आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस सांसद रामचन्द्र

सिरहा । नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । स्थानीय चुनावको टिकट वितरणलाई लिएर यादव कुटिएका हुन् ।

सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । बुधबार विहान भएको छलफलमा डा सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो ।

डा सुभाषचन्द्रका समर्थकले टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै कोठाभित्रै आएका कुटपिट गरेको यादवले बताए ।

एक्सरे गेट नहुँदा सुन तस्करलाई सहज

काठमाडौ, भदौ २१ । रसुवागढीबाट सजिलै काठमाडौं उपत्यकामा ८८ केजी सुन ल्याइएको घटनाले सुरक्षा निकायका संयन्त्रमाथि गम्भीर प्रश्न खडा भएको छ । यस घटनाले तस्करी नियन्त्रण गर्ने निकायको संयन्त्र पूर्ण रूपमा निकम्मा रहेको आरोप लागेको छ । प्रहरीका दर्जन चेकपोस्ट पार गर्दै रसुवाबाट राजधानीसम्म र काठमाडौंबाट भारतसम्म दैनिक ठूलो परिमाणमा सुन तस्करी भइरहेको छ । रसुवागढी नाका हुँदै सोमबार सजिलै ८८ केजी सुन राजधानी भित्रिएको घटनाबाट तीनैवटा सुरक्षा निकायका संयन्त्रले काम नगरेको देखाउँछ । रसुवागढी नाकादेखि बालाजुसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको एक दर्जनभन्दा धेरै चेकपोस्ट छन् । चिनियाँ नागरिक जिया क्विङले सजिलै पटक–पटक रसुवागढी नाकाबाट काठमाडौंमा सुन ल्याएर भारतसम्म पुर्‍याउँदै आएका थिए । प्रहरीले सोमबार बिहान क्षेत्रपाटीबाट उनका चालक मनोज अधिकारीलाई ८८ केजी सुनसहित पक्राउ गरेपछि काठमाडौंदेखि रसुवासम्मको पासाङल्हामु राजमार्गमा रहेको तीन सुरक्षा निकायको संयन्त्र असफल भएको देखाएको छ । प्रहरीसँग स्रोत–साधनको कमी हुँदा तस्कर बलिया सुरक्षा चेकजाँचमा प्रविधिको प्रयोग नगर्दा तस्करहरूले फाइदा उठाउँदै आएका छन् । मुख्य नाकामा एक्सरे भेहिकल गेट राखेमा धेरै हदसम्म सुन तस्करी नियन्त्रण हुने प्रहरी अधिकारीहरू बताउँछन् । ‘प्रहरीले आँखाले हेरेर मात्र सुन पत्ता लगाउन सक्दैन, हामीलाई स्रोत–साधनको अभाव छ,’ महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द भन्छन्, ‘तस्करहरू बलियो हुँदै गएका छन्, हामी सुराकीमै भर पर्नुपरेको छ ।’ धेरै देशले अवैध सामानको चोरी तस्करी रोक्न ‘एक्सरे भेहिकल गेट’ प्रयोग गर्दछन् । सो गेटबाट गाडी पास हुनेबित्तिकै त्यसमा रहेका अवैध सामान पत्ता लाग्छन् । लागुऔषध, हतियार, विस्फोटक पदार्थ, सुनलगायत अवैध सामानमा लुकाएको भए तत्काल गेटले सूचना दिन्छ । यस्तो गेट जडानका लागि विगतमा विभिन्न छानबिन आयोगले सरकारलाई सिफारिस गरेको थियो । जमिम शाह हत्या प्रकरणमा गठन भएको छानबिन समितिले समेत यस्तो गेट राख्न सुझाब दिएको थियो । सरकारले आर्थिक वर्ष ०७३-७४ को बजेट भाषणमा ‘एक्सरे भेहिकल गेट’ राख्ने जनाएको थियो । तर, त्यसका लागि अझै कुनै पहल भएको छैन । सुरक्षा संयन्त्रलाई स्रोत–साधनमा बेवास्ता गरेकै कारण देशमा तस्करी भयावह हुँदै गएको छ । सुन मात्र होइन, नेपालको सुरक्षा निकायको कमजोर संयन्त्र रहेको आ“कलन गरेर लागुऔषध र वन्यजन्तुका अंगको कारोबारमा पनि नेपाल अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ बन्दै गएको छ । तस्करीमा संलग्न थप तीन पक्राउ ८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार थप तीन व्यक्तिलाई पक्राउ गरेको छ । रसुवाबाट दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परेका हुन् । त्यस्तै, महानगरीय अपराध महाशाखाले शेर्पा थरका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनी फरार रहेका चिनियाँ नागरिक जिया क्विङका साथी हुन् । क्विङको ठमेलमा दुईवटा होटेल छ । रसुवामा पक्राउ परेका दुवै गाडीचालक हुन् । उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए । लामो समयदेखि नेपालमा बिजनेस भिसामा बस्दै आएका चिनियाँ नागरिक भने परिवारसहित नै फरार भएका छन् । तस्करीको व्यवस्थापन उनले गरे पनि सो सुनमा धेरै व्यक्तिको लगानी रहेको स्रोत बताउँछ । काठमाडौंका केही सुनपसलेदेखि भारतीय व्यापारीहरूको समेत संलग्नता रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । कमिसनबारे प्रहरीभित्र विवाद बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदकमा थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदकमा राखेपछि विवाद भएको स्रोत बताउँछ । पछि एसएसपी दिवेश लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् । -नयाँ पत्रिकाबाट

२२ थान मानव खप्परसहित एक पक्राउ

झापा, भदौ २०। बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । पक्राउ परेका तामाङलाई इप्रका काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

बेचबिखन तथा ओसारपसारबिरुद्ध जनचेतना आवश्यक : सभामुख

काठमाडौं, भदौ २० । ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराकासाथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको ११ औं राष्ट्रिय दिवश मंगलबार देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा भृकुटीमण्डपदेखि कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरी लगत्तै आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख ओनसरी घर्तीले नेपाल बिगतमा मानब बेचबिखनको मुख्य श्रोत रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताइन् । मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएको बताउँदै सभामुख घर्तीले यसका बिरुद्ध सबैजना एक भएर जनचेतना जगाउने आवश्यकता औंल्याइन् । संबिधान कार्यान्वयनका लागि तिन तहको चुनाव वेलैमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको भन्दै सभामुख घर्तीले राजनीतिक स्थिरताका लागि संबिधानले देखाएबमोजिम अगाडि बढ्नुपर्ने जिकिर गरिन् । कार्यक्रमकी अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिगतमा खुला सिमानाका कारण यौन शोषणका लागि बेचबिखन हुने गरेकोमा केही बर्ष यता नेपालका आन्तरिक बजार र बैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले बेचबिखनको आयाम र स्वरुपमा समयसापेक्ष जटिलता थपेको बताइन् । चेतनाको अभाव, गरिबी, समाजमा बिद्यमान असमानता, बिभेद, शोषण, र्दुव्यावहार र बेरोजगारीका कारण फैलिँदै गएको मानब बेचबिखन तथा ओसारपसारको समस्या बिकराल बन्दै गएको धारणा राख्दै मन्त्री कोइरालाले सरकारको एक्लो प्रयाशले मात्र बेचबिखनको समस्या समाधान हुन नसक्ने दावी गरिन् । पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवन यापनका लागि उपयुक्त बाताबरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने मन्त्री कोइरालाको भनाइ थियो । मन्त्रालयका राज्यमन्त्री जाकिर हुसैनले दक्षिण एशियामा मानब बेचबिखन तथा ओसारपसारको समस्या भयावह रहेको बताउँदै यो समस्या समाधान गर्न जनचेतना जगाउने र दलाललाई कार्वाही गर्नुपर्ने धारणा व्यक्त गरे। मन्त्रालयका सचिव खगराज बरालले मानब बेचबिखन तथा ओसारपसारमा संलग्न दलाललाई समुलनष्ट गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । नौजनालाई पुरस्कार र सम्मान सोही अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको क्षेत्रमा उत्कृष्ट काम गरेका छ जनालाई पुरस्कृत तथा तीन जनालाई सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा महिला, बालबालिका कार्यालय रौतहटका महिला बिकाश अधिकृत साबित्रा न्यौपाने, जिल्ला प्रहरी कार्यालय कंचनपुरकी प्रहरी जवान सपना ऐरी, हिमालय टाइम्स दैनिक पत्रिकाकी रमा लुइँटेल, कान्तिपुर एफएमकी पार्वता चौधरी, शक्ति मिलन समाज, सुकेधाराकी एचआइभि संक्रमित नातीसरा राइ र शान्ति पुर्नस्थापना गृह ललितपुर ठेँचो पुरस्कृत भएका छन् । त्यसैगरी, सम्मानित हुनेहरुमा महिला तथा बालबालिका कार्यालय मकवानुिरकी महिला बिकाश निरिक्षक दुर्गा घिमिरे, अस्मिता नेपाल मकवानपुर हेटौंडाकी आरती पाठक र साथी संस्था नख्खु ललितपुर रहेका छन् । शक्ति समुहको गीति नाटक प्रस्तुत आफन्त नै फकाउँथे, कतै थियो जर्बजस्ती रहर, बाध्यता, बिश्वाशले भो जीवनमा सास्ती खचाखच मानिसहरुले भरिएको हलमा गीतका यीनै हरफ गुन्जिँदा उपस्थित सबैको आङ सिरिङ्ग गर्यो। बेचिएकी चेलीको पीडामा ओतप्रोभ गीत र संगीतले उपस्थित सबैलाई भावुक बनाएको थियो । गीत र संगीतको तालमा कालो कपडा लगाएका पाँच किशोरी मञ्चमा नृत्य प्रस्तुत गरिरहेका थिए । आफन्तले नै ललाइ फकाइ गरी अनेक थरी सपना देखाएर बिदेशमा बेचिन बिबश चेलीहरुको कथा लिएर जव शक्ति समुहका यी किशोरी मञ्चमा उक्लिए। हल यसै पनि स्तब्ध बनेको थियो। राजधानीको कमलादी स्थित प्रज्ञाभवनको सभाहलमा उपस्थित सहभागी मात्र होइन कार्यक्रमकी प्रमुख अतिथि सभामुख ओनसरी घर्ती र कार्यक्रमकी अध्यक्ष महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालालगायत सवै अतिथि पनि नृत्यको दृश्य देखेर भावुक भइरहेका थिए । हेर्नुहोस भिडियोः

अलपत्र बालबालिका आफन्तका जिम्मामा

अर्घाखाँची, भदौ २० । तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरुका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ । सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो । बालबालिका सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको जर्रे खोलामा बेवारिसे अवस्थामा भेटिएका थिए ।

अाजदेखि मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

बर्दिवास, भदौ २० । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष (सोह्रश्राद्ध) शुरु भएको छ । दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाड अघि असोज कृष्णपक्षभरि पितृलाई तृप्त गराउने परम्परानुसार आज यस क्षेत्रका धार्मिक महत्वका ताल, तलाउ र नदीतटमा पितृलाई तर्पण दिनेको घुइँचो बढेको छ । पितृपक्ष शुरु भएसँगै बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड, मटिहानीस्थित लक्ष्मी सर, जलेश्वर नगरपालिकाको जलेश्वरस्थित भार्गव सर, वरुण सर र पुरन्दर सरसहितका तलाउमा तर्पण दिनेको निकै छ । मैथिल समुदाय आफ्ना पितृलाई तर्पण दिन धार्मिक महत्वका तलाउ पुगेसँगै यजमानी पेशाका पुरोहितलाई संकल्प पढिदिन भ्याइनभ्याइ परेको देखिन्छ । यसबाहेक बर्दिबास नगरपालिकाको राइमण्डल धार्मिक क्षेत्र, टुटेश्वरधाम नजिकको बाँके नदी तट र रातु नदी किनारमा पनि तर्पण दिनेहरु भरिभराउ देखिएका छन् । भाद्र पूर्णिमादेखि असोज औँसीसम्मका सोह्र तिथिसम्मको अवधिलाई पितृपक्ष मानिने हिन्दू परम्परानुसार आजै यस पक्षमा गरिने पार्वण र एकोपार्वण विधिका श्राद्ध गर्न थालिएको छ । आज सूर्योदयपछि १५ घडी ५५ पलाको भोगसँगै पूर्णिमा सकिएर असोज कृष्ण प्रतिपदा शुरु हुने भएकाले पूर्णिमा तिथिमा गरिने श्राद्ध मध्याह्नअघि र प्रतिपदा तिथिको श्राद्ध मध्याह्नपछि गरिने बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता पुरोहित दिनेशकुमार झाले जानकारी दिनुभयो । पितृपक्षमा एकैदिन धेरै ठाउँमा पार्वण श्राद्ध गरी दिनुपर्ने हुँदा समय व्यवस्थापनमा भ्याइनभ्याइ भएको पुरोहित झाले बताउनुभयो ।

उपत्यकामा आज इन्द्रजात्रा पर्व  मनाइदै, कुमारी, गणेश र भैरवको रथ घुमाइने

काठमाडौं, भदौ २० । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ । यस अवसरमा लाखे नाच, पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो ।

३ हजारको जुत्ता २६ हजारमा बिक्री !

काठमाडौं, भदौ २० । २० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यवसायीलाई ५ वर्ष कैद र जरिवानाको व्यवस्था – दसैँको मुखमा उपभोक्तालाई ठगी गर्ने दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ । मन्त्री शिवकुमार मण्डलको सक्रियतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले स्टोर वान, बेन्ट्ली, पुमा र नाइकको सोरुम सिल गरेको हो । तस्विर नयाँ पत्रिकाबाट मन्त्री मण्डलले दसैँ–तिहारका वेला ‘सेल’ लगाएको देखाउँदै ठगी गरेको भेटिएपछि सिल गरेको बताए । उपभोक्ता ठग्ने नियतले नै सेल स्किम लगाउने देखिएको उनले बताए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नाइक ब्रान्डको जुत्ता व्यवसायीले ४ हजार ७ सय रुपैयाँमा खरिद गरेको बिल देखाएका थिए । ‘तर, उपभोक्तालाई छुटमा समेत दिँदा पनि सो जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्रीका लागि राखिएको देखियो,’ उनले भने, ‘यसलाई हेर्दा उपभोक्ता अत्यन्तै ठगिएका छन् ।’ त्यस्तै २ हजार ६ सय रुपैयाँको सामानको बिक्री मूल्य २६ हजार रुपैयाँ राखिएको अवस्थामा भेटिएको उनले बताए । नर्थ फेसको सोरुममा १३ हजार रुपैयाँमा बिक्री गरेको वस्तुको बिल ४ हजार रुपैयाँमा मात्रै काटेको अवस्था भेटिएको टोलीले जानकारी दिएको छ । महानिर्देशक दाहालले खरिद–बिक्रीको बिलमा ठूलो अन्तर आउनु अस्वाभाविक रहेको बताए । ‘दसैँका वेला विभिन्न गुणस्तरका सामानलाई सेलको नाम दिएर ठग्ने प्रवृत्ति देखियो,’ उनले भने, ‘बिलबिजक देखाउन नसक्नेको पसल सिल गरेका छौँ ।’ विभागले नर्थ फेसलाई सम्पूर्ण बिलबिजकसहित ३ दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । महानिर्देशक दाहालले सेल लगाउनुअघि कुन मूल्यमा बिक्री भएको भन्ने कागजात माग्दासमेत व्यवसायीले दिन नसकेको जानकारी दिए । सेलअघिको मूल्य थाहा हुन आए तोकिएको छुटअनुसार हाल मूल्य तय भए–नभएको थाहा हुन्छ । ‘हामीले योभन्दा अघि कतिमा बिक्री भएको थियो र ५० प्रतिशत सेल भनेर कतिमा बिक्री भएको छ भन्ने कुराको कागजात मागेका छौँ । उपभोक्ताका सामान बिक्री गरेको यहीँ बिल माग्दा पनि नपाइरहेको स्थिति छ,’ उनले भने । ठग्ने व्यवसायीलाई कारबाही गरी उपभोक्ता अधिकार सुरक्षाका लागि खट्ने उनले दाबी गरे । ‘व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गर्नु आवश्यक छ,’ उनले भने, ‘नियम र कानुनले भेटेअनुसार कानुनसम्मत तरिकाले हदैसम्मको कारबाही हामी गर्छौँ ।’ कानुनमा के छ ? कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ ले २० प्रतिशतभन्दा बढी नाफा कमाउन नपाउने व्यवस्था गरेको छ । ऐनको दफा ३ (१) मा भनिएको छ, ‘सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको समुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्ष कैद वा जरिवाना वा दुवै सजाय हुन सक्नेछ । फोन बजिरहेको छ, तर कारबाही भएरै छाड्छ शिवकुमार मण्डल, आपूर्तिमन्त्री व्यवसायीको मनपरी मूल्यले समाजमा अत्यन्त विकृति ल्याएको हामीले बुझेका छौँ । अनुगमनका माध्यमबाट यसलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । यहाँ अनुगमन भइरहँदा कतिपय व्यवसायीले मेरो मोबाइलमा घन्टी बजाइरहेका छन्, त, त्यस्ता फोनले केही फरक पार्दैन । नियमसंगत ढंगले र कानुनले भेटेसम्मको हदैसम्मको कारबाही गरेर छाड्छौँ । निर्दोष व्यवसायीलाई अनुगमनले कुनै पनि दख्खल पुर्याउँदैन । तर, गलत गर्नेलाई क्षमा दिइँदैन । आतंक सिर्जना गर्ने काम भयो राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स दरबारमार्गमा पसलमा भएको अनुगमन शैली गलत छ । त्यहाँका व्यवसायीले गलत गरेका छन् भने अन्य हिसाबले कारबाही प्रक्रिया चाल्नुपर्छ, पसल नै सिल गरेर व्यापार बन्द गराउने काम गर्नुहुँदैन । व्यापारीलाई आतंकित पार्ने काम भएको छ ।

१० जना सहसचिवलाई निजामति सेवा पुरस्कार दिने मन्त्रिपरिषदको निणर्य

काठमाडौं, भदौ १९ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको निजामति सेवा पुरस्कार सिफारिस समितिले यसवर्षको निजामति सेवा पुरस्कारका लागि १० जना सहसचिवसहित ३० जनाको नाम छनोट गरेको छ । नाम छनोट भएका सहसचिवहरु दीपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, भीमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेढाईँ, जगन्नाथ बराल, लक्ष्मीदत्त कलैनी, प्रल्हादकुमार योगी र अनिल खनाल रहेका छन्। यी नामहरु सोमबारको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो। बैठक सकिएपछि सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले निजामति सेवा पुरस्कार पाउने सहसचिवहरुको नाम पढेर सुनाएका थिए। त्यस्तै मन्त्रिपरिषद बैठकले विपद व्यवस्थापन ऐन संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।

पाँच बर्षीया बालिका बलात्कारी पक्राउ

उदयपुर, भदौ १९ । उदयपुरमा पाँच बर्षीया बालिका बलात्कारको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ पश्चिमटोल चाँपका १८ बर्षीय धुर्व भनिने हेमबहादुर कार्की रहेका छन् । कोठामा टिभी हेरेर बसेकी ती बालिकालाई बलात्कार गरेको किटानी जाहेरी दिएपछि प्रहरीले अरोपितलाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हाल प्रहरी हिरासतमा राखि अनुसन्धान प्रकृया सुरु गरिएको छ । पीडितको आईतबार स्वास्थ्य परीक्षण गरिएको आफन्तले जनाएका छन् । आफन्तहरुको अनुसार आरोपित विगत २÷३ बर्षअघि देखि नै विभिन्न अपराधिक घटनामा मुछिदै आएका व्यक्ति हुन् । १२ कक्षामा अध्ययन गर्दै आएका कार्की कहिले पैसा चोरी त कहिले लागुऔषध सेवनकर्ताको आरोपमा पक्राउ पर्दै आएको स्थानीयको भनाई छ ।

स्काभेक्टर दुर्घटना, चालक वेपत्ता

नुवाकोट, भदौ १९ । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् । आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भासिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । “चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको देखिएकाले निस्किएर नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान गरेका छौँ ।” एसपी बस्यालले भने, “नदीमा खोज्ने र सञ्चालकसँग समेत बुझ्ने काम भइरहेको छ ।” घटना राति १ बजेको भए पनि प्रहरीले भने बिहान ७ बजे मात्र जानकारी पाएको जनाएको छ । जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालिको रुपमा सञ्चालनमा रहेको कम्पनीले नदीबाट रातको समयमा अवैधरुपमा बालुवा उत्खनन गर्ने गरेको प्रहरीले जनाएको छ । कम्पनीका लगानीकर्ता सातजना रहेकाले उनीहरुलाई कारबाहीको लागि अनुसन्धान भइरहेको र हराएका व्यक्तिको समेत खोजी जारी रहेको प्रहरीले जनाएको छ । अवैधरुपमा नदीबाट बालुवा झिक्ने कार्य नियन्त्रण नहुँदा मजदुर नदीमा बगेर तथा पुरिएर हराउने क्रम वृद्धि हुँदै गएको छ । जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्प, सामरी सलाखु, फलाखुलगायतको खोलामा ‘हेभी इक्युमेन्ट’ प्रयोग गरी अवैधरूपले बालुवा उत्खनन हुँदै आएको छ । रासस ९तस्बिर उपलब्ध छ०

अर्घाखाँचीमा भेटियो चार सय वर्ष पुरानो शिलालेख

अर्घाखाँची, भदौ १९ । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत् आयोजनास्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो । श्री लेखिएकाले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ति नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताए । यो शिलालेख अहिलेसम्म कसैले देखेका थिएनन् । यो पुरानो लिपि हो यसलाई पुरानो विज्ञले विश्लेषण गर्नसक्ने भन्दै त्यहाँ लिएका तस्वीर विज्ञलाई पठाएको सहायक प्रजिअ खत्रीको भनाइ छ । शिलालेख ठूलो ढुंगामा गडेको अवस्थामा रहेको छ । शिलालेख रहेको स्थानमा जाने बाटो अप्ठ्यारो भएको र उक्त ठाउँ बस्तीभन्दा टाढा रहेको छ । रासस

प्रदेश नम्बर २ का १००३ मतदानस्थल अति संवेदनशील,६० हजार सुरक्षाकर्मी खटिने

काठमाडौं, भदौ १९ । दलहरूको अस्वस्थ प्रतिस्पर्धा पनि सुरक्षा चुनौती आगामी २ असोजमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं. २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । आठ जिल्लाका दुई हजार १६६ मध्ये एक हजार तीन मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ । सप्तरीलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण जिल्ला मानिएको छ । आइतबार जनकपुरमा सम्पन्न प्रदेश नं. २ को सुरक्षा गोष्ठीमा सुरक्षा योजनालाई अन्तिम रूप दिई कार्यान्वयन अघि बढाइएको छ । सिरहाका दुई सय २१ मतदानस्थलमध्ये एक सय नौलाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, ८४ स्थललाई संवेदनशील र २८ लाई सामान्यको सूचीमा राखिएको छ । सिरहामा नौ सय ६० प्रहरी कार्यरत रहेकोमा २१ सय थप गरिदैछ । सप्तरीका १८ स्थानीय तहमध्ये १३ वटालाई अति संवेदनशील सूचीमा राखिएको एसपी मुकेश सिंहले बताए । सप्तरीमा दुई सय ९५ मतदानस्थल छन्, जसमा दुई सय ६ वटालाई अति संवेदनशील र बाँकी ८९ वटालाई संवेदनशीलमा राखिएको छ । धनुषामा दुई सय २२ वटा अति संवेदनशील र बाँकी एक सय पाँचवटालाई संवेदनशीलमा राखिएको छ । महोत्तरीमा एक सय ३५ अति संवेदनशील, ९७ संवेदनशील तथा २६ वटा सामान्य मतदान केन्द्रमा परेका छन् । सर्लाहीमा एक सय ४१ अति संवेदनशील, एक सय ५१ संवेदनशील तथा २५ वटा सामान्य मतदानस्थल रहेको संघीय प्रहरी एकाइ जनकपुरका एसएसपी सुभाषचन्द्र चौधरीले बताए । संघीय प्रहरी एकाइ वीरगन्जका प्रमुख एसएसपी सूर्यप्रसाद उपाध्यायका अनुसार पर्सामा ७३, बारामा ६६ तथा रौतहटमा ८२ वटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशीलको सूचीमा छन् । त्यस्तै, पर्सामा ८९, बारामा एक सय २९ र रौतहटमा ८७ संवेदनशीलको सूचीमा छन् । पर्साका १५, बाराका एक सय नौ र रौतहटका ८७ मतदानस्थल सामान्य वर्गमा छन् । पर्सामा एक हजार प्रहरी कार्यरत रहेकोमा दुई हजार पाँच सय थप गरिएको छ । त्यस्तै, बारामा तीन हजार पाँच सय तथा रौतहटमा ३२ सय नेपाल प्रहरीबाट खटिनेछन् । अति संवेदनशीलमा ११, संवेदनशीलमा नौ तथा सामान्य मतदानस्थलमा सातजना प्रहरी खटाउने सुरक्षा योजनामा उल्लेख छ ।   प्रदेश नं. २ को निर्वाचनमा करिब ६० हजार सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी हुनेछ । आठ जिल्लामा पहिलेदेखि नै करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १८ हजार थप गरिएको छ । त्यस्तै, १७ हजार सेना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले बताए । सैनिक चुनावी सुरक्षामा खटिन थालिसकेको उनको भनाइ छ । त्यस्तै, १५ हजार तीन सय ५० सशस्त्र प्रहरी प्रदेश नं. २ को निर्वाचनमा खटिएको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजु अर्यालले बताए । निर्वाचनमा सुरक्षाकर्मी थपिन सक्ने गृहप्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सुरक्षाकर्मी नै पर्याप्त भएकाले तेस्रो चरणको स्थानीय निर्वाचनमा म्यादी प्रहरी भर्ना गरिएको छैन । दलहरूको अस्वस्थ प्रतिस्पर्धा मुख्य सुरक्षा चुनौती निर्वाचनमा हुनसक्ने दलरूबीचको अस्वस्थ प्रतिस्पर्धालाई मुख्य सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ । ‘केही दलहरूले विपक्षीलाई निषेधको राजनीतिसमेत सुरु गरेका छन्,’ आइतबारको सुरक्षा गोष्ठीमा सहभागी एक एसपीले भने, ‘यस्तो अवस्थामा दुई दलबीच हुन सक्ने झडपका घटना नै हाम्रो मुख्य सुरक्षा चुनौती हो ।’ दोस्रो चुनौतीका रूपमा खुला सिमाना र साना हतियारलाई लिइएको छ । खुला सिमानाका कारण निर्वाचनमा अपहरण तथा गोली हान्ने घटना हुनसक्ने भएकाले त्यसलाई रोक्न विशेष रणनीति बनाइएको छ । सीमा क्षेत्रको सुरक्षामा विशेष चासो राख्न सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ । साथै, साना हतियारको ओसारपसार रोक्न चेकिङ र गस्ती बढाइएको छ । लाइसेन्सप्राप्त हतियार भने प्रहरीले निर्वाचन अवधिभरका लागि बुझाउन निर्देशन दिइसकेको छ । सबै किसिमका सुरक्षा चुनौतीको विश्लेषण गरेर आफूहरूले सुरक्षा योजना बनाई लागू गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले बताए । त्यस्तै, बाढीले कतिपय गाउँ पुग्ने सडक बिग्रिएकाले त्यसलाई पनि चुनौतीका रूपमा औँल्याइएको छ । मतदाता परिचयपत्रमा समेत चलखेल हुन सक्ने आशंका गरिएको छ । मौसम पनि आफूहरूको लागि ठूलो चुनौती बनेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । पानी अझै परिरहेकाले निर्वाचनको तयारीमा समस्या भएको उनले बताए । कर्मचारी नै सुरक्षा चुनौती ! निर्वाचनमा खटिने कर्मचारीलाई समेत सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ । ‘कतिपय कर्मचारी पार्टीनिकट ट्रेड युनियनमा आबद्ध छन्,’ एक प्रहरी अधिकारी भन्छन्, ‘निर्वाचनमा उनीहरूले आफूनिकट पार्टीको पक्षमा काम सक्ने र त्यसले ठूलो विवाद निम्त्याउन सक्ने भएकाले त्यसमा पनि हामीले ध्यान दिएका छौँ ।’ कर्मचारी मात्र होइन, तल्लो तहका केही प्रहरीले समेत त्यस्तो गतिविधि देखाउन सक्ने भएकाले निगरानीमा राख्न निर्देशन दिइएको छ । जनकपुरमा हेलिकोप्टर ‘स्ट्यान्डबाई’ निर्वाचनका क्रममा कतै समस्या भएमा थप सुरक्षाकर्मी ओसार्न तथा जनकपुरमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने योजना छ । जनकपुरस्थित नेपाली सेनाको पृतनामा हेलिकोप्टर राख्न लागिएको हो । कुनै स्थानबाट मतपेटिका ओसार्न पनि हेलिकोप्टर प्रयोग गर्न सकिने सेनाले जनाएको छ । बजेट नपुग्दा सुरक्षा तयारीमा समस्या निर्वाचन आउन दुई साता मात्र बाँकी छ । तर, सुरक्षा निकायलाई निर्वाचनका लागि बजेट गएको छैन । बजेट नआउँदा साधन–स्रोतमा समस्या भइरहेको गुनासो आइतबार प्रहरी अधिकारीहरूले गरेका छन् । प्रक्रियागत समस्याका कारण बजेट जान ढिला भएको शुक्रबारभित्रै बजेट पुग्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘स्रोत–साधनमा कुनै समस्या हुन दिँदैनौँ,’ उनले भने, ‘बजेट पठाउने प्रक्रियामै छौँ ।’ गाडी भाडामा लिनदेखि सुराकी तथा थप इन्धनका लागि चुनावमा अतिरिक्त बजेट पठाइन्छ । त्यसका लागि खाजा खर्च र चुनाव भत्तासमेत दिने गरिन्छ । निर्वाचनमा खटिने सुरक्षाकर्मीले एक साता दिनको पाँच सय रुपैयाँका दरले भत्ता पाउँछन् । चारवटा समूह निगरानीमा प्रदेश नं. २ को निर्वाचनमा चारवटा समूहलाई निगरानी सूचीमा राखिएको छ । तराईमा लामो समयदेखि भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक मुक्ति मोर्चाका ज्वाला र गोइत समूहलाई निगरानीमा राखिएको छ । दुवै समूह सिरहा तथा सप्तरीमा सक्रिय छ । त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई समेत निगरानीमा राखिएको छ । अहिलेसम्म चारै समूहबाट चुनावविरोधी घटना भएका छैनन् । सिके राउतले आफ्ना कार्यकर्तालाई चुनाव भाँड्न नभई चुनाव चिह्नको बाहिर भोट हालेर चुनाव बहिष्कार गर्न निर्देशन दिएको छ ।   चार समूह निगरानीमा प्रदेश नं. २ को निर्वाचनमा चारवटा समूहलाई निगरानी सूचीमा राखिएको छ । तराईमा लामो समयदेखि भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक मुक्ति मोर्चाका ज्वाला र गोइत समूहलाई निगरानीमा राखिएको छ । दुवै समूह सिरहा तथा सप्तरीमा सक्रिय छन् । त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई समेत निगरानीमा राखिएको छ । अहिलेसम्म चारै समूहबाट चुनावविरोधी घटना भएका छैनन् । ३१ हजार कर्मचारी परिचालन हुने निर्वाचन आयोगले प्रदेश नं. २ को १३६ स्थानीय तहमा करिब ३१ हजार कर्मचारी परिचालन गर्दै छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आठ जिल्लामा हुने निर्वाचनमा ३ हजार ५७८ मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कम्तीमा सातजनाका दरले खटिनेछन् । त्यसैगरी, करिब ३५ सय मतदाता शिक्षा कार्यकर्ता खटाइएका छन् । निर्वाचन अवधिमा करिब १५ सय स्वयंसेवक परिचालन गरिनेछ ।  

बस दुर्घटनामा ३२ जना घाइते

इनरुवा, भदौ १८। सुनसरीको भोक्राहा गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–लौकही सडकखण्डमा आइतबार बस दुर्घटना हुँदा ३२ जना घाइते भएका हुन् । सप्तरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रुबाहक बस साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । घाइते भएकामध्ये नौजना जिल्ला अस्पताल इनरुवामा उपचार गराई घर फर्किएका छन् भने २३ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर रिफर गरिएको प्रहरी निरीक्षक शेषनाथ थन्दारले जानकारी दिए । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस

६८ लाखभन्दा भारतीय नोटसहित दुई पक्राउ

काठमाडौं, भदौ १८ । नेपाल प्रहरीले ६८ लाख प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरकी ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारी रहेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विशेष सुराकीको आधारमा बनस्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ६८ लाख २० हजार भारतीय नोटसमेत बरामद गरेको हो । भारत सरकारले प्रतिबन्द लगाएको हजार र ५ सयका ६८ लाख २० हजार पुराना नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले सो रकमबाट सर्वसाधारणलाई ठग्ने हेतुले राखेको हुनसक्ने प्रारम्भिक अनुमान लगाएको छ । पक्राउ पर्नेहरु भरिया मात्रै रहेको र कारोवाहीहरुलाई पक्राउ गर्ने तयारीमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी, भदौ १८ । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ । गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ। पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ । त्यस्तै वर्षात्मा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।