पहराभित्र लुकाइएकाे ठूलो परिमाणमा विस्फोटक पदार्थ

गोरखा, पुस १८ । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।
बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो ।

प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भने–“ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने सामग्री) फेला पारेका छौं ।

बरामद भएको विस्फोटक पदार्थ आज जिल्ला प्रहरी कार्यालय पठाउँछौँ ।” उक्त विस्फोटक पदार्थ तत्कालीन माओवादीले द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ ।

स्वाँराको जङ्गलमा डेटोनेटरसहित तारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गरे ।

तीन हजार ९०० थान इलेक्ट्रिक तार जडान गरिएको डेटोनेटर बरामद भएको प्रनाउ थापाले जानकारी दिए ।

नेपाललाई बारुदी सुरुङमुक्त घोषणा भएको लामो समय भए पनि स्वाँरा क्षेत्रमा विस्फोटक पदार्थ भेटिने क्रमः रोकिएको छैन ।

तीन वर्षअघि स्वाँरा–८ को खरभिरको ओडारमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर बराम घाइते भएका थिए । सचिनले बायाँ हातका चार औँला गुमाउनुपरेको थियो ।

जङ्गलमा जथाभावी रुपमा अझै पनि तारहरु यत्रतत्र रहेको गोठालाले बताएको स्वाँराकी सलिना गुरुङको भनाइ छ । स्वाँराको जङ्गल क्षेत्रमा द्वन्द्वका बेला माओवादी बस्ने गरेकाले त्यसबेला छाडेका वा लुकाइएका विस्फोटक पदार्थ अहिले देखा पर्दै आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

२३ वर्षअघि दुई युवतीलाई भारतमा बेच्ने व्यक्ति पक्राउ

काठमाडौँ, पुस १८९। दुई युवतीलाई २३ वर्षअघि भारतमा लगि वेश्यालयमा बेच्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज १७ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहर भई सजाय नभोगी फरार रहेका मकवानपुर पदमपोखरीका ४३ वर्षीय भोटे लामा भन्ने ल्वाङ लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले मकवानपुरबाट पक्राउ गरेको हो । ब्युरोले पक्राउ गरी फैसला कार्यान्वयनका लागि मकवानपुर जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानको लागि आज भीमफेदी कारागार मकवानपुरमा पठाएको ब्युरोले जनाएको छ । विसं २०५० भदौ महिनामा कुपण्डोलस्थित गलैँचा कारखानामा काम गर्ने दुई युवतीलाई लामासहित प्रतिवादी गोपाल स्याङ्तान र ज्ञानु भन्ने तितुङ तामाङले बस चढाई भारतको मुम्बईस्थित वेश्यालयमा पुर्याई बेचेका थिए । प्रतिवादी स्याङ्तानले दुईमध्ये एक युवतीलाई विवाह गर्छु भनी झुक्याई साथै अर्की युवतीलाई समेत लगि भारु ५० हजारका दरले बेचेका थिए । आफूले श्रीमती बनाई ल्याएकी युवतीको बिक्रीबाट आएको भारु ५० हजार रकम प्रतिवादी स्याङ्तान एक्लैले लिएको र बाँकी भारु ५० हजार तीनैजना प्रतिवादीहरुले खर्च कटाई भागबन्डा गरी लिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका प्रतिवादी लामा फैसलापछि फरार रहेकामा हाल पक्राउ परेका हुन् । यसैबीच ब्युरोले चोरी मुद्दामा मकवानपुर जिल्ला अदालतको २०७२ जेठ २८ गतेको फैसलाले ११ वर्ष आठ महिना ३० दिन कैद तथा रु सात लाख ९८ हजार १४४ जरिवाना हुने ठहर भई उक्त सजाय भुक्तान नगरी हालसम्म फरार रहेका हेटौँडा उपमहानगरपालिका बस्ने चिम्पान भन्ने २४ वर्षीय सुरज श्रेष्ठलाई यही पुस १४ गते सानोभ¥याङ काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउपछि फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौँमा पठाइएको ब्युरोले जनाएको छ । रासस

यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा सुधार – पत्रकार महासंघ

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा सुधार भएको पाइएको छ । नेपाल पत्रकार महासंघले अंग्रेजी वर्ष २०१६ को समीक्षा गर्दै सार्वजनिक गरेको सूचना अनुसार वर्ष २०१५ को तुलनामा यस वर्ष निर्वाधरुपमा प्रेस तथा स्वतन्त्रताको अवस्था सुधार भएको पाइएको हो । महासंघले जारी गरेको प्रतिवेदनको सार संक्षेप यसप्रकार छ– सन् २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा कमि देखिएको छ । यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतका हनन्का ५६ वटा घटना महासंघको मडिया मोनिटरिङ्ग इकाईमा दर्ता भएका छन् । जसमध्ये १० जना पत्रकारहरू पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहँदा विभिन्न समयमा पक्राउ परेका छन् भने १० जना पत्रकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहँदा विभिन्न व्यक्ति तथा समुदायबाट आक्रमणमा परेका छन् । त्यसैगरी सन् २०१६ मा १५ जना पत्रकारहरूलाई दुव्र्यवहार गरिएको र ४ सञ्चारसंस्थामा आक्रमण भएको महासंघ मिडिया मोनिटरिङ्ग एकाईमा दर्ता भएको छ । २ जना पत्रकारका सञ्चार सामग्री तोडफोड भएको छ भने २ वटा सञ्चारगृहलाई राजनीतिक दलले नियन्त्रणमा लिइ आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । त्यस्तै ५ जना पत्रकारलाई धम्कीका आएको थियो भने पत्रकारिताको विषयलाई लिएर प्रहरीले ५ जना पत्रकारलाई नियन्त्रणमा लिएको महासंघको अभिलेखमा देखिन्छ । एक सञ्चारमाध्यलाई धम्की, एक रेडियोको प्रसारणमा अवरोधको पु¥याइएको छ भने १ जना पत्रकारलाई जागिरबाट निष्काशन गरिएको छ । यसैगरी २०१६ को मध्यतिर चर्चित पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो भने गाँउले मासिकका प्रधानसम्पादक भद्रगोल किराती साइबर अपराधको मुद्दामा पक्राउ परे । त्यसैगरी समयवोध मासिकका पत्रकार शेषनारायण झालाई सिंहदरबारको फोटो खिँचेको निहुँमा र पत्रकार रमेश महतारा र जय दाहाललाई माओवादीको एक घण्टे चक्काजामको रिर्पोटिङको क्रममा प्रहरीले पक्राउ गरेका थिए । दाङको गणतन्त्र दैनिकका पत्रकार गणेश आर्चायलाई दाङबाट र युनिटी भ्वाइस मासिकका सम्पादक रामचन्द्र खड्का भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आगमनको रिर्पोटिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्रेका थिए । त्यस्तै साइवर अपराधको मुद्दामा सोलुखुम्बुका पत्रकार महेश रानामगरलाई चितवनबाट र अर्जुन थपलियालाई सिराहा जिल्लाबाट पक्राउ गरिएको थियो । पत्रकार तथा लेखक स्नेह सायमी र सुदिप बर्देवालाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएका थिए भने पत्रकार मोहन बास्तोला, लोकराज जैशी तथा पत्रकार दिनेश सिंह महरालाई पनि प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएर छोडेको थियो । यसैगरी २०१६ मै जनादेश साप्ताहिकको कार्यालयमा नयाँ शक्ति र महासंघ सप्तरी शाखा भवनमा सद्भावना पार्टीको कार्यालय राखिएको विषय विवादित रह्यो । यस्तै धादिङ्गको रेडियो धादिङ्ग १०६ मेगाहर्जमा स्थानीय प्रशासनले आक्रमण गरी केही समय प्रसारणसमेत अवरुद्ध पारेको थियो भने सर्लाहीको रेहियो मधेशमा अज्ञात समुहले कार्यालयको कम्प्यूटरलगायत फर्निचर तोडफोड गरेका थिए । जसका कारण केही समय रेडियोको प्रसारणसमेत अवरुद्ध भएको थियो । त्यस्तै नारायणी एफ एम पर्सामा पनि अज्ञात समुहले आक्रमण गरेका थिए भने नेकपा माओवादी सल्यानले प्रेस विज्ञप्तीमार्फत सल्यानबाट सञ्चालनमा रहेको सल्यान केवल टेलिभिजनलाई प्रसारण बन्द गर्न धम्की दिएको थियो । यी माथिका घटनाहरु २०१६ का केही मुख्य प्रेस स्वतन्त्रता हनन्का घट्नाहरू रहेका छन् । माथिका घट्ना श्रृंखलाले नेपाली प्रेस जगत धम्कीपूर्ण तथा असुरक्षित रहेको देखाउँदछ । विभिन्न राजनीतिक पार्टी तथा संघसस्थाले गरेको विरोधको समयमा प्रहरी प्रशासनबाट भएको आक्रमण तथा अन्य व्यक्तिबाट भएको आक्रमणले सरकाबाटै नेपाली प्रेस असुरक्षित र अपहेलित भएको देखाउँदछ । प्रेस स्वतन्त्रता हनन्का घट्नाभन्दाबाहेक नेपाली पत्रकारिताको जगतमा केही खुसीका काम समेत भएका छन् । नेपाल पत्रकार महासंघको लामो समयको दबाबपछि नेपाल सरकारसंगको सहकार्यामा पत्रकार दुर्घटना वीमा सुरु भएको छ । जसअन्र्तगत पहिलो तथा दोस्रो चरणमा १४७१ ज्ना पत्रकाहरूले सुविधा लिएका छन् भने तेस्रो चरणको पत्रकार दुर्घटना बीमाको नामावली सङ्कलन सुरु भैसकेको छ । साथै, पत्रकारहरुको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत सहुलियतको घोषणा भएको छ यद्यपि सोको कान्र्यावन हुन भने बाँकी रहेको अवस्था छ । यस्तै यही अवधिमा नयाँ आमसञ्चार नीति पनि जारी भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले यो वर्ष नेपाली प्रेस जगतमा केही नीतिगत सुधार र प्रेस स्वतन्त्रताका दृष्टिले केही नयाँ कामहरू हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, पत्रकारको पेशागत सुरक्षा, दण्डहीनताको अन्त्य र सेल्फसेन्सरसीपको अन्त्यका निम्ति सम्बन्धित निकायले गम्भीरतापूर्वक कार्य गर्न जरुरी रहेको औंल्याउनु भएको छ ।

खुकुरी हानी वन रक्षकको हत्या

काठमाडौ, पुष १७ । ताप्लेजुङमा एक जना वन रक्षकलाई खुकुरी हानी हत्या गरिएको छ । जिल्लाको खोक्लिङ गाविसका इलाका वन कार्यालयका कर्मचारी गणेश शाहीको खुकुरी हानी हत्या गरिएको छ । निजी वन र सामुदायिक वन सीमानाको विवादका विषयमा छलफल भइरहेका बेला स्थानीय सविन लिम्बूले एक्कासी खुकुरी प्रहार गरेका थिए । निजी वन र सामुदायिक वन सीमानाको विषयमा शनिबार भएको छलफल टुंगोमा नपुगेपछि आइतबार पुनः भएको छलफलकाक्रममा विवाद भएपछि शाहीमाथि आक्रमण भएको हो । हत्या पछि फरार आरोपी सविन लिम्बूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चिसोले सामुदायिक स्कुल बन्द

कपिलवस्तु, पुस १७ । लगातार बढ्दै गएको चिसोका कारण कपिलबस्तुमा सामुदायिक स्कुल बन्द गर्नुपर्ने अवस्था आएको छ । शीतलहर र चिसोसँगै बढेको जाडोका कारण जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको हो । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आइतबारदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताए । केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको हो । जाडोका कारण बालबालिका तथा वृद्धवृद्धाहरु बढी मारमा परेका छन् । जाडो छल्नका लागि उनीहरुले आगो तापेर बसीरहेका भेटिन्छन् ।

मौसमविद् भन्छन्- आज दिनभर पानी पर्न सक्छ

काठमाडौं, पुस १७ । विहानैदेखि धुम्मिएको काठमाडौंमा आज दिनभर पानी पर्नसक्ने मौसमविद्ले जनाएका छन् । काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा अहिले मध्यान्हदेखि फाट्फुट्ट पानी परिहरहेको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबारदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

एमालेले नेपाली जनतालाई भारतीय देख्न थाल्यो– नेता पौडेल

तनहुँ,पुस १७ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताएका छन् । प्रेस युनियन, तनहुँ शाखाले आइतबार बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए । संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा गर्न खोजिएको आभास हुन्छ पौडेलले भने । मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प छैन भन्दै नेता पौडेलले काँग्रेस, एमाले र माओवादी केन्द्र्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि मिल्नु आवश्यक रहेको विचार व्यक्त गरे । देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । रासस

आज ठूलो भर्याङमा अनुमतिपत्र बनाउने कार्यालयको उद्घाटन

काठमाडौं, पुस १७ । आइतबारदेखि काठमाडौंको ठूलो भर्याङमा सवारी चालक अनुमतिपत्रका लागि नयाँ कार्यालय खुल्दैछ । यस कार्यालयको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले समय १० बजे गर्नुहुने छ । अबदेखि कार्यालयबाट विद्युतीय सवारी चालक अनुमतिपत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने लगायत सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमतीले उपभोक्ताको चाप थेग्न नसक्ने भएपछि उपत्यकामा थप तीनवटा कार्यालय खोल्न लागेको छ । काठमाडौंको चावहिल र भक्तपुरको सुर्यविनायकमा पुस २७ गतेदेखि थप कार्यालय पनि उद्घाटन गर्ने तयारी रहेको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । यातायात व्यवस्था विभागका अनुसार नयाँ तीनवटै कार्यालयमा ३६÷३६ जना कर्मचारी रहनेछन् । यस्तै नयाँ कार्यालयबाट लाइसेन्स लिन अनलाइनबाट पनि फारम भर्न सकिने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए ।

अब बलात्कारका घटनामा ७ देखि २० वर्ष जेल सजाय हुने

काठमाडौं, पुष १७ ।  अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ।  बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ।यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।   सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।  मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो।  उपसमितिले बाल बलात्कारको सजायमा दोब्बर बनाएको हो। विधेयकमा बलात्कार लगायतका घटनामा पीडितलाई पीडकबाट तत्काल भराउन सक्ने अवस्था नभएमा राज्यकोषबाट अन्तरिम क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ।

विकट गाउँका आठ सय घरमा ‘एक घर एक धारा’

फलेवास (पर्वत), १७ पुस । व्यवस्थित सहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो । गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतले जनाएको छ । अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका मल्लाजवासीहरु अब भने लाभान्वित हुने भएका छन् । जिल्लाकै दोस्रो ठूलो योजनाका रुपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताले युनिटको आधारमा पैसा तिर्नु पर्ने छ । उक्त पानी झन्डै १२ किलोमिटर टाढा रहेको पुङ्दीखोलाबाट ल्याउन लागिएको हो । अहिले आयोजनाको काम धमाधम भइरहेको छ । २०६७÷६८ बाट सुरु भएको योजना पाँच वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा सञ्चालन भएको थियो । रु चार करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानीयवासीले झन्डै रु ३९ लाख बराबरको श्रमदान गरेका छन् । पाइपलाई विस्तार र विभिन्न ट्याङ्की निर्माणमा स्थानीय श्रमदानसमेत गरिरहेका छन् भने ८० जनाभन्दा बढी मजदुर क्रियाशील रहेको निर्माण व्यवसायी गिरिजा तिवारीले जानकारी दिनुभयो । चालु आवभित्रमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तिवारीले जानकारी दिनुभयो । योजनाको लागतअनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उहाँको भनाइ छ । एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम द्रुत गतिमा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार योजनालाई चालु आवभित्रै सम्पन्न गर्नका लागि यस वर्ष रु ८० लाख विनियोजन भएको छ । योबाहेक पर्वतको फलेवासमा रु सात करोडको लागतमा बृहत् फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ । उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सबैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको छ । जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माणपश्चात् नमुनाकै रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ । घर घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयम् उपभोक्ताले तिर्नुपर्ने भएको छ । अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर रु सात हजार तोकिसकेको छ । सदरमुकाम कुश्माबजारमा प्रतिधारा जडान शुल्क रु ३० हजारभन्दा बढी रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि रु सात हजार तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै उपभोक्ताको सहभागितामा धाराको मूल्य तोकिएको हो । रासस तस्वीरः वल्र्ड नाइबर्स क्यानाडाको साइटबाट

काठमाडौंमा एक्कासी वर्षा, चिसो बढ्यो

काठमाडौं, पुस १६ । काठमाडौंको बालाजु, धर्मस्थली, थली, कपन, बालकोट लगायतका ठाउँमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत देशका पश्चिमी तथा मध्य क्षेत्रमा अहिले मौसम बदली भइरहेको छ । पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै दुई दिनसम्म मौसममा यस्तै बदली हुने पूर्वानुमान गरिएको मौसमविद सुभाष रिमालले जानकारी दिए । तर ठूलो पानी भने नपर्ने उनले बताए । पानी परेपछि चिसो पनि बढ्दै छ ।

वैतडीमा अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट

काठमाडौं, पुस १६   । वैतडीमा अधिकारकर्मींबाटै एक महिला निर्घात कुटिएकी छन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दको कुटाइबाट गुरुखोलाकी माधवी भट्ट गम्भीर घाइते भएकी हुन् । कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्बरमा लागको चोटका कारण उनी हिँड्न नसक्ने स्थितिमा छन् । उपचारको क्रममा उनको टाउकोमा पाँच टाँका लगइएको छ । बाख्रा बारीमा पसेको निहूँमा चन्दले भट्टलाई कुटपिट गरेकी थिइन् । चन्दाले भने आफूलाई अनेक आरोप लगाएका कारण सहन नसकेर कुटेको वताएकी छन् । जिल्ला प्रशासन कार्यालयले घटनालाई निन्दनीय भनेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

माछा मार्न गएका लावतीको करेन्ट लागेर मृत्यु

इलाम, पुष १६ । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । रासस

नयाँ वर्षमा नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडौं, पुष १६ । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए । शताब्दीऔँदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ । रासस

एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम

रत्ननगर (चितवन), पुष १५  । ओँठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् । दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, “नभन्दै जित्यो, खुसी छु ।” निर्णायक डा कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन् । बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन् । सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए । उनले ८३ अङ्क प्राप्त गरिन् । चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन् । सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन् । एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए । सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागि थिए । अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन् । निर्णायक संयोजक डा कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन् । हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन् । सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन् । हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम विजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिए । आज सकिने महोत्सवअन्तर्गत आज फाइनल चरणको हात्ती दौड, हात्तीपोलो र हात्तीका छावाको फुटबल हुने क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए । । रासस

शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षण गर्न राष्ट्रपतिको सुझाव

काठमाडौँ,  पुष १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय र शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षणका लागि सरकारलाई गम्भीर बन्न सुझाव दिएकिी छन् । त्रिविका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहकुलपति एवम् शिक्षामन्त्री धनीराम पौडेल, त्रिविका उपकुलपति तथा पदाधिकारीसँग बिहिबार राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले सो सुझाव दिएकी हुन् । राष्ट्रपति भण्डारीले शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिनेजस्ता कार्य रोक्नुपर्ने भन्दै भौतिक सम्पत्तिको उपयुक्त रुपमा संरक्षण र उपयोग गर्ने योजना बनाउन आवश्यक रहेको बताएको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । नयाँ विश्वविद्यालय खोल्दा पुराना विश्वविद्यालयको सम्पत्ति बाँडचँड गर्ने परिपाटीको अन्त्य गर्दै नयाँ विश्वविद्यालयलाई भौतिक पूर्वाधारका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने पनि उनले बताए । त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोहको अवसर पारेर भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाको शैक्षिक र भौतिक पूर्वाधारको विकासका लागि सरकार तयार रहेको बताए । भेटमा त्रिविका पदाधिकारीले विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रलाई बलियो बनाउन आवश्यक रहेको बताएको जनाएको छ । रासस