माफी माग्दै पूर्वमिस नेपाल माल्भिका भन्छिन्–मलाई पूरा विवरण याद छैन
काठमाडौं। सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफू यौन उत्पीडनमा परेको बताएकी छन्। बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै ती किशोरीले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको बताएका हुन्।
पीडित युवतीले घटना भएका बेला पूर्वमिस नेपाल माल्भिका सुब्बा कोरियोग्राफर रहेको र आफूले उनलाई घटनाबारे बताएको भनेकी छन्। तर सुब्बाले आफूलाई सहयोग नगरेको यवतीले भिडियोमा भनेकी छन्। पीडितले हालै घटनाबारे भिडियो बयान सार्वजनिक गरेपछि पूर्वमिस नेपाल माल्भिका सुब्बाले गल्ती स्वीकार्दै क्षमायाचना गरेकी छन्। सुब्बाले उनलाई म्यासेज गर्दै त्यतिबेला आफू नाबालिग करणी, बालयौन दुव्र्यवहार र सहमतिको सम्बन्धबारेका कानुनबारे पूर्ण जानकार नभएको बताएकी छन्।
सुब्बाले लेखेकी छन्, ‘म कुनै बहानाबाजी गर्दिनँ। मलाई पूरा विवरण याद छैन। तर, यो सम्झिएकी छु कि तिमीले मलाई कल गरेकी थियौ र दुव्र्यवहार गरिएको विषयमा कुरा गर्न खोजेकी थियौं। तर, ‘बलात्कार’ शब्द नै प्रयोग गरेको याद छैन। म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ। यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन। तर, म तिमीलाई यो थाहा दिन चाहन्छु कि मैले तिम्रो कुरा राम्ररी नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु। तिमीले मसँग रिसाउने सबै कारणहरु छन र मैले जेजस्तो घृणाहरु पाइरहेकी छु, त्यसको म हकदार छु।’
माल्भिकाका अनुसार ती युवती अफेयरमा रहेको उनले हल्ला सुनेकी थिइन्। उनले लेखेकी छन्, ‘मैले महसुस गर्नुपथ्र्यो कि जब मैले हल्लाहरु ९उनीहरु अफेयरमा छन भन्ने० सुन्न थालेँ, त्यसबेला तिमी केवल १६–१७ वर्षकी थियौं। मैले आयोजकहरुसँग कुरा गर्नुपथ्र्यो र दृढ अडान लिनुपथ्र्यो। तर, मैले त्यसो नगर्ने निर्णय लिएँ।’
माल्भिकाले त्यसबेला आफ्नो मानसिक स्वास्थ्य राम्रो अवस्थामा नरहेको उल्लेख गरेकी छिन्। यद्यपि यसलाई बहाना नबनाउने उनको भनाइ छ। ‘म आफै डिप्रेसनसँग लडिरहेको थिएँ, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो केसमा संलग्न नहुने निर्णय लिएँ। अहिले मैले महसुस गरेको छु कि यदि म संलग्न भएको भए मेरो मानसिक स्वास्थ्यलाई थोरै असर पथ्र्यो होला। तर, उनको लागि ठूलो मद्दत हुन्थ्यो। मैले त्यो समयमा आफूसँग त्यस्तो क्षमता रहेको महसुस गर्न सकिनँ।’
अब आफूले आफैलाई पहिलेको नजरमा हेर्न नसक्ने उनले बताएकी छन्। ‘तिम्रो पोष्टहरु हेरेपछि सबै कुराका लागि म जिम्मेवार छु भन्ने महसुस भएको छ र मैले आफूलाई कहिल्यै माफी दिने छैन’, माल्भिकाले भनेकी छन्।
उनले लेखेकी छन्, ‘त्यो प्रतियोगितापछि पीडितले अहिले बताएकोभन्दा फरक कुरा सुनेको थिएँ र त्यसमा विश्वास गरेँ। त्यसपछि मैले प्रतियोगिता आयोजकसँग सबै सम्बन्ध तोडेँ।’ ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो कथा सुनाएपछि माल्भिका सुब्बाको आलोचना भएको छ।
गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय
काठमाडौं । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए । सो साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ । १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ । समितीले विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरुमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय गरेको छ । प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराउने तथा ३ दिन साँझ दिपावली गर्ने निर्णय गरिएको छ ।
गोकुल बाँस्कोटाको गृह पालिकामा एकीकृत समाजवादीका मेयर निर्वाचित, उपमेयरमा कांग्रेस
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ विजयी भएका छन्। २०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए। तामाङले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई पराजित गरेका हुन्। विजयी तामाङले ९४०६ मत ल्याए। उनको निकटतम प्रतिद्वन्द्वी सापकोटाले ८३५१ मत प्राप्त गरे। मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो। उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल विजयी भएका छन्। उनले ११३०५ मत प्राप्त गरे। उपमेयरमा पराजित उम्मेदवार एमालेकी सरिता ढकालले ६९२४ मत प्राप्त गरिन्।
नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए । ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भने । प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ । यसबारे गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन्। सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको हो । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष प्रंचण्डसँग भेटघाट गरेका हुन्।
काँग्रेसले जितिसक्यो एमालेले भन्दा ८८ भन्दा बढी पालिका
काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ । यस्तै १०३ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ । यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हासिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ। मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।
एमालेलाई हराएर सुदूरपश्चिममा जित्यो एकीकृत समाजवादीले मेयर
धनगढी । (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ। कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। यहाँ सत्तारूढ गठबन्धन थियो। २०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए।
टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर
कैलाली । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ। जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो। उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो । सुदूरपश्चिम अखण्ड र थारुवानरथारुहट आन्दोलनबाट सिर्जित टिकापुर घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।
दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरे। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी भए । एमालेका उम्मेदवार श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत प्राप्त गरेर पराजित भए । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा विजयी भएका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा विजयी भएकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गरेकी हुन् ।
गल्याङ नगरपालिकाको प्रमुखमा कांग्रेसका गुरु भट्टराई विजयी, घोषणा हुन बाँकि
स्याङ्जा ।गल्याङ नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेस उम्मेदवार गुरु प्रसाद भट्टराई विजयी भएका छन् । मतगणना चलिरहे पनि उनको जित सुनिश्चित भएको हो । ११ वडा रहेको नगरपालिकामा अन्तिम वडाको मतगणना चलिरहेको छ । जम्मा ४०९ मत गणना हुन बाँकी रहदा ५४२ ले गुरु प्रसाद भट्टराई अगाडि रहेपछि भट्टराईको जित सुनिश्चित भएको हो । भट्टराईले ९३०६ मत ल्याउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे “पारस”ले ८७६४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा नेपाली काङ्ग्रेस उम्मेदवार हेमा न्यौपानेले ८८६४ म ल्याएर ५० मतले अगाडी छन् भने उनकी प्रतिस्पर्धी देबि थापा मगरले ८८४३ मत प्राप्त गरेकी छन् । मतगणना जारी छ ४०९ गणना बाँकी छ ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरको दर्शन
काठमाडौ । बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गरेका छन्। मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आएका हुन् । भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आएका मोदी भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए । मोदीलाई हेलिप्याडमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरे। भैरहवामा ओर्लिएपछि मोदी सिधै मायादेवीको मन्दिर तर्फ लागे । मोदीले अशोक स्तम्भको पनि अवलोकन गरे। मोदीले आजै लुम्बिनीमा गुम्बाको उद्घाटन गर्ने र बुद्ध जयन्त्रीका अवसरमा त्यहाा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदबारले ३ मतले बिजयी भएपछि
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ११ को वडा अध्यक्ष दानसिह जोगी हार्ने सोच बनाएर घर फर्केका ३ मतले बिजयी भएका छन् । तिब्र प्रतिष्पर्धामा रहेका जोगी आफु जित्न महोल नभएपछि हार स्वीकार्दै घर गएका थिए । पछि फेसबुकबाट बिजयी भएको सुचना पाएपछि उनी पुन मतगणना स्थल गएका थिए । उनी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भए । कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका हुन् ।
दुर्गाथलि गाउँपालिका अध्यक्षमा माओवादीका दिलबहादुर थापा विजयी
बझाङ । बझाङ जिल्लाको दुर्गाथलि गाउँपालिका अध्यक्षमा वाईसिएल नेपाल सुदुर पश्चिम इन्चार्ज रहेका दिलबहादुर थापा (तुफान) विजयी भएका छन् । सोमबार सार्वजनिक भएको मत परिणाम अनुसार उनी दुर्गाथलि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
यी हुन् माओवादीले जितेका २६ पालिका र प्रमुखहरु
काठमाडौं। स्थानीय तहको निर्वाचनको मतपरिणाम धमाधम आउनेक्रम जारी छ। पछिल्लो नतिजा अनुसार २६ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादी)केन्द्रले हालसम्म जितेका २६पालिका प्रमुखहरु १.डोल्पा जगदुल्ला गाउँपालिका : अध्यक्ष- नारसिङ रोकाय २.दार्चुला अपि हिमाल गाउँपालिका : अध्यक्ष- भगत सिंह ठेकेरे बोहोरा ३.दैलेख नौमुले गाउँपालिका अध्यक्ष : छबि सुवेदी ४.ताराखोला गाउँपालिकाबागलुङ : अध्यक्ष -धन बहादुर बि.क. ५.लिङ्चुन्बुङ गाउँपालिका- उदयपुर : अध्यक्ष -मेजर राइ ६.जन्तेढुङ्गा गाउँपालिका- खोटाङ : अध्यक्ष – अरुणा देवी राई ७.थवाङ गाउँपालिका-रोल्पा : अध्यक्ष – ऋषि केशव बुढा मगर ८.नौगाड गाउँपालिका-दार्चुला : अध्यक्ष – दलजितसिंह धामी ९.ताजाकोट गॅाउपालिक-हुम्ला : अध्यक्ष – लालकेश जैशी १०.अजिरकोट गाउँपालिकामा-गोरखा : अध्यक्ष- दीपक देवकोटा ११.मार्मा गॅाउपालिका-दार्चुला : अध्यक्ष -जमन सिह धामी १२. लेकम गाउॅपालिका-दार्चुला अध्यक्ष : रामदत्त जोशी १३. थुलुङ दुधकोशी गाउँपालिका-सोलुखुम्बु : अध्यक्ष – असिम राई १४. चन्द्रकोट गाउँपालिका-गुल्मी : अध्यक्ष – युवराज केसी १५.आलिताल गाउँपालिका-डडेलधुरा : अध्यक्ष – शेर सिंह पार्की १६.आमचोक गाउँपालिका-भोजपुर : अध्यक्ष – अशोक राई १७.पुथा उत्तरगंगा गाउँपालिका-रुकुम पुर्व : अध्यक्ष -पुनिराज घर्ती १८. रोल्पा नगरपालिका -रोल्पा : मेयर -सुरेन्द्र थापा(घर्ती) १९. बोकतान फुड्सील गाउपालिका -डोटी : अध्यक्ष – कमल बहादुर गड्सील २०.फत्ताङलुङ गाउँपालिका -ताप्लेजुङ : अध्यक्ष – राजन लिम्बु (मुक्ति) २१. बंगलाचुली गाउपालिका-दाङ्गस अध्यक्ष -तुल्सिराम पुन २२. ऐंसेलुखर्क गाउपालिका-खोटाङ्ग अध्यक्ष- गिरेन राई २३. मुड्केचुला गाउँपालिका–डोल्पा – अध्यक्ष-दत्त शाही २४. सिस्ने गाउपालिका- रुकुम पूर्व – अध्यक्ष-कृष्ण रेग्मी २५.चिंसखुगडी गाउपालिका-ओखलढुंगा – अध्यक्ष-निशान्त शर्मा २६. बारपाक सुलिकोट गाउँपालिका- गोरखा- विष्णु भट्ट
विवेकशील साझाले भन्यो- पार्टीको उतारचढावलाई मतदाताले मन पराएनन्
काठमाडौं । विवेकशील साझा पार्टीले अपेक्षाकृत नजिता ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै ‘आशा गरिएको पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको’ स्वीकार्दै क्षमा मागेका छन् । ‘हामीले देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो ।’ कतिपयले पार्टीको कमजोर नतिजा आउनुमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ शीर्षकको राजनीतिक दस्तावेज रहेको भूमिका रहेको विश्लेषण गरे पनि त्यसो नभएको भन्दै पाठकले खण्डन गरेका छन् । उनले भनेका छन्, ‘अहिले मात्र होइन, सो दस्तावेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नुपरेको थियो, जुन सोचनीय विषय छ।’ वैचारिक उथलपुथल र कयौं अन्य कमजोरीका बाबजुद पनि आफूहरुले इमान्दारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै नगुमाएको पनि भनिएको छ । साथै, विगतका सिकाइबाट अब निर्मम समीक्षा र निर्णय गर्दै जाने पनि भनिएको छ ।
एमालेको गढ पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै पद लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ । गठबन्धन अन्र्तगत अध्यक्ष पदमा नेपाली कांग्रेसका बम प्रसाद लावतीले नेकपा (एमाले) का प्रत्यासी भिमप्रसाद सम्हाम्फेलाई १ सय ५७ मतले पराजित गर्दे विजयी भएका हुन्। लावतीले ३ हजार ५७ मत प्राप्त गर्दा एमालेका प्रत्याशी भिम सम्हाम्फेले २ हजार ९ सय मत प्राप्त गरे । यस्तै, उपाध्यक्ष पदमा पनि गठबन्धन अन्तर्गत माओवादी केन्द्रका महेन्द्र खड्काले प्रत्याशी नेकपा एमालेकी सिता रिजाल आचार्यलाई ३४ को मतान्तरले विजयी भईन् । खड्काले २ हजार ७५८ र आचार्यले २ हजार ७२४ मत प्राप्त गरेका थिए। ५ वटा वडा रहेको यस कुम्मायक गाउँपालिकामा २ वटा गठबन्धन र ३ वटामा नेकपा एमालेले जित हासिल गरेको छ । गत ०७४ को स्थानीय तहको निर्वाचनमा २७ वटा पदमध्ये वडा नम्बर १ मात्रै स्वतन्त्रले जितेको थियो भने बाँकी २६ वटा पदमा नेकपा एमालेले जितेको थियो
काठमाडौंको चन्द्रागिरी –५ मा माओवादीका राजेन्द्र मर्हजन निर्वाचित
काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलका सहित माओवादी केन्द्रका उम्मेदवार राजेन्द्र मर्हजन वडा अध्यक्षमा निर्वाचित भएका छन् । महर्जन दोब्बर भन्दा बढीको मतान्तरले विजयी भएका हुन् ।सोमबार सार्वर्जनिक मत परिणामका अनुसार उनले विजय हासिल गरेका हुन् ।

