यस्ता छन्, प्रदेश १ मा दोहोर्‍याएर जित्ने प्रमुख तथा उपप्रमुखहरु

विराटनगर । प्रदेश १ मा हालसम्म मतगणना भएका १२३ वटा पालिकामध्ये २९ पालिकाका  तथा अध्यक्ष पुरानै अनुहार दोहोरिएका छन् । यस्तै १७ जना पुरानै उपप्रमुख तथा उपाध्यक्ष दोहोरिएका छन् ।

एमालेका ११ जना प्रमुख, उपप्रमुख र ९ उपप्रमुख, उपाध्यक्षमा पुरानै अनुहार दोहोरिँदा काँग्रेसका ११ जना प्रमुख, अध्यक्ष र ६ जना उपप्रमुख, उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । यस्तै माओवादी केन्द्रका ४ जना अध्यक्ष र २ जना उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । नेकपा एकीकृत समाजवादीका २ जना र राप्रपाबाट १ जना प्रमुख , अध्यक्षमा दोहोरिएका छन् ।

हाल मतगणना बाँकी रहेको मोरङको रंगेली नगरपालिकामा पनि पुरानै अनुहार दोहोरिने सम्भावना छ । रंगेलीका प्रमुखका उम्मेदवार दिलिप अग्रवाल प्रतिस्पर्धीको भन्दै धेरै मतले अग्रता लिइरहेका छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

पुनः विजयी बनेका प्रमख र उपप्रमुखहरु

झापा
कन्काइ
अध्यक्षः राजेन्द्रकुमार पोखरेल (एमाले)

झापा गाउँपालिका
अध्यक्षः जयरानायण साह (काँग्रेस)

हल्दीबारी गाउँपालिका
अध्यक्षः रविन्द्र लिङ्देन

इलाम
सूर्योदय नगरपालिका
प्रमुखः रणबहादुर राई (नेकपा एकीकृत समाजवादी)

देउमाइ नगरपालिका
प्रमु्खः सूर्यप्रसाद पोखरेल (एमाले)
उपप्रमुखः पविमाया राई (एमाले)

पाँचथर
हिलिहाङ गाउँपालिका
उपाध्यक्षः सुमित्रा उप्रेती सेढाई (एमाले)

ताप्लेजुङ
पाथीभरा याङ्बरक गाउँपालिका
अध्यक्षः केशरकुमार सुब्बा (एमाले)
उपाध्यक्षः रनमाया गुरुङ (एमाले)

संखुवासभा
पाँचखपन गाउँपालिका
अध्यक्षः विपिन राई (काँग्रेस)

चिचिला गाउँपालिका
अध्यक्षः पासाङ नुर्बु शेर्पा (काँग्रेस)

तेह्रथुम
म्याङलुङ नगरपालिका
प्रमुखः सञ्जयकुमार तुम्बाहाम्फे (एमाले(

लालिगुराँस नगरपालिका
अध्यक्षः अर्जुन माबुहाङ (काँग्रेस)

छथर गाउँपालिका
अध्यक्षः सन्तवीर लिम्बू (एमाले)
उपाध्यक्षः तारा खरेल (एमाले)

मेन्छ्याङ गाउँपालिका
अध्यक्षः यादव बहादुर खापुङ (एमाले)
उपाध्यक्षः गीतादेवी तिम्सिना (काँग्रेस)

भोजपुर
भोजपुर नगरपालिका
अध्यक्षः कैलाश कुमार आले (काँग्रेस)

अरुण गाउँपालिका
उपाध्यक्षः विनिता ढकाल (काँग्रेस)

पौवादुम्मा गाउँपालिका
अध्यक्षः किरण राई (एमाले)

आमचोक गाउँपालिका
अध्यक्षः अशोक राई (माओवादी)
उपाध्यक्षः सीता राई (माओवादी)

हतुवागढी गाउँपालिका
अध्यक्षः प्रेमकुमार राई (एमाले)

धनकुटा
धनकुटा नगरपालिका
प्रमुखः चिन्तन तामाङ (एमाले)

सहिदभूमि गाउँपालिका
अध्यक्षः मनोज राई (एमाले)
उपाध्यक्षः रत्नेश्वरी राई (एमाले)

महालक्ष्मी नगरपालिका
उपप्रमुखः मञ्जु कुमारी कार्की (एमाले)

उदयपुर
उदयपुरगढी गाउँपालिका
प्रमुखः मानबहादुर केप्छाकी मगर (नेकपा एकीकृत समाजवादी)

लिम्चिङबुङ गाउँपालिका
अध्यक्षः मेजरकुमार राई (माओवादी)

ओखलढुंगा
खिजिदिम्बा गाउँपालिका
उपाध्यक्षः सुशीला तामाङ (काँग्रेस)

चम्पादेवी गाउँपालिका
अध्यक्षः नवराज केसी (काँग्रेस)

चिशंखुगरी गाउँपालिका
अध्यक्षः निशान्त शर्मा (माओवादी केन्द्र)

खोटाङ
बराहपोखरी गाउँपालिका
अध्यक्षः शालिग्राम बञ्जरा (काँग्रेस)

सोलुखुम्बु
सोलुदुधकुण्ड नगरपालिका
प्रमुखः नाम्गेल जाङ्गु शेर्पा (काँग्रेस)

माप्य दूधकुण्ड गाउँपालिका
अध्यक्षः बुद्धिकिरण राई (एमाले)

खुम्बुपासाङ ल्यामु गाउँपालिका
उपाध्यक्षः टासी ल्यामु शेर्पा (एमाले)

महाकुलुङ गाउँपालिका
उपाध्यक्षः विपना कुलुङ (काँग्रेस)

थुलुङ दूधकोशी गाउँपालिका
अध्यक्षः असिम राई (माओवादी)
उपाध्यक्षः सविता राई (माओवादी)

सुनसरी
दुहबी नगरपालिका
प्रमु्खः वेदनारायण गच्छदार (काँग्रेस)

कोशी गाउँपालिका
अध्यक्षः अयुव अन्सारी (काँग्रेस)
उपाध्यक्षः अनिता देवी यादव (काँग्रेस)

मोरङ
लेटाङ नगरपालिका
उपप्रमुखः कृष्णकुमारी निरौला (एमाले)

रतुवामाइ नगरपालिका
उपप्रमुखः दमयन्ता चुँडाल एमाले

बुढीगंगा गाउँपालिका
उपाध्यक्षः अमृता गच्छदार (कांग्रेस)

धनपालथान गाउँपालिका
उपाध्यक्षः नामिमा बानु (काँग्रेस)

वर्षा र चट्याङबाट विभिन्न जिल्लामा पाँच जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एकरएक जनाको मृत्यु भएको हो । यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ । भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

स्थानीय चुनावमा ओली जहाँ–जहाँ पुगेर भाषण गरे, त्यहाँ–त्यहाँ एमाले पराजित

काठमाडौं । गत बैशख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउनेक्रम जारी छ । धेरै तहको आइसकेको छ भने बाँकीको पनि छिट्टै सार्वज्निक गर्ने निर्वाचन आयोगले जनाएको छ । ०७९ सालको निर्वाचनको नेपाली कांग्रेस विजयी र अग्रतामा अगाडि छ भने एमाले र माओवादीले पछ्याइरहेका छन् । यसपटक नेपाली कांग्रेस पाँचदलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । गठबन्धनले देशका दुई सय स्थानीय तहमा मात्र तालमेल गरेका थिए । अन्य स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गरेका थिए । एमाले भने भुरेटाकुरे १० वटा दलसँग तालमेल गरेर चुनावमा होमिएको थियो । एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए । उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरे, ती सबै ठाउँमा एमालेले पराजय बेहोरेको छ । ओली विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए । तर, उनी गएका सहरमा एमालेले कतै पनि चुनाव जितेको छैन । पोखरा, धरान, जनकपुर, वीरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ । यी स्थानीय तहमा पनि एमालेले चुनाव जित्न सकेन । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार कांग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो । यसपटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै कांग्रेस पहिलो दल बन्न सफल भएको छ । सात सय ५३ मध्ये कांग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ । यसपटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबीच तालमेल भएको थियो । जसले कांग्रेसलाई धेरै फाइदा पुग्न गयो । भलै कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका केही स्थानीय तह गुमाए पनि अघिल्लो एमालेले जितेका स्थानीय तहको रेकर्डलाई कांग्रेसले यसपटक ब्रेक गरेको छ । कांग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले कांग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ ।

भरतपुरमा रेनुको ६,५०० ले अग्रता, १ देखि १४ वडाको सकियो गणना

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायम गरेकी छन् । ७९ हजार ९१० मतको गणना गर्दा रेनुले ३१ हजार १२२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् । भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ भने एमाले र राप्रपाले पनि गठबन्धन बनाएका छन् ।

गोरखाका तीर्थयात्री बोकेको बस बर्दघाटमा दुर्घटना, ३० जना घाइते

नवलपुर । पूर्वपश्चीम राजमार्ग अन्तरर्गत नवलपुरको बर्दघाटमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो । घाइतेको स्थानीय चिसापानी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।

बलात्कार आरोप लागेका कन्सल्टेन्सी सञ्चालक पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि उनले बताएकी छन् ।

विराटनगरमा २४ प्रतिशत मत बदर

काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा यस पटक उक्त प्रतिशत झनै बढेको छ । यस पटकको निर्वाचनमा विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ । यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ । प्रमुख पदमा सदर मत ६८ हजार ३६ रहेको छ भने उपप्रमुखमा सदर मत ५५ हजार २ सय २९ रहेको छ । यस्तै प्रमुख पदमा बदर मत मात्रै २१ हजार ३ सय ५८ रहेको छ भने उपप्रमुखमा ३४ हजार १ सय ६७ मत बदर भएको छ । सबैभन्दा बढी प्रमुख तथा उपप्रमुखमा बदर भएको मत वडा नम्बर ६ मा छ । वडा नम्बर ६ मा मात्रै उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ भने प्रमुखमा १ हजार ९ सय ६५ मत बदर भएको छ । सबैभन्दा कम बदर भएको वडा भनेको ७ नम्बर वडा हो । यस वडामा प्रमुखमा ३ सय ९८ र उपप्रमुखमा ९७८ मत बदर भएको छ ।

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी सावित्रा अर्याल विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका छन् भने उपप्रमुखमा एमालेकी सावित्रा अर्याल २४ हजार ९ सय ४ मतका साथ विजयी भएकी हुन्। नगर प्रमुखमा पराजित हुने एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ र उपप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १६ हजार ९ सय ८० मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ४ हजार २ सय ९७ र उपप्रमुखका उम्मेदवार भगवती पाण्डेयले ६ हजार ५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार कुल ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ अर्थात् जम्मा ६९ दशमलव ९२ प्रतिशत मत खसेको थियो। १९ वटा वडा रहेको बुटवलमा ५ वटा वडामा एमाले विजयी हुंदा १३ वटा वडामा गठबन्धन विजयी भएको छ। त्यस्तै वडा नं.१ मा भने स्वतन्त्रका उम्मेदवारले जित हात पारेका छन्। २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर नगरप्रमुख बनेका थिए। अघिल्लो निर्वाचनमा पनि प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेयले २ हजार ३ सय ९८ मतले पराजित हुँदै २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमुक्तिको गठबन्धन रहेको अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा एमालेकी गोमादेवी आचार्यले माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई पराजित गरेकी थिइन्। आचार्यले २५ हजार ३ सय १ मत ल्याएर विजयी हुँदा पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याएका थिए।

बालिका करणी अभियोगमा झापाबाट म्यादी प्रहरी पक्राउ

काठमाण्डौ – प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई त्यही वडामा पर्ने गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पालिका तह २०७९ को चुनावमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।

यस्ता छन्, स्थानीय चुनावमा माओवादीले जितेका ११६ पालिका

काठमाडौं । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले दैलेखमा एउटा मात्रै वडा सदस्यमा मात्रै चित्त बुझायो। यसपटक उसले दैलेखमा दुई पालिका प्रमुख जितेको छ। भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिकामा अध्यक्ष जितेको छ। यी दुई पालिका जित्नु उसको लागि आफैंमा उपलब्धी हो। यी गाउँपालिकामा उसले नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर जितेको हो।पूर्वी पहाडी जिल्ला पाँचथरमा अघिल्लो पटक वडा अध्यक्षमै सिमित रहेको नेकपा माओवादी केन्द्रले यसपटक १ पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको छ। त्यहाँ उसले नेपाली काग्रेससँग गठबन्धन गरेको हो।गोरखाका ११ पालिकामध्ये गत निर्वाचनमा माओवादीले २ मात्रै जितेको थियो। यस पटक एक्लैले ९ पालिका जितेको छ। धेरै ठाउँमा गठबन्धन गरेर जिते पनि माओवादीले यसपालि कतिपय पालिकामा एक्लैले कांग्रेस र एमाले सहितका गठबन्धनलाई हराएको छ। रूकुमको चौरजहारी नगरपालिकामा उसले कांग्रेस एमाले गठबन्धनलाई हराएको छ। कालिकोटको पचालझरना गाउँपालिकामा समेत उसले एमाले–कांग्रेस गठबन्धनलाई हराएको छ। रोल्पाको थवाङमा त माओवादीविरूद्ध कांग्रेस, एमाले र विप्लवको पार्टीले समेत मोर्चाबन्दी गरेका थिए। त्यहाँ समेत उसले जित हासिल गरेको छ।अहिलेसम्म आएको नतिजालाई आधार मान्ने हो भने २०७४ मा भन्दा माओवादी केन्द्रले आफूलाई धेरै सुधारेको छ। उसले विगतभन्दा धेरै ठाउँमा पालिका प्रमुख–अध्यक्ष जितेको छ। २०७४ को निर्वाचनमा माओवादी केन्द्रले १ सय ६ पालिकामा प्रमुख–अध्यक्ष र १ सय ११ पालिका उपप्रमुख जितेको थियो। यसपटक उसले यो संख्या कटाइसकेको छ। शनिवार विहान सम्मको मतपरिणाममा उसले १ सय १६ पालिकामा प्रमुख–अध्यक्ष जितिसकेको छ भने १ सय २१ पालिकामा उपप्रमुख–उपाध्यक्ष जितेको छ। भरतपुर महानगरसहित १२ पालिकामा उसले अग्रता लिएको छ। माओवादीले अग्रता लिएका सबै ठाउँमा जित्दा पनि माओवादी दोस्रो स्थानमा रहेको एमालेलाई पछि पार्ने अवस्था छैन। अर्थात् उसको प्रतिष्पर्धा आफैंसँग छ। आफैंसँगको प्रतिष्पर्धामा यसपालि माओवादीले आफैंलाई जितेको छ। क्र.सं. जिल्ला पालिका                 प्रमुख/अध्यक्ष   उम्मेदवार           प्राप्त मत १ ताप्लेजुंग फक्ताङलुङ गाउँपालिका  अध्यक्ष     राजन लिम्बु             २६६० २ ताप्लेजुंग मैवाखोला गाउँपालिका      अध्यक्ष      विजय प्रकाश वनेम  २६०९ ३ पाँचथर मिक्लाजुङ गाउँपालिका  अध्यक्ष       अमर राज माखिम       ६०६५ ४ भोजपुर आमचोक गाउँपालिका  अध्यक्ष         अशोक राई                ३६८६ ५ भोजपुर रामप्रसाद राई गाउँपालिका  अध्यक्ष    थाम बहादुर राई       ३०७७ ६ सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका  अध्यक्ष  अशिम राई            ४०४९ ७ खोटाङ्ग खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई                ३७२८ ८ खोटाङ्ग जन्तेढुंगा गाउँपालिका अध्यक्ष  अरुणा देवी राई                     २८८१ ९ ओखलढुंग चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा बास्तोला    ३१९८ १० उदयपुर ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्ग राज विश्वकर्मा १७८७ ११ उदयपुर रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मगर ४३०५ १२ उदयपुर लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई २०५१ मधेश प्रदेश १३ सप्तरी खडक नगरपालिका प्रमुख जय प्रकाश चौधरी थारु ५८८२ १४ सर्लाही बागमती नगरपालिका प्रमुख भरत कुमार थापा ११३५७ १५ सर्लाही हरिवन नगरपालिका प्रमुख रमेश वुढाथोकी ७००२ १६ सर्लाही बलरा नगरपालिका प्रमुख रामा शंकर प्रसाद कुशवाहा ४६४३ १७ बारा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल १८७४३ १८ सर्लाही रामनगर गाउँपालिका अध्यक्ष राजा बाबु यादव ४०८१ १९ रौतहट दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंह ४२०४ बागमती प्रदेश २० सिन्धुली दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी १५८३८ २१ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा ११०७२ २२ मकवानपुर थाहा नगरपालिका प्रमुख विष्‍णु वहादुर विष्‍ट ९७१९ २३ दोलखा गौरिशंकर गाउँपालिका अध्यक्ष विश्‍वास कार्की ४७५१ २४ दोलखा शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्‍ठ ४९१८ २५ रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष मैन कु्मार मोक्तान ६२७० २६ रामेछाप सुनापती गाउँपालिका अध्यक्ष ठुलो कान्छा तमाङ ५३९८ २७ सिन्धुली मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तान ५१९४ २८ सिन्धुली सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा-दाहाल ५३७६ २९ सिन्धुली हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवा ४७२९ ३० धादिङ्ग गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्‍ठ ६३०८ ३१ धादिङ्ग बेनीघाट रोराङ्ग गाउँपालिका अध्यक्ष कृष्‍ण बहादुर थपलिया ७६८० ३२ धादिङ्ग रुवी भ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ २७९२ ३३ नुवाकोट ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ ४९०९ ३४ नुवाकोट दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा ४४७३ ३५ नुवाकोट पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तमाङ ४३५४ ३६ काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ ४४८५ ३७ काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई ६२२८ ३८ काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका अध्यक्ष प्रेम वहादुर भुजेल ५७९२ ३९ काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्वा ४८९१ ४० सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष रेशम स्‍याङबो ५५०३ ४१ सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ४६६६ ४२ सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा (तामाङ) ३९२५ ४३ मकवानपुर बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान ७३८४ गण्डकी प्रदेश ४४ गोरखा गोरखा नगरपालिका प्रमुख कृष्‍ण बहादुर राना ८९६४ ४५ गोरखा पालुङटार नगरपालिका प्रमुख विवस चिन्तन ६०७२ ४६ गोरखा अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा ३७८७ ४७ गोरखा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना ६३२६ ४८ गोरखा चुम नुव्री गाउँपालिका अध्यक्ष निमा लामा १६२४ ४९ गोरखा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ ३७७१ ५० गोरखा भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा ५६५१ ५१ गोरखा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश वाबु थापा मगर ५४७४ ५२ गोरखा बारपाक सुलीकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ५७१९ ५३ तनहुँ आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान ३९४० ५४ बागलुङ ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क २२८५ लुम्बिनी प्रदेश ५५ रोल्पा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा (घर्ती) ७६०३ ५६ प्यूठान प्यूठान नगरपालिका प्रमुख विष्णु बहादुर योगी ९३२३ ५७ बर्दिया राजापुर नगरपालिका प्रमुख दिपेश थारु ९८०७ ५८ गुल्मी चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री ५७०० ५९ गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल ६०८९ ६० गुल्मी मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल ६१७६ ६१ गुल्मी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली ५८१७ ६२ पाल्पा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ५७०४ ६३ रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ति ३९१३ ६४ रुकुम पूर्व भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ ३९७५ ६५ रुकुम पूर्व सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी ३७७९ ६६ रोल्पा थवाङ गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगर २१२२ ६७ रोल्पा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर ३३११ ६८ रोल्पा माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्तीमगर ३८३० ६९ रोल्पा लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा ४९६४ ७० रोल्पा सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनमगर ३४३९ ७१ रोल्पा सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी ६०६२ ७२ प्यूठान झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ५९२९ ७३ प्यूठान माण्डवी गाउँपालिका अध्यक्ष नम राज अधिकारी ३६७६ ७४ दाङ गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल ६९०९ ७५ दाङ बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर ५७४९ ७६ दाङ राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट ६८९८ ७७ बाँके खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. १०७९० ७८ बर्दिया बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी ९३६७ ७९ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता ४३८१ कर्णाली प्रदेश ८० सल्यान बनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकी ७३७० ८१ कालिकोट रास्कोट नगरपालिका प्रमुख धर्म राज शाही ३०४७ ८२ जाजरकोट नलगाड नगरपालिका प्रमुख डम्मर बहादुर रावत ५५९९ ८३ रुकुम पश्चिम आठबिसकोट नगरपालिका प्रमुख रवि के.सी. ७३९९ ८४ रुकुम पश्चिम चौरजहारी नगरपालिका प्रमुख पुष्‍प वादी ६८८२ ८५ सल्यान दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी. ४४६४ ८६ डोल्पा जगदुल्ला गाउँपालिका अध्यक्ष नारा सिं रोकाया ७७० ८७ डोल्पा मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाही १४०४ ८८ मुगु खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही ३५२० ८९ जुम्ला तिला गाउँपालिका अध्यक्ष मोति लाल रोकाया १९३६ ९० जुम्ला सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल १९४९ ९१ कालिकोट शुभ कालीका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य २४०९ ९२ कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देब राज शाहि २३६२ ९३ कालिकोट पलाता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाया २२९२ ९४ कालिकोट महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह २२७४ ९५ हुम्ला ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी १८१० ९६ हुम्ला नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा १४६६ ९७ हुम्ला सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी २८८२ ९८ दैलेख नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी ३२०० ९९ दैलेख भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश वहादुर थापा २८४६ १०० सुर्खेत चौकुने गाउँपालिका अध्यक्ष खड्क वि.क. ५४७६ १०१ रुकुम पश्चिम त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार के.सी. ५१२९ १०२ रुकुम पश्चिम सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट ६०१९ सुदूरपश्चिम प्रदेश १०३ कैलाली गौरीगंगा नगरपालिका प्रमुख देवी दत्त कडेल १३७९५ १०४ बैतडी मेलौली नगरपालिका प्रमुख भीम बहादुर चन्द ३०१० १०५ कन्चनपुर बेलौरी नगरपालिका प्रमुख पोती लाल चौधरी ८७८७ १०६ अछाम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद ५१४४ १०७ बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्‍त बहादुर चलाउने ३६८४ १०८ बझाङ्ग दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा २८२३ १०९ डोटी बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल बहादूर गडसीला २०५८ ११० कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष देवी दत्त उपाध्याय ३१३४ १११ दार्चुला अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सि‌ह ठेकरे (बोहरा) २३१२ ११२ दार्चुला नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी ३७८३ ११३ दार्चुला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी ३६१६ ११४ दार्चुला लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी २९७६ ११५ डडेलधुरा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट २४६९ ११६ डडेलधुरा आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की २३८९

छात्रालाई यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ

गुल्मी । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ । प्रहरीले शिक्षक भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

उपत्यकाका बुंगुर र सुँगुरमा अफ्रिकन स्वाइन फिभर

काठमाडौं । काठमाडौं उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण १ हजार १९ सुँगुर तथा बुङ्गुर मरेको पशुसेवा विभागले जनाएको छ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको हो । पशु सेवा विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश र पालिकाका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा पालिएका फार्ममा रोग देखा परेको पाइएको हो । यो रोग बुङ्गुरमा नेपालमा पहिलो पटक देखा परेको हो । विभागका महानिर्देशक डा। रामनन्दन तिवारीले उपत्यकाका बुङ्गुरमा यो रोग देखापरेकाले अन्यन्त्र फैलिन नदिन सतर्कता अपनाइएको बताए ।

गृहले भन्यो– ‘सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । गृह मन्त्रालयले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताएको छ। शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता घटनामा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो। ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’ मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को संयोजकत्वमा छानविन समिति गठन भएको छ। एसएसपी बसन्त कुँवर, प्रहरी उपरीक्षक ९एसपी० कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक ९डिएसपी० कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का लगायतको समिति गठन भएको हो। त्यस समितिले काम गरिसकेको गृह मन्त्रालयले जनाएको छ। ‘उक्त समितिले काम सुरू गरिसकेको अवस्था छ। उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी थिइन्। उनी त्यसबेला १६ वर्षकी थिइन्। सो कुरा सार्वजनिक भएपछि शुक्रबार संसदमा पनि यस विषयमा कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गर्न र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए। घटना सार्वजनिक भएपनि बलात्कारसम्बन्धी हद म्यादका कारण जाहेरी दर्ता गर्न नमिलेको पीडित युवतीले बताएकी थिइन्।

एमालेको विजयी जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

मोरङ । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बिहीबार को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका हुन् । ट्याक्टर एमालेको जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको र १३ जना घाइते भएको स्थानीयवासीले बताएका छन् । घाइते भएका २६ वर्षीय जालन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए । उनका अनुसार ३ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १,९४० मतले अगाडि

धनुषा । जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहले ५,९०७ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमालेका शिवशंकर साह हिराले ३,९६७ मत पाएका छन् । मनोज र शिवशंकरबीचको मतान्तर १,९४० रहेको छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १,८६६ मत पाउँदा लोसपाका मनोज चौधरीले २,५७० मत पाएका छन् । यस्तै गठबन्धनका लालकिशोर साहले जम्मा १,७३५ पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनमा किशोरी साहले ६,५३५ मत पाएका छन् भने एमालेकी रुना झाले ४,५०५ मत पाएका छन् ।

२४ वर्षीया गीता बनिन् शिवालयको उपाध्यक्ष

जाजरकोट । जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत ल्याईन् । विद्यार्थी राजनीतिमा सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् । पढाइसँगै राजनीतिमा सक्रिय उपाध्यक्षमा निर्वाचित शाही शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता जिल्ला समन्वय परिषद् सदस्य विनोदकुमार शाहीकी छोरी हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन् । अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखि कक्षा १० सम्मको पढा इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय६ थालारैकरबाट पूरा गरेकी हुन् । कक्षा ११–१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पूरा गरेकी शाहीले महेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् । शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असारदेखि माओवादी जनयुद्धमा सहभागी भएका थिए भने उनका बुवा विनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिकमा सक्रिय भएका थिए ।