इन्टरनेट कुलतः के तपाईँमा इन्टरनेटको कुलत सुरु भइसकेको त छैन?
काठमाडौं । इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ। यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ।
यसका साथै इन्टरनेटले सूचना, मनोरञ्जन र ज्ञानको विशाल भण्डार समृद्ध गर्नका साथै यस्ता तमाम सुविधा वृद्धि गरेको छ, जसले गर्दा यसको अत्यधिक प्रयोग गर्नुको लत–कुलत हाम्रा लागि समस्या भइसकेको छ।
विज्ञापन
अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले भर्खरै गरेको अध्ययनमा इन्टरनेटको प्रयोगले हाम्रो मस्तिष्कको आन्तरिक संरचनालाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ भन्ने ज्ञात हुन आएको छ । इन्टरनेटको अत्यधिक प्रयोगले प्रयोगकर्ताको एकाग्रता, स्मृति र सामाजिक सम्बन्धलाई नराम्रोसँग प्रभावित गरीरहेको रिपोर्ट प्रकाशित भएको छ ।
साच्चै भन्ने हो भने मस्तिष्कमा भइरहेको यो परिवर्तनले केही मात्रामा, हाम्रो स्नायु प्रणालीलाई नै पुनर्संयोजित (रि–वायरिंग) गरिरहेको छ ।
मनोचिकित्सकीय अनुसन्धानको विश्व प्रसिद्ध जर्नल वर्ल्ड सायकिएट्रीको जून २०१९ को अंकमा प्रकाशित अध्ययन अनुसार इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो दिमागमा स्थायी र अस्थायी प्रभाव पारी रहेको छ।
अध्ययनमा सम्मिलित शोधकर्ताले ती प्रमुख परिकल्पनाको जाँच (परीक्षण) गरे जसले इन्टरनेटको प्रयोगले मानिसको संज्ञानात्मक प्रक्रियालाइ बदल्न सक्छ ।
यसका साथै शोधकर्ताले यो पनि परीक्षण गरे, कि मनोविज्ञान, मनोचिकित्सा र ‘न्यूरोइमेजिंग’का आधुनिकतम निष्कर्षसँग यो कति मेल खान्छरु
अस्ट्रेलियाको वेस्टर्न सिडनी विश्वविद्यालयका वरिष्ठ शोधकर्ता डा जोसेफ फेर्थका अनुसार इन्टरनेटको प्रयोगले मष्तिष्कको संरचना मा कसरी प्रभाव पार्छ भन्ने सम्बन्धमा भन्छन, ‘यस अनुसन्धानको प्रमुख निष्कर्ष भनेकै उच्च स्तरको इन्टरनेट प्रयोगले दिमागमा धेरै नकारात्मक प्रभाव पार्नसक्छ भन्ने रहेको छ ।’
उदाहरणको लागि, इन्टरनेटबाट आउने गरेका नोटिफिकेशन र सूचनाको अविरल प्रवाहले हामीलाई हाम्रो ध्यान उतै राख्न प्रोत्साहन दिन्छ।
यसको परिणामस्वरुप आफ्नो अन्य कार्यमा ध्यान केन्द्रित गर्ने हाम्रो क्षमता प्रभावित हुन्छ । हामी कुनै एक विषयवस्तुमा ध्यान केन्द्रित गर्न, त्यसलाई राम्ररी बुझ्न एवं विषयवस्तुको गम्भीरता आत्मसात गर्न सकिरहेका हुन्नौँ।
यस सोधले, इन्टरनेटले हाम्रो दिमागको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारे संकेत गर्छ । वर्तमान समयमा सोशल मिडियाका साथै धेरै अनलाइन टेक्नोलोजीहरूको व्यापक प्रयोग बढ्दै जानु शिक्षक र अभिभावकहरूको चिन्ताको विषय बनेको छ ।
विश्व स्वास्थ्य संगठनद्वारा सन २०१८ मा जारी गरिएको दिशानिर्देश अनुसार, साना बच्चाहरु (२.५ वर्षको उमेर) लाई दैनिक एक घण्टा भन्दा बढी समय कुनै पनि खाले स्क्रीनको सम्पर्कमा आउँन दिनु हुँदैन । हुन त वर्ल्ड साइकियट्री पत्रिकामा प्रकाशित सोध वयस्कहरूमा गरिएको अनुसन्धानको नतिजा हो भनिएको छ । बच्चाहरूमा इन्टरनेट प्रयोगले हुने फाइदा र हानिबारे थप अनुसन्धान हुनु बाँकी नै छ ।
डा फेर्थ भन्छन्, ‘बच्चा तथा युवा मानिसहरूलाई इन्टरनेटको नकरात्मक प्रभावबाट जोगाउन अझ बढी अनुसन्धान आवश्यक छ, आमाबाबुले पनि आफ्ना बच्चाहरूले डिजिटल उपकरणहरूमा धेरै समय खर्च नगर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ।’
अभिभावकहरूले बच्चाहरूको अन्य महत्त्वपूर्ण विकासमूलक गतिविधिहरू, जस्तै सामाजिक अन्तर्क्रिया , शारीरिक व्यायाम तथा मैदानमा खेलिने खेल जस्ता गतिविधिमा बढी ध्यान दिनु पर्दछ।
वास्तव मा यस अनुसन्धान को प्रमुख उद्देश्य हो, ‘हामीले यो बुझ्नु आवश्यक छ कि जहाँ एकतिर इन्टरनेटको सुविधाले हामी ‘ग्लोबल’ नागरिक बनी रहेका छौँ ,त्यही अर्कोतिर बच्चा देखि बुढा पाकासम्म ‘साइबर एडिक्ट’ पनि हुँदै गईरहेका छौँ ।
यो लत अथवा कुलत पनि रक्सी अथवा चुरोट भन्दा कम छैन । इन्टरनेटको बानी लागेका मानिसको मस्तिष्कका केहि भागमा ‘गामा अमिनोब्यूटरिक एसिड’ (जीएबीए) को स्तर बढ्दै गईरहेको छ। ‘जीएबीए’ को सम्बन्ध मस्तिष्कका विभिन्न कार्य जस्तै जिज्ञासा, तनाव र निन्द्रा आदिसँग रहेको छ ।
यसको असन्तुलनले अधीरता ,छटपटाहट, बेचैनी, तनाव र अवसाद (डिप्रेसन) बढाउँछ । इन्टरनेट प्रयोगको बानीले हाम्रो मस्तिष्कका सर्किटलाइ द्रुत गतिले र नया किसिमले पुनरसंयोजित (रि–वायरिंग) गरिरहेको छ ।
स्मरण गर्नुस त ‘इन्टरनेट प्रयोगको प्रारम्भिक चरणमा हामी जुनबेला पनि अनलाइन हुने–देखिने प्रयास गर्थ्यौँ,आज अवस्था त्यसको विपरीत छ । बेर छैन, अब संसारमा जाँड –रक्सी चुरोटको लतबाट मुक्ति प्रदान गर्ने जस्ता ‘रिह्यभिलेसन सेन्टर’ जस्तै इन्टरनेटको कुलतबाट टाढा राख्ने सेन्टर खोलिने क्रम प्रारम्भ होस्। देश सञ्चारबाट
घरमै बसेर यसरी गर्न सकिन्छ डेंगुको उपचार, यस्ता छन् उपाय
काठमाडौं । विशेषज्ञहरुले हाल मुलुकमा डेंगु संक्रमण भएर सामान्य ज्वरो लगायतका लक्षण भएका बिरामीलाई नआत्तिई घरमै आराम गर्न सल्लाह दिएका छन्। उनीहरुले जोखिम समूहमा रहेका बाहेक अन्य व्यक्तिलाई तत्कालका लागि डेंगुबाट खासै डराउनुपर्ने अबस्था नरहेको समेत औँल्याएका छन्। ‘डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोफिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा। वासुदेव पाण्डेले भने। उनका अनुसार जोखिम समूहमा रहेकाहरुले भने उपचारमा ध्यान दिनुपर्छ। यो जोखिम समूह अन्तर्गत बच्चा, बुडापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु पर्छन्। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ। परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ। तर, यस्तो सयम बिरामीमा देखिने लक्षणहरुलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ। ज्वरो कम गर्न आवश्यक भए हरेक ६ घन्टामा पारासिटामोल दिन सकिन्छ। सामान्यतया एक–दुई सातामा डेंगु आफैँ निको हुन्छ। यो रोगको उपचार गर्नको लागि कुनै विशिष्ट प्रकारको औषधि छैन। सामान्य डेंगु भएकाहरुलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ। डेंगुमा आन्तरिक रक्तस्रावको जोखिम पनि हुने भएकाले एस्प्रिरिन, आइबुप्रोफेन लगायतका औषधि उपयोग गर्नु हुँदैन। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
आउँदैछ शरद ऋतु, कसरी रहने स्वस्थ्य ?
वर्षा ऋतुको बहिर्गमनसँगै शरद ऋतुले चियाउन थालिसकेको छ। नेपाली पात्रो अनुसार असोज र कार्तिक महिनालाई शरद ऋतु भनिन्छ। यस ऋतुमा हावापानी सम शीतोष्ण किसिमको हुने गर्दछ अर्थात न धेरै गर्मी न जाडो। शरद ऋतुमा सबै भन्दा अनुकुल वातावरण हुने हुँदा घुमफिर गर्न देखि तीर्थाटसम्म का लागि यो ऋतु आदर्श मानिन्छ। तर वातावरणको यो अनुकूलता मानिसका लागि मात्रै नभई विभिन्न रोगका जीवाणुका लागि पनि भएकाले यस ऋतुलाई आयुर्वेदमा रोगहरुको जननी ऋतु पनि मानिन्छ । त्यसैले यस ऋतुमा अन्य ऋतुहरुमा भन्दा बढी सावधानी अपनाउनु पर्ने भएकोले दशै , तिहार जस्ता पर्वहरुको चलन चलाई व्रत उपासना गर्ने परम्परा चलिआएको छ । यस ऋतुमा ज्वरो तथा मलेरिया जस्ता जीर्ण रोगले आक्रमण गर्नसक्छ । त्यसैले यस ऋतुमा प्रकृति अनुकुल आहार विहार गर्नु नै स्वास्थ्य रहने उपाय हो । शरत ऋतुमा पालना गर्नुपर्ने आहार नियम यस ऋतुमा पित्तको प्रकोप बढ्ने कारण यसलाई जसरी पनि शरीर बाहिर निकाल्नु पर्दछ । त्यसलाई वमन गरेर वा औषधी खाई दिशाबाट दुई तरीकाले निकाल्न सकिन्छ । वायु प्रकृतिका ब्यक्तिले यस ऋतुमा गाइको घिउ खानु उपर्युक्त मानिन्छ भने कफको समस्या भएका ब्यक्तिलाई तितो पिय पदार्थ सेवन गर्नु उचित हुन्छ । यस ऋतुमा जतिसक्दो दुधको सेवन गर्नु राम्रो मानिन्छ । यस ऋतुमा पितको कारण शरीरमा गर्मीको मात्रा बढ्ने हुनाले बढी शीतल चिजहरु खाने गर्नुपर्दछ । यस ऋतुमा सजिलै पच्ने हलुका चिजहरु खानु राम्रो मानिन्छ ।
ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल
डडेल्धुराः भित्रीमधेसमा पर्ने परशुराम नगरपलिका–१० भितेसालका ब्लड क्यान्सर पीडित देवबहादुर विष्टले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । हालसम्म ३० लाखभन्दा बढी रकम आफ्नो उपचारमा खर्चिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको दुखेसो पोख्दै उनले सबैमा आर्थिक सहायताका लागि अपिल गरेका हुन् । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत उनलाई २०७४ फागुनमा घर फर्किएपछि एक्कासी ब्लड क्यान्सरको समस्या देखा परेको थियो । करिब ७ महिना अघिदेखि ब्लड क्यानसरबाट पीडित २६ वर्षीय विष्ट हाल भारतस्थित डीआर.क्रिस्नस क्यान्सर हेलर सेन्टर प्रा.लिबाट औषधि सेवन गरिरहेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले ब्लड क्यान्सर पीडित छोराको उपचारमा कठिनाई भएको उनका बुवा रामबहादुर बिष्टले दुखेसो पोखे । सहयोग गर्न चाहनेहरुले नेपाल बैंक लिमिटेड, जोगबुडा शाखामा रहेको देवबहादुर विष्ट नामको खाता नं २४४०१००६६८५०२३०००००१ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।
डेंगु प्रकोपः दक्षिण एसियामा एकै भाइरस
काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा।बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा।लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्व जिम्मेवार रहेको बताइन्। डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ। लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा।नागपालले बताए। उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
यौन व्यवसायमा लगाउन बालिकामा जवानी बढाउने हर्मोनको प्रयोग
काठमाडौंः भारतीय टेलिभिजन च्यानल सोनीमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ- क्राइम पेट्रोल। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो- हार्मोन प्रयोग गरी किशोरीलाई वयस्क बनाएर यौन धन्दामा लगाउने। जसको एउटा वास्तविक कथा थियो– भारतको हरियाणास्थित एउटा ग्रामीण भेगबाट नौ वर्षीया बालिका एकाएक हराउँछिन्। खोज्दै जाँदा ६ महिनापछि उनी मुम्बईको यौन कोठीमा फेला पर्छिन्। तर, जब परिवारले उनलाई भेट्छन, चिन्नै सक्दैनन्। ६ महिना अगाडि हराएकी ९ वर्षीया बालिका १८–२० वर्षकी वयस्कझैँ भइसकेकी थिइन्। उनका स्तनको आकार वयस्क बराबरै थियो। शरीरको आकार प्रकार पनि पूरै बदलिएको थियो। तर, मानसिक अवस्था भने उनी उही नौ वर्षीया झैँ थिइन्। प्रहरी अनुसन्धानबाट खुल्छ ती बालिका अपहरणमा परे लगत्तै उनलाई शारीरिक अवयव बढाउने हर्मोन इन्जेक्सन दिइएको थियो। जसको प्रभावले नौ वर्षकी बालिका शारीरिक रुपमा ६ महिनामै वयस्कझैँ भइसकेकी थिइन्। भारतमा हुने अधिकांश अपराधको प्रवृत्ति नेपालसँग मिल्छ। यौन पेशामा लगाउन नेपालबाट किशोरीहरु भारत पुर्याएर बेच्ने क्रम अझै रोकिएको छैन। अहिले त आन्तरिक रुपमै काठमाडौँ, पोखरा लगायतका शहरमको रात्रिकालिन व्यवसायमा संलग्न गराउन ग्रामीण भेगबाट किशोरी ल्याउने क्रम बढेको छ। कार्यक्रममा देखाइएका यौवन बढाउन प्रयोग भएको स्टेरोइड, अक्सिटोसिन, टेस्टेस्टेरोन, प्रोजेस्टेरोन र स्ट्रोजेन हर्मोन खुवाउने अपराध कनै नेपालमा पनि गुपचुप भइरहेको छ छैन? हर्मोनको प्रयोगबारे जिम्मेबार सरकारी निकायमा गुनासो पुगेको छ। तर प्रमाण छैन भनेर अधिकारीहरु मौन बसिरहेका छन्। यो हर्मोन खाएपछि व्यक्तिको अनुहार गोलो हुँदै जान्छ। भुँडीसमेत बढ्छ। हाइट नबढ्ने भए पनि व्यक्तिको तौल बढेपछि साना बालिका पनि वयस्क जस्ता देखिन्छन्। यो खबर आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले लेखेका छन्।
अस्पतालमा डेंगुका बिरामीको चाप घटेन, ‘डेंगु खोज र नष्ट गर’ अभियान सुरु
काठमाडौंः सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ । रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । सरुवा रोग अस्पतालमा भीड टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा. शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ । डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ । डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक ८० देखि १२० जना बिरामीलाई जाँच गरिरहेको छ । डा. पुनले आफूले डेङ्गुको लक्षण लिएर आएका बिरामीको दैनिक १२० जनासम्मको स्वास्थ्य परीक्षण गरिएको बताए । मलगायत अन्य चिकित्सकले पनि त्यही हाराहारीमा बिरामी हेरिरहनुभएको छ, डा. पुनले भने, “अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या घट्ने होइन, झन् बढ्दो छ ।” टेकु अस्पतालमा आएका बिरामीमध्ये ताहचल, भोटेबहाल, कुलेश्वर र डल्लुका बिरामी धेरै छन् । डा. पुनले भने, “डल्लु क्षेत्रका बिरामी घरैपिच्छे आएका छन्, कुनै घरका परिवारसमेतलाई डेङ्गु फैलिएको छ ।” उनले तत्काल डेङ्गुका बिरामीको सङ्ख्या घट्ने क्रममा नरहेको बताए । यही अवस्था रहे अझै डेढ महिनासम्म बिरामी घट्नेभन्दा बढ्ने बढी हुन्छ, पुनले भने, “जबसम्म लामखुट्टेको सिजन रहिरहन्छ तबसम्म डेङ्गु घट्दैन ।” त्रासको अवस्था छैन डा. पुनले भने, “घरघरमा डेङ्गुको सङ्क्रमण हुँदा आफूलाई पनि डेङ्गु सर्ने हो कि भन्ने चिन्ता सबैमा देखिन्छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले गाउँका भन्दा सहरी क्षेत्रका बासिन्दा जोखिममा रहेको बताए । डेङ्गु नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले एसिया क्षेत्रमा डेङ्गुले महामारीको रूप लिएको भन्दै उनले कतिपय देशमा स्वास्थ्य सङ्कटकालको समेत घोषणा गरिसकेको बताए । टाउको र शरीर दुख्ने, ज्वरो आउने, थकाइ लाग्नेजस्ता लक्षण देखापर्नासाथ चिकित्सककहाँ जानुपर्ने उनको भनाइ छ । डेङ्गुले कुनै व्यक्ति पनि सुरक्षित नहुने भन्दै उनले नियन्त्रणका लागि सरकारले अभियान सुरु गर्नुपर्ने बताए । उनले मुलुकका ५४ जिल्लालगायत राजधानीमा समेत डेङ्गुको सङ्क्रमण देखिएकाले यसलाई राष्ट्रिय विषय बनाउनुपर्ने बताए । वीरमा ४५ जनालाई डेङ्गु यसैगरी वीर अस्पतालमा आइतबार र सोमबार डेङ्गु परीक्षण गरिएकोमा ४५ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ५५ जनामा पोजेटिभ देखिएको बताए । उनले तीमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए । अस्पतालले डेङ्गुका बिरामी सरुवा रोग अस्पतालमा रेफर गर्ने गरेकोमा बिरामी अत्यधिक आउन थालेपछि वीरमै डेङ्गुको किटको व्यवस्थासहित उपचार गर्न सुरु गरेको हो । पाँच हजार ९५ जनामा डेङ्गु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि भदौ २३ सम्म पाँच हजार ९५ जनामा डेङ्गु सङ्क्रमित भएको तथ्याङ्क रहेको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले गत वैशाखदेखि असारसम्म जम्मा तीन हजार ४२५ र साउनदेखि हालसम्म पाँच हजार ९५ जनामा डेङ्गु भएको बताए । उनले तीमध्ये काठमाडाै, डोटी, रुपन्देही, चितवनमा पाँच जनाको मृत्यु भइसकेको बताए । भक्तपुरमा ९७ लाई डेङ्गु विगत केही दिनयता भक्तपुरमा फैलिएको डेङ्गु नियन्त्रण बाहिर गएको छ । भक्तपुर स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार हालसम्म भक्तपुरमा ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । उनले केही दिनयता भक्तपुरमा अत्यधिक डेङ्गुका बिरामी देखा परेको जानकारी दिँदै नियन्त्रणका लागि समेत प्रयास भइरहेको बताए । विद्यालयमा गएर जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै स्वास्थ्य प्रमुख मिजारले स्वास्थ्य कार्यालयबाट टोलटोलमा गई डेङ्गुबारे सचेतना जगाउने काम पनि भइरहेको बताए । उनले विशेषगरी भक्तपुर नगरपालिका क्षेत्रमा डेङ्गुका बिरामी अत्यधिक देखिएको बताए । गाेरखापत्र दैनिकबाट
डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?
काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा। पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा। पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए । यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं –ज्वरो आउने –आँखाको गेडी दुख्ने –शरीरमा डाबर आउने –बेस्सरी टाउको दुख्ने –अरुचि हुने –पेट तथा आन्द्रामा गडबडी हुने –जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने बच्ने उपाय –लामखुट्टेको टोकाइबाट जोगिनु –झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने – पूरा शरीर ढाकिने गरी कपडा लगाउने –राति र दिउँसो पनि झुलभित्र सुत्ने कसरी सर्छ ? डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
चीनले मनाङमा अस्पताल बनाउन ३५ कराेड बढी दिने
काठमाडौं । चीनले सीमा जोडिएको मनाङमा अस्पताल बनाइदिने भएको छ । मनाङ अस्पताल पुनर्निर्माणका लागि चीनले दुई करोड २० लाख युआन (रु.३५ करोडभन्दा बढी) सहयोग गर्नेछ ।परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री वाङको उपस्थितिमा उक्त सम्झौता भएको हो । अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनर्निर्माण परियोजनासम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर गरेका थिए । आपत्कालीन आवास सहायताअन्तर्गत चीनले ९५ लाख युआन बराबरका पाँच हजार त्रिपाल उपलब्ध गराउनेछ । यस्तै स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा सचिव महेश्वर दाहाल र चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार चिनियाँ शिक्षा अध्ययनका चीनले सरकारी विद्यालयमा स्वयंसेवक पठाउनेछ । परराष्ट्रमन्त्री स्तरमा भएको वार्तामा मन्त्री ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, पररराष्ट्र सचिव शंकरदास बैरागी, राजदूत लीलामणी पौड्याल लगायत थिए । यस्तै विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेशसचिव लु झाउबी, सीआईसीडीएका उपाध्यक्ष डेङ बोकिङ, राजदूत हउ यान्छी, विदेश मन्त्रालयको एसिया विभागका प्रमुखको उपस्थिति थियो ।
के भइरहेको छ डा. बाबुरामलाई, किन गर्दैछन् असामान्य व्यवहार?
काठमाडौं, मोटरसाईकलले स्कूटरलाई ठक्कर दिएपछि हिसिला यमीलाई अस्पताल भर्ना गरियो । आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको थियो। यता समाजवादी पार्टीका समर्थकहरुले हिसिला अचेत अवस्थमा अस्पतालको बेडमा सुतेको तस्वीर राख्दै शीर्घ स्वास्थ्यलाभको कामना गरिरहेका थिए । चिकित्सकहरुका अनुसार, हिसिला एक डेढ घण्टा त अचेत अवस्थामा नै थिइन । तर ठीक त्यही समयको वरिपरि राती १० बजेर २४ मिनेटमा डा. बाबुराम भट्टराईले एउटा अनौठो पोष्ट गरे । पोष्टमा डा. बाबुराम भट्टराई र हिसिला यमी नाचिरहेका छन् । बाबुराम भट्टराईले स्टाटस लेखे– हामी बुढाबुढी सँगै नाच्दै । सँगै उनले लेखे– विश फर स्पीडि रिकभरी बडी, अर्थात् शीघ्र स्वास्थ्यलाभको कामना । बाबुराम भट्टराईको यो तस्वीर र स्टाटस देखेर उनका समर्थक र अन्य सबै चकित परे । समर्थकहरुले हिसिलाको तस्वीर सार्वजनिक गर्दा अधिकांशले यसबारे थप जानकारी पाउन र आधिकारिकता सुनिश्चित गर्न बाबुरामको पेज र आईडी खोल्नु स्वभाविकै थियो । तर त्यहाँ उनीहरुले त्यसप्रकारको स्टाटस देखेपछि सबैको मनमा एउटै प्रश्न उब्जियो आखिर के भएको छ डा. भट्टराईलाई ? पछिल्लो समयमा समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको व्यवहार असमान्य देखिन थालेको छ । यसअघि उनले एउटा स्टाटसमा कमेन्ट लेख्दै “१७ हजार प्लस १” लेखेपछि त्यो निकै भाइरल भएको थियो । सामाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनका एक फलोअर आर्जन अधिकारीबीच भएको सवादका त्रःममा माओवादी जनयुद्धमा मारिएका १७ हजार नेपालीलाई संकेत गर्दै आर्जनले कमेन्ट गरेपछि भट्टराईले ‘१७००० प्लस एक हुनुपर्ने रहेछ है’ भन्दै टिप्पणी गरेपछि यसले चर्चा पाएको थियो । “त्यो उचाईको व्यक्तिले यसरी लेख्नु केटाकेटीपन हो ।” उनीसँग लामोसमय काम गर्नेहरुले भने । बाबुरामकै सहकर्मी अहिले उनको यो असामान्य र केटाकेटी व्यवहारले दिक्क हुन थालेका छन् । विगतमा राजनीतिकरुपमा एउटा असामान्य उचाई पाएका बाबुरामले यो किसिमले सामाजिक सञ्जालमा लेख्न थालेपछि उनीमाथि आलोचना झन चुलिएको छ । त्यसैपनि समाजवादी पार्टीसँग उनको एकीकरणको निर्णय उनका कैयन समर्थकले पचाएका छैनन् । “बाबुरामभित्र एउटा नराम्रो किसिमको इगो जन्मेको छ ।” बाबुरामकै एकजना निकट सहयोगीले भने, “अहिले अरुका कुरा सुन्नुहुन्न, मुडी बन्नु भएको छ ।” नेपाली समाजको परिवर्तनमा बाबुराम भट्टराईको विशिष्ट स्थान छ । उनलाई रोल मोडेल मान्नेहरु समेत नेपालमा कैयन छन् । नेपालको विकासमा बाबुरामको विचार आवश्यक छ भन्ने कुरा स्थापित भएको तथ्य हो । तर राजनीतिकरुपमा माओवादीसँग सम्बन्धविच्छेद गरेपछिको उनको ग्राफ भने निकै खस्किंदो छ । एकजना बुद्दिजीवि भन्छन, “समाजवादी पार्टीसँगको उनको एकीकरणपछि बाबुराम अहिले राजनीतिक, वैचारिक र मनोवैज्ञानिक मन्दीको अवस्थामा छन् ।” नयाँ शक्तिको नेतृत्व गर्दा समेत बाबुराम भट्टराईप्रति मानिसहरुको आसा नभएको होइन । यद्यपी उक्त पार्टीभित्र बाबुरामले एकल निर्णय गर्न थालेको, लोकतान्त्रिक अभ्यास नभएको भन्दै कतिपयले पार्टी छोडे, कति निष्क्रिय समेत बने । तर अहिले भने यो अवस्था झनै चुलिएको छ । उनका हितैषीहरु भन्छन, “डा. साबले एकचोटी गम्भीर ढंगले समीक्षा गर्नु जरुरी छ । यो तालले वहाँ कहाँ पुग्नुहुन्छ, भन्न गारो छ । हामीलाई वहाँ चाहिन्छ । नेपाललाई वहाँ चाहिन्छ ।”
डा. सन्दुक रुइतलाई पनि डेंगु, परिवारका अरु २ जनालाई पनि संक्रमण
काठमाडौं । नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतामा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्प्तामामा भने होइन । डेंगुको संक्रमणले आफै बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमै रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीनजलाई डेंगुको संक्रमण भएको हो । ‘डेंगुको अवस्था भयावह भएर आयो’ उनले भने, ‘डेंगु फैल्याउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन ढिला गरे झन गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रुपमै डेंगु बढेको अवस्थामा बिरामी पर्नेमा सन्दुक एक्ला स्वास्थ्यकर्मी होइनन् । कान्तिपुर दैनिकबाट
डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा
काठमाडौं । ‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।चक्रपाणि खनाल खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका छन् । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थियो । अस्पतालले उनलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा।चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पाण्डेले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।
काठमाडौंमा पनि देखियो डेंगु, एक जनाको मृत्यु
काठमाडौंः लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको कमलरत्नले बताए। डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए। टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद रोगी भेटिएमा उपचारका लागि रिफर गर्ने रोकाले जानकारी दिए ।
यी हुन् भुँडी घटाउने अचूक उपाय
काठमाडौंः प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ वाक गर्न होस् वा योग गर्न मानिसहरु दौडिहाल्छन् । युवापुस्तामाझ त जिम जाने चलन पनि ह्वात्तै बढेको छ । त्यसो त हामीले सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क निस्कने पेटलाई नियन्त्रण गर्नसक्छौं । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं । कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात– दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । खैरो चामलको भात खानुहोस्– यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस् र त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहुन पनि सक्छ । गुलियोबाट टाढा रहनुहोस् यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस्– यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पानी धेरै पिउनुहोस्– पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ । काँचो लसुन खानुहोस्– बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । मांसाहारबाट टाढै रहनुहोस्– मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् । धेरै सागसब्जी खानुहोस् खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्– खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दाल चीनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ । बदामको प्रयोग गर्नुहोस्– बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन । यदि माथिका कुरालाई तपाइले प्रतिबद्ध भएर पालना गर्नुभयो भने, महिना दिनमै पेट घट्ने सहिद शुक्रराज तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन शेरवहादुर पुन बताउँछन् ।
किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले हानी गर्छः अध्ययन
काठमाडौं । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोररकिशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थमा प्रकाशित छ। अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन्। सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ। सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ। युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनर भन्छन्, ‘सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ। त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन्।’ युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ। सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स-एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन। सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन्। सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको गर्ने तथ्याङ्ककमा देखाएको छ । स्वास्थ्य खबरपत्रिकाबाट साभार
किन २८ हप्ताको गर्भपतनसम्बन्धी व्यवस्थामा विरोध भयो ?
काठमाडौं । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ कार्यान्वयनमा आएको छ। प्रजनन स्वास्थ्य तथा मातृत्वको अधिकारसँग जोडिएको यो ऐनलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। संविधानमा नै प्रजनन अधिकारलाई मौलिक हकका रूपमा सम्बोधन गरिएको छ। सरकारले ल्याएको यो ऐनबारे सर्वत्र प्रसंशा पनि भइरहेको छ। विकसित देशले समेत ल्याउन नसकेको ऐन ल्याएको भन्दै यसको चर्चा भएको हो। ऐन कार्यान्वयनमा आएपछि महिलाको प्रजनन अधिकार सुरक्षित हुने, महिलाको अधिकारको सूनिश्चितता हुने विश्वास गरिएको छ। ऐन कार्यान्वयनमा आएको वर्ष दिन हुँदा पनि यसको नियामावली भने भन्न सकेको छैन। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियामावली’ को मस्यौदा तयार भइसकेको बताएका छन्। मन्त्रालयको एक वर्षे कार्यकालमा नियमावलीको मस्यौदा तयार पार्नु महत्वपूर्ण उपलब्धि मानेका मन्त्री यादवले नियमावली ल्याउन तदारुकता भने देखाएको पाइन्न। नियमावली आउन बाँकी हुँदा नै ऐनमा व्यवस्था भएको गर्भपतनसम्बन्धी व्यवस्थामा भने केही स्त्रीरोग विशेषज्ञ, महिला अधिकारकर्मी, अधिवक्ताहरूले विरोध जनाएका छन्। पूर्वस्वास्थ्य सचिव तथा स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मी २८ हप्तामा गर्भपतन गराउन पाउने व्यवस्थाको पक्षमा छैनन्। ‘यो ऐन बनाउँदा हामीसँग रायरपरामर्श लिइएन। २८ हप्ताको बच्चालाई त बचाउन सकिन्छ, जिउँदो बच्चालाई मार्ने व्यवस्था गर्न त भएन नि!,’ उनले भनिन्। उनी बच्चा अपांग जन्मिने, अंगभङ्ग हुने अवस्थाबाहेक अन्य परिस्थितिमा गर्भपतन गर्न नहुने अडान राख्छिन्। नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (निसोग)का निर्वाचित प्रेसिडेन्ट प्रा डा. गणेश दंगाल २८ हप्ताको गर्भ फाल्दा गर्भ पतन भन्न नहुने बताउँछन। ‘योभन्दा पहिलेको व्यवस्थामा हाडनाता करणी, अंगभङ्ग हुनेलगायतका अवस्थामा १८ हप्तासम्मको वा जुनसुकै समयमा गर्भपतन गर्न सक्ने व्यवस्था थियो। तर अहिले २८ हप्ता भनेर समय तोकिदिएको छ। त्यसपछि यस्तो केस आए के गर्ने भन्ने बोलेको छैन,’ उनले भने। ऐन परिमार्जन गरी गर्भपतनु भन्ने शब्दसमेत परिवर्तन गरी अर्को शब्द राख्नुपर्ने उनको भनाइ छ। ‘२८ हप्ताको गर्भबाट बच्चा जन्मिएर बाँच्न सक्छ। त्यो प्रि(म्याच्यर्ड डेलिभरीु हुन्छ। त्यसलाई गर्भपतन भन्न मिल्दैन,’ उनले भने। ऐनेले व्यवस्था गरेको ‘रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भपतन गर्न सक्नेु व्यवस्थामा समेत उनले असहमति जनाए। पछिल्लो समय एचआइभी भएका महिलाले पनि स्वस्थ बच्चा जन्माएको भन्दै ऐनले यस्ता महिलाको मनोबलमा ठेस पुर्याउने काम गरेको बताए। न्याय तथा अधिकार संस्था नेपालकी अध्यक्ष अधिवक्ता शर्मिला श्रेष्ठको धारणा चिकित्सकहरूको भन्दा फरक छ। उनी ऐनमा परिमार्जन गर्नुपर्ने विषयका बावजुद पनि कस्तो अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न सकिने कुरा स्पष्ट पारिएकोले यसको विरोध गर्नुपर्ने अवस्था नरहेको बताउँछिन्। उनले भनिन्, ‘कस्तो अवस्थामा २८ हप्ताको गर्भपतन गर्ने ऐनले स्पष्ट भनेको छ, यस्तो अवस्थामा कुनै समय तोकिनु हुँदैन। बरु २८ हप्तापछि के गर्ने कुरामा ऐन मौन छ। यस्ता जटिल अवस्थामा समय सीमा तोकिनु हुन्न।’ अधिवक्ता श्रेष्ठ ऐनमा गर्भपतन शब्द र यसको परिभाषा नै मानवअधिकारमैत्री नभएको बताउँछिन्। ‘पतन शब्द आफैमा नकारात्मक भाव दिने खालको छ, यसले अझै पनि गर्भपतनलाई अपराधको रुपमा चित्रण गरेको छ। यो शब्द परिवर्तन गरिनुपर्छ,’ उनले भनिन्। गर्भ राख्न चाहने वा नचाहने, वा गर्भ अन्त्य जस्ता शब्द राख्न सकिने उनको सुझाव छ। मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी गुरुङ पनि ऐनमा भएको व्यवस्था स्पष्ट भएको तर शब्द भने गर्भपतन राख्न नहुने बताउँछिन्। ‘यो शब्द अर्थात् २८ हप्ताको गर्भलाई गर्भपतन भन्नुभन्दा गर्भ अन्त्य भन्नुपर्छ। कस्तो अवस्थामा २८ हप्ताको गर्भ अन्त्य गर्ने भन्ने ऐनमा स्पष्ट भएकाले यसमा विवाद गर्नुपर्छ भन्ने मलाई लाग्दैन। २८ हप्ताको गर्भ गर्भपतन नभएर टर्मिनेसन हो।’ चिकित्सक र न्यायकर्मीका विचारमा केही भिन्नता भएपनि २८ हप्ताको गर्भ फाल्दा त्यसलाई गर्भपतन भन्न नहुने कुरामा भने दुवै क्षेत्रका विज्ञ सहमत देखिन्छन्। गर्भपतनका ठाँउमा अन्य कुनै उपयुक्त शब्द राख्नुपर्ने उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागमा परिवार कल्याण महाशाखाकी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पुण्य पौडेलले गर्भपतनको यो व्यवस्था किशोरावस्थाका महिलाकेन्द्री भएको बताइन्। ‘बलात्कार भई गर्भवति भएका महिलाले तुरुन्तै आफ्नो कुरा भन्न सक्दैनन्, तुरुन्तै गर्भवति थाहा पनि नपाउन सक्छन्। त्यसले गर्दा समय बित्छ। उनीहरूलाई मध्यनगर गरी २८ हप्तासम्म भन्ने वाक्यांश ऐनमा राखिएको हो,’ उनले स्पष्ट पारिन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले २८ हप्तापछि पनि गर्भपतन गर्न सक्ने व्यवस्था रहेकाले पछि के गर्ने भन्ने द्विविधा नभएको उनको भनाइ छ। ‘२८ हप्तामा जन्मिएको बच्चा बाँच्छ। जन्मनरजन्माउन पाउने अधिकार र बाँच्न पाउने अधिकार सबैलाई छ। त्यसैले विरोध आएको हो,’ उनले भनिन्, ‘२८ हप्तामा गर्ने भनेर सबैले गर्न पाइने होइन। आवश्यक भएकाले मात्र गर्ने हो। उनले १२ हप्ताको गर्भपतन गर्नेहरू पनि ७ प्रतिशत मात्र रहेको बताइन्। मन लाग्ने बित्तिकै २८ हप्ताको गर्भपतन गर्छु भनेर गर्न नपाइने उनको भनाई छ। नियमावलीको मस्यौदा बन्ने प्रक्रियामा जानकारी दिँदै डा पौडेलले नियमावलीमा २८ हप्ताको गर्भलाई गर्भपतन नभनी टर्मिनेसन अफ प्रेग्नेन्सी शब्द राखिने, एचआइभी वा दीर्घरोगका लागि पनि मापदण्ड बनाइने जानकारी दिइन्। विश्व स्वास्थ्य संगठनले विकसित देशमा २० हप्तासम्म र विकासोन्मुख देशमा २२ हप्तासम्मको गर्भलाई मात्र गर्भ अन्त्य गर्न सक्ने बताउँछ। महिला अधिकार त्यसमा पनि प्रजनन स्वास्थ्यसँग जोडिएको विषयलाई प्राथमिकता राखेर विशेष कानुन आउनु आफैंमा सकारात्मक भएपनि ऐनमा भएका केही विषय भने संशोधन गर्नुपर्ने माग उठेको देखिन्छ। यस्तो छ, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ ऐनमा गर्भपतनसम्बन्धी कानुनी व्यवस्था ऐनमा‘गर्भपतन’ भन्नाले गर्भमा रहेको भ्रुण स्वाभाविक रुपम जन्मन सक्ने हुनुभन्दा अगावै गर्भासयबाट भ्रुण बाहिर निस्कने वा निकाल्ने कार्य भनी उल्लेख गरिएको छ। ऐनको परिच्छेद ३ को दफा ३ (१)मा रहेको प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी व्यवस्था बुँदा ५ मा प्रत्येक महिलालाई गर्भपतन सेवा प्राप्त गर्ने अधिकार हुनेछ भनी लेखिएको छ। सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थामा कस्तो अवस्था गर्भपतन गर्न सकिन्छ भनेर उल्लेख छ। जसमा १.गर्भववति महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भ, २. गर्भपतन नगराएमा गर्भवति महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराव हुन्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सको राय भई यस्ती महिलाको मन्जुरी बमोजिम अठ्ठाइस हप्तासम्मको गर्भ ३.जर्वरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवति महिलाको मन्जुरीले अठ्ठाइस हप्ता सम्मको गर्भ, ४.रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुराीमा अठ्ठाइस हप्ता सम्मको गर्भ ५. भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गर्भ, गर्भको भ्रुणमा खरावी रहेको वशाणुंगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवति महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ । स्वास्थ्य खबर पत्रिकाबाट साभार