निर्वाचनका लागि भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने भएका छन् ।

फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको उनको भनाइ रहेको छ ।

जेनजी आन्दाेलनमा सिंहदरबार जालउनेहरु रास्वपाबाट उम्मेदवार बनेपछि गाैरीबहादुर कार्की आयाेगकाे प्रतिवेदन तत्काल सार्वजनिक नहुने

काठमाडौं । सिंहदरबार जलाउने घटनामा संलग्न रहेको आरोप लागेका १५ जना व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। स्रोतका अनुसार, ‘जेन्जी’ आन्दोलनका क्रममा भएका घटनाक्रमको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले आफ्नो प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको छ। निर्वाचनको मुखमा प्रतिवेदन सार्वजनिक गर्दा त्यसले चुनावी परिणाम र मतदाताको विवेकमा प्रत्यक्ष प्रभाव पार्न सक्ने ठहर गर्दै आयोगले हालका लागि प्रतिवेदन गोप्य राख्ने निर्णय गरेको जनाइएको छ। आयोग निकट स्रोतका अनुसार, निर्वाचन आचारसंहिता र निष्पक्षतालाई ध्यानमा राख्दै प्रतिवेदन सार्वजनिक गर्ने उपयुक्त समयको प्रतीक्षा गरिएको हो। प्रतिवेदनमा सिंहदरबार घटनासँग सम्बन्धित व्यक्तिहरूको संलग्नता, भूमिकासहितका तथ्यहरू समेटिएको बताइए पनि त्यसको औपचारिक विवरण बाहिर ल्याइएको छैन। रास्वपाका उम्मेदवारहरूमाथि उठेका प्रश्न र आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने निर्णयले आगामी निर्वाचनलाई लिएर थप चासो र बहस उत्पन्न गरेको छ। राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गइरहेका बेला आयोगको कदमले निर्वाचनको पारदर्शिता र निष्पक्षताबारे नयाँ प्रश्न खडा गरेको विश्लेषकहरूको भनाइ छ। यस विषयमा सम्बन्धित पक्षहरूको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

कञ्चनपुर–१ मा आशाको उज्यालो: बिना मगरप्रति बढ्दो भरोसा, भूमि अधिकारको स्पष्ट प्रतिबद्धता

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार बिना मगरको पक्षमा चुनावी माहोल दिनप्रतिदिन सकारात्मक बन्दै गएको छ। जनयुद्धकालीन संघर्षबाट खारिएकी ‘जीवित सहिद’ को परिचय बोकेकी मगरले विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर सक्रिय भूमिका खेलेकी कारण मतदातामाझ विश्वासको आधार बलियो बनेको समर्थकहरू बताउँछन्। राजनीतिक यात्राको प्रारम्भमै काठमाडौंस्थित सरस्वती क्याम्पसको अध्यक्षका रूपमा विद्यार्थी हकहितका सवाल उठाएकी उनले नेतृत्व क्षमता र संगठनात्मक दक्षताको उदाहरण प्रस्तुत गरेकी थिइन्। त्यसयता उनी निरन्तर जनताका मुद्दामा केन्द्रित हुँदै अघि बढ्दै आएकी छन्। भूमि अधिकार मुख्य एजेण्डा यसपटकको निर्वाचनमा मगरले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानलाई प्राथमिक एजेण्डा बनाएकी छिन्। वर्षौँदेखि बसोबास गर्दै आएका तर लालपूर्जा नपाएका नागरिकलाई “जहाँ बस्यो, त्यहीँ स्वामित्व” को नीतिअनुसार भूस्वामित्व सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। पूर्ण सुकुम्बासीका लागि सुरक्षित र उपयुक्त स्थानको व्यवस्थापन, राजस्व दरको वैज्ञानिक वर्गीकरण र गरिबमुखी नीति लागू गर्ने उनको योजना रहेको उनले जनसभामा बताउँदै आएकी छिन्। सीमा क्षेत्रका नागरिकको सम्मान र सहजता अन्तर्राष्ट्रिय सीमा जोडिएका क्षेत्रका बासिन्दाले भोग्दै आएको जग्गा स्वामित्व, बैंकिङ पहुँच र प्रशासनिक जटिलताका विषयमा पनि उनले स्पष्ट धारणा राखेकी छिन्। सीमा क्षेत्रका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने, बैंकिङ सेवा सहज बनाउने तथा समस्याको समाधानका लागि उच्चस्तरीय पहल गर्ने उनको अठोटले स्थानीयमा आशा जगाएको समर्थकहरूको भनाइ छ। आरक्ष क्षेत्रका बासिन्दाका लागि नीति आरक्ष क्षेत्रभित्र लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको उचित व्यवस्थापनका लागि विशेष नीति निर्माण आवश्यक रहेको बताउँदै मगरले राज्यबाट उपेक्षित समुदायलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। दिगो र मानवीय समाधानमार्फत उनीहरूको बसोबास सुरक्षित बनाउने उनको योजना छ। संघर्षको मैदानबाट खारिएकी, विद्यार्थी आन्दोलनको नेतृत्व सम्हालेकी र आधारभूत अधिकारका मुद्दालाई केन्द्रीय एजेण्डा बनाएकी बिना मगरको उम्मेदवारीलाई नेकपाले परिवर्तनको निरन्तरता र स्थायित्वको आधारका रूपमा प्रस्तुत गरेको छ। अनुभव, स्पष्ट कार्ययोजना र जनताप्रतिको उत्तरदायित्व बोकेकी नेतृका रूपमा मगरलाई विजयी गराउनुपर्ने सन्देशसहित कञ्चनपुर–१ मा चुनावी अभियान तीव्र बनाइएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका जेनजी युवा, विद्यार्थीले यस पटकको निर्वाचनमा नेकपा उम्मेदवार बीना मगरलाई जिताउने उद्घोष गरेका छन । जेनजी युवा–विद्यार्थी नेकपामा प्रवेश पुनर्वासका जेनजी लिडर सन्तोष पौडेलसहितका जेनजी युवा तथा विद्यार्थीहरूले नेकपा उम्मेदवार बीना मगरलाई विजयी गराउने उद्घोष गरेका छन्।   पुनर्वासका नेकपा युवा नेता हिमेश थापाका अनुसार जेनजी लिडर पौडेलसहितका युवा–विद्यार्थीहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा उम्मेदवार बीना मगरले पौडेलसहित नवप्रवेशी युवा–विद्यार्थीलाई पार्टीमा स्वागत तथा सम्मान गरेकी थिइन्। पुनर्वासका जेनजी युवा तथा विद्यार्थीहरूले युवा उम्मेदवार बीना मगरलाई विजयी गराउन पार्टी प्रवेश गरेको जनाउँदै थप युवालाई पनि पार्टीमा आबद्ध गराउने बताएका छन्। हालसम्म पार्टीमा प्रवेश नगरेका युवाहरू समेत मगरकै पक्षमा रहेको उनीहरूको दाबी छ। सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका गतिविधिमाथि कडा कारबाही गर्न सक्ने शक्ति नेकपा सरकारसँग मात्र रहेको विश्वास व्यक्त गर्दै जेनजी युवा पुस्ता नेकपा उम्मेदवारप्रति विश्वस्त बनेको बताएका छन्।  

रुपन्देही-१ मा नेकपाका उम्मेदवार यादवकाे घरदैलो अभियान  तीव्र

रुपन्देही ।  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उम्मेदवार यादवले तिलोत्तमा नगरपालिका अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ९ वटै वडामा पहिलो चरणको घरदैलो अभियान सम्पन्न भएको निर्वाचन परिचालन समिति तिलोत्तमाका संयोजक प्रेम जीएमले जानकारी दिए । घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक साथ र रचनात्मक सुझाव प्राप्त भएको उनले बताए। आइतबार र सोमबार ती वडाहरूमा घरदैलो कार्यक्रम गरिएको थियो। मंगलबार रोहिणी गाउँपालिका अन्तर्गतका वडाहरूमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन मूल समितिका संयोजक लेखनाथ न्यौपानेले जानकारी दिए। समितिले निर्धारण गरेको कार्यतालिका अनुसार कार्यकर्ता भेटघाट, र्‍याली, घरदैलो तथा आमसभाहरू सञ्चालन गरिएको उनले बताए। घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उम्मेदवार यादवले उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने, बिउविजन र मलको सहज आपूर्ति सुनिश्चित गर्ने, कृषि उपज संकलन केन्द्र तथा शीत भण्डार स्थापना गर्ने, भेटेनरी अस्पताल सञ्चालन गर्ने लगायतका कार्यक्रम अघि सार्ने बताए। ती कार्यक्रम कार्यान्वयनका लागि ‘तारा’ चुनाव चिह्नमा मतदान गर्न उनले मतदातासँग आग्रह गरे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि यो निर्वाचन महत्वपूर्ण भएको बताए। अघिल्लो सरकारले सामाजिक सञ्जाल नियन्त्रणका नाममा जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेकाले त्यसको प्रतिफलस्वरूप जनविद्रोह भएको उनले दाबी गरे। ‘जेन्जी आन्दोलन’ले उठाएका मागहरूलाई आगामी सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए। राजनीतिक अस्थिरता अन्त्य गरी सुशासन स्थापना गर्न नसके देश आन्तरिक द्वन्द्वतर्फ धकेलिन सक्ने उनले चेतावनी दिए। उम्मेदवार यादवले आफ्नो निर्वाचन क्षेत्रमा उन्नत कृषि नीतिको प्रभावकारी कार्यान्वयन, नदी कटान नियन्त्रण, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोर विस्तार, सरकारी तथा सामुदायिक विद्यालयको गुणस्तरीय विकास र सीपमूलक शिक्षामा जोड दिने योजना रहेको बताए। साथै मुस्लिम बस्ती व्यवस्थापनका लागि नयाँ मार्गचित्र तयार गर्ने, भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन पहल गर्ने तथा विपद् व्यवस्थापन सुधारका लागि विशेष योजना ल्याउने उनले बताए।

रोल्पामा जिप दुर्घटनामा परी एकजनाको मृत्यु

राेल्पा । रोल्पामा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मंगलबार दाङको घोराहीबाट रोल्पाको बागमाराका लागि छुटेको लु.१ज ४८५४ नम्बरको जिप रुन्टीगढी गाउँपालिका– ५, खुमबासामा दुर्घटना भएको हो । दुर्घटनामा परिवर्तन गाउँपालिका– ६ बस्ने २४ वर्षीया विष्णुमाया बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिपमा सवार ११ जनामध्ये १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा माडी गाउँपालिका– ५ का चालक २२ वर्षीय भरत वली, परिवर्तन गाउँपालिका– ६ की १८ वर्षीया प्रतिभा पुनमगर, वडा नं. ४ की १९ वर्षीया जुना वली, २६ वर्षीया हिमाली वली, वडा नं. ३ की ३२ वर्षीया खिमा केसी, वडा नं. ६ की ३० वर्षीया पुष्पा बुढामगर रहेका छन् । त्यस्तै, सोही गाउँपालिका वडा नं. ६ का तीन वर्षीय साइमन पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– १ की १७ वर्षीया सुस्मा केसी, माडी गाउँपालिका– ३ का ६० वर्षीय भिमु राना र परिवर्तन गाउँपालिका– ६ की १२ वर्षीया चाँदनी बुढा घाइते भएका प्रहरीको भनाइ छ । घाइतेहरू सबैको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । घाइतेहरूलाई दाङको घोराहीस्थित राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । सहिदमार्गअन्तर्गतको उक्त सडकमा दुर्घटनाग्रस्त जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । घटना भएको खबरलगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक ताराबहादुर छहरीको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थल पुगी उद्धार गरेको थियो । घटनास्थलको सडक अवस्था खराब नभए पनि के कारणले दुर्घटना भएको हो भन्नेबारेमा यकिन नभएको प्रहरीको भनाइ छ ।  

उदयपुर-२ मा तारा चिन्हमा मतदान गरी नेकपाका उम्मेदवारलाई जिताउन संविधानसभा सदस्य खत्रीकाे आव्हान

उदयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मोहन खत्रीले तारा चिन्हमा मतदान गरी नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, धर्म र समुदायको साझा फूलबारीका रूपमा रहेको उल्लेख गर्दै मतदान गर्न आव्हान गरेका हुन् । संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्ष राष्ट्रको व्यवस्थाअनुसार सबै धर्म–संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्न तारा चिन्हमा मतदान गर्नु पर्ने उनकाे भनाइ छ ।  खत्रीले नेपाली समाजका परम्परा र सनातन धर्म संस्कृतिको संरक्षण तथा विकासका लागि नेकपा नै प्रतिबद्ध शक्ति भएको दाबी गर्दै तारा चिन्हमा मतदान गर्न अपिल गरेका हुन् । उनले उदयपुर क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार सुरेशकुमार राई (हिमाल) लाई विजयी गराउन समेत मतदातासँग अुनराेध गरेका हुन् ।  उनको उक्त आव्हानलाई नेकपाले आफ्नो चुनावी अभियानअन्तर्गत मतदाता परिचालन र जनसमर्थन विस्तारको सन्देशका रूपमा लिएको छ । उनि अहिले नेकपाकाे उदयपुर-२ मा चुनावी कमाण्डर पनि छन् । 

निर्वाचनकाे लागि तीन दिन बिदा दिने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २० देखि २२ फागुनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आसन्न निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसमक्ष सिफारिस गरेको थियो ।  तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।

भाेजपुरमा गाउँमै पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर । आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुटेका छन् । बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै उनले यो पेसा अँगालेका हुन्। स्नातक तहसम्म अध्ययन गर्नुभएका विश्वकर्माले राम्रो अवसरको खोजीमा विदेश जाने सोच बनाएका युवामध्ये आफू पनि एक रहेको तर पुर्ख्यौली  पेसा सङ्कटमा पर्न थालेको देखेपछि यही क्षेत्रमा केही गर्ने अठोट गरेको बताए । “पुर्ख्यौली  पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यले यो पेसामा जुटेको हुँ”, उनले भने, “अन्य काम गर्ने क्षमता भए पनि मैले यही पेसा अँगालेको छु ।” उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरबार, कट्टीलगायत सामग्रीसमेत बनाउँदै आएका छन् । परम्परागत शैलीमा हातैले निर्माण गरिने भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेको उनको भनाइ छ । गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतका साथ तयार गरिएका खुकुरी देशका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् भने केही सामग्री व्यक्तिगत मागमार्फत बाहिर जाने गरेका छन् । खुकुरी निर्माण प्रक्रियामा कडा परिश्रम र समय लाग्ने भए पनि त्यसमा गर्वको अनुभूति हुने उनी बताउछन्। “यो केवल पेसामात्र होइन, हाम्रो पहिचान हो”, उनले भने, “पेसालाई संरक्षण गर्दै यहीबाट आम्दानी गर्ने अठोटका साथ काम गरिरहेको छु ।” उनका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सकेमात्र यो पेसा दिगो रूपमा जोगिन सक्छ । त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग आवश्यक रहेको उनको धारणा छ । गाउँमै सञ्चालन भइरहेको उद्योगबाट उत्पादित सामग्रीलाई सिधै बाह्य बजारसम्म पुर्याउने व्यवस्था भए आम्दानी अझ वृद्धि हुने उनी बताउछन्। हाल कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र बजार पहुँचको सीमितताले समस्या सृजना गरेको उनको गुनासो छ । कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, सीप विकास तालिम तथा बजारीकरणमा राज्यको सहयोग भए कालिगड पेसा थप व्यवस्थित र आकर्षक बन्ने उनको विश्वास छ । पुर्ख्यौली  सीपलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्ने लक्ष्यसहित उनी यो पेसामा निरन्तर सक्रिय रहेका छन् । 

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडाैं । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ । लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पायलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडिणले जनाएका छन् ।

दलित अधिकारका लागि एकमात्र भरोसा नेकपा: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको मुक्ति, समानता र सशक्तीकरणका लागि आफ्नो पार्टी मात्र स्पष्ट दृष्टि, नीति र प्रतिबद्धतासहित अघि बढेको बताउनु भएकाे छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास नै दलित समुदायको संघर्ष र बलिदानसँग गाँसिएको उल्लेख गर्नुभयो। प्रचण्डले जनयुद्धकालदेखि नै दलित अधिकारलाई आन्दोलनको केन्द्रमा राखिएको स्मरण गर्दै पहिलो शहीद दिलबहादुर रम्तेल दलित समुदायबाट हुनु र दलित महिलाहरूले राज्यसँग भिडेर हतियार खोसेको ऐतिहासिक घटनाले आन्दोलनमा दलितहरूको अग्रणी भूमिका पुष्टि गरेको बताउनुभयो। “दलित समुदायको रगत र बलिदानबिनाको परिवर्तन सम्भव थिएन,” उहाँले भन्नुभयो, “त्यसको सम्मान र अधिकार सुनिश्चित गर्ने जिम्मेवारी नेकपाले लिएको छ।” उहाँले वर्तमान संविधानमा दलित अधिकार समेटिए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै शक्तिशाली ‘दलित विकास प्राधिकरण’ गठन गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। शिक्षा, रोजगारी, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका कार्यक्रम एकीकृत रूपमा अघि बढाउन अलग्गै संरचना आवश्यक रहेको उहाँको भनाइ थियो। दोलखालगायत विभिन्न जिल्लाबाट दलित समुदायका अगुवा नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको उल्लेख गर्दै उहाँले अन्य दलले दलितलाई केवल नारामा सीमित राखेको आरोप लगाउनुभयो। “दलितको वास्तविक मुक्ति र सम्मान सुनिश्चित गर्ने राजनीतिक शक्ति नेकपा मात्र हो,” उहाँले भन्नुभयो। आगामी निर्वाचनलाई दलित अधिकार संस्थागत गर्ने ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले पार्टीको ‘तारा’ चिन्हमा अत्यधिक मतदान गर्न अपिल गर्नुभयो। दलित समुदायको समान प्रतिनिधित्व, सम्मानजनक जीवन र निर्णायक सहभागिताका लागि नेकपाको विजय अनिवार्य रहेको उहाँको भनाइ छ।

विकास र समाजवादको लक्ष्य हासिल गर्न तारामा मतदान : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वामपन्थी आन्दोलनमा फेरि एकपटक ध्रुवीकरण र एकताको नयाँ प्रक्रिया सुरु भएको बताउनु भएकाे छ । प्रचण्डले वामपन्थी, देशभक्त, समाजवादी तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्दै देशलाई वर्तमान विषम परिस्थितिबाट निकास दिन नयाँ अभियान अघि बढेकाे बताउनु भएकाे हाे ।  उहाँले पार्टी कार्यालयमा पेरिसडाँडामा पार्टी प्रवेशकाे कार्यक्रममा सम्बोधन गर्दै विगतको अनुभवबाट पाठ सिक्दै फेरि एकचोटी कम्युनिस्ट आन्दोलनलाई एउटै धारमा उभ्याउँदै विकास र समाजवादका लागि वाम एकता अनिवार्य भएकाले  ऐतिहासिक पहल सुरु भएको स्पष्ट पार्नुभएकाे छ ।  उहाँले २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको स्मरण गर्दै उद्देश्य सही भए पनि नेतृत्वको गलत सोच र कार्यशैलीका कारण एकता टिक्न नसकेको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले भन्नुभयाे, “नेपालका वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने हाम्रो उद्देश्य सधैं जायज थियो । दुर्भाग्यवश, हामीले त्यसलाई दीर्घकालीन रूपमा जोगाउन सकेनौं । तर अहिले फेरि देशको आवश्यकताले हामीलाई एकताको मार्गमा अघि बढ्न प्रेरित गरेको छ ।” प्रचण्डका अनुसार हाल नेपाली कम्युनिस्ट पार्टी २६ वटा साना–ठूला समूहहरू मिलेर निर्माण भएको हो । देशभर सञ्चालन गरिएका ‘एकता सन्देश सभा’ मार्फत हजारौं नेता–कार्यकर्ता पार्टीमा समायोजन भएका छन् । विशेषगरी नेकपा एमालेसँग सम्बन्धित नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको उहाँले बताउनुभयाे ।  उहाँले पूर्वमन्त्री, पूर्वसांसदलगायतका प्रभावशाली नेताहरू समेत पार्टीमा प्रवेश गरेको जानकारी दिँदै कतिपयलाई आसन्न निर्वाचनमा उम्मेदवारसमेत बनाइएको बताउनुभयाे । “ओखलढुङ्गा, कपिलवस्तु लगायतका जिल्लामा हाम्रा उम्मेदवारहरू उत्साहजनक स्थितिमा छन्,” उहाँले भन्नुभयाे ।  विषम परिस्थितिमा एकताको आह्वान देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस्तो अवस्थामा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउनुभयाे । आगामी निर्वाचनलाई देशलाई स्थायित्व र विकासतर्फ लैजाने अवसरका रूपमा लिनुपर्ने उहाँको धारणा थियो। “हामी देशलाई निर्वाचनमार्फत नयाँ दिशामा लैजान चाहन्छौं। विकास र समाजवादको लक्ष्य हासिल गर्न कम्युनिस्ट र देशभक्त शक्तिहरू एकताबद्ध हुनैपर्छ,” उहाँले भन्नुभयाे ।  दलित आन्दोलनको गौरवपूर्ण इतिहास दोलखामा विशेषगरी दलित समुदायका नेताहरूको पार्टी प्रवेशलाई ऐतिहासिक महत्व दिँदै प्रचण्डले जनयुद्धकालीन अनुभव स्मरण गर्नुभयाे । उहाँले जनयुद्धको तयारीका क्रममा दलित समुदायको मुक्ति र अधिकारलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयाे ।  जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेल दलित समुदायका रहेको उल्लेख गर्दै उहाँले आन्दोलनमा दलितहरूको अग्रणी भूमिका रहेको बताउनुभयाे । त्यस्तै कालिकोटमा दलित महिलाहरूले राज्यसँग प्रत्यक्ष भिडन्त गरी हतियार खोसेर पार्टीलाई बुझाएको घटनालाई उनले गौरवपूर्ण इतिहासका रूपमा प्रस्तुत गर्नुभयाे ।  “पहिलो शहीद दलित समुदायबाट हुनु र पहिलो हतियार दलित महिलाले खोस्नुले जनयुद्धमा दलितहरूको भूमिका कति महत्वपूर्ण थियो भन्ने स्पष्ट हुन्छ,” उहाँले भन्नुभयाे ।  संविधान र अधिकारको विस्तार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा दलित अधिकारका केही व्यवस्था समेटिए पनि ती पर्याप्त नभएको उहाँको भनाइ थियो। दलित समुदायको समग्र उत्थानका लागि अझै विशेष नीतिगत पहल आवश्यक रहेको प्रचण्डले बताउनु भयाे । यसै सन्दर्भमा उहाँले ‘दलित विकास प्राधिकरण’ गठन गर्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याउनुभयाे । शक्तिसम्पन्न प्राधिकरणमार्फत शिक्षा, रोजगारी, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका कार्यक्रम समेट्ने योजना रहेको उहाँकाे भनाइ छ ।  “दलितहरूको समग्र विकासका लागि अलग्गै, प्रभावकारी र शक्तिशाली संरचना आवश्यक छ। हाम्रो प्रतिबद्धता पत्रमा यो स्पष्ट रूपमा उल्लेख छ,” उहाँले भन्नुभयाे । दोलखामा नयाँ ऊर्जा दोलखाका एमाले निकट ‘मुक्ति समाज’ बाट आएका नेताहरू र दलित समुदायका अगुवा कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिइने विश्वास प्रचण्डले दिलाउनुभयाे । उहाँले यस प्रवेशले दोलखामा कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयाे । “तपाईंहरूको समायोजनले दोलखामा कम्युनिस्ट आन्दोलन अझ शक्तिशाली हुनेछ,” उहाँले भन्नुभयाे, “उचित जिम्मेवारी र सक्रिय काम गर्ने वातावरण पार्टीले सुनिश्चित गर्नेछ।”  ‘तारा’मा अत्यधिक मतदान गर्न अपील आसन्न निर्वाचनमा दोलखाबाट विशाल खड्कालाई उम्मेदवार बनाइएको जानकारी दिँदै प्रचण्डले देशभर पार्टीको अवस्था उत्साहजनक रहेको दाबी गर्नुभयाे । “देशभरको रिपोर्ट हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना देखिन्छ। नभए पनि सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उभिनेछौं र आगामी सरकारमा हाम्रो भूमिका महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयाे ।  उहाँले कार्यकर्ताहरूलाई बाँकी दिनहरूमा ‘युद्धस्तर’मा खटिन निर्देशन दिँदै ‘तारा’ चुनाव चिन्हमा अत्यधिक मतदान गराउन अपिल गर्नुभयाे ।  सकारात्मक सन्देश र भविष्यको विश्वास सम्बोधनको अन्त्यमा प्रचण्डले देशभरि वामपन्थी एकताको सन्देश फैलिएको उल्लेख गर्दै निकट भविष्यमा सबै कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा उभिने विश्वास व्यक्त गर्नुभयाे । “हामी फेरि एकपटक एकताको झण्डामुनि उभिनेछौं। देशलाई स्थायित्व, विकास र समाजवादको दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ,” उहाँले भन्नुभयाे । दोलखाबाट सुरु भएको यो एकता र ध्रुवीकरणको सन्देशले राष्ट्रिय राजनीतिमा नयाँ आशा र बहस सिर्जना गरेको छ। वामपन्थी शक्तिहरूबीच सहकार्य र समन्वयको यो प्रयासले आगामी दिनमा नेपाली राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गर्नुभएकाे छ । 

दोलखा एमालेका दर्जनौँ नेता-कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी मा दोलखाबाट नेकपा एमाले निकट विभिन्न जनवर्गीय संगठनमा आबद्ध दर्जनौँ नेताकार्यकर्ताहरु प्रवेश गरेका छन्। दोलखा जिल्लामा एमालेसँग सम्बद्ध ‘मुक्ति समाज’ मा क्रियाशील नेताहरुले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच नवप्रवेशीहरुलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, जनताको अपेक्षा र वाम आन्दोलनको दिशाबारे धारणा राख्दै देशमा अग्रगामी परिवर्तनको पक्षमा उभिएका सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभयाे । नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुमा खड्ग बहादुर गजमेर, सितारमा विक, खड्क बहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाल लगायत रहेका छन्। उनीहरु लामो समयदेखि दोलखामा वाम राजनीतिमा सक्रिय रहँदै आएका कार्यकर्ता भएको बताइएको छ। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरुले एमालेभित्रको वैचारिक विचलन, संगठनात्मक जडता र जनअपेक्षाअनुसार भूमिका निर्वाह हुन नसकेको भन्दै नयाँ वैचारिक स्पष्टता र क्रान्तिकारी दिशाका लागि नेपाली कम्युनिष्ट पार्टी रोजेको बताएका छन्। उनीहरुले जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। संयोजक प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीको विचार, नीति र कार्यक्रमअनुसार जनताको बीचमा सक्रिय हुन आग्रह गर्दै वामपन्थी आन्दोलनलाई पुनः सशक्त र एकीकृत बनाउन यो प्रवेश महत्वपूर्ण कदम भएको बताउनु भएकाे छ । उहाँले आगामी दिनमा देशभरका क्रान्तिकारी, देशभक्त तथा परिवर्तनकामी शक्तिहरु एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।  दोलखाबाट भएको यो सामूहिक प्रवेशलाई नेपाली कम्युनिष्ट पार्टीले वाम आन्दोलन सुदृढीकरणको संकेतका रूपमा लिएको जनाएको छ । पार्टीका अनुसार संगठन विस्तार र जनआधार मजबुत बनाउने अभियान देशभर जारी रहनेछ।

बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने विश्वदीपको घोषणा

बुटवल । औद्योगिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले स्थापना गरिएको बुटवल धागो कारखाना लामो समयदेखि बन्द अवस्थामा छ। करोडौँ रुपैयाँ लगानी गरिएको उक्त उद्योग २०६६ सालदेखि पूर्ण रूपमा बन्द भएपछि स्थानीय अर्थतन्त्र, रोजगारी र उत्पादन क्षेत्रमा प्रत्यक्ष असर परेको छ। पटक–पटक सरकार फेरिए पनि उद्योग पुनः सञ्चालनमा ल्याउने ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ। कपडा उद्योगका लागि कच्चा पदार्थ (धागो) उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले २०३९ सालमा बुटवल औद्योगिक क्षेत्रमा स्थापना गरिएको कारखाना २०६४ सालदेखि उत्पादन ठप्प भई २०६६ सालमा पूर्ण रूपमा बन्द भएको हो। नेपालगञ्जको खजुरामा उत्पादित कपासबाट बुटवलमा धागो र हेटौँडामा कपडा उत्पादन गरी बजारमा पुर्‍याउने दीर्घकालीन योजना थियो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रुपन्देही क्षेत्र नं.–२ बाट उम्मेदवार बनेका युवा नेता सुवास पाण्डे ‘विश्वदीप’ले उद्योग पुनः सञ्चालनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलमार्फत कारखाना सञ्चालनमा ल्याउने उनको प्रतिबद्धता छ। ‘बिचौलियाको पर्खाल भत्काएर भए पनि बुटवल धागो कारखाना सञ्चालन गर्नुपर्छ। निर्वाचित भएपछि मेरो वरिपरि बिचौलिया देख्नुहुने छैन,’ उनले सञ्चारकर्मीसँग भने। सरकारकै लापरवाही र बिचौलियाको चलखेलका कारण उद्योग बन्द हुन पुगेको उनको आरोप छ। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग पुनर्जीवन अनिवार्य रहेको उनले बताए। विश्वदीपका अनुसार पुरानो प्रविधिमा आधारित कारखानालाई यथास्थितिमा सञ्चालन गर्न सम्भव छैन। त्यसैले: प्रविधि स्तरोन्नति र पुनःलगानी आवश्यक, निजी क्षेत्रको मनोबल उकास्ने नीतिगत वातावरण, वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने पहल गर्ने, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई एउटै प्याकेजमा सञ्चालन गर्ने अवधारणा राखेका छन् । उनले अन्तर्राष्ट्रिय मञ्चहरूसँग संवाद गरी लगानी भित्र्याउने योजना रहेको पनि बताए। उनका अनुसार उद्योग पुनः सञ्चालन भएमा रोजगारी सिर्जना भई वैदेशिक पलायनमा कमी आउनेछ।

सिक्लेसको दिगो पर्यटन विकासमा नेकपाका उम्मेदवार राजकाजी गुरुङको प्रतिबद्धता

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट  कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकाजी गुरुङ (करण) ले पर्यटकीय गाउँ सिक्लेसको दिगो विकास र पर्यापर्यटन प्रवर्द्धनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले सिक्लेसवासीसँग भेटघाट गर्दै पर्यटन, पूर्वाधार र स्थानीय सशक्तीकरणबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् । सिक्लेस मादी गाउँपालिका–१ स्थित ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको गाउँमा आयोजित कार्यक्रमलाई स्थानीयले उत्साहपूर्वक स्वागत गरेका थिए । सिक्लेस आमा समूहले उम्मेदवार गुरुङसहितको टोलीलाई भव्य स्वागत गरेको थियो । आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङले क्षेत्र नम्बर १ मा गुरुङ समुदायको उम्मेदवार पाउनु गौरवको विषय भएको बताउँदै विजयी गराउनु आफ्नो दायित्व भएको उल्लेख गरे । उनले सिक्लेससम्म पुग्ने सडकको दयनीय अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सुधारका लागि पहल गरिदिन आग्रह गरे । युवा व्यवसायी किरण गुरुङले भिजनसहितको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण गुरुङ समुदाय एकजुट भएर राजकाजी गुरुङलाई जिताउनुपर्ने धारणा राखे । 

अमेरिकामा भीषण पारिवारिक घटना : पत्नी र छोरीको हत्या गरेका थापा प्रहरीको गोलीबाट मृत

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन्। फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित आवासीय भवनमा उदयपुरको बेलका नगरपालिका घर भएका ५० वर्षीय छत्रबहादुर थापा (मिलन) ले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन्। घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५:१५ बजे घरेलु हिंसासम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा थिए। हतियार छाड्न पटक–पटक दिएको निर्देशन नमानेपछि प्रहरीले गोली चलाएको र थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनाका बेला घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन्। प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित अघिल्लो कुनै आपराधिक अभिलेख नदेखिएको बताइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सहकारी ठगीको आरोपले रास्वपाका नेताहरूलाई ‘जनता फेस’ गर्न सकस

​काठमाडौं । सुशासन र पारदर्शिताको नारा दिएर नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला सहकारी बचत अपचलनको गम्भीर आरोप र विवादको चपेटामा परेको छ।  पार्टी सभापति रवि लामिछाने लगायतका उच्च नेतृत्वमाथि नै सहकारीको करोडौँ रकम हिनामिना गरेको आरोप लागेपछि रास्वपाका नेताहरूलाई सार्वजनिक रूपमा जनताको प्रश्नको सामना गर्न निकै कठिन बन्न पुगेको छ। ​चुनावी माहोल र जनताको आक्रोश पोखरा लगायतका विभिन्न क्षेत्रमा सहकारी पीडितहरूले आफूहरूको बचत फिर्ता नभएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। यसै सन्दर्भमा, हालैका चुनावी अभियानहरूमा रास्वपाका उम्मेदवार र नेताहरू जनताको घरदैलोमा पुग्दा सहकारी पीडितहरूबाट कडा प्रश्न र विरोधको सामना गर्नुपरिरहेको छ। पीडितहरूले ‘हाम्रो पसिनाको कमाई खाइयो’ भन्दै नेताहरूलाई घेराउ गर्ने, प्रश्न सोध्ने र कतिपय अवस्थामा आक्रोश पोख्ने गरेका छन्। ​ पार्टीको रक्षात्मक स्थिति ​कानुनी र नैतिक प्रश्न पनि उठेकाे छ । संसदीय छानबिन समितिले नै लामिछाने लगायतका सञ्चालकहरूले गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको रकम अपचलन गरेको ठहर गरेपछि रास्वपाको ‘नैतिक धरातल’ माथि प्रश्न उठेको छ। ​सडक प्रदर्शनको असर: सभापति लामिछानेको गिरफ्तारीपछि पार्टीले गरेको सडक प्रदर्शनलाई धेरैले ‘न्यायिक प्रक्रियामा हस्तक्षेप’ को रूपमा हेरेका छन्, जसले गर्दा पार्टीको छविमा थप नकारात्मक असर परेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। ​ जनताको असन्तुष्टि: ‘पुराना दलहरू जस्तै भ्रष्ट’ भएको आरोप रास्वपामाथि लाग्दै गर्दा, जनतामाझ पार्टीको साख जोगाउन नेताहरूलाई सकस परिरहेको छ। ​नेताहरूलाई किन छ असहज? पार्टीका उपसभापति डीपी अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका नेताहरू पनि सहकारी विवादमा मुछिएका छन्। "सुशासनको वकालत गर्ने नेताहरू नै आर्थिक अपचलनको आरोपमा मुछिएपछि जनतालाई के जवाफ दिने?" भन्ने नैतिक संकटमा रास्वपाका नेताहरू देखिएका छन्। ​अहिले रास्वपाका लागि सहकारी प्रकरण केवल कानुनी लडाइँ मात्र नभई आफ्नो राजनीतिक अस्तित्व र विश्वसनीयता जोगाउने ठूलो चुनौती बनेको छ।  यता रास्वपाले भावि प्रधानमन्त्री घाेषणा गरेका वरिष्ठ नेता बालेन्द्र शाह बालेन पनि जेनजी आन्दाेलनमा सरकारी भवन जलाएकाे आराेपकाे फेस गर्न सकिरहेका छैनन् । उनलाई पनि चुनाैती खडा भएकाे छ ।