सरकारी अधिकारी भन्छन: राजधानीको खाल्डा पुर्न समस्यै समस्या

काठमाडौं ,साउन १४ ।  उपत्यकाका सडकका खाल्डा पुर्ने कार्यमा खानेपानीका पाइप अवरोध बनेका छन् । सडकमा खानेपानीका पाइप फुटेका कारण काममा बाधा परेको खाल्डा पुर्ने जिम्मा पाएका उच्च सरकारी अधिकारी बताउँछन् ।

‘खानेपानी पाइप नभएका स्थानका खाल्डा लगभग पुरिएका छन्’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘कतिपय मुख्य सडकखण्डका पाइप फुटेकै कारण काम गर्न कठिन भएको अनुगमनबाट थाहा पायौं ।’

उनले शुक्रबार पनि मुख्य सडकखण्डमा पुगेर खाल्डा अनुगमन गरेको बताए,अाजको नागरिकमा खबर छ ।

जीप दुर्घटनामा १३ जना घाइते

पाँचथर, साउन १३ । पाँचथरको फिदिम नगरपालिका–४ सारन्तामा जिप दुर्घटना हुंदा १३ जना घाइते भएका छन् । सदरमुकाम फिदिबाट मेमेङको लागी छुटेको मे १ ज १८९२ नम्बरको जिप फिदिम नगरपालिका ४ सारन्तामा सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । भने अरु सामान्य घाइते भएको बताइएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारको लागी जिल्ला बाहिर पठाइएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा फालेलुङ गाउँपालिका रमिला खपांगी उनकै ६ वर्षीय छोरा लक्की खपांगी मेमेङ निवासी समिप गुरुङ, दावा गुरुङ, निमा गुरुङ, बलबहादुर राई, तेजबहादुर गुरुङ र सिखा तामाङ, भारपा निवासि मिना तामाङ, हेमराज खनाल र भानुभक्त खनाल, फिदिम निवासी बिक्रम राइ, एकतिनका बल बहादुर खत्री रहेका छन् ।

काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने

काठमाडौँ, साउन १३ । राजधानी उपत्यका र देशका केही अन्य भागमा छोटो अवधिका लागि विद्युत कटौती हुने भएको छ । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार, स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ । प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटाँैडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ ।

सबै गाउँपालिकामा टेलिफोन सेवा

काठमाडौं, साउन ६ । गृहमन्त्री जर्नादन शर्माले तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन सुविधा पुर्याउन निर्देशन दिएका छन् । केन्द्रीय दैवी प्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकमा मुख्य सचिवमार्फत सञ्चार सचिवलाई निर्देशन दिएका हुन । “यो राज्यको टेलिकम हो, तीन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ” गृहमन्त्री शर्माले भने, “त्यसमा कुनै शर्त मानिने छैन ।”

विपद उद्दारका लागि सेनाको हेलिकप्टर स्टेनबाई

काठमाडौं, साउन ६ । विपद्मा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर देशका मुख्य तीन स्थानमा तयारी अवस्थामा राख्न गुहमन्त्री जर्नादन शर्माले निर्देशन दिएका छन । विपद व्यवस्गापन समितिको बैठकमा गृहमन्त्री शर्माले नेपाली सेनाका उपरथी हेमन्त कुँवरलाई निर्देशन दिँदै भने, “एउटा हेलिकप्टर पश्चिम क्षेत्र, एउटा बुटवल र अर्को पूर्वतिर राखौँ जसले गर्दा उद्धारमा सहजता ल्याउन सकिन्छ ।” मन्त्री शर्माले विपद् उद्धार कोषलाई पनि विभिन्न ढंगले वृद्धि गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रेम गरेकै नाममा युवती कुट्ने पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

रूपन्देही, साउन ६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ केही समय पहिलो भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । तल्लो जातको युवक दिनेश बोधसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती मीना यादललाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गृहमन्त्रीको टाडो निर्देशनमा रुपन्देही प्रहरीले फास्ट ट्रयाकबाट घटनाको छानबिन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउँदै पाँच जना आरोपितमाथि कर्तन्य ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको हो । घटनामा संग्लन मीनाका बुवाका ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।सहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरीले जनाएको छ । त्यसै गरी यसअघि उजुरी दर्ता नगर्ने इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

पर्सा, साउन ६ । सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सार्वजनिक गरेको हो । प्राप्त सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए । छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकोपि चार थान लगायतका सामग्री बरामद भएको उपरीक्षक गिरीले बताए । पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामा २०६६÷६७मा पक्रउ परी एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धन भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए । रासस

मध्यरातकाे पहिरोमा पुरिएर बालिकाको ज्यान गयो, अन्य दुई घाइते

डोटी, साउन ६ । अबिरल वर्षाका कारण आएको पहिरोमा परी एक बालकको पुरिएर ज्यान गएको छ । डोटी सायल गाउँपालिका–१ स्थित साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर बिहीबार आएको पहिरोले भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको पुरिएर घटनास्थलमै मृत्यु भएको हो । घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् । घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आई घर भत्काएको थियो । घर भत्कँदा घरपालुवा पशु चौपाया सबै च्यापिएर मरेको प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते भुल दम्पतीलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् ।

डोटीमा पहिरोले घर बगाउँदा बालिकाको मृत्यु, दुईको अबस्था गम्भीर

दिपायल डोटी, साउन ६ । वर्षाका कारण पहिरो आउँदा डोटीमा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण आएको पहिरोले साबिकको छपाली बिनेपडा गाबिस र हालको सायल गाउँपालिका वडा नं. १ का हरिमल भुलको घर बगाएको हो । घर बगाउँदा उनकी ३ बर्षिया छोरी मनिसा भुलको मृत्यु भएको छ  । घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको भने अबस्था गम्भिर रहेको स्थानीय प्रेम नेपालीले बताए । राति सुतीरहेको अवस्थामा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो । हरिमलको ५ जनाको परिवारमा १ छोरा र १ छोरीलाई भने कुनै चोटपटक नलागेको बताइएको छ । घाइतेहरुलाई स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात धनगढी अस्पताल लगिँदै छ । घरमा चौपायाहरु सहित सिंगो घर नै भत्किएको छ । डौड प्रहरी चौकीबाट घटनाको बिबरण बुझ्न प्रहरी टोली त्यसतर्फ जाँदै छ ।

इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

चितवन, साउन ६ । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो । करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव निकालिएको थियो । बिहान ९ः४० बजे इनार सफा गर्न गएका उनी केही समयपछि नै प्रतिक्रियाविहीन भएका थिए । स्थानीयवासीबाट घटनाको जानकारी आएपछि नेपाली सेनाको टोलीले दिउँसो उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सेनाको टोली २५ फिट तल पुगेपनि अक्सिजन नहुँदा भित्र जान सकेन । त्यसपछि अक्सिजनसहित कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली बोलाइएको थियो । सो टोलीले साँझ ७ बजेतिर करिब ९ घण्टापछि उनको शव निकालेको चितवन प्रहरीले जनाएको छ । कुरिनटारबाट टोली आउनुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकको बाटो भएर आउँदा उनको उद्धार गर्न लामो समय लागेको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

दिल्ली प्रहरीले धनगढिबाट पक्राउ गर्यो ४ जना, अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोप

धनगढ़ी , साउन ६ ।  सामाजिक सञ्जालको दुरुपयोग गरी नेपाली महिलाको चरित्रहत्या गर्ने कार्य गरेको अारोपमा दिल्ली प्रहरीले नेपालको धनगढ़ी बाट तीन जना पुरुष एक भारतीय युवती समेत लाई पक्राउ गरेको छ। नेपाली महिलालाई नशालु पदार्थ खुवाइ अश्लील भिडियो बनाएर त्यसैका आधारमा बारम्बार धम्क्याइ रकम तथा गरगहना ठगी गरेको आरोपमा दिल्ली प्रहरीले चार जनालाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकको गलत दूरुपयोग गरी त्यसैमार्फत दिल्लीको चिराग दिल्लीमा एक फ्लैट लिएर फेक आडी बनाएर सामाजिक सञ्जाल मार्फत लूटपाट गर्ने गोरख घन्दा गरेको कुरा दिल्ली प्रहरीलाई निवेदनमा जानकारी गराएको छन । दिल्ली प्रहरीमा पीड़ित महिलाले उजूरी गरिएकी थिए । काल्पनिक नाम रीना बर्ष २५ बताउने पीड़ित नेपाली महिलाको नेपाल घर बैतड़ी बताउने र दिल्लीमा आफ्नो परिवार सङ्ग चार बर्ष देखी बस्दै आयेको छन । पीडित महिलालाई एक महिलासँग बाट फोन नम्बर लिएर बारम्बार फोन गर्ने गरेका थिए । पछि विभिन्न बाहाना बनाएर कोठामा बोलाइ नशालु पदार्थ खुवाएर अश्लील भिडियो खिचेर त्यसैका आधारमा महिलासँग रकम असुली गर्ने र नदिए भिडियो सार्वजनिक गरिदिन्छु भनेर मानसिक यताना समेत दिने गरेको पीड़ितले जनाएको छ। पीड़ित महिलाले यिनी अपराधीलाई कड़ा भन्दा कड़ा कारवाईको माग गरेकी छन  ।

सुशासन, पारदर्शिता र सञ्चार मुखी बन्ने जनप्रतिनिधीहरुकाे संकल्प

नेपालगन्ज  साउन ६ । स्थानीय तहलाई सुशासन र पारदर्शितासगै सञ्चार मुखी बनाउनु पर्नेमा जोड दिइएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति नेपालगन्जद्धारा आयोजित नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा भेटघाट कार्यक्रमका सहभागिहरुले स्थानीय तहका सेवाको प्रभावकारितासंगै सुशासनमा जोड दिनुपर्ने बताएका थिए । उनीहरुले स्थानीय तह र सञ्चारको समन्वय बलियो बनाउनुपर्नेमा जोड दिदै समुदायको विकास तथा जानकारीहरु बढी भन्दा बढी मिडियासंग जोडनुपर्ने बताएका थिए । स्थानीय तहमा समाबेशी मुलक पत्रकारहरुको सहभागिता अपरिहार्य रहेको कुरा समेत औल्याइएको थियो । कार्यक्रममा नेपालगन्जका पुर्व मेयर विजय गुप्ताले पहिला परिकल्पना गरिएका योजनालाई पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने बताउदै नगरको विकासमा जो कोही पनि बाधक बन्न नहुने बताउनुभयो । उहाँले अवधी भाषा, कला संसकृतिको विकास गर्न जरुरी रहेको भन्दै समाबेशीमुलक योजनाको निमार्ण गर्न सुझाव दिए । कार्यक्रममा नवनिर्वाचित उपमेयर उमा थापा मगरले नगरको समग्र विकासका लागि यो टिम सधै लाग्ने विश्वास गर्दै केही योजनाको कार्यन्वयन तत्काल शुरु गरिएको जानकारी दिए ।  पत्रकारिताको पृष्ठभुमिबाट आएकाले पत्त्रकारहरुका विभिन्न समुह संगठनको पिडा मलाई थाह छ, त्यसप्रति पनि मेरो विशेष ध्यान पुग्छ उनकाे भनार्इ छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले भने  मिडिया कसैको पछाडी लाग्दैन, निस्वार्थ रुपमा आफना् मुल्य मान्यता अनुसार नै अघि बढने हो, जनप्रतिनिधीहरुले विकासका मुद्धा लिएर अघि बढनुपर्ने भन्दै उनले त्यसमा मिडियाको समेत साथ हुने विश्वास व्यक्त गरे । डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले अवधी पत्रकार संघको जन्मदाता नै मेरो कार्यक्षेत्रबाटै शुरु भएकाले पहिला अवधी समुदायको विकास तथा सञ्चारसंगको समन्वयको कार्य पहिलो प्राथमिकतामा रहेको बताए । जानकी गाउँपालिका प्रमुख राम निवास यादवले आफनो गाउँपालिका मधेशी तथा अवधी भाषी क्षेत्र भएकाले त्यसको विकास तथा मिडियासंगको सहकार्य निरनतर अगाडी बढाउने प्रतिबद्धता गरे  ।  

एउटै चालक ५० पटकसम्म कारवाहीमा

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याई गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारवाहीमा परिरहे, कान्तिपुरमा खबर छ। सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्ष अघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरवाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर गाडी चलाउने सरकारी अनुमति पाइरहे ।

किँन घट्दै छ पहिचान पक्षधरको मत ! कहिले कति पाए ?

काठमाडौं , साउन ६ । अघिल्लो संविधानसभा निर्वाचनमा भन्दा यसपटकको स्थानीय तहको निर्वाचनमा जातीय पहिचानको मुद्दा कमजोर देखिएको छ । ०६४ मा सम्पन्न पहिलो र ०७० को दोस्रा संविधानसभा निर्वाचनमा निकै बलशाली रहेको जातीय पहिचानको मुद्दा ०७४ को स्थानीय निर्वाचनसम्म आइपुग्दा निकै कमजोर देखिएको हो । ०७० को संविधानसभा निर्वाचनमा ३ लाख ९२ हजार २२४ मत ल्याएका पहिचान पक्षधर दलहरूले ०७४ को स्थानीय तहको सातवटा पदमा १ लाख ३० हजार मत ल्याएका छन् । तर, यो मतमा संघीय समाजवादी फोरमको मत जोडिएको छैन । निर्वाचन आयोगका अनुसार पहिलो र दोस्रो दुवै चरणको स्थानीय निर्वाचनमा पहिचान पक्षधर दलले कुल करिब १ लाख ६० हजारजति मत ल्याएका छन् । एकजना मतदातले एउटै पार्टीका सातजना उम्मेदवारलाई मत हाल्ने भएकाले वास्तविक मत अझ घट्नेछ । निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेका अनुसार एकजना मतदाताले सातजनालाई मत हाल्ने भएकाले अहिले संकलन गरिएको मत सातै उम्मेदवारको मत संख्या हो, यसले दलको यकिन मत बताउन सक्दैन । तर, यो मतमा संघीय समाजवादी फोरमको मत जोडिएको छैन । निर्वाचनमा आयोगका अनुसार पहिलो र दोस्रो दुवै चरणको स्थानीय निर्वाचनमा पहिचान पक्षधर दलले कुल करिब १ लाख ६० हजारजति मत ल्याएका छन् । ०६४ को संविधानसभा निर्वाचनमा २ लाख ३ हजार ९७३ मत ल्याएका पहिचान पक्षधर दलहरूले ०७० मा करिब १ लाख मत वृद्धि गरेका थिए । तर, ०७४ मा आइपुग्दा करिब २ लाख मत घटेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । ०६४ को संविधानसभा निर्वाचनमा २ लाख ३ हजार ९७३ मत ल्याएका ती दलले ०७० मा करिब १ लाख मत वृद्धि गरेका थिए । तर, ०७४ मा आइपुग्दा करिब दुई लाख मत घटेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । ०६४ मा खुलेर जातीय पहिचानको पक्षमा लागेका दलहरूको संख्या चारवटा थिए भने ०७० को निर्वाचनमा सो संख्या बढेर ११ पुगेको थियो । तर, ०७४ को स्थानीय निर्वाचनमा फेरि चारवटा दलमा झरेका छन्, नयाँ पत्रिकामा खबर छ । फोरमको मात्रै ११ लाख  संघीय समाजवादी फोरमले आफूलाई राष्ट्रिय दल मान्ने गरेका कारण उसले पाएको मतलाई पहिचान पक्षधरको मत भन्न मिल्न अवस्था छैन । फोरमका अध्यक्ष उपेन्द्र यावदका प्रेस सहयोगी महेश चौरासियाले दिएको जानकारीअनुसार पहिलो चरणको निर्वाचनमा फोरमले साढे ३ लाख मत पाएको थियो । फोरमले पाएको सो मत तत्कालीन पहिचान पक्षधर संघीय समाजादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको समेत हो । त्यसैगरी, दोस्रो चरणमा फोरमले आठ लाख १४ हजार ४०३ मत पाएको छ । कतै शून्य मत पनि  स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा फोरमले रुकुममा शून्य मत पाएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार रोल्पामा यो दलले जम्मा १३ मत मात्रै पाएको छ । यो वडाध्यक्ष मत हो । अर्घाखाँचीमा फोरमले वडाध्यक्षमा चार मत पाएको छ । डोटीमा १२ मत ल्याएको छ । यता, खम्बुहरूको बाहुल्य जिल्ला सोलुखुम्बुमा खम्बुवान राष्ट्रिय मोर्चाले वडाध्यक्षमा एक मत पाएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले कञ्चनपुरमा अध्यक्षमा ६ मत र उपाध्यक्षमा १२ मत पाएको छ । सो पार्टीले इलाममा भने वडाध्यक्षमा मात्रै १९ मत पाएको छ ।

श्रीलंका हिँडेका शंकास्पद आठ युवती ‘अफ लोड’

काठमाडौं , साउन ६ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड ) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो । पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट’ बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ, अन्नपूर्ण पोस्टमा खबर छ । गत वर्षसमेत अध्यामगनले क्यासिनो खेलाउन श्रीलंका हिँडेका सात युवतीलाई विमानस्थलबाटै फिर्ता गरेको थियो । अध्यागमन स्रोतका अनुसार राम्रो काम पाए उतै बस्ने योजनासहित ती युवती क्यासिनो खेलाउन श्रीलंका हिँडेको र पछि उतैबाट अन्य मुलुक जाने ती युवतीको तयारी थियो । विमानस्थल अध्यामगन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती युवतीको भ्रमण शंकास्पद देखिएकाले प्रस्थान अनुमति नदिएको बताए । थपलियाले भने, ‘क्यासिनोको तालिम लिन श्रीलंका जाने भन्थे । उनीहरूको यात्रा शंकास्पद देख्यौं, अनि रोकिदियौं ।’ ती युवतीले आफूहरू कुनै मानव तस्करको चंगुलमा नपरेको र क्यासिनोको तालिमका लागि नै श्रीलंका जान लागेको भन्दै ‘कन्भिन्स’ गर्ने प्रयत्न गरेका थिए । यात्राको उद्देश्य स्पष्ट नभई कसैलाई पनि भिजिट भिसामा प्रस्थान अनुमति नदिएको र श्रीलंकाबाट उनीहरू फर्कने बलियो आधारसमेत नभएकाले प्रस्थान अनुमति नदिएको अध्यामगन स्रोतले बताएको छ । यसैबीच विमानस्थल प्रहरीले बिहीबार भिजिट भिसामा कुवेत हिँडेकी शोभा गिरीलाई अध्यागमन पार गरेपछि पक्राउ गरेको छ । मानव तस्करको सेटिङमा कुवेत हिँडेकी गिरीले जेट एयर र एयर अरेबियाको बोर्डिङ पास लिएकी थिइन् । एयर अरेबियाको बोर्डिङ पास लुकाएर गिरीले भारत जाने भन्दै नागरिकता देखाएकी थिइन् । श्रम स्वीकृतिसमेत नक्कली भएको आशंकामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । भारतको दिल्लीमा छोराछोरी र श्रीमान बस्ने भएकाले उनीहरूलाई भेट्न जाने भन्दै नागरिकता देखाएर अध्यामगनबाट उनी फुत्किएकी थिइन् । उनले दिल्लीसम्मको जेट एयरको टिकट काटेकी थिइन् । अध्यागमन पार गरेपछि गिरी जेट एयर नचढी एयर अरेबियाको जहाज चढ्न लागेकी थिइन् । विमानस्थल प्रहरीले उनीसँग दुईवटा बोर्डिङ पास भएको गोप्य सूचना पाएपछि पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले जेट एयर नचढी एयर अरेबिया चढ्न लागेको थाहा पाएपछि गिरीलाई पक्राउ गरिएको बताए । श्रेष्ठले भने, ‘उनलाई पठाउन संगठित गिरोह नै सक्रिय रहेको हुन सक्छ । थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा पठाएका छौं ।’

कसरी हाे काठमाडौंबाटै कर्णालीको जागिर !

जुम्ला , साउन ६ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए । अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नबित्दै रजिष्ट्रार विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राधयापक डा. मोदनाग मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फ लागे । तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन । प्रतिष्ठानका जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फ्रिज भयो । विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाडौंमा केन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिकारीविहीन छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कर्णालीमै भएकाले अधिकांश समय कर्णालीमै बस्नुपछर् । तर, यहाँका पदाधीकारीले काठमाडाैंस्थित सम्पर्क कार्यालयमा बसेर कर्णालीको दुर्गम भत्ता असुल्ने गरेका छन्, नागरिकमा खबर छ ।