एमालेबाट जितेका गाउँपालिका अध्यक्षले कार्यालयमा ओलीको फोटो राखेर गरे पदभार ग्रहण
अछाम। स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशका अधिकांश स्थानीय तहले जनप्रतिनिधि पाइसकेका छन् भने केही पालिकामा मत गणना जारी रहेकाले जनप्रतिनिधिको टुंगो लाग्ने क्रम जारी छ। निर्वाचित भएर शपथ खाइसकेका जनप्रतिनिहरू भटाभट निर्णय गर्न थालिसकेका छन्।
यसैक्रममा अछामको तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले भने कार्यकक्षमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पदभार ग्रण गरेका छन्। यस्तो गर्ने जनप्रतिनिधि हुन् नवनिर्वाचित पालिका अध्यक्ष डम्बर बहादुर विसी। उनी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। सामान्यता कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रिको फोटो झुण्ड्याउने प्रचलन रहेपनि उनले आफ्नो कार्यकक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर झुण्ड्याएर जिम्मेवारी सम्हालेका छन्।
विसीले गाउँपालिका कार्यालयमा आफ्ना पार्टी अध्यक्षको फोटो झुन्ड्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सरकारी सेवासुविधा खाने जनप्रतिनिधि भएर गाउँपालिका कार्यालयमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पार्टी कार्यालय बनाउन खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।
आमाको हत्याको अथियोगमा छोरा पक्राउ
धरान। धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई छोरा सौगातले गत शनिबार धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पक्राउ परेका सौगात डिप्रेसनको बिरामी भएको र औषधि सेवन गरिरहेको बताइएको छ । आमालाई बाम्फोकले प्रहार गरेपछि सौगातले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए । गम्भीर घाइते आमा र छोरालाई बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । सुवेदीलाई थप उपचारका लागि प्रतिष्ठानबाट विराटनगरको न्यूरो अस्पताल रिफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचार हुन नसक्ने भएपछि चिकित्सकको सल्लाहअनुसार घर लैजाने क्रममा बुधबार बिहान बाटोमै सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न रहेका सौगातलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिने प्रतिबद्धता गर्छौ : सेन्ट लरेन्स कलेज
काठमाडौं । सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारका दिन कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो । कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पीडित छात्राहरूसँग घटनाको बारे जानकारी लिएका थियौँ । तत्पश्चात् पीडित छात्राहरू र अभिभावक समेतसँग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौँ । सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेको छ ।’ कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटर काभ्रे घर भएका एमाले नेता जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको छ।
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ(मेयर आचार्यको जीवनी सहित)
गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे। आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए । यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भएकी छन्। गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी हुन् । उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए । पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो । विद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिएका धनराज आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । विद्यालयबाट आरम्भ भएको उनको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत सक्रिय बने । एमालेसम्वद्ध विद्यार्थी सङ्गठनमा २०४४ सालमा आवद्ध भएपश्चात उनले अनेरास्ववियुको विभिन्न जिम्मेवारी संहालेका थिए। विसं २०४५ मा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहेका आचार्य त्यसपछि सङ्गठनको सचिव र अध्यक्षका रूपमा सक्रिय बने । विसं २०४८ मा अनेरास्ववियुको गण्डकी अध्यक्ष बनेका उनी २०४९ मा सो सङ्गठनको केन्द्रीय सदस्य बने । पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी सम्हालेका उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको कोषाध्यक्ष बने भने २०५१ मा स्ववियुको सभापति निर्वाचित भए । विसं २०५१ देखि २०५३ सम्म स्ववियु काउन्सिलको महासचिव बनेका आचार्यले अनेरास्ववियुमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उनी कलिलै उमेरमा लागेका हुन । चौध वर्षको उमेरमा नै तत्कालीन नेकपा (माले) को युवा लिगमा आवद्ध थिए। विसं २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वानविरुद्धको आन्दोलनमा घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहे । उनले विसं २०४७ मा मालेको सङ्गठित सदस्यता प्राप्त गरेका थिए । तत्पश्चात उनले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटीमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गरे । नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहेका नेता आचार्य २०५४ मा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध भए । विसं २०५४ मा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य बने। पार्टीको विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका आचार्यले व्यावसायिक सङ्गठनहरूको नेतृत्वमा रहेर पनि काम गरेका छन् । विसं २०६० मा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहेका उनी २०६४ देखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रूपमा जिम्मेवारीमा रहे । त्यसैगरी विसं २०६९ देखि २०७६ सम्म नेपाल उद्योग व्यवसायी महासङ्घको स्थायी कमिटी सदस्य र २०७१ देखि चार वर्षसम्म एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बने । विसं २०७५ देखि २०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल बने । एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन नेतृत्व लिए । विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बने । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उनी पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहेका छन् । राजनीतिबाहेक उनी विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आएका छन् । उनको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यासायिक प्रतिष्ठानमा आचार्य संग्लन छन्। नेपाल पुस्तक तथा व्यवसायी महासङ्घको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उनी सक्रिय छन्। पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहेका उनी स्व रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव पनि हुन् । पढाऔं अभियान नेपालका सूत्रधार उनले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गरेका छन् । विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसकेका छन् । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गरेका आचार्यले एमबीए र एमएडसम्मको अध्ययन गरेका छन्।
सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय
काठमाडौं । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिले बुटवलको भूमिहीन सुकुम्बासी समस्यालाई समाधान गर्ने निर्णय गरेका हुन् । बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्नको लागि लगत संकलन, प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन राष्ट्रिय भूमि आयोगमा अनुरोध गर्ने निर्णय भएको बताए । यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमित अनुगमन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।
७२८ पालिकामध्ये कांग्रेस ३१९, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी
काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१९ पालिका जितेको छ । नेकपा एमालेले १९८ पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६० पालिका जितेका छन् । सोमबार साँझ ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३२ पालिकामा प्रमुख पद जितेको छ भने ६ पालिकामा अग्रता लिएको छ । यस्तै, नेकपा एमालेले ७५ पालिकामा प्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले १० पालिकामा प्रमुख पद जित्दा एक पालिकामा अग्रता कायम गरेको छ। अन्य पार्टीले २९ पालिकामा प्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता बनाएको छ। ्गाउँपालिकातर्फ कांग्रेसले १८७ पालिकामा अध्यक्ष पद जितेको छ । एक पालिकामा अग्रता लिएको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । अन्य पार्टीले ३१ पालिकामा अध्यक्ष पद जितेको भने एक पालिकामा अग्रता लिएको छ। कांगेसले १०४ पालिकामा उपप्रमुख पद जितेको छ भने ६ पालिकामा अग्रता लिएको छ। एमालेले १०२ पालिकामा उपप्रमुख पद जितेको छ । ११ पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेको छ भने कुनैपनि पालिकामा अग्रता लिएको छैन । जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता कायम राखेको छ। अन्य पार्टीले २१ पालिकामा उपप्रमुख पद जितेका छन् भने एक पालिकामा अग्रता लिएका छन्। कांग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन । एमालेले १२५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन । अन्यले २९ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने एक पालिकामा अग्रता लिएका छन्। यस्तै, कांग्रेसले दुई हजार ६१५ वटा वडामा अध्यक्ष जितेर दुई वटा वडामा अग्रता लिइरहेको छ । एमालेले दुई हजार ९४ वटा वडा जित्दा कुनै वडामा वडामा अग्रता लिएको छैन । नेकपा माओवादी केन्द्रले एक हजार ४४ वटा वडामा अध्यक्ष जितेको छ। एक वटा वडामा उसले अग्रता लिइरहेको छ। यस्तै, जनता समाजवादी पार्टीले २८३ वटा वडामा अध्यक्ष जितेको छ भने कुनै वडामा अग्रता लिएको छैन । अन्यले ५७७ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।
कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ । मन्त्री पौडेलले शिक्षामा उपलब्ध गराएको बजेट सिलिङ निकै कम भएकोले कुल राष्ट्रिय बजेटको कम्तीमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको जानकारी दिए । आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गरिने मन्त्री पौडेलले बताए । उनले भने, ‘कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौँ ।’ मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी संख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउने, यातायात व्यवस्था गरिने र हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना बजेटमार्फत ल्याइने मन्त्री पौडेलले बताए । सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार गर्ने योजना रहेको र त्यसका लागि पाँच हजार विद्यालय निर्माण गरिने बताए । कानुन मन्त्रालयमा रहेको संघीय शिक्षा ऐन संसद अधिवेशनमार्फत अगाडि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।
राष्ट्रपतिद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले सो जानकारी दिए। राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संयुक्त सदनलाई सम्बोधन गर्नेछिन्। राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गरेपछि संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नु हुनेछ । संयुक्त सदनलाई सम्बोधन गरेकोमा राष्ट्रपतिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ।
चरा ठोक्किंएपछि जजिराको विमान लुम्बिनीमै रोकियो
काठमाडौं ।लुम्बिनीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किंएकाले फर्कन सकेको छैन् । आइतबार राती २ बजे १ सय २१ यात्रु लिएर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चरासँग ठोक्किंएको जनाइएको छ। आइतबार राती नै यताबाट फर्कनुपर्ने विमान अहिलेसम्म फर्कन नसकेको हो। चरा ठोक्किएपछि विमान फर्किन नसकेको हो । विमानको ककपिट अगाडिको सिसामा रगत लागेको देखिएको तर चरा कतै विमानस्थलमा नदेखिएकाले विमानको इन्जिनमै छिरेको आशंकामा चेक जाँचका लागि विमान होल्ड गरिएको विमानस्थलले जनाएको छ। काठमाडौंबाट गएका प्राविधिकहरूले विस्तृत रुपमा चेकजाँच गरेपछि मात्र विमान उडान गरिने बताइएको छ।
फर्जि मत विवादका कारण बाजुरा बूढीगङगाको मतगणना अझै अन्योल
बाजुरा। बाजुराको बूढीगङगा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो । बूढीगङगा नगरपालिकाको २,३,४,५ र ९ मा एकलौटी मतदान गरेको भन्दै निर्वाचन आयोगमा उजुरी आएपछि मतगणना कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचन आयोगका सुगन सम्शेरजंग राणाको नेतृत्वमा प्रमखु जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल ,मुख्य निर्वाचन कार्यालय बाजुराका माधव प्रसाद घिमिरे, निर्वाचन कार्यालय प्रमुख वनराज अवस्थी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भज ओझा लगायतको टोलीले बाजुराको बूढीगङगा नगरपालिकाका ती मतदान स्थलको प्रत्यक्ष अनुगमन गरेका थिए । बूढीगङगा नगरपालिका वडा नम्बर २,३,४,५,९ र १० मा फर्जि मत हालेको विवादमा धाँधली भएको आरोप छ । वडा २,३,५,९ मा एमाले र वडा ४ र ७ मा काँग्रेसका कार्यकर्ताले एकलौटी मतदाना गरेको स्थानीयको आरोप छ । बूढीगङगा नगरपालिको ३० गतेका दिनमा गरेको मतदानको मतगणना गर्ने की पुनः चुनाव गर्ने भन्ने विषयमा आयोगबाट पनि अहिलेसम्म कुनै निर्णय नआएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचन आयोग नेपालको २०७९ साल जेष्ठ ५ गतेको विज्ञप्ती मार्फत बूढीगङगा नगरपालिकामा चुनाव गर्ने या मतगणना गर्ने विषयमा कुनै निर्णय नभएको जनाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका,गोमुल, छेडेदह र त्रिवेणी लगायतका स्थानीय तहमा मतगणना सम्पन्न भएपनि बूढीगङगा नगरपालिकाको भने अँझै गणना हुन सकेको छैन् । बाजुराका नौ वटै स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा अनुशासित् तरिकाले चुनाव सम्पन्न भएको थियो । बाजुराको बूढिनन्दा र बूढीगङगा नगरपालिकामा भने मतदान गर्ने क्रममै धाँधली भएको आरोपमा यहाँको मतगणना रोकिएको हो । बूढीगङगा नगरपालिका १० मा भने विवाद भएपनि एमाले र काँग्रेसका कार्यकर्ता विच दुवैको सहमतिमा धाँधली भएको केही समय पछि मतदान सुरु भएको थियो । त्यसै गरी बूढीनन्दा नगरपालिकाको वडा नं ९ मा मतदान गर्ने क्रममा धाँधली भएपछि चुनाव स्थगित भएको थियो । बूढीनन्दा नगरपालिका वडा नं ९ को चुनाव स्थगित भएपछि अन्य वडाको मत मतगणना भने रोकिएको थियो । बूढीनन्दा नगरपालिका वडा न। ९ मा जेष्ठ ३ गते पुन चुनाव भएपछि मात्र अन्य वडाको मतगणना भएको हो । चुनाव सम्पन्न भएका बाजुराका हिमाली, स्वामिकार्तिक, त्रिवेणी, नेपाली काँग्रेस र जगनाथ, बूढीनन्दा, गौमुल छेडेदह, बडिमालिका एमालेले जितेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
स्थानीय तह निर्वाचनः ७०१ पालिकामा काँग्रेस ३११, एमाले १८८ र माओवादी केन्द्र १२० मा विजयी
काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली काँग्रेसले ३११ पालिका जितेको छ भने नेकपा एमालेले १८८ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २० र अन्य पार्टीले ५३ पालिका जितेका छन्। आइतबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली काँग्रेसले १२६ पालिकामा प्रमुख पद जितेको छ भने १० पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एमालेले ६७ पालिकामा प्रमुख पद जितेको छ भने १५ पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एकीकृत समाजवादीले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ। यस्तै, अन्य पार्टीले २५ पालिकामा प्रमुख पद जितेको छ भने ११ पालिकामा अग्रता बनाएको छ। गाउँपालिकातर्फ कांग्रेसले १८५ पालिकामा अध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टी ९जसपा०ले २० पालिकामा अध्यक्ष पद जितेर एक पालिकामा अग्रता लिएको छ। यस्तै, अन्य पार्टीले २८ पालिकामा अध्यक्ष पद जितेको भने चार पालिकामा अग्रता लिएको छ। यस्तै, काँगेसले ९५ पालिकामा उपप्रमुख पद जितेको छ भने १३ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ९२ पालिकामा उपप्रमुख पद जितेको छ भने २० पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३२ पालिकामा उपप्रमुख पद जितेर चार पालिकामा अग्रता लिएको छ। जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर एक पालिकामा अग्रता कायम राखेको छ। अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, काँग्रेसले १८९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ। एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ९४ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टीले १८ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ। अन्यले २७ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, काँग्रेसले दुई हजार ५४३ वटा वडामा अध्यक्ष जितेर १० वटा वडामा अग्रता लिइरहेको छ। एमालेले दुई हजार ४६ वटा वडा जित्दा नौ वडामा अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले एक हजार २९ वटा वडामा अध्यक्ष जितेको छ। तीन वटा वडामा उसले अग्रता लिइरहेको छ। यस्तै, जनता समाजवादी पार्टीले २७१ वटा वडामा अध्यक्ष जितेको छ भने पाँच वटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५५९ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।
बलात्कारसम्बन्धी कानुन संशोधनको माग गर्दै मन्त्री निवासमा विद्यार्थीहरु
काठमाडौं। बलात्कारसम्बन्धी कानुन संशोधनको माग गर्दै नेपाल विद्यार्थी सङ्घले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई ज्ञापन बुझाएका छन् । नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण सङ्कलनमा सुधार गर्न मागसहित आइतबार बिहान पत्र बुझाएको हो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितको टोलीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) मन्त्रीनिवास हरिहरभवन, पुल्चोक पुगेर ज्ञापनपत्र बुझाएको हो ।
कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी ठुलो दल, अन्यको स्थिति कस्तो छ ?
धनगढी। २०७२ को टीकापुर घट्नाको दोषी ठहर भएर जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो । १३ वटा पालिका रहेको कैलालीमा पालिका प्रमुख जितेको हिसावमा सो पार्टी ठूलो दल बनेको हो । नागरिक उन्मुक्तिले चार पालिका जितेर आफूलाई कैलालीको ठूलो दल बनाएको हो । सो पार्टीले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका जितेको हो । नागरिक उन्मुक्ती पार्टीपछि नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ । काँग्रेसले गोदावरी नगरपािलका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका जितेको छ । २०७४ को स्थानीय चुनावमा सात पालिका जितेको नेकपा (एमाले) दुई पालिका प्रमुखमा मात्रै जितेको छ । गत चुनावमा दुई पालिका मात्रै जितेको माओवादीले दुई पालिका फेरि जिते पनि आफ्नो आधार क्षेत्र भनेको कैलारी गाउँपालिका र भजनी नगरपालिका गुमाएको छ । नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले भने एउटा मात्रै घोडाघोडी नगरपालिका जितेको छ । चुरे गाउँपालिका प्रमुख पनि पाएको समाजवादीले २३ मतले सो पालिका गुमाउनु परेको छ । मतदाता शिक्षाको कमीले आफ्नो दलले चुरेको प्रमुख र गोदावरी नगरपालिकाको उपप्रमुख र केही जित्नै पर्ने वडा गुमाएको एकीकृत समाजवादीका कैलाली उपसचिव दीर्घ जोशीले बताउनुभयो । प्रमुखरउपप्रमुखको संख्या जोड्दा भने काँगेस नै ठूलो पार्टी बनेको छ । काँग्रेसका प्रमुख–उपप्रमुखको संख्या आठ छ भने नागरिक उन्मुक्ती पाटी सात रहेको छ । यस्तै एमाले प्रमुख–उपप्रमुखको संख्या पाँच छ भने नेकपा (माओवादी केन्द्र)को चार छ । वडाको हिसावमा भने काँग्रेस निक्कै ठूलो दल भएको छ । १२६ मध्ये सबैभन्दा धेरै वडा काँग्रेसले जितेको छ ।
अन्तर्घात गरेको भन्दै पूर्व नगरप्रमुखलाई माओवादीले गर्यो कारबाहीको सिफारिस
सल्यान । नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारवाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कारबाहीका लागि जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटीमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले लोकमान बुढाथोकीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) बागचौरले जनाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट अघि सारिएका उम्मेदवार हराउन संलग्न रहेको प्रमाणसमेत भेटिएको निर्णयमा उल्लेख छ । नेकपा माओवादी बागचौर नगर समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष शोभाराम भण्डारीले बताए। उनले आफूहरूको जनधार बलियो भएको भएपनि पूर्व नगरप्रमुख प्रदेश कमिटी सदस्य समेत रहेका लोकमान बुढाथोकीले योजनाबद्ध रुपमा सबै वडामा पाटीका आधिकारी उम्मेदवार हराउन लागेकोले पराजय हुनु परेको बताएका छन् । उनले भने, “जनताले माओवादीलाई विश्वास गरेको भएपनि लोकमान बुढाथोकीले सबै वडामा आ–आफ्नो शक्ति परिचालन गरेर चुनावको नतिजा विपक्षमा गएको हो ।” नेकपा माओवादी बागचौर नगर कमिटीको बैठकले नगर समिति सदस्य डिल्ली वलीलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको जनाएको छ । यस्तै सबै वडा पार्टीका उम्मेदवार हराउन सहभागी हुनेहरूको विषयलाई छानबिन गर्न नगर उपाध्यक्ष मोहन बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको जनाएको छ । समितिका सदस्यहरूमा मदन बस्नेत, पूर्णबहादुर वटाला,ईन्द्रवहादुर भण्डारी, नोखिराम बस्नेत ,धनेन्द्र विमल वली रहेका छन् । समितिले वडामा भएको अन्तर्घात र संलग्नको छानबिन गरी कारबाहीका लागि समितिमा सिफारिस गर्ने छ ।
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी
काठमाडौं । विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्। सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ।
कम्युनिष्टको खोल ओडेका प्रतिगामीलाई सबक सिकाउन गठबन्धन सफल भयो : पूर्व सांसद बिडारी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद रामनारायण बिडारीले गठबन्धनबाट पार्टीलाई फाइदा–बेफाइदा भन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाएको बताएका छन् । नेता बिडारीले भने,“मत परिणामले गठबन्धनलाई फाइदा–बेफाइदाभन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाउन सफल भएको छ, सम्रगमा गठबन्धन सफल भयो भन्छु ।” पाँच दल मिल्दा पनि धेरै ठाउँमा त गठबन्धनलाई एमालेले झापड हान्यो नि भन्ने प्रश्नमा नेता बिडारीले भने,“ तपाईले भनेको कुरामा यसो हो, भोट भन्ने कुरा मत भन्ने कुरा नआउने, शून्य हुने भन्ने हुँदैन, ठाउँ–ठाउँमा हिजोका पञ्च चुनाव लडेर जितेका छन त्यसको मतलब के अब पञ्चायत फुर्काउनुपर्छ भनेको हो र ? ।” उनले पाँच दल एकातिर एमाले एकातिर नभएर प्रतिगामी सात दल एकातिर पाँच दलीय गठबन्धन अर्कोतिर भएको दाबी गरेका छन् ।

