आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, वैशाख २९ । आइतबार आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आह्वानमा नाइटिङ्गलको जन्मदिन (१२ मे) लाई नर्सिङ दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स रहेको नेपाल नर्सिङ परिषदले जनाएको छ । नेपालमा नर्सिङ अध्ययनका लागि सरकारी तथा निजी लगानीका गरी साढे २ सय शिक्षण संस्था छन् ।

ती संस्थाले हरेक वर्ष उत्पादन गर्ने ८ हजारभन्दा धेरै नर्सहरु रोजगारी नपाउने समस्याबाट पीडित छन् । काममा विभेद हुनेगरेको पनि उनीहरुको गुनासो छ ।

दुईदिन देशभर सबै बालबालिकाहरुलाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउँदै

काठमाडौं, वैशाख ६ । २०७६ नेपाल सरकारले शुक्रबार र शनिबार देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाका अनुसार २८ लाख बालबालिकालाई अभियानमा समेट्ने सरकारको लक्ष्य छ । कार्यक्रमका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटिनेछन् । प्रदेश अन्तर्गतका स्थानीय तहले नै कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रति गरिएको छ रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशैं परेकोले कात्तिक १४ र १५ गते खुवाइएको थियो । कर्मचारी समायोजन फ्रक्रियाले कार्यत्रम प्रभावित हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ । मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।

३०० प्रतिशतले बढ्यो, विश्वभर दादुराका बिरामीको संख्या

जेनेभा, बैशाख ०३ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाइ छ । विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो, डब्लुएचओले भनेको छ । विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ । डब्लुएचओको वक्तव्यमा भनिएको छ, संकलित तथ्यांक प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई संकेत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ । यस वर्ष विश्वका १७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्यांकमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो । हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरू उठ्ने गर्छ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्छ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करीब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् । यो समाचार लोकान्तरबाट लिइएको हो ।

चितवन मेडिकल कलजे सुरु गर्यो टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया, स्वास्थ्यमन्त्री यादवद्वारा उद्घाटन

चितवन, चैत २५ । मुलुक केन्द्र भागमा रहेको राजधानीबाहिर मेडिकल सिटीका रुपम परिचित चितवनमा न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले जिल्लामा नै पहिलो पटक आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो । कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्र्तगतकै चितवन मेडिकल फर्टिलिटि सेन्टर स्थापना गर्दै टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । अस्पतालले अत्याधुनीक प्रजनन् संरक्षण सेवा सहितको टेष्ट टयूव वेवी सेन्टरको स्थापना गरेको उनले बताए । जहाँ ईन विट्रो फर्टिलाइजेशन, इन्ट्रा साइटोप्लाज्मिक स्र्पस इन्जेक्सन र भ्रुण बैङ्किङ सेवाहरु प्रदान गर्नेछ । न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रियाको एक समारोहका विच नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्धघाटन गरेका थिए । झण्डै १ बर्षको लामो प्रयासपछि राजधानी काठमाडौँ जाने बाध्यता हटाउनसगैँ सहज रुपमा आफ्नो ठाउँमा गुणस्तरीय सेवा दिन टेष्ट टयुव बेबी गर्भाधान कार्य सुरु गरेको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रो।डा।हरिशचन्द्र न्यौपानेले जानकारी दिए । सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री यादवले सरकारले समेत नयाँ नयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा निजि क्षेत्रको पहलमा चितवनमा चितवन मेडिकल कलेज सुरु गरेको यो आम जनताको लागि लाभ दायिक हुने विश्वास व्यक्त गरे भने यस्तो सेवालाई सर्वसुलभ र विश्वसनीय नै गुणस्तरीयमा समेत ध्यान दिन आग्रह समेत गरेको थिए । कलेजका अस्पताल निर्देशक प्रो.डा. दयाराम लमसालले स्वागत मन्तव्य व्यक्त गर्दै लगानी, प्राविधि र जनशक्तिको हिसाबले कठिन भएपनि सरकारको निति तथा कार्यक्रम भित्र रहेर स्वास्थ्य आमा बुवा र वच्चाको लागि यो सेवा सुरु गरिएको जानकारी दिए । नेपालमा १५ प्रतिशत विवाहीत उमेर समुहका दम्पतीहरु निसन्तान समस्यामा छन् । अधिकास गर्मी स्थानमा कामको खोजीमा जाने ३८ प्रतिशत नेपाली कामदार शुक्राणु घट्दै जाने जोखीममा छ । भने झण्डै ६० प्रतिशत दम्पती उन्नत उपचारको खोजीमा विदेश गईरहेका छन् । चितवन मेडिकल कलेजका स्त्री प्रसुती तथा रोग विभाग प्रमुख डा. उपेन्द्र पण्डितको अगुवामा यो सेवा सुरु गर्ने लागेको हो । आगमी १ हप्ता भित्र चितवनमा जन्मिने वेव िप्रक्रिया सुरु गर्ने उनले बताए । उनका अनुसार अनुसार चितवन मेडिकल कलेजमा दैनिक २ देखि ३ जना दम्पत्तिहरु यस्तो समस्या लिएर अस्पताल आउने गरेका छन् । उनका अनुसार फर्टिलिटि सेन्टर स्थापना संगै सन्तान नभएका तर सन्तानको रहर भएका दम्पत्तिले विदेशमा गई उपचार गर्न पने बाध्यताको अन्त्य भएको अस्पताले जनाएको छ । झण्डै ३ करोडको लगानीमा आएको सेन्टरभित्र छुटाछुटै ल्याब, अपरेशन कक्ष, विर्य संकलन, चेकजाँच, डे«स चेन्ज, परामर्श कक्ष तथा विर्शाम कक्षहरुको व्यवस्था गरिएको छ । काठमाडौँमा ३ लाख रुपैयाँसम्म खर्च लाग्ने भएको यो सेवा चितवनमा भने १ लाख ५० हजार रुपौयाँ देखि २ लाख ५० हजार रुपौयाँमा सर्वसाधारण सेवा लिन सक्नेछन् । यसरी निकालिन्छ टेष्ट टयुव बेबी यसमा विशेषज्ञहरुले एक मानिसको शरीरबाट ओभम झिकेर यसलाई प्रयोगशालामा निशेचन गराएर गर्भाशयमा भ्रुणलाई स्थानान्तरण गर्दछन् । अनि आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान गरिन्छ । आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखिन्छ । जहाँ निषेचन हुन्छ । निषेचित भ्रुणलाई करिब ४८ घन्टा पछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशु सरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ । महिलाको डिम्ब र पुरुषको शुक्रकिट प्राकृतिक रूपमा निषेचित नभई प्रयोगशालामा उपयोग गरिने सिसाको थालमा हुने भएकाले यो प्रविधि अन्तर्गत जन्मिएका लाई टेस्ट ट्युब बेबी समेत भन्ने गरिन्छ ।

किन पर्छ कपालमा चाया? जान्नुहोस् बच्ने उपाय

काठमाडौं, चैत १२ । जाडो र गर्मी दुबै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ। टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो बेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना वढी हुन्छ। कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ। शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोग जस्ता कारणले पनि चाया पर्छ। तनाव, थकान, चिन्ता र एलर्जीको कारण पनि चाया पर्छ । चाया पर्न नदिन सरसफाई र सन्तुलित भोजनमा ध्यान दिनुपर्छ। भिटामिनयुक्त खाना खाने, नियमित रुपमा कपाल नुहाउने, स्याम्पु र तेलको प्रयोग गर्दा पनि ध्यान दिन सके चाया पर्ने सम्भावना रहँदैन। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

जान्नुहोस्, यी हुन् मधुमेहका लक्षण

काठमाडौं । हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा वढ्छ । अनि समस्या देखिन्छ । जसलाई चिनी रोग अर्थात् मधुमेह भनिन्छ । प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ । मधुमेह भएमा अत्यधिक भोक र तिर्खा लाग्छ । तौल घट्ने, पिसाव धेरै लाग्ने, धकान महसुस र कमजोरी हुने हुन्छ। मधुमेहका बिरामीमा खाने शैलीले धेरै नै प्रभाव पार्छ । त्यसैले खानामा विशेष ध्यान पुर्याउनुपर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

मन्त्रीद्वारा अस्पतालमा छड्के

गलकोट, चैत १० । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गरेका छन् । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिएका थिए । अञ्चल अस्पतालका सबै बिरामीलाई भेटिसकेपछि मात्रै अञ्चल अस्पताल विकास समिति र कर्मचारीले मन्त्री आएको पत्तो पाएका थिए । ‘अस्पतालको अनुगमन मन्त्री एक्लैले गरिसकेका रहेछन्’, अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले भने, ‘हामीले मन्त्रीज्यू निस्कने बेलामा मात्र थाहा पायौँ ।’ अस्पतालको छड्के अनुगमनका क्रममा तुलानात्मक हिसाबमा नयाँ विकास समितिका पदाधिकारी आइसकेपछि अस्पतालले प्रदान गर्ने सेवासुविधा, सरसफाइ लगायतका विषयमा सुधार आएको बिरामीले मन्त्री पुनलाई बताएका थिए । अस्पतालको सुधारका लागि पहल गर्दै आउनुभएकी मन्त्री पुनले अञ्चल अस्पतालका बिरामीकै मुखबाट अस्पतालको बारेमा सुन्ने मौका मिलेको बताउँदै अस्पताललाई सेवामुखी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताए । अस्पताल विकास समितिका अध्यक्ष मगरले अस्पतालका लागि आवश्यक उपकरण तथा भौतिक सुधारका लागि बजेट छुट्याउन मन्त्री पुनलाई आग्रह गरेका थिए । मन्त्री पुनले अनुगमनका क्रममा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीका समस्याका बारेमा समेत जानकारी लिएका थिए । वि.सं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञ सहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताए । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङ लगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ । रासस

कसरी शान्त पार्ने रिस? जान्नुहोस् सरल उपाय

काठमाडौं । रिस एउटा सामान्य भावना हो। यद्यपी रिसकै कारणले कहिलेकाहीँ विभिन्न समस्या निम्तिन सक्छन्। झैझगडा, द्वन्द्व, कलह, आक्रमण, हत्या जस्ता गम्भीर समस्या पनि रिसकै कारणले हुन्छन्। रिसलाई नियन्त्रण गर्न नसकेपछि मानिस जे पनि गर्न उद्यत हुन्छ। र, पछि गएर पश्चाताप गर्नुपर्ने हुन्छ। रिस शान्त गर्न १० देखि उल्टो संख्यामा गन्नुहोस्। यदि धेरै रिस उठेको छ भने १०० बाट उल्टो गन्न सकिन्छ। यसले धड्कनको गतिलाई ढिलो गर्छ, जसबाट स्वत रिस नियन्त्रण हुन्छ। लामो र गहिरो सास लिनुहोस्। जति छिटो सास फेर्यो त्यति मात्रामा रिस वढ्ने भएकाले यसो गर्दा शान्त बन्न सहज हुन्छ। यताउता हिँड्नुहोस्। एक्सरसाईजनले मांसपेशीमा चाल उत्पन्न हुन्छ। जसले गर्दा विस्तारै रिस कम हुँदै जान्छ। गर्दन तथा घाँटीको एक्सरसाइज गर्नुहोस्। जसले योगको काम गर्छ। जुन भावनालाई नियन्त्रण गर्ने सजिलो उपाय हो। शान्त ठाउँमा गएर बस्नुहोस्। आँखा बन्द गरेर मनपर्ने दृश्यहरु कल्पना गर्नुहोस्। सुरुमै भावना नियन्त्रण गर्न नसकिए पनि एकछिन आराम गरेर कल्पना गर्न सकिन्छ। यसले पनि रिस नियन्त्रण गर्छ। रिस कम गर्न संगित सुन्न सकिन्छ। कतै शान्त ठाउँमा घुम्दा पनि रिस नियन्त्रण हुन्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

जान्नुहोस्, कसरी खुवाउने बच्चालाई खानेकुरा?

काठमाडौं : बच्चालाई खाना खुवाउनु मुस्किल काम हो। तर, यसमा लापरवाही गर्ने हो भने बच्चामा न्युट्रिसनको कमी हुन सक्छ, जसको प्रभाव जीवनभर देखिन सक्छ। यहाँ बच्चालाई खाना खुवाउने केही टिप्स दिइएको छ। एक अध्ययन अनुसार खानेकुरा खान नखरा देखाउने बच्चाका अभिभावकले प्रेसर दिने वा लोभ देखाउने गर्छन्। यसो गर्दा बच्चाको बानी बिग्रन सक्छ। अथवा उनीहरूको अनहेल्दी खानेकुरामा रुचि देखिन सक्छ, जसका कारण उनीहरूको तौल बढ्न सक्छ। बच्चाहरूको यो बानी सुधार्न यी टिप्न अपनाउन सकिन्छ। – बच्चाहरू सानो छँदा बच्चाहरूलाई सकेसम्म बढी न्युट्रिसन खानेकुरा दिनुपर्छ। ताकि उनीहरूको शारीरिक विकासका लागि आवश्यक पोषक तत्व पाउन सकुन्। – यदि बच्चाले खान नखरा देखाए उसलाई इग्नोर गर्नु नै सबैभन्दा उपयुक्त तरिका हो। नत्र उनीहरूको व्यवहार बदलिन सक्छ। – हरेक दिन बच्चालाई एउटै समयमा खानेकुरा दिनुपर्छ। यसो गरे त्यही समयमा उसलाई भोक लाग्छ र उसले नकार्ने सम्भावना हुँदैन। – बच्चालाई खानेकुरा खुवाउने ठाउँमा टिभी तथा खेलौना हुनुहुँदैन। नत्र बच्चाको ध्यान यसप्रति जान सक्छ। – बच्चा अलि ठूलो भए उनीहरूसँग खाना बनाउन मद्दत पनि लिन सकिन्छ। उनीहरूलाई भान्साकोठाको स–सानो काम गर्ने जिम्मेवारी दिनुपर्छ। यसले उनीहरूको खानाप्रति रुचि बढाउन मद्दत गर्छ। – बच्चाको फुड आइटमलाई राम्रोसँग डेकोरेट गरिदिनुपर्छ, यसले उनीहरूलाई लोभ्याउँछ।

चिकित्सक भन्छन्, ‘मासु राम्रोसँग पकाएर खाए बर्ड फ्लु सर्दैन’

काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन्। राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरूको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए। ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ। पकाएर खाँदा बर्ड फ्लुको जोखिम हुँदैन,’ उनले भने।मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ। उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

आगोले पोल्यो? अपनाउनुहोस् तुरन्तै यस्ता उपाय

काठमाडौ‌ं, चैत ३ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कनेरनिकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ। पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने। जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुर्याउने। जलेपछि उठेको फोकालाई कहित्यै पनि फुटाउने प्रयास गर्नु हुँदैन। सासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ। र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

घुर्ने समस्याले हैरान हुनुहुन्छ? अपनाउनुहोस् यस्ता उपाय

काठमाडौं, चैत २ । कतिपयलाई घुर्ने समस्याले सताइरहेको हुन्छ। राति निद्रामा घुर्ने यो बानीले आफूलाई भन्दा पनि सँगै सुत्ने साथीलाई बढी असर पुर्‍याइरहेको हुन्छ। तर हटाउने कसरी? जानकारी नहुन सक्छ। १ सबैभन्दा पहिला त समस्या भएका व्यक्ति आफैंले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ। सुत्दा उत्तानो परेर सुत्नु हुँदैन। सधैं कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ। २  सकेसम्म नियमिति व्यायाम गर्नुपर्छ। यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ। ३ शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ। मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ। ४  सकभर बेलुकीको खाना हलुका किसिमको खानुपर्छ। त्यस्तै बढी चिल्लो, पिरो भएका खानेकुराहरू खानु हुँदैन। ५  घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ। तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ। ६  अत्यधिक धूमपान, मद्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ। ७  घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ।

कोलस्ट्रोल कसरी घटाउने? यस्ता छन् उपाय

काठमाडौं । हाम्रो शरीरमा कोलस्ट्रोलको मात्रा धेरै भयो भने विभिन्न रोग लाग्न सक्छन् । रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक मानिन्छ । साथै यो क्यान्सरका लागि पनि घातक हो । अब जानौँ, रगतमा कोलस्ट्रोलको मात्रा घटाउन कस्तो खानपान हुनुपर्छ? यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । –शाकाहारी खाना खाने गर्नु कोलस्ट्रोल हटाउने सबैभन्दा उत्तम उपाय हो । किनकि, शाकाहारी खानामा कोलस्ट्रोलको मात्रा अति कम हुन्छ । –मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलस्ट्रोल भएका खाद्यपदार्थ कम मात्र सेवन गर्नुपर्छ । –धेरै चिल्लोपदार्थ पनि खानुहुँदैन । सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरी आदिको तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । त्यस्तै, काजु, बदामजस्ता नट्स सेवन गरेमा हाम्रो शरीरलाई आवश्यक तेल स्वतः परिपूर्ति हुन्छ । –माछा, कुखुरा र टर्की आदिको मासुमा कम बोसो हुने हुनाले यी पदार्थ खान सकिन्छ । त्यो पनि कम मात्रामा मात्र उपयोग गर्नुपर्छ । –खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुँदा यिनको मासु नखाएकै बेस हुन्छ । –खाना पकाउँदा तेल कम राख्ने तथा दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने गर्नुपर्छ । –सागपात, हरियो तरकारी, फलफूल, गहुँ , चामल र दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्ने । –माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ खानामा प्रयोग गर्नुपर्छ । यसले कोलस्ट्रोलको नकारात्मक असरलाई कम गर्छ । –बेलुकाको खाना अलि सबेरै (७ बजे) खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।

देशभरका चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, माघ १८ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् । डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् । नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो । संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ ।

सम्झौता अक्षरश: पालना नगरेसम्म सत्याग्रह जारी राख्ने डा. केसीकाे घाेषणा

काठमाडौँ — डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले आफूसँग गरेको सम्झौता अक्षरश: पालना नगरेसम्म सत्याग्रह जारी राख्ने बताएका छन् । कान्तिपुर दैनिकका अनुसार डा. केसीले प्रधानमन्त्रीसँग न्यूनतम इमानदारी छ भने हामीसँग गरेको सम्झौताअनुसार हुबहु चिकित्सा विधेयक पारित हुनुपर्ने बताएका छन् । गुणस्तरीय स्वास्थ्य शिक्षा दिने शिक्षण संस्थान तथा ठूला अस्पताल देशभर न्यायोचित वितरण भए कुनाकाप्चामा बस्ने नेपालीको समान पहुँच हुने उनको भनाइ छ । १५ औं अनशनमा प्रधानमन्त्री ओलीसँग भएको सम्झौतालाई तोडमरोड गरेर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा विधेयक समितिबाट पारित गरेको आरोप उनले लगाए । ‘विधेयकबाट हाम्रा बुँदा हटाएर ओलीजीको पार्टीका सांसदहरूले माफियामुखी बुँदा राखे,’ केसीले भने । उनले विद्यार्थी र जनतामारा बुँदा राखेर चिकित्सा विधेयक पारित गरिएको दाबी पनि गरे । डा. केसीलाई आइतबार दिउँसो त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट क्याबिनमा सारिएको छ । 

स्तनको आकार बृद्धि गर्न सकिन्छ ?

काठमाडौं, डा. राजेन्द्र भद्रा । म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला  ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ?  स्तनको विकास स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ । पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ । दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ । तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ । चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ । पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई । स्तनको आकार र आयतनको महत्व तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो । अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन । केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु । स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन । समाधान के होला त ? यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ । तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ ।  साप्ताहिकबाट