राजधानीसहित विभिन्न शहरमा गाईजात्रा मनाइँदै

काठमाडौं, साउन २४ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराईन्छ ।

यो जात्रा काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा मनाउन थालेको विश्वास छ ।

काठमाडौं उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो बस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, तानसेनमा पनि यो पर्व मनाइन्छ ।

भरतपुरमा रेणु दाहाल जित नजिक तर पछिल्लाे परिणाममा पछाडी

काठमाडौं, साउन २१ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा अझै ८ सय मत गन्न बाँकी छ । २ हजार ८ सय ६० मत खसेकोमा पछिल्लो मतपरिणाम अनुसार २ हजार ७ गणनागणना हुँदा  मतान्तर:४१७ रहेकाे छ । नेकपा (एमाले) का मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६६९ र नेकपा (माओवादी केन्द्री) की रेणु दाहालले ४१ हजार २५२ मत प्राप्त गरेकी छिन । यो अन्तर अझ घटने माओवादीको आंकलन छ । रेणुले मतान्तर घटाउदै लगेकि छिन र शुरुवाती अग्रता लिएकी थिर्इन । त्यसैगरी उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४५ हजार १४०, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ३३८ मत प्राप्त गरेका छन् । १९ नं. वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यहरुले अग्रता कायम गरेका छन् ।    

अपराधी निगरानी गर्न अत्याधुनिक प्रविधि ल्याइदैं

काठमाडौं, साउन २१ । अपराध नियन्त्रण तथा अनुसन्धानका लागि काठमाडौं उपत्यकामा अत्याधुनिक सीसीटीभी प्रविधि लागु गरिने भएको छ । भिडियो म्यानेजम्यान्ट सफ्टवेयर(भीएमएस) जडित सीसीटीभीले फरार अभियुक्त तथा अपराधी नियन्त्रणमा सहयोग पुग्ने महानगरीय प्रहरी प्रमुख एआईजी बमबहादुर भण्डारीले बताएका छन् ।, अन्नपूर्णपोष्टमा खबर छ । ‘यस्तो सफ्टवेयरमा अभियुक्तको फोटो राखिन्छ । यो सफ्टवेयरसँग जोडिएका सीसीटीभीमा ती अभियुक्त देखिए सीसीटीभीले डिटेक्ट गरेर सूचना दिनेछ,’ एआईजी भण्डारीले भने, ‘त्यसपछि अभियुक्त तथा अपराधी पक्राउ गर्न सहयोग हुनेछ ।’ उक्त सफ्टवेयर रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको कमान्ड सेन्टरमा राखिनेछ ।

बाढीले चारजना बेपत्ता, दुई हजार घर डुबानमा

नवलपरासी, साउन २०। बाढीका कारण नवलपरासीमा अहिलेसम्म चार जना बेपत्ता भएका छन । आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए । बेपत्ताको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए । यसैबीच बुधबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका करिब दुई हजार घर डुबानमा परेका छन् । बाढीबाट सदरमुकाम परासीसहित ग्रामीण तथा सीमावर्ती क्षेत्रका चार गाउँपालिकामा बढी क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण आएको ठूलो बाढीबाट लाखौँको खाद्यान्न बाली नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण परासीका केही भागसहित पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउ‘पालिका प्रभावित भएको प्रहरीले जनाएको छ । जिल्लाको पहाडी क्षेत्र हुँदै बगेका झरही, रायपुरवा, खजुरा, भलुही र पानभार खोलाका बाढी ती क्षेत्रमा बसेको बताइएको छ । ग्रामीण क्षेत्रका ती चार गाउँपालिकामा बाढीले पीडितको माटाले बनेका घर र छाप्रामा बढी क्षति पुगेको छ । प्रतापुर गाउँपालिकाको बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी, ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था, माधवपुर र गोबरकटवा टोल डुबानमा परेका छन् । सो गाउँपाालिका करिब एक हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । रासस

पहिरोले पुरेर एकै परिवारका चार जनाको मृत्यु, सिङ्गो गाउँ उच्च जोखिममा

प्रेम सुनार गुल्मी, साउन– २० । शुक्रबार विहान साढे सात बजेदेखि बाग्लुङ्गको निसीखोला खाउँपाालिकामा अविरल वर्षा सगै गएको पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाकोृ मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका १ साविक देविस्थान गाविसको हुल्दी गाउँ पुरै जोखिममा परेको छ । सो पहिरोमा परी लालबहादुर सिँजालीको घर पहिरोले बगाउँदा उनकी ७६ वर्षिया आमा खगिशरा सिँजाली मगर बेपत्ता भएकी छन । उनको खोजी कार्य जारी भएपनि जीवितै उद्धार गर्न सकिने अवस्थाको नरहेको उद्धारमा संलग्नहरुले बताएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार कार्य गरिरहेका छन् । पहिरो करीव २ सय मिटर लामो छ । निरन्तर पहिरो बगी रहेकोले हुल्दी गाउँका १५० घरधुरीका करीब ७ सय जनता पहिरोको जोखिमबाट बच्न गाउँमाथीको दहको जंगलतिर लागेको स्थानीयले बताएका छन् । चौपायाहरु भने पहिरोमा परेको उनिहरुको भनाई छ ।पहिरो बगिरहेको छ, थामिएको छैन, यहिक्रम जारी रहे ठुलै पहिरो खसेर निसी खोला नै थुनिने खतरा रहेको स्थानीयले बताएका छन् । शुक्रबार विहान आएको बाढी पहिरोमा परी ढोरपाटन नगरपालीका र निसीखोला गाँउपालिकामा गरी ६ जनाको मृत्यु भएको छ । पहिरोका कारण घर पुरिदा ढोरपाटन नगरपालिका अधिकारीचौरका ५५ बर्षिय हुमे बिकको मृत्यु भएको छ भने उनको श्रीमती र एक छोरीको स्थानीयले जिवितै उद्धार गरेका छन् । पहिरोको कारण निसीखोला गाउँपालिकाको वडा न २ मा एकै परिवारका चार जानाको मृत्यु भएको छ। करिब तीन सय मिटर माथीबाट आएको पहिरोले घर पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ६७ वर्षीय मनिमान छन्त्याल उनको श्रीमती ६३ वर्षीय नन्दिकला छन्त्याल , बुहारी २२ वर्षीय बिन्दु छन्त्याल र छोरी १८ वर्षीय गिता छन्त्याल रहेका छन् । अहिलेसम्म तीन जनाको शव भेटिएको र एक जनाको खोजी कार्य जारी छ ।

सुत्केरी बिदा छ महिना !

काठमाडौँ, साउन २० । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ । नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन्, यसमा कति सरकारी तथा गैरसरकारी सेवामा कार्यरत छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसित छैन । व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सो प्रावधान लागू हुने व्यवस्था गरिएको छ । प्रस्तावित विधेयकका प्रावधान तथा स्तनपानको महत्वका बारेमा स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाद्वारा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सदस्यलाई जानकारी दिन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । अर्कोतर्फ, अन्तर्राष्ट्रिय श्रम संगठनमा सुत्केरी बिदा १०३, श्रम नियमावली २०५० ले ९० दिन पारिश्रमिकसहित बिदा पाउने प्रावधान रहेको छ । शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार मन्त्रालयले सो विधेयक मस्यौदा तयार गरी सो विधेयक प्रस्तुत गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी बिदा छ महिनासम्म पु¥याउने विधेयकमा प्रस्ताव गरिएको कार्यक्रममा जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यो प्रतिशत वर्षेनी घट्दो छ । हेलेन केलर इन्टरनेशनलका प्रमुख कार्यक्रम संयोजक डा अतुल उपाध्याय स्तनपान महत्वबारेमा ग्रामीण क्षेत्रमा जनचेतना अभाव तथा शहरी क्षेत्रमा आमाको दूधको विकल्पमा अन्य वस्तुको प्रयोग गर्ने बढ्दो रहेको जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयक आफ्नो समितिमा आएपछि छलफल अगाडि बढाइने जानकारी दिए । सांसद धनीराम पौडेलले स्तनपान गराउनेको संख्या वर्षेनी घट्नु चिन्ताको विषय रहेको चर्चा गर्दै आमाको दूधको महत्वबारेमा घरपरिवारलाई चेतना जगाउन आवश्यक भएको बताए । सांसद रुकमिणी चौधरीले आफू सामाजिक परिचालक हुँदै सांसद बन्न सफल भएको उदाहरण प्रस्तुत गर्दै सुत्केरी बिदा छ महिना पु¥याउन आवश्यक भएको बताए । कार्यक्रममा सांसद शारदा पौडेल, रीता रावल, निशाकुमारी साह, सिन्धुजलेसी बुढाथोकी, जयन्ती राई, श्रीमाया थकाली, रामहरि सुवेदी र रत्ना गुरुङले स्तनपानका बारेमा सुत्केरी आमा, तिनका अभिभावकलाई जागरुक बनाउन आवश्यक भएको धारणा व्यक्त गरे । बालस्वास्थ्य महाशाखा, पोषण शाखाका प्रमुख राजकुमार पोखरेल तथा राष्ट्रसंघीय बालकोष (युनिसेफ)का पोषणविद् प्रद्युम्न दाहालले स्तनपान तथा पोषणका बारेमा चर्चा गरेका थिए । रासस

बाढीले कैलाली डुबानमा

कैलाली, साउन २० । अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दा कैलालीका अधिकांश भू–भाग डुबानमा परेका छन् । वर्षापछि बबइ र कर्णाली नदीमा पानीको सतह बढेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने घोडाघोडी नगरपालिका – १० घुम्निभाकलमा कान्द्रा नदीको पानी पस्दा करिब १ सय ५० घरधुरी डुबानमा परेका छन् भने करिब ७० भन्दा बढी घरधुरीमा क्षति पुगेको छ । हालसम्म मानवीय क्षति नपुगेको भएपनि दर्जनौ पशुचौपायाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन् । स्थानीयहरुले मरेको पशुचौपायाका कारण रोग लाग्न सक्ने भन्दै प्रशासनलाई सो क्षेत्रबाट मरेका पशुचौपाया हटाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यसअघि सो क्षेत्रमा २०६४ असोज ४ गते आएको बाढीले ठूलो राजमार्ग नै बगाएको थियो भने सयौ घरधुरी डुबानमा परेका थिए । कर्णाली नदीका कारण कैलालीको दक्षिणी क्षेत्र टीकापुर, धनसिंहपुर, नारायणपुर लगायतका क्षेत्र उच्च जोखिममा पर्ने गरेका छन् । डुबानमा परेका स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गगरिएको छ ।

पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता

बागलुङ, साउन २० । लगातारको वर्षापछि आएको पहिरोका कारण बालगलुङमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन हराई रहेका छन् । निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा ६३ वर्षीया नन्दकली छन्त्याल र उनकी २२ वर्षीया बुहारी बिन्दु छन्त्याल रहेको प्रहरीले जनाएको छ । छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन् । घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए । यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उनकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन् । स्थानीय लालबहादुर सिँजालीको अन्दाजी ६५ वर्षीया आमा वेपत्ता भएकी हुन् ।

बाग्लुङ्गमा पहिरोले पुरिएर एकको मृत्यु ६ बेपत्ता 

गुल्मी , साउन–२० । दुई दिन देखी परेको अविरल  वर्षा सँगै आएको पहिरोले  गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गमा पहिरोले पुरिएर  एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।  ढोरपाटन नगरपालिका वडा नं।–५ , साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा आज विहान पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ । त्यस्तै  स्थानिय होमबहादुर विश्वकर्माको घर भन्दा माथिबाट झरेको पहिरोले घर पुरिदा ५५ बर्षिय होम बहादुर विश्वकर्मा बेपत्ता भएका छन् ।  आज विहान करिव ३ बजेर ३० मिनेटको समयमा सुतिरहेको अवस्थामा घरभन्दा माथिबाट पहिरो झर्दा घर सहित विश्वकर्मालाई पुरेको हो । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट उद्धार टोली त्यहाँ पुगेको छ । बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नम्बर(२ बाहुनगाउँ स्थित घरको माथीबाट पहिरो खस्दा घर पुरिएर सोही घरका मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् ।   निसीखोला( १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउदा एक जना वेपत्ता भएका छन् । यसैगरी निसीखोला( २ उपल्लो बेग्रेका लालसिँह विकको घर पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । त्यस्तै निसीखोला  गाउँपालि वडा नं– ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् । हिजो देखि परेको अविरल वर्षको कारण खोलाको बहाव बढेर आएर कुलाको मुहान बगाइदिएको म्यानेजर राम प्रसाद चालिसेले जानकारी दिए । बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् ।यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा रहेको छ ।

गुल्मीमा  वडाध्यक्षकै वाईक चोरियो 

गुल्मी, साउन २० ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छन् । लु १७ प ७१८ नम्वरको  एकसय पचास सिसी पल्सर वाईक छिमेकी गुल्मी दरवार गाउँपालिका ७ , फेदी भन्ने स्थानमा रहेको मोहन बस्नेतको पसलबाट गए राती चोरी भएकोले सञ्चार माध्यमको सहयोग मागेको वडाध्यक्ष खत्रीले बताए । उक्त वाईक मेरो भाई लोकेन्द्रको नाममा छ , वडाध्क्ष खत्रीले भने –‘दरवार देविस्थान प्रहरीमा विहान खोजतलासका लागि उजुरी दिए पनि अहिले सम्म फेला नपरेका कारण सञ्चार माध्यमको सहरा लिनु परेको हो । ’ वस्नेतको पसलमा तिन वटा वाईक चाँवी लगाएको अवस्थामा राखिएको र त्यस मध्ये वडाध्यक्षका भाईको वाईक मात्र चाँपी फुकालेर अज्ञात व्यक्तिले लैजानुले चुनावी रिसईवी हो कि भन्ने आशंका पनि गएिएको छ  । उक्त वाईकको मुल्या करिव १ लाख ५० हजार पर्ने जनाईएको छ ।

बडिमालिकामा दर्शनार्थी जान शुरु

अछाम, साउन २० । बडिमालिका नेपालको प्रमूख मन्दिरहरूमध्ये एक हो । सेती अञ्चलको बाजुरा जिल्लामा पर्ने यो मन्दिरमा प्रत्येकबर्ष मालिका चतुर्दशीका दिन मूख्य पूजा हुन्छ । सदुरपश्चिमकै प्रमूख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिने बडिमालिकामा जनैपुर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । यो बर्ष साउन २२ गते मेला लाग्ने भए पनि दर्शनार्थीहरु साउन १९ गतेदेखि नै सो क्षेत्रमा जान थालेका हुन् । बडिमालिका मन्दिरमा अछाम, बाजुरा, बझाङ र कालिकोट लगायतका जिल्लासहित स्वदेश र विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । बडिमालिका माईको दर्शन गर्नाले मनले चिताएको कुरा पुरा हुने विश्वास रहेकाले देश बाहिरबाट समेत दर्शनार्थी आउने गरेका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिवेणीमा बास बस्ने प्रचलन छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्रसतहबाट ४ हजार मिटरभन्दा बढी उचाईमा छ । बडिमालिकाको पुजाआजा गरेपछि आफ्नो मनोकामना पुरा हुने जनविश्वास पाइन्छ । त्यस्तै बडिमालिका क्षेत्रको अर्को धार्मिक पर्यटकीय स्थल बुढीनन्दामा समेत ठूलो संख्यामा दर्शनार्थी जाने गरेका छन् । बुढीनन्दामा पनि जनै पुर्णिमाको दिनमा मेला लाग्ने गर्दछ ।

उदयपुरमा बाढीले सयौं बिघा खेतीयोग्य जमिन कटान

उदयपुर, साउन २० । उदयपुरका नदी तथा खहरे खोलाले सयौं बिघा खेतीयोग्य जमिन कटान गरेपछि किसान समस्यामा परेका छन् । नदी तथा खहरे खोला नियन्त्रण गर्न नसकिँदा किसानले सास्ती भोग्नुपरेको हो । बर्षायाममा उर्लिएर आउने खहरे खोलाले किसानको सयौं बिघा खेतीयोग्य जमिन कटान गरिदिएको छ । जिल्लाका पूर्वी क्षेत्रमा पर्ने सप्तकोसी, सिसुवा, सेती, गिदेरी, त्रियुगा, काली, भारौलीलगायतका नदी र खोलाले बर्षाको समयमा आफ्नो धार परिवर्तन गर्दै बग्ने भएकाले स्थानीयको खेतीयोग्य जमिन कटानमा पर्ने गरेको छ । त्रियुगा नदीलाई मात्र नियन्त्रण गर्न सके उदयपुरका १ हजार हेक्टर जमिन खेती योग्य बनाउन सकिने सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

तरकारीको मूल्य आकाशियो, उपभोक्ता हैरान

कैलाली, साउन २० । कैलालीमा तरकारीको मूल्य आकाशिएको छ । दिनदिनै तरकारीको मूल्य वृद्धि भएपछि उपभोक्ता हैरान भएका छन् । उपभोक्ताहरुले तरकारीको मूल्य प्रतिकिलोमा १० देखि १५ रुपैयाँले वृद्धि हुँदै गएको बताए । सबैभन्दा बढी मूल्यवृद्धि गोलभेडामा भएको छ । एक महिनाअघिसम्म प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेडाको मूल्य अहिले प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । एक सातायता लौका, भन्टा, बन्दा, काँक्रो, गाँजर, खुर्सानीलगायत सबै तरकारीको भाउ आकाशिदा निकै समस्या भएको उपभोक्ताको गुनासो छ । त्रिनगर कृषि उपज हाटबजार व्यस्थापन समिति धनगढीका अध्यक्ष भवानीसिंह चैसिरले स्थानीयस्तरमा तरकारी उत्पादनमा कमी हुँदै गएपछि बाहिरी जिल्ला र भारतबाट आयात गर्दा मूल्यवृद्धि भएको बताए । कैलालीमा डडेल्धुरा, डोटी र भारतका विभिन्न जिल्लाबाट तरकारी आयात हुने गरेको छ ।

राष्ट्रिय बिमा संस्थानमा ३३ जनालार्इ रोजगारीको अवसर

काठमाडौं, साउन २० ।  राष्ट्रिय बिमा संस्थानमा ३३ जनाको लागि रोजगारीको अवसर दिने भएकाे छ । कक्षाा  १२ पासले पनि फारम भर्न सक्नेछन् । थप यहाँ हेर्न सकिन्छ ।

फेवातालकाे १६ सय ९२ रोपनी व्यक्तिका नाममा

कास्की , साउन २० ।  फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो ।  समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ ।त्यसमध्ये ७ सय जनाको जमिन संरक्षणा क्षेत्रभित्र पर्ने समितिको तत्कालीन संयोजक लामिछानेले बताए । व्यक्तिका नाममा दर्ता भएको यो जमिन खारेज गर्न समितिले ०६९ जेठमा सरकारलार्इ सिफारिस गरे पनि चार वर्ष बितसक्दा पनि कार्यान्वयन हुन नसकेको लामिछानेको भनाइ छ ।, नागरिक मा खबर छ ।

देबेन्द्र पौडेलद्वारा नयाँशक्तिभित्र विद्रोहको संकेत

काठमाडौं, साउन १९ । नयाँशक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले जवरजस्ती थोपरिएको पद आफ्ना लागि स्वीकार्य नभएको भन्दै तीब्र असन्तुष्ठि पोखेका छन । उनको यो असन्तुष्टिले नयाँशक्तिभित्र ठूलै हलचल ल्याउने छ । यसले पार्टीभित्र नेता तथा कार्यकर्ता माँझ चरम असन्तुष्ट रहेको पुष्टी हुन्छ । यस्तै परिस्थिति रहेमा कुनैपनि समयमा उनले पार्टीभित्र विद्रोह गर्न सक्ने अनुमान गर्न सकिन्छ । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन, ‘पद प्रतिष्ठा भन्दा फरक प्रकृतिको राजनीति गर्ने चाहाना भएकोले मेरो चाहाना विपरित जवरजस्ती थोपरिएको पद स्वीकार्य छैन ।’ पार्टी संयोजक बाबुराम भट्टराईका निकट मानिने नेता पौडेलको यो अभिव्यक्तिले नयाँशक्तिको भबिष्यमा पनि शंका गर्न थालिएको छ । यस अघि पार्टीबाट प्रवक्ता खिमलाल देबकोटाले पनि राजीनामा दिइसकेका छन । भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी संयोजक भट्टराईले नलिएको भन्दै देबकोटाले पार्टीबाट राजीनामा दिएका थिए ।