४४ अस्पतालसँग अनलाइन सम्झौता

काठमाडौं । सामाजिक सुरक्षा कोषले अस्पतालसँग अनलाइन सम्झौता गरेको छ ।

योगदानकर्ताको सुविधाका लागि उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।

सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिंंदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका नौ÷नौ, बागमतीका २०, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् ।

पुरुषहरुमा देखापर्ने ५ मुख्य याैन समस्या (कारण र उपचारसहित)

यौन समस्या भनेको व्यक्तिहरुले आफ््नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्काे शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो । लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम(शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौनजन्य समस्या व्यक्तिमा यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन् । तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो? त्यसको प्रकृतिबारे पत्ता लगाई ती बीचको अन्तर जान्न अत्यन्त आवश्यक रहन्छ । यौनजन्य गतिविधि हार्माेन, मानसिक तथा नशासम्बन्धि कार्यप्रणालीहरुको समन्वयित कार्य हो । जसकारण स्वस्थ यौन स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरु स्वस्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ । यसबाहेक यौनसुख प्राप्ति सम्बन्ध स्थापितका लागि व्यक्तिको रक्तवाहिका, रक्तस्नायु तथा लिंग उत्तेजितका कारण लिंगले उचित आकार लिएको हुनु पर्दछ । त्यस्तै, अण्डकोष हुदैँ मुत्रमार्गमा आउने शुक्राणु स्खलनका लागि पनि मांसपेशी तथा स्नायुबीच उचित समन्वयताको आवश्यकता पर्दछ । यसकारण पनि कुल संख्यामध्ये ३१ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला शिकार हुने अनुमान गरिएको यस यौन समस्या एक प्रोफेशनल(विज्ञ) मद्दतकर्ता बिना नै हल गर्न मुश्किल पर्दछ । पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्लखलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहाना घट्दै जानु तथा पेयरोनी रोगको शिकार हुनु हो । यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ । पुरुषहरुमा देखापर्ने मुख्य ५ समस्यालाई सुचीबद्व गरी निम्न प्रकारले व्याख्या गरिएको छ । १. उत्तेजना नहुनु यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो । यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो । मुख्यतयाः शारीरिक एवम् मानसिक पक्षसंग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झण्डै ५२ प्रतिशत व्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ । यसैगरि, यस समस्याका लागि मुटुसम्बन्धिका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनको मात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबढि, दिर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदि पक्षहरु पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् । यद्यपि धमनीमा रक्त प्रवाहलाई अवरोध पु¥याउने कार्डियो भास्कुलर असामान्यताले लिंगको भित्री भागलाई कडा, कठोर एवम् उत्तेजित बनाउँछ । र, यो अवस्था यौन जटिलता अन्र्तगत देखा पर्ने साझा समस्यामध्ये एक हो । २. शीघ्रपतन यो अवस्थाले यौनसम्बन्ध स्थापितको शुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ । जुन व्यक्तिको नियन्त्रण बाहिर हुन्छ । सेरोटोनिन(व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्रपतन समस्यामा प्रमुख भुमिका निर्वाह गरेको हुन्छ । यस्त,ै केहि औषधिहरुको सेवनले पनि व्यक्तिको स्खलन प्रकृयासंगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत आघात पु¥याउन सक्छ । पेनाइल( लिंगमा परेका प्रभाव) लाई पनि शिघ्रपतनको मुख्य कारण मानिन्छ । यद्यपि यी मात्र नभई स्खलनको केन्द्रिय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन(नशामा प्रवाह गर्ने प्रकृया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण पक्षहरु लाई पनि शीघ्रपतनका अर्काे प्रमुख कारक तत्व मानिन्छ । यस समस्या व्यक्तिले आफ्नो स्खलन हुने समयमा आफ्नो लिंगलाई पार्टनरको यौनांगबाट बाहिर निकाल्ने प्राकृतिक ‘इस्कुइज’ उपायबाट नै समाधान गर्न सकिन्छ । यस उपायलाई यस्ता यौनजन्य समस्या समाधानका एक उच्च बायो–फिडब्याक समेत मानिन्छ । अर्थात्, शिघ्रपतनका कारण व्यक्तिले आफ्नो यौनसन्तुष्टि प्राप्त गर्न नसकेको अवस्थामा व्यक्तिले आफुलाई शिघ्रपतनको महशुस हुनासाथ यौनकार्यलाई रोक्दै आफ्नो स्खलन रोक्नुपर्ने हुन्छ । यहि प्रकृयालाई लगातार दो¥याउँदा व्यक्तिले लामो समयसम्म सम्भोग आनन्दको प्रत्याभुति गर्न सक्छन्, भने यसका लागि व्यक्तिले केहि स्प्रेको प्रयोग पनि गर्न सक्छन् । जस्तो लिंगको संवेनशिलतालाई कम गर्दै स्खलनलाई नियन्त्रण गर्ने ‘लिडिओकेन’ को प्रयोग । ३. ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु स्खलनन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ । सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरुप देखा पर्छ । यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ । जबसम्म व्यक्तिलाई आफु स्खलन हुन लागेको महशुस हुदैँन तबसम्म लिंगलाई प्रवेश गराई रहने सेंसेट फोकस व्यायाम पनि यसका लागि उपयुक्त रहन सक्छ । यसको ठिक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात् ‘विलम्बित स्खलनन’ भनिन्छ । यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरुमा देखिन्छ । वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरुप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहिँ ड्राई(सुख्खा) अग्र्याज्म पनि भनिन्छ । केहि औषधि तथा शल्यक्रियाको माध्यमबाट मुत्राशयको ब्लाडरमा रहेको भल्भलाई बन्द गरिएको खण्डमा यस समस्याको निदान गर्न सकिन्छ, भने यसको विकल्पको रुपमा व्यक्तिले कृत्रिम गर्भधारणका लागि ब्लाडरबाट नै समेत शुक्राणु प्राप्त गर्न सक्छन् । ४. कम कामोच्छा वा यौन चाहाना नहुनु चिकित्सा क्षेत्र अन्र्तगत ‘लो लिबिडो’ भनिने समस्या व्यक्तिमा टेस्टोस्टेरोन नामक हार्माेनको मात्रा कमी भएर हुने गर्छ । जसले व्यक्तिको यौनाच्छालाई स्वतः कम गराउँछ । टेस्टोस्टेरोनले यौन ऊर्जा, वीर्य उत्पादन, मांसपेशी कपाल तथा हाडको स्वरुप लगायत व्यक्तिको मानसिक प्रकृयामा समेत प्रभाव पार्ने भएकाले यसले सहजै व्यक्तिको यौन जीवनमा समेत उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । तसर्थ शरीरमा यस हार्माेनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ । यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ । यसैगरि डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दिर्घकालीन औषधि सेवनलाई पनि यसको अर्काे कारक तत्वको रुपमा लिइन्छ । टेस्टोस्टेरोनको मात्रा कमी भई व्यक्तिलाई यौन समस्या उत्पन्न भएको महशुस भएमा व्यक्तिले चिकित्सकको सल्लाहमा हार्मोनल सप्लिमेन्ट्स(पूरक)को सेवन गर्न सक्छन् । यस्तै, मानसिक आघातका कारण सो समस्या देखा परेका व्यक्तिले भने मनोवैज्ञानिक परामर्शदात्ता वा विज्ञबाट आवश्यक सहयोग लिन सक्छन् । ५. पेरोनिज रोग संयोजित टिस्युले लिंगलाई घुमाउरो(बाउडिने) बनाउने यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ । जसकारण व्यक्तिलाई सम्भोग एवम् उत्तेजनाको दौरानमा पिडा हुने गर्छ । यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले लिंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा लिंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ । प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ । यसैगरि, कहिलेकाहिँ व्यक्तिको लिंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्या पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् । केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ । पुरुषका यौनजन्य समस्याका प्रमुख कारणहरु यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पु¥याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक÷जैविक, सामाजिक एवम् मनोवैज्ञानिक बनावजस्ता जुनसुकै कारण पनि उत्पन्न हुन सक्छन् । तसर्थ बिरामीले समस्याको मुख्य जड थाहा पाउनका लागि परामर्शदात्ता अथवा सम्बन्धित चिकित्सकसंग सल्लाह सुझाव लिई उचित मापदण्डका रुपरेखा तयार गर्नु बुद्विमानी रहन्छ । यसका केहि कारक तत्वहरु तल निम्न रुपले समावेश गरिएको छः शारीरिक कारणहरु १. कम टेस्टोस्टेरोन तथा हार्माेनको गडबढि २. दिर्घकालीन औषधिको प्रयोग ३. एथ्रोस्क्लेरोसिस(धमनीहरु कडा हुनु) जस्ता रक्तवाहिनीको गडबढि तथा उच्च रक्तचाप ४. मधुमेह अथवा शल्यक्रियाका कारण स्ट्रोक अथवा नशामा क्षति पुगेमा ५. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोर, हार्माेनको गडबढि, अथवा मुटुरोग जस्ता स्वास्थ्य अवस्था ६. बहु– स्क्लेरासिस अथवा पार्किन्सन्स रोगजस्ता स्नायुप्रणाली विकारहरु ७. धुम्रपान, मद्यपान तथा लागुऔषधको सेवन ८. बढ्दो उमेरले पनि धेरै हदसम्म व्यक्तिको यौनेच्छा, उत्तेजना तथा प्रदर्शन क्षमतामा हृास ल्याउँछ । मनोवैज्ञानिक कारणहरु १. वैवाहिक अथवा भावनात्मक समस्या २. यौन प्रदर्शन सम्बन्धनका तनाव ३. आत्मग्लानी अथवा डिप्रेशन ४. पुर्व यौनजन्य घटनाको आघात ५. कार्यसम्बन्धि तनाव वा चिन्ता ६. आत्मविश्वासको कमी ७. पार्टनरसंगको नसुल्झिएको दरार÷असमझदारी पुरुष यौनजन्य समस्याको पहिचान पार्टनरसंगको आफ्नो विगतका यौन अनुभवबारे मौखिक अथवा शारीरिक रुपमा सोधपुछ एवम् परीक्षण गरेर आफूमा भएको समस्याको पहिचान गर्न सकिन्छ । त्यसै स्वरुप चिकित्सकले पनि सर्वप्रथम तपाईको रक्तवाहिनी स्वास्थ्य अवस्था अझ विशेषगरीः व्यक्तिको लिंगमा हुने रक्तप्रवाह अथवा व्यक्तिले अनुभव गरेका केहि समस्या अवस्थाबारे विस्तृत जानकारी लिने गर्छ । सो परीक्षण व्यक्तिमा देखिएका लक्षण, मेडिकल तथा यौनको विगत अवस्थासंग सम्बन्धित रहन्छन् । बिरामीका यससंग सम्बन्धित प्रश्नहरु निजी हुने भएकाल ेउनीहरुलाई कुनैपनि किसिमका अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् एवम् उचित उपचार प्रदान गर्न सकियोस् भन्नका लागि उपचारकर्ता सदैव सर्तक रहन्छन् । यौनसमस्याको उचित पहिचान पश्चात् बिरामीको अवस्था अनुरुप उनीहरुलाई युरोलोजिस्ट, इन्डोक्रोनोलोजिस्ट अथवा यौन परामर्शदात्ताका निमित्त सिफारिस गरिन्छ । चिकित्सकले समस्याको मुख्य जड पत्ता लगाउन बिरामीलाई केहि विविध किसिमका परीक्षण गर्न सल्लाह दिन्छन्, जुन निम्नानुसार रहेका छन्ः १. टेस्टोस्टेरोन, ब्लडसुगर(मधुमेह बिरामीका लागि) तथा कालेस्टोरको मात्रा थाहा पाउनका लागि रगत जाँच २. रक्तचाप जाँच ३. मलाशय परीक्षणद्वारा प्रोस्टेट जाँच ४. लिंग तथा अण्डाशयजस्ता प्रजनन अंगको परीक्षण पुरुषमा देखिने यौनरोग रोकथामका उपायहरु भविष्यमा आफूलाई कुनै पनि किसिमका यौनजन्य जटिलताको सामना गर्न नपरोस् भन्नका लागि व्यक्तिले सर्वप्रथम आफ्नो स्वस्थ मुटु स्वास्थ्यका लागि उचित ध्यान दिनु अत्यावश्यक रहन्छ । यसबाहेक समस्या उत्पन्न गराउने कारणहरु बारे पूर्वज्ञान हासिल गर्नु पनि समस्याबाट बच्ने भरपर्दाे उपाय हो । मुटुको स्वास्थ्य अवस्था व्यक्तिको यौन स्वास्थ्यसंग स्वभाविक रुपमा जोडिएको हुन्छ । जसकारण पनि स्वस्थ मुटुका लागि व्यक्तिले उचित स्वस्थ जीवनशैली तालिकालाई आत्मसात् गर्नुपर्छ । यसबाहेक स्वस्थ यौन स्वास्थ्यमा सुधार गर्नका लागि व्यक्तिले ध्यान दिनुपर्ने रोकथामका उपायहरु यसप्रकार रहेका छन्ः १. मद्यपान सेवनको नियन्त्रण तथा धुम्रपानबाट टाढै रहने २. एरोबिक्स, दौड तथा योगाको माध्यमबाट उचित स्वस्थ जीवनशैलीलाई व्यवस्थित राख्ने ३. स्वस्थ रहनका लागि हरिया तरकारीजन्य खाना सेवनको बानी बसाल्ने ४. व्यक्तिमा देखिएका यौनजन्य समस्याको मुल जड तनाव, चिन्ता तथा डिप्रेशनजन्य मनोवैज्ञानिक एवम् भावनात्मक पक्ष रहेको खण्डमा सम्बन्धित विज्ञद्वारा उचित राय लिने । यी पक्षहरु यौनजन्य समस्याको मुल जड भएका व्यक्तिहरुका लागि ‘कग्निटिभ–बिहेभिउरल’ थेरापी उचित मानिन्छ । ५. सम्बन्धमा आएका प्रत्येक उतारचढाव आफ्ना पार्टनरसंगको साझेदारीमा समाधान गर्ने । पुरुष यौन समस्याका उपचार यौनजन्य समस्याका पहिलो सामान्य उपचार भनेकै सर्वप्रथम यसका कारक तत्व/पक्षहरुको पहिचान गर्नु हो । चिकित्सकको सामान्य जाँचपछि सहजै पत्ता लागिने यसका लागि शारीरिक अथवा मानसिक जुनसुकै पक्ष पनि जिम्मेवार रहन सक्छन् । चिकित्सकले प्रायजसोः बिरामीका सो प्रकृतिका समस्या हलका निम्ति दिइने सुझावहरु यसप्रकार रहेका छन्ः १. औषधि: व्यक्तिको स्वास्थ्य समस्या अनुरुप चिकित्सकले सिफारिस गर्ने सिल्डेनाफिल(भियाग्रा), वारडेनाफिल(लेभिट्रा) तथा टडाफिल(सिआलिस) लगायतका केहि औषधि सेवनले व्यक्तिको लिंगमा हुने रक्त प्रवाहमा सुधार ल्याई सो समस्याबाट राहत दिन मद्दत गर्दछ । २. हार्माेन थेरापीः हार्माेनका कारण देखिएका व्यक्तिका समस्यालाई केहि खोप, प्याच्स, अथवा जेलको माध्यमबाट टेस्टोस्टेरोन हार्माेनको स्तरलार्ई वृद्वि गर्न एवम् गराउन सकिन्छ । ३. मनोवैज्ञानिक थेरापी: यौन स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने तनाव, डिप्रेशन, डर, ग्लानी आदि समस्या समाधानका लागि व्यक्तिलाई परामर्शदात्ताको आवश्यकता पर्न सक्छ । यसका लागि भावनात्मक आघात अनुरुप व्यक्तिले मनोपरामर्शदात्ता, कपल थेरापिस्ट(दम्पती परामर्शदात्ता), अथवा यौन विशेषज्ञमार्फत उचित मद्दत प्राप्त गर्न सक्छन् । ४. मेकानिकल एड्स: उत्तेजना नहुने समस्या देखा परेका व्यक्तिलाई चिकित्सकले भ्याकुम अथवा पेनाइल इम्प्लान्टको सल्लाह दिन सक्छन् । स्रोतहरुः क्लिभल्याण्ड क्लिनिक(२०१९), सेक्सुअल डिफङशन इन मेल्स, आर्टिकल डा. डर्क रोजिङ एट अल (२००९), मेल सेक्सुअल डिफङशन, डोचेसअर्टेब्ल्यट इन्टरनेशनल केभिन सी. जोर्न एण्ड सी. सील जेआर. (२०१९), सेक्सुअल प्रोब्लम्स इन मे, मेडिसिननेट सब्रिना फेल्सन (२०२१), अन्डरस्टाण्डिङ मेल प्रोब्लम–डायग्नोसिस एण्ड ट्रिटमेन्ट, वेब एमडि नेहा पाठक(२०२१), सेक्सुअल प्रोब्लम्स इन मेन, वेबएमडि जोन हप्किन्स मेडिसिन, पेरोनिज डिजिज, हेल्थ आर्टिकल क्लिनिकवान डटकमबाट साभार

चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोग नगरौं, हात धुने पनि गरौं

काठमाडौंः कोरोना महामारी (कोभिड-१९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला । कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा।मेलिना अमात्य भन्नुहुन्छ, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पुर्‍याउनुपर्छ । हामीले हात धुन सम्भव भएको ठाउँमा पनि सेनिटाइजरको प्रयोग गर्छौँ ,जुन गलत बानी हो । उनका अनुसार विभिन्न रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ । । सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ । डा.अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रष्ट पार्दे थप्नुभयो, हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ । उनले सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउँने पनि प्रष्ट पारे । यसमा अल्कोहलको मात्रा हुने भएकाले बच्चाको स्वास्थ्यमा असर गर्छ त्यसले बालबालिकालाई सके सम्म कम सेनिटाइजर प्रयोग गर्न डा.अमात्यले सुझाव दिए। कोभिडको डरले अत्याधिक मात्रामा सेनिटाइजर प्रयोग गरेर विभिन्न एलर्जी भएर आफू कहाँ विरामी आएको सम्झदै भने, हाम्रो शरीरमा हानी गर्ने र फाइदा गर्ने दुबै किसिमका ब्याक्टेरिया हुन्छन् । तर, धेरै सेनिटाइजर दल्नाले शरीरलाई फाइदा गर्ने ब्याक्टेरिया पनि मर्न सक्छ । हातमा देखिने फोहोर वा चिल्लो छ भने सेनिटाइजर प्रयोग गर्नु हुँदैन डा. आमात्यले शौचालय गएपछि सेनिटाइजरभन्दा साबुन पानी नै प्रयोग गर्नुपर्ने बताए । ह्यान्ड सेनिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो अर्का छाला रोग विशेषज्ञ धर्मेन्द कर्णले भने, स्वास्थ्य संस्थामा अल्कोहल युक्त सेनिटाइजर बढी प्रभावकारी हुन्छ भने अन्य प्रयोजनमा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ । औषधि व्यवस्था विभागका अनुसार सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहलमा इथेन वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ । अत्यन्तै प्रज्वलनशील हुने हुनाले आगो लाग्न सक्ने संभावनाको ख्याल राख्नुपर्ने डा.कर्णको भनाइ छ । उनले सही तरिकाले प्रयोग गरेमा गुणस्तरीय ह्यान्ड सेनिटाइजरले क्षयरोग लगाउने ब्याक्टेरिया लगायत विभिन्न प्रकारका ब्याक्टेरिया तथा रुघाखोकी लगाउने भाइरस, एचआइभी तथा कोरोना भाइरस लाई पनि नष्ट गर्ने जानकारी दिए । उनले अल्कोहलयुक्त सेनिटाइजरले ३० सेकेन्डभित्र ९९.९ प्रतिशत तथा १ मिनेटभित्र ९९.९९ प्रतिशत ब्याक्टेरियालाई नष्ट गर्ने प्रष्ट पार्दै कीटनाशक लगायत विभिन्न रसायनहरु विरुद्ध ह्यान्ड सेनिटाइजर प्रभावकारी नहुने पनि बताए । सेनिटाइजरको सही तरिकाले प्रयोग गर्नु फाइदाजनक हुने भए पनि सही तरिकाले प्रयोग नगरेमा शतप्रतिशत प्रभावकारी हुँदैन ।सेनिटाइजरको प्रयोग गर्दा सही मात्रा, अवस्था, गुणस्तरीयता तथा विधि पालना गर्नुपर्नेबारे समुदायमा सचेतना जगाउन आवश्यक हुन्छ डा।कर्णले बताउनुभयो अन्यथा प्रभावकारी नभई क्षति हुन सक्छ ।

बालरोग विशेषज्ञ डा. अधिकारीको निधन

काठमाडौं : वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर निलम अधिकारीको निधन भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीका अनुसार अधिकारीको आइतबार राति निधन भभएको हो । अधिकारी एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन् । पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो । डा. अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ ।

निजी अस्पतालद्वारा कोरोना उपचार सुरु

चितवनः जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका-९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड-१९ पोजिटिभ देखिएको थियो । अस्पतालका डा. सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उहाँले जानकारी दिए । सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा २ जनाको मृत्युसमेत भएको थियो ।

नेपालमा रहेको कोरोनाको अणुवांशिक अध्ययन सुरु

काठमाडौं : नेपालमा रहेको कोरोना भाइरस कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो। परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए। नेपालमा सङ्क्रमितमा रहेको कोभिड–१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो। अध्ययनबाट यहाँ रहेको कोभिड–१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ। सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सी गरिरहेका छन्। परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताए। उनका अनुसार सङ्क्रमित भएर मृत्यु भएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो। अध्ययनका लागि परिषद्ले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक किट नआएकाले निजी प्रयोगशालाले गरिरहेको छ। ‘हामीले काठमाडौँ विश्वविद्यालयसँग जिन सिक्वेन्सिङ गर्न भनेर सम्झौता गरेका थियौँ’ डा धिमालले भने ‘तर विश्वविद्यालयसँग आवश्यक किट नआएकाले निजीलाई सिक्वेन्सिङको काम दिएका छौँ।’ उनले करीब ६० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्ने योजना रहेको भन्दै आगामी नयाँ नमूनाको भने विश्वविद्यालयमा नै जिन सिक्वेन्सिङ गर्ने बताउनुभयो। सङ्क्रमित व्यक्तिको स्वाब र रगतबाट जिन सिक्वेन्सिङ गरिने छ। उनका अनुसार अबको दुई हप्ताभित्र नतिजा आउनेछ। अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्छ। ‘जिनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ’, उनले भने ‘भाइरस पत्ता लागेपछि कोभिड–१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ।’ वरिष्ठ अनुसन्धान अधिकृत धिमालका अनुसार फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिनको अध्ययन गरिनेछ। ‘हामीले फरक फरक देशबाट आएका सङ्क्रमित व्यक्तिको जिन अध्ययन गर्नेछौँ’, उनले भने ‘जिन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जिन छ भन्ने पत्ता लगाउँछ।’ अध्ययनबाट कोभिड–१९ को सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्नेछ। नेपालमा पहिले देखिएका सङ्क्रमित रहेकामध्ये ९८ प्रतिशत कोभिड–१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभए पनि आजभोलि देखिने सङ्क्रमितमा ३३ प्रतिशतमा लक्षण देखापर्न थालेका छन्। जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ। परिषद्ले जिनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतमा प्राप्त विदेशका प्रयोगशालामा १० प्रतिशत नमूना परीक्षणका लागि पठाउनेछ। रासस

नेपालमा कोरोना भाइरस जीन अध्ययन सुरू

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-९) को अनुवंश ‘जीन सिक्वेन्सिङ’ को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । (कोभिड-१९) का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा। मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए । जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । ‘जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’ उनले भने, ‘भाइरस पत्ता लागेपछि (कोभिड-१९) विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् । परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उनका अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । ‘हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’ उनले भने, ‘ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’ अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुनकुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड-१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ । सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड-१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड-१९ को जीनबारे अनुसन्धान सुरु गरिसकेका छन् । उनले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताए । उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ । रासस

म्याग्दीमा फैलियो डेंगुः १ साताभित्रै ५ जनामा संक्रमण

म्याग्दीः हिमाली जिल्ला म्याग्दीमा डेंगु रोग नियन्त्रण गर्न खोजी र नष्ट अभियान सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा १ हप्ताको अवधिमा ५ जनामा डेंगु पोजेटिभ भेटिएसँगै डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत सुरू गरिएको छ । एक हप्तामै नगरपालिकाभित्र पाँच डेंगुका संक्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान सुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामूलक अभियानलाई तीव्रता दिएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । सरोकारवालाका लागि अभिमुखीकरणका साथै डेंगु नियन्त्रणका लागि रणनीति तयार पारिएको उनकोे भनाइ छ । नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामीण क्षेत्रमा समेत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगसमेत लिने जनाइएको छ । नगरपालिकाभित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिका स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजीकरण गरेका छन् । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाइ छ ।

पोखरामा २२ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शिशु

पोखराः पोखराको मनिपाल शिक्षण अस्पतालमा १ महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले बिहीबार दिउँसो साढे १ बजे ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । ७ महिनाकी गर्भवती रहेकी उनले शल्यचिकित्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिइन् । भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन्। उनको शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा। पाण्डेले बताए। ‘आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । अहिले शिशुलाई एनआइसियुमा राखिएको छ,’ डा. पाण्डेले भने। यसअघि गत माघ २ गते स्याङ्जाको पुतलीबजार–१ घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशुलाई जन्म दिएकी थिइन् ।

हालसम्म कतिको भयो कोरोना परीक्षण? यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

काठमाडौंः सरकारले सोमबारसम्म देशभरी साढे साढे ३३ हजार भन्दा बढीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) (यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा। देवकोटाले बताए । सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी

कैलालीः सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सेवा थप्ने तयारी शुरु गरेको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि उपलब्ध गराएको बजेटबाट अस्पतालले दुई भेन्टिलेटरसहित पाँच श्याको सघन उपचार कक्षका उपकरण खरिद गरी चाँडै सञ्चालनमा ल्याउने तयारी शुरु गरिएको जनाएको छ । सङ्क्रमण फैलिएको अवस्थामा कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि पूर्व तयारी स्वरुप भेन्टिलेटर र सघन उपचार कक्ष दुई÷तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए । उनले थपिन लागेका सेवा सञ्चालनका लागि आवश्यकपर्ने भौतिक संचरना तयार भइरहेका बताउँदै भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सञ्चालनमा आए उपचारमा टेवा पुग्ने जनाए । सो अस्पतालमा अहिले एक भेन्टिलेटरसहित पाँच श्ययाको सघन उपचार कक्ष सेवा सञ्चालनमा रहँदै आएको छ । सुदूरपश्चिममा सरकारी र निजी अस्पताल गरी २५ बेड सघन उपचार कक्ष र १० भेन्टिलेटर रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत भूषण मिश्रले बताए । महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र मायामेट्रोमा पाँच–पाँच तथा निसर्गमा छ बेडका सघन उपचार कक्ष सञ्चालनमा छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटरका मेडिकल अधिकृत मिश्रले जानकारी दिए । बाँकी छ भेन्टिलेटर निजी अस्पतालमा रहेका मिश्रको भनाइ छ । रासस

यौन सम्पर्क गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन?

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ। एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ। नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ? डा. एलेक्स जर्ज: म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ। एलिक्स फक्स: के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ। पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला? एलिक्स फक्स: यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय- जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनु भएको हो भने अब कन्डम लगाउनु नै उचित होला। के यौनाङ्ग छोएका कारण कोरोना भाइरस सर्छ? डा. एलेक्स जर्ज: यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ। मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ। बीबीसी

प्रधानमन्त्री ओली अस्पतालबाट घर फिर्ता

काठमाडौंः दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उनी मृगौला प्रत्यारोपणका लागि भर्ना भएका थिए । उनलाई भन्जी समीक्षा संग्रौलाले मृगौला दान गरेकी थिइन् । १२ वर्ष अघि पनि प्रधानमन्त्री ओलीको अर्को मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई आजै साँझ डिस्चार्ज गरिने

फाइल तस्बिर । काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै साँझ डिस्चार्ज गरिने भएको छ । फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई आजै साँझ डिस्चार्ज गरिन लागिएको शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पतालले जनाएको छ । पूर्ण स्वास्थ्य लाभपछि मिर्गौला प्रत्यारोपणको १०औं दिनमा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले बताए ।  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको विज्ञीितमा जनाइएको छ । ओलीलाई भान्जी नाता पर्ने समिक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी यसअघि नै डिस्चार्ज भइसकेकी छन् ।

कोरोना भाइरसः विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ

काठमाडौंः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस प्रकोपलाई प्यान्डेमिकू अर्थात् विश्वव्यापी महामारीूको सङ्ज्ञा दिएको छ। यसअघि चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन। डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको सङ्क्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए। विश्वव्यापी महामारी के हो? प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई जनाउँछ। पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो। त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको विज्ञहरूको ठम्याइ छ। यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ। कोरोनाभाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्। अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने उक्त सङ्क्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ। यो शब्दावली अहिले किन प्रयोग गरियो? ????????????????????????????????????????????????????????? फेब्रुअरी महिनाको अन्त्यतिर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कोरोनाभाइरस विश्व्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना भएको टिप्पणी गरेका थिए। तर उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनको भनाइ थियो। तर स्थितिमा केही परिवर्तन आयो। कोरोनाभाइरस सङ्क्रमण देखिएका देशको सङ्ख्या बढ्यो। अहिले ११० भन्दा बढी देशमा एक लाख जनाभन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। भाइरसको सङ्क्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्ल्यूएचओको आशा छ। डब्ल्यूएचओका प्रमुख डा.टेड्रोसले भनेका छन्, केही देशहरू क्षमताको अभावका कारण सङ्घर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा सङ्घर्ष गरिरहेका छन्। बीबीसी उनका अनुसार डब्ल्यूएचओले देशहरूलाई गरेको केही आग्रह यस्तो छः –आपत्कालीन संयन्त्रलाई सक्रिय र क्षमता वृद्धि गर्न –मानिसहरूलाई यसको जोखिम र जोगिने उपायबारे बताउन –कोभिड-१९ बाट पीडित प्रत्येक व्यक्ति पत्ता लगाउन, तिनलाई अलग्याएर राख्न, परीक्षण गर्न, उपचार गर्न र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न

आज प्रधानमन्त्रीको डिस्चार्ज हुने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा। प्रेम कृष्ण खड्काले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् । उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ । पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेकी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शाक्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । प्रमुख सल्लाहकार रिमालले ट्वीटरमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको र दोस्रो भिजिटरका रूपमा प्रथम महिला राधिका शाक्यले भेटेको जानकारी दिएका हुन् । यसअघि पहिलो भिजिटरका रूपमा मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकसहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदै छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।