सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुंग्याउन नेपाल सरकार प्रतिबद्ध रहेको दोह्याएका छन् । काठमाडौंमा आयोजित नेपालमा संक्रमणकालीन न्याय र दण्ड सजायको व्यवस्था सम्बन्धि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले भने – ‘पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय टुंग्याउन, म नेपाल सरकारको तर्फबाट प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु। यसमा हामी विस्तृत शान्ति सम्झौता, नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू साथै पीडितहरूको सुझब तथा चाहानबाट निर्देशित हुनेछौं।’

कार्यक्रममा नेपालको संसदले संक्रमणकालीन न्याय कानूनबारे छलफल अगाडि बढाइराखेको सन्र्दभमा आयोजित संक्रमणकालीन न्याय र दण्ड सजायको व्यवस्थाबारे गरीएको अन्तरक्रियाले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंङ्ग्याउन मदत पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । अन्तक्रियामा हुने छलफल र कोलम्बियाली न्याय प्रक्रिया नेपालको समस्या समाधानका लागि महत्वपूर्ण हुने उनको भनाई थियो ।

कार्यक्रमको अवधिभर बसेर न्याय र दण्ड सजायबारेका छलफलमा सहभागी हुने इक्षा भएपनि कार्यव्यस्तताको कारण आफु बस्न नसकेको बताउँदै प्रधानमन्त्रीले कार्यक्रमको निश्कर्षबारे आफुले जानकारी राख्ने बताए ।

माओवादी नेतृत्वप्रति नेपाली जनतामा भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी नेतृत्वप्रति नेपाली जनताले भरोसा गरेको बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले अहिलेको सरकार र माओवादी नेतृत्वप्रति नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको बताएका हुन् । आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको प्रधानमन्त्रीको भनाई छ ।माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डा र जनताको भरोसाको बलमा आफू तेस्रो पटक प्रधानमन्त्री बनेको उनले बताए । आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले भने- ‘विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो। यो अद्भुत परिघटना हो। नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन। यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरू पार्टीहरूको पनि भरोसा छ। हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो’, प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्ने बताए। उनले प्रतिक्रियावादीले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने प्रयास गरिरहेको भन्दै त्यसप्रति आम जनतालाई माओवादी पार्टीले सचेत बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो परास्त भएका तत्त्व फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो सङ्ख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन। तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो। ९० र ८० सिट भएका पार्टीका अगाडि ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन। सजिलो कुरा त होइन यो। हाम्रो इतिहासको तागत, हाम्रा सहिदले बगाएको रगतको तागत, हाम्रो बेपत्ता हजारौँ योद्धाको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो सङ्घर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरूको, कार्यकर्ताहरूको र मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतको कारणले ३२ सिट भए पनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो। ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौँ। बरु सदनमा भएका ८० र ९० वाला पार्टीको समर्थन पायौँ।’ आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरू अघि बढाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेएका उनले सो कुरा बताएका हुन् । उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे । उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको बताए। प्रधानमन्त्री प्रचण्डले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए। उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशिल हुने बताए । उनले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन्। आज दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्दैछन् ।

रुपान्तरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने -‘माओवादी सवैभन्दा ठूलो पार्टी बन्नेछ'(पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र शान्तिको नेतृत्व गर्दै माओवादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको आज केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअल उद्घाटन गर्दैै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु । समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु ।’ उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ । ‘एकाथरि मानिस परिवर्तनलाई उल्टो गतिमा हिँडाउन खोज्दैछन् । सरकारले गरेको राम्रो कामबाट अत्तालिएर विभिन्न भ्रम छर्ने काम भइरहेको छ । त्यसका विरुद्ध एकताबद्ध हुन सबैलाई आग्रह गर्छु’, उनले भने । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु। नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं। गत महिना सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रमहरू बनाई अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टीको सोही निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आज भदौ १६ गते देशका ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको उद्घाटन भइरहेको छ। सर्वप्रथम म यो अभियान सफलताको शुभकामना दिँदै अभियानले पार्टीभित्र नयाँ उर्जा सिर्जना गर्ने र जनतासँगको सम्बन्धलाई पुनः बलियोसँग स्थापित गराउने विश्वास व्यक्त गर्दछु। आदरणीय जनसमुदाय, परिवर्तनको नेतृत्व गरेको हाम्रो पार्टी यतिबेला इतिहासकै चुनौतीपूर्ण अवसरका बीच खडा छ। इतिहासले हामीमाथि ठूलो जिम्मेवारी सुम्पेको छ। हाम्रो पार्टीको नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा भएको जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ। परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। हो, इतिहासको यही अत्यन्तै गम्भीर, संक्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौं। जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिरहँदा मैले के देखेको छु भने सिंगो पार्टी एकढिक्का भएर अगाडि बढने हो भने हाम्रा अगाडि खडा भएका सबै चुनौती सामना गर्न सक्नेछौँ र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्नेछौं। समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ यो अभियानले सफलता प्राप्त गर्ने मैले विश्वास लिएको छु। आज हामी देशका सबै वडामा अभियानको नेतृत्व गर्दै भेला भएका छौँ। आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिनसमेत हुनेछ। जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा हामीले लिएका छौँ। त्यसैले यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ त्यो नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल संगठनको निर्माण गर्नेछ। यसका साथै यो अभियानले जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ। अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु। सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ। राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको छ। तर हामीले आफैले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन सकेका छैनौँ। यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ। सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अब्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको छ। जनयुद्धका शहीद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकाहरूलाई शहीद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा लगायतका निर्णयहरूले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेहरूको सम्मान भएको छ। लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयहरूमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, बिपन्न र असहायका निम्ति निशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधार लगायतका कामहरूले सरकारको संकल्प र प्रतिवद्धता व्यवहारमा रूपान्तरण भएको छ। वित्तीय तथा मौद्रिक नितीको सन्तुलनमार्फत् निजि क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ। विदेशी विनिमय सरुञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्रुन पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको छ। यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्रबैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ। यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको छ। जनतामा “अब चाँहि केही हुन्छ” भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको छ। यो आजको कामको परिणाम मात्र नभई नेपाली जनताको न्याय र मुक्तिको उद्देश्यमा आधारित महान जनयुद्ध र जनआन्दोलनको क्रममा खाएको मुक्ति या मृत्युको सपथ र नयाँ परिवेशमा हामीबाट गरिएको संकल्पको निरन्तरता हो। “दृढ इच्छाशक्तिका साथ अभेद्य सङ्कल्प गरे के हुँदैन र” भन्ने मान्यता आज व्यवहारमा पुष्टि भएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा वर्तमान सरकारले गरेका कामहरूले पार्टीको आन्तरिक जीवनमा देखिएका आशंका र अविश्वासहरू पनि मेटाउँदै एकतालाई सुदृढ गर्न सहयोग पु¥याएको छ। देशभरिका जनता र कमरेडहरूमा आशा र उत्साह बढेको छ। अभियानका क्रममा यी सबै विषयहरु जनतामाझ सम्प्रेषण गर्ने र जनताका आशा, अपेक्षा, आलोचना, सुझाव तथा प्रतिक्रियालाई ग्रहण गर्दै सुशासन र सामाजिक न्यायका पक्षमा सरकारले चालेको अभियानलाई अझै सशक्त बनाइनेछ। कमरेडहरू, यी उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेका छन्। सरकारलाई काम गर्न नदिन बिभिन्न कोणबाट भइरहेका यी हर्कतहरू गलत त छन् नै, तर, यो घेराबन्दीले झनै जिम्मेवार ढंगले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचिलित रूपमा अघि बढ्नैपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ। त्यसैले हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा विर्सिनु हुँदैन। हामीले कस्तो विचार विकास गर्छौं, हामीले कस्तो संगठन निर्माण गर्छौं, हामीले जनताका मुद्दाहरूलाई के–कसरी र कुनस्तरमा उठान गर्छौ, हामीले आफ्ना कमजोरीप्रति कस्तो आत्मालोचना र आत्मसमीक्षा गर्छौ, हामीले हाम्रा राम्रा कामहरूको प्रचार के कसरी गर्न सक्छौं भन्ने जस्ता कुराले हाम्रो र सिङ्गो कम्युनिस्ट आन्दोलन एवम् समाजवादी क्रान्तिको आधार तयार पार्ने आन्दोलनको भविष्य निर्भर गर्दछ। वर्तमान सरकारले गरेका लोकप्रिय र जनमुखी कामहरूबारेमा आमपार्टी पंक्ति र जनतामाझ व्यवस्थित प्रचार प्रसार गर्न नसक्दा भ्रमपूर्ण प्रचार गर्नेहरूले ठाउँ पाएकाले सरकारबाट भएका कामहरूलाई एकीकृत माध्यमबाट जनताका बीचमा पुर्याउन सिङ्गो पार्टी एकजुट भएर लाग्न जरूरी छ। यी कामलाई जनतामाझ स्थापित गर्ने जिम्मेवारी र चुनौतीसमेत तपाई हाम्रासामु छ। मैले केन्द्रीय समितिको बैठकमा समेत यो कुरामा विशेष जोड दिँदै तीन महिने अभियानका माध्यमबाट हाम्रो पार्टी आठौं महाधिवेशनको मूल स्पिरिटका आधारमा विचारको विकास, संगठन निर्माण र सांस्कृतिक रुपान्तरण गर्न सक्षम हुने विश्वास व्यक्त गरेको थिएँ। पार्टीको आठौं महाधिवेशनमा हामीले नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न सर्वाधिक महत्वको कुरा वैचारिक–राजनीतिक स्पष्टता कायम गर्ने निष्कर्ष निकालेका थियौँ। आठौं महाधिवेशनको दस्तावेजमा सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ। यस दृष्टिबाट समाजवादको आधार तयार पार्नका लागि निश्चित योजनासहित सबै नेता र कार्यकर्ताहरू जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिकरूपमा विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न जरूरी छ। अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ। यसको अर्थ हामी लाखौं जनतासँम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ। तर, विर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि चाहन्छन् र जनता सुशासन चाहन्छन्। अनि यो सँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ – नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ। माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरु, जनतासँग हामीले भन्न सक्नुपर्दछः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ। कमरेड लेनिनले भन्नुभएको छ, ‘‘यदि तपाई इमान्दार हुनुहुन्छ भने आलोचनाबाट डराउनु हुन्न, बरु जहाँ–जहाँ जनता छन्, त्यहाँ गएर काम गर्नुपर्दछ। र आफूलाई रूपान्तरण गर्नुपर्छ। इमान्दार मानिसले मात्रै साँचो अर्थमा वास्तविक आत्मालोचना गर्न सक्छ। आदरणीय जनसमुदाय एवं कमरेडहरू, हामीले अभियानका क्रममा स्थानीय सन्दर्भमा समेत सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन जरूरी छ। अहिले स्थानीय तहहरू केही श्रोत र साधनबाट सम्पन्न छन्। प्रदेशहरूमा आफ्नै सरकार निर्माण भएका छन्। हाम्रै संघर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई संघीयता कार्यान्वयनको तहमा गएको छ। तर स्थानीय तह र प्रदेशहरूले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाहरूको सम्बोधन गर्न सकेनन्, सुशासन कायम गर्न सकेनन्, विकास निर्माणका कामहरु अघि बढाउन सकेनन् र सामाजिक न्याय कायम गर्न सकेनन् भने यसको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वहरूले टाउको उठाउने मौका पाउनेछन्। त्यसैले अभियानकै क्रममा स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका कामहरूमा पार्टीले विशेष चासो दिन जरूरी छ। मैले बारम्बार भन्दै आएको छु– अबको हाम्रो लडाईं स्थायित्वका निम्ति, समृद्धिका निम्ति, विकासका निम्ति हो। किनकि सर्वत्र हामीले विरासतमा राम्रो चीज प्राप्त गरेका छैनौं, यहाँ बेथितिको डङ्गुर छ। कुशासनका चाङ छन्, ठूला ठूला सेटिङहरू छन्। यी बेथितिहरूलाई सच्याउने, सेटिङहरू भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा हामी छौँ। सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु। अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता रहेको मैले केन्द्रीय समिति बैठकमा समेत उल्लेख गरेको थिएँ। त्यसैले यो तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ। यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु। कमरेडहरू, अहिले अभियानका क्रममा हाम्रो सक्रियता र जनतामाझ हामी पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि उर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुनेछ। कमरेड लेनिनले भनेझैँ अत्यन्त उन्नत सिद्धान्तको आधारमा चल्ने पार्टीले मात्रै जनताको नेतृत्व गर्न सक्छ। अहिले नेपाली समाजको नयाँ चरणको क्रान्ति अर्थात समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो पार्टी यही अग्रदस्ता बन्नुपर्ने अनिवार्यता रहेकोमा पुनः जोड दिन चाहन्छु। नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो। यसले राणाशासन समाप्त ग¥यो। दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो। तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो। जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो। अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ। यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ। साधारण नेतृत्वले पार्टी बनाउँछ। साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग। त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ। अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ। युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन। कमरेडहरू, मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति सर्मपित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन। जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति, परिवर्तन र जनताका पक्षमा बित्यो। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा गरेको छु। हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा होस्, मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेको छ। मेरो नेतृत्वले नेपाली समाजमा के–कति परिवर्तन ल्यायो वा ल्याएन, यसको समीक्षा जनता र इतिहासले गर्ने नै छन्। मैले यो पनि भन्ने गरेको छु, अबको मेरो बाँकी जीवन नेपाली समाजको चरित्र अनुरुप वैज्ञानिक विचारको विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नेतर्फ केन्द्रीत हुनेछ। समाजवादी क्रान्तिको तयारी गर्ने हाम्रो संकल्पसँगै हाम्रो काँधमा इतिहासले एउटा ठूलो जिम्मेवारी दिँदैछ। त्यसैले यो तीन महिने अभियान इतिहासले सुम्पेको यो जिम्मेवारीको ठोस आधार तयार पार्ने समयसमेत हो। हामीले अभियानमार्फत कस्तो विचारको विकास गर्छौं र कस्तो पार्टी निर्माण गर्छौं भन्ने कुरामा हाम्रो भविष्य, हाम्रा लाखौं नेता र कार्यकर्ताको भविष्य समेत निर्भर छ। तसर्थ, यो अभियानका क्रममा तपाइका हरेक पाइला, सोँच, चिन्तन, कार्यशैली समय हामी सबैको, नेपाली जनताको र विश्वका श्रमजीवी जनताको भविष्य निर्माणमा अघि बढ्नेछन् भन्ने विश्वास लिएको छु। आदरणीय जनसमुदाय, पार्टी रुपान्तरणको यो विशेष अभियानमा हामी तपाईको घरदैलौमा आउँदैछौं। मलाई राम्रैसँग बोध छ– माओवादी आन्दोलनसँग यहाँहरुको विशेष आत्मीयता छ, विशेष अपेक्षा छ र केही असन्तुष्टि पनि। अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि यहाँहरुमाझ अब केही हुन्छ, श्रमजीवि जनताले देखेको सपना पुरा हुन्छन्, शोषण र विभेद अन्त्य भई सामाजिक न्यायसहितको समाजको स्थापना हुन्छ भन्ने आशा पुनः पलाएको छ। सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ। हामी वाचा गर्दछौं, हाम्रा कदमहरु अग्रगमनबाट विचलित हुने छैनन्। जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ। कतिपय गल्ती, कमजोरी रहेपनि इतिहासबाट पाठ सिक्दै यो अभियानमार्फत हामी जनताको बलियो, क्रान्तिकारी र भरोसायोग्य पार्टी बन्ने छौं। अभियानका क्रममा यहाँहरुको रचनात्मक र उर्जाशील सहभागिताका लागि हार्दिक अपील गर्न चाहन्छु। अन्त्यमा, सम्पूर्ण कमरेडहरू केन्द्रीय समितिको स्पिरिट र निर्णयअनुसार तोकिएको जिम्मेवारी र कार्यक्षेत्रमा खटौं, पार्टी र जनताबीच नङ–मासुको सम्बन्ध स्थापित गरौं। घेराबन्दी र चुनौतीहरू छिचोल्दै सकारात्मक भाष्य र सुनौलो भविष्य निर्माणमा केन्द्रित होऔं। समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ। धन्यवाद, अभिवादन।

माओवादीको विशेष रुपान्तरण अभियान : अध्यक्ष प्रचण्डले आज बिहान ९ बजे उद्घाटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । “अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ”, उनले भने । पार्टी अध्यक्ष प्रचण्डले अभियान उद्घाटन गरेसँगै देशभरका ६ हजार ७४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ । माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीन महिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ । माओवादीका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले काठमाडौंको चन्द्रागिरि–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नेछन् । महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौंको गोंगबु, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका, जनार्दन शर्माले काठमाडौंको चन्द्रागिरि नगरपालिका, मात्रिकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दिनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्दै छन् । सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौंको बानेश्वर, हितमान शाक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिकामा सञ्चालित अभियानमा सहभागी हुने माओवादीले जनाएको छ । अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ । अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ । दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने प्रवक्ता महराले जानकारी दिए । माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तिमा एकरएक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । अध्यक्ष प्रचण्डले आफूले सातै प्रदेशका एकरएक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । आगामी कात्तिकसम्म अभियान चल्नेछ । रासस

समाजवादको नयाँ यात्रामा उभिन चाहन्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको नयाँ यात्रामा उभिन चाहेको बताएका छन् । त्यसका लागि कम्युनिस्टहरू एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाई छ । शुक्रबार पोखरामा समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताएका हुन् । एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै उनले कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेको उनले बताए । ‘समाजवादको नयाँ यात्रामा उभिन चाहन्छौं,उनले भने । प्रधानमन्त्री प्रचण्डले भने- ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन । यहाँ सबै कम्युनिस्ट जोडेर जान्छौं । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं । आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्नेगरी जानेछौं ।’ मोर्चा विगतको जस्तो कमजोर नरहेको दाबी गर्दै उनले समाजवादी मोर्चा लामो समयसम्म चल्ने गरी बनाइएको बताए । हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको पनि बताए । सरकारमा सुशासनतर्फ राम्रो काम भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन पनि यसतर्फ सकारात्मक रहेको बताए । उनले आफ्नो नेतृत्वमा सरकार बन्दा खस्कँदो अर्थतन्त्रलाई उकास्न मौद्रिक र वितीय नीतिमार्फत संकटलाई समाधान गर्नतर्फ केन्द्रित रहेको बताए । अर्थतन्त्रमा सुधार आए पनि अझै केही समस्या बाँकी रहेको उनको भनाइ रहेको छ । भू माफियाको जगजगी बढी हुँदा ललिता निवासको फाइल खोलिएको उनले बताए । उनले सुन तस्करी सामान्य नरहेको भन्दै यसमा धेरैथरीका मान्छेको संलग्नता रहेको उल्लेख गर्दै दोषिलाई कारबाही गरिने र निर्दोषलाई नफसाइने बताए ।साथै,उनले भ्रष्टाचारविरुद्ध जो कोही भएपनि कारबाही अगाडि बढाइने उल्लेख गर्दै भ्रष्टको लिस्टमा आफ्नो नाम भएपनि कारबाही अगाडि बढाउन निर्देशन दिएको पुनः स्मरण गराए ।

समाजवादी मोर्चाको गण्डकी स्तरीय सन्देश सभा सम्पन्न (तस्बिर)

काठमाडौं । समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभा सम्पन्न भएको छ । सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोर्चाको अध्यक्ष समेत रहेका नेकपा (एकृकित समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव लगायतले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् । ‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु’, प्रचण्डले भने ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुन्छ जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’

तीन महिनाभित्र आईसीटी फोरम वडा तहसम्म विस्तार गर्न माओवादी केन्द्रको परिपत्र

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन आइसीटी फोरमलाई तीन महिनाभित्र वडातहसम्म विस्तार गरिने भएको छ । आइसीटी फोरम कार्यसमितिले गरेको निर्णयसहित तीन महिनाभित्र केन्द्रीय समितिदेखि वडा समिति तथा जनवर्गीय संगठनका सबै तहसम्म आइसीटी फोरम विस्तार गर्ने गरी परिपत्र जारी गरेको हो । सूचना र प्रविधि क्षेत्रमा विपक्षी दलहरूको तुलनामा माओवादी केन्द्र रक्षात्मक रहेको निष्कर्ष निकाल्दै विपक्षीबाट हुने अनर्गल प्रचारको प्रतिबाद गर्ने गरी अध्यक्ष प्रचण्डले भदौ १० गते आइसीटी फोरम घोषणा गरेका थिए । ४१ सदस्यीय कार्यसमितिमा अहिले २९ जनामात्र छन् । राष्ट्रिय सम्मेलनबाट पदाधिकारीसहित कार्यसमिति गठन गर्ने अध्यक्ष गोविन्द आचार्यले जारी गरेको परिपत्रमा उल्लेख छ । यसरी हुन्छ कार्यसमिति गठन १. राष्ट्रिय सम्मेलनका प्रनिनिधिहरुबाट निर्वाचित देहाय बमोजिमका पदाधिकारीहरु रहने ४१ सदस्यीय एक कार्य समिति गठन गरिने छ । अध्यक्ष–१, उपाध्यक्ष–७ (सात प्रदेशवाट एक एक जनाका दरले), महासचिव–१, सचिव–३ (एक महिला र एक समावेशी अनिवार्य) र कोषाध्यक्ष–१ लाई कार्य समितिले चयन गर्ने छ । कार्य समितिले ३ः१ को अनुपातमा सचिवालय गठन गर्न सक्ने छ । २.कार्य समितिको कार्यकाल ४ (चार) वर्षको हुने छ । ३.राष्ट्रिय सम्मेलन नहुँदासम्म संस्थापकहरुले आयोजक समितिको भूमिका खेल्नेछन् । ४.कार्य समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्य समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको बैठक तुरुन्त बोलाउनुपर्ने छ । ५.कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको बैठक बस्ने छैन । ६.कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा महासचिवले अध्यक्षता गर्ने छ । ७.कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुने छ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ । यस्तो छ कार्यविभाजन आइसीटी फोरममा रहने सदस्यहरूले पार्टी प्रदेश, जवस, मोर्चाको प्रतिनिधित्व गर्ने र सोही प्रदेश, मोर्चा र जवसमा आइसिटी फोरमको संयोजन गर्ने गरी कार्य विभाजन गरिएको छ । पार्टीको ३ महिने अभियानको क्रममा पार्टी, जवस र मोर्चामा वडा तहसम्म आइसीटी फोरम गठन गरिसक्नु पर्ने छ । अन्य नेताहरूले कार्यालयसँग जोडिइ कार्य गर्ने । कार्यालयको तर्फबाट अध्यक्षले अर्को बैठकमा समग्र कार्य विभाजन र कार्यक्रमको खाका पेस गर्ने तथा संस्थाको विधान दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

भ्रष्टाचारविरूद्ध दायाँ बायाँ नहेरी अभियान चलाएका छाैं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन्। बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको बताएका हुन् । केही मानिसले प्रधानमन्त्री माओवादीका नेता तथा कार्यकर्ता बचाउन लागिरहेको भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले गल्ती गरेको भए कसैले पनि छुट नपाउने उल्लेख गरे । सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारबाट कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको उल्लेख गरे । उनले सत्ता टिकाउनको लागि समाजवादी मोर्चा गठन नगरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले पार्टी नेतृत्वप्रति नेता र कार्यकर्तामा ठूलो असन्तुष्टि भएकाले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने संकेतहरू देखिएको बताए । सभालाई सम्बोधन गर्दै सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाहाल नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरे । सरकारले सही काम गरिरहेको र राम्रो उद्देश्यका निम्ति बनाएका गठन भएकाले वर्तमान सरकारलाई देशी, विदेशी कुनै पनि शक्तिले हल्लाउन नसक्ने अध्यक्ष नेपालको दाबी छ । एमसीसी आर्थिक सहयोगमात्रै भएको र यसलाई अन्य विषयसँग जोडिन नहुने उनको भनाई छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अन्य सरकार जस्तो नभएको बताउँदै भ्रष्ट्राचारविरुद्धको लडाईमा आफ्नो पार्टीको सधै साथ र सहयोग रहने बताए। नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भईरहेको टिप्पणी गर्दै महासचिव चन्दले एमसीसी जनताको हितमा नभएको समेत बताएका थिए ।

आज जनै पूर्णिमा : जनै फेर्ने, रक्षाबन्धन,क्वाँटी खाने र राखी बाँध्ने प्रचलन

काठमाडौं । आज रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व जनै फेर्ने (नव यज्ञोपवीत), रक्षाबन्धन धारण गरेर मनाइँदै छ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाउँदै आइएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु तथा पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहिआएको छ ।​ तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।​ सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।​ यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ। स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो। वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत बागमती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनको भनाइ छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने गर्दछ।

ई.अ.सं. द्धारा शूल्क वृद्धि फिर्ता, विद्यार्थीले आन्दोलन फिर्ता लिने सहमति

काठमाडौं । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत हाल वृद्धि गरिएको शुल्क फिर्ता लिने भएको छ । आज भाद्र १३ गते त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू तथा विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरू बीच भएको छलफलममा शुल्क फिर्ता र आन्दोलन फिर्ताको निर्णय भएको हो । सहमतिमा उपकुलपति सहित इन्जिनियरिङ्ग अध्ययन संस्थानका पदाधिकारीहरू र  विद्यार्थी संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आज नै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग भेट गरी शुल्क घटाउने प्रतिबद्धता जनाएका थिए । उनले जनताका छोराछोरीले सस्तो र सुलभ शिक्षा पाउँनुपर्नेमा सरकार गम्भिर रहेको बताएका थिए । यस्ता छन् छलफलका निर्णय १. इन्जिनियरिङ्ग अध्ययन संस्थानअन्तर्गत हाल बृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने । २. आजैको मितिमा बिद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिन भित्रमा प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत हुने । ३. उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गरिने । ४. ई.अ.सं. अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने । ५.आजकै मितिबाट आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिने ।

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

काठमाडौं । सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा. सनत कुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी छन् । यसैगरी, बैठकले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा कैलाश कुमार पनेरुलाई नियुक्त गरेको छ । सञ्चारमन्त्री शर्माले नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिइन् । यसैगरी, नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णय बैकले गरेको छ । सञ्चार मन्त्री शर्माले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०८१ का लागि जम्मा ३८ राजपत्राङ्कित अधिकृतस्तरका अस्थायी दरबन्दी स्वकृत गर्ने निर्णय पनि बैठकले गरेको बताइन्। त्यस्तै मन्त्रिपरिषद् बैकले अन्य विभिन्न २० वटा निर्णय गरेको छ ।

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएक छन्। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै सिंगो देश खेलाडिको साथमा रहेको बताए । साथै, उनले खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका छन् । भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । नेपालले आज बुधवार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आईएमएफको भारतलाई आग्रह

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मङ्गलबार ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, “यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ । आईएमएफले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो ।

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। एक क्विन्टल सुन तस्करी प्रकरणमा दोषी रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। यो सँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो।