पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ ।

उदयपुरकाे उदयपुरगढीमा नेकपाको पक्षमा जनलहर

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका यसपटक परिवर्तन र स्थायित्वको पक्षमा स्पष्ट रूपमा उभिएको छ।  गाउँपालिकाका आठवटै वडामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनाव प्रचार–प्रसारलाई तीव्र बनाउँदै घरदैलो, टोलसभा र जनभेटघाटमार्फत आफ्नो घोषणापत्रका प्रतिबद्धताहरू जनतामाझ पुर्‍याइरहेको छ। नेकपाको घोषणापत्रले समृद्ध कृषि, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा–स्वास्थ्य, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ। यही स्पष्ट दृष्टिकोण र कार्ययोजनाका कारण मतदाताहरू तारा चिन्ह रोज्न उत्साहित देखिएका छन्। यो पालिका उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा पर्दछ, जहाँ नेकपाका उम्मेदवार सुरेशकुमार राई हिमाल चुनावी मैदानमा छन् । उनले कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, युवालाई स्वदेशमै रोजगारी, महिला सशक्तीकरण र सामाजिक सुरक्षा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।घोषणापत्रअनुसार गाउँ–गाउँमा सडक, खानेपानी, सिँचाइ र विद्युत् पहुँच विस्तार गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजना अघि सारिएको छ। नेकपा उदयपुरगढीका स्थानीय नेता होम बस्नेतका अनुसार पालिकाभर जनलहर उत्साहजनक छ र मतदाताहरूले विकासका अधुरा काम पूरा गर्ने जिम्मा फेरि नेकपालाई दिन चाहेका छन्।  त्यस्तै नेकपाका अर्का नेता देव गिरीले अहिलेको निर्वाचन विकासको निरन्तरता, स्थिर सरकार र राष्ट्रिय स्वाभिमानको पक्षमा जनमत प्रकट गर्ने अवसर भएको बताए । उनका अनुसार नेकपाको घोषणापत्र केवल आश्वासन होइन, विगतका उपलब्धिको जगमा टेकेर तयार पारिएको यथार्थपरक कार्ययोजना हो। समग्रमा, उदयपुरगढी गाउँपालिकामा यसपटकको चुनाव नेकपाको तारा चिन्हमार्फत समृद्धि, सामाजिक न्याय र स्थायित्वको मार्ग रोज्ने जनआकांक्षासँग जोडिएको छ।

नुवाकाेटकाे दुप्चेश्वरमा नेकपाको प्रवेश जनलहर, कांग्रेस–एमालेलाई गम्भीर झट्का

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेकपाको पक्षमा उल्लेखनीय जनलहर देखिएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ५० जनाभन्दा बढी सक्रिय नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। स्थानीय स्रोतका अनुसार कार्यक्रमस्थल जनसागरले भरिएको थियो। नवप्रवेशीहरूलाई पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हितबहादुर तामाङले खादा र अबिर लगाएर भव्य स्वागत गरे। स्वागत मन्तव्यमा उनले अबको विकास, सुशासन र समृद्धिको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने दाबी गर्दै पार्टीमा प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी, सम्मान र सक्रिय भूमिकाको प्रत्याभूति दिए। “दुप्चेश्वरमा देखिएको उत्साह परिवर्तनको संकेत हो, यो जनलहरलाई कसैले रोक्न सक्दैन,” उनले भने। दुप्चेश्वरका विभिन्न टोल–बस्तीबाट कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा रोश बहादुर तामाङ, सानु कान्छा तामाङ, होम बहादुर तामाङ, चैनामा तामाङ, भिम बहादुर तामाङ लगायत रहेका छन्। त्यसैगरी इनामा तामाङ, लाल माया तामाङ, काली तामाङ, मरफिले तामाङ, कान्छी तामाङ, काले तामाङ, मिने तामाङ, गोरे तामाङ, कृष्ण बहादुर, पूर्ण बहादुर र हरि बहादुर तामाङसहित सयौं कार्यकर्ताले सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन्। विशेषगरी ‘जेन–जि’ पुस्ताका युवाहरूको उत्साहजनक सहभागिताले नुवाकोट क्षेत्र नं. १ मा नेकपाको संगठन थप सशक्त बन्दै गएको नेताहरूले बताएका छन्। युवा पुस्ताले वैकल्पिक नेतृत्व र स्पष्ट विचारको खोजी गर्दै कम्युनिस्ट आन्दोलन रोजेको स्थानीय नेताहरूको दाबी छ। पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूले कांग्रेस र एमालेको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक न्यायका लागि कम्युनिस्ट विचारधारा नै उपयुक्त विकल्प भएको उल्लेख गरे। दुप्चेश्वरमा देखिएको यो व्यापक ध्रुवीकरणलाई आगामी निर्वाचनको पूर्वसंकेतका रूपमा हेरिएको छ। स्थानीय तहदेखि संघीय निर्वाचनसम्म नेकपाको प्रभाव बढ्दै गएको सन्देशका रूपमा यसलाई विश्लेषण गरिएको छ। कार्यक्रममा पार्टीका अन्य स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

गोरखा–२ मा नेकपा प्रवेशको लहर: न्यौपानेको पक्षमा जनसमर्थन थप सुदृढ

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गोरखा–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)प्रति जनलहर तीव्र बन्दै गएको छ। यसैक्रममा जितकुमारी देवकोटा, सुक बहादुर तामाङ, खड्क नारायण श्रेष्ठ र रसि तामाङ लगायतका स्थानीय सक्रिय व्यक्तित्वहरू नेकपामा प्रवेश गरेका छन्।  उनीहरूलाई गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार लेखनाथ न्यौपानेले झ्याल्ला बजारमा आयोजित एक विशेष कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। झ्याल्ला बजारमा आयोजित उक्त कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै न्यौपानेले जनताको विश्वास, अपेक्षा र विकासको चाहनालाई केन्द्रमा राखेर आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। उनले गोरखा–२ को समग्र विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आफ्नो मुख्य प्राथमिकता रहेको बताए। नवप्रवेशी नेताहरूले विभिन्न राजनीतिक दल परित्याग गरी नेकपामा आबद्ध भएको घोषणा गर्दै अहिलेको राष्ट्रिय परिस्थिति र गोरखा–२ को आवश्यकतालाई ध्यानमा राख्दा नेकपा नै सही विकल्प भएको धारणा व्यक्त गरे। उनीहरूले देशमा स्थायित्व, सुशासन र जनमुखी विकासका लागि नेकपाको नेतृत्व अपरिहार्य भएको उल्लेख गरे। पार्टी प्रवेशपछि बोल्दै जितकुमारी देवकोटाले न्यौपानेको स्पष्ट दृष्टिकोण र जनताप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफू नेकपामा आएको बताइन्। सुक बहादुर तामाङले गोरखा–२ को समग्र विकासका लागि बलियो र सक्षम नेतृत्व आवश्यक रहेको भन्दै न्यौपानेजस्ता निष्ठावान उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता भएको धारणा राखे। खड्क नारायण श्रेष्ठ र रसि तामाङले पनि आगामी निर्वाचनमा गाउँ–टोलमा सक्रिय रूपमा प्रचार–प्रसार गर्दै न्यौपानेलाई भारी मतले विजयी गराउन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा सहभागी स्थानीयहरूले समेत गोरखा–२ मा परिवर्तन र समृद्धिको आधार तयार गर्न नेकपाको पक्षमा माहोल बनेको प्रतिक्रिया दिएका थिए। पछिल्लो समय गोरखा–२ का विभिन्न क्षेत्रबाट निरन्तर रूपमा नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गरिरहनुले न्यौपानेको उम्मेदवारीप्रति जनविश्वास बढ्दै गएको संकेत दिएको छ। निर्वाचन नजिकिँदै जाँदा गोरखा–२ मा नेकपाको पक्षमा देखिएको यो उत्साह र एकता भावनाले आगामी परिणामलाई अझ बलियो बनाउने विश्वास पार्टीका नेताहरूले व्यक्त गरेका छन्।

रुकूमपूर्वकाे सिस्नेमा गाेपाल शर्मा र प्रचण्ड एकै मञ्चमा, धपेमा चुनावी उत्साह बढ्याे (फाेटाे)

रूकुम । रुकुम पश्चिमका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार  गोपाल शर्मा अनल र रुकूमपूर्वका उम्मेदवार  पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिस्ने गाउँपालिका–८ धपेमा सञ्चालन गरिएको चुनावी अभियानमा एकै ठाउँमा देखिनुहुँदा समग्र क्षेत्रको चुनावी माहोल थप तातेको छ। रूकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनल र रूकुम पूर्वबाट उम्मेदवार प्रचण्डको संयुक्त उपस्थिति धपेमा आयोजित कार्यक्रममा विशेष आकर्षण बनेको थियो। स्थानीय कार्यकर्ता, युवा र समर्थकहरूको उल्लेख्य सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। यस चरणको अभियानअन्तर्गत प्रचण्डले सिस्ने क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर जनतासँग संवाद गर्नुभएको थियाे। उहाँले विकास, सुशासन र समृद्धिको एजेन्डालाई अघि सार्दै जनताको विश्वास र समर्थनको अपिल गर्नुभयो। त्यसैगरी अनलले रूकुम पश्चिम र पूर्वबीच समन्वय, साझा विकास योजना र जनआकांक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दुई उम्मेदवार एकै मञ्चमा उभिँदा पार्टी पंक्तिमा ऊर्जा थपिएको स्थानीय नेताहरूको भनाइ छ। धपेमा आयोजित उक्त कार्यक्रमलाई आगामी दिनमा हुने चुनावी परिणामका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। संयुक्त उपस्थितिले सिस्ने र आसपासका वडामा संगठनात्मक एकता र चुनावी गतिलाई बलियो सन्देश दिएको बताइएको छ।  

विगतमा गरिएका असिमित कामका कारण सहज जितको बाटोमा गिरिराजमणी पोखरेल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका महोत्तरी १ का उम्मेदवार गिरिराजमणी पोखरेलले विगतमा प्रतिनिधि सभा सदस्यको रुपमा खेलेको भूमिका र विकास निर्माणका काममा गरेको योगदानका कारण सहज जितको बाटोमा अघि बढेका छन् ।  चुनावी प्रचारप्रसार तथा घरदैलोमा देखिएको जनताको मायाले जितको सहज बाटोमा रहेको महोत्तरीस्थित पार्टीपंक्तिले बताउने गरेका छन् । स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथरा सुचना प्रविधि मन्त्रीको रुपमा पटक–पटक जिम्मेवारी पाएका पोखरेलले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका धेरै कामहरु गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरेका नीतिगत तथा कानुनी प्रयासहरुले उनलाई लोकप्रिय बन्न मद्दत गरेको त छ नै आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणको कामले पनि उनलाई मतदाताहरुको मन, मस्तिष्कमा राखेको छ । विगतका अधुरा योजनालाई पुरा गर्ने तथा नयाँ योजनाहरुका साथमा उनी मत माग्न व्यस्त देखिएका छन् । महोत्तरीको विकासका लागि अघि सारिएका छन् यस्ता योजना पोखरेलले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बर्दिबास मेडिकल कलेजको काम अगाडि बढाउन पहल गर्ने बताएका छन् । अव्यवस्थित बसोबासी तथा भूमीहिनका समस्याबारे संसदमा प्रभावकारी ढंगले आवाज उठाउने र कानुनी सहजीकरणको लागि भूमिका खेल्ने उनको अर्को प्राथमिकता रहेको छ । जनस्तरमा बलियो सम्बन्ध बनाउँदै आएका उनले जनता – सांसद कार्यक्रम मार्फत् क्षेत्र नम्बर १ का नागरिकका सवालमा नियमित छलफल गर्ने र महत्वपूर्ण मुद्दाहरूलाई राष्ट्रिय रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  रोकिएको वनपथ – खयरमारा बाटो पक्की बनाउने काम अगािड बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने उनको प्रतिवद्धता छ । जलवायु परिवर्तन तथा त्यसले पारेका असरलाई मध्येनजर गर्दै चुरे संरक्षणको मुद्दालाई राष्ट्रिय रुपमा अगाडि बढाउने घोषणा पनि पोखरेलले गरेका छन् । रातु सभ्यतालाई संरक्षण गर्ने, यस भेगमा भौतिक पूर्वाधार (बाटो, पुल लगायत) का क्षेत्रमा अधुरा रहेका कामलाई पूरा गर्न पहल गर्ने तथा पूरातात्विक सम्पदाहरूको वैज्ञानिक संरक्षण, अभिलेखीकरण र अन्तर्राष्ट्रिय पहिचान सुनिश्चित गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गर्ने उनको प्रतिवद्धता छ । पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा महत्वकांक्षी योजना पनि अघि सारेका छन् । महोत्तरी १ लाई दक्षिण एशियाकै प्रमुख पुरातात्विक अध्ययन केन्द्रका रुपमा स्थापित गर्न पहल गर्ने उनको योजना छ । त्यस्तै,  गौशाला बजारमा ढल व्यवस्थापन साथै बजार व्यवस्थापनको काम अगाडि बढाउन प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने उनको प्रतिवद्धता छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनजिविकाको सवालमा दह्रो र खरोगरी आवाज उठाउँदै आएका उनको साधारण र स्वच्छ जीवनशैली समेत उदाहरणीय रहेको छ । यस्तो छ महोत्तरीको विकासमा पोखरेलले गरेका योगदान : १. बर्दिबासमा कर कार्यालय तथा सेवा केन्द्र (बर्दिबास १)  २. विधि विज्ञान प्रयोगशाला (बर्दिबास– ३)  ३. किसाननगरमा मधेश प्रदेशस्तरीय प्रहरी तालिम केन्द्र   ४. विद्युत सवस्टेशन (बर्दिबास– २) – निर्माणाधीन    ५. चुरे हरित संरक्षण अभियान   ६. नाथम होटेल मेनेजमेन्ट कलेज (बर्दिबास– १४)  ७. निर्मल लामा बहुप्राविधिक शिक्षालय (बर्दिबास ११, खयरमारा)  ८. किसाननगरमा मधेश प्रदेशस्तरीय कृषि कलेज सञ्चालन ९. जनहित नन्दलाल मावीमा इन्जिनियरिङ अध्यापन  १०. देउराली माविमा फरेस्ट्री अध्यापन        ११. जनता मावि बर्दिबास मधेश प्रदेशको नमुना विद्यालय   १२. जनता मावि गौरीडाँडा प्राबिधिकसहित हाल देशको उत्कृष्ट १० विद्यालयमा पर्न सफल  १३. राष्ट्रिय आयुर्वेदिक अनुसन्धान अस्पताल (बर्दिबास– २)  १४. बर्दिबास मेडिकल कलेज (बर्दिबास – ४) ः निर्माणको क्रममा रहेको १५. बर्दिबास सरकारी अस्पताल १५ शैयाको (बर्दिबास– २) १६. जनताको तटबन्ध रातु नदिमा निर्माण भइ हजारौं बिघा जग्गा नदि कटानबाट जोगिएको  १७. बर्दिबास वडा न. ४–५ जोड्ने पुलको काम भइरहेको ।  १८. महोत्तरी क्षेत्र न.१ को प्रत्येक सामुदायिक विद्यालयमा संसदीय विकास कोषबाट नयाँ पक्की भवन निर्माण । १९. गौशालामा नेपालकै पहिलो रेल्वे ईन्जिनियरिङ्ग कलेज   २०. गौशालामा सिभिल इन्जिनियरिङ अध्यापन  २१. गौशालाको त्रिभुवन माबी नमूना विद्यालय घोषणा  २२. गौशाला– १२ मा आयुर्वेद कलेज सञ्चालन     २३. गौशाला– १२ कान्तिबजार मावी मा कृषि प्राविधिक अध्यापन   २४. गौशाला– १२ मा आयुर्वेद अस्पताल सम्बन्धन तथा अस्पताल भवन निर्माण (सञ्चालनको क्रममा रहेको)    २५. गौशाला सरकारी अस्पताल १५ शैयाको सम्बन्धन     २६. गौशालामा मालपोत तथा नापी कार्यालय सेवा  २७. गौशाला– १२ बिसहरास्थान नजिक वडा नम्बर ७ र १२ का लागि वृहत् क्षमताको खानेपानी बोरिङ तथा ट्यांकी निर्माणसहितको सम्बन्धन  २८. गौशाला– १२ परडियामा शिव मन्दिर निर्माण  २९. गौशाला– १२ गैरीटोलमा गुम्बाको भवन निर्माण  ३०. गौशालामा बगर खेती  ३१. गौशालामा कृषि उपज केन्द्र  ३२. पचाइन पोखरी पुनर्निर्माण  ३३. गौशाला– १२ परडियाको अव्यवस्थित बसोबास, छुट जग्गा तथा वन वुट्यान जग्गा सम्बन्धमा संसदमा आवाज  ३४. सिंचाइका लागि डिप बोरिङ निर्माण तथा सञ्चालन

रुपन्देही–२ मा  पाण्डेको घरदैलो अभियान तीब्र

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ ले सुशासन कायम राख्ने र भ्रष्टाचार उन्मूलन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उनले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं। जनताको माया र विश्वास पाएका छौं। यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ।” हाल उनी सैनामैना, बुटवल र तिलोत्तका वडाहरूमा घरदैलो अभियानमा रहेका छन्। पाण्डेका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन्। “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे। स्थानीय र युवा उम्मेदवार पाण्डेलाई स्थानीय जनताको राम्रो साथ रहेको छ। उनी सैनामैना–१ बनकट्टा बसोबास गर्ने भएकाले अन्य उम्मेदवारजस्तो आलोचना भोग्नु परेको छैन। पाण्डेले युवा पुस्तालाई प्राथमिकता दिनुपर्ने जेन्जी आन्दोलनको माग अनुसार आफू योग्य रहेको बताए। “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने। प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु। अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर रुपन्देही–२ को विकास अघि बढाउने योजना छ।” पाण्डेले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे।

जाजरकाेटमा मतदाताहरूको बिजुली बाल्ने सपना सात वर्षदेखि  काँग्रेस ठेकेदारका कारण अलपत्र

जाजरकोट । जाजरकोटका गाउँ–गाउँमा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसँग मतदाताले मागको बाढी नै उठाएका छन्। विशेषगरी विद्युतीकरण र सडक आयोजना प्राथमिक माग बनेको छ। तर, कांग्रेसले जिल्लामा सात वर्षसम्म ठेकेदारको काम छिटो गर्न नसक्दा जनता अझैँ पर्खिरहेका छन्। पूर्वगृहमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार शक्तिबहादुर बस्नेतले जनताको माग सुनेर काम गर्न प्रतिबद्धता देखाए भने काँग्रेसका उम्मेदवार खडकबहादुर बुढा र नेकपा एमालेका डम्वरबहादुर सिंह अझैँ अलपत्र कामको भारी बोकेका छन्। जिल्लाका चार ठाउँमा निर्माणाधीन ३३ केभी प्रसारण लाइन र सबस्टेशन निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले सहायक मार्गबाट पोल गाडेर विद्युत बाल्न आग्रह गरिरहेका छन्। सात वर्षअघि ठेक्का लिएका कांग्रेस ठेकेदारहरूले काम समयमै पुरा नगर्दा स्थानीय विद्युतीकरणमा समस्या उत्पन्न भएको हो। नेपाल विद्युत प्राधिकरण, जाजरकोट वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवका अनुसार, ठेकेदारले प्राधिकरणको निर्देशन सुनिदिन अस्वीकार गरेका छन्। “अन्य पहुँचधारी व्यक्तिको दबाबमा ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन्,” उनले भने। पश्चिम जाजरकोटको छेडागाड, शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युत् पुर्याउने ठेक्का कांग्रेसका नेता तथा निर्माण व्यवसायी शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवाले २०७५/७६ मा पाएको भए पनि अहिलेसम्म काम पूरा भएको छैन। मनघाटदेखि वडावनसम्म मात्र काम भएको छ; बाँकी प्रसारण लाइन अलपत्र छ। त्यसैगरी पूर्वी जाजरकोटमा तत्कालिन जिल्ला समन्वय समितिका सदस्य तथा काँग्रेस सचिव तेजविक्रम शाहले लिएका पाँच ठेक्का अझैँ अलपत्र छन्। कुशेको पाँचकाटिया देखि नलगाड र कालिमाटीसम्म विद्युत् लाइन निर्माण हुन सकेको छैन। कार्यालयका अनुसार काम २० प्रतिशतभन्दा कम भएको छ। प्राधिकरणले पत्र लेखेर काम छिटो गर्न आग्रह गर्दा पनि कांग्रेस ठेकेदारले सुनवाइ नगरी हुलाकमार्फत पत्र बुझाउनु परेको छ। “अब हामीले ठेक्का किन नतोड्ने भनेर पत्र लेख्नुपर्ने अवस्था आएको छ,” कार्यालय प्रमुख लाल देवले बताए। यसरी, सात वर्षदेखि कांग्रेसको लापरबाही र पहुँचवादले जाजरकोटका जनता अझैँ विद्युत् सुविधा वञ्चित भएका छन्। जनता आफ्नो घरदैलोमा छिटो–छिटो विद्युत् पुर्याउन एमाले र माओवादीतर्फ आशा राख्न बाध्य भएका छन्।

घरदैलो र मतदाता भेट तीव्र बताउँदै रुकुमपश्चिमका नेकपा उम्मेदवार गाेपाल

रुकुमपश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेलगत्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिएको छ। मुसिकोटबाट सुरु गरिएको जनभेटघाट अभियानमा स्थानीय स्तरमा उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रिया देखिएको पार्टीले जनाएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मंगलबार मनोनयन दर्ता गरेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोपाल शर्मा सहितको निरन्तर रुपमा घरदैलो अभियानमा जुटिरहेकाे छ । गाउँ गाउँमा पुगेर सुरु भएको भेटघाट कार्यक्रम दर्जनाैँ बस्ती पुगिसकेकाे ५ । भेटघाट तथा अन्तरक्रियामा स्थानीय बासिन्दाले विकास, रोजगारी, कृषि तथा आधारभूत पूर्वाधारका विषयमा आफ्ना सुझाव र अपेक्षा राखेका छन् ।  अभियानमा समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, पार्टीका केन्द्रीय नेता तथा स्थानीय नेताहरुकाे सहभागिता छ । मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेकपाको प्रतिबद्धता र विकास योजनाबारे जानकारी गराइएकाे छ ।  स्थानीयस्तरमा देखिएको उत्साहले नेकपाप्रति जनविश्वास थप मजबुत बन्दै गएको संकेत गरेको नगर समितिका अध्यक्षले बताए । उनका अनुसार जनभेटघाटलाई बस्ती–बस्तीमा केन्द्रित गर्दै आम कार्यकर्ता, युवा, किसान, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्ने रणनीति अपनाइएको छ । मतदाताहरूको राय, जनस्तरका आवश्यकता, आर्थिक अवस्था सुधार, रोजगारी सिर्जना र दैनिक जीवनयापनका समस्या समाधानलाई अभियानको मुख्य एजेन्डा बनाइएको छ । पार्टीका नेताहरूले यसपटकको निर्वाचनमा जनताको प्रत्यक्ष साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। रुकुम पश्चिममा तीव्र घरदैलो अभियानले नेकपालाई चुनावी दौडमा थप उर्जा र आत्मविश्वास प्रदान गरेको कार्यकर्ताहरूको भनाइ छ।

चितवन-२ मा प्रताप गुरुङको घरदैलो तीव्र: मिडियाको ध्यान पनि केन्द्रित

चितवन । नेपाली कम्युनिष्ट पार्टी चितवन क्षेत्र नम्बर २ का उम्मेदवार प्रताप गुरुङले निर्वाचन लक्षित घरदैलो अभियानलाई तीव्र बनाएका छन्। औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु भएसँगै उनले चितवन–२ का विभिन्न टोल, वडा र गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन्। यसअघि पनि उनले चितवन–२ अन्तर्गतका कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका का विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गरेका थिए। घरदैलो अभियानमा मतदाताको माया र साथले आफू उत्साहित भएको उनले बताएका छन्। उनले भने, “पछिल्लो समय हामी जुन–जुन ठाउँमा पुगेका छौँ, त्यहाँ मतदाताको अपार माया र समर्थन पाएका छौँ। मिडियाले पनि हामीलाई खोज्न थालेका छन्।” उनका अनुसार सञ्चारमाध्यमहरूले ‘चितवन–२ का लागि प्रताप गुरुङ किन आवश्यक?’ भन्ने प्रश्न उठाउँदै चासो देखाउन थालेका छन्। “यसले हाम्रो पार्टीको आधार मजबुत बन्दै गएको संकेत गर्छ। हामी जितको नजिक छौँ,” उनले दाबी गरे। घरदैलो अभियानका क्रममा गुरुङले दलाल पुँजीवादी संसदीय राजनीतिका सीमाभन्दा माथि उठेर जनताको वास्तविक सत्ता, सुशासन र समानतामा आधारित विकासको एजेन्डा अघि सारेका छन्। उनले चितवन क्षेत्र नं. २ मा विगतमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै नयाँ सम्भावनाको खोजी गरी दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। घरदैलो अभियानमा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ। मतदाताहरूले पनि उनलाई शुभकामना र समर्थन व्यक्त गरिरहेका छन्। ४२ वर्षीय प्रताप गुरुङ इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। वर्गीय उत्पीडन, राज्यदमन र शोषणविरुद्धको संघर्षबाट राजनीतिक पहिचान बनाएका उनले २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएसँगै सक्रिय राजनीति सुरु गरेका थिए। सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध उठेको जनयुद्धको धारमा समर्पित हुँदै उनले कम उमेरमै वर्गसंघर्षको मोर्चा समातेका थिए।

रेनु दाहाललाई जिताउन चितवनका बुद्धिजीवीहरू एकजुट

चितवन । चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई विजय गराउन यहाँका बुद्धिजीवीहरू संगठित रूपमा चुनावी मैदानमा उत्रिएका छन्। बुधबार बिहान भरतपुरमा सम्पन्न बुद्धिजीवी भेलाले विकासप्रेमी नेतृ दाहालको पक्षमा एकजुट भएर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। भेलाले वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीको संयोजकत्वमा भरतपुरदेखि माडीसम्म समेटिने गरी सात वटा क्लस्टर गठन गरेको छ। प्रत्येक क्लस्टरमा संयोजक तोकेर आजैदेखि ‘रेनु जिताउ अभियान’लाई व्यवस्थित रूपमा अघि बढाइएको संयोजक डा. अधिकारीले जानकारी दिए। उनका अनुसार वडा नम्बर ६, ८ र ९ समेटिएको क्लस्टरको संयोजकत्व प्राध्यापक विनोदखण्ड तिमल्सिनालाई दिइएको छ भने वडा नम्बर १३, १४ र २२ मा समाजसेवी तथा युवा व्यवसायी राजु पौडेल जिम्मेवार तोकिएका छन्। त्यस्तै वडा नम्बर २१, २३, २४ र २५ को संयोजकमा होमनाथ भण्डारी रहेका छन्। वडा नम्बर १५ र १६ मा बाम बुद्धिजीवी बुद्धि ढुङ्गाना, वडा नम्बर १७, १८, १९ र २० मा नेपाल बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष नारायण रेग्मी तथा वडा नम्बर २६ देखि २८ सम्म व्यवसायी मित्रराज दवाडी र प्राध्यापक टीका देवकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ। भेलामा बोल्दै डा. अधिकारीले भरतपुरमा विकासको स्पष्ट मोडल प्रस्तुत गरेकी नेतृ दाहालले संघीय संसदमा पुगेर जनपक्षीय कानुन निर्माणमार्फत समग्र चितवनको दिगो विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरे। “चितवनको समृद्ध भविष्यका लागि सक्षम नेतृत्व आवश्यक छ, त्यसका लागि रेनु दाहाल नै उपयुक्त विकल्प हुन्,” उनले भने। नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य प्रमोद तिवारीले बुद्धिजीवीहरू सधैं विकास, सुशासन र जनताको पक्षमा उभिने बताउँदै रेनु दाहाललाई विजयी गराउन सक्रिय रूपमा अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। चितवनमा बुद्धिजीवीहरूको यस्तो संगठित सक्रियताले चुनावी माहोल थप तातेको छ भने रेनु दाहालको पक्षमा जनमत सुदृढ बन्दै गएको अभियानकर्ताहरूको दाबी छ।

ग्याल्पो ल्होसारको अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त: शेर्पा समुदायको योगदान ऐतिहासिक र प्रेरणादायी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देश जारी गर्दै संघीयता, समावेशिता र पहिचानको सम्मानसहितको नयाँ नेपालको निर्माणमा शेर्पा समुदायको योगदान ऐतिहासिक तथा प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। हिमाली सभ्यता, संस्कृति र साहसको प्रतीकका रूपमा शेर्पा समुदायले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ। संयोजक प्रचण्डले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समान अधिकार, सामाजिक न्याय र राष्ट्रिय एकताको यात्रामा यस पर्वले थप ऊर्जा र दृढता प्रदान गर्ने अपेक्षा गर्नुभएको छ। “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपालको समुन्नत भविष्य निर्माणमा शेर्पा समुदायको भूमिका सधैं अग्रणी रहनेछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। ग्याल्पो ल्होसार शेर्पा समुदायको नयाँ वर्षका रूपमा विशेष उल्लास र सांस्कृतिक उत्साहका साथ मनाइँदै आएको पर्व हो। यस अवसरमा देश–विदेशमा रहेका शेर्पा समुदायले विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, भेषभूषा तथा सामूहिक शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

रुकुमपूर्वकाे खोपिचार र खाराचोकमा प्रचण्डको भेटघाट, स्थानीयसँग प्रत्यक्ष संवाद

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूरवप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्ने गाउँपालिका–५ अन्तर्गत खोपिचार र खाराचोकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा संवाद गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजकसमेत रहनुभएका प्रचण्डले घरदैलो कार्यक्रमका क्रममा स्थानीय परिवारसँग आत्मीय छलफल गर्दै जनताका समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्नुभएको थियो। भेटघाटका क्रममा उहाँले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ। स्थानीय बासिन्दाले प्रचण्डलाई स्वागत गर्दै गाउँका प्राथमिक आवश्यकता, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन तथा कृषि आधुनिकीकरणका विषय उठाएका थिए। त्यसक्रममा प्रचण्डले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समृद्ध र आत्मनिर्भर गाउँ निर्माणका लागि सहकार्य गर्ने विश्वास दिलाउनुभयो। खोपिचार र खाराचोकमा आयोजित भेटघाट कार्यक्रममा पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयले विकास र स्थायित्वको अपेक्षासहित प्रचण्डको पहलप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।