प्रेम गरेकै नाममा केटीमाथि निर्घात कूटपीट, केटालाई १ लाख जरीवाना

रुपन्देही, साउन ५ । तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले मीना यादवलाई निर्घात कुटपिट गरेका हुन् । प्रेम गरेकै दोषमा रुपन्देहीको सम्मरीमार्य गाउँपालिका बडा नम्बर ६ की डिहुलीकी यादवलाई गाउँलेले निर्घात कुटपिट गरेका हुन ।

सामाजिक सञ्जाल फेसबुकमा मनोज लामिछानेले अपलोड गरेको भिडियोमा मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १ लाख जरिवाना समेत तिराएका छन्।

घटना आजभन्दा १५ दिन अगाडिको हो तर सामाजिक सञ्जालमा भिडियो केहीसमय अघिमात्रै सार्वजनिक भएको हो । मीना र दिनेश दुवैजना विवाहित हुन् ।

हेनुहोस भिडियो:

लागुऔषधीसहित सात जना प्रहरी फन्दामा

हेटौडा, साउन ४ ।अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले आज चारजना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ । प्लास्टिकको ३० वटा पाकेटमा प्याक गरेर झोलामा लुकाएर ल्याएको अवस्थामा चरेस व्यापारी भारत मजफपुरका ३८ वर्षीय रन्जित सिंह, निर्भय सिंह, मुकेश सर्राव, कलावती साह, रौतहटी राजपुरकी ताल्मा खातुन र मकवानपुर थाहा नपा ७ का भरिया १८ वर्षीय विक्रम स्याङतान र हिरा स्याङतानको साथबाट ३० केजी चरेस एक भारतीय गाडी, ६ थान मोबाइल र ३३ हजार भारतीय नोट सहित बरामद गरेको गरिएको जनाइएको छ । चरेस व्यापारी सिंह सहित पाँचजना हेटौडाको एक होटलबाट पक्राउ परेको सशस्त्र प्रहरी बल वेसक्याम्पका प्रहरी नायव उपरीक्षक त्रिभुवन विष्टले जानकारी दिए ।

स्मार्ट सिटी कसरी बनाउने छलफल गर्दै नगरप्रमुखहरु

धुलिखेल, साउन ४ । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित सूचना–प्रविधि पार्कमा भेला भएका थिए । स्थानीय तह निर्वाचनका बेलामा सबै राजनीतिक दल र त्यसका प्रतिनिधिले आफ्नो घोषणा पत्रमा स्मार्ट सिटी बनाउने भन्ने विषयमा उल्लेख गरिएको भएपनि वास्तवमा स्मार्ट सिटी के हो र कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा सहज बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा मनिष पोखरेलले बताए । सूचना प्रविधि पार्कमा आयोजित गोष्ठीमा बोल्दै पूर्व सूचना तथा वातावरण प्रविधि मन्त्री गणेश शाहले नेपालमा बढी सहरीकरण भइरहेको भन्दै त्यसमा व्यवस्थित गर्न नसकेमा समस्या उत्पन्न हुने बताए । “शहरीकरणको नाममा तीव्रगतिमा विकास भइरहेको छ, जसले गर्दा अव्यवस्थित छ ।” शाहले भन्नुभयो, “स्मार्ट सिटी बनाउने हो भने कुल बजेटको एक प्रतिशत बजेट विज्ञान प्रविधिको विकासमा छुट्याउनुहो्स् ।” “सडक बनाउने, पेटी फुटिरहने, तार टाँग्ने पोल बाङ्गो हुने, यस्तो अवस्थाले स्मार्ट सिटी बन्दैन ।” पूर्वमन्त्री शाहले भन्नुभयो, “जनप्रतिनिधिले विद्युतीय शासन पद्धति प्रयोगमा ल्याउनुस् ।” उनले जनप्रतिनिधिलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आइसिटी मैत्री बनाउँदै लैजानसमेत सुझाव दिनुभयो । त्यसका लागि जीवन्त पद्धतिको विकास गर्दै हरेक शहरमा सार्वजनिक पुस्तकालयको स्थापना गर्न आग्रह गरे । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा राकमण्ठ माकजु श्रेष्ठले संरचनाले मात्रै आइटी सिटी नबन्ने उल्लेख गर्दै त्यसका लागि काम गर्ने जनशक्ति र बौद्धिकतालाई परिचालन गर्न आवश्यक रहेको बताए । “ज्ञानको सृष्टि गर्नुपर्छ र भावी पुस्तालाई सशक्तीकरण गर्नुपर्छ ।” श्रेष्ठले भन्नुभयो, “जहाँ गर्दागर्दै सिक्न सक्छ र सिक्दासिक्दै गर्न सक्छ ।” त्यसका लागि जनप्रतिनिधि र विश्वविद्यालयबीचको सहकार्य आवश्यक रहेको उनले बताए । श्रेष्ठले काठमाडौँजस्तो शहरमा स्मार्ट सिटी बनाउन नसकिने समेत बताए । “काठमाडौँमा १०÷१५ मिनेटमा हिँडेर जाने ठाउँमा खानेपानीको धारा छैन, आधा घण्टा हिँडेर आराम गर्ने पार्क छैन, केही समय हिँडेर पुग्ने खोलाको छेउ छैन, अनि किसानलाई काम गर्दागर्दै एक कुनामा गएर पिसाब फेर्ने ठाउँ नभएको ठाउँमा स्मार्ट सिटीको कुरा गरेर हुन्छ ?” उनले प्रश्न गरे । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक आनन्दराज ढुंगानाले भने स्मार्ट सिटी नारा मात्रै नभई ‘कमिटमेन्ट’ हो भने स्मार्ट सिटी बनाउन गाह्रो नहुने बताए । के हो स्मार्ट सिटी ?  कार्यक्रमको पहिलो सत्रमा काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा मनिष पोखरेल र इञ्जिनियर किशोर थापाले स्मार्ट सिटी र त्यसको उपयोग र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा आ–आफ्नो प्रस्तुति राखे । आफ्नो प्रस्तुति राख्दै इञ्जिनियर किशोर थापाले भने “सूचनाको अधिकतम प्रयोग गरी सेवा सुविधालाई सहज र सरल बनाइएको शहर नै स्मार्ट सिटी हो ।” उनले नागरिक–नागरिक र नागरिक सरकारबीचको सञ्चार र संवादलाई सहज र सर्वसुलभ बनाइने शहर नै स्मार्ट सिटी भएको उल्लेख गर्दै स्मार्ट सिटी बन्नका लागि विभिन्न सेवा सुविधा, इन्टरनेटमार्फत अटोमेशन प्रणालीमा आबद्ध शहर हुनुपर्ने बताए । अवसरमा उनले स्मार्ट सिटी बन्न फुर्तिला, स्वस्थ, लगनशील र उत्पादनशील नागरिक बस्ने शहर हुनुपर्ने उल्लेख गर्दै ऊर्जाको कम खपत हुने र वातावरणमैत्री पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने बताए  । त्यसका लागि व्यवस्थित र योजनाबद्ध बस्ती, ब्रोडब्याण्डसहितको इन्टरनेट सुविधा, नियमित विद्युत् आपूर्ति र आवश्यक हार्डवेयर र सफ्टवेयरको व्यवस्था, नागरिकलाई सूचना प्रविधिसम्बन्धी आधारभूत तालिम र विभिन्न सेवा र सूचना आदान÷प्रदान गर्ने मोबाइल एप्सको प्रयोगलगायतका आवश्यक पूर्वाधार हुनुपर्ने बताए । डा पोखरेलले पानी व्यवस्थापन, कृषि व्यवस्थापन र फोहर व्यवस्थापन गर्नसकेमा स्मार्ट सिटी बन्ने बताए । “त्यसको लागि आफ्नो–आफ्नो नगरको सम्भावना आफैँले पहिल्याएर गर्ने कामको थालनी गरेमा स्मार्ट सिटी बनाउन सकिन्छ ।” पोखरेलले भने, “हाम्रो नगरमा ताल र नदी भएपनि धारामा पानी थाप्न घण्टौँ लाइन बस्नुपर्छ, तल कोशी बगिरहेको भएपनि माथि खेतबारी बाँझै हुने समस्याले कसरी स्मार्ट सिटी बनाउन मद्दत गर्छ ?” गोष्ठीमा काभ्रेपलाञ्चोकका बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध र मण्डन देउपुर नगरपालिका, काठमाडौँको कागेश्वरी नगरपालिका, ललितपुर महानगरपालिका, कास्कीको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो । के भने नगरका प्रमुखले ?  धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जनताको सेवा लिने प्रणालीलाई व्यवस्थित बनाउँदै शासनलाई बलियो बनाउने र विद्युतीय शासनको विकास गर्न आवश्यक रहेको बताए  । ब्याञ्जुले धुलिखेलमा धुलिखेल सामुदायिक अस्पताल र नेपालकै नमूना खानेपानी उपभोक्ता समितिलगायतको काम भएका कारण पनि स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताए  । त्यससँगै काभ्रे एकीकृत खानेपानीलाई व्यवस्थित बनाउनका लागि पनि स्मार्ट सिटीको आवश्यकता रहेको उनको भनाइ थियो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्थानीय तहको सरकार स्थापना भइसकेको अवस्थामा सेवा सुविधाको जानकारी नागरिकसम्म छिटो पुर्याउनका लागि पनि स्मार्ट सिटीको आवश्यकता रहेको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरमा इलेक्ट्रोनिक नक्सापास गर्ने प्रविधि द्रुतगतिमा भइरहेकाले हिजोकै पद्धतिमा टिप्पणी उठाएर कार्यान्वयन गर्ने हो भने अहिलेको जनप्रतिनिधिको औचित्य नभएको भन्दै गरेका कामको अवस्थालाई इलेक्ट्रोनिक पद्धतिमा लानको लागि पनि इसिस्टमको आवश्यक भएको बताए । “अबको वडाप्रमुखले नागरिकको काम गर्न निवेदन लेख्ने होइन, फोन गर्ने, म्यासेज लेख्ने वा फोटो खिचेर समस्या के हो पठाउने, अनि काम गर्न कति दिन कति समय लाग्छ, त्यसको जानकारी सेवाग्राहीलाई छिटो दिने भनेर निर्देशनसमेत दिइसकेको अवस्थामा इसिस्टम आफ्नो नगरको लागि अत्यन्तै आवश्यक भएको बताए । कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सेवाग्राहीलाई जनप्रतिनिधले गरेको कामको जानकारी दिनको लागि आइटीको माध्यमबाट छिटो हुने भएकाले स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताए ।   । नगरपालिकाको जनसांख्यिक तथ्याँक लिनको लागि पनि आइटीको प्रयोग गर्नुपर्ने भएकाले इसिस्टम आवश्यक भइसकेको बताए । । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो नगरको कृषकलाई कृषिबाट नै धनी बनाउन पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै त्यसको लागि स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताए । खरेलले भने “अब नगरको कामलाई स्मार्ट एग्रीकल्चरबाट शुरु गर्नुपर्छ ।” कृषकको आयस्तर बढाउनका लागि र बस्ती व्यवस्थापनको लागि पनि स्मार्ट सिटीको अवधारणाबाट मात्रै विकास गर्न लागेको बताए । त्यसरी काम गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै काठमाडौँ विश्वविद्यालयले जनशक्तिको व्यवस्थापन गर्नमा आवश्यक सहयोग गर्न पनि गोष्ठीमा सहभागी जनप्रतिनिधिले आग्रह गरे । विश्वविद्यालयले आवश्यक सहयोग र जनशक्तिको उपलब्धताको लागि सधैँ तयार रहेको बताउँदै त्यसका लागि नगरपालिका र विश्वविद्यालयबीचको समन्वय जरुरी रहेको जनाएको छ ।

जापानको जमिनमा घर बनाउने पहिलो गुल्मेली खरेल खोलामा मृत फेला

प्रेम सुनार गुल्मी, साउन ४ ।  जापानमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापनको जमिन नै किनेर घर बनाउने पहिलो गुल्मेली ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ , साविककाे रुपाकोट–९ दम्कुवा घर भएका हिजो विहान जापानको एक खोलामा मृत फेला जापानको प्रहरी श्रोतले जनाएको छ । जापानको टोकियास्थित मिनामीसेन्जु भन्ने शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल अँस्ती साँझ जापनीज समय साढे आठ वजेतिर घर नजिकैको फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्ट तर्फ जाँदै जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए । मृतककी श्रीमति हरिकला संग फोनबाट जानकारी ल्याए अनुसार त्यस साँझ साढे ९ वजेतिर उनको फोन बन्द भई सकेको थियो । राती अवेर सम्म नभेटिए पछि विहान प्रहरीलाई सुचित गर्दै त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहस्यम रहेको त्यहाँको सम्पर्कमा रहेका दाजु शेषकान्त घरेलले जानकारी दिए । उनले भने–‘ भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनि संग नभए पछि एक जना ग्राहकको पर्चिबाट शवको पहिचान भएको बताईएको छ । जापानको प्रहरीले सिसीटिभिको माध्यमबाट उनको रहश्यमयमृत्युको अनुसन्धान गरी रहेको जानकारी परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’ मुम्वईको कोठी देखि जापानको निजी महल सम्मको यात्रा २२ वर्ष अघि देखि जापानमा बस्दै आएका खरेलको त्यस अघिको मजदुरीको कथा पनि आम सामन्य परिवारका नेपाली सहरकै थियो । करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दा गर्दै होटललाई लाईनको काम सिकेर जापान पुगेका थिए । त्यहाँ पुगेर विभन्न मजदुरी गर्दा गर्दै खरेल पछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै रेष्टुरेण्टको संख्या चर वटा पुराए । अन्ततः परिवारको दावि अनुसार जापानमा जमिन किनेर घर बनाउने पहिलो नेपालीका रुपमा ईतिहाँस रचे । परिवारको दावि वाहेक हामीले अरु जिल्लामा बुझ्न नसकेकोले उनलाई पहिलो गुल्मेली भन्न चाहेका हौं । किन कि हाल सम्म घरको तला किनेर बसेका धेरै गुल्मेली पाईए पनि जमिन किनेरै घर बनाउने उनि बाहेक अरु गुल्मेली हाम्रो जानकारीमा आएका छैनन् । उनका दाजु शोषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । जापानका आलिशान महल,महङ्गा महँङ्गा गाडी शानदार चार वटा रेष्टुरेण्ट , यता चितवनको घरतपुरमा दुई वटा आलिशान महल र थुप्रै जग्गा समेत किनेका छन् । यता गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् । यि सवै जोरिएको सम्पत्ती जोड्दा २२ वर्षे जापानी यात्रामा उनले एक अर्व भन्दा बढि कमाएको पाईएको उनका दाजु शोषकान्तले बताए । कमाएको केहि हिस्सा समाज सेवामा स्वर्गिय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए । मजुवामा क्याम्पस स्थापना गर्न स्थानिय समाज सेवी जुटे । खरेलले तत्काल डेढ लाख उपलव्ध गराएर खाता खोली दिए । नभन्दै उनको छिमेक मजुवामा मानका टिकाराम बहुमुखी क्याम्पस स्थापना भएरै छाड्यो । केहि दिन अघि मात्र रुपाकोटकै दमकुवा शिवालय निर्माणका लागि उनले ५ लाख ५१ हजार सहयोग पठाएका थिए । रुपाकोटकै देवि देउराली मन्दिरमा धानयान्चल लगाउँदा पनि उनले ५१ हजार पठाएका थिए । साविकका तुराङ्ग र रुपकोटका शैक्षिक संस्था, धार्मिक स्थान र असायहरुलाई उनले गरेको सहयोगको यहाँ उल्लेख गरी साध्य छैन् । स्वर्गिय खरेलकी श्रीमति हरिकला , २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापनमै रहेका छन् । उनकी आमाको मृत्यु भई सकेको छ भने ९३ वर्षिय उनका पिता यति वेला पुत्र शोकले भाव्विहल रहेका छन् । स्वर्गिय खरेल हरेक दशैं घरै मनाउन आए झै यसपालीको दशैं मान्न आएका थिए भने फेरी माग महिनामा पनि गाउँमा आएका थिए । अरवौं सम्पत्तिका मालिक भए पनि उनि एउटा साधरण किशान मजदुर कै हैसियतबाट एक अर्का संग प्रस्तुत हुन्थे । जताततै घर भए पनि उनले गाउँको घर र खेती किशानी बढि मन पराउँदे उनका नजिकका आफन्त अस्लेवाका अर्जुन कनौजेका अनुसार उनले केहि समय पछि आफु पनि गाउँ फर्केर व्यवसायीक कृषि पेशा गर्ने सोंचमा थिए । अँस्ती साँझ श्रीमति हरिकला संग अर्को रेष्टुरेण्टमा जान्छु र छिट्टै आउँछु भनेका खरेलले साढे ९ वजे श्रीमतिको फोन उठाउन समेत पाएनन् । जापानमा परिवारजन मात्र नभई उनलाई चिन्नेहरु विच रुवावासी चलेको र यता परिवारजनले सोधेको जवाफ दिन समेत नसक्ने अवस्थामा रहेको उनका भाई कृष्ण खरेलले बताए ।

ठेलाको कर दोब्बर बढाईयो

धनगढी, साउन ४ । कैलालीको धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधि आएसंगै उपमहानगरले ठेला व्यवसायको कर दोब्बरले बढाइएको छ । आर्थिक वर्ष वर्ष २०७४÷०७५ का लागि नगरक्षेत्र भित्र रहेका ठेला व्यवसाय संचालन गरेवाफतको कर १ सय प्रतिशतले बढाइएको हो । यसअघि प्रतिठेलाबाट दैनिक १० रुपैया उठाउँदै आएको उपमहानगरपालिकाले चालु अर्थिक वर्षमा बढाएर २० रुपैया पु¥याएको छ । दैनिक गुजाराका लागि सडकमा घुलो खाएर व्यापार गर्दै आईरहेका साना व्यवसायीहरुको कर दोब्बर बनाईरहँदा ठूला व्यवसायीलाई पनि उपमहानगरपालिकाले करको दायरामासम्म ल्याउन सकेको छैन । कर दोब्बरले बढाउँदा व्यापार व्यवसाय नै धरापमा पर्ने भन्दै कर नबढाउन ठेला व्यवसायीहरुले आग्रह गरेका छन् । उपमहानगरपालिकाले दोब्बर कर बढाउने निर्णय फिर्ता हुनुपर्ने र कर बढेपछि असुलेको कर पनि फिर्ता हुनुपर्ने माग ठेला व्यवसायीहरुले गरेका छन् । सडकमा बसेर व्यापार गरेर जिविकोपार्जन गरिरहेकोलाई मारमा पारेर उठीबास लगाउन खोजेको आरोप उनीहरुले लगाएका छन् । जनप्रतिनिधि छानेर पठाउँदा समेत स्थानीय निकायले कर बढाएर दुख दिएको ठेला व्यवसायी रविन्द्र सापकोटाले बताए । उनले सानोतिनो व्यापार गरेर जेनतेन गुजारा गरिरहेको अवस्थामा दोब्बर कर बढाईदा समस्यामा परेको दुखेको पोखे । धनगढी चौराहा आसपासमा ठेलामा मकै पोलेर गुजारा चलाई रहेकी ६५ वर्षिया नन्दा सदाले पहिलेको भन्दा दोब्बरले कर बढाइदा तिर्न समस्या भएको बताईन । उनले ठेलामा खासै कमाई नहुने भएकाले बढाएको कर तिर्न समस्या हुने बताईन । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका ठेला व्यवसायहरुबाट कर उठाउने जिम्मा धनतारा निमार्ण सेवालाई दिएको छ । गत आर्थिक वर्षमा वार्षिक ५ लाख ८० हजारमा ठेक्का पाएको उक्त निर्माण कम्पनीले दैनिक १० रुपैया उठाउने गरेकोमा चालु आर्थिक वर्षमा ठेक्का रकम समेत दोब्बर बनाई ११ लाख २ हजारमा ठेक्का पाएको छ । सो कम्पनीका प्रतिनिधि धनबहादुर बिकले दैनिक १ सय ५० भन्दा ठेला व्यवसायीहरुबाट रकम उठाउने गरेको जानकारी दिए । ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७३÷०७४ को पुरानो रसिद प्रयोग गरेर कर असुलिरहेको छ । कम्पनीका प्रतिनिधि बिकले नयाँ ठेली छपाउन ढिलाई भएकोले पुरानो ठेली प्रयोग गरेको स्वीकार गरे । धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षक लेखनाथ ओझाले राजनितिक दलका सयंन्त्र लगाएत कर निर्धारण समितिले कर निर्धारण गरेर करको दायरा बढाएको बताए । उनले उपमहानगरपालिकाले निर्धारण गरेको कर वैज्ञानिक र जायज भएको बताए ।

एक वर्षमा १ सय ३२ जनाले ज्यान गुमाए

लोकेश धामी कैलाली,  साउन ४ ।  सुदूरपश्चिममा पछिल्लो एक वर्षको अवधिमा १ सय ८४ सडक दुर्घटना भएका छन् । ९ वटै जिल्लामा भएका ती दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमानुका साथै २०६ जना गम्भीर घाइते भएका छन् । गत वर्षको साउन महिनादेखि गएको असार मसान्तसम्म भएका दुर्घटनामा सबै भन्दा बढी कैलालीमा जनाले ज्यान गुमाएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक खडकसिंह भण्डारीले जानकारी दिए । सबै भन्दा बढी मोटरसाईकल दुर्घटना हुने गरेका छन् । सो अवधिमा १ सय ८ वटा मोटरसाईकल तथा ३७ वटा यात्रुवाहक बस दुर्घटना भएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिममा हरेक वर्ष सवारी दुर्घटना र दुर्घटनाबाट मृत्यु तथा अंगभंग हुनेको संख्या बढ्दै गएको छ । सवारी साधनको संख्या बढेसंगै सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको प्रहरी निरिक्षक भण्डारीले बताए । सवारी दुर्घटना वर्षेनी बढ्दै गए पनि दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले प्रभावकारी कदम चाल्न नसकेको आरोप लाग्दै आएको छ । ट्राफिक प्रहरीले भने अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका बताउने गरेका छ । प्रहरी निरिक्षक भण्डारीले दुर्घटना न्यूनिकरणका लागि सडकमा ट्राफिक संकेतहरु राख्ने, क्षमता भन्दा बढी यात्रु राख्न नदिने, पहाडी जिल्ला जोड्ने राजमार्गमा ‘टाइम कार्ड’ लागू गर्ने कार्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गरिरहेको बताए । यस्तै यात्रुवाहक सवारी साधनका चालक, विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे प्रशिक्षण दिनेलगायतका जनचेतनामुलक कार्यक्रमहरु पनि गर्ने गरिएको उनले बताए । यस्तै गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लघंन गर्ने क्षेत्रभरी ४७ हजार ४ सय ३६ सवारी साधन कारबाहीमा परेका छन् । सवारी साधनको कारबाही जरिवानावाफत २ करोड ७५ लाख १३ हजार रुपैया राजस्व संकलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

एक वर्षमा २५ गैँडा मरे, चारवटा मानवीय कारणले

चितवन, साउन ४ । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् । अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन् । एउटा गैँडा भने रौतहटमा गोली लागी उपचारका लागि चितवन ल्याइएकोमा पछि मरेको हो । उनले अघिल्लो वर्ष विभिन्न कारणले १५ वटा गैँडा मरेकामा यो वर्ष बढेर २५ वटा पुगेको जानकारी दिए । “यो वर्ष भने १० वटा बढी गैँडा मरे”, अर्यालले भने, “दुईवटा करेन्ट लागेर, एउटा तस्करबाट र एउटा रौतहटमा गोली लागेर ल्याइएको गैँडा म¥यो । अरु बाँकी २१ वटा प्राकृतिक कारणले मरेका छन् ।” एउटा गैँडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सेराइ होटलले छाडेको करेन्ट लागेर मरेको थियो । अर्को गैँडा पनि नवलपरासीको गैँडाकोटमा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ । अर्को एउटा पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको एक हजार ७१ दिनपछि गएको चैतमा तस्करबाट गैँडा मारिएको हो । अन्य २१ वटामध्य एउटा गैँडा बच्चा जन्माउन नसकेर तथा अन्य गैँडा बूढो भएर, जुधेर, अन्य गैँडाले हानेर तथा लडेर मरेका अर्यालले जानकारी दिए । मरेकामध्ये दुईवटा गैँडामात्रै जिल्ला वन कार्यालयको क्षेत्रमा तथा अरु सबै चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रका घटनामा भएको जनाइएको छ ।

यस्ताे रैछ आयल निगममा आर्थिक घोटाला ?

 काठमाडौं, साउन ४ । नेपाल आयल निगमले महंगो मुल्यमा कामै नलाग्ने  खोलाको जग्गा खरिद गरी आर्थिक घोटला गरको भन्दै सासदहरुले तत्काल छानविन गरी कारबाही गर्न माग गरेका छन् । ब्यवस्थापिका संसद्को अर्थसमितिले जग्गा खरिद गर्दा आर्थिक घोटला भएको विषयमा मंगलबार सम्बन्धित निकायलाई बोलाएर गरेको छलफलमा सांसदहरुले काम नलाग्ने खोला किानरको जग्गा महंगो मुल्यमा खरिद गरी आर्थिक हिनामिना गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रक्रिया पुरा नगरी सरकारी जग्गा खरिद गरी आर्थिक घोटला भएको भन्दै उनीहरुले छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका कारोवार डेलीमा खबर छ ।

कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक बिहान ९ बजे

काठमाडौं, साउन ४ ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपाको बैठक बिहान ९ बजे बस्दै छ ।  बालुवाटारमा बस्ने बैठकमा सरकार विस्तार,   निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन, संविधान संशोधन लगायतका बिषयमा  छलफल  हुने माओवादी अध्यक्ष प्रचण्डको निजि सचिवालयले जनाएको छ । यसअघि नै सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति गरिसकेका छन् । सत्तारुढ दुई दलबीच प्रदेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति पनि भैसकेको छ ।

राजा संस्थाको माग गर्दै राप्रपा राष्ट्रवादीको राजधानीमा प्रदर्शन

काठमाडौं, साउन ३ । डा. प्रकाशचन्द्र लोहनीका नेतृत्वमा नबगठित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मंगलबार राजधानीमा संवैधानिक राजा संस्थाको माग गर्दै प्रदर्शन गरेको छ। राष्ट्रवादीले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था कायम गरौं र नेपाललाई भ्रष्टाचार मुक्त देश बनाअौं भन्ने नारा लागाउदै काठमाडौको माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट सहभागी थिए।। देशलाई भ्रष्टाचार मुक्त गरौं र राजतन्त्र फर्काऔं भन्ने नारा लगाउँदै प्रदर्शनकारीले करिब एक घण्टा माइतीघरमा प्रदर्शन गरेका थिए।

राप्रपामा चर्को मतभेद, आधा दर्जन बढी वरिष्ठ नेता बैठकमा अनुपस्थित

काठमाडौं, साउन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकमा विरिष्ठ नेता द्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर राणासहितका नेताहरु सहभागी भएनन् । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष कमल थापा र दीपक बोहोरालगायतका नेताहरु उपस्थित भए पनि हरिबहादुर बस्नेत, नवराज सुवेदी र बालाराम घर्ती मगर जस्ता नेताहरु सहभागी भएनन् । केन्द्रीय सदस्यहरुको मनोनयनलाई लिएर राणा समूह अध्यक्ष थापासँग आक्रोशित भएका छन । राप्रपाको कार्यासम्पादन समितिको बैठक केन्द्रीय समितिको बैठकको पूर्वासन्ध्यामा बसेको हो ।

भूकम्प अतिप्रभावित जिल्लामा प्रविधिज्ञ पुनः खटिँदै

काठमाडौँ, साउन ३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लाबाट आएका गुनासोलाई सम्बोधन गर्न प्रविधिज्ञ पुनः खटाउने भएको छ । भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्राधिकरणले ३१ जिल्लामा ३०१ प्रवृधिज्ञलाई परिचालन गर्न लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले परिचालित प्रविधिज्ञले आफ्नो काम आगामी भदौको पहिलो हप्तासम्ममा सम्पन्न गर्ने र यसबाट सबै खालका गुनासा पनि सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्राधिकरणका अनुसार हालसम्म ती जिल्लामा निजी आवासअन्तर्गत एक लाख १३ हजार भूकम्प प्रतिरोधी आवास निर्माण सम्पन्न भइसकेको, थप ४५ हजार घरको मापदण्ड परीक्षण भइरहेको र सहुलियत दरमा व्यक्तिगत तथा सामूहिक ऋण अनुदानसम्बन्धी कार्यविधि लागू हुने चरणमा रहेको छ । उहाँले निजी आवास निर्माण छिटो होस् भन्नाकै लागि आगामी असार मसान्तको समय सीमा निर्धारण गरिएको स्पष्ट गर्दै भारत, पाकिस्तान र इण्डोनेशियाको तुलनामा पुनःनिर्माण कार्य ढिलो नभएको जिकिर गर्नुभयो । बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले प्राविधिकरणले पुनः निर्माणका कामको प्रगति कागजमा होइन, जनताले अनुभूति हुने खालको हुनुपर्छ भन्नुभयो । उहाँले भूकम्पले क्षति पु¥याएका विद्यालय, स्वास्थ्य, सडक र खानेपानी, सरकारी भवनका पुनःनिर्माण सुस्त रहेको बताउँदै जनगुनासा सम्बोधनमा पहिलो ध्यान दिन प्राधिकरणलाई आग्रह गर्नुभयो । सांसद ललितजंग शाहीले भूकम्प अतिप्रभावित १४ जिल्लामा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमले निजी आवास निर्माण सहयोग, स्वास्थ्य, सरसफाइ, आयआर्जन, खानेपानी तथा सरसफाइ नमूना कार्यक्रम बनेको बताउँदै यसबाट गैरसरकारी संस्थाले कसरी काम गर्दा रहेछन् भन्ने कुरा सरकारले सिक्नुपर्छ भन्नुभयो । सांसद जगदीशनरसिंह केसीले निजी आवास निर्माण गर्न गाउँगाउँमा निर्माण सामग्रीको अभाव रहेको र पु¥याउन अप्ठ्यारो रहेको तथा बनेका घरको प्रमाणीकरण गर्न झन्झटिलो प्रक्रिया रहेको बताउँदै नुवाकोटमा रेडक्रसले निजी आवास निर्माणलगायत अन्य क्षेत्रमा उत्कृष्ट सहजीकरण गरेको जानकारी दिनुभयो । सांसद मोहनबहादुर बस्नेतले जनता आफैँले बनाएका घरको प्राधिकरणले प्रमाणीकरण गर्दा प्रविधिज्ञले दुःख दिने गरेको र आफ्नो जिल्लाका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न ध्यान नदिइएको गुनासो गर्नुभयो । सांसद गुरुप्रसाद बुर्लाकोटीले प्राधिकरणलाई पुनःनिर्माणको कामलाई स्थानीय तहलाई नै हस्तान्तरण गर्न सुझाव दिँदै अझै पनि भूकम्प पीडितले निजी आवास निर्माण गर्न अनुदान पाउनबाट छुटेको बताउनुभयो । सांसद प्रकाश पौडेलले किन सिंहदरबार पुनःनिर्माण ढिलासुस्ती भएको भन्ने प्रश्न गर्दै यसले गर्दा ग्रामीण क्षेत्रमा नकारात्मक सन्देश गएको छ भन्नुभयो । सांसद जनार्दन ढकालले निजी आवास अनुदान प्राप्त गर्न रसुवाका धेरै भूकम्प पीडित छुटेको तथा विद्यालय र स्वास्थ्य संस्था बनाउन ढिलाइ भएको गुनासो गर्नुभयो ।

योजना बनाउन मेयर गाउँगाउँमा

हेमन्त के सी जाजरकोट, साउन १ । चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नगरपालिकाका मेयर गाउँगाउँमा पुगेका छन् । स्थानीयस्तरबाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् । साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नपा बनाएपछि भुभाग पनि ठुलो भएको छ । धेरै सम्भावना बोेकेको नपा मध्य यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल दुढ भएर लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अब बन्ने योजना बस्तुवादी बनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नपा र गापामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि साउन ७ गतेलाई बैठक सारिएको छ । वडा अध्यक्षलाई साथमा लिएर गाउँगाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् । योजना बनाउदा अपनाउनु पर्ने विधि प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई बुझाउन साउन २ गतेदेखि विज्ञ बोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले बताए । आजसम्म नेताले टिपाएकै भरमा योजना बनाउदै आएकोमा त्यसलाई निरुतसाहित गर्नका लागि योजना जनताकै बीचबाट आउनु पर्ने उनको भनाई छ । नगरपालिकामा इन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना (४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट ) यही नपा क्षेत्रमा पर्दछन् ।

भक्तपुर–काठमाडौं नगर बस सञ्चालन

भक्तपुर, साउन १ । भक्तपुर मिनिबस सेवा समितिले भक्तपुर–काठमाडौं नगर बस सञ्चालनमा ल्याएको छ । भक्तपुरको दूधपाटीमा रहेको समितिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गरेका थिए । नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्च, नयाँबसपार्क, बालाजू, स्वयंम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, बानेश्वर, कोटेश्वर हुदै बस भक्तपुरको कमलबिनायक पुग्ने समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले बताए ।

वीपी राजमार्गमा राती गाडी चलाउन नपाइने

काठमडौं, साउन १ । यातायात व्यवस्था विभागले आइतबारबाट लामा दूरीमा चल्ने सार्वजनिक सवारीका लागि विभिन्न नयाँ नियमहरु ल्याएको छ । अत्याधिक सडक दुर्घटना बढेकाले दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले विशेष नियम ल्याएको हो । जसअन्तर्गत सरकारले आजैदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ । यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दूर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको हो । यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ । सोही नियम विपरित नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात व्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना समेत लगाउने भएको छ ।

प्रचण्ड आज स्वदेश फर्किंदै, यसै साता मन्त्रीपरिषद बिस्तार

काठमाडौं, साउन १ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदैछन् । पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्डको बैंकक गएका प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन । उनी आज थाई एयरवेजको विमानबाट फर्किन लागेको सचिवालयले जनाएको छ । प्रचण्ड फर्केलगत्तै प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्ने बताइएको छ । सरकार बिस्तारका लागि राप्रपा, संघीय समाजवादी फोरम र अन्य साना दलसँग अनौपचारिक छलफल भएपनि कसले कुन मन्त्रालय पाउने भन्ने कुरा टुंगिएको छैन । प्रधानमन्त्री सचिवालयका अनुसार, प्रचण्ड फर्केपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल हुने छ । यो छलफलका आधारमा माओवादील र कांग्रेसका मन्त्रालयका साथै अन्य दललाई कुन मन्त्रालय दिने टुंगो लाग्ने छ । सोमबारदेखि भने प्रचण्ड पार्टीको आन्तरिक बैठकमा सहभागी हुने कार्यक्रम छ ।