श्रीमतीको हत्या गरेर आत्महत्या

धनगढी, माघ ६ । कैलालीको जानकी गाँउपालिकाका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको  छ ।

आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका हुन् । चौधरीले ४ दिन देखि खुकुरी, बञ्चरो लिएर गाँउमा डुल्ने गरेको स्थानीयको भनाई उद्धत गर्दै प्रहरीले जनाएको छ । उनीहरुको १८ र ६ वर्षको २ छोरा रहेका छन्  ।

हत्याको  थप  कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । दुवैको शव टीकापुर अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ  । नयाँपत्रिकाबाट

 

प्रचण्ड रुपन्देहीमा, यस्ता छन् कार्यक्रम

काठमाडौँ, पुस २२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड आज बुटवलमा हुने दुई कार्यक्रममा सहभागी हुने बताइएको छ । बरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले प्रकाशित गरेको पाक्षिक म्यागाजिन लोक अभियानको विमोचनका लागि अध्यक्ष प्रचण्ड आज बुटवल आउन लागेका हुन् । पार्टी अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता तथा जनप्रतिनिधि भैरहवा विमानस्थल पुगेका छन् । विमोचन कार्यक्रमपश्चात पार्टी अगुवा कार्यकर्तासँग भेटघाट तथा सम्बोधनको कार्यक्रम तय भएको छ । त्यस्तै २ बजेपश्चात बुटवलस्थित पुष्पलाल स्मृति भवन अर्थात प्रदेश कार्यालयमा अगुवा कार्यकर्ता भेला राखिएको छ र भेला सकिएसँगै अध्यक्ष प्रचण्ड साँझनै बुद्ध एयरमार्फत काठमाडौ फर्कर्ने जनाएको छ ।

मिठाई दिएर बालकलाई मुखमैथुन गराउने पक्राउ

कास्की, पुष २१ । कास्कीमा पाँच वर्षिया एक बालकलाई अप्राकृतीक मुखमैथुन गराएको आरोपमा एक जना पक्राउ परेका छन् । बालकालाई मुखमैथुन गराएको आरोपमा शनिबार माछापुच्छ्रे गाँउपालिका, ८ धम्पुसका ४३ वर्षीय वैकुण्ठ भण्डारी पक्राउ परेका हुन् । पसल चलाएर बसेका भण्डारीले बालकलाई मिठाई दिई फकाएर अप्राकृतीक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए । थप अनुसन्धान भइरहेको पुरीले जनाए ।

सालनाल नकाटिएको नवजात शिशु फेला

चितवन, पुष २१ । जिल्लाको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा शनिबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको छ । शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।

तीन महिला मिलेर ४३ वर्षीय पुरुषको हत्या

सोलुखुम्बु, पुष २० । जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दाका तीनजना दोषीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा पक्राउ परेका तीन महिलालाई शुक्रबार पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएको हो । मगरको शव गएको मंसिर ४ गते भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३५ वर्षकी कुमारी मगरसहित तीनजना महिला मिलेर अमरको हत्या गरेको खुलासा भएको छ । अनुसन्धानको क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए । हत्याको आरोपमा सल्लेरी निवासी ४० वर्षकी माया शेर्पा, ३५ वर्षकी कुमारी मगर र ३९ वर्षकी मनिका मगरलाई मंसिर २५ गते प्रहरीले प्रक्राउ गरेको थियो । अम्बरबहादुर मगर र कुमारी मगर बीचको सामान्य विवादलाई लिएर अम्बरबहादुरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अम्बरबहादुर गार्मा भन्ने स्थानमा घुम्न गएको समयमा बाटोमा भेट भएको समयमा विवाद हुँदा तीन महिलाले हत्या गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।a

ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

काठमाडौं, पुस २० । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३५ जना सदस्यहरुको सहभागितामा गत मंसिर २३ गतेदेखि २५ गतेसम्म.सर्लाही जिल्लाको बरहथवामा ‘ब्यवसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको संस्थाका…बरहथवा सर्लाही. शाखा कार्यालयका शाखा प्रमुख दीपक प्र.गुप्ताले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु बच्चा झा.र रामकुमार शर्मा रहेका थिए । एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको यस संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख शिवराज रावल सरले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यको बारेमा संस्थाको बरहथवा शाखा कार्यालयका प्रमुख दीपक प्र.गुप्ताले प्रकाश पारेका थिए । तालिममा बैंकले दिने सेवासम्बन्धी तथा सामाजिक उत्तरदायित्व र बचतको फाईदा–बेफाईदा सम्बन्धी विषयहरु तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने बरहथवा शाखाका शाखा प्रमुख दीपक प्र.गुप्ताले बताएका थिए । यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्थाहो । संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ । संस्थाले २०७५ आश्विनमसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । तरकारी खेती गरी रहेकार गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय प्रमुख श्री शिवराज रावलले जानकारी गराएका थिए । तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी श्री प्रमिला कुमारी बस्नेत, सहभागी किरण कुमारी महतोले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा तरकारी खेती गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । तरकारी खेती गरिरहेका गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका क्षेत्रीय प्रमुख शिवराज रावलले जानकारी गराएका थिए । तालिमको संचालन…बरहथवा….शाखाका प्रमुख दीपक प्र.गुप्ताले गरेका थिए ।

ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

काठमाडौं, पुस २० । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका २६ जना सदस्यहरुको सहभागितामा गत मंसिर २३ गतेदेखि २५ गतेसम्म बाँके जिल्लाको नेपालगञ्जमा ‘ब्यवसायिक कुखुरापालन तालिम’ सम्पन्न गरेको संस्थाका परसपुर शाखाका शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी गराएका थिए । गौरीनगर महिला स्वावलम्बस् समूहकी सदस्य अमरा चन्दको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकका उपमेयर उमा थापामगर प्रमुख अतिथी रहेकी थिईन् । उनले सो अवसरमा तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि आग्रह गरिन् । उनले तालिमको तथ्यांक हेर्दा अत्यन्तै धेरै भएपनि व्यवहारमा परिणत गरेको पाईदैन । यस तालिममा प्रशिक्षकहरु डा. हरिबहादुर कुंवर, डा.गणेशबहादुर पुन, कर्मध्वज छत्याल र लोकेन्द्र बुढा, शाखा प्रमुख टोपबहादुर रास्कोटी क्षेत्रीय प्रतिनिधि कार्यक्रम अधिकृत प्रेमप्रसाद सुवेदी रहेका थिए । एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख प्रेमप्रसाद सुवेदीले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको परस्पुर शाखाका प्रमुख टोपबहादुर रास्कोटीले प्रकाश पारेका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ । सो उद्घाटन कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्या शाखा परस्पुरद्वारा प्रवद्र्धित नेवाजी गाउँ स्वावलम्वी समूहकी मृतक सदस्य श्रीमती फूलरानी कान्दुको पति रामकीसुन कान्दुलाई ग्रामीण कर्जा विमा वापतको क्षतिपुर्ति रकम रु. ६९ हजार प्रमुख अतिथी उपमेयर उमा थापाद्वारा हस्तान्तरण गरिएको शाखा प्रमुख टोपबहादुर रास्कोटीले बताए । संस्थाले गत कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले गत कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ । कुखुरापालन गरिरहेका संस्थाका सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका परस्पुर शाखाका शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी गराएका थिए । तालिमको संचालन परस्पुर सहायक रमेश ठगुन्नाले गरेका थिए । कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता र वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण तथा महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरीय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु, ब्रुडिङ्ग गर्दाको अवस्थामा एण्टिबायोटिक, भिटामिन तथा ईलेक्ट्रोलाईटको महत्व, चल्लाको आहार, उन्नत दानाको महत्व, किसिम र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता र शारिरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपायका साथै कुखुरापालन ब्यवसायमा बायोसेक्युरिटीको महत्व बारे जानकारी, रानीखेत, गम्बारो तथा ःबचभपक को पुल्लोरम, कुखुराको हैजा तथा कक्सिडियोसिस रोगको परिचय, लक्षण, उपचार तथा रोकथाम, खोपको महत्व, खोपहरु प्रयोग गर्ने तरिका, ब्रोईलर कुखुराको खोप कार्यक्रम र खोर संक्रमण मुक्त पार्ने तरिकाबारे जानकारी साथै कुखुरापालन कृषकको खोरमा अध्ययन भ्रमण, दुषित दानापानी तथा भिटामिन र खनिज तत्वको कमीबाट लाग्ने रोगहरु र आन्तरीक तथा वाह्य परजीवीबाट लाग्ने रोगहरुको परिचय, लक्षण उपचार तथा रोकथामका उपायहरु, कुखुरापालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका तथा कुखुरापालन ब्यवसायको बजार ब्यवस्थापन, कुखुरापालनको स्किम, बचत परिचालन र बचतका फाईदाहरु संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको परस्पुर शाखाका प्रमुख टोपबहादुर रास्कोटीले बताएका थिए ।

को हुन् रेशम चौधरी ?

कैलाली, पौष १९ । कैलाली जिल्लाको जानकी गाउँपालिका–६ (साविक दुगौली गाविस–९ ) जगतपुरमा २०३४ असोज २१ गते बुवा लालविर चौधरी र आमा सुल्फी देवी थारुनीको कोखबाट जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे । प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । २०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी २०५१ सालमा एकठो विरहीन’ नामक कविता संग्रह र भुवर विहान नामक थारु भाषाको गीति क्यासेट बजारमा ल्याए । नेपाली भाषामा उनले यति धेरै गीति क्यासेट बजारमा ल्याए कि उनले आफै औंला भाँची गन्नुपर्ने हुन्छ । उनले हालसम्म ९३ वटा सांगीतिक एल्बम निकालेको बताउँछन् । साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनको लेखन, निर्देशन, तथा अभिनय समेत रहेको थारु चलचित्र कमैया अब्बल मानिन्छ । बर्दियाको भुरीगाउँ, गुलरिया लगायत ३ ठाउँमा उनको फूलवारी एफएम सञ्चालनमा छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ । आगजनी घटनामा १ करोड ७४ लाख क्षतिपूर्ति पाएपछि उनले सर्वप्रथम टीकापुरस्थित बन्द एफएम रेडियो स्टेशन खोल्ने बताएका थिए । तर बाहिर आउने वातावरण नबनेका कारण सम्भव भएन । गायन तथा साँगीतिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा ‘क’ श्रेणीको गायक मानिन्छन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् भने खेलमै स्थायी जागिरे समेत भए । जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदक लगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् । लोकान्तर अनलाइनबाट

ललितपुरका पत्रकार लखनखेलमा भेला हुँदै

ललितपुर, पौष १८ । ललितपुर जिल्ला कार्यथलो भएका अधिकांश पत्रकार भोली बिहान लगनखेलमा भेला हुँदैछन् । नेपाल पत्रकार महांसघ ललितपुरको साधारणसभामा भाग लिन उनीहरु सञ्चयकोष भवनमा भेला हुने भएका हुन । नेपाल पत्रकार महासंघ ललितपुरले दिएको जानकारी अनुसार, बिहान ८ बजेदेखि शुरु हुने साधारणसभामा उपस्थित हुन कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा केन्द्रीय पार्षद र साधारण सदस्यहरुलाई आमन्त्रणा गरिएको हो । महासंघका जिल्ला शाखाहरुमा अत्यन्तै सक्रिय मानिने ललितपुर शाखाले पत्रकारको वृत्ति विकासका लागि समेत नियमितरुपमा क्षमता अभिवृद्धि लगायतका कार्यक्रम गर्दै आएको छ ।

कोठाबाट साथीकोमा जान्छु भनि हिँडेकी यी किशोरी तीन दिनदेखि वेपत्ता

बझाङको, पुस १८ । बझाङको छविसपाथिभेरा गाँउपालिका–५ खतेडाकी एक किशोरी तीन दिनदेखि बेपत्ता भएकी छन् । खतेडा माइती घर भएकी २० वर्षीया विनिता सार्की सदरमुकाम चैनपुरबाट वेपत्ता भएकी हुन् । कक्षा ११ को परिक्षा दिन भन्दै सदरमुकाम चैनपुरमा डेरामा बस्दै आएकी उनी पुस १५ गते बेलुकादेखि बेपत्ता भएकी प्रहरीले जनाएको छ । कोठाबाट साथीकोमा जान्छु भन्दै बेलुका ४ बजे निस्किएकी विनिता अहिलेसम्म फेला नपरेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए । छोरी बेपत्ता भएपछि उनका परिवारले खोजी कार्य गरि दिन भन्दै जिल्ला प्रहरी कार्यलयमा निबेदन दर्ता गराएको विनिताकी आमा जुना सार्कीले बताइन् । बैतडीको पुरचोडी पोइली घर भएकी सार्की परिक्षा दिनका लागि भन्दै सदरमुकाम चैनपुर पुगेकी थिइन् । विनिताको घरमा बोलाइने नाम विनु हो । उनी २०७५ साल मंसिर महिनाको २४ गते वैवाहिक जीवनमा बाँधिएका थिइन् ।

राष्ट्रपतिको अभिनन्दन गरिने

विराटनगर, पुस १८ । पूर्वी नेपालको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अभिनन्दन गरिने भएको छ । आज राष्ट्रपति सुनसरी र इटहरीमा रहने कार्यक्रम रहेको छ । राष्ट्रपतिले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्दा उनको अभिनन्दन गरिने भएको हो । सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रपतिले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरेकी थिइन् । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी भएकी थिइन् । रासस  

जबर्जस्ती संविधान जारी गर्ने पक्ष पनि संशोधनको पक्षमा- मन्त्री उपेन्द्र यादव

राजविराज, पुस १८ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र मन्त्री यादवले ‘जबर्जस्ती संविधान जारी’ गर्ने पक्षले पनि संविधान संशोधन गर्नैपर्ने महसुस गरेको दाबी गरेका छन् । संविधान संशोधनको एजेन्डा यथावत् रहेको बताउँदै यादवले देश मौलिक हक कार्यन्वयनको बाटोमा अघि बढेको समेत बताए । बृहत् स्वास्थ्य शिविरको तयारीका लागि बुधबार सप्तरीको राजविराज आएका उनले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनका लागि महत्वपूर्ण १६ ओटा ऐन बनाएर अघि बढेको बताए । इमेजखबरबाट

गाउँपालिकामा घरेलु हिंसाका उजूरी बढी !

दाङ, पुस १८ । दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ३४ वटा उजूरी दर्ता भैसके । न्यायिक समितिका उपाध्यक्ष यमुना थापामगरले गत असारसम्म २४ र साउनदेखि हालसम्म १० सहित ३४ उजुरी आएको बताए । न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्म २३ मुद्दा मिलापत्र भएको र एउटालाई न्यायिक निरुपणका लागि जिल्ला अदालतमा पठाइएको छ । त्यसैगरी यस आर्थिक वर्षको हालसम्म परेका १० मुद्दामध्ये सातको मिलापत्र र एउटालाई न्यायिक निरुपणलाई अदालतमा पठाइएको छ भने दुई वटा मुद्दा प्रक्रियामा छन् । सो गाउँपालिकाका न्यायिक समितिमा आएकामध्ये सबैभन्दा धेरै १५ उजूरी घरेलु हिंसाका रहेको उपाध्यक्ष थापाले बताए । जग्गा विवाद बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका रहेको न्यायिक समितिले जनाएको छ । गाउँपालिका विकट पहाडी क्षेत्रमा रहेकोले सुचिकृत मेलमिलाप कर्ता सो क्षेत्रमा नहुँदा चार घण्टाको पैदल हिडेर वडा नं ८ बाट मेलमिलाप कर्तालाई बोलाउनु पर्ने वाध्यता रहेको उपाध्यक्ष थापाले बताए । आएका उजूरीलाई मेलमिलापको नीति अपनाएर मिलाउने गरिन्छ । छिट्टै गाउँपालिकाले मेलमिलापकर्तालाई तालीम दिने योजना ल्याएको छ । समितिमा आएका उजुरीमा महिला र पुरुषको सङ्ख्या बराबरी रहेको बताइएको छ । न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा पनि काम गर्न असजिलो हुने गरेकोले विज्ञ कर्मचारीको व्यवस्थापनका लागि सहयोग गरिदिनहुन सरकारसँग माग गरिएको छ । स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको गतवर्ष जिम्मेवारी तोकिएको थियो । रासस

माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा

रुपन्देही, पौष १७ । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ । प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ । त्यो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ । त्यसैगरी बैठकले प्रदेश तथ्याङ्क सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

पार्टी एकताको ‘डाडुपन्यु’ सभापतिको हातमा छः नेता पौडेल

गोरखा, पुष १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले आफू एकताको लागि प्रतिबद्ध रहेको बताए । “म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उनले भने, “पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।” सभापति शेरबहादुर देउवाले गर्ने व्यवहारले नै पार्र्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने बताउँदै उनले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ बताए । वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै ‘पार्र्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो’ भने । वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा विकास हुन सक्दैन भन्नु नेकपाभित्र रहेको अलोकतान्त्रिक कुरा हो भन्दै विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताए । सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप लगाउँदै उनले भने, “जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।”

सेनाले निर्माण गरेको पुलमा तोडफोड

बलेवा, पुस १७ । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गरेका थिए । क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटालिएको भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले बताए । तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । कोरिडोर सेनाले निर्माण गरिरहेको छ । बिना कारण भौतिक संरचनामा तोडफोड भएको भन्दै उपप्रमुख लीला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताए । “हामीले प्रहरीलाई खबर गरेका छौँ” रानाले भने, “तत्काल दोषी पत्ता लगाएर कारवाही गरिनुपर्छ” शिलालेख र त्यसको आसपासमा सिमेण्टले बनाइको पुलको केही भाग फुटेको छ । रासस