के तपाईले आज क्वाँटी खानु भो त ? यस्ता छन् क्वाँटीका १२ फाइदा

काठमाडौं । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो। हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं। यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो।

यो टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार हो।

नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ।

गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ। शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ। क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो।

क्वाँटीमा काब्रोहाइडे«ड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ।

यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ। बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ। यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धावृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ।

हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौं। खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौं। गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ। माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ। यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ।

प्रोटिन, भिटामिन तथा मिनिरल्स पर्याप्त मात्रामा भएकाले शरीरका मांशपेशीलाई मजबुत बनाउन क्वाँटीले सहयोग गर्छ। क्वाँटीमा ज्वानो र अन्य मरमसला हालेर बनाउने भएकाले धेरै पोषणतत्व पाइन्छ। क्वाँटीलाई हामी हप्तामा दुई पटक पनि खान सक्छौं।

क्वाँटीका फाइदा
रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ

पाचनशक्तिमा सुधार आउँछ

मधुमेह नियन्त्रणमा सहयोग गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी

स्मरणशक्ति वृद्धि गराउँछ

मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ । स्वास्थ्य खबरपत्रिकाबाट

कारागारभित्र यौन सम्बन्धका लागि विशेष कोठा राखिने

काठमाडौं । कैदीलाई प्रजनन् अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्ग कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन् अधिकार दिने व्यवस्थाप प्रस्ताव गरिएको छ । मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्र्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद, अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको,। सन्तान जन्माउन इच्छुक् र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ । नागरिक दैनिकबाट

‘माया मेट्रो अस्पताल’ नवजात शिशु स्याहार र तथा प्रसुती सेवाको हव बन्दै

डा. मोहन साउँद । एक वर्ष अगाडिदेखि गुणस्तरीय, सर्वसुलभ तथा एउटै छानामुनी बहु दक्ष विशेषज्ञ सेवाहरु सहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस माया मेट्रो अस्पतालले आफ्ना सेवाहरुबाट छोटो समयमै सुदूर पश्चिम प्रदेशका जनताको मन जित्दै आएको छ । अस्पताल सञ्चालनको प्रारम्भिक दिनमा महिनाको १÷२ वटा नर्मल डेलिभरी र ५÷६ वटा सिजरेयिन डेलिभरी हुने यस अस्पतामा हालका दिनमा आएर दैनिक रुपमा १÷२ वटा नर्मल डेलिभरी र उति नै संख्यामा सिजरेयिन डेलिभरी भईरहेका छन् । प्राइभेट अस्पताल भन्ने वित्तिकै अप्रशेन मात्र हुन्छ, अप्रशेन मात्र गर्छन भन्ने भ्रमलाई चिर्न सफल भएकै कारण माया मेट्रो अस्पतालमा प्रसुती व्यथाले च्यापेका महिलाहरु ढुक्कसंग डेलिभरी गराउन आउन थालेका छन् दुई जना अनुभवी र दक्ष स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टरहरु रविन्द्र देव भट्ट र डा. संगीता भण्डारीले २४ सै घण्टा प्रसुति सम्बन्धि सेवा प्रदान गर्नु, सफा, शान्त र स्वच्छ अस्पतालमा डेलिभरी हुने र जटिल डेलिभरीको समेत सहजै व्यवस्थापन हुने हुदा सुत्केरी गराउनेको संख्या दिनप्रतिदिन बृद्धि हुदै गएको छ । प्रारम्भिक दिनहरुमा अत्यन्त जटिल गर्भावस्थाका महिलाहरुलाई दक्ष जनशक्ति हुदाहुदै पनि भौतिक पूर्बाधारहरुको अभाव (जस्तैः आईसियु, एनआईसियु) मा बिरामीहरुलाई अन्यत्र रेफर गर्नु पर्ने हुन्थ्यो । माया मेट्रोमा यी सेवाहरु सञ्चालनमा आएसंगै आईसीयु र एनआईसीयुको अभावमा जटिल गर्भावस्थाका महिलाहरुको सेवामा सहजता थपिएको छ । त्यसैले अव जटिल डेलिभरीलाई स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा नेपालगञ्ज, काठमाण्डौं र भारत जान पर्ने समस्याको अन्त्य भएको छ । आईसीयु, एनआईसीयु सेवा सुचारु भएसंगै आईयुएफ(टेष्ट ट्युव) प्रबिधिबाट गर्भाधारण गरेका महिलाहरुको डेलिभरी गन्तव्य माया मेट्रो अस्पताल बन्दैछ । यसका साथै महेन्द्रनगर, डडेल्धुरा,पहाडी क्षेत्र तथा सेती अञ्चल अस्पतालबाट रेफर भएका जटिल बिरामीहरु समेत यहाँ सेवा लिएर लाभान्वित भएका छन् । त्यसैले आगामि दिनमा यो अस्पताल प्रसुति सेवाका लागि रेफरल सेन्टर बन्ने निश्चित छ । (बालरोग बिशेषज्ञ डा.साउँद लेखक माया मेट्रो अस्पतालमा कार्यरत छन् ।) पश्चिम टुडेबाट

जान्नुहोस्, के हो पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस?

काठमाडौं, साउन २१ । पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस एक किसिमको एन्टिरेट्रोभाइरल थेरापी हो, जोे एचआइभी संक्रमण हुनबाट जोगिन प्रयोगमा ल्याइन्छ । एड्सको रोकथाममा प्रयोगमा ल्याइने एआरटी औषधिअन्र्तगत यो पनि पर्छ । विशेषगरी, एचआइभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क भएमा, रगतको सम्पर्कमा आएमा, संक्रमितले प्रयोगमा ल्याएका सिरिन्ज उपयोग गरेमा वा रोग सर्न सक्ने विभिन्न अवस्थामा पोस्ट–एक्सपोजेर प्रोफिलेक्सिस औषधि प्रयोगमा ल्याइन्छ । औषधि प्रयोग विधि –पछिल्लो समयमा पोस्ट-एक्सपाजेर प्रोफिलेक्सिस औषधि धेरै प्रयोगमा आउने गरेको पाइन्छ । सुरुको अवस्थामा संक्रमण भएको थाहा नहुने भएकाले एचआइभी संक्रमणको जोखिम भएमा अधिकांशमा यो औषधिको प्रयोग गर्ने गर्छन् । –विशेषगरी, संक्रमितको रगत सम्पर्कमा आउन सक्ने स्थान र अवस्था (जस्तै, अस्पताल, जथाभावी सिरिन्जको प्रयोग आदि) मा बढी प्रयोगमा ल्याइन्छ । –पोस्ट एक्सपोजर प्रोफिलेक्सिस औषधि जति छिटो प्रयोगमा ल्याउन सक्यो त्यति नै प्रभावकारी हुन्छ । घटना भएको ७२ घन्टाभित्रमा प्रयोगमा ल्याइसक्नुपर्ने हुन्छ । –औषधिको प्रयोगपछि मानिसमा कमजोरीपन देखिन्छ । खासगरी बान्ता, डाइरिया हुने र डर लाग्ने भएकाले अन्य समस्या पनि हुन सक्छन् । अन्य संक्रमण हुन सक्ने जोखिमसमेत बढ्छ । खासगरी उनीहरूमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वास्थ्य समस्या देखिन्छन् । –यो औषधि पूर्ण मात्रा अर्थात् २८ दिनसम्म लगातार प्रयोगमा ल्याउनुपर्छ । अन्यथा संक्रमणको जोखिम उच्च रहन्छ । –मनोवैज्ञानिक दृष्टिले कमजोर तथा कतिपय व्यक्तिमा अत्यधिक तनावले गर्दा मानसिक स्वास्थ्यमा असर पर्ने हुन सक्छ । तसर्थ उनीहरूलाई उचित परामर्श दिनुपर्छ । घरपरिवार र समाजले पनि विशेष हेरचाह गर्न जरुरी हुन्छ । यो जानकारी भेरी अञ्चल अस्पतालमा कार्यरत एचआइभी फोकल पर्सन डा. संकेत रिसालले नयाँ पत्रिका दैनिकबाट लेखेका छन् ।

पाँच जिल्लामा वितरण गर्न किनिएको पोषिलो पीठो गुणस्तरहीन

काठमाडौं, साउन ९ । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोषिलो पिठो गुणस्तरहीन पाइएको छ  । दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ‘ए’ नभएको परीक्षणबाट पुष्टि भएको छ । पोषिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए । विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ‘ए’ नपाइएको उनले जानकारी दिए । यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुनसक्ने अधिकारीहरूको भनाइ छ । सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ । यसका लागि सरकारले गतवर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । ६ जिल्लाका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको थियो । पछि त्यो रकम परिवार कल्याण महाशाखाले फिर्ता गराएको थियो । शारदा ग्रुपले बनाएको पिठो गुणस्तरहीन प्रदेश सरकारले पिठो किनिदिन आग्रह गरेपछि तत्कालीन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा)ले कर्णालीका लागि पिठो खरिद गरेको थियोे । उसले थापाथलीस्थित शारदा ग्रुपले बनाएको पिठो तीन करोड रुपैयाँमा खरिद गरेको थियो । त्यही पिठो परीक्षण गर्दा अत्यावश्यक भिटामिन ‘ए’ तत्व नभेटिएको हो । सोलुखुम्बुका लागि भने सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेटभन्दा बढीको टेन्डर परेपछि खरिद पक्रिया अघि बढ्न सकेन । सरकारले खरिद गर्ने पोसिलो पिठोको वितरण र गुणस्तर मापनको काम भने विश्व खाद्य कार्यक्रमले गर्छ । कुपोषणबाट हुने बाल मृत्युदर कम गर्न सरकारले कर्णाली र सोलुखुम्बुमा दुई दशकदेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पौष्टिक तत्वयुक्त पिठो वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यो कार्यक्रम प्रभावकारी देखिएको छैन । कर्णाली क्षेत्रमा कुपोषण अझै व्यापक छ । कुपोषणका कारण बाल मृत्युदर पनि उच्च छ । फापर, कोदो, जौ, मार्सी धान, रातो दाल उत्पादन हुने हिमाली र पहाडी जिल्लामा स्थानीय उत्पादनको विविधतायुक्त उपभोगलाई प्रोत्साहन गर्न नसक्दा कुपोषण बढेको विज्ञहरू बताउँछन्  । किन खाने पोसिलो पिठो भिटामिन ए, पोलिक मिसिन, आइरन, आयोडिन, भिटामिन बी कम्प्लेक्स, क्याल्सियम मिसाएर पिठो तयार गरिन्छ । वितरण गर्नुअघि विश्व खाद्य कार्यक्रमले विदेशमा लगेर यसको परीक्षण गर्छ । पिठोको म्याद एक वर्षको हुन्छ । यसको सेवनबाट कुपोषण, एनिमिया, भिटामिन एको कमीबाट हुने समस्या, रतन्धोजस्ता समस्या कम हुँदै जान्छन् । पराजुलीका अनुसार ६ जिल्लाका २१ हजार जनाले यस्तो पिठो प्रयोग गर्ने गरेको तथ्यांक छ । पौष्टिक पिठो दिनको सय ग्राम अर्थात् महिनामा तीन किलो खान सुझाइएको छ । पानी, दूध वा जसरी खाए पनि हुन्छ । पोषिलो पिठो पाउन गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचकै क्रममा पिठोका लागि फारम पनि भराइन्छ । कार्यक्रम नै स्थगित हुने सम्भावना वितरणपूर्व गरिएको परीक्षणमा पिठो गुणस्तरहीन पाइएपछि कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ । ‘गुणस्तरहीन पिठो खरिद गरिएकाले यस वर्ष कार्यक्रम रोकिने अवस्थामा पुगेको छ,’ परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले भने, ‘अहिलेसम्म पुरानो स्टकले धानेको छ । अभाव हुन नदिने प्रयास गरिरहेका छौँ ।’ कार्यक्रम रोकिन नदिन तत्काल खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए । ‘आगामी चार महिनामा खरिद गरी सम्बन्धित स्थानमा पुर्याउने कोसिस गर्दैछौँ,’ उनले भने । नयाँपत्रिकादैनिकबाट

विषादीयुक्त तरकारी र फलफूल खाँदा कस्ता रोग लाग्छन्? जान्नुहोस् जोगिने उपाय

अच्युतशाली घिमिरे । नेपालमा कुल खपतको ४४ प्रतिशत तरकारी भारतबाट आयत हुने गर्छ। भारतबाट आयात हुने ९० प्रतिशतसम्म तरकारीमा विषादी प्रयोग हुने कृषि विज्ञहरुले बताउदै आएका छन्। भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएकै कारण सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ। यो परीक्षण कायमै राखेको भए उपभोक्ताको स्वास्थ्यका साथै स्वदेशी किसानलाई समेत भरपूर फाइदा पुग्ने थियो। नेपाल भित्रै पनि दर्जन समूहका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुनसक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भन्ने कुरा। यस्ता विषादीबाट बच्न हामीले सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ। अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ। स्वच्छ फलफूल र तरकारीहरुमा पाइने खनिज तत्त्व, भिटामिनहरुले शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छन्। यसको विषादीमुक्त सेवनले रगतको संरचनालाई मजबुद राखेर दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पुर्याकउँछ। स्वच्छ फलफूल र तरकारीहरु रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछन्। स्वच्छ फलफूलहरुमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोगहरु लाग्नबाट समेत बचाउँछ। रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणाली ठिक राख्न साथै विभिन्न अंगको तन्दुरुस्तीको लागि स्वच्छ फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ। तर यिनै फलफूल र तरकारीहरु विषादीयुक्त हुँदा र यिनको सेवन गर्दा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका जन्मिने खतरा बढ्छ। विषादी जन्य फलफूल र तरकारीको सेवनले क्यान्सर जन्य रोगहरु उत्पन्न गर्ने, बाँझोपनका समस्याहरु उत्पन्न हुने खतरा समेत बढ्छ। त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको किरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ। केहीगरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट बच्ने पहिलो सामन्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो। तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ। भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ। नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ। त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २०मिनेटसम्म डुबाएर राख्नुपर्छ। यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ। सरकारलाई खासै चासो नदिएको भए पनि उपभोक्ता आफैं सचेत भई आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु बुद्धिमानी जानेछ। स्वास्थ्य खबरपत्रिकाबाट साभार

टाइफाइडको प्रकोपको कारण दिनहुँ बिरामीको संख्या बढ्दै

डोल्पा, असार २३ । हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिए । एक महिनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ । ‘अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ’, रावलले भने, ‘यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुन थालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।’ ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा रावलको भनाइ छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन् । ‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताए । यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ। प्रशासनले बोलायो आकस्मिक बैठक भाइरलको रूपमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक राखेको छ। प्रकोप नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालासहितको बैठक राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैठकमा स्वास्थ, खानेपानी, नागरिक समाज, सञ्चारलगायतका विभिन्न सङ्घसंस्थामा आवद्ध व्यक्तिलाई बोलाएर छलफल भइरहेको छ । रोग नियन्त्रणका लागि कुन–कुन निकायले के–कस्तो भूमिका खेल्ने भन्ने विषयलाई विशेष जोड दिइएको छ । यसअघि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणका लागि आपतकालीन बैठक राखिसकेको जिल्ला प्रशासन कार्यालयले आइतबार पनि आपतकालीन बैठक बोलाएको हो । बैठकमा दूषित पानीको प्रयोग रोक्न पानी शुद्धीकरण गरेर खानुपर्ने, सामान्य लक्षण देखिनेबित्तिकै उपचार गराउनुपर्ने, सूचना तथा सन्देश प्रवाह गर्नुपर्नेलगायतका कुरामा विशेष जोड दिइएको छ । रासस

योग शिक्षा पाठ्यक्रममै आवश्यक छः उपराष्ट्रपति

काठमाडौं, असार ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले योग शिक्षा आवश्यक रहेको बताएका छन् । शैक्षिक पाठ्यक्रममा नै समावेश गर्ने गरी योग शिक्षालाई औपचारिक र अनौपचारिक हिसाबले प्रचलनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।पाँचौँ विश्व योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले शुक्रबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजना गरेको योग शिविर उद्घाटन गर्दै उनले सबै वर्ग, समुदायका मानिसलाई योग आवश्यक रहेको बताए । शारीरिक तथा मानसिक रूपमै स्वस्थ जीवनयापन गर्न योग शिक्षा महत्वपूर्ण रहेको भन्दै उपराष्ट्रपति पुनले भने, ‘बदलिँदो आधुनिकीकरणको समयमा योग शिक्षा अपरिहार्य छ ।’ मानिसहरूको रहनसहन, खानपान र तनावपूर्ण जीवनशैलीको व्यवस्थापन गर्न योग आवश्यक रहेको उनले बताए । मानिसमा खानपान, हिँडडुलजस्ता जीवनशैली विलासीतातर्फ उन्मुख भइरहेको भन्दै उनले विलासी जीवन जिउनेहरूले नै योगलाई अपनाउनुपर्ने बताए । यसै कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आएका उनी शुक्रबार बिहान ५ बजे योग अभ्यास सुरु गरी दिउँसो काठमाडौं फर्किएका हुन् । कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश सांसद रीना गुरुङ, प्रजिअ जितेन्द्र बस्नेत, पूर्वडिआइजी ज्ञानेन्द्रविक्रम महतलगायत अन्य सर्वसाधारण उपस्थित थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा २१ जुनलाई विश्वभर योग दिवसका रूपमा मनाउन थालिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

पित्तथैलीको पत्थरीबाट कसरी बच्ने? जान्नुहोस् उपाय

काठमाडौं, असार ५ । पित्तथैलीमा देखिने पत्थरी अहिले धेरै मानिसहरूलाई सताइरहेको एक जटिल रोग हो । यो रोग हरेक उमेर समूहमा देखिन्छ । तर, पनि ३० वर्षदेखि ४० वर्षको उमेरमा तुलनात्मक रूपमा धेरै देखिन्छ । यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको छ । यो रोग वंशाणुगत कारणले पनि हुन सक्छ । नेपालमा पनि पित्त थैलीमा पत्थरी हुने विरामीको संख्या बढ्दो क्रममा रहेको अनुमान गरिएको छ । पित्तथैलीको पत्थरी कुनै रोग विशेषको कारणले नभएपनि यस विषयमा भएका अध्ययनहरूले यसका विविध कारणहरू देखाएको छ । विविध कारणमध्ये मोटोपना, मधुमेह, धैरै तौल घट्नु, निरन्तर व्रत बस्नु, रक्तअल्पता, गर्भनिरोधक चक्कीको बढी सेवन आदि हुने गरेको तथ्यांकले देखाएको छ । सामान्यतः पित्तथैलीको पत्थरीका विरामीमा कुनै लक्षण देखिँदैन । अरू कुनै कारणले पेटको भिडियो एक्सरेगर्दा पित्तथैलीमा पत्थरी देखापर्छ । यसरी पत्थरी भएको फेला पर्नेहरूमध्ये करिब २० प्रतिशत मानिसहरूमा मात्र एकै खालका लक्षणहरू देखिनसक्छन् जसमा अधिकांशलाई पेट दुख्ने हुन्छ । पत्थरीका कारण हुने दुःखाइ दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुःखाइ कहिलेकाँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्नसक्छ । दुःखाइ चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । यसरी, देखापरेको दुःखाइ २४ घण्टाभित्रै ठीक हुनेगर्छ । जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ । पित्तथैलीको पथ्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने पनि हो । धेरै मानिस पित्तथैलीको पत्थरीबारे भ्रममा रहने गरेका छन् । प्रायः पित्तथैलीको पत्थरीको अप्रेसन गरिन्छ र निको पारिन्छ । अप्रेशनमा पित्तथैली नै फालिन्छ । तर, मानिसहरूमा पित्तथैली फालेपछि कमजोर हुने र शरीर क्षीण हुँदै जाने भ्रम पनि छ, यो सत्य होइन । पित्तथैली फाले पनि मानिसको आयु र जीवनमा कुनै असर पार्दैन । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

एटिएमजस्तै सेनेटरी प्याड मेशिन

स्याङ्जा, असार ४ । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ । कक्षा १० की अङ्किता खड्काले विद्यालयमा भेन्डिङ मेशिन राखेपछि धेरै सहज भएको बताए । उनले भने, “मेशिन हुनुभन्दा पहिले कक्षाकोठामा पढ्दापढ्दै रजस्वला भएमा पढाइ नै छाडेर घर जानुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या छैन ।” सोही विद्यालयकी कक्षा ९ की प्रतीक्षा शर्माले रजस्वला हुँदा विद्यालयमा डराइडराइ आउनुपर्ने र बिदा मागेर कक्षाबीचमै छाडेर घर जानुपर्ने बाध्यता मेशिन आएपछि अन्त्य भएको बताए । विद्यालयकी शिक्षिका जमुना काफ्लेले मेशिन प्रयोगमा आएसँगै छात्राको सिकाइमा धेरै सहजता पाइएको अनुभव सुनाए । पहिले पहिले छात्राले लुकाउने गरेका कुरा यन्त्रको प्रयोगसँगै खुलेर राख्न थालिएको र यसले नतिजामा समेत राम्रो प्रभाव पारेकोे शिक्षिकाको भनाइ थियो । कक्षा ६ देखि माथिका छात्रालाई लक्ष्य गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त सहकार्यमा रु ८८ हजारको लागतमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । रजस्वला भएकै कारण कक्षा छाड्ने विद्यार्थीले अब यो समस्याबाट छुट्कारा पाउने गाउँपालिका उपाध्यक्ष देवी थापाले विश्वास व्यक्त गरे । रासस

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

पोखरा, जेठ ३१ । २१औं शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित गर्भमध्ये करीब एक चौथाइ अनियोजित जन्म हुने र दुई तिहाइ गर्भपतन हुने गर्दछन् भने बाँकी गर्भ आफैं खेर जाने गरेको कृपाका सहनिर्देशक डा महेश पुरीले बताए । उनका अनुसार गर्भधारण गर्न नचाहेका १५ देखि ४९ उमेर समूहका महिलामध्ये ४४ प्रतिशत परिवार नियोजनका आधुनिक साधनको चाहना हुँदाहुँदै पनि सहज पहुँच नहुँदा उनीहरूले कि त साधन अपनाउँदैनन् कि परिवार नियोजनको परम्परागत विधि अपनाउने गरेका छन् । नेपालका सात वटै प्रदेशमा परिवार नियोजनका साधन मागअनुसार पर्याप्त हुन नसकेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ र प्रदेश नं २ मा सबैभन्दा कम ३८ प्रतिशत माग रहेको अध्ययनका क्रममा भेटिएको छ । नेपालमा अधिकांश गर्भवती महिलाले गर्भावस्थामा र सुत्केरी अवस्थामा आउन सक्ने स्वास्थ्य समस्याबाट बच्न र त्यसको व्यवस्थापन गर्न आवश्यक पर्ने सेवा प्राप्त गर्न नसकेको उनको भनाइ छ । तथ्याङ्कअनुसार ६४ प्रतिशत गर्भवती महिलाले कम्तीमा चार पटक गर्भ जाँच गरेको र ६१ प्रतिशतले तालीम प्राप्त स्वास्थ्यकर्मीको सहयोगबाट बच्चा जन्माएको पाइएको छ । पुरीका अनुसार गर्भ वा सुत्केरी अवस्थामा हुने स्वास्थ्य जटिलता भएका महिलाहरुमध्ये २७ प्रतिशतले मात्र आमा र नवजात शिशुले आवश्यक पर्ने सेवा पाउने गरेका छन् । सन् २०१६ को अनुमानित मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा २३९ मातृमृत्यु दर रहेको उल्लेख गर्दै तथ्याङ्कमा जुन दक्षिण एशिया क्षेत्रको औसतभन्दा बढी वार्षिक एक हजार ६०० को सङ्ख्यामा हुन आउँदछ । नेपाल महिलाको मागअनुसार परिवार नियोजनका आधुनिक साधनको आवश्यकता पूरा गर्न करीब वार्षिक एक करोड ७० लाख अमेरिकी डलरबाट बढेर तीन करोड डलर खर्च हुने तथ्याङ्कमा उल्लेख छ । परिवार नियोजनका सेवा परिवर्तन नगर्ने हो भने १२ लाख गर्भवती महिलालाई प्रत्येक वर्ष मातृत्व र नवजात शिशु स्वास्थ्य सेवाको विस्तृत प्याकेज प्रदान गर्न १३ करोड १० लाख अमेरिकी डलर पर्न आउँछ जसको एक चौथाइ लागतले महिलाको अनिच्छित गर्भावस्थाको स्याहारको लागत पूरा गर्दछ । परिवार नियोजनका आवश्यक सेवाहरुको चाहना पूरा गर्ने हो भने अनिच्छित गर्भधारण ८७ प्रतिशतले वा चार लाख ६९ ले घट्नेछ र सोही अनुपातमा अनियोजित गर्भपतन र आफैं खेर जाने गर्भ पनि घट्ने देखिन्छ । परिवार नियोजनका साधनहरुको सम्पूर्ण आवश्यकता पूरा भएमा वार्षिक तीन सय मातृमुत्यु दरलाई घटाउन सकिने अध्ययनले देखाएको छ । मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा पूरा गर्न सके मृत्युदरलाई घटाउन सकिने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल परिवार नियोजन सङ्घ कास्की शाखाका अध्यक्ष निरञ्जन श्रेष्ठका अनुसार कास्की जिल्लामा परिवार नियोजनका पाँचै प्रकारका साधन उपलब्ध गराउँदै आएको छ । शहरी क्षेत्रभन्दा पनि विकट क्षेत्रमा परिवार नियोजन शिक्षा र साधनको पहुँच पुग्न नसकेको बताउँदै उनले जनचेतना अभिवृद्धिका साथ आगामी कार्यक्रम ग्रामीण क्षेत्र लक्षित हुनुपर्नेमा जोड दिए । गैरसरकारी संस्था महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदीले सरकारले परिवार नियोजनका क्षेत्रमा लगानी बढाउँदै विकट बस्तीका जनतासम्म पुग्नुपर्नेमा जोड दिँदै त्यसका लागि स्थानीय सरकार र गैससको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । लिङ्गका आधारमा गरिने भू्रण हत्यालाई निरुत्साही गरिनुपर्नेमा जोड दिँदै उहाँले त्यसका कारण महिलाको स्वास्थ्यमा दिनप्रतिदिन जोखिम बढ्नाका साथै ठूलो धनराशि खर्च हुने गरेको बताए । परिवार नियोजनका अत्याधुनिक साधनको मागलाई परिपूर्ति गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्रसँगै अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबीच सामूहिक प्रयास आवश्यक देखिएको छ । रासस

नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

लहान, जेठ २४ । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उहाँले बताए । उनले नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन भने । प्रदेशलाई सुखी र समृद्ध बनाइने प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा शुक्रबार उनले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिएमात्र शहीदको सपना पूरा हुने भएकाले त्यही अनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताए । आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस

महानगर प्रमुख महर्जन अस्पताल भर्ना

काठमाडौं जेठ ७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । बुधबार उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ । आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उनको शल्यक्रिया गरेको प्रवक्ता महर्जनले बताए । शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिएको जानकारीअनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस

पत्रकार मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जर्नाे’ अवार्ड

काठमाडौं, जेठ ४ । सोसाइटी अफ हेल्थकेयर जर्नालिष्ट नेपालका अध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जाेर्नाे अवार्ड २०१९’ प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको अवार्ड छनौट समितिको शुक्रबार बसेको अन्तिम बैठकले स्वास्थ्य विधातर्फको २५ हजार नगदसहितको हेल्थ जोर्नो अवार्ड मिश्रलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त अवार्ड एक समारोहबीच अगामी शुक्रबार राजधानीमा प्रदान गरिने छ । रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानले हरेक वर्ष स्वास्थ्य, शिक्षा, वातावरण, महिला गरि विधागत रुपमा ६ बिधाका उत्कृष्ठ पत्रकारलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । रोटरीले यो वर्षदेखि ६ वटा विधा बाहेक मिडिया हाउसलाई पनि अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । स्वास्थ्य विधा तर्फको रोटरी हेल्थ जोर्नो अवार्ड यस अगाडि स्वास्थ्य पत्रकार पदमराज जोशी, दीपक दाहाल र भगवती तिमिल्सिनाले प्राप्त गरिसकेका छन् ।

चितवनका २ निजी मेडिकलले पाए ‘कलेजो प्रत्यारोपण’ लाइसेन्स

काठमाडौँ, बैशाख ३१ । थप दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएका छन् । लाइसेन्स पाउने दुबै मेडिकल कलेज उपत्यका बाहिरका हुन् । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर र चितवन मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर रहेका छन् । यी दुवै कलेजले यसअघि मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाइसकेका थिए । गत १६ बैशाखमा बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले यी दुई मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स दिएको हो । योसँगै नेपालमा कलेजो प्रत्यारोपण गर्ने संस्था चार पुगेको छ । यसअघि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पाइसकेका छन्। भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ । अंग प्रत्यारोपण समन्वय समितिका सदस्य सचिव एवं विभागका महानिर्देशक डा गुणराज लोहनीले कलेजो प्रत्यारोपण गर्न पाउ भन्दै दिएको दरखास्त उपर जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदनका आधारमा लाइसेन्स दिने निर्णय गरेको बताए । उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको हिसावमा सक्षम रहेको पाएपछि लाइसेन्स दिइएको स्पष्ट पारे । त्यसो त पुरानो मेडिकल कलेजले करीब ४ वर्षअघि अर्थात सन् २०१५ मै मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाएको थियो । चितवन मेडिकल कलेजले मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स एकै पटक पाएको हो । सीएमसीलाई मिर्गौला प्रत्यारोपण गर्ने लाइसेन्स समेत १६ बैशाखमै बसेको प्रत्यारोपण समितिको बैठकले निर्णयले गरेको थियो ।

जान्नुहोस्, पायल्सपछि कस्ता कुरामा दिने ध्यान?

काठमाडौं । पायल्स भएमा हरेक दिन शारीरिक व्यायाम गर्ने । नियमित रुपमा योग गर्ने, प्रशस्त पानी पिउने । हरियो सागपात काँचै खाने, दैनिक रुपमा फलफूल खाने । खानासँग मुला, काँक्रो र गाँजर खाने। नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने । पायल्स भएका विराममीले चिल्लो, पिरो, तथा मसला बढी भएको माछा मासु नखाने । पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सीजस्ता चिज उपभोग नगर्ने । पायल्सका बिरामीले हप्तामा एकपटक आवश्यकताअनुसार पेट सफा गर्ने। खानेकुरा खाँदा एकदम कम र हल्का खाने। शरीरले पचाउने गरी मात्रै खानुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।