दुई देशका प्रधानमन्त्रीसहितको औपचारिक वार्ता सकियो, केहीछिनमा घोषणा

भाद्र ८, २०७४- प्रधानमन्त्री शेबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको टोलीबीच बिहीबार भएको औपचारिक भेटवार्ता सकिएको छ । वार्तापछि नेपाली र भारती पक्षबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

समझदारी पत्रको सात बुँदामा चारवटा भूकम्प पछिको पुनर्निर्माणको बारेमा रहेको छ। स्रोतका अनुसार भुकम्पपछिको पुनर्निर्माण सम्बन्धी बुँदामा यसअघि भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी रहेको छ ।

भुकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ कस्तो हुने भन्ने बारेमा समझदारी भएको हो ।

त्यसैगरी अन्य तीनवटामा मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ ।

बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको भेटपछि नेपाली र भारतीय पक्षबीचको औपचारिक भेटावार्ता सुरु भएको थियो । ११ बजेदेखि १२ बजेसम्म करिव एक घण्टा प्रधानमन्त्री देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता भएको थियो भने त्यसपछि करिव साढे १ बजेसम्म करिव डेढ घण्टा प्रधानमन्त्रीहरुको नेतृत्वमा दुई पक्षीय भ्रमण दलको औपचारिक बैठक भएको थियो ।

बार्ताका क्रममा नेपाली पक्षमा प्रधानमन्त्री देउवासंगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिएभने भारतीय पक्षमा प्रधानमन्त्री मोदीसंगै विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललगायतका सहभागिता रहेको थियो ।

प्रधानमन्त्री देउवा र मोदीबीच बुधबार दिउँसो पनि ‘आकस्मिक’ भेटवार्ता भएको थियो । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिस्तृतमा छलफल हुने आफ्नो ट्वीटरमा उल्लेख गरेका थिए ।

कांतिपुर बाट

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वान टु वान’ वार्ता शुरु

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा बिहीबार मध्यान्ह दुबैबीच भेट भएको भारतीय सञ्चारमँध्यमले जनाएका छन् । दुबै प्रधानमन्त्रीबीच आधा घण्टा एकल भेटवार्ता सम्पन्न भएपछि नेपाल र भारतका प्रतनिधिमण्डलसहितको वार्ता हुने बताइएको छ । यसअघि प्रधानमन्त्री देउबालाई गार्ड अफ अनर प्रादन गरिएको थियो । देउबाको सम्मानमा प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा दिवाभोज आयोजना गरेका छन् । प्रधानमन्त्री देउबाले आज नै राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । देउवालाई गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । साँझ इण्डिया फाउण्डेशनले नेपाल(भारत सम्बन्धबारे आयोजना गर्ने अन्तर्क्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । शुक्रबार अपराहृन प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले तेलांगना र आन्”प्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्नेछन् । ४८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली गएका देउवा शनिबार स्वदेश फर्किने छन् ।

प्रधानमन्त्री देउवालाई भारत सरकारद्धारा गार्ड अफ अनर प्रदान

नयाँदिल्लि, भदौ ८ । प्रधानमन्त्री  शेर बहादुर देउवालाई भारत सरकारले गार्ड अफ अनर प्रदान गरेकाे छ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई नयाँदिल्लिस्थित राष्ट्रपति भवनमा आयोजित समारोहका बीच बिशेष समारोहमा भारत सरकारद्धारा गार्ड अफ अनर प्रदान गरिएको हाे ।

डिस्चार्ज पछि सप्तरी जाँदै डा. केसी

काठमाडौँ, ८ भदौ । ११ औं अनशन स्थगित गरेको नवौं दिन अाज डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाँदै  छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् । यसपछि उनी बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् । सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजीलगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा डा. केसी रहेको उनी निकटहरूले बताएका छन् । मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार, अपराध सार्वजनिक हुँदा पनि त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति तीर्थ खनियाँलाई कारबाही नगर्नुले सबैको मिलेमतोमा सम्बन्धनलगायत चलखेल भएको आरोप डा. केसीको छ । ‘गैरकानुनी सम्बन्धन प्रकरणमा प्रम देउवासहित वर्तमान सरकार कानमा तेल हालेर बस्नु भनेकै ठूलो चलखेल हो,’ केसी भन्छन् । हाल सरकार, दल, नेता, पदाधिकारीले आफ्ना माग नसुनेको उल्लेख गर्दै केसीले भने, ‘जनताले सरकारलाई माग पूरा गर्न बाध्य तुल्याउने छन् ।’  

व्यापार संघको अध्यक्षमा पुनः कार्की निर्वाचित

काठमाडौँ, ८ भदौ । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित भएका छन् । संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट अध्यक्षमा कार्की निर्विरोध निर्वाचित भए । संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित भए । यस्तै, सचिवमा रुक्मिणी सेढाइँ, रामशरण तिमल्सीना, पवन कुमार अग्रवाल, सुमित प्रधान र कोमल कुमार श्रेष्ठ, कोषाध्यक्षमा सोवित थापा र सहकोषाध्यक्षमा चिफबहादुर थापा निर्वाचित भए । यस्तै, सदस्यमा भिखारी साह बानिया, प्रमोद चौधरी, निरज बल्ल, हरिप्रसाद ज्ञवाली, कुमार थापा, निरन्जन सेढाई, सिता सापकोटा, कविराज कार्की, तेजप्रसाद आचार्य, उपेन्द्रराज श्रेष्ठ, हरिराज कँडेल, दिपकप्रसाद सापकोटा, दामोदर पन्त, अन्जन भण्डारी, खडानन्द भट्टराई, कुलबहादुर जिसी, पार्वती पोखरेल, वाङ्गछु शेर्पा, गुरुप्रसाद खतिवडा, लाक्पा छिरिङ्ग नेपाली, अनिल कुमार अग्रवाल, अरुण कुमार अग्रवाल, वल्लवप्रसाद वजगाई, पवनकुमार सेढीया र रोहीणी राज भण्डारी निर्वाचित भए । महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कार्कीले व्यापार संघले आगामी दिनमा व्यापार व्यवसायी गर्नेहरुको हक हितका लागि सशक्त रुपमा लड्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखराबाट ५ लाखसहित दश जुवाडे पक्राउ

पोखरा,भदौ ८ । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज बराल, जीवनाथ ढकाल, राजकुमार गुरुङ र मादी गाउँपालिका–१२ का प्रकाश ढकाललाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

हिमानी ट्रष्टले बाढी पीडितलाई दियाे राहत

वीरगञ्ज, भदौ ८ । पूर्व युवराज्ञी हिमानी शाहले पर्सा, बाराका बाढीपीडितहरुलाई बुधबार राहत वितरण गरेकी छन् । हिमानी ट्रष्ट मार्फत सामाजिक सेवा कार्य गर्दै आएकी हिमानी राहत वितरण गर्नका लागि स्वयं बाढी प्रभावित क्षेत्रमा आएकी हुन् । बुधबार उनले पर्सा र बारा जिल्लाका गरी ५ सय जना बाढीपीडितहरुलाई राहत वितरण गरेकी छन् । पर्साको पोखरीया नगरपालिका स्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पोखरीया, निचुटा लगायत क्षेत्रका २ सय ५० जना र बाराको भलुवी भरवलीयाका २ सय ५० जना गरी ५ सय जनालाई राहत वितरण गरिएको थियो । बाढी पीडितहरुलाई प्रति परिवार १० किलो चामल, दाल २ किलो दाल, चिउरा ५ किलो, त्रिपाल एक थान लगायत सामाग्री वितरण गरिएको थियो । हिमानी राहत वितरणका लागिछोरा हृदयेन्द्र र छोरी कृतिका शाहसँगै आएकी थिइन ।

नेपाली बलात्कार गर्ने मालिकले तिरे सात लाख

ओमन, भदौ ८ । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् । रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् । यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन् । \बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको थियो । कान्तिपुरमा खबर छ ।    

अस्ट्रेलियामा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया 

अस्ट्रेलिया, भदौ ८ । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ(प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा ूलुम्बिनीस् संभावना र चुनौतिहरुू बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्तुत गर्नु भएको बहुआयामिक प्रस्तुतिमा साउथ अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रिय सदस्य नबिन पन्त, समाजसेवीहरु डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो । लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुइ गुरु योजना तयार भैसकेको चर्चा गर्दै गुरु योजना मुताबिक लुम्बिनीको बिकास संपन्न गरी ठोस योजना सहित अगाडि बढन सकिएको खण्डमा वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने र यस्ले देश बिकासमा कायापलट नै गर्न सक्ने बताउनु भयो । कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा वुद्धजन्मस्थल बिषयमा भएको गल्ती सच्याउने ऐतिहासिक कामपछी अभियानका तर्फबाट आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र ती देशका हजारौंको मानब अधिकार हनन हुनबाट जोगाउनका खातिर सच्याइनु पर्ने आग्रह गरी तयार पारेको छस् पेज लामो अनुसन्धनात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचार गरेको चर्चा गर्दै लुम्बिनीको बिकाससंग विस्वका १४५ जनताको भावनाको कदर, ग्लोबल वार्मिङ समस्या समाधान, विस्व शान्ति, विस्वमा भातृत्वको बिकास जस्ता महत्वपूर्ण कुराहरु जोडिएकोले लुम्बिनीको बिकासको विस्वब्यापी महत्व रहेको बताउनु भयो । श्रेष्ठले नेपालमा रहने नेपालीले वुद्धको जन्मस्थल बिषयमा आफूले बुझेको कुरालाई नै विस्व जनताले पनि बुझेको रुपमा लिनु, भू(राजनीतिक अवस्था जस्ता कुरा राष्ट्रिय स्तरमा र अन्तराष्ट्रिय स्तरमा बिभिन्न देशको पाठ्य पुस्तकमा नै गलत जानकारी हुनु, बिस्व स्तरीय पत्रिका, संग्राहलय, पत्रकार, सन्जालले पनि गलत जानकारी प्रबाह गर्नु गर्नु जस्ता कारणहरुले गर्दा समस्याले विस्वब्यापी रुप लिएको चर्चा गर्नु भयो । प्रस्तुतिको क्रममा श्रेष्ठले अमेरिकी जुता कंपनीले वुद्धको फोटो जुत्तामा राखेपछी तात्कालिन अमेरिकी राष्ट्रपति ओबामालाई अभियानका तर्फबाट आफूले लेखेको चिट्ठी र हालमा सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखेको प्रतिबेदनमा कसैलाई आरोप लगाउने काम नभएको बरु प्रसंशा गर्ने काम यथेस्ट मात्रामा भएकोले यो अभियानमा सहभागी भएर अगाडि बढ्न कोही पनि त्रसित हुन नपर्नेबारे प्रस्ट पार्नु भयो । सरकारले गर्नु पर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने भएको र यस्को लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएकोले हालसम्म भए गरिएका कामहरुलाई उत्प्रेरित गरी प्रभाबकारी तवरबाट निर्णयक मोडमा पुर्याउन आफूले सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयन्त्र तयार गर्न ड्राफ्ट वली सरकारकै पालामा पठाएको र त्यस्लाई परिमार्जन गरी यथाशीघ्र पुनस् बर्तमान सरकारलाई पनि पठाइने जानकारी दिनु भयो । प्रस्तुतिको अन्तमा प्रश्नोत्तर र छलफलको कार्यक्रम थियो । कार्यक्रमपछी अभियानको उद्धेस्य प्राप्तीमा सहयोग हुने केही ठोस काम गर्न एडिलेडमा प्रयास गरिने प्रतिबद्धता सहभागीहरुले जनाउनु भयो ।

भारत–चीन विवादमा नेपाल तटस्थ बसेपछि दोक्लाममा गोर्खा सैनिक खटियो

काठमाडौं, भदौ ८ ।  भुटान र चीनबीच विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लाम क्षेत्रमा भारतले गोर्खा सैनिक खटाएको छ । उत्तर–पूर्वी मेघालय राज्यको सिलोङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले सैनिक परिचालन गरेको हो । अहिले त्यहाँको चौथो बटालियनका ६० जना सैनिक चीन–भुटान सीमाक्षेत्रमा परिचालित छन् । प्रधानमन्त्रीको भारत भ्रमणकै समयमा उनीहरू सीमाक्षेत्रमा कार्यरत छन् । ‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्सअन्तर्गत चार बटालियनको फौज त्यहाँ पठाइएको हो, त्यसमा स्वाभाविक रूपमा नेपाली नागरिक छन्,’ भारतीय गोर्खा रेजिमेन्टका पूर्वकमान्डर रहेका पूर्व मेजर जनरल अशोक मेहताले भने, ‘नेपालले तटस्थता कसरी कायम गर्छ भन्नेमा म हेरिरहेको छु ।’ यो राइफल्सका सैनिक बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध तथा भारतका तर्फबाट पाकिस्तानसँग कार्गिल युद्ध, चीनसँगको सीमायुद्ध, भुटानसँगको युद्धमा पनि खटिएका थिए । भुटानसँग सन् १८६४ देखि १८६५सम्म इस्ट इन्डिया कम्पनी बेलायतका तर्फबाट आठौँ गोर्खा राइफल्सले युद्ध लडेको थियो । संयोगवश भुटानको रक्षाका नाममा अहिले सोही राइफल्ससम्बद्ध नेपाली खटिएका छन् । नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायकले नेपालीहरू स्वेच्छिक रूपमा गोर्खा भर्ती हुँदै आएको हुनाले यसमा नेपालको तटस्थ नीतिलाई जोड्नु उपयुक्त नहुने बताए । ‘गोर्खा भर्तीलाई नेपाल सरकारले पर्यवेक्षण गरेको मलाई थाहा छैन, त्यसका लागि उत्प्रेरित गरेको पनि छैनजस्तो लाग्छ,’ नायकले तर्क गरे, ‘भारतीयहरू पनि अस्ट्रेलियन वा अमेरिकन आर्मीमा भर्ती भएको तथ्यांक भारत सरकारसँग हुँदैन । यसलाई अन्यथा लिनु आवश्यक छैन ।’ भारतका ७ वटा गोर्खा रेजिमेन्टअन्तर्गतका ३९ बटालियनमा नेपाली कार्यरत छन् । ‘५० जनाजति गोर्खा सैनिक पल्टन अदलीबदलीका क्रममा अहिले दोक्लाम क्षेत्रमा परिचालित भएका छन्, यो उनीहरूको नियमित ड्युटी हो,’ पूर्व जनरल मेहताले नयाँ पत्रिकासँग भने । उनले राजनीतिक रूपमा नेपालको तटस्थ अडान बाध्य रहेको अर्थमा भारतले बुझेको र यसबाट सम्बन्धमा केही फरक नपर्ने पनि उनले बताए ।, नयाँ पत्रिकामा खबर छ । पाकिस्तानसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र कास्मिर तथा बर्मा, बंगलादेश र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतीय सेनामा नेपालीहरू परिचालित छन् । १९६२ को नेपाल–भारत–चीन युद्ध, १९९९ मा पाकिस्तानसँग भएको कार्गिल युद्धमा भारतीय सैनिकमा नेपाली नागरिक कार्यरत छन् । जानकारहरूका अनुसार सन् १९६७ मा सिक्किम चीन सीमावर्ती क्षेत्र नाथुलामा सुरुमा चिनियाँ सेनाको गोली लागेर एक भारतीय गोर्खा सैनिक मारिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले जितेका सबै लडाइँमा गोर्खा सैनिकको खुन बगेको भन्दै प्रशंसा गर्दै आएका छन् । उक्त राइफल्सको नारा ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ छ । उक्त राइफल्सअन्तर्गत ६ बटालियन छन् ।

रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको चूल्ठो काटियो, चौतर्फ़ी आतंक

भैरहवा : रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको कपाल रहस्यमय ढंगले अदृश्य शक्तिले काटिदिएको छ। रुपन्देही र कपिलवस्तुका महिला अदृश्य शक्तिले कपाल काटिदिएपछि आतंकित बनेका छन्। रहस्यमय ढंगले अदृश्य शक्तिले हमाला गरी कपाल काटिदिएको घटना बढेपछि महिला आतंकित बनेका हुन्। अन्नपूर्णपोस्ट आनलाइनमा प्रकाशित समाचारमा उल्लेख छ- पीडित महिलाका अनुसार कसैलाई बेहोस बनाएर कपाल काटिएको छ। प्रहरी एवं स्वास्थ्यकर्मीको टोलीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन। ‘श्रीमानले तिम्रो कपाल काटेछ भन्नुभयो,’ सिद्धार्थनगर नगरपालिका ९ डाँडागाउँ निवासी ३५ वर्षीया गीता ज्ञवालीले भनिन्, ‘कपाल काटेको देखेपछि हामी आतियौं र प्रहरीलाई खबर गर्यौं।’ उनले थपिन, ‘बिहान नुहाउदै गर्दा हातमा लामो कपाल देखेर एकपटक झस्याङ भएकी थिएँ। तर, त्यो कपाल त्यसै हरायो पछि देखिन। नुहाइसकेर कपाल गुजुल्टो पारेकी थिएँ, सुरुमा श्रीमानले कपाल काटेको देख्नुभएको हो।’ यसरी कपाल काटिने घटनाले स्थानीय महिला त्रासमा छन्। ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन। कुनै काम गर्न मन लाग्दैन। भारतमा यस्तो घटना भएको मैले सुनेकी थिएँ। तर, यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ। तर, म अच्चमसंग हमलामा परेँ।’ अर्की एक महिला ओमसतिया गाउँपालिका ६ की सावित्री जयसवालले पनि बुधबार नै आफ्नो कपाल गुमाइन्। सावित्रीमाथि भएको सो घटनालगत्तै पीडित महिला र परिवारका अन्य सदस्य भैरहवास्थित भिम अस्पताल आएका छन्। ‘फेसबुक र समाचारबाट कपाल काटेको हल्ला व्यापक सुनेका थियौं, विश्वास लागेको थिएन। तर आज आफ्नै श्रीमतीमाथि अदृश्य हजामले हमला गरेर कपाल खौरीदियो,’ कृष्ण ज्ञवालीले घटना सम्झदै भने, ‘यो घटना रहस्मय छ, अनुसन्धान गरी वास्तविकता पता लगाउनपर्छ।’ १० सेकेन्ड जतिमा बेहोस हुने र कपाल काट्ने सबै कुरा भइसक्छ। लुम्बिनी सास्कृतिक नगरपालिका, गैडहवा गाउँपालिकामा पनि यस्तै घटना भएको कुरा प्रहरी एवं अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह बस्ने किशोर यादवको छोरी १९ बर्षीया गंगा यादवको बिहानै सात बजे अकस्मात कपालको टुप्पो खसेको र पछि अचेत बनेपछि उपचारका निम्ति भारत पुर्याएको सुनाए। यसैगरी सोही गाउँका घरभरन यादवकी छोरी २१ बर्षीया बबिताको कपाल भूईमा झरेपछि अचेत भएको पारिवारका सदस्यले बताए। बिरामी यादवको बोली बन्द भई सक्दा पनि ईशाराले टाउको दुख्ने प्रतिक्रिया जनाएपछि सामान रूपमा सलाइन पानी चढाउने गरेको उपचारमा संलग्न चिकित्सिक मोहम्मदजमाले बताए। सबैभन्दा बढी लुम्बिनी सांस्कृतिक नगरपालिकाका महिलाको कपाल काटिएको छ। लुसाप २ भुजहिया निवासी प्रहलाद यादवकी बुहारी ३५ बर्षीया शान्ती यादव, वडा नं. ७ की सुमित्रा गोसाई, १३ की पूजारी यादवको १६ बर्षीया छोरी अनिता यादव, ओडवलियाका राजेश यादवको श्रीमती चन्द्रकला यादव, समरीमाई गाउँपालिका वडा नं. ३ थुम्हवा पिपरहवा निवासी ४० बर्षीया मैना धवलको पनि रहस्मयढंगले अदृश्य शक्तिले अकस्मात कपाल काटिदिएको घटना सार्वजनिक भइसकेका छन्। केहीपीडित महिला डराएर अचेत भएपछि प्रहरी तथा स्थानीयको सहयोगमा एम्बलेन्सबाट भीम अस्पताल भैरहवा पठाइएको प्रहरी चौकी कालीदहका इन्चार्ज चिन्तामणि न्यौपानेले जानकारी दिए। अकस्मात कपाल काटिएको घटनाले बिरामी हुँदा सामान्य उपचारपछि घर फर्काइएको छ। कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए। जिल्ला प्रहरी कार्यालयले कपाल काट्ने हल्ला मात्रै नभई घटनाका धेरै उजुरी प्राप्त भएकोले उनको भनाइ छ। ‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं। त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने।

मोबाइलको चार्जर पड्केर मृत्यु

रामेछाप, भदौं ७ । रामेछापको दोरम्बा गाउँपालिकामा मोबाइलको चार्जर पड्केर एकजनाको मृत्यु भएको छ। बुधबार बिहान मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको चार्जर पड्केर दोरम्बा गाउँपालिका ३ टोकरपुरका ३२ वर्षीय धनबहादुर थापामगरको मृत्यु भएको प्रहरी जनाएको छ। चार्जर पड्की करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल पुर्‍याएको थियो। तर, बाटोमै उनको मृत्यु भएको चिकित्सकले बताएका छन ।

डिआईडी चेन नेपालमा

काठमाडौंँ, भदौ ७ । डाइडो इन्डियाले उत्पादन गरेको डिआईडी ब्रान्डको बाइक चेन नेपालमा भित्रिएको छ । सत्यदिप इन्टरनेसनलले डिआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका प्रबन्ध निर्देशक कात्सुसी कियोसिगे, सहायक प्रबन्ध निर्देशक अंकुश जैन, सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र बजार निर्देशक सञ्जिव हमालले संयुक्त रुपमा चेन किट सार्वजनिक गर्नुभयो । जापानमा मूख्य कार्यालय रहेको डाइडो कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन थालेको हो । अब भारतमा निर्मित चेन किट नेपालमा समेत उपलब्ध हुनेछ । विश्वका दुई पांग्रे सवारी साधनमध्ये ६० प्रतिशतभन्दा बढीमा यही ब्रान्डको चेन किट प्रयोग गरिएको कम्पनीको दावी छ । डिआईडीका चेन हिरो, बजाज, टीभीएस, होन्डा, यामाहालगायत कम्पनीका रेसिङ बाइकमा समेत प्रयोग गरिएको सो कम्पनीले जनाएको छ ।

बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति

चितवन, साउन ७ । गत महिना आएको बाढीका कारण जिल्लामा रु दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ रु एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा रु ८८ लाख ४४ हजार, स्थानीय कुखुरा रु तीन लाख तीन हजारको क्षति भएको छ । बाढीका कारण ११ वटा गाई मरेका थिए । यस्तै बाढीबाट रु आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, रु सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस २२४ वटा, चोकर १९० बोरा र दाना सात हजार ४५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो । बाढीबाट १३ वटा खोर÷गोठ नष्ट भएको छ । भरतपुर महानगरपालिकामा रु एक करोड २६ लाख ४६ हजार बराबरको पशुपक्षी क्षति भएको छ । रत्ननगर नगरपालिकामा रु ९२ लाख १४ हजार, माडी नगरपालिकामा रु तीन लाख तीन हजार, खैरहनी नगरपालिकामा रु ३१ लाख ६५ हजार, राप्ती नगरपालिकामा रु २१ लाख १५ हजार बराबरको पशुपक्षी क्षति भएको कार्यालयले जनाएको छ ।

आनन्द बजार नाका सुचारु गर्न पहल भएन

भीमदत्तनगर, भदौ ७ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित आनन्दबजार नाका पाँच महिना बितिसक्दा पनि सामान्य बन्न सकेको छैन । गत फागुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर शाहादत प्राप्त गर्नुभएका पुनर्वासका शहीद गोविन्द गौतमको निधनपछि नेपाल–भारत आनन्दबजार नाका ठप्प थियो । तर घटना घटेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त नाकाबाट नेपाल तथा भारतीय नागरिकले हिँडडुलसमेत गरेका छैनन् । सीमा नाकामा रहेको अस्थायी कल्र्भट निर्माणका विषयलाई लिएर घटना भएको थियो । घटनाका बेला केही दिन असुरक्षाका लागि स्थानीय प्रशासनले उक्त नाकाबाट आवागमन रोकेको थियो । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले आनन्दबजार नाका अझै पूर्णरुपमा प्रभावित रहेको बताउनुभयो । ‘यहाँका फटँैयालगायतका अन्य नाका भने सञ्चालनमा आएका छन् ।’ उहाँले भन्नुभयो–“तर आनन्द बजारको नाका अझै सामान्य बनिसकेको छैन ।” सो नाका सुचारु नहुँदा सीमावर्ती भारतीय बसही बजार सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । बसही बजारमा किनमेलका लागि जाने स्थानीयवासी घटनापछि धनगढी, बेलौरी, भीमदत्त नगरलगायतका बजारमा किनमेलका लागि जाने गरेका छन् । नेपाल–भारतका स्थानीय प्रशासनस्तरमा नाका सहज बनाउने विषयमा पहल गर्ने छलफल चले पनि समाधान भने भएको छैन । नाका असहज बन्दा व्यापारसमेत प्रभावित बनेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बेला तत्काल असहज अवस्था आउन नदिन नाका बन्द मात्रै गरिएको जानकारी दिनुभयो । “अहिले स्थानीय प्रशासनले नाका बन्द गर्नु, नखोल्नु भनेको छैन ।” प्रजिअ खनालले रासससित भन्नुभयो–“स्थानीयस्तरमा गठन भएका संघर्ष समितिले नाका बन्द गर्ने लिखित निर्णय गरे ।” उहाँले उक्त संघर्ष समितिका अगुवालाई नाका खुलाउन पहल गर्नका लागि लिखित निर्णय गरेर ल्याउन सुझाएको बताउनुभयो । ‘लिखित निर्णय गरेर ल्याउन मैले आग्रह गरेको छु ।’ खनालले भन्नुभयो–“त्यसपछि भारतीय पक्षसित समन्वय गर्न सकिन्छ ।” उहाँले विवादपछि नेपाल–भारत सयुक्त सर्वे टिमले पुनर्वास क्षेत्रमा फिल्ड सर्वे गरेको जानकारी दिनुभयो । “सर्वेको काम अहिले पूरा भइसकेको छैन ।” उहाँले भन्नुभयो–“वर्षाका कारण फिल्डमा समस्या हुने भएकाले स्थगन मात्रै भएको हो ।” उहाँले पुनः सर्वे सुचारु हुनेमा आशावादी रहेको बताउनुभयो । त्यसैगरी नाका सुचारु गर्नेबारे पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले नाका सुचारु गर्न पहल गरिदिन भन्दै स्थानीयवासी आफू कहाँ आएको बताउनुभयो । भारतीय पक्षले पनि नाका सुचारु गर्न पुनर्वास नगरपालिकामा पत्राचार गरेको जानकारी दिनुभयो । ‘केही समयअघि सीमावर्ती भारतीय क्षेत्रबाट नाका खुलाउन पहलभयो हामीले चाँसो दिएनौँ ।” नगरपालिकाका प्रमुख थापाले भन्नुभयो–“अहिले पनि नाका खुलाउने बारे केही पहल भएको छैन ।” उहाँले केही समयअघि आनन्द बजारवासीले नाका सुचारु गर्न माग गरेको जानकारी दिनुभयो । आनन्द बजारवासी भने अझै पनि घटनाको विषयलाई लिएर भारतीय पक्षले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

काभ्रेपलाञ्चोकमा पनि पुनः जाँच तथा सर्वे शुरु

बनेपा, भदौ ७ । काभ्रेपलाञ्चोकमा निजी आवासअन्तर्गत पुनःनिर्माणको गुनासो सम्बोधनका लागि पुनः जाँच तथा सर्वे शुरु भएको छ । भूकम्पपछि घरबारविहीन भएकालाई राहतस्वरुप सरकारले उपलब्ध गराउने अनुदान नपाएको भन्दै गुनासो बढेपछि सरकारले पुनः जाँच र सर्वे शुरु भएको हो । गत साउन ३१ देखि असोज ३ गतेसम्मका लागि ४१ जना सामाजिक परिचालक र ४१ जना इञ्जिनियर जिल्लाभर परिचालन भएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैँडाले जानकारी दिनुभयो । दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर महाभारत गाउँपालिका, रोशी गाउँपालिकालगायत सबै नगरपालिका र गाउँपालिकामा सर्वे शुरु भएको उल्लेख गर्दै उहाँले पूर्ण विवरण प्राप्त नभएकाले पुनः जाँच तथा सर्वे भएको बताउनुभयो । वास्तविक भूकम्पपीडित हुन् वा होइनन् भनेर नै जाँच तथा सर्वे शुरु भएको हो उहाँले भन्नुभयो । परिचालित इञ्जिनियरले भूकम्पका कारण भत्केको भग्नावशेषको फोटो खिच्ने छन् भने सामाजिक परिचालकले भूकम्पपीडितको विवरण संकलन गर्ने छन् । निजी आवासअन्तर्गत भूकम्पपीडितले जिल्लामा प्रथम किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख पाउँछन् । अहिलेसम्म काभ्रेपलाञ्चोकमा प्रथम किस्ताबापतको रु ५० हजार ६३ हजार ८७० जनाले, दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार ६ हजार ४२३ जनाले र तेस्रो किस्ताबापतको रु एक लाख १३१ जनाले पाएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ । जिल्लामा लाभग्राहीको संख्या ७२ हजार ४१७ रहेको छ ।