तीनै तहको निर्वाचन एकैपटक गराउनु मितव्ययी हुन्छ:नेपाल
काठमाण्डौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकैपटक गराउन सके खर्च कम लाग्ने बताएका छन् । उनले भने त्यसको निम्ति विज्ञहरूसँग विस्तृत छलफल गरिरहेका छौं। बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश क्रममा अध्यक्ष नेपालले भर्ने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्छ ।संविधानको मर्म अनुसार चल्नु हाम्रो कर्म हो ।
उनले थपे, ‘तपाईहरू सुनिरहनु भएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने प्रदेशसभाको चुनाव कहिले गर्ने यस बारेमा व्यापक छलफल भइरहेको छ ।
यो छलफलको सन्दर्भमा हाम्रो पार्टीको धारणा संविधानलाई सर्वोपरि राखेर, कानुन अनुरूप नै चुनाव सम्पन्न गनुपर्छ भन्ने हो ।
यसरी एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदि एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवार र राज्यको पनि खर्च समेत कम हुन्छ । त्यसैले तीन तहको निर्वाचन एकैपटक होस भन्नेमा हामी छलफल चलाइरहेका छौँ ।’
लागूऔषधसहित दुई जना भारतीय पक्राउ
काठमडौं : लागूऔषधसहित बेलौरी नगरपालिका-१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका २ भारतीय नागरिकलाई प्रहरीले आज लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् । दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्य
काठमाडौंः अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लस कम मूल्यमा विक्री गर्ने जानकारी दिएको छ । कम्पनीका अनुसार १ लाख ४ हजार ९ सय ९९ रूपैयाँ पर्ने एस २० प्लस मा १० हजार रूपैयाँ कम गरी अब यसको मूल्य ९४ हजार ९ सय ९९ रूपैयाँ हुनेछ । यो अफर मार्च महिना अन्तसम्मको लागि सीमित गरिएको छ । गतमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ ।
प्रहरीको नक्कली फेसबुक पेज चलाउने पोख्रेल पक्राउ
काठमाडौंः साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेललाइ पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।
५० हजार घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित दुई पक्राउ
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित २ जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका-३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित २ जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका-३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
२५ किलो गाँजासहित हेटोँडाबाट दुई जना पक्राउ
हेटौंडाः प्रहरीले हेटौंडा-११ नवलपुरबाट २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ पलासे बस्ने २१ वर्षीय नवराज थिङ र सोही स्थान बस्ने २० वर्षीय बाबुराम थोकर छन् । बिहीबार राति ११ः३० बजेको समयमा हेटौंडा-११ नवलपुरस्थित पूर्व-पश्चिम राजमार्ग सडकखण्डमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ७२३६ नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अटोमा लुकाइ ल्याएको अवस्थामा २५ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उक्त अटोको पछाडिपट्टीको सिटमूनि लुकाइ ल्याएको अवस्थामा ४ वटा पोकामा गाँजा फेला परेको हो । बरामद गाँजा र अटोलाई नियन्त्रणमा लिनुका साथै अटोमा सवार २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना कहाँबाट आएको हो ? पत्ता लगाउँदै डब्ल्यूएचओ
काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन विज्ञको टोली चीन पठाउने भएको छ । विश्वव्यापी महामारीको रुपमा देखा परेको भाइरस कहाँबाट आएको हो भनेर पत्ता लगाउन डब्ल्यूएचओले अर्को हप्ता विज्ञको टोली चीन पठाउँदैछ। मेको सुरुदेखि नै डब्ल्यूएचओले बारम्बार आफ्ना विज्ञहरूलाई बोलाउन चीनलाई भनेको छ, जसले कोरोना भाइरसकोस्रोत पत्ता लगाउन सहयोग पुर्याउँछ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अडानोम जिब्रियोसले एक भर्चुअल प्रेस सम्मेलनमा भने, ‘जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामी यसलाई अझ राम्रोसँग लड्न सक्षम हुन्छौं । यो कहाँबाट आएको हो भन्ने पत्ता लगाउनु पर्छ । अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं र हामी आशा गर्छौं कि यसले भाइरसको उत्पत्ति बुझ्न मद्दत गर्दछ ।’ यद्यपि उनले टोलीमा को हुने र आफ्नो लक्ष्य के हुने भनेर स्पष्ट पारेका छैनन । वैज्ञानिकहरू विश्वास गर्छन् कि यो भाइरस जनावरबाट मानिसकहाँ आएको हुनसक्छ वुहानको बजारबाट, जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ । डब्ल्यूएचओले कोभिड–१९ र विभाजित संसारको राजनीतिकरणको बीचमा डरलाग्दो अवस्था आउन बाँकी नै रहेको चेतावनी दिएको छ । बीबीसी
५ वर्षदेखि सम्पर्क बिहिन युवतीको भारतबाट उद्धार
राजविराज– सप्तरी प्रहरीले पाँच वर्षदेखि वेपत्ता रहेकी एक युवतीलाई भारतबाट उद्धार गरेको छ । बलानबिहुल गाउँपालिका–३ धर्मदेव पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने २० वर्षीया रञ्जनकुमारी पासवानलाई भारतको बिहार राज्य, पूर्णिया जिल्लाको अल्पावास गृहबाट उद्धार गरिएको हो । उनलाई उद्धार गरि बिहीबार परिवारको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।रञ्जनकुमारी पाँच वर्षदेखि परिवारसँग सम्पर्क बिहिन रहेकोमा २०७४ वैशाख १० गतेदेखि अल्पावास गृहमा रहदैँ आएकी थिइन् । ‘सोर्ट स्टे होम पूर्णिया बिहार’ मार्फत् राजदुतावास हुँदै प्रहरी प्रधान कार्यालयको सचिवालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा प्राप्त भएको पत्रमा उल्लेखित विवरणको आधारमा युवतीलाई पुर्नस्थापनाको लागि उद्धार गरी आमा घुरनीदेवी पासवानको जिम्मा लगाएको बताइएको छ ।
काठमाडौका मिठाई पसलमा कृषि राज्य मन्त्री सहित गुण नियन्त्रण विभागको छापा
काठमाडौं,भदौ २५। कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न मिठाई पसलको अनुगमन गरेको छ। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी र विभाग कि महानिर्देशक मतिना बैध नेतृत्वको संयुक्त टोलीले मिठाई पसलमा अनुगमन गरेको हो । टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुडस र साजन गोठ तथा सुन्धारामा रहेको सालीमार हस्पिटालीटी एन्ड फुडस प्रा.ली.ध्दारा संचालित गुवाफमा अनुगमन गरेको हो। अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटीएको अनुगमन टोलीले जनाएको छ ।मिति नभएका ,मिति नाघेका ,सरसफाइमा लापर्वाही गरीएका खाद्य पदार्थ नष्ट गरिएको छ । अनुगमन पछी कृषि राज्य मन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको भन्दै उपभोक्तालाई गुणस्तरीय खाना ,मिठाई ,दुध दही खुवाउनु व्यवसायीहरुको कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिइने बताएकी छिन । मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थ तथा पेयपदार्थमा अनुगमन र नियमन गरीरहेको बताउदै मन्त्री चौधरीले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लीएर काम गर्दा राम्रो हुने सुझाव दिएकि छन। अनुगमन पछी मन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकहरुलाई निर्देशन दिएकी छिन। यस्तै विभागकि महानिर्देशक बैधले सरसफाइ र गुणस्तरियता कायम गर्न नसकेको भन्दै विभगमा उपस्थित हुन निर्देशन दिइन । टोलीले परिक्षणका लागि १२ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ । विष्लेषण नमुना ल्याब टेष्ट सार्वजनिक भएपछि खाद्य एेन अनुसार नभएको पाईएमा मुद्दा चलाईने विभागले जनाइएको छ ।
दशैँको लागि नागरीक सहायता कक्ष राख्ने तयारी
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहारलाई लक्षित गर्दै उपत्यकामा यो वर्ष पनि ‘नागरिक सहायता कक्ष’ सञ्चालन गर्ने भएको छ । ४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्न प्रस्ताव गरिए पनि अन्तिम निर्णय भइनसकेको महाशाखाका नायब प्रहरी उपरीक्षक (डीएसपी)पदमबहादुर बिष्टले जानकारी दिए । ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो । सरकारले दशैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेकै दिनमा कक्षहरुले काम थाल्ने महाशाखाले जनाएको छ । यो समयमा उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटरश्वर, जगाती, लगनखेल र बल्खु लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना रहेको विष्ट बताउँछन् । बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नर्पुयाई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा यातायात सञ्चालकमाथि कारवाही गरिने विष्टले बताए । सहायता कक्षका खटिएकाहरुले तोकिएको भाडादर भन्दा बढी लिए÷नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरुमाथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्नेछ। दशैंको समयमा सवारीसाधनले जथाभावी गर्दा दुर्घटनामा पनि बढ्ने गरेका छन् । छतमा यात्रु र समान राख्ने गर्दा दुर्घटनाको जोखिम पनि उच्च हुने गरेको छ । त्यसलाई घटाउन पनि सहायता कक्षले प्रभावकारी भूमिका खेल्न सक्ने ट्राफिक प्रहरीको दाबी छ ।
सेनाको ट्रकको ठक्करबाट युवकको मृत्यु
काठमाडौं : नेपाली सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिपुरेश्वरमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक लेख बहादुर पुनको मृत्य भएको हो । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले बिहीबार साँझ बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक जीवन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मनकामना केवलकार ५ दिन बन्द हुने
मुग्लिन : यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो । मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए ।
विद्युत प्राधिकरणमा एकैपटक ८५ कर्मचारीको सरुवा, कसको कहाँ ? हेर्नुहोस् सूचीसहित
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले एकैपटक ८५ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा गरेको छ । अधिकांश वितरण केन्द्र प्रमुखहरुको सरुवा भएको छ । नियमित रुपमा भदौ महिनामा कर्मचारीको सरुवा गर्दै आएको प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एउटा कार्यालयमा दुई वर्ष बसेका कर्मचारीको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । जसले चुहावट नियन्त्रण र सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कसको कहाँ भयो सरुवा ? यहाँ क्लिक गर्र्नुहोस् ।
सिंहदरबारमा पड्कियो ११ हजार भोल्टेजको विद्युत लाइन
काठमाडौं : सिंहदरबारमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको छ । बुधबार दिउँसो १२ बजेको समयमा सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा रहेको ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको हो । विद्युत लाइन पड्किएपछि सिंहदरबारमा विद्युत अवरुद्ध भएको छ । जसका कारण कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको थियो । नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका अनुसार पड्किएको उक्त लाइनको अहिले मर्मत कार्य अन्तिम चरणमा छ । प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गरिरहेका छन् ।
हतियार र विष्फोटक पदार्थसहित विप्लवका २ कार्यकर्ता पक्राउ
स्याङ्जाः हतियार र प्रतिबन्धित सामग्रीसहित स्याङजामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ९, का शिव दर्लामी र मोहन सिंजाली रहेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद गतिविधि गरेको आशंकामा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एक थान एअरगन, बम जस्तो देखिने ‘आईडी’ ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरेको छ । विप्लव नेतृत्व नेकपाको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियार फेला परेको प्रहरीले ५० लाख चन्दा लिएको १८ थान लेटर प्याड पनि फेला परेको छ । विप्लव समूहका दस्तावेज र लेटर प्याड फेला परेको आधारमा प्रहरीले उनीहरु विप्लव कार्यकर्ता रहेको अनुमान गरेको छ ।
कञ्चनपुरमा धम्की दिएर छिमेकी महिलामाथि बलात्कार
कञ्चनपुर, साउन १५ । जिल्लाको बेलडाँडी गाउपालिका–२ की एक २४ बर्षिया महिलाले आफूलाई एक युवकले डराएर, धम्काई पटक–पटक बलात्कार गरेको आरोप लगाई आज बेलडाँडी प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले सोही छिमेकमा बस्ने ३५ वर्षीय गणेश रावलले आफुलाई बैशाखदेखि ३ दिन पहिलासम्म जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छिन् । आफू, श्रीमानलाई र आफ्ना बाल बच्चालाई ज्यान मारिदिन्छु भन्ने पटक–पटक धम्की दिँदै यौन शोषण गर्ने गरेको आरोप महिला र उनका श्रीमानले लागाएका छन् । पीडित महिलाका श्रीमानले भने आफू बालबच्चा पढाउनका लागि भारत भएको बेला श्रीमतिलाई बलात्कार गर्ने गरेको कुरा श्रीमतिले भनेपछि मात्र थाह पाएको बताएका छन् । प्रहरीले आरोपीलाई प्रकाउका लागि खोज्दा आरोपी फरार भएको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी गराए । उजुरीको आधारमा आफूले मेडिकलका लागि पीडित महिलालाई महेन्द्रनगर पठाएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी गराए ।

