प्रतिक्रान्तिकारीहरूका विरूद्ध निरन्तर संघर्ष गरिरहनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् क्रान्तिहरूसँगै भयानक प्रतिक्रान्तिको जन्म भइरहने बताउँदै क्रान्तिकारीहरूले निरन्तर संघर्ष गर्नुपर्ने बताएका छन्।
शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री राम कार्कीद्वारा लिखित पुस्तक ‘‘विकल्प, समता, समाजवाद र मुक्त दुनिया’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै एकपटक क्रान्ति गरेपछि त्यो सधैंका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको बताए।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको सारांस
▪ माक्र्सवाद सामाजिक क्रान्तिको विज्ञान हो, तसर्थ यो निरन्तर परिवर्तनशील छ । माक्र्सवादले हामीलाई कुनै सुत्र दिएको छैन, जसले आफसेआफ फटाफट क्रान्ति गरोस्, बरू यसले क्रान्तिकारी परिवर्तनका निम्ति महत्वपूर्ण दिशाबोध गरेको छ ।
▪ माक्र्सकै परिभाषामा हरेक प्रत्येक क्रान्तिले शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै अगाडि बढ्छ, संघर्ष गर्दै अगाडि बढ्नुपर्छ । आजको परिस्थिति पनि त्यही हो। एकपटक क्रान्ति गरेपछि त्यो सधैंका लागि हुन्छ भन्नु वैज्ञानिक विचार होइन । त्यसैले आजको विशेषतासहित क्रान्तिको नेतृत्व हाम्रो कार्यभार हो ।

▪ आजको परिस्थितिमा क्रान्ति आजकै विशेषताका आधारमा हुन्छ र हुनुपर्छ । आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका आधार, भूराजनीतिक सन्तुलनका आधारमा अगाडि बढेर मात्र हामी सही निष्कर्षमा पुग्न सक्छौं ।
▪ माक्र्सवादले हामीलाई आलोचनात्मक चेत अवश्य दिएको छ । तर, आलोचना विकल्पसहितको हुनुपर्छ, प्रगतिशील शक्तिको आलोचना गर्दा त्यसबाट प्रतिक्रान्तिकारीहरूले फाइदा नउठाउन् भन्नेमा सतर्क हुनुपर्छ । तर्क मात्रै विकल्प हुन सक्दैन, त्यो तथ्यमा आधारित हुनुपर्छ । व्यवस्था र नेतृत्वको विकल्प पनि त्यही हो । म रहरले मात्र नेतृत्वमा रहिरहेको छैन, नयाँ पुस्ताले नयाँ सोचसहित विकल्प प्रस्तुत गर्दा म खुसी हुन्छ, किनकि हरेक विकल्प पहिलाको भन्दा उन्नत र प्रगतिशील हुनुपर्छ ।
▪ हामीले क्रान्तिको बेला भन्यौं– विद्रोह गर्नु जनताको अधिकार हो । पार्टीभित्र पनि विद्रोह गर्ने अधिकार छ । शान्ति प्रक्रियामा आएपछि धेरै साथीहरूले विद्रोह पनि गर्नुभयो । तर, विकल्प दिन सक्नुभएन । त्यो विकल्प हामी नै रह्यौं । यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।
▪ यो पुस्तक माओवादी केन्द्रका सचिव एवं लेखकले विभिन्न सन्दर्भमा लेख्नुभएको विचारोत्तेजक लेखहरू एवं विभिन्न बौद्धिक एवं वैचारिक कार्यक्रममा उहाँले व्यक्त गर्नुभएको प्रवचन र पेश गर्नुभएको कार्यपत्रहरूको समेत संकलित रचना हो ।
▪ विकल्प पुस्तकमा लेखकले आजको समस्त समस्याहरूको समाधान सामाजवादी व्यवस्थाले मात्रै दिनसक्ने बताउँदै समाजवादभित्र स्वतन्त्रताको मूल्य सबैभन्दा माथि हुनुपर्ने निष्कर्ष निकाल्नुभएको छ ।
▪ पुस्तकमा बीसौं शताब्दीको समाजवादबारे गम्भीर समीक्षा गरिएको छ, जसमा महान् क्रान्तिहरू, कम्युनिस्ट एवं वामपन्थी पार्टीहरूबीच चलेका बहसहरू, अन्तरसंघर्षहरू, भयानक प्रतिक्रान्ति र त्यसका शिक्षाहरूबारे अध्ययन र विश्लेषण गरिएको छ ।
▪ लेखकले आफ्ना रचनाहरूमा आलोचनात्मक दृष्टिकोण राख्नुहुन्छ, विश्व कम्युनिस्ट, मजदुर एवं वामपन्थी आन्दोलनका केस्रा केस्रा केलाउनु र विकल्प प्रस्तुत गर्नु यो पुस्तकको सबैभन्दा ठूलो सफलता हो ।
▪ लेखक उन्नाइसौं र बीसौं शताब्दीको समाजवाद र कम्युनिस्ट आन्दोलनको विश्लेषण र समीक्षा गर्दा परम्परागत सीमारेखाभित्र कैद हुनुभएको छैन, उहाँका कैयौं विश्लेषणमा लेनिनका त्रुटिहरू, रोजा लक्जेम्वर्गका क्रान्तिकारी विचारहरू लगायत ग्राम्स्कीको विचारका समेत महत्वपूर्ण पक्षहरू उल्लेख छन् ।
▪ पुस्तकमा लेखकले माक्र्स, एंगेल्स, लेनिन, माओ र ग्राम्स्कीका विचारहरूलाई मूलतः केन्द्रमा राख्नुभएको छ । तर, उनीहरूको शतप्रतिशत समर्थन छैन । लेनिन र माओसम्म आइपुग्दा उहाँले उनीहरूको मूल विचार र प्रवृत्तिको समर्थन गर्दै कैयौं विचार र प्रवृत्तिहरूको तिखो आलोचना गर्नुभएको छ ।
▪ नेपाली कम्युनिस्ट आन्दोलनमा चौंथो महाधिवेशनको धाराले दक्षिणपन्थी करार गरेका विश्वका वामपन्थी नेताहरूबारे समेत कार्की आलोचनात्मक चेत राख्नुहुन्छ । उहाँ गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्ने मान्यता राख्नुहुन्छ । रोजा लक्जेम्वर्ग, अन्तोनियो ग्राम्स्की मात्र नभएर कतिपय सन्दर्भमा ट्राटस्की, प्लेखानोभहरूका विचारहरू पनि महत्वपूर्ण रहेको र त्यसमाथि नयाँ कोणबाट अनुसन्धान हुनुपर्ने मान्यता लेखकको छ ।
▪ लेखकले नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा समेत गम्भीर समीक्षा गर्नुभएको छ । यो कृति कुनै सैद्धान्तिक प्रस्तावनाको व्याख्या वा समर्थनमा केन्द्रित नभएर समाजवादको विश्वव्यापी मान्यता र अभ्यासहरूको समीक्षामा केन्द्रित छ । उहाँले नेपालका कम्युनिस्ट पार्टी र घटकहरू विकृत रहेको, उनीहरू स्वतन्त्रताको सैद्धान्तिक मान्यतालाई हृदयदेखि आत्मसात गर्न नसकेको, सामन्तवादको प्रभाव पार्टी र नेताहरूमा विद्यमान रहेको निष्कषसमेत निकालेको देखिन्छ ।
▪ पुस्तकमा कार्यदिशाको प्रश्नसमेत महत्वपूर्ण रूपमा उठाइएको छ, जसमा लेखकले क्रान्तिकारी मत राख्नुभएको छ । समाज रूपान्तरणका निम्ति क्रान्तिकारी संघर्षमा जोड दिँदै लेखकको कम्युनिस्ट पार्टीको विचार र आचारले जनतालाई स्वतस्फूर्त संगठित र परिचालन गर्ने सामथ्र्य राख्नुपर्ने मत छ ।
▪ पुस्तकका कतिपय निष्कर्षहरू नेकपा ९माओवादी केन्द्र० को विश्लेषण र संश्लेषणभन्दा अलि पृथक र मौलिक प्रकृतिका पनि देखिन्छन्, जसमाथि खुला बहस हुनुपर्ने लेखकको मत छ । यद्यपि, समग्रमा पार्टी नीति र नेतृत्वको भूमिकाप्रति लेखकको मूलरूपमा समर्थन देखिन्छ ।
▪ एक्काइसौं शताब्दीमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ रु लेखकको आफ्नै मौलिक मत र दावी छ । लेखकले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको पूरक प्रस्ताव लगायतका सामग्रीलाई पनि पुस्तकको अंश बनाउनुभएको छ, नेपाली विशेषताको समाजवादबारे अलि फरक कोणबाट अध्ययन र विश्लेषण हुनुपर्ने आग्रह उहाँको छ ।
▪ पुस्तकमा लेखकको निष्कर्ष छ समाजवाद सबैभन्दा उन्नत र स्वतन्त्र व्यवस्था हो । तसर्थ, कम्युनिस्ट पार्टी र समाजवादी राज्य सबैभन्दा लोकतान्त्रिक हुनुपर्छ, आलोचनात्मक चेतलाई प्रोत्साहन गर्नुपर्छ । फलामे अनुशासन, नेतृत्वको केन्द्रिकरण, अति केन्द्रिकरणले समाजवादको जग कमजोर हुन्छ, उन्मुक्त व्यवस्थाका पक्षपातीहरूले स्वेच्छिक एकता र सामूहिकताका निम्ति संघर्ष गर्नुपर्छ ।
उहाँ हाम्रो पार्टीको नेता हो, जसले अक्सर आलोचनात्मक चेतका साथ विषय उठाउनुहुन्छ, अनि हाम्रो पार्टीले उहाँका विचारलाई सधै सम्मान गर्दै आएको छ । यहाँजस्ता आलोचक मात्रै भएर पनि पार्टी चल्दैन, आलोचनात्मक चेत नभएको पार्टी त झन् चल्दै चल्दैन । निष्कर्षमा क्रान्ति र समाजवादबारे उहाँ जुनस्तरको अनुराग र प्रतिवद्धता छ, त्यो उहाँको सबैभन्दा ठूलो सम्पत्ति हो, हाम्रो पनि सम्पत्ति हो ।
प्रधानमन्त्रीद्धारा जितिया पर्वको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसका थारू लगायतका समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउँने मौलिक एवं सांस्कृतिक पर्व जितियाको शुभकामना व्यक्त गरेका छन् । नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
विवादास्पद गिरिबन्धु जग्गा मुद्दाको पेशी १६औं पटक सर्यो
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी तोकिएका मुद्दाहरूको चाप र संख्याका कारण देखाउँदै गिरिबन्धु चियाबगानको मुद्दा १६ औं पटकलाई सरेको छ । यो मुद्दाको अर्को पेशी माघ ३ गतेलाई तोकिएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने ३ सय ४० बिघा गिरिबन्धु चियाबगानको जग्गा सट्टाभर्ना गर्न र बगानको जग्गा बिक्री गर्न सकिने प्रबन्ध केपी शर्मा ओली प्रधानमन्त्री र पद्मा अर्याल भूमि मन्त्री हुँदा राज्य तहबाट तय भएपछि यो प्रकरण बाहिर आएको हो । २०७८ भदौयता यो मुद्दामा १५ पटक पेशी तोकिएको र अन्तिमपटक असोज १७ को सुनुवाइलाई निर्णायक देखाएर र यो फैसला आफ्ना पक्षमा आउने भन्दै भूमाफिया तथा विक्रेताको सञ्जालले मुद्दा संवैधानिक इजलासमा रहेकै बेला जग्गा बिक्रीको करोडौं बैना रकम उठाइसकेको बताइन्छ । गिरीबन्धु बगानको ३४० बिघामाथि ‘चलखेल’ भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७८ भदौ २ मा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
भूकम्पको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डद्धारा यस्तो घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ पुगेर भूकम्पबाट भएको क्षतिको अवलोकन गरेका छन् ।रक्षा र गृहमन्त्री सहित भूकम्पको केन्द्रविन्दु पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँका पिडितहरूसँग संवाद गरेका छन् । त्यसका साथै प्रम प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विभिन्न घोषणा गरेका छन् । यस्ता छन् प्रधानमन्त्रीको प्रचण्डको घोषणा १. गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट भएको क्षतिको कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलिकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने यकीन गरी कार्य अघि बढाइनेछ । २.भूकम्पबाट क्षति पूर्ण क्षति भएका घर का परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु.५०,००० (पचास हजार)उपलब्ध गराइने छ। ३.भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल खर्च व्यवस्था गरिनेछ । ५.राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ । ६. भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ । ७. ले निम्त्याएको पहिरोमा भुकम्पला परी एक जनाको मृत्यु भएको मा निजको परिवारलाई रु. २ लाख तत्काल प्रदान गरिनेछ । ८. भक्तिएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुतनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकन (Assessment) का आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने छ । बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड ९.सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको (Damage Assessment) गरी यथाशीघ्र पुनः निर्माण गरिनेछ । १०.हालसालै गएका थुप्रै भुकम्पहरूलाई संकेत को रूपमाु लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम ऑकलन (Risk Assessment) न्यूनिकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको छ । यी कामहरू लाई बझाङ लगायत जोस्सिममा उच्च जोखिममा रहेश क्षेत्रमा समेत अघि बढाइनेछ । ११. बझाङ र सुदूर पश्चिम को समग्र विकासमा निर्णायक महत्व राख्ने कैयन परियोजना अघि बढाइएका छन्। हालै मित्र राष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपाललार्क दिपायल-खुटिया-उरै-ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि र टिकट जोडनेमहाकाली करिडोर का लागि बजेट सुनिश्चत गरिएको छ । १२. प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् । १३.नेपालको आर्थिक विकास तथा विद्युतीकरण को लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ । बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन / पिडितसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड
भूकम्प प्रभावित बझाङमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्। त्यहाँ प्रधानमन्त्रीले विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरूको अवलोकन गर्ने छन् । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ । प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट भूकम्पबाट क्षति पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि सहयोग घोषणा गर्नेछन् । साथै मृतकका परिवारलाई राहत दिनेबारे पनि प्रधानमन्त्रीले बोल्नेछन् ।
प्रतिनिधि सभाको बैठक जारी (प्रत्यक्ष प्रसारण)
काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक जारी छ । बैठक आज शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
दुई युरोपेली देशसँग श्रम समझदारी गरिँदै
काठमाडौं । युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो । श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार रोमानियासँग श्रम समझदारी (एमओयु( गर्ने छ भने असोज २३ गते मङ्गलबार जर्मनीसँग श्रम समझदारी (एमओयु)गरिने छ । श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच श्रम समझदारीमा हस्ताक्षर हुने छ । जर्मनीसँग भने त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबिच श्रम समझदारी हुुने श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपाल सरकारले रोमानिया र जर्मनीसँग दुईपक्षीय श्रम समझदारी गरेसँगै नेपाली श्रमिक पठाउने बाटो खुल्ने जानकारी दिए । जर्मनी र रोमानियासँग श्रम समझदारीका लागि धेरै पहिलादेखि नै प्रयास हुँदै आएको र अहिले बल्ल सम्भव भएको उनको भनाइ छ । उनका अनुसार ती देशसँग श्रम समझदारी सम्पन्न भएपछि त्यसको कार्यान्वयनको ढाँचा दुई देशका प्रतिनिधि रहने गरी समिति बनाइने छ र सो समितिले त्यसको सबै विषय टुङ्गो लगाउने छ । हाल रोमानियामा व्यक्तिगत रूपमा गएर नेपाली श्रमिक काम गर्दै आएका छन् । नेपालीको आकर्षक श्रम गन्तव्य देश रोमानिया र जर्मनीमा जान नेपालीले लाखौँ रुपियाँ तिरेर ठगिने समस्या धेरै भएकाले यो समझदारीपछि बिस्तारै अन्त्य हुने विश्वास श्रम मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए । सम्झौतामा विभिन्न प्रक्रियाबाट ती देशमा पुगेका नेपाली नागरिकलाई वैध बनाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकतामा राखिएको उनले जानकारी दिए । ती देशसँग श्रम समझदारी भएपछि कस्ता श्रमिक, कुन क्षेत्र, जाँदा लाग्ने लागत, त्यहाँ जाने नेपालीले प्राप्त गर्ने सेवा सुविधालगायतका सबै विषय समझदारी कार्यान्वयन गर्न बन्ने समितिले टुङ्गो लगाउने छ । ती देशबिच भएको श्रम समझदारी पाँच वर्षको हुने छ । दुई देशको सहमति अनुसार छिट्टै कार्यान्वयनमा जाने छ । यसअघि नै नेपाल सरकारले रोमानिया र जर्मनीबिच श्रम समझदारी गर्न श्रममन्त्री शरत्सिंह भण्डारीलाई स्वीकृति दिने निर्णय गरेको थियो । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यससम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको जानकारी दिइयो । रोमानिया नेपालीको आकर्षक गन्तव्य वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । यी देशमा जान मात्रै आव २०७९र८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार सो अवधिमा युरोपका देशमा जान श्रम स्वीकृति लिएकामा सबैभन्दा धेरै रोमानियाका लागि एक हजार ७७३ महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आव २०७८७९ मा रोमानियाका लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । जुन सङ्ख्या अघिल्लो आवभन्दा पछिल्लो आवमा छ हजार ७५० ले बढी हो ।गोरखापत्रमा खबर छ ।
प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जादै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रबार बिहान भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने जानकारी दिए । ‘‘सम्भावित विपद्जन्य घटनाका लागि पूर्व तयारी गर्नु र रहनुपर्ने हुन्छ । अहिले भूगर्भको स्थितिबारे केही जानकारी त छ, तर आम रुपमा नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘कुनै पनि बेला कहीँ पनि यस्तो स्थिति आउनसक्छ । त्यसैले हुनसक्ने तयारी गर्नुपर्छ । परिषद्को अध्यक्षको नाता र प्रधानमन्त्रीको नाताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्नेछौँ ।’’ यसैगरी, प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन पनि दिएका छन् । मङ्गलबार दिउँसो ३ः०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना दिदै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीद्धारा जारी शुभकामनामा भनिएको छ -‘नेपाल सरकार विद्यालयदेखि उच्च तहसम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेतर्फ प्रयत्नशीलु छ । उच्च शिक्षा अध्ययनका लागि युवाहरू स्वदेशमै रहुन् भन्ने हाम्रो इच्छा छ र राष्ट्रको आवश्यकता पनि यही हो । युवा विद्यार्थी र अभिभावकहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा तथा रोजगारीको सुनिश्चितताप्रति विश्वास जगाउनु त्यतिकै आवश्यक छ । साथै, राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता भएको छ ।’ शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारले निर्णय गरेको छ । यसवर्ष “समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८० देशभर मनाइदै छ ।सो अवसरमा दिदै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि आवश्यक रहेको प्रधानमन्त्रीले बताएका छन् । शुभकामना दिदै प्रधानमन्त्रीले भनेका छन् -‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नु अपरिहार्य छ। यसका साथै सन् २०३० सम्ममा दिगो विकासका विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा र प्राविधक शिक्षादेखि उच्च शिक्षासम्मका सिकाइहरूलाई समावेशी र गुणस्तरीय बनाउन सर्वे शिक्षण संस्थाहरूले समान बुझाइका साथ निरन्तर प्रयासमा जोड दिनुपर्ने आवश्यकता देखेको छु । खास गरी समाजमा पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय र समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्नु पनि अपरिहार्य छ ।’ यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
प्रधानमन्त्री प्रचण्डद्धारा राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त गरेका छन् । आज २०८० असोज १ गते आज एघारौं राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ मनाइँदै छ साे अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका हुन् । वैज्ञानिक आचरणको मदत्तबाट जनतामा उद्यमशील संस्कृति विकास हुने र यही संस्कृतिमार्फत देशको अर्थतन्त्रको आधारशिला निर्माण हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमहरूको वर्जुमा र कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । यस्तो छ शुभकामना
विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री
गोकुल श्रेष्ठ,न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो सो कुरा बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए। उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको पनि बताए । अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पंतिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए । प्रधानमन्त्री प्रचण्ड आइतबार न्यूयोर्क आएका हुन्। उनलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले स्वागत गरे । प्रधानमन्त्री प्रचण्डले आइतबार नै संयुक्त राष्ट्र संघको मुख्यालयमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन् । महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनै परेको बताए । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता
सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन् । महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ। साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।
जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए प्रधानमन्त्री प्रचण्ड
सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका आइपुगेका छन् । आइतबार बिहान जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल न्यूयोर्कमा ओर्लिएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालका स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले स्वागत गरेका छन् । शनिबार साँझा ६ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आगामी असोज ४ गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन् । परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माणः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डकाे सम्बोधन रहेकाे छ । महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रचण्ड सहभागी हुनेछन् । उनले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नेछन्। त्यस्तै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्नुहुने छ। राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा उनका छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चाधिकारी सहभागी रहेका छन्। परराष्ट्रमन्त्री साउद केही दिनअघि नै अमेरिका पुगिसकेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय
काठमाडौं । सरकारले हालै बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क भ्रमण जानु अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयगत २३ वटा निर्णय सार्वजनिक गरेको हो। यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा उपप्रधानमन्त्री खड्का
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेपछि शनिबार राष्ट्रपति पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोकिएको हो । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने र त्यहाँबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानेछन्।प्रधानमन्त्री शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट न्युयोर्क प्रस्थान गरेका हुन् ।
प्रवक्ता सापकोटाद्धारा अध्यक्ष प्रचण्डको न्युयोर्क र चीन भ्रमणबारे जानकारी
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने क्रममा रहेको तर घोषणा हुन बाँकी रहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको न्युयोर्क भ्रमणको सन्र्दभमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया सुरु भएयता चारपटक निर्वाचन भइसकेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुगेको घोषणा गर्न मात्र बाँकी रहेको बताएका हुन्। पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले आजबाट हुन लागेको न्युयोर्क भ्रमण र चीन भ्रमणबारे जानकारी दिएका छन् । ‘शान्ति प्रक्रिया नेपालको मौलिक हो, शान्ति प्रक्रिया सफल भइसक्यो, शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन भइसक्यो, सेना समायोजन र अरू धेरै काम भइसके, अब निष्कर्षमा पुर्याउन र घोषणा गर्न बाँकी मात्र हो।’तर यसलाई टुंगोमा पुर्याउन नदिन विभिन्न खेल भइरहेको आरोप उनले लगाए। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सम्बन्धमा अपिल गर्ने जानकारी दिए। ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन राष्ट्रिय वातावरण नै अनुकूल बनाउनुपर्छ, तर अन्तर्राष्ट्रिय भूमिका पनि महत्त्वपूर्ण हुन्छ। यसमा विषयमा हाम्रो विशेषतासहितको मौलिक शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर अध्यक्षज्यूले संयुक्त राष्ट्रसंघमा अपिल गर्नुहुनेछ।’शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै छ। अमेरिकमा रहँदा अल्पविकसित देशको नेतृत्व नेपाल भएकाले अहिले देशको विकास निर्माण र आर्थिक प्रगति र सहयोग बारे कुरा हुने जानकारी दिए । साथै उनले सम्मेलनमा जलवायु परिर्वतनका असर र प्रभावबारे पनि गहिरोगरी कुरा उठाइदने बताए । उनले पार्टीले अहिले संचालन गरेको अभियान राजनीतिक सांस्कृतक पुर्नगणना भएको बताए । यो अभियानले समाजवादी क्रान्तिको आधार तय गर्न, कृषिमा गर्नुपर्ने खोज अनुसन्धान गर्न र लगानीलाई जोड दिन , उद्यौकिकरण गर्ने , राष्टिय सुरक्षाको सवालमा र विज्ञान तथा प्रवृधिको विकासँगै विचारको विकासलाई जोड दिएको बताए।

