नारायणगढ–मुग्लिङ तीन सातासम्म दिउँसो बन्द हुने

चितवन । पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बस्न गरिने भएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम अझै नसकिएपछि दिउसो बन्द गर्ने कामलाई निरन्तरता दिएको नाग ढुङ्गा–मुस्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो । सवारीसाधन दैनिक चार घण्टा सवारीसाधन रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको थियो । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । पहिलो पटक थपिएको म्याद माघ २० गते सकिँदै छ । पुन थप भएको समय अनुसार फागुन १२ गतेसम्म दिउसो समयमा सडक बन्द हुनेछ ।

३५ मिटरबाट फोड्न सुरु गरिएको चट्टान १४ मिटर काट्न बाँकी छ । हाई पावरका तीन वटा एक्स्काभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले ढिला भएको सूचना अधिकारी आचार्यले जानकारी दिए। ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

सशस्त्र सडकमा उत्रने ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको चेतावनी

काठमाडौं, माघ १८ गते । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकद्वारा सर्बोच्चको आदेश कार्यान्वन गराउन २४ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजधानीको संवाद डबलीमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले पत्रकार सम्मेलन गरी सरकारले फैसला कार्यान्वयन नगरे आफूहरु सशस्त्र रुपमा सडकमा उत्रने चेतावनी समेत दिएको छ । बिगेसो प्रमुख सल्लाहकार परी थापाले निरन्तर संघर्षको परिणाम अदालतले पीडितहरुको पक्षमा फैसला गरेपनि सरकारले कार्यान्वयनमा बेवास्ता गर्नु दुःखत भएको बताए । थापाले फैसाला भएको एकबर्ष पुग्न लागेको पूर्वसन्ध्यामा संगठनले गर्ने प्रदर्शनले सरकारलाई दबाब पुग्ने विश्वास लिए । सर्वोच्चले पीडितको पक्षमा गरेको ऐतिहासिक फैसला भएको जनाउँदै, थापाले ऐतिहासिक र वर्तमान सन्दर्भमा हेर्दा गोर्खा सेना संयुक्त अधिराज्यको अभिन्न अंग भएको कुरामा कुनै विवाद नभएको बताए । उनले उनिहरु माथिको अन्याय तत्काल हल हुन जरुरी भएको बताए । “गोर्खाहरुलाई त्रिपक्षिय सन्धिको मातहतमा मात्र नराखी वेलयती सेनाको अभिन्न र महत्वपूर्ण अंगको रुपमा नै रहेको रहेछ भनी बझ्न सकिन्छ, आशा छ गोर्खाहरुले न्याय पाउने छन्” थापाले भने । संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनकानी गरेकाले आगामी माघ २४ गते आदालतले फैसला गरेको ठिक १ वर्ष पुग्ने दिन काठमाडौंमा प्रर्दर्शन गर्ने र सबैलाई आह्वान पनि गरे । लिम्बुले त्यसपछि पनि सरकारले बेवास्ता गरे अक्रामकरुपमा पेश हुने बताउँदै भने, “अब पनि सरकारले कानमा तेल हालेर बसेमा हामीहरु हरेक किसीमका हतियार चलाउन जान्दछौं, हतियारसहित सडकमा आउने हो ।” अन्यायपूर्ण गोर्खा भर्ति समस्या रहेको बताउँदै लिम्बुले अविलम्ब नेपाल सरकारले समस्या समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिए । गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलव, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ लडेको बताए । अध्यक्ष लिम्बुले गोर्खालीहरुलाई अन्यायमा पर्ने मुख्य हेडक्वाटर बिर्गेड अफ गोर्खा (एचक्यूबीजी) भएको र त्यसले विनकामा बीचमा कमिसन लिएर मनपरी गरेकोले त्यसलाई पनि खारेज गर्नुपर्ने धारणा राखे । बिगेसो सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीले ब्रिटिस भर्तिको प्रभावका कारण सिंगापुर गोर्खाहरु अत्याधिक पीडित रहेको र समग्रमा सबै गोर्खाहरुको न्याको ढोका अदालतले खोलेकोमा धन्यबाद दिए । उनले २४ गते सडकमा उत्रेर सरकारलाई चेतावनी दिने र त्यसपछि पनि सुनुवाई नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए । बिगेसो सचिव ज्ञानबहादुर गुरुङले सरकारले अदालतको आदेश कार्यान्वयन नगरे आफूहरु सशस्त्र रुपमा सडकमा निस्कन बाध्य हुने चेतावनी दिए ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अध्यागमनमा कुटाकुट घटना :अधिकृतलाई विभागीय कारबाही, असईलाई निलम्बन गर्न सिफारिस

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ । छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । चेकजाँच गर्ने प्रहरी जवान सँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरु छायाँलालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रन्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । सुरुमा अधिकृकतलाई चेकजाँच गर्न आग्रह गर्ने प्रहरी जवान रवि रन्जन गुप्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

नवलपुर। नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेका पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइ उपचार गर्ने क्रममा मृत्यु भएको हो । उनी चितवन भरतपुर महानगरपालिका–१७ बेलुवाका स्थायी बासिन्दा हुन्। पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत हुन् । बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन् । शितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । उनले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौंस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गरे ।

सीआईबी प्रमुखसँग सुन तस्करी जाँचबुझ आयोगको प्रश्न

काठमाडौं, १७ माघ । सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यसँग सुन तस्करी प्रकरणबारे सोधपुछ गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई सिंहदरबारमा रहेको कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् । ६० किलो सुन र भेप मार्फत गरेको सुन तस्करी बारे अनुसन्धानमा देखिएको कमजोरीको सम्बन्धमा एआईजी बज्राचार्यसँग सोधपुछ गरिएको आयोगका एक सदस्यले जानकारी दिए । तस्करले हङकङबाट ६० किलो सुन तथा दुबईबाट इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर सुन काठमाडौँमा ल्याएको आयोगको भनाई छ । ६० किलो सुन तस्करबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले सोधपुछ गरिसकेका छन् । तर, अनुसन्धान अधिकृतहरूले अनुसन्धानमा उठेका प्रश्नहरूको जवाफ नदिएको स्रोतले एभरेष्ट दैनिकलाई बताएको छ । आयोगका एकजना पदाधिकारीका अनुसार अनुसन्धान अधिकृतहरूले जवाफ नदिएपछि एआईजी बज्राचार्यलाई बोलाएर सोधपुछ गरिएको हो । ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको करिब ६० किलो सुनमा जोडिएका जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले उन्मुक्ति दिएको आरोप लागेको छ । चलाउने विरुद्ध डिफ्युजन नोटिश जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) पत्राचार समेत गरिएको छ । तर, अनुसन्धानको बेलामा सिआईबीमा बोलाएर चलाउनेलाई एआईजी बज्राचार्यले थुनामा नराख्न र प्रतिवादी कायम नगर्न निर्देशन दिएको आरोपको आरोप छ । सरकारी वकिल कार्यालयले चलाउनेलाई प्रतिवादी कायम गरेको छ । तर, सिआईबीले चलाउनेलाई प्रतिवादी बनाएको थिएन । आयोगका पदाधिकारीले एआईजी बज्राचार्यसँग त्यसबारे प्रश्न गर्दा चलाउनेलाई छाडेकोबारे बज्राचार्यले अनभिज्ञता जनाउनुभएको छ । आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरिसकेका छन् । जाँचबुझ आयोगले यसअघि आइतबार अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिइसकेको थियो । सह–सचिव अधिकारी अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन् ।

सांसद नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै

पाँचथर। नेकपा ९एमाले०का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका उहाँ पार्टी कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेपछि बिरामी भएका हुन्। फुङलिङ स्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा अचानक बिरामी भएको एमालेले जनाएको छ । हातबाट मोबाइल खसेपछि टिप्न खोज्दा मोबाइल समात्न समस्या भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएको हो। उनलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ। नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

भ्रष्टाचार व्याप्त मुलुकको सूची सार्वजनिक : अघिल्लो वर्षभन्दा नेपालको सुधार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार हुने देशको अग्रस्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएका छन् । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२२’मा नेपालले सयमा ३५ अंक पाएर १०८औं स्थानमा रहेको छ । अघिल्लो वर्ष सयमा ३४ अंक थियो । सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई ‘भ्रष्टाचारग्रस्त’ मानिएको छ । यस वर्ष औसत अंक ४३ रहेको र एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुईतिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरिएको छ । गत वर्षको तुलनामा अंकमा केही सुधार भए तापनि नेपाल अझै व्याप्त भ्रष्टाचार हुने मुलुकमै पर्ने ट्रान्सपरेन्सीले औंल्याएको छ । गत वर्ष ११०औं मलुकको स्थानमा रहेको नेपाल यो वर्ष १०८औं स्थानमा उक्लिएको छ । भ्रष्टाचार बढ्नु र शुसासन कायम हुन नसक्नुमा राज्य जिम्मेवार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्यिनी प्रधानांगले बताइन् । सुशासन आउन देशमा समयमा काम नहुनु, प्रशासनिक क्षेत्रमा हुने गरेको ढिलासुस्ती, योग्य मान्छे नखोज्ने, एस म्यान खोज्ने प्रवृत्ति र दण्डहिनता अन्त्य, कानुन पालना, स्वार्थको द्वन्द्व सम्बोधन र सरकारले भ्रष्टाचार नियन्त्रण गर्न गरेको प्रतिबद्धता पूरा गर्न सके नेपाल सुशासनमा माथि उक्लन सक्ने उनले बताइन् । त्यस्तै, सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । ६८ अंक प्राप्त गरी भुटान २६औं स्थानमा छ । गत वर्ष भुटानको श्रेणी २५औं स्थानमा रहेको थियो । माल्दिभ्स ३९ अंकसहित ९३औं, भारत ३९ अंकसहित ९३औं, श्रीलंका ३४ अंकसहित ११५औं स्थानमा छ । गत वर्ष श्रीलंका ३६ अंकसहित १०१औं स्थानमा थियो । पाकिस्तानको भने गत वर्षको तुलनामा केही सुधार भएको छ । गत वर्ष पाकिस्तान २७ अंकसहित १४०औं स्थानमा रहेकामा २०२३ मा भने पाकिस्तान २९ अंकसहित १३३औं स्थानमा उक्लिएको छ । बंगलादेशको गत वर्षभन्दा एक अंक घटेर २४ अंकसहित १४९औं स्थानमा छ । सार्क राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार भुटानमा रहेको ट्रान्सपरेन्सीले औंल्याएको छ । अफगानिस्तानमा भने भ्रष्टाचार झनै बढेको देखाएको छ । अफगानिस्तान २० अंक प्राप्त गरी १६२औं स्थानमा छ । त्यस्तै, छिमेकी मुलुक चीन ४२ अंकसहित ७६औं स्थानमा छ । डेनमार्कमा कम भ्रष्टाचार सूचकांकअनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले १०० मा ९० अंक पाएका छन् । त्यस्तै, फिनल्यान्डले ८७ र न्युजिल्यान्डले ८५ अंक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । ११ अंकसहित सोमालिया १८०औं स्थानमा छ । यसरी निकालिन्छ सूचकांक  सूचकांकले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचार’दयगत विज्ञको अवधारणा मापन गरेको छ । १३ स्वतन्त्र तथ्यांक स्रोतबाट प्राप्त विवरणका आधारमा सूचकांक निकालिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा सूची तयार गरिएको संस्थाले बताएको छ । ‘नेपालमा एक वर्षमा (सन् २०२२–२३)मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट भीडीईएमसहित ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा नेपालको सीपीआई निकालिएको हो,’ सीपीआई रिपोर्टमा भनिएको छ । सीपीआईका पूरक सर्वेक्षणमध्ये विश्व बैंकले सरकारद्वारा सार्वजनिक पदाधिकारीको कामकारबाही निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिको राज्य सञ्चालनमा पकड संख्यागत सर्वेक्षण गरेको छ । वल्र्ड इकोनोमिक फोरमले आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा भ्रष्टाचार’ दयगत, ग्लोबल इन्साइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घुस र भ्रष्टाचार’ दयगत र बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ । त्यस्तै, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा र भीडीईएमले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेका छन् । राजधानीबाट

पोखरामा घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

पोखरा, १६ माघ । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ बस्ने इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडमा रहेको स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए । मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्ट बाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाइर्् मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ।

सामाजिक सुरक्षा कोषले अब ठुला आयोजनामा लगानी गर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने भएको छ । अर्बौँ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो । त्यसका लागि कोषले हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ । आज उर्जा जलस्रोत तथा सिँचार्य मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियमत तथा निर्णयको अधीनमा रही जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने लगायतका विषय उल्लेख गरिएको छ । कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको थियो । सम्झौतासँगै अब लगानी गर्ने बाटो खुलेको हो । ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्नेछ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता गरिएको कोषले जनाएको छ । नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआईडीसीएल, आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनाहरूमा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले कोषको पुँजी र कम्पनीको विशिष्टज्ञानको फ्युजनमार्फत ऊर्जा क्षेत्रमा सिनर्जी प्रभाव सिर्जना हुने बताए ।

सिरहाका एसपी र सीडीओ जिम्मेवारी फिर्ता

काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारी फिर्ता गरिएको छ । मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट फिर्ता बाेलाइएकाे बताइएकाे छ । गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे भने बताएको छैन ।

प्रधानमन्त्री प्रचण्डसँग बेलायतका चीफ अफ द जनरलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका चीफ अफ द जनरल स्टाफ, जनरल सर प्याट्रिक स्यान्डर्सबीच शिष्टाचार भेटघाट भएको छ । चीफ अफ द जनरल स्टाफ, जनरल सर प्याट्रिक स्यान्डर्स प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । भेटका क्रममा नेपाल र बेलायतबीच पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । Chief of the General Staff of the UK, General Sir Patrick Sanders paid a courtesy call on the Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal ‘Prachanda’ today. Areas of mutual interest and cooperation between Nepal and the UK were discussed. pic.twitter.com/wPnUyYYcvK — PMO Nepal (@PM_nepal_) January 30, 2024

स्वास्थ्य व्यवसायीको लाइसेन्स परीक्षा : उत्तीर्ण हुने २४ प्रतिशत मात्रै

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा नौ विषयका तीन हजार २७९ विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये ७९८ जना उत्तीर्ण भएका परिषद्ले जनाएको छ । परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

शहिद दिवस क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।” शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे। उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान गरे। सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।

शिक्षा र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अनतर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । सिंहदरबारका बिहान ११ बजे बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बसदैछ । बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।