वैदेशिक रोजगारीको निर्भरता घटाउँदै देशमै रोजगारी अवसर सिर्जना गर्ने नेकपाको प्रतिबद्धता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बढ्दै गएको वैदेशिक रोजगारीको निर्भरतालाई घटाउँदै देशमै रोजगारी अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिबद्धता–पत्रमार्फत सहकारितामा आधारित उत्पादन प्रणालीको विकास र विस्तारलाई जोड दिँदै रोजगारी सिर्जना गर्ने नीति अगाडि सारेको हो ।
स्रोतसाधनको दक्षतापूर्ण विनियोजन, खर्च क्षमतामा उल्लेख्य वृद्धि, उत्पादन तथा रोजगारी वृद्धि समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत आर्थिक वृद्धिदरलाई हासिल गर्ने लक्ष्य लिएको छ ।
स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
यो लक्ष्य भेट्टाउनका लागि दिगो, समन्वित र तीव्र नीतिगत प्रयास आवश्यक हुन्छ । पछिल्ला वर्षहरूमा नेपालले गरिबी घटाउने क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, तर ५ प्रतिशत जस्तो न्यून स्तरमा पु¥याउन ठूला संरचनात्मक सुधार चाहिन्छ । त्यसका लागि नेकपाले तीव्र आर्थिक वृद्धि गर्ने आधारहरू पहिल्याएको छ ।
कृषि आधुनिकीकरण, साना–मझौला उद्योग, पर्यटन क्षेत्रको प्रवर्द्धन गरेर रोजगारी सिर्जना गर्ने उद्योग स्थापना गर्ने नीति अख्तियार गरेको नेकपा नेताहरूले बताउँदै आएका छन् ।
वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै देशमै अवसर विस्तार सिर्जनाका लागि नेकपा प्रतिबद्ध भएर लाग्ने नुवाकोट क्षेत्र नं १ उम्मेदवार हितबहादुर तामाङले बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेर जनताको मौलिक हकलाई सुरक्षित गर्ने उहाँको भनाइ छ । दुर्गम क्षेत्रमा विद्यालय र स्वास्थ्य सेवा पहुँच विस्तार गर्नका लागि नेकपाले अभियान अगाडि बढाउने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
त्यसैगरी बालपोषण र मातृस्वास्थ्य सुधारलाई पनि प्राथमिकता दिँदा गरिबीको दर कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । सडक, विद्युत्, खानेपानी, इन्टरनेट पहुँच विस्तार, ग्रामीण–शहरी अन्तर घटाउने विषयलाई पनि नेकपाले महत्त्वका साथ अगाडि बढाएको छ ।
अति गरिब परिवारलाई नगद सहायता उपलब्ध गराउनेदेखि वृद्धभत्ता, अपाङ्गता भत्ता प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । देशमा उपलब्ध स्रोत साधनको सही प्रयोग गरेर स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने लक्ष सहित नेकपा निर्वाचनमा होमिएको ललितपुर क्षेत्र नं ३ का उम्मेदवार राजकाजी महर्जनले बताउनुभयो ।
उहाँका अनुसार केवल आर्थिक वृद्धि मात्र पर्याप्त हुँदैन, शिक्षा, स्वास्थ्य, जीवनस्तर सबैमा सन्तुलित सुधार आवश्यक हुन्छ, किनकि बहुआयामिक गरिबी आय मात्र नभई जीवनस्तरका धेरै सूचकमा आधारित हुन्छ ।
राजनीतिक उपलब्धिको रक्षा र प्रतिगमनविरुद्ध पार्टी अग्रपंक्तिमा: नारायणकाजी श्रेष्ठ
सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले देशमा प्राप्त राजनीतिक उपलब्धिको संरक्षण र प्रतिगमनको प्रयासविरुद्ध आफ्नो पार्टी अग्रपंक्तिमा उभिएको बताएका छन्। सर्लाहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको संस्थागत सुदृढीकरणमा पार्टीले ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरे। वर्तमान उपलब्धिलाई कमजोर बनाउने तथा परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले त्यसविरुद्ध सशक्त रूपमा प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए। श्रेष्ठले राजनीतिक परिवर्तनपछि सामाजिक–आर्थिक रूपान्तरण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायको क्षेत्रमा पार्टीले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे। देशलाई समृद्धिको दिशामा अघि बढाउन पार्टी निरन्तर प्रतिबद्ध रहने उनको भनाइ थियो। युवापुस्ताले उठाएका मुद्दाप्रति पार्टी सकारात्मक रहेको उल्लेख गर्दै उनले विशेषगरी ‘जेनजी’ पुस्ताको आवाजलाई गम्भीर रूपमा लिइने बताए। युवामाथि हुने कुनै पनि दमन अस्वीकार्य हुने स्पष्ट पार्दै उनले पार्टीभित्र आत्मसुधारको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार आगामी प्राथमिकता भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, दलहरूको रूपान्तरण, राजनीतिक स्थिरता र तीव्र विकासमा केन्द्रित रहनेछ। सही सूचना जनतासम्म पुगेमा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले पार्टीलाई थप सशक्त बनाउने विश्वास उनले व्यक्त गरे। विकास र समृद्धिको अभियानमा जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै श्रेष्ठले परिवर्तनको पक्षमा एकजुट हुन आह्वान गरे।
अधुरा योजना सम्पन्न गर्ने संकल्पसहित चुनावी मैदानमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट
डोटी । सुदूरपश्चिमको समग्र विकास, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र निर्माणको एजेन्डासहित त्रिलोचन भट्ट प्रतिनिधि सभा सदस्य पदका लागि डोटी निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टले अघिल्लो कार्यकालमा मुख्यमन्त्रीका रूपमा सुरु गरिएका तर अधुरा रहेका योजनाहरू पूरा गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै मतदातासँग घरदैलो अभियानलाई तीव्र बनाएका छन् । २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७४ फागुन ५ देखि २०७९ पुष २७ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका भट्टले पाँच वर्षे कार्यकाललाई “आधार निर्माणको कालखण्ड”का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार संघीय संरचना नयाँ–नयाँ अभ्यासमै रहेको अवस्थामा प्रशासनिक संरचना खडा गर्ने, कानुनी आधार निर्माण गर्ने र विकास योजनाको जग बसाल्ने काम चुनौतीपूर्ण थियो। अब ती आधारहरूलाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी प्रतिनिधि सभामार्फत पूरा गर्ने उनको दाबी छ। त्रिदेशीय सडक र ‘फास्ट ट्रयाक’ प्राथमिकतामा पूर्व मुख्यमन्त्री भट्टले खुटिया–डोटी–बझाङ हुँदै चीन सीमासम्म जोडिने उरई भञ्ज्याङ नाकालाई केन्द्रमा राखेर त्रिदेशीय सडक सञ्जाल विस्तार आफ्नो दीर्घकालीन सोच भएको बताएका छन् । उनका अनुसार कैलालीको खुटियादेखि बझाङ हुँदै उरई भञ्ज्याङ नाकासम्म सडक ट्रयाक खोल्ने प्रक्रिया उनकै पहलमा अघि बढाइएको थियो। “हामीले सुदूरपश्चिमलाई देशको पश्चिमी प्रवेशद्वारका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेका थियौँ,” भट्टले भने, “अब प्रतिनिधि सभामा पुगेर उक्त सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्थापित गर्दै ‘फास्ट ट्रयाक’ मोडेलमा निर्माण अगाडि बढाउने लक्ष्य छ।” यो सडक सञ्जालले भारत र चीनसँगको सम्भावित व्यापारिक आवागमन, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती जिल्लाहरूको आर्थिक चलायमानतामा महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ। पार्टीको आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी विकास र सीमावर्ती क्षेत्रको सशक्तीकरणको एजेन्डासँग यो योजना प्रत्यक्ष रूपमा जोडिएको उनको दाबी छ। ३५ वर्षपछि ट्रयाक खुलेको सहजपुर–बोगटान–दिपायल सडक कैलालीको सहजपुरदेखि डोटीको बोगटान हुँदै दिपायल जोड्ने ५२ किलोमिटर सडक ३५ वर्षसम्म अलपत्र अवस्थामा थियो। २०७८ सालमा उक्त सडकको ट्रयाक खुल्नु सुदूरपश्चिम प्रदेश सरकारको पहल र प्राथमिकताकै परिणाम भएको भट्टको भनाइ छ। तत्कालीन प्रदेश सरकारले यसलाई गौरव आयोजनाका रूपमा अघि बढाउँदै आवश्यक बजेट व्यवस्थापन गरेको थियो। अब प्रतिनिधि सभामा निर्वाचित भएपछि उक्त सडक कालोपत्रे गरी सुरक्षित र दिगो बनाउने योजना आफ्नो चुनावी प्रतिबद्धतामा समावेश गरिएको उनले बताए । “सडक मात्र होइन, सडकसँगै स्थानीय उत्पादन बजारसम्म पुर्याउने, कृषि उपजको मूल्य शृंखला विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने समग्र विकास दृष्टिकोण हाम्रो हो,” उनले भने । पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उपलब्धि पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा डोटी जिल्लामा करिब १३० किलोमिटर सडक कालोपत्रे भएको, विभिन्न क्याम्पस तथा विद्यालय भवन निर्माण भएको र ५० शैयाको अस्पताल भवन निर्माण कार्य अघि बढेको दाबी गरेका छन् । जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालसम्म सेवा स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने आधार तयार गरिएको उनको भनाइ छ। उनका अनुसार ग्रामीण सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, सिँचाइ संरचना, विद्यालय पूर्वाधार र स्वास्थ्य संस्थाको भौतिक निर्माणमार्फत आधारभूत सेवा सर्वसुलभ बनाउने प्रयास गरिएको थियो। अब ती योजनालाई पूर्णता दिनुका साथै गुणस्तरीय सेवा सुनिश्चित गर्नु प्रतिनिधि सभामा पुगेर आफ्नो प्रमुख जिम्मेवारी हुने उनले स्पष्ट पारेका छन् । समाजवाद उन्मुख विकास र सुशासनको एजेन्डा उम्मेदवार भट्टले पार्टीको समाजवाद उन्मुख विकास, उत्पादन र श्रमको सम्मान, सहकारी र सामूहिक उत्पादन प्रणालीको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्ध कडा नीति लागू गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन् । “सुदूरपश्चिममा विकासका नाममा धेरै वाचा भए, तर कार्यान्वयनमा निरन्तरता अभाव देखियो,” उनले भने, “हाम्रो एजेन्डा स्पष्ट छ—अधुरा योजना पूरा गर्ने, बजेट पारदर्शी बनाउने र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम ल्याउने।” पार्टीले कृषिमा आधुनिकीकरण, युवालाई स्वदेशमै रोजगारी, पर्यटन क्षेत्रको संरचनात्मक विकास, जलस्रोतको सदुपयोग र साना तथा मझौला उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। डोटीको भौगोलिक सम्भावनालाई उपयोग गर्दै कृषि, जडीबुटी, पशुपालन र पर्यावरणीय पर्यटनमा आधारित स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना पनि उनको चुनावी घोषणापत्रमा समेटिएको छ। संघीयताको सुदृढीकरण र क्षेत्रीय सन्तुलन भट्टले संघीय व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्नु आवश्यक रहेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा संघीयताको मर्मअनुसार बजेट र अधिकारको न्यायोचित बाँडफाँट हुनुपर्छ। “सुदूरपश्चिम विकासका दृष्टिले पछाडि परेको क्षेत्र हो, तर सम्भावनामा धनी छ,” उनले भने, “हामी क्षेत्रीय असमानता अन्त्य गर्दै समतामूलक विकासको आधार तयार गर्ने अभियानमा छौँ।” मतदातासँग प्रत्यक्ष संवाद चुनावी अभियानअन्तर्गत भट्टले डोटीका गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो कार्यक्रम, टोलसभा र अन्तरक्रियामार्फत स्थानीय समस्याबारे सुझाव संकलन गर्दै उनले आगामी कार्ययोजनालाई अझ परिष्कृत बनाउने बताए । स्थानीय मतदाताहरूले अधुरा सडक, स्वास्थ्य सेवाको पहुँच, रोजगारीको अवसर र कृषि बजार व्यवस्थापनलाई प्राथमिक मुद्दाका रूपमा उठाइरहेका छन्। भट्टले ती सबै मुद्दालाई संघीय संसदमार्फत नीतिगत र बजेटीय रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निरन्तरताको सन्देश २०७४ सालदेखि २०७९ सालसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हाल्दै प्रशासनिक स्थायित्व र विकासको आधार निर्माण गरेको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने उनको लक्ष्य छ। अधुरा योजना पूरा गर्ने, दीर्घकालीन रणनीतिक सडक सञ्जाल विस्तार गर्ने र समाजवाद उन्मुख समृद्ध सुदूरपश्चिम निर्माण गर्ने स्पष्ट कार्यदिशासहित भट्ट चुनावी मैदानमा उत्रिएका छन् । “हामीले सुरु गरेका काम अधुरा छोडिँदैनन्,” उनको भनाइ छ, “जनताको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो पहिलो कर्तव्य हो।” डोटी निर्वाचन क्षेत्र नं. १ मा यसपटक विकास, निरन्तरता र स्पष्ट वैचारिक एजेन्डाबीचको प्रतिस्पर्धा चर्किएको छ। पूर्व मुख्यमन्त्री भट्ट भने अधुरा काम सम्पन्न गर्ने दृढ संकल्प, अनुभव र स्पष्ट नीति–दृष्टिकोणसहित मतदाताको भरोसा जित्ने अभियानमा जुटेका छन् ।
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ । हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ६० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आन्दोलनको आगोबाट उठेका ‘दिपशिखा’काे पक्षमा भक्तपुर–२ मा जनलहर
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामप्रसाद सापकोटा ‘दिपशिखा’ का पक्षमा मतदाताबीच जनलहर देखिएको छ। तीन दशक लामो राजनीतिक संघर्ष, वैचारिक दृढता र संगठन निर्माणको अनुभवसहित उठेको दिपशिखाको उम्मेदवारी यहाँ केवल सिटको प्रतिस्पर्धा नभई विचार र नेतृत्वको उपस्थितिको रूपमा हेरिएको छ। वि.सं. २०३७ सालमा मध्यपुर थिमीमा जन्मिएका दिपशिखाको राजनीतिक चेतना विद्यालय जीवनमै विकसित भयो। २०४७ सालको बहुदलीय अभ्यासले युवापुस्तामा नयाँ ऊर्जा भर्दा उनी अनेरास्ववियुमा आबद्ध भए। विद्यालय समिति अध्यक्षदेखि क्षेत्रीय जिम्मेवारीसम्मको यात्रा उनको प्रारम्भिक राजनीतिक प्रशिक्षण बन्यो, जहाँ उनले राजनीति केवल नाराबाजी नभई संगठन, अनुशासन र वैचारिक अभ्यास हो भन्ने बुझे। तर बहुदलीय व्यवस्थाले तत्काल जनजीवनमा परिवर्तन ल्याउन नसक्दा उनी अझ कट्टर र परिवर्तनमुखी धारतर्फ उन्मुख भए। वी.सं. २०५३ मा उनले तत्कालीन एमाले छोडेर माओवादी नेतृत्वको सशस्त्र जनसंघर्ष रोजे। भूमिगत जीवन, निरन्तर स्थानान्तरण, सुरक्षा चुनौती र परिवारसँगको दूरीबीच यी चुनौतीहरूले उनलाई भौतिक रूपमा मात्र होइन, मानसिक र वैचारिक रूपमा पनि थप मजबुत बनाए। दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा संगठन निर्माण, गुरिल्ला तालिम सञ्चालन, जनमुक्ति सेनाको प्लाटुन कमाण्डर र काठमाडौँ स्टेशन टास्कफोर्सको बटालियन कमाण्डरको जिम्मेवारीले उनलाई केवल लडाकु मात्र नभई योजनाकार र संयोजकका रूपमा पनि सक्षम बनायो। २०५८ सालमा दोलखाबाट पक्राउ परेपछि जेल जीवनले उनलाई आत्ममन्थन र वैचारिक स्पष्टताको अवसर दियो। २०५९ को युद्धविरामपछि रिहा हुँदा उनी अझ परिपक्व र संगठित बने। शान्ति प्रक्रियापछि धेरै पूर्वलडाकुहरू अन्योलमा थिए, तर दिपशिखाले आफ्नो ऊर्जा संगठन निर्माणतर्फ केन्द्रित गरे। वाइसीएल भक्तपुर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय नेतृत्वसम्म पुगेका उनले युवालाई अनुशासित र वैचारिक रूपमा स्पष्ट बनाउने अभियान चलाए। २०७५ मा एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामा उनले केन्द्रीय समिति सदस्य र युवा संगठन संयोजकको जिम्मेवारी पाए। उनका सहकर्मीहरूले भन्छन्, “उहाँ पदभन्दा संगठनलाई प्राथमिकता दिनुहुन्छ।” दिपशिखाको परिचय केवल आन्दोलनकारीमा सीमित छैन। पत्रकारिता र साहित्यमा पनि उनी सक्रिय छन्। लालरक्षक र समाचार दैनिकको प्रधान सम्पादकको रूपमा उनले राजनीतिक विश्लेषण, वैचारिक बहस र समसामयिक मुद्दामा धारिलो लेखन प्रस्तुत गरे। उनका कृति “रात फुलेको याम” र “संसार फेरि रचिनेछ” ले संघर्ष, आशा र पुनर्निर्माणको भाव बोकेको देखाउँछ। बन्दुक र कलम दुवै मोर्चामा सक्रिय अनुभवले उनको अभिव्यक्ति सन्तुलित र अनुभवी बनाएको छ। भक्तपुर–२ सामान्य निर्वाचन क्षेत्र होइन। यहाँ मतदाता वैचारिक स्पष्टता, स्थानीय विकास, सांस्कृतिक पहिचान र राष्ट्रिय राजनीतिक दिशामा गम्भीर बहस गर्छन्। यस्तो क्षेत्रमा दिपशिखाको उम्मेदवारी कम्युनिस्ट धाराको पुनर्स्थापनाको प्रयासको रूपमा हेरिएको छ। उनी आफ्नो चुनावी अभियानमा श्रमिक, किसान, युवा र निम्न वर्गको आवाज संसद्मा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। “संसद् जनताको संघर्षको विस्तार हुनुपर्छ,” भन्ने उनका भनाइ चुनावी नाराभन्दा बढी वैचारिक घोषणाजस्तो सुनिन्छ। हालको चुनावी प्रचारमा मतदाताको उत्साह र दिपशिखाप्रति जनसमर्थन बढ्दै गएको छ। स्थानीय व्यवसायी, शिक्षक, युवाशक्ति र मजदुरहरूसम्म पुग्दै उनले व्यक्तिगत भेटघाटमार्फत मतदातामा विश्वास र प्रेरणा जगाइरहेका छन्। मतदाताहरू भन्छन्, “दिपशिखा केवल उम्मेदवार होइन, उनी हाम्रो आन्दोलन, हाम्रो आशा र हाम्रो भविष्यको प्रतिनिधि हुन्।” भक्तपुर–२ मा प्रतिस्पर्धा कडा भए पनि दिपशिखाको उम्मेदवारी मतदाताको मन जित्दै वैचारिक नेतृत्व र संगठन क्षमताको पक्षमा बलियो संदेश दिइरहेको छ। आन्दोलनको आगोमा तपेर खारिएको यो नेता संसद्मा विचार र नेतृत्वको उपस्थिति सुनिश्चित गर्ने स्पष्ट सन्देशसहित यहाँ खडा छन्। यो निर्वाचन केवल सिट जित्ने–हार्ने प्रतिस्पर्धा मात्र होइन, भक्तपुर–२ मा दिपशिखा र नेकपाको वैचारिक उपस्थिति र जनसमर्थनको परिक्षण पनि हो। उनका अनुभव, संगठन क्षमता र वैचारिक दृढताले मतदातामा नयाँ आशा र विश्वास जगाइरहेको छ, जसले आगामी संसद्मा जनताको आवाज बलियोसँग उठ्ने अपेक्षा थप बढाएको छ।
उदयपुर–२ मा नेकपाको प्रतिबद्धता: अधुरा योजना पूरा, लोकतन्त्रको रक्षा
कटारी । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशकुमार राई (हिमाल) ले कटारीमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। राईले मतदातासामू लोकतन्त्रको रक्षा, रोजगारी सृजना, सुशासन र भ्रष्टाचारविरुद्ध दृढ संघर्ष गर्ने आफ्नो दृढ संकल्प व्यक्त गर्दै ‘सुशासन, रोजगारी, समाजबादको तयारी–राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो मुख्य जिम्मेवारी’ भन्ने मूल नारासहित मतदानको आग्रह गरेका छन्। उम्मेदवार राईले प्रस्तुत गरेका ६ बुँदे योजनामा समेटिएका छन्: सुशासन र पारदर्शितामार्फत भ्रष्टाचारको अन्त्य र समाजबादको मार्ग तय गर्ने। उत्पादनमुखी कृषि र घरेलु तथा साना उद्योगकलकारखानाबाट वर्षेनी रोजगार सृजना गर्ने। वैज्ञानिक र बस्तुवादी शिक्षामार्फत समाजबादको आधार तयार गर्ने। निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय हितका मुद्दा संसदमा उठाउने। अधुरा सडक, खानेपानी र पूर्वाधार परियोजना पुरा गर्ने। स्थानीय विद्यालय, स्वास्थ्य चौकी र अस्पताललाई पक्की भवन र दक्ष जनशक्तियुक्त बनाउने। राईले पहिलो कार्यकालमा सुरु गरेका डिभिजन सडक कार्यालय अन्तर्गतका कच्ची सडक, लिफ्टिङ खानेपानी योजना र कोशी करिडोर सडक निर्माणजस्ता अधुरा परियोजनालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाए। उनले कटारी–मिर्चया–घुर्मी सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्ने र पाँच वर्षभित्र १ अर्ब १३ करोड विनियोजित बजेटमार्फत सडक निर्माण पुरा गर्ने वचन दिए। उनले निर्वाचन क्षेत्रभित्रका ४० वटै वडासम्म जोडिने भित्री सडक, स्थानीय खोला खोल्सीमा पुल, पुलेसा, नाला–कल्भर्ट निर्माण तथा सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र अस्पताललाई पक्की भवन र दक्ष जनशक्तियुक्त बनाउने योजना पनि सार्वजनिक गरे। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा ले पार्टीको चुनावी घोषणापत्र प्रस्तुत गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई भुई तहदेखि उच्च वर्गसम्म साझा शक्ति भएको बताए। उनले कृषिलाई वैज्ञानिकरण गर्दै उत्पादनमुखी बनाउने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने, घरेलु तथा साना उद्योग स्थापना गर्ने र वर्षेनी २–५ लाख युवा रोजगारीमा जुटाउने पार्टीको योजना जनाउँदै फागुन २१ को निर्वाचनमा तारा चिन्हमा बहुमत दिन जनतालाई आग्रह गरे। खतिवडाले पार्टी पूर्णरूपमा एकताबद्ध रहेको भन्दै प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवारलाई जिताउन आफैँ चुनावी अभियानमा सक्रिय रहेको जानकारी दिए। उनले भने, "केही हल्ला छन् कि हामी नेताबीच एकता छैन भनेर। त्यसो होइन। हामी सबै नेता–कार्यकर्ता एकढिक्का भएर लोकतन्त्र, गणतन्त्र, संघीयता र देशको रक्षा गर्न चुनावी अभियानमा लागेका छौँ।" उपयुक्त उमेर र अनुभवको संयोजन गर्दै नेकपाले उदयपुर–२ मा सुरेश राईलाई प्रत्यक्षतर्फ, राममणि पोखरेल, बिनोद कटुवाल (दिवश) र महिला उम्मेदवार मेनुका राई गुरुङ लाई समानुपातिकतर्फ उठाएको छ। यसरी ३ पुस्ता र दुवै लिङ्गका मतदाताले मतदान गर्न उत्साहित हुने अपेक्षा गरिएको छ।
मेरो उम्मेदवारी गणतन्त्रको उज्यालो जनताको घरदैलोसम्म पुर्याउनका लागि हो : रन्जित तामाङ
झापा। झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रन्जित तामाङले आफ्नो उम्मेदवारी गणतन्त्रको उपलब्धिलाई व्यवहारमा उतार्दै जनताको घरदैलोसम्म पुर्याउने स्पष्ट प्रतिबद्धतासहित अघि सारेका छन्। कमल गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उनले संविधान उत्कृष्ट दस्तावेज भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी हुँदा युवापुस्तामा असन्तुष्टि बढेको बताए। तामाङले भने, “नेपाली जनताको ठूलाे बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई कागजमा सीमित राख्नु हुँदैन। यसको मर्मअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्छ।” उनले आफ्नो उम्मेदवारी परिवर्तनको नाराभन्दा पनि कार्यान्वयनको एजेन्डामा केन्द्रित रहेको उल्लेख गरे। विशेषगरी युवाका लागि रोजगारी सृजना, गुणस्तरीय शिक्षा पहुँच विस्तार, सर्वसुलभ स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै आफू प्रतिबद्ध रहेको बताए। कार्यक्रममा नेकपा झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले संविधानको सही कार्यान्वयन र संघीय गणतन्त्रको संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीति र दृढ नेतृत्व आवश्यक रहेको धारणा राखे। “जसको नीति, उसकै नेतृत्व” हुनुपर्ने भन्दै उनले गणतन्त्रको रक्षा र विकासका लागि नेकपाको नेतृत्व अपरिहार्य रहेको बताए। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बीरेन्द्र बस्नेत, दिपेनवाला राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो। उम्मेदवार तामाङले जनतासँग प्रत्यक्ष संवादमार्फत आफ्ना प्रतिबद्धता राख्दै गणतन्त्रको उज्यालोलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन्।
रोल्पामा उत्साहजनक लहर : विप्लव माओवादीका नेता–कार्यकर्ता नेकपामा प्रवेश
रोल्पा । चुनावी माहोल तातिँदै जाँदा रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)प्रति जनविश्वास र आकर्षण बढ्दो रूपमा देखिएको छ। नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादी परित्याग गर्दै ३५ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। सुनछहरी गाउँपालिका–६, फगाममा आयोजित चुनावी घरदैलो तथा भेटघाट कार्यक्रममा नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना तथा मंगोल नेसनल अर्गनाइजेसनका जिल्ला सदस्य भुलबहादुर पुनसमेत नेकपामा समाहित भएका छन्। भुलबहादुर पुन २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारसमेत रहेका थिए। यसअघि पनि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिनामै नेकपामा प्रवेश गरिसकेका थिए। यस घटनाले रोल्पामा नेकपाको संगठनात्मक आधार झनै मजबुत बन्दै गएको संकेत गरेको छ। कार्यक्रममा बोल्दै उम्मेदवार पुनले नवप्रवेशी नेता–कार्यकर्तालाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिइने स्पष्ट पारे। उनले विकास, समृद्धि र स्थायित्वका लागि नेकपा नै विश्वसनीय विकल्प भएको उल्लेख गर्दै जिल्लामा सुरु भएका चालू विकास योजनाहरू सम्पन्न गर्न आफ्नो जित आवश्यक रहेको बताए। “रोल्पाको समग्र विकास, युवाका रोजगारीका अवसर र जनताको दीर्घकालीन हित सुनिश्चित गर्न नेकपाको नेतृत्व अपरिहार्य छ,” उनले भने, “जनताको साथ र विश्वासले नै परिवर्तन सम्भव हुन्छ।” चुनावी अभियानका क्रममा विभिन्न गाउँ–टोलमा जनताको उल्लेखनीय सहभागिता देखिएको छ। नेकपाप्रति बढ्दो आकर्षणले रोल्पामा चुनावी परिणाम सकारात्मक रहने विश्वास पार्टीले व्यक्त गरेको छ।
सल्यानमा नेकपाको लहरः अन्य पार्टीका दर्जनौँ कार्यकर्ता पार्टी नेकपा प्रवेश
सल्यान । सल्यान जिल्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)प्रति जनआकर्षण तीव्र बन्दै गएको छ। परिवर्तन, स्थिरता र जनमुखी राजनीतिको नारासहित अघि बढिरहेको पार्टीप्रति जिल्लाभर आशा र विश्वास बढ्दै जाँदा पार्टी प्रवेश गर्नेहरुको लर्को लागिरहेको छ। यसैक्रममा सल्यानको त्रिवेणीमा नेकपा एमाले परित्याग गर्दै नेता शेरबहादुर रावत औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँलाई पार्टीका नेता प्रकाश ज्वाला लगायत स्थानीय नेताहरूले स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावतले नेपाली कम्युनिष्ट पार्टी नै वास्तविक रूपमा जनताको पक्षमा उभिने, सुशासन र परिवर्तनको एजेण्डा बोकेको सशक्त शक्ति भएको बताउनुभयो। उहाँले विशेष गरी नेता प्रकाश ज्वालाको स्पष्ट दृष्टिकोण, जनसम्पर्क र नेतृत्वदायी भूमिकाबाट प्रभावित भएर पार्टीमा समाहित भएको स्पष्ट पार्नुभयो। उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी प्रत्यक्ष तर्फका उम्मेदवार रमेश मल्ल तथा समानुपातिक तर्फका उम्मेदवार शारदा परियारलाई भारी मतले विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सम्पूर्ण सल्यानवासीलाई परिवर्तनको पक्षमा उभिन र नेपाली कम्युनिष्ट पार्टीको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्नुभयो। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अन्य राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यो क्रमले सल्यानमा नेकपाको जनाधार मजबुत बन्दै गएको र आगामी निर्वाचनमा पार्टीको पक्षमा सकारात्मक परिणाम आउने स्पष्ट संकेत गरेको छ।
चितवन-३ मा रेनु दाहाललाई जिताउने अभियान तीव्र, १५० जना राप्रपा परित्याग गरी नेकपा प्रवेश
चितवन । भरतपुर महानगरपालिका–२५ का विभिन्न तीन स्थानका करिब १५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, कार्यकर्ता तथा समर्थकहरूले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले आगामी निर्वाचनमा “तारा” चिन्हकी उम्मेदवार रेनु दाहाललाई विजयी गराउने अभियानमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। भरतपुर–२५ मा आयोजित कार्यक्रममा बोल्दै नवप्रवेशी प्रतिनिधिहरूले भरतपुर हुँदै चितवनको विकास मोडेललाई संस्थागत गर्ने लक्ष्यका साथ मतदान गर्ने बताएका छन्। उनीहरूले पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा रोजगारीका क्षेत्रमा विगतमा भएका कामलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे। कार्यक्रमलाई सम्बोधन गर्दै रेनु दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष तथा स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। भरतपुर महानगरपालिकामा नौ वर्ष मेयरका रूपमा काम गर्दा आफ्नो प्रतिबद्धता र इमान्दारिताकै कारण जनस्नेह प्राप्त भएको उनको भनाइ थियो। सो अवसरमा पार्टीका स्थानीय नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “विकास र समृद्धिका लागि स्थिर नेतृत्व आवश्यक छ,” उनीहरूले भने, “भरतपुरको समग्र विकासलाई थप उचाइमा पुर्याउन सबैको साथ अपरिहार्य छ।” नवप्रवेशीहरूका अनुसार भरतपुर–२५ का तीन स्थानबाट प्राप्त यो समर्थनले निर्वाचन अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। स्थानीय बासिन्दाले पनि विकासका मुद्दालाई केन्द्रमा राखेर मतदान गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
चितवनलाई समृद्धिको राष्ट्रिय राजधानी बनाउने रेनु दाहालको दृढ संकल्प
चितवन । चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी रेनु दाहालले चुनाव जितेपछि चितवनलाई देशकै आर्थिक, व्यापारिक र रोजगारीको केन्द्रका रूपमा स्थापित गर्ने दृढ अठोट व्यक्त गरेकी छन्। विहीबार नेपाली कम्युनिस्ट पार्टी चितवन क्षेत्र नम्बर ३ ले भरतपुर–९ धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले चितवनलाई राष्ट्रिय विकासको ‘राजधानी’ बनाउने लक्ष्यका साथ आफ्नो उम्मेदवारी रहेको बताइन्। दाहालले आफू भरतपुर महानगरपालिकामा लगातार दुई कार्यकाल मेयरका रूपमा काम गर्दा ठूला–ठूला विकास निर्माणका परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरिन्। ६ लेन सडक निर्माण, सिटीहल निर्माण, एक हजार ८८ किलोमिटर सडक कालोपत्रे लगायतका पूर्वाधार विस्तारले भरतपुरलाई आधुनिक सहरका रूपमा उभ्याएको उनले उल्लेख गरिन्। आफ्नै कार्यकालमा भरतपुर विमानस्थल विस्तार, टर्मिनल भवन निर्माण, नारायणी नदीमा सिग्नेचर ब्रिज, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला जस्ता महत्वाकांक्षी योजनाहरू अघि बढेको चर्चा गर्दै उनले अधुरा योजनाहरू संघीय संसदमार्फत बजेट सुनिश्चित गरेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “चितवनलाई अझै धेरै गुन लगाउन बाँकी छ। यहाँका जनतालाई समृद्धि र न्याय दिलाउन मेरो उम्मेदवारी हो,” उनले भनिन्। बजार क्षेत्रको दीर्घकालीन ढल व्यवस्थापनका लागि आफ्नो कार्यकालमै डिपिआर र इआइए सम्पन्न भएको जानकारी दिँदै दाहालले जनताले जिताएर पठाए ३ अर्ब रुपैयाँको ढल निकास परियोजना पूरा गर्ने घोषणा गरिन्। महानगर प्रमुख हुँदा जनताको सुख–दुःखमा साथ दिँदै सेवकभावले काम गरेको उल्लेख गर्दै उनले अब संघीय संसदमा पुगेर पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्याइन्। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्दै रेनु दाहालको उम्मेदवारी विकास र स्थायित्वको सुनिश्चितता भएको बताए। सांस्कृतिक कार्यक्रममा कलाकार भूमिका गिरी, सरिता गुरुङ, पवित्रा यात्री र नवीन खड्का लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए। उत्साहपूर्ण वातावरणमा आयोजित कार्यक्रममा रेनु दाहालसँगै स्थानीय जनसमुदायसमेत गीत–संगीतमा छमछमी नाचेका थिए।
रुकुमको विकास पार्टीको एजेन्डा, व्यक्तिको होइन: गोपाल शर्मा
रुकुमपश्चिम । रुकुम पश्चिममा देखिएको विकासको लहर कुनै एक व्यक्तिको “कृपा” होइन, संगठित राजनीतिक दृष्टि र पार्टीको सामूहिक नेतृत्वको परिणाम हो। नेपाली कम्युनिस्ट पार्टीका रुकुम उम्मेदवार गोपाल शर्मा ले स्पष्ट शब्दमा भने-“रुकुमको विकास व्यक्तिले गरेको हो भन्ने प्रचार सरासर भ्रामक र जनतालाई भ्रमित पार्ने प्रयास हो।” जिल्लाको बाँफिकोट–२, पिपलमा आयोजित जनयुद्ध दिवसका अवसरमा सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै शर्माले रुकुममा सडक विस्तारदेखि ग्रामीण पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका ठूला सुधारहरू पार्टीको दीर्घकालीन योजना, नीति र जनसहभागिताको परिणाम भएको दाबी गरे। “विकासलाई व्यक्तिको नाममा ब्रान्डिङ गरेर राजनीतिक लाभ लिन खोज्नु इतिहास र यथार्थमाथिको अन्याय हो,” उनले आक्रामक शैलीमा भने। उनका अनुसार जनयुद्धपछिको राजनीतिक परिवर्तन र माओवादी नेतृत्वकै पहलमा जिल्लामा आधारभूत संरचना विस्तार, पहुँच मार्ग निर्माण, खानेपानी आयोजना, सामाजिक सुरक्षा कार्यक्रम र स्थानीय तह सुदृढीकरण जस्ता महत्वपूर्ण कामहरू अघि बढेका हुन्। “यो सामूहिक निर्णय, सामूहिक संघर्ष र सामूहिक कार्यान्वयनको उपलब्धि हो,” शर्माको भनाइ छ। केही व्यक्तिहरूले जिल्लाका सबै काम एउटै व्यक्तिले गरेको भन्दै प्रचार गरिरहेकोप्रति लक्षित गर्दै उनले प्रतिवाद गरे, “प्रदेश अर्थमन्त्री हुँदा मैले समन्वय र बजेट व्यवस्थापनमार्फत धेरै योजना प्रदेशबाटै अघि बढाएँ। तर त्यो पनि पार्टीको नीति र सरकारको संरचनाअन्तर्गत भएको हो, व्यक्तिगत चमत्कार होइन।” शर्माले विकासलाई दिगो बनाउन सामूहिक नेतृत्व, नीतिगत निरन्तरता र जनसहभागिता अपरिहार्य रहनेमा जोड दिए। आगामी दिनमा पनि पार्टीकै नेतृत्वमा बाँकी रहेका विकासका कामहरूलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “रुकुमको समृद्धि व्यक्तिको प्रचारले होइन, पार्टीको स्पष्ट दृष्टि र जनताको साथले सम्भव हुन्छ।”
इलाममा कृषिमा यान्त्रिक प्रयोग बढ्दै
इलाम । वैदेशिक रोजगारीका कारण गाउँमा युवा कम हुँदै गइरहेका बेला इलाम नगरपालिका–२ सुम्बेकका युवा मुकेश रसाइली भने गाउँमै बसेर चिया काट्ने काममा व्यस्त छन्। फागुन सुरु भएसँगै इलामका डाँडापाखामा चियाको ‘स्किपिङ’ गर्ने मुख्य सिजन सुरु हुन्छ। परम्परागत सिक्कलको सट्टा हाते मेसिन प्रयोग गर्दा काम छिटो र सजिलो भएको रसाइलीले बताए। इलाम नगरपालिका–५ घलेटारमा चिया काट्दै गरेका उनले पहिले सिक्कलले काट्दा ढिलो हुने र हातमा चोट लाग्ने समस्या हुने गरेकामा मेसिन प्रयोगपछि दैनिक कमाइ बढेको बताए। बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मेसिनमार्फत काम गर्दै आएको र दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म ज्याला पाइने उनले बताए। तेल भने चियाधनीले हालिदिने गरेको उनले बताए। रसाइलीका अनुसार मेसिन प्रयोग गर्दा १० जना श्रमिकले एक दिनमा गर्ने काम बराबरको काम एक जनाले गर्न सकिन्छ। श्रमिकको दैनिक ज्याला सात सयदेखि एक हजार रुपैयाँसम्म पर्ने भएकाले मेसिन सस्तो पर्ने उनको भनाइ छ। स्किपिङ मेसिनको मूल्य करिब २५ हजार रुपैयाँ पर्ने उनले बताए। सूर्योदय नगरपालिकाका चिया किसान दिनेश श्रेष्ठले श्रमिक अभावका कारण मेसिन प्रयोग गर्नु बाध्यता भएको बताए। माईजोगमाई गाउँपालिकाका निर्मल काफ्लेले पनि मेसिन प्रयोग गर्दा काम छिटो र सस्तो हुने भएकाले प्रयोग बढेको बताए। चियामा मात्र होइन, बारी खनजोतदेखि मल, दाउरा र घाँस ओसार्नसमेत गाउँमा मेसिन प्रयोग बढ्दै गएको छ। सन्दकपुर गाउँपालिकामा किवी खेती गर्दै आएका देउकुमार राईले मेसिन प्रयोगले कृषकको जीविका परिवर्तन हुन थालेको बताए। तर साना किसानका लागि यस्ता मेसिन खरिद गर्न सहज नभएको उनको भनाइ छ।
स्थानीय तहले सम्हाले मतदाता शिक्षाको कमाण्ड
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा र समन्वयका कामलाई तीव्रता दिएका छन्। निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्मका लागि सञ्चालन गरेको विशेष मतदाता शिक्षा कार्यक्रमअन्तर्गत देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवकहरू परिचालन गरिएको छ। यी स्वयंसेवकहरूले नमुना मतपत्रसहित मतदाताको घरदैलोमा पुगेर मतदान गर्ने सही तरिका र निर्वाचनको महत्त्वबारे जानकारी दिइरहेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोका अनुसार विगतको 'जेनजी आन्दोलन' का क्रममा कतिपय सरकारी भवन र कम्प्युटरहरू जलाइएका कारण भौतिक सहयोगमा केही चुनौती देखिए पनि निर्वाचन सफल पार्न नगरपालिकाले पूर्ण समन्वय गरिरहेको छ। मुलुकको राजनीतिक स्थायित्व र प्रणालीको रक्षाका लागि पनि यो निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई व्यवस्थित गर्दै निर्वाचनका लागि आवश्यक पूर्वाधार मिलाइरहेको जानकारी दिए। महोत्तरीको मटिहानी नगरपालिकामा भने मतदाता शिक्षासँगै शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नगर प्रमुख हरिप्रसाद मण्डलले निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा लिँदै तडकभडकरहित र मित्रवत् प्रतिस्पर्धाका लागि दलहरूलाई सहजीकरण गरिरहेको बताए। यता नुवाकोटको शिवपुरी गाउँपालिकाले भने मतदाता शिक्षाका अतिरिक्त सुरक्षा निकायका लागि अस्थायी बसोबासको व्यवस्थापनमा समेत समन्वय गरिरहेको छ। निर्वाचन आचारसंहिता पालना गराउन पनि स्थानीय तहहरू सक्रिय देखिएका छन्। आचारसंहिता अनुसार स्थानीय तहको स्रोतसाधन कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न पाइँदैन। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले बदर मतको संख्या घटाउन मद्दत गर्ने भन्दै यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। संघ, प्रदेश र स्थानीय सरकारको त्रिकोणात्मक समन्वयले निर्वाचनको माहोललाई थप उल्लासमय बनाएको छ।
मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिएको हो । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्रे गर्न २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । तेह्र किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्रे र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए। “ढलान र कालोपत्रे सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ”, उनले भने, “वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक–एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।” वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको असहमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताउनुभयो । विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो । सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए । यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्रे र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो । गत मङ्सिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्रे गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्रे भएको थियो । मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो । यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्रा अवधि स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । “पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ”, उनले भने, “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्रा अवधि पनि छोटिएको छ ।” जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्रे भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सकिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम आज सकिएको छ । उनले भने, “तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो ।” उनका अनुसार पहिलो ब्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो । पहिलो ब्लकलाई २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो । क्यामेरा उठाएपछि दोस्रो भागमा जडान गरी गणना सुरु गरिएको थियो । दोस्रो भागमा १३ क्याम्प बनाएर गणना गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । सो ब्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो ब्लक वनाएर गणना गरिएको थियो । सो ब्लकमा ३३६ ग्रिड निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए। उनका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो । एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो । “अहिले क्यामेरा उठाएर ल्याउने क्रम जारी छ”, सूचना अधिकारी थापामगरले भने। हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए । गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ बयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

