बिदेशबाट घर फर्किंदा न श्रीमती, नत सम्पत्ति नै

काठमाडौं, साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन् ।

उनको विवाह भएको १३ वर्ष भयो । श्रीमती, एक छोरा र दुई छोरीका पिता बाबुराम बिदा सकेर हरेक वर्ष खुसीखुसी काममा फर्किन्थे । तर, यसपटकको उनको यो बिदा निकै पीडादायी रह्यो ।

नौमहिने दुधेबालक छोडेर श्रीमतीले घर छाडेपछि बाबुरामको बिदा पीडादायी भएको हो,नयाँ पत्रिकामा खबर छ ।

बाबुरामका अनुुसार श्रीमती बिना बैंकबाट चार लाख रुपैयाँ निकाल्ने भन्दै तीन दिनअघि घरबाट सदरमुकाम तम्घास गएकी थिइन् । तर आजसम्म उनको अत्तोपत्तो छैन ।

बाबुरामका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि खातामा छैन । बिनाले घरमा भएको लैनो भैसी, तीनवटा बाख्रा पनि बेचिसकेकी थिइन् । ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थी,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझ्दा१९ लाखमा एक रुपैयाँ छैन ।’

पछि गाउँमा बुझ्दा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैको हल्ला छ ।’

जिसस अछाममा कांग्रेस–माओवादी गठबन्धन निर्विरोध विजयी

अछाम, साउन १७ । जिल्ला समन्वय समिति (जिसस) अछामको संयोजकमा नेपाली काँग्रेसका नेता नरबहादुर कुँबर निर्विरोध चयन भएका छन । मंगलवार भएको मनोनयन दर्ता कार्यक्रममा एमालेले उम्मेदवारी नदिएपछि कुँबरसहित काँग्रेस माओवादी गठबन्धन निर्विरोध भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १२ बजेसम्मका लागि तोकेको मनोनयन दर्ताको समयमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट मात्र मनोनयन दर्ता भएपछि ९ सदस्यीय समिति निर्बिरोध चयन भएको हो । समन्वय समितिको संयोजकमा नरबहादुर कुँबरको मात्र उम्मेदवारी परेको छ भने उपसंयोजकमा स्वतन्त्रवाट कांग्रेसकै टोपबहादुर रावलको एक्लो उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भएका छन । यस्तै सदस्यहरुमा नेपाली काँग्रेसबाट शिव तिरुवा, तुलाराम साउद, सुरत थापा, लक्ष्मी शाह र तुल्छि चलाउने तथा माओवादी केन्द्रवाट खकेन्द्र साउद र लक्ष्मी कुमारी सुनार पनि निर्विरोध चयन भएका छन । जिल्ला समन्वय समितिका लागि स्पष्ट बहुमत भएपनि नेकपा माओवादी केन्द्रलाई पनिसंगै लिएर काँग्रेसले समन्वय समिति बनाएको हो । कुल २० मत (प्रमुख र उपप्रमुख) मध्ये ११ मत काँग्रेस, ५ मत एमाले र ४ मत माओवादी केन्द्रसंग रहेको थियो । कांग्रेसले समन्वय समिति एकल रुपमा चयन गर्न सक्ने भए पनि केही स्थानीय तह र गाँउ तथा नगर कार्यपालिकाको निर्वाचनमा दुई दलबीच तालमेल भएकाले उक्त गठबन्धनलाई निरन्तरता दिन पनि समन्वय समितिमा पनि दुई सदस्य माओवादी केन्द्रको भागमा परेको कांग्रेस जिल्ला सभापति भरतकुमार स्वाँरले जानकारी दिए ।

भारतीय राजदूत पुरीले के भने रापजाका नेतालाई ?

काठमाडौं, साउन १७ । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई भारतीय राजदूत मन्जिभसिंह पुरीले निर्वाचनमा सहभागी हुन सुझाव दिएको बताइएको छ । मंगलबार लैनचौर रहेको भारतीय दूतावासमा भएको छलफलमा राजपा नेपालका नेताहरुले सरकारले माग पूरा गर्ने बचन दिएपनि कार्यान्वयन नगरेकाले माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताएका छन । राजपाका नेताहरुले निर्वाचनमा सहभागी नहुने बताएपछि निर्वाचनमा सहभागी हुंदा राम्रो हुने सुझाव राजदूत पुरीले दिएको भारतीय दूतावास स्रोतले जनाएको छ । दूतावासमा भएको छलफलमा राजपाका महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिह भण्डारी, अनिल झा र राजेन्द्र महतो सहभागी भएको बताइएको छ ।

मन्त्रीकै अगाडि कुटिए जनकपुर उपमनपाका कार्यकारी अधिकृत

धनुषा, साउन १७। शहरी विकास मन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि आज बिहानै सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरिएको हो । आयोजनाको काममा ढिलासुस्ती र लापर्वाही भएको गुनासो नगरवासीले मन्त्री साहसामु गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो । सोही क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहनुभएका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहेका थिए । उपमहानगरपालिकाकै समन्वयमा सञ्चालित आयोजनाका सबैभन्दा बढी जिम्मेवार कार्यकारी अधिकृत मन्त्रीका अगाडि नबसेर गाडीमा बसेको देखेपछि केही स्थानीय युवाले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरेका थिए । तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि ती युवा आक्रोशित भएको र उनलाई गाडीबाट तान्दै कुटपिट गरेको बताइएको छ । कुटपिटपछि अवस्था थप बिग्रन नदिन मन्त्री साहलाई तत्काल प्रहरीले घटनास्थलबाट बाहिर लगेको थियो । यता, मन्त्री साहले बिजुली विभाग, टेलिकम र खानेपानी कार्यालयको असहयोगका कारण कामले गति लिन नसकेको आफूले जानकारी पाएको बताए । समन्वयको अभावमा निर्माण कार्य प्रभावित भएको र जनताले सास्ती भोग्नुपरेको देखिएकाले शीघ्र समन्वय गरी दुई तीन दिनभित्र सबै समस्या समाधान गर्न आफूले सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिए ।

५ अबर्को नयाँ अभियानमा धुर्मुस सुन्तली, अब ललितपुरमा ‘नमूना नेपाल’ शुरु गरिने

‘धुर्मुस-सुन्तली’ फाउन्डेसनले पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको महत्वाकांक्षी योजना ‘नमुना नेपाल’ निर्माणका लागि सरकारी स्विकृतीको प्रक्रियामा छ । ‘नमुना नेपाल’ निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिका वडा नं–५ को लेले स्थित खाँवा डाँडालाई छनोट गरिएको छ । फाउन्डेसले आर्थिक सहायता जुटाउन सामाजिक संजालमा अभियान सुरु गरिसकेको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा निर्माण हुन लागेको हो । ‘धुर्मुस(सुन्तली’ फाउन्डेशनले कोरेको खाका अनुसार, ‘नमुना नेपाल’भित्र मिनि रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, मुक्तिनाथ, भ्यु टावरसहितको धरहरा, पशुपति, बौद्धनाथ आदि विविध सांस्कृतिक, धार्मिक स्थलहरू हुनेछन् । यस परियोजनाबाट नेपाल भरी रहेका सम्पुर्ण जातजातीको संस्कृतीक प्रतिनिधित्व हुने गरी एकै स्थानबाट पुरै नेपाल हेर्न, देख्न र महशुस गर्न सकिनेछ । अभियानलाई साथ दिनका लागि उनीहरुले सामाजिक संजालमार्फत आग्रह गरेका छन् ।

भरतपुर–१९ मा चुनावको मिति तोक्न निर्वाचन अधिकृतलाई निर्देशन

भरतपुर, भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदानको कार्यक्रम सार्वजनिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै निर्वाचनको मिति तोकि आवश्यक तयारी अघि बढाउन भनेको हो । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दामा पुनः मतदानको फैसला भएको थियो ।

मदिरा र जुवातास बन्द गराउन महिला आन्दोलित

बैतडी, साउन १७ । मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् । मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार–३ श्रीकोटका महिला आन्दोलित भएका छन् । मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् । लक्ष्मी ओडको अध्यक्षतामा महिला जागरण उत्थान समूह गठन गरेर सोमबार डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गर्नुपर्ने माग गरेका हुन् । सोमबार पहिलोे दिन नाराजुलुससहित वडा कार्यालय घेराउ गरेको र आज वडा कार्यालयमा मदिरा तथा जुवातास बन्द गर्नुपर्ने भनेर ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको र मागको सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत श्रीकोटका महिलाले बताएका छन् ।

यु ए ई मा २३औ अन्तराष्ट्रीय विश्व आदिबासी दिवसमा भब्य 

यु ए ई ।  नेपाल आदिबासी जनजाती महासंघ यु ए ई ले २३ औ अन्तराष्ट्रीय विश्व आदिबासी दिवस तथा आदिबासी जनजाती महोत्सव भब्य रुपमा मनाउने भयको छ िआदिबासी दिवस अगस्ट ९ मा मनाउनु पर्ने भयपनी प्रावासको बसाइ र काम सग समय अनुकुल नभयको कारण १ दिन ढिलो गरेर मनाउन लागेको हो दुबईको डेरा स्थित कार्ल्टोन टावर होटेलमा आयोजना हुने कार्यक्रम दिनको २ बजे देखि शुरु हुने  छ । नेपालि राजदुताबास यु ए ई का महामहिम कार्यवाहक राजदुत श्री नेत्र बहादुर टन्डन को प्रमुख आतिथ्य र नेपाल बाट बिशेष अतिथि र प्रमुख बक्ताको रुपमा लामो समय देखि आदिबासी जनजाती हरुको हक अधिकार सुनिश्चित गर्नको लागी लडिरहनु हुने आदिबासीहरुको अभियान्ता तथा समाज शास्त्री डा कृष्ण बहादुर भट्टचन रहनु हुने भयको छ भने अन्य लग भग ७० वटा संस्था लाई अतिथिको लागी निमन्त्रणा गरेको आयोजकले बतायको छ । कार्यक्रमको आयोजक नेपाल आदिबासी जनजाती महासंघ हो भने सह आयोजक महासंघमा आबद्द ११ वटा संस्थाहरु तमुसमाज यु ए ई , किरात राइ यायोक्खा शाखा यु ए ई , नेपाल मगर संघ शाखा यु ए ई , तामाङ्ग समाज यु ए ई , शेर्पा किदूग यु ए ई , थारु कल्याणकारी सभा यु ए ई , प्रवाशी माझी समाज यु ए ई , प्रवाशी भुजेल समाज सेवा समिति , सुनुवार सेवा समाज यु ए ई , नेवा पुछ यु ए ई , किरात याक्थुङ्ग चुम्लुङ्ग यु ए ई रहेका छन् िउक्त कार्यक्रमको मुख्य आकर्षणमा ११ वटै जातिय संस्थाको आ आफ्नो पहिचान झल्किने जातिय भेष भुषा हस्तकला चित्रकला र जातिय परिकारको स्टल रहने भयको छ िउक्त स्टल निरीक्षण समितिले निरीक्षण गरि उत्कृष्ट स्टल राख्ने संस्था लाई पुरस्कृत पनि गरिने कार्यक्रम संयोजक पासाङ्ग शेर्पाले बताए । तेसैगरि सांस्कृतिक कार्यक्रम अन्तर्गत ११ वटा जातिय सस्था बाट सांस्कृतिक झाँकीको प्रस्तुति हुनेछ िसाथमा कार्यक्रम लाई थप आकर्षक बनाउनको लागी स्थानिय ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुति रहने सांस्कृतिक बिभाग प्रमुख बिजय लक्ष्मी राईले बताए िमहासंघमा लामो समय देखि योगदान गर्दै आउनु भयको ब्याक्तीहरुलाई पनि महासंघले सम्मान गर्ने भएको छ । साथै उक्त दिन नेपाल आदिबासी जनजाती महासंघ यु ए ई को महाधिबेशन जुलाई २८ तारिकमा भय पनि तेस्को आधिकारिक घोषणा भने महोत्सवको दिन निर्वाचन समितिले गर्ने र सपथ ग्रहण पनि तेही दिन गराइने अध्यक्ष डेर राज गुरुङले जानकारी गराए िमहासंघले यु ए ई मा कार्यरत सम्पूर्ण दाजु भाइ तथा दिदि बहिनीहरुमा उपस्थित भई कार्यक्रम सफल बनाई दिन हुनको लागी अनुरोध गरेको छ । -सुत्रमनि दुमी राई रदुबई

कतारमा एक नेपालीको मृत्यु

करिब चार महिना अघि कतार आइपुगेका तेह्रथुम आठराई चुवान डाडा स्थाई बसोबास भई हाल झापा अर्जुनधारा निवासी ग्याल्चोक लाम्खोरको गत जुलाई २५ तारिक कोठामा बसेको अबस्थामा मृत्यु भएको छ । रातिको डिउटी सकेर कोठा आएको र टेलीफोनमा साथिसंग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछी उनलाई हस्पिटल पुर्याएको थियो । कतारको सरकारी हस्पिटल हमाद हस्पिटलको वक्रा ब्रान्चमा पुर्याइए पनि उनको पहिले नि निधन भएको हस्पिटलले जनाएको छ । कम्पनीले मृतककी श्रीमती झुमा तामांगलाई टेलीफोन मार्फत श्रीमानको मृत्यु भएको जानकारी गराएपछी परिवारमा रुवाबासी छाएको छ । हप्तुर लिन्टन ग्रुप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनि बाट कतार आएका थिए । मृतक लाम्खोरका श्रीमती र एक छ बर्षिय छोरा रहेका छन् । मृतकका छिमेकी मेघराज मैनालीले आबुधावी दुबई बाट कतारमा रहेका डम्बर कुमार बराललाई सम्पर्क गरी जानकारी गराए पछि घटनाको तथ्य जानकारी भएको थियो । बराल कतार इन्जीनियरिंग कम्पनीमा कार्यरत छन् । उनले घटना थाहा पाए बित्तिकै मृतकका कम्पनिमा गएर मृतकका बारेमा जानकारी लिएका थिए । कम्पनीले लाश पठाउनको लागी भनेर कतारी लियल १५०० उनै बराललाई हस्तान्तरण गरेको छ भने परिवारलाई सहानुभूति दर्शाउदै पाच हजार रियल मृतककी श्रीमतीका नाममा नेपाल पठाएको छ । मृतकको शब अगस्ट एक तारिक बिहान तीन बजे (आजै राति ) कतार एयरवेजको विमानबाट नेपाल पठाउने अन्तिम तयारि भइ सकेको बराल बताउछन भने मृतकको शब लिएर बराल आफै नेपाल जाने उनले जानकारी दिए ।

सर्वोच्चको निर्णयप्रति एमाले स्थायी कमिटीले पास गरेको विशेष प्रस्तावमा के छ ?

काठमाडौं, साउन १६ । नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले भरतपुर घटनाका सन्दर्भमा सर्वोच्‍च अदालतले गरेको निर्णय दुखद भएको भन्दै विशेष प्रस्ताव पारित गरेको छ। ‘हिजो सर्वोच्‍च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ–एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ ।’ ‘सर्वोच्चले गरेको निर्णयलाई गम्भीर रुपमा लिँदै भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगरप्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाउन समेत आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ। वैशाख ३१ गते सम्पन्‍न भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा जेठ १४ गते राती माओवादी केन्द्रका प्रतिनिधिहरुले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको एमालेको निष्कर्ष छ’, विज्ञप्तिमा भनिएको छ।

मृत अवस्थामा गैंडा भेटियो

नवलपरासी, साउन १६। नवलपरासीको कावासोती नगरपालिका– १७ अमलटारीमा एउटा पोथी गैँंडा मृत अवस्थामा भेटिएको छ । नारायणी नदी किनारमा वनभोजस्थलको झाडीमा सो पोथी गैँंडा मृत अवस्थामा सोमाबर भेटिएको हो । स्थानीयबासीले मृत गैँंडा देखेपछि वन कार्यालयमा जानकारी गराएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए । गर्भिणी अवस्थाको गैँंडाको मलद्वारबाट आन्द्रा निस्किएको अवस्थामा फेला परेको देवकोटाले बताए । अन्दाजी १६ वर्षको गैँंडाको खाग र खुर सुरक्षित रहेकाले बच्चा पाउन नसकेर मृत्यु भएको हुन सक्ने बताइएको छ । परीक्षणका लागि सौराहबाट चिकित्सकको टोली अमलटारी आइपुगेको छ । गैँंडा मृतको कारण थाहा हुनसकेको छैन । यसबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

मोरङ, साउन १४ । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ । आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए । उहाँका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने छ । आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको उहाँले बताउनुभयो । बेतना सिमसार अवलोकन गर्न सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । अवलोकनका लागि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकाले सिमसार क्षेत्रभित्र आकाशे पुल, झोलुंगे पुल र पौडीपोखरी निर्माण गर्ने कार्ययोजना तयार गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

सिन्धुलीमा ३४ हजार भूकम्प प्रभावित, घर निर्माण गर्ने ३ हजार

सिन्धुली, साउन १४ । वि.स. २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माणले तिव्रता पाउन सकेको छैन । सिन्धुलीमा ३४ हजार प्रभावितमध्ये ३ हजारले मात्र घर निर्माण सुरु गरेको एक तथ्यांकले देखाएको छ । भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले किस्ताबन्दीमा अनुदान वितरण गरे पनि सिन्धुलीमा दोस्रो किस्ता लिनेको संख्या न्यून छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्यव समितिको सचिवालय सिन्धुलीका अनुसार जिल्लाका ३४ हजार २ सय ७० लाभग्राही मध्ये २९ हजार १ सय ५१ जनाले पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् । तर, घर निर्माणको काम भने ३ हजार जतिले मात्र सुरु गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले २ हजार ६ सय ३१ लाई दोस्रो किस्ता र १ सय ३२ लाई तेस्रो किस्ता सिफारिस गरेको जनाएको छ । सिन्धुलीमा घर निर्माण शुरु गरेका भूकम्प प्रभावित मध्ये १ हजार १ सय ८५ ले मात्र दोस्रो किस्ताको रकम प्राप्त गरेकाले पनि पुनर्निर्माणको काममा ढिलाई भएको पुष्टि भएको छ । पुनर्निर्माणका लागि सरकारी मापदण्ड र झन्झटिलो प्रक्रियाका कारण प्रभावितहरुले घर बनाउन नसकेको बताएका छन् । वर्षाको समयमा दक्ष कामदार, इञ्जिनियरको कमी, पानी, काठ र निर्माण सामग्रीको अभाव र प्राविधिक ज्ञानको कमीका कारण पुनर्निर्माणले गति लिन नसकेको भूकम्प प्रभावितहरु बताउँछन् । स्थानीय तहमा खटिएका ईन्जिनियरले भूकम्प प्रतिरोधी घर सिफारिस गरेर शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्राविधिक सुपरिवेक्षण टोलीले प्रमाणित गरेपछि मात्रै जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत दोस्रो किस्ता वितरण हुन्छ । भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा थप एक लाख गरी तीन लाख पाउने व्यवस्था छ । तर न्यून आर्थिक अवस्था भएका ग्रामिण क्षेत्रका भूकम्प प्रभावितले महंगो निर्माण सामग्री प्रयोग गरेर भूकम्प प्रतिरोधि घर बनाउन सक्ने अवस्थामा देखिँदैनन् । सिन्धुलीमा २५ हजार ५ सय ३८ गुनासा संकलन भए पनि हाल सम्म २ सय ९९ गुनासा मात्र फछ्र्योट भएको कार्यालयले जनाएको छ ।

११८ जोडीको सम्बन्धविच्छेद

बाबियाचौर (म्याग्दी), १४ साउन । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३÷७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा ११८ को फस्र्योट भएको र १२ वटाको चालू आव २०७४÷७५ मा जिम्मेवारी सरेको छ । अघिल्लो आव २०७२÷७३ मा ८० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएको स्रेस्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकार्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याएको हो । सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा छुट्टिने समस्या बढेको छ । अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको कानुन व्यवसायी धु्रवराज शर्माले बताउनुभयो । सानो उमेरमै अपरिपक्व अवस्थामा विवाह गर्नेहरु पारिवारिक, आर्थिक र सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने तथा वैदेशिक रोजगारीका कारण श्रीमान्श्रीमती लामो समय टाढिँदा एकार्कामा अविश्वास सिर्जना हुँदा सम्बन्धविच्छेद बढेको पाइएको छ ।

सोलुखुम्बुमा कार्यालय सहयोगीले पढाउनुपर्ने बाध्यता

सोलुखुम्बु, साउन १४ । जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ एक शिक्षकको भागमा ७२ विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । विद्यालयमा इसिडी(पूर्वबाल विकास)सहित छ जनाको दरबन्दी छ । स्थायी चार तथा राहत इसिडी र कार्यालय सहयोगी एक एक गरी सात जना हुनुपर्नेमा शिक्षक चक्रबहादुर राई सात वर्षदेखि काजमा हुनुुहुन्छ । गाउँपालिकाको सुविधासम्पन्न विद्यालयका रुपमा चिनिने वीरेन्द्रज्योति मावि, सोताङमा काज सरुवा भए पनि फिर्ता नहुँदा पठनपाठनमा थप समस्या भएको विद्यालयका प्रअ खड्गबहादुर राईले बताउनुभयो । रिड नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम सञ्चालन गरेसँगै जिल्लामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा क्षमता मापन गरिन्छ । प्रअ राई भन्नुहुन्छ, “शिक्षक अभावका कारण नियमित मूल्यांकन र शिक्षण सामग्री तयार पार्न समेत चुनौती छ ।” विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो नदिएको प्रअ राईले गुनासो गर्नुभयो । भौगोलिक विकटताका कारण नजिकमा विद्यालय नहुँदा विद्यालय क्षेत्रका विद्यार्थीको संख्या अत्यधिक भए पनि बाध्यताले बालबच्चालाई त्यही विद्यालयमा अध्यापन गराइएको अभिभावक तारा कुलुङले बताउनुभयो । शिक्षक अभावका कारण कार्यालय सहयोगीले समेत पढाइरहेका छन् ।

१० लाखको औषधि जलाएर नष्ट

जाजरकोट,  साउन १४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै वातावरण प्रदूषण हुने गरी औषधि जलाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर लमबहादुर खड्काले बताए  । अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उक्त औषधि नष्ट गर्न नपाइने भए पनि औषधि व्यवस्था विभाग काठमाडौँ पु¥याउन भाडा लाग्ने भन्दै यतै जलाइएको खड्काको भनाइ छ । अस्पतालको हाताभित्रै औषधि जलाउँदा बिरामी, कर्मचारी र वरपरका बासिन्दालाई यसको गन्धले असर गरेको बताइएको छ । कार्यालयले रु १० लाखभन्दा बढी मूल्यको औषधि रातारात जलाएको अस्पतालका एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । म्याद गुज्रेको भन्दै अस्पतालको भण्डारमा रहेका औषधि जलाइएको उनको आरोप छ । एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३४ स्वास्थ्य संस्थामा औषधिको अभाव भइरहने गर्छ । कार्यालयको चरम लापरबाहीका कारण औषधि सधैँ थन्क्याएर राख्ने र अन्तिममा जलाएर नष्ट गर्ने गरिएको छ । सधैँजसो महामारीको प्रकोप भइरहने र औषधिको अभाव भइरहने जिल्लामा ठूलो मात्रामा औषधि जलाउनु निकै दुःखद भएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता डम्बर सिंहले बताउनुभयो । अस्पतालका कर्मचारी र औषधि बिक्रेताको मिलेमतोबाट धेरै औषधि खरिद गरिने भएकाले जिल्लामा यति ठूलो मात्रामा औषधिको म्याद सकिएको नेता सिंहको आरोप छ । समयमै गाउँका स्वास्थ्य संस्थामा आवश्यक औषधि अभाव हुने गरे पनि ठूलो मात्रामा जिल्लामा म्याद गुज्रेका औषधि थुप्रिने गरेको छ । निमित्त जनस्वास्थ्य प्रमुख रामपुकार साहले जथाभावी औषधि जलाउँदा यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउनुभयो । “पचहत्तर जिल्लामा कहीँ पनि म्याद गुज्रेको औषधि नष्ट गर्न पाइँदैन”, साहले भन्नुभयो । यस्तो औषधि नष्ट गर्ने काम औषधि व्यवस्था विभागको हो । यसलाई एक हजार २०० डिग्री तापक्रम दिएर इन्सिनेटरमा राखेर नष्ट गर्नुपर्ने व्यवस्था छ । साहका अनुसार इन्सिनेटर किन्न रु १८ लाख पर्छ । विसं २०७२ मा सरकारले १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गरेको थियो । व्यावहारिक हिसाबले तीन महिना पहिलादेखि अस्पतालले कुनै पनि काम जनस्वास्थ्य कार्यालयसँग नगरेको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा धर्मराज रेग्मीले बताए  । उपचार गराउन आएका बिरामीलाई कहिलेकाहीँ अस्पतालमा नभएको औषधिबाट उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग माग्दा पनि उसले नदिने गरेको निमित्त प्रमुख डा रेग्मीको भनाइ छ । जनस्वास्थ्य कार्यालय र अस्पतालसँगै भए पनि निर्माण भएका भवन र गाडीसमेत कार्यालयले अस्पताल प्रयोजनमा दिन रोक लगाएको छ । अस्पताल र कार्यालयबीच चिसिँदै गएको सम्बन्ध मिलाउनका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीसहितको टोली बसेर समस्या समाधानको बाटो खोजिए पनि समाधान निस्किएको छैन ।