अनरत डा.केसीका मागप्रति सम्पादकहरूले जनाए ऐक्यबद्धता

काठमाडौं, मंसिर १६ । मेडिकल शिक्षाका बेथितिविरुद्ध आमरण अनसनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा.गोविन्द केसीका मागप्रति देशका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन्।

बिहीबार दिउँसो केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर नेपालका दैनिक, टेलिभिजन, साप्ताहिक र अनलाईनका सम्पादकहरुले डा.केसीका आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।
सम्पादकहरुले डा.केसीले निष्ठाको संघर्ष गरेको भन्दै उनको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे। अमरण अनसन १९ औं दिन पुग्दासम्म उनका मागको सुनुवाइ नभएपछि सम्पादकहरुले त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेटेका हुन्।