सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल
काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
३० वर्षे सेवा अवधिका कारण सशस्त्रका आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ आइजीपी नियुक्त गरेको हो ।
देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारी : भुपाल पोखरेल
गीता पाण्डे गुल्मी, १७ बैशाख । धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपूरा कामहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन् । अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको विकासका निम्ति जग बसालेको भन्दै त्यसलाई पूरा गर्न र देशकै नमुना गाउँपालिका बनाउन आफूले दोस्रो पटकका लागि पुनः उम्मेदवारी दिएको बताएका हुन् । नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका पोखरेलले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा युवाहरुबाट परिवर्तन सम्भव छ भन्ने उदाहरण यसअघिकै कार्यकालमा प्रमाणित भएको बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि १७ सूचकका आधारमा मूल्याङ्कन गर्दा धुर्कोट गाउँपालिका देशमै तेस्रो भएको थियो । १०० अंकमा धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अंक ल्याएको थियो । दोस्रो हुने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ७७ दशमलव ११ अंक ल्याएको थियो भने पहिलो हुने डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक ल्याएको थियो । गाउँपालिकामा अधुरा कामहरु पूरा गर्नका लागि पुनः यहाँका स्थानीयहरुको माग अनुसार नै आफ्नो उम्मेदवारी भएको उनको दाबी छ । पाँच बर्षको कार्यकालमा आफूले गाउँपालिकाभित्रका ८० प्रतिशत स्थानीयका घरमा एक घर एक धारा पुगेको, गाउँपालिकालाई गुल्मी जिल्लामै पहिलोपटक खरको छानामुक्त गाउँपालिका घोषणा गरेको, गाउँपालिकाको आफ्नो प्रशासकीय भवनसँगै सभाहलहरु निर्माण गरेको बताए । युवाहरुलाई गाउँमै व्यावसायिक रुपमा कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउने, सडक सञ्जालहरुलाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने, बसाई सराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाई देशकै नमुना गाउँपालिका बनाउने उनको उद्घोष छ । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ । अघिल्लो कार्यकालमा उनी नेपाली कांग्रेससँगको तालमेलबाट अध्यक्ष बनेका थिए । गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष, सत्यवती गाउँपालिकाका अध्यक्ष, मालिका गाउँपालिकाका अध्यक्ष, मदाने र इश्मा गाउँपालिकाका उपाध्यक्ष र धुर्कोट गाउँपालिकाका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन् ।
पाल्पा जिल्लामा गठबन्धनको सहमति यस्तो छ भागबन्डा
पाल्पा । सत्तारुढ दल कांग्रेस , माओवादी केन्द्र र एकिकृत समाजवादीबीच पाल्पा जिल्लामा गठबन्धन गर्ने सहमति भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा मिलाएसँगै अब गठबन्धन एकढिक्का भएर चुनावी मैदानमा उत्रने बैठकमा सहभागी एक नेताले बताए । यस्तो छ स्थानीय तह र गठबन्धनका उम्मेदबारी दिने पार्टीको नामावली १ तानसेन नगरपालिका मेयर : कांग्रेस उपमेयर : माओवादी केन्द्र २ रामपुर नगरपालिका मेयर : कांग्रेस उपमेयर : कांग्रेस ३ रैनादेवी छहरा गाउँपालिका अध्यक्ष : कांग्रेस उपाध्यक्ष : माओवादी केन्द्र ४ रिब्दीकोट गाउँपालिका अध्यक्ष : माओवादी केन्द्र उपाध्यक्ष : कांग्रेस ५ तिनाउ गाउँपालिका अध्यक्ष : माओवादी केन्द्र उपाध्यक्ष : कांग्रेस ६ निस्दी गाउँपालिका अध्यक्ष : कांग्रेस उपाध्यक्ष : माओवादी केन्द्र ७ पूर्वखोला गाउँपालिका अध्यक्ष : एकिकृत समाजवादी उपाध्यक्ष : कांग्रेस ८ बगनासकाली गाउँपालिका अध्यक्ष : कांग्रेस उपाध्यक्ष : एकिकृत समाजवादी ९ माथागढी गाउँपालिका अध्यक्ष : कांग्रेस उपाध्यक्ष : कांग्रेस १० रम्भा गाउँपालिका अध्यक्ष : एकिकृत समाजवादी उपाध्यक्ष : कांग्रेस
बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
पर्वत । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो । छिनालमाथि वैशाख ८ गते साँझ ७ बजेको समयमा वारी बेनीकै चार वर्षीया बालिका बलात्कार गरेको अभियोग लागेको छ । पर्वत प्रहरीका अनुसार छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारका लागि बेनी अस्पताल म्याग्दी लगेको आफन्तले बताएपछि प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको थियो । घटनाको बारेमा सूचना पाएलगत्तै प्रहरी चौकी वारी बेनीका प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाई घटना भएको भनिएकै मिति वैशाख ८ मा नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका उनलाई शुक्रबार करणीसम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्ननहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
सात दिनमा प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ ११ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । जुन, शुक्रबारसम्म १५ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४०० रुपैयाँ छ । साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको थियो । यस्तै, मंगलबार ओरालो लागेर तोलामा १ लाख २ हजार १०० रुपैयाँ तथा बुधबार १ लाख ६०० रुपैयाँ तोकिएको थियो । जुन, बिहीबार प्रतितोला १ लाख ९०० रुपैयाँ कायम हुँदा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । गत साताको शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ६० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।
कांग्रेस–एमालेले गोप्य वार्ता थालेपछि सिन्धुपाल्चोकको सत्ता गठबन्धन धरापमा
सिन्धुपाल्चोक । सत्तासाझेदार दलको केन्द्रीय नीतिविपरीत नेपाली कांग्रेस सिन्धुपाल्चोकले एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धन धरापमा परेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न चरणमा वार्ता गरेकोले गठबन्धन धरापमा परेको हो । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १२ स्थानीय तहमध्ये चार सिटमात्रै दिनसकिने अडान कायमै राखेकोले ६ बैशाखयता नेताहरु एकै ठाउँमा जुट्न सकेका छैनन् । माओवादी केन्द्र र समाजवादीले १२ मध्ये ६ स्थानीय तह लिएर भागबण्डा गर्ने बताएका छन् । तर, कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि बैठक बस्न नसकेको हो । गठबन्धनको बैठक छोडेर कांग्रेसले एमालेसँग गोप्य वार्ता चलाइरहेको छ । आफूलाई आठसिट राखेर एमालेलाई चारसिट दिने कांग्रेसको पुरानै योजनामा छलफल चलिरहेको बताइएको छ । कांग्रेस र एमालेको गोप्य वार्तामा एमालेलाई मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिका, पाँचपोखरी थांपाल र त्रिपुरासुन्दरी गाउँपालिका दिने कुरा चलेको छ । यद्यपि, एमालेका नेताहरुले चारसिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै विरोध जनाएका छन् । कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले माओवादी र एकीकृत समाजवादीलाई चारसिट दिंदा नमानेको बताए । ‘फेरि बैठक बसौं भनेर अनुरोध गरेँ । तर, उहाँहरुले चारसिटमा वार्ता हुन नसक्ने भन्दै बैठक अस्विकार गर्नुभएको छ,’ उनले भने । यता माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वय गोविन्द पराजुली र नवराज पौडेलले गठबन्धनको केन्द्रीय नीतिविपरीत कांग्रेस केन्द्रीय सदस्य बस्नेतले एमालेसँग तालमेल गर्ने तयारी गरेकोले अवस्था जटील बनेको बताए । गठबन्धनको अवस्था टुंगो नलागेकोले जिल्लामा क्रियाशील कुनैपनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् । माओवादी केन्द्र र एमालेले उम्मेदवारको नाम लिष्ट माथिल्लो कमिटीमा सिफारिस गरेको छ । कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार सिफारिस गर्न सकेका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङलाई एमालेबाट टिकट दिएर कांग्रेस–एमाले तालमेल गर्ने रणनीति असफल भएपछि एमाले पनि पछाडि हटेको बताइएको छ । शुक्रबार अध्यक्ष प्रचण्डसँग भेटेका तामाङ माओवादी छोडेर एमाले नजाने भएपछि तालमेलको दाउपेच पनि बदलिएको छ ।
कालाकारको जनप्रतिनिधि बन्ने रहर, काठमाडौंको मेयरमा तीन जनाले उम्मेदवार दर्ता गर्दै
काठमाडौं ।पछिल्लो समय राजनीतिमा कलाकाहरुको आर्कषण बढेको छ । हुन त स्थानीय तहकाे उम्मेदबार बन्न कर्मचारीले राजीनामा दिने देखि मन्त्री सांसदसम्मले राजीनामा दिएर उम्मेबारी दिने तरखरमा छन् । जनसंख्याको आधारमा देशको सबैभन्दा ठुलो महानगर काठमाडौंमा तीन जना कलाकारले जनप्रतिनिधि बन्ने रहर गरेका छन् । उनीहरुले काठमाण्डाैकाे मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पूर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्न लागेका हुन् । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको मेयरका लागि बरिष्ठ कलाकार श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै, मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफ्नो दावेदारी प्रस्तुत गर्दै आएकी छिन् । बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन् ।
ओलीले हिरा छाडेर किरा जम्मा गरेकाले एमाले छाँडेः राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पनि नेकपा एमाले छाडेका छन । तिमल्सिनाले शनिबार बिहान एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै हिराहरू छाडेर किराको मात्र जमात जम्मा गरेकाले आफूले एमाले छाडेको बताए छन्। उनले खेलाडीहरूको रक्षा र हितका लागि आफूले काम गर्ने बताए । उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष भएर खेल क्षेत्रमा सक्रिय थिए । उनले पछिल्लो समय धेरै अफ्ठेरोमा ओलीलाइ सहयोग गरेको भए पनि ओलीले मान्छे चिन्न र उचित मूल्यांक गर्न नसकेको बताए ।
निर्माणाधिन मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
हेटौंडा ।हेटौंडा उपमहानगरपालिका(९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।
३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन चितवनमा सुरु
चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए । दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए । दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ । अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् । पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए । चितवनमा आजदेखी ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्र्तराष्टिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए । दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए । दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ । अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् । यो शल्यक्रियाअति नै सुक्ष्म र सम्बेदनशिल हुने भएकोले यस्को सफलतामा, सहि योजनाले निकै महत्वपुर्ण भुमिका खेलेको हुन्छ। यो अर्थोग्न्याथिक शल्यक्रिया उपचार अन्य यस्ता खालका बिरामीको लागि कोशेढुङगाको रूपमा साबित हुने कोईरालाको भनाई छ। पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए । बढ्ने उमेरका बालबालिकामा तल वा माथिको जवडाको समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडोन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ, जुनमा समान्य जवडाको समस्यालाई दाँत सारेर उपचार गरिन्छ तर जवडाको समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सिधिएपछि अर्थोग्नाथिक सर्जरीबाट उपचार गर्नुपर्ने हुन्छ ।
आज राष्ट्रपति भण्डारी चितवन जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ । औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए । उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन । यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ । रासस
मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिलाई तत्काल कारबाही गर्ने विभागको चेतावनी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छित रूपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्। बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्यधिक मात्रामा मूल्यवृद्धि र वस्तु अभावको गुनासो बढेकाले आयातकर्ता, वितरक, खुद्रा वितरकहरूले काबुबाहिरको परिस्थिति देखाएर सहज हुँदा–हुँदै पनि मूल्यवृद्धि गरेको विषयमा अध्ययनपछि तत्काल कारबाही गर्ने तयारी गरिएको बताए । मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ । आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४ टोली बनाएर बजारमा पठाएको उनले बताए । महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विगत एक वर्षमा औसतमा ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएता पनि विभागको नियन्त्रण भन्दा बाहिर रहेको बताए । अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणाली मार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाइ छ । विभागले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारीक फर्महरूलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ फर्महरुलाई कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै, विभागले १ हजार १२ फर्महरूलाई कारबाही गरे वापत् १ करोड १८ लाख ८७ हजार ५०० सय रुपैयाँ जरिवाना गरिएको बताएको छ । विभागले अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम जरिवाना तथा सजाय गर्ने जनाएको छ ।
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं । सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा सुरक्षा निकायबीचमा हुने समन्वयको सम्बन्धमा छलफल भएको हो ।
सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काडमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार) देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रिय तर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । बिहिबारदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि, अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले बताउनुभयो । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिक रुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् ।
गठबन्धनका शीर्ष नेताले सातै प्रदेशका चुनावी सभालाई संबोधन गर्ने
काठमाडौं । सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा आयोजना गरिने चुनावी सभामा शीर्ष नेताहरुले संबोधन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङको भनाइ छ । गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।
खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसबीच चुनावी गठबन्धन
सप्तरी । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन हुने भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार प्रतिगामी तत्वहरुलाई परास्त गर्न सप्तरी जिल्लाको खडक नगरपालिकामा समेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) विच तालमेल गरी चुनाव लडने सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट खडक नगरपालिकाको नगर प्रमुखमा जय प्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट नगर उप प्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी विज्ञप्तीमा उललेख छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खडक नगर कमिटी अध्यक्ष जय प्रकाश चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नगर अध्यक्ष विजय कुमार साहद्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ। साथै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान समेत गर्न गराउन सम्बन्धीत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा विज्ञप्तीमा आग्रह गरिएको छ । सहमति अनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्ण भएको छ। भने वडा नम्बर ३ र ९ मा छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्ण भएको छ ।

