नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने सभामुखको तयारी
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी भएको कुराकानी गरेका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् ।
उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु । मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, ‘अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा पेश गर्ने योजनामा छु ।’
प्रदेश–१ को नामका लागि छलफल गर्न सभामुखले बोलाए बैठक
विराटनगर । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।
राससले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा आरम्भ गर्ने
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले आउँदो साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गर्ने भएको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित ‘राससको श्रव्यदृश्य सेवा सञ्चालन र प्रभावकारिता’ विषयक अन्तर्क्रिया कार्यक्रममा सो सेवाबारे जानकारी गराइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालसहित टेलिभिजन पत्रकारिताका विज्ञ र विभिन्न टेलिभिजनका समाचार प्रमुख एवं प्रतिनिधि सहभागी कार्यक्रममा समयको मागसँगै राससको सेवा छिटोछरितो र मल्टिमिडियायुक्त हुन आवश्यक भएको पनि बताए । मन्त्रालयका सचिव डा.अर्यालले नयाँ सेवाको आरम्भसँगै रासस समाचारले फड्को मार्ने विश्वास व्यक्त गर्दै छिटो–छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि जनशक्तिको क्षमता वृद्धि र प्रविधिमा सम्पन्न हुनुपर्ने भएकाले सोका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माग पक्षको चाहना बुझेर योजनाबद्ध रूपमा काम गर्दा श्रव्यदृश्य सेवा प्रभावकारी हुने बताए । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नयाँ सेवालाई जनताको सेवा हो भन्ने अनुभूत गराइ सकेसम्म उच्च प्रविधिको सेवा दिने सङ्कल्प गरेर त्यसका लागि नेपाल सरकार, विज्ञ र सरोकार पक्षको निरन्तर सहयोग आवश्यक हुने बताउए। उनले क्षमता विकासका कार्यक्रम सञ्चालन गरेर विद्यमान चुनौती मोलेर राससलाई जनताको सूचनाको संवाहक बनाइने बताए । कार्यकारी अध्यक्ष झाले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिए । सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालिबीच हालै सम्झौता भएको हो । रासस केन्द्रीय कार्यालयमा गत वर्ष नै स्टुडियो निर्माण भइसकेको छ । राससका महाप्रबन्धक सिद्धराज राईले राससले सेवालाई विविधीकरण गर्ने क्रममा भिडियो सेवा सञ्चालनको तयारी गरेको र यसमा सेवाग्राहीको सुझाव र सहयोग अपेक्षित रहेको बताए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राससको नयाँ सेवाका लागि शुभकामना दिँदै सेवाग्राहीको सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिँदै राससले सरकारका कुरा र जनताका चाहना दुवैलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्ने धारणा राखे । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सक्ने बताए । आमसञ्चारका विज्ञ तपनाथ शुक्लाले राससले यसअघि नै भिडियो सेवा सञ्चालन गर्नुपर्ने भए पनि अब सुरु गर्दा सहरमुखी नभई गाउँ केन्द्रित विषयवस्तु आफ्ना नेटवर्कबाट सङ्कलन गराइ घटना प्रधान र आलेख समाचार दिनुपर्ने सुझाव दिए ।
अध्यक्ष प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरूसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले आज बिहान भेटवार्ता गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको उक्त छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए । सो भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले संघीय संसदमा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच कुराकानी भएको हो। ती विधेयकहरूबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने विषयमा छलफल चलेको छ । त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको र सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको बताइएको छ ।
मुलपानी रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन मन्त्री अथकको निर्देशन
काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ( अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अनुगमन गरेका छन् । निरीक्षणका क्रममा मन्त्री अथकले निर्माणाधिन अन्तर्राष्ट्रिय कृकेट रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन निर्देशन दिए । कामलाई तिब्रता दिएर २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । निर्माण कार्य गुणस्तरिय हुनुपर्ने भन्दै त्यसको प्राविधिक पाटोलाई ख्याल गर्नुपर्ने बताए । साथै उनले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता औल्याए । मन्त्री अथकले उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ कबडहल निर्माणका लागि सम्भावित जग्गाको समेत निरिक्षण गरेका थिए । अनुगमन तथा निरीक्षणमा मन्त्रालयका सचीव डा.दामोदर रेग्मी,राखेप सदस्य सचीव टंकलाल घिसिङ लगायतको टिम सहभागी रहेको थियो ।
लागुऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं ।नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुवाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ । पक्राउ परेका कुमारलाई लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।
राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ । सोमबार बस्ने सोही बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले ‘शपथसम्बन्धी विधेयक, २०७८’ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उहाँले नैं उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
पहिलोपटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै
काठमाडौ। काठमाडौ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ । नगरप्रमुख घनश्याम गिरीले भने, “काठमाडौ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?” उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ । उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ । नगरप्रमुख गिरीले भने, “यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पु¥याउँदछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ ।” ‘काठमाडौँ उपत्यका मेयर फोरम’ ब्युँतिदै उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ । पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो । यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ । फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए । उनले भने, “उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ । बैठक राख्न मैले समन्वय गरिराखेको छु । छिट्टै फोरमको बैठक हुन्छ । त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु ।” काठमाडौं महानगरपालिकाले नागढुङ्गामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ । शनिबार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भने, “नागढुङ्गामा भेइकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसावको प्रस्तावमा म सकारात्मक छु । मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौँ । सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौँ ।” कलङ्की–नागढुङ्गा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि नगरवासीलाई झोला वितरणको तयारीसमेत गरेको चद्रागिरि नगरप्रमुख गिरीले बताए। नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ । उनले भने, “पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो । यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।”
विश्वविद्यालयमा तालाबन्दी सधैंका लागि अन्त्य गरौं : मन्त्री पौडेल
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गनुपर्ने बताएका छन् । आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन् । ‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवम् विश्वविद्यालयको उन्नयन र विकाशमा असर पर्छ, वार्तामार्फत समाधान खोजौं ।’ उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताए । उनले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत बताए । उच्च शिक्षाको नाममा विदेशी गएका विद्यार्थी मध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके त्यसलाई कम सकिने औंल्याए । प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकाशमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गनुपर्नेमा उनको जोड थियो । उनले शिक्षक तथा प्राध्यपकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताए । दुई वटा विश्विद्यालयको ऐन संसदमा रहेको बताउँदै भएका विश्वविद्यालयले शिक्षण सिकाई र पाठ्यक्रम बनाउन मिहिनत गनुपर्ने समय आएको बताए ।
सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ जना पक्राउ
काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ । सडक बालबालिकाहरुलाई ललाइ फकाई भारत लगेर मिर्गौला बेच्न प्रोसाहित गर्न पाँच लाख रुपयाँ र एउटा नयाँ मोवाइल सेट दिने प्रलोभन देखाउने गरेको पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए । २०० जना जतिको मिर्गौला बेचिसकेको अनुसन्धानबाट खुलेको उनले बताए । मिर्गौला बेचविखन गर्ने गिरोह काभ्रे जिल्लामा बढि सक्रिय रहेको उनले बताए । पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।पक्राउ पर्ने पाँच जना मध्ये २ जनाले आफुहरुले पनि मिर्गौला बेचेको प्रहरीले जनाएको छ ।
दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिन्छ : मन्त्री श्रेष्ठ
भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण गर्ने कार्यक्रमका बोल्दै उनले अब भूमिसम्बन्धि समस्या छन् भन्ने दिनको अन्य गरिने बताइन् । वषौंदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्त्य गरिने उनको भनाइ थियो ।कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौली नगरपालीकाका भूमिहिन दलितहरुलाई पहिलो पटक पुर्जा वितरण गरेर भूमि आयोगको कार्य शुरु गरेको स्मरण गरिन् । गैर सुकुम्बासीलाई भुमि उपलब्ध नगराउने तर्फ सरकार सचेत रहेको बताउँदै उनले आयोगका पदाधिकारीहरुलाई कुनै प्रभाव र दबाब बिना काम गर्न निर्देशन दिइन् । कोहि कसैले गैर सुकुम्वासीलाई पुर्जा दिने र लिने सोचेको भए तेस्तो सपना सम्भव नहुने बताइन् । मन्त्री श्रेष्ठले २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तरर्गत जग्गाको हदबन्दी लागु भएपछि जग्गा नापजाँचको थालनी भएको बताउँदै उनले भनिन्, “ २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तरर्गत जग्गाको हदबन्दी लागु भएपछि त्यसबेलाको सिमित स्रोत, साधन र जनशक्तिका कारण सबै ठाउँमा जग्गा नापजाँच गर्ने स्थिति बनेन र त्यसलाई साना साना कित्ताहरुलाई एकै ठाउँमा राखेर ब्लकको रुपमा छुट्टयाइएको थियो । पछि जग्गा नाप्ने क्रममा घनकुटामा २०२९ साल माघ १५ गतेबाट शुरु भयो ।” धनकुटामा जग्गाको एकसरो नापी २०३२ सालमा छुट्टयाइएको बताइन् । धनकुटामा २०७७ साल देखि पुःन नापजाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सकिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । मन्त्री श्रेष्ठले जग्गाको नाँपजाच कार्य लक्ष्य निर्धारण गरेर हुने गरेको भएतापनि पुर्जा वितरण गर्ने कार्य प्राथमिकतामा पर्ने गरेको थिएन । त्यसमा चलखेलको गुनासो समेत आउने गरेको उनले बताइन् । तेस्ता गुनासा सत्य नहुन भन्दै भूमिको नापी र लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर आफुले काम गरेको उनको भनाई थियो । आफु मन्त्री भएपछि तल्लो तहका जनतालाई आफ्नो जग्गाको मालिक आफु नै बनाउन लागिपरेको बताइन् । उनले गाउँब्लकको समस्या पहिलो प्राथिमकतामा राखेर तेस्ता समस्या निराकरण गर्न दिन रात र बिदा समेत नभनेर लागिपरेको बताइन् । आफु मन्त्री भएको एकमहिना नबित्दै लालपुर्जा वितरण गरेको स्मरण गर्दै उनले भनिन् , “म मन्त्री भएपछि करिब ४९ हजार लालपुर्जा वितरण भएको छ । गाउँब्लको सम्पूर्ण नापी सकेर यही वर्षभित्र पुर्जा वितरण सक्ने कार्यमा लागेका छौं । यो कार्य मन्त्रालयका कर्मचारीले गर्नुभएको मिहनेतले सम्भव भएको हो।” त्यसक्रममा नापी विभागका कर्मचारीले शनिबार समेत नभनेर काम गरेर भूमि व्यवस्था मन्त्रायलमा सकारात्मक रिजल्ट निकालेको भन्दै प्रसंसा समेत गरिन् । उनले बजेटको अभावकाबीच अनिवार्य रुपमा यस किसिमको समस्या समाधान गर्न लागिपरेको बताइन् । आफ्नो शब्दकोषमा असम्भव भन्ने शब्द नरहेको भन्दै राम्रो काम गर्न स्वच्छ र दृढ इक्षाशक्ति मन भए असम्भव नहुने बताइन् । उनले भूमिहिन दलितहरुको समस्या पनि छिट्टै निराकरण गरिने जानकारी दिइन् । राम्रो काम गर्नेलाई घेराबन्दि गर्ने प्रवृतीले देश बन्दैन मन्त्री श्रेष्ठले आफु राष्ट्रहित र जनहितलाई प्रमुख ठानेर राजनीतिमा लागेको व्यक्ति भएको बताएकी छन् ।उनले शनिबार धनकुटा जिल्लाको साँगुरीगढि गाउँपालीकामा दशकौं देखि कानुनी रुपले जमिनको मालिक बन्न बन्चित नागरिकहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यक्रममा जाँदा गरिएको अवरोधप्रति खेद व्यक्त गरिन् ।केहि मान्छेले डुल्न हिडेको भनेर कुप्रचार गर्दै गाडि रोकेर अवरोध गरेको प्रति लक्षित गर्दै उनले भनिन् , “बिदाको दिन नभनी दिनरात मिहनेत गरेर जनताको लागि सर्मपित भएर लागिपर्नेविरुद्ध गलत प्रचार गरेर हतोत्साहित गर्ने संस्कृति र कुप्रचारमा रमाउने प्रवृतीले देश बन्दैन । यस्ता गतिविधिले झन् राज्य असफल पार्ने प्रवृती हावी हुन्छ । त्यसमा सबै नागरिक सचेत बन्नुपर्ने हुन्छ ।” राज्यको स्रोत र साधन जोगाउने अभियानमा सबै लाग्नुपर्ने बताउँदै उनले मन्त्री परिषदको बैठकमा इन्धन बचाउने पस्ताव राखेको बताईन् ।एउटै रुट पर्ने कर्मचारीहरुले सवारी साधन सेयर गर्नुपर्ने, शनिबार सरकारी सम्पतीमा दुरुपयोग गरेर घुमफिर गर्ने कुरा रोक्ने लगायतका विषय मन्त्री परिषदको बैठकमा राखेको समेत जानकारी दिइन् । संघ,प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र अनुरुप आफ्नो काम सहि ढङ्गले अघि बढाउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले संघियता सहि ढङ्गले कार्यान्वयन हुन नसकेको बताइन् ।नेपालको संघियता संघियताको अन्तराष्ट्रिय अभ्यास अनुरुप नभएको भएपनि यसलाई अधिक्तम रुपमा कार्यान्वयनमा लैजान सबैले ध्यान दिनुपर्ने उनको भनाई छ । धनुकटा जिल्लामा गाउँ ब्लक क्षेत्रको विवरण वि.सं.२०२९–१०–१५ सालबाट एकसरो नापी शुरु भै २०३२–१२–१५ सालमा सम्पन्न भएको थियो । एकसरो नापीको समयमा घना बस्ती भएको र सा–साना कित्ता जग्गाहरु भएको स्थानको जग्गाहरुलाई घेरी एउटै कित्ता नं दिई फिल्ड वुकमा ब्लक लेखि छोडिएको गाउँ व्लकको नापनक्सा कार्यलाई २०७७ सालमा नाप नक्सा शुरु गरिएको थियो। यस जिल्ला अन्तरगत साविक डाँडाबजार गा।वि।स वडा नं ३ र ९ हाल साँगुरीगढी गाउँपालिका वडा नं ५ को २८ जग्गधानी प्रमाणपुर्जा तयार त्यस्तै चैबिसे गाउँपालिका जम्मा ५५ जग्गाधनी प्रमाणपुर्जा तयार गरी करिब २ हेक्टर क्षेत्रफल रहेको गाउँब्लक क्षेत्रको नाप नक्सा कार्य सम्पन्न भएको छ । जग्गा धनि दर्ता प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको जग्गाहरुको छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
भाजपाको मुख्यालयमा प्रचण्डको भ्रमण (फोटोफिचर )
काठमाडौं ।भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले भाजपाको मुख्यालय भ्रमण गरेका छन् ।मुख्यालयमा भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवाला पनि सहभागी थिए । मुख्यालयमा प्रचण्डले भारतीय जनता पार्टीको पार्टी व्यवस्थापनको बारेमा जानकारी लिए । साथै दुई पार्टीबीचको आपसी सम्बन्ध र अनुभव साटासाट गर्नेबारे बारे पनि छलफल भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।
काठमाडौंको सोल्टी होटलमा भारतीय खानाको महोत्सव
काठमाडौं । भारतीय खानाका उत्कृष्ट खानाहरूको जानकारी प्रदान गर्न काठमाडौंको सोल्टी होटलले भारतीय खाना महोत्सवको आयोजना भइरहेको छ । सीडी फाउण्डेसन इन्डियासँगको सहकार्यमा सन् २०२२ को १५ जुलाईदेखि २४ सम्म दिनभर रेस्टुरेन्ट पार्क र छतमा भोजन कार्यक्रम आयोजना हुने सोल्टी होटलले जनाएको छ । सोही महोत्सवमा प्रत्येक साँझ रात्री भोजनका लागि लाइभ संगीतका साथ आनन्द लिन समेत सकिने छ । भारतमा बनेका अनपेक्षित व्यञ्जनहरूको पाककलाको नवीनताहरू समेटेको छ । सोल्टी होटलका कार्यकारी शेफ श्री अग्निमित्रा शर्माको विशेषज्ञताका साथ साथै ट्राइडेन्ट हैदराबाद शेफका अतिथि शेफहरूका साथमा खानाहरू संयुक्त रूपमा क्युरेटेड हुने भएको छ । यसको सबै भन्दा प्रामाणिक रूप र स्वादमा, अझै समकालीन समाप्त र प्रस्तुतीकरण रहेको छ । भारतीय खानामा पहिला भन्दा वर्तमान समयमा विकसित भएको छ । अन्य संस्कृतिहरूसँग व्यापार साझेदारीबाट प्रभावित हुनेछ। यो खानाको उद्देश्य भनेको तपाई भित्र रहेका अन्वेषकहरूलाई प्रेरणा दिन र अपील गर्न, भारतीय संस्कृतिलाई पूर्ण नयाँ तरिकाले अनुभव गर्नको लागि भएको जनाइएको छ । सोल्टी काठमाडौं सीडी फाउन्डेसनसँगको सहकार्यमा आफ्नो दूतावास जडान कार्यक्रम मार्फत देशहरूबीच द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो
काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न बाहेकका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको हो । आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, चकलेट, विदेशी मदिरा, सूर्तिजन्य पदार्थ, हिरा, महंगा विद्युतीय सामाग्रीलगायत छन् । त्यस्तै १ सय ५० सीसी भन्दा बढीका सबै खाले मोटरसाइकल, जीप, कार, भ्यान, खेलौनाको समेत आयातमा प्रतिबन्ध लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ छ । जुन, असार ३१ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार असार ३१ गतेको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको छ । जुन, असार ३१ गते प्रतितोला ११ सय ४५ रुपैयाँ थियो ।
गभर्नर अधिकारीले २४ घण्टाभित्र राजीनामा नदिए उनका सबै कार्यक्रम बिथाल्ने चेतावनी
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरुको अभियान छ ।’ कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् । नक्कली एम नाम धारण गरी एमालेको कार्यकर्ता महाप्रसाद अधिकारी एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा नपालको अर्थतन्त्र धरासायी बनाउँन लागि परेको विद्यार्थी संगठनहरुको आरोप छ । साथै, गभर्नर विरुद्ध प्रदर्शन गर्ने क्रममा अखिल(क्रान्तिकारीका) विद्यार्थीमाथि प्रहरीको धरपकड गरि हिरासतमा राखेको छ । धरपकड पर्नेहरुमा क्षितिज सापकोटा,रेशम लाल श्रेष्ठ ,सम्राट थापा,भरत महतरा,बिनोद शाही ,रबिन्द्र न्यौपाने ,बिनोद बहादुर शाही र कृष्ण प्रसाद घिमिरे रहेका छन् । उनीहरुलाई तत्काल रिहाई गर्न क्रान्तिकारीले माग गरेको छ । प्रर्दशनका क्रममा अखिल(क्रान्तिकारी)का नेता बाबुराम नेपालीको घाँटी अठठ्याउदै प्रहरी

