उपाधी भिडन्तमा पीएनजीसँग नेपालको लज्जास्पद हार
काठमाडौं। नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन जोड्दा अन्य कुनै पनि ब्याट्स्मेनले दोहोरो अंक जोड्न सकेनन् ।
सरकारको गियर बढाउन गठबन्धन परिवर्तन गरे : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने कामको गियर बढाउन गठबन्धन परिवर्तन गरेंको बताएका छन् । संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश विकासको लागि सरकारको टिम परिवर्तन गर्न आवश्यक रहेकोबारे धेरैपटक गठबन्धनमा छलफल भएको तर त्यसप्रति चासो नदिइएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ । टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनः गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’
पिएनजी विरुद्व नेपाललाई १७२ रनको लक्ष
काठमाडौं । पपुवा न्यु गिनीविरुद्ध हङकङमा त्रिकोणात्मक शृंखलाको फाइनल खेलिरहेको नेपालले जीतका लागि एक सय ७२ रनको लक्ष पाएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि निर्धारित २० ओभरमा पपुवा न्यु गिनीले आठ विकेट गुमाएर एक सय ७१ रन बनाएपछि नेपालले जितका लागि एक सय ७२ रनको लक्ष पाएको हो । राम्रो सुरुवात गरेको नेपालले पछिल्ला क्रममा विकेट लिन नसक्दा मध्यम लक्ष पाएको छ । नेपालले पहिलो चार ओभरमै तीन विकेट लिएको थियो । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए । करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।
यो देशमा केहि नभएको होइन, ढिलो भैरहेको चाँहि हो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशमा केही नभएको नभइ काम ढिलो भएको बताएका छन् । देशमा केही नभएको भन्दै मिसन ८४ को नारा दिएर हिडेका दलहरु बन्दै गरेका सडकमा पैदल यात्रा गरेको स्मण गराउँदै उनले देशमा केही भैरहेको तर ढिलो भैरहेको नयाँ दलहरुले थाहा पाएको बताएका हुन् । उनले नेपाली काग्रेस पार्टीले संसदको प्रतिपक्षको भुमिकाम रहने बताउँदै पहिले जस्तो ढोक्सा नथाप्ने समेत बताए । साथै, प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणन्त्रलाई जोगाएर जाने सवालमा सधै प्रतिबद्ध रहने समेत जानकारी दिए । यो देशमा केही भएको छैन, केही हुँदन भन्ने भाष्य परिर्वतन गरेर यो देशमा केही गर्न सकिन्छ भन्ने स्थापित गर्न लाग्ने समेत बताए ।
केपी ओलीको कांग्रेसलाई प्रश्न - शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताएका हुन् । साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए । ‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो’, ओलीले भने, ‘हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’ उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ‘कानुनको राजमा यदि राज्य तलमाथि भएको छ भने संसद्ले नियन्त्रण गर्नुपर्छ’, ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए । तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन ?’ उनले आफूले पटक पटक शान्तिप्रक्रिया टुङ्ग्याउन आग्रह गर्दै आएको र एमालेले त्यसमा यसअघि कुनै व्यवधान नगरेको बताए ।
प्रधानमन्त्री प्रचण्डलाई पोहोर जस्तै विश्वासको मत दिन कांग्रेसलाई केपी ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक भोट नमाग्दा नमाग्दै हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको बताउदै कांग्रेसलाई अहिले पनि विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मैले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । कांग्रेस हौसिएर नयाँ ब्याट्री हालेजस्तो गरेर समर्थन गर्नुभएको छ । पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने ? पोहोर समर्थन गर्नुभएको थियो उफ्रिउफ्रि । त्यसबेला कांग्रेस सरकारमा त थिएन । भित्र के थियो । मलाई थाहा छैन । अस्ति रमेश लेखकको भाषणा सुन्दा त कांग्रेस छलछाम गर्दैगर्दैन नि होइन ?’ उनले कांग्रेसले राम्रो काम गरेको जस अरुलाई नदिने भएपनि नयाँ समीकरण बनाएको जस प्रचण्ड र आफूलाई दिन आग्रह गरे ।
संसदमा विश्वासको मत माग्दै प्रचण्ड, यस्तो छ सम्बोधनको पूर्णपाठ
सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो ।
हात बाँधेर गाडेको अवस्थामा किशोरीको शव फेला
काठमाडौं । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा एक किशोरीको शव भेटिएको छ । एक महिना देखि हराइरहेकी १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छ । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा उनको शव उत्खनन् गरिएको छ । घरबाट माघ २२ मा ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको काठमाडौँका एसपी अधिकारीले जानकारी दिए ।
निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे। “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।” उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे। बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”
प्रधानमन्त्रीले विश्वासको मत लिँदै
काठमाडौं। प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफलपश्चात् निर्माणार्थ प्रस्तुत गरिने र आव.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।
वाइडेन प्रशासनद्धारा युक्रेनलाई ३ सय मिलियन डलर हतियार सहायता घोषणा
वासिंगटन डिसी । अमेरिकन राष्ट्रपति जो वाइडेनको प्रशासनले युक्रेनलाई तीन सय अमेरिकी डल बराबरको हतियार सहायता दिने घोषणा गरेको छ । अमेरिक संसदले युक्रेनलाई दिइने सहायतामा रोक लगाएकै बेला बाइडेन प्रशासनले ठूलो मात्रामा हतियारका लागि सहायता दिने घोषणा गरेको हो । हतियार र युद्ध सामग्रीको अभावमा युद्धमा हार व्यहोरेको भन्दै युक्रेनले अन्तराष्ट्रिय समुदायसँग सहायतको अपिल गर्दै आएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार व्हाइट हाउसमा यससम्बन्धमा निर्णय भएको जानकारी दिएका हुन । पछिल्ला दिनहरुमा रुसले आक्रामक युद्ध छेडेपछि युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको छ भने कतिपय क्षेत्रमा उसका सैनिकहरु पछाडि फर्केका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ। अहिले सत्ता गठबन्धनसँग १५१ रहेको देखिन्छ।
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् । दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए । दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १५ निर्णय
काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछिको मन्त्रिपरिषद्को बैठक पहिलोपटक फागुन २४ गते र दोस्रो पटक फागुन २८ गते सिंहदरबारमा बस्यो । फागुन २४ गतेको बैठकले दुईवटा र २८ गतेको बैठकले १३ वटा निर्णय गरेको छ । समग्रमा पछिल्लो सरकार बनेसँगै सरकारले विभिन्न १५ वटा निर्णय गरेको छ । यस्ता छन् निर्णय
टी–२० आई सिरिज: फाइनलमा नेपाल र पपुवा न्युगिनी खेल्ने
काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि पपुवा न्यु गिनीसँग खेल्ने भएको छ। मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्दै पिएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। यसअघि आजै बिहान भएको पहिलो खेलमा नेपालले पिएजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसअघि सिरिजको पहिलो खेलमा वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले १–१ अंक बाँडेका थिए। २ खेलबाट ३ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल खेल्न लागेको हो । २ खेलबाट २ अंक बनाएको पिएनजी दोस्रो स्थानमा रहँदै नेपालसँगको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको हो । समान खेलबाट १ अंक बनाएको घरेलु टोली हङकङ भने तेस्रो स्थानमा छ । सिरिजको तेस्रो खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो। पहिलो विकेटका लागि ओपनर टोनी उरा र सेसे बाउले १ सय २४ रनको अविजित साझेदारी गरेपछि पिएनजीले सहजै लक्ष्य भेट्टायो । टोनी उराले ३३ बलमा ५ चौका र २ छक्का मद्धतमा ५१ रनमा नटआउट रहे । सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का मद्धतमा ६१ रनमा अविजित रहे। त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली १८.३ ओभरमा १ सय २१ रनमा अलआउट भयो। घरेलु टोलीले अब तेस्रो स्थानका लागि हङकङ कै ए टोलीसँग खेल्नेछ। सिरिजको फाइनल खेल भोली बुधबार हुनेछ।
गठबन्धन हामीले बनायौं, मान्छेहरू चीनले गर्यो भन्दैछन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले गठबन्धन भत्काएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आशा बढाएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देशलाई बरबाद पार्ने गठबन्धन आफूहरूले मेहनत गरेर फुटाएको तर केही मान्छेहरु चीनले फुटाएको भन्दै हिडेको बताए । बैठकलाई सम्बोधन गर्दै उनले भने -'यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन । देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।' उनले पार्टीको भूमिका फेरिएपछि भन्दै नयाँ परिस्थितिपछि जिम्मेवारी बोध भएर अघि बढ्ने बताए ।