सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

चौतारा, भदौ १८ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य मर्मत गरी अपराह्न ४ः०० बजेबाट एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिनुभयो ।

सडकको भित्तोमा कडा चट्टान भएकाले भित्तो काट्न नसकेपछि सामान्य मर्मत गरी यातायात सञ्चालन गरिएकाले फेरी कतिबेला रोकिन्छ भन्ने अनुमान गर्न नसकिने स्थानीयवासीको भनाइ छ । त्यस ठाउँमा एक महिनादेखि नै सडक भास्सिन शुरु गरे पनि सामान्य मर्मतकै भरमा यातायात सञ्चालन हँुदै आइरहेको थियो ।

वर्षा हुनेक्रम नरोकिएकाले भास्सिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दोरुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान् चाड वडादशैँमा घर फर्कनेलाई असर पुग्नसक्ने चिन्ता स्थानीयवासीको छ ।

पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न

लमजुङ, भदौ १८ । पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमको समापनका अवसरमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर केशव कुँवरले पाँचबुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा रोटरी नेपाल ३२९२ अन्तर्गतका सबै क्लब भेला भई रोटरीको छवि प्रवर्द्धन गर्नेखालका साझा कार्यक्रम तय गर्ने र कार्य गर्ने रहेको छ । यस्तै रोटरी नेपाल ३२९२ अन्तर्गत जोन ४ का सबै क्लबबाट पनि रोटरीको छवि प्रवद्र्धन गर्नेखालका साझा कार्यक्रम तय गरी कार्य अघि बढाउने घोषणा भएको छ । यसैगरी कुनै योजनाको पहिचान गरी स्थानीय सरकार तथा अन्य वित्तीय संस्थासँग समन्वय गर्ने तथा त्यसका लागि आवश्यक कागजपत्र केन्द्रीय वा क्षेत्रीयरुपमा तयार गरी सम्बन्धित स्थानीय क्लबलाई सहयोग गर्ने घोषणा गरिएको छ । रोटरी क्लब अफ लमजुङको आयोजनामा भएको सो कार्यशालामा विभिन्न जिल्लाका रोटरीमा आबद्ध एकसयभन्दा बढी रोटरी प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल भएको थियो । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लमजुङका पूर्व अध्यक्ष सन्देश पौडेलले जिल्लाको पर्यटकीय महत्वका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै पर्यटन अगुवा एवं रोटरी क्लब तनहुँका हरिसिंङ गुरुङले लमजुङ, तनहुँ हुँदै लुम्बिनीसम्मको पर्यटन पदमार्गका बारेमा जानकारी गराउनुभएको थियो ।

नापी कार्यालयका प्रमुख मृत फेला

मोरङ, भदौ १८ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा मृतावस्थामा फेला परेका छन् । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका लागि त्रिखत्री विराटनगर पुगेका थिए । शनिबारदेखि विराटनगरमा शुरु भएको गोष्ठीमा प्रदेश नं १ र २ का नापी र मालपोत कार्यालयका प्रमुखको सहभागिता रहेको छ । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका त्रिखलीको स्वास्थ्य अवस्थाकै कारणले मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, भदौ १८ । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम शुरु गरेको थापाले बताए । मुग्लिनबाट फिस्लिङ १२ किमी काठमाडौँतर्फ पर्छ भने घोप्टेभिर करिब दुई किमी पर्छ । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पूरै सडक छिचोल्न नसकेकाले के कति ठाउँमा पहिरो खसेको छ सो जानकारी आइनसकेको थापाले बताउनुभयो । सो सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको थापाले बताए । स्तरोन्नतिका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् ।

फास्ट ट्रयाक निर्माण :१० स्थानमा शिविर, एक हजार सैनिक तैनाथ

काठमाडौं, भदौ १८ । छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ । यसअघि पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो । ‘फास्ट ट्रयाक’ निर्माणका लागि एक हजार सैनिक तैनाथ गर्ने तयारी छ । हरेक शिविरमा एक सयभन्दा बढी सैनिक रहने गरी त्यसको व्यवस्थापन गर्ने निर्णय भएको सैन्य स्रोतले बतायो । हरेक शिविरले ७र८ किलोमिटर सडक हेर्ने गरी व्यवस्थापन गरिने सेनाले जनाएको छ । सैन्यबलबाट नहुने कामका लागि पनि सेनाकै प्रत्यक्ष निगरानी र सुरक्षा घेरामा अनुभवी निर्माण कम्पनीले काम गर्ने गरी प्रक्रिया अघि बढेको छ । एसियाली राजमार्गमा उपयोग भएको उच्च प्रविधिमा रातदिनै निर्माण कार्य हुने र अधिकांश स्थानमा स्थानीयलाई नै काम दिने सेनाको रणनीति छ । सडक निर्माण क्षेत्रमा अहिले बत्ती जडानका लागि प्रक्रिया अघि बढेको छ । काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर गरी कुल ७६ दशमलव २ किलोमिटरको यो सडक निर्माण कार्य १० स्थानबाट आरम्भ गरेर समयमा सम्पन्न गर्ने सेनाले जनाएको छ । यसअघि सेनाले जिम्मा लिएका कर्णाली र कालीगण्डकी करिडोर उच्च जोखिमयुक्त भए पनि समयसीमाका कारण फास्ट ट्रयाक अझ चुनौतीपूर्ण मानिएको छ । समथर क्षेत्रमा २५ मिटर (पिच हुने भाग), उच्च पहाडी क्षेत्रमा २३ मिटर चौडाको हाइवे रहने फास्ट ट्रयाक चार लेनको हुनेछ । बीचमा फराकिलो डिभाइडर रहनेछ । तराईरमधेस–काठमाडौं जोड्ने द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भारतीय कम्पनीले तयार गरेकाले सेनाले स्वीकार गरेलगत्तै काम उच्च गतिमा अघि बढ्ने सैनिक स्रोतले बताएको छ । समितिले अध्ययन गरेपछि रक्षा मन्त्रालयको सहमतिमा भारतीय कम्पनीसँग डीपीआर खरिद गर्ने र काम अघि बढाउने सेनाको तयारी छ । –कान्तिपुरबाट

सप्तरीको तिलाठीमा वाइसीएलद्वारा राहत वितरण

सप्तरी, भदौ १७ । वाइसीएल नेपालले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीका ३ सय घर परिवारलाई शनिवार राहत वितरण गरको छ । साउनको अन्तिम साता भएको लगातारको वर्षापछि आएको बाढी र डुबानबाट तराईका लाखौं मानिस घरबार विहिन भएर भोकभोकै बस्नु परेको अवस्थामा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वार्इसीएल) राहत लिएर सप्तरीको तिलाठी पुगेको हो । एक सातादेखि वाइसीएलको हेडक्वाटर टीम तरार्इ मधेसमा राहत वितरणमा व्यस्त छ । वाइसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा उपाध्यक्ष सुमन देवकोटा अब्दुल, महासचिव सुबोधराज शर्पाली, सचिव पुर्ण भुजेल, दिवस पाण्डे र कोषाध्यक्ष मिङमा डण्डु शेर्पा टोलीमा रहेका छन । त्यसैगरी, २ नं. प्रदेश संयोजक शंकर महत, केन्द्रीय सदस्यहरु नविन खड्का, दुर्गेश चौधरीलगायत तरार्इमा एक सातादेखि राहत वितरण गरिरहेको छन् ।

आयुक्तको उच्चस्तरीय अनुगमन टोली २ नं. प्रदेशमा

काठमाडौं, भदैं १७। आगामी असोज २ गते हुने २ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयोगका आयुक्त त्यसतर्फ गएका छन । अनुगमनका लागि आयुक्तहरु धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी र सिरहमा सुधीरकुमार शाह गएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए । अनुगमनका क्रममा उनीहरूले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ । हालैको बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदान स्थल र मतदान केन्द्रलगायत अवस्थाको अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकताअनुसार सम्बन्धित निकायलाई उनीहरुले निर्देशन दिने छन । रासस

जिप दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बु, भदौ १७ । दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ । ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् । ११ जना यात्रु बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र अन्य चारजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंँ लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो ।

इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

काठमाडौँ, भदौ १७ । इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन आज राष्ट्रिय सभागृहमा शुरु भएको छ । इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन शुरु भएको हो । सम्मेलनको प्राधिकरणका निर्देशक आनन्द खनाल, युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले सयुक्त रुपमा उद्घाटन गदै बालबालिकामा इन्टरनेट प्रयोग बढेसँगै सुरक्षा खतरा पनि उत्तिकै बढेको भन्दै सम्मेलनले बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने भन्ने जानकारी दिने बताउनुभयो । सम्मेलनमा इन्टरनेटको राम्रा र नराम्रा पक्षको बारेमा सचेतना जगाइने प्राधिकरणका उपननिर्देशक हिरण्यप्रसाद वास्ताकोटीले जानकारी दिनुभयो । १३ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा बालबालिकालाई सुरक्षित भएर कसरी इन्टरनेट प्रयोग गर्ने भन्ने बारेमा सिकाइने छ । अहिले बालबालिकालाई इन्टरनेटको माध्यमबाट यौन दुरव्यवहार हुने, बाल अपराधसमेत बढेको पाइन्छ । सम्मेलनमा बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने समस्याबारेमा समूहगत छलफल गराइने छ । ती बालबालिकाबाट उठेका समस्यालाई महावीर पुन, प्रहरीनायब उपरीक्षक अमरेन्द्र सिंह, अधिवक्ता प्रवीण सुवेदीलगायतले समाधान गर्नु हुनेछ । सम्मेलनमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाका विभिन्न १५ वटा स्टल राखिएका छन् सम्मेलनमा उपत्यकाका विभिन्न विद्यालयका करिब दुई हजार बालबालिकाको सहभागिता रहेको छ ।

लगातार वर्षाका कारण हुम्लामा खाद्यान्नको अभाव

हुम्ला, भदौ १७ । हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ । पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चार्डपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिनुभयो ।

पहिरोले विद्यालय भवन पुरियो

चौतारा, भदौ १७ । गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ । साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताउनुभयो । करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै त्यहाँस्थित थारमारे र भुसुने खोलामा बाढीले गहि¥याएर खोंच बनाएकोले बालबालिकालाई आवतजावत गर्न समेत कठिनाइ भएको छ । सँगै रहेको ट्रस्टलाई मर्मत गर्नसमेत ठाउँ ठाउँमा सडक भत्किएकाले सामान ढुवानी गर्न कठिनाई भएको हँुदा त्यहाँ अध्यनरत ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको अध्यक्ष तामाङले गुनासो गर्नुभयो ।

कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित

धनगढी, भदौ १७ । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् । आधारभूत सेवा सुविधा पुर्याउन पटक-पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष नबलसिं रावलले बताउनुभयो । ‘विकासका लागि राज्यको ध्यान नपुग्दा गाउँपालिकाका बासिन्दाले न्यूनतम् सेवा सुविधा पाउन सकिरहेका छैनन्, रावलले भन्नुभयो’—“राज्यको नीति बुझिनसक्नु छ ।” कैलाली जिल्ला तराईको सुगम जिल्लाको रुपमा चिनिएको भएपनि भौतिक पूर्वाधार र विकासका दृष्टिमा पछि परेकै कारण जिल्लाको मोहन्याल गाउँपालिका राज्य संयन्त्रको पहुँचबाट टाढा रहेको छ । जिल्लाको उत्तर पूर्वी चुरे पहाडी क्षेत्रमा पर्ने भौगोलिक रुपमा अति विकट र दुर्गम यो गाउँपालिकामा बाहुन, क्षेत्री, गुरुङ, मगर, ठकुरीको बसोवास रहेको र जनसंख्या झण्डै २२ हजार रहेको छ । छिटपुट रुपमा हुने बाख्रापालन र खेती गर्दा हुने आम्दानी यो गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको स्रोत रहेको छ । यद्यपि खेती गरेर उत्पादन हुने अन्नले तीन महिनामात्र खान पुग्ने भएकोले बाँकी समयमा स्थानीयवासी रोजगारीका लागि भारत जाने गरेका छन् । स्थानीय तहको चुनाव भएको एक महिना भन्दा बढी समय भइसकेको भए पनि सो गापामा कार्यालयको व्यवस्थापन हुनसकेको छैन । स्थानीयवासीले सदरमुकाम धनगढीमा सञ्चालनमा आएको मोहन्याल गापाको सम्पर्क कार्यालयबाट सेवा लिनुपरेको छ ।

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

गौशाला, भदौ १७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको तथा तोडफोड गरी सवारीसाधन चल्न नसक्ने बनाएको बेला स्थानीय तहको निर्वाचन प्रभावित हुनसक्ने देखिएपछि नेपाली सेना शुक्रबारदेखि यहाँका सडकको मर्मत सम्भारमा जुटेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–९ परिकौलीस्थित नेपाली सेनाको फस्ट रैफल गणका चारवटा छुट्टाछुट्टै टोलीले जिल्लाको बाढीबाट क्षतिग्रस्त भएका १० वटा सडकको मर्मत सम्भारको कार्य शुरु गरेको गणपति कृष्ण खड्का क्षेत्रीले बताउनुभयो । सेनाले जिल्लाको मरुवाही–हलखोरी–मनरा–साँढा, बखरी–अनकार–चकवा, रौजा–अध्यानपुर, सोनमा–वीरेन्द्रबजार–लक्ष्मिनियाँ, लेऊरी–बनौटा, सुगा–मसुरपट्टी–पिगौना, अजगेवा–जिवछीखोला, मटिहानी–पिपरा, भंगहा–महदैया तपनपुर र खयरमारा गरी १० वटा सडकखण्डको मर्मत सम्भारको कार्य शुरु गरेको हो । निर्वाचन र मतदानका बेला निर्वाचन सामग्री मतदानस्थल र निर्वाचन केन्द्रसम्म पु¥याउन र मतदातालाई सहजरुपमा आउनजान कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ सेनाले जिल्लाका विभिन्न १० वटा क्षतिग्रस्त बाटा मर्मत गर्न लागेका छन् । नेपाली सेनाले क्षतिग्रस्त प्रत्येक सडकमा आवश्यक जनशक्ति लगाएर चारचक्के गाडी जान आउन सक्ने गरी मर्मत सम्भार थालेका छन् भने मतदान हुने दिन अघि नै सबै सडकखण्डको मर्मत कार्य सक्ने गणपति क्षेत्रीले बताउनुभयो ।

बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने

पोखरा, भदौ १७ । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो । कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक तीनदेखि सातवटा शव जलाउनु पर्ने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शव जलाउनको लागि मात्रै वार्षिक झण्डै रु ६०÷७० लाखको दाउरा आवश्यक पर्ने र यसले गर्दा ठूलो मात्रामा काठ आवश्यक पर्न जाँदा वनजंगलको संरक्षणको लागि पनि विद्युतीय शवदहगृह निर्माण गर्न लागिएको बताइएको छ ।

२२५ औं हप्ताको वागमति सफाईमा हवाई सुन्दरीहरुको साथ

काठमाडौं भाद्र १७ , बागमति सरसफाईको २२५ औं हप्ताको कार्यक्रम आज सम्पर्न भएको छ । सिनामंगल स्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गरिएको थियो उक्त सरसफाई कार्यक्रममा वागमति सम्यता अभियनताहरु नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरी साथै विभिन्न संघसंस्थाका हजारौ हातहरुले आज सरसफाइ गर्नु भएको थियो । उक्त ठाउमा सिजन मिडियाद्धारा आयोजीत मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु पनि सहभागी भई वागमति सफाईमा सहयोग गरेका थिए । एयर होस्टेस सुन्दरीहरुलाई सामाजीक कर्तव्यर समाज प्रतिको उसको उत्तरदायीत्वको वारेमा जनकारी साथै ज्ञान हासील होस भन्ने उदेश्यले वागमति सफाई कार्यक्रममा सहभागी गराइएको हो आगामी महिना असोज २ गते प्रज्ञा भवनमा अन्तिम प्रतियोगीता सम्पर्न हुनेछ । विभिन्न तालिम सेन्टरमा एयरहोस्टेस सवन्धी तालिम लिइ रहेका र लिइ सकेका युवतीहरुलाई मध्य नगर राखी उनीहरुको विमान परिचारीका वन्ने सपना पुरा गर्ने उदेश्यका साथ आयोजना गरिएको यस प्रतियोगीतको विभिन्न तालिमहरु कमलादीको सिडव्लु पाटी प्यालेसमा विभिन्न तालिमहरु दिइदै आइरहेको कार्यक्रम संचालक प्रदिपराज वन्त वताउनु हुन्छ । विषेस गरेर आत्मविस्वास को क्षमता,पर्सनालीको विकास र नेतृत्वदायी भुमीका खेल्न सकोस भन्ने हेतुलेनै यस्ता कार्यक्रमहरु सिजन मिडियाले निरन्तर रुपमा गर्दै आएको छ र यो मिस एयरहोस्टेसको चौथो संस्करण पनि हो ।  

केटी माग्न हिँडेको टाटा सुमो दुर्घटना : एकको मृत्यु

ओखलढुंगा,भदौ १७ । केटी माग्न हिँडेको सवारी साधन (टाटा सुमो) दुर्घना हुदाँ ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाईते भएका छन् ।दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । शुक्रबार बेलुका रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमोे खिजीदेम्बा गाउपालिका ३ स्थित चण्डेश्वरी मावि छेउको उकालोमा ब्रेक फेल भई चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते पाँचजनामध्ये सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुकै ४६ बर्षीय आङदली शेर्पाको अवस्था गम्भिर छ । उनिहरुको चण्डेश्वरी स्वास्थ्य चौकीमा उपचार भैरहेको खिजिफलाटे प्रहरी पोष्टका सई पशुपतीनाथ झाले जानकारी दिए । चालकसहित १० जना यात्रु सवार टाटासुमो सडक किनारबाट झन्डै दुई सय मिटर तल खसेको प्रहरीले रातोपाटीलाई जानकारी दियो । -राताेपाटीबाट