कानुनविद्को सल्लाह सुझावका आधारमा सरकारले चौधरीलाई रिहाइ गर्ने निर्णय गरेको हो : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने निर्णय गरेको स्पष्ट पारेकी छिन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले कानुनविद्को सल्लाहका आधारमा कानुनबमोजिम चौधरीलाई रिहाइ गर्ने निर्णय भएको जानकारी दिइन्।
‘हामीले कानुनविद्हरूसँगको राय सल्लाह परामर्शबाट निर्णय गरेका हौँ। हामीले लिएको रायअनुसार कानुनतः ठिक छ भन्ने छ। कानुनभन्दा बाहिरबाट गरेका छैनौँ,’ उनले भनिन्।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई जेठ १५ गते आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। टीकापुर हत्या काण्डका मुख्य दोषी ठहरिएका चौधरी हाल डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन्।
प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीले जवाफ दिंदै (प्रत्यक्ष प्रसारण)
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिइरहेका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने छ ।
राष्ट्र र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आज सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्दै विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन्। सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ। तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै एक ठाउँमा उभिनु आवश्यक छ। प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन्। तर त्यो भन्दामाथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हितमा काम गर्न एक हुनुपर्छ।’’ प्रधानमन्त्री प्रचण्डले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पार्दै अहिले देशका अघि रहेका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे ।
जलहरी प्रकरण अख्तियारले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको जलहरी प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको रहेको उल्लेख गर्दै, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने, जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइरहेको छ ।,’’ ‘‘यस विषयमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेनै छ । प्रधानमन्त्री प्रचण्डले पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको बताए । आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन रहेको पनि स्मरण गराए । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकी विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’’ प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले सो जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ । एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो ।
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठुल्ठुला एक्सन हुन्छन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो अहिले सुसासन,समृद्धि र भ्रष्टाचारका विरुद्ध त्यहि मानसिकताका साथ हाम फालेको प्रधानमन्त्रीले बताए । विचार,राष्ट्र र जनताको निम्ति नयाँ सकल्पका साथ नयाँ अभियानमा आफु लागेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, – ‘१० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौं।’ प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने बताए। उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं। अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं ।’ अहिले सरकारको नेतृत्व गर्ने अवसर आन्दोलन, वैचारिक लामो संर्घर्षबाट निरन्तर खारिएको नेतृत्वको पहलकदमीले मात्रै सम्भव भएको उनले बताए । उनले युद्ध देखि शान्ति प्रक्रियाको हालको अवस्थामा आइपुग्दाको अनुभवको आधारमा आफु देशको नेतृत्व लिनुपर्ने निर्णयमा पुगेको समेत बताए । ‘सरकारले सुसासन र समृद्धिको संकल्पका साथ काम सुरु गरेको छ,’ उनले भने, ‘सरकारकाे नेतृत्व गरेर यहाँसम्म आउँदा एउटा नयाँ अन्दोलन नयाँ अभियान र नयाँ सस्कारको सुरुवात हुन खोजेको महशुस जनतामा भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए। उनले भने,-‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।’ आफुहरू नेतृत्वमा गएदेखि आफुहरूलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भने – ‘हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौं । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभियार र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।’ इच्छुक क्रान्तिकारी विचार र निष्ठा भएका क्रान्तिकारी साहित्यकार तथा पत्रकार भएको भन्दै कृष्णसेनको स्मरण गरे । उनले भने-‘कृष्णसेन पद प्रतिष्ठा र व्यक्तिगत लाभ हानीलाई नहेरी निष्ठामा अगाडी बढ्ने योद्धा हुनुहुन्थ्यो । एकपटक मैले उहाँलाई केन्द्रीय समितिमा प्रस्ताव गर्दा अर्को कामरेडलाई त्यो जिम्मेवारी दिन आग्रह गर्नुभयो । पार्टीमा तिब्र वैचारिक बहस र छलफल चल्दा कृष्णसेन जहिले पनि क्रान्तिकारी कित्तामा लाग्नुभयो । जेलनेलको यातना भोग्दा पनि कहिल्यै डगमगाउनु भएन ।’ कृष्णसेनलाई नेपाली समाजले प्रेरणाको रुपमा लिने गरेको समेत बताए ।प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पुरा गर्नका लागि पनि आफुहरूले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए। उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गरे । विचार निष्ठाप्रतिको त्याग नै कृष्णसेन इच्छुक प्रतिको सहि सम्मान हुने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्ड आगामी बुधबार भारत भ्रमणमा जाने, यस्तो छ भ्रमणको कार्यतालिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको चार दिन लामो औपचारिक भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन्। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् । भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जानकारी दिइएको छ। प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जानेछिन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट हुनेछ । प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत एचईले आयोजना गरेको स्वागत स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्रीले शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रमन्त्रालयले जनाएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।
संसदमा आज प्रश्नोत्तर : सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ।व। २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।
सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति,आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौं । सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति भएको छ । बुधबार सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकारसँग ७ बुँदे सहमति भएको हो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेक बहादुर महत तथा नेपाल विज्ञापन संघका प्रतिनिधि सुदिप थापा, कृष्ण प्रसाद घिमिरे, कृष्ण मुरारी लामिछाने, रविन्द्र कुमार रिजाल शशी, विज्ञापन बोर्डका सदस्य बलराम थापाको हस्ताक्षरमा उक्त सहमति भएको हो । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको आनले जनाएको छ । विज्ञापनदाता एवम् विज्ञापन एजेन्सीहरूले सरकारी विज्ञापन प्रकाशन / प्रसारणको जानकारी बोर्डलाई दिने तथा त्यस्तो विज्ञापनको भुक्तानी कानुन बमोजिम बोर्डमार्फत हुने व्यवस्था गर्ने एजेन्सीले सम्बन्धित विज्ञापनदातालाई कर बिजक जारी गर्ने सहमति भएको आनले जनाएको छ । सो व्यवस्था कार्यान्वयनमा समस्या उत्पन्न भए समयानुकूल संशोधन गर्ने सहमति भएको छ । आन र सरकारबीच भएको ७ बुँदे सहमति । १. विज्ञापनदाता एवं विज्ञापन एजेन्सीहरुले सरकारी विज्ञापन प्रकाशन प्रशारणको जानकारी बोर्डलाई दिने तथा त्यस्तो विज्ञापनको भुक्तानी कानुन बमोजिम बोर्डमार्फत् हुने व्यवस्था गर्ने एजेन्सीले सम्वन्धीत विज्ञापनदातालाई कर बिजक जारी गर्ने उक्त व्यवस्था कार्यान्वयनमा समस्या उत्पन्न भए समयानुकुल संशोधन गर्ने । २. विज्ञापन बोर्डमा नेपाल विज्ञापन संघको संस्थागत प्रतिनिधित्वको लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सिफारिस गर्ने । ३. विज्ञापन एजेन्सीले सञ्चार माध्यमले निर्धारण गरेको दररेटमा कारोबार गरी सेवा शुल्क प्राप्त गर्नु पर्ने निर्धारित दररेटमा कारोबार गरे नगरेको सम्वन्धमा बोर्डले अनुगमन तथा नियमन गर्ने साथै बोर्डले विज्ञापन प्रयोजनको लागि सञ्चार माध्यमको स्तरिकरण गर्ने गराउने । ४. स्वास्थ्य शिक्षा श्रम रोजगार कृषि वन पर्यटन बिमा जस्ता प्रत्यक्ष सारेकार राख्ने विषयको जनचेतनामूलक सामाग्री प्रकाशन गर्न तथा विज्ञापन बजारको विकास र विस्तारका लागि विज्ञापनको राष्ट्रिय निति मार्फत आवश्यक व्यवस्था मिलाउने र राष्ट्रिय नितिलाई यथासिघ्र निस्कर्षमा पु्याई सो बमोजिम ऐन नियमावलीमा समयानुकुल परिवर्तन गर्दै जाने । ५. विज्ञापन व्यवसायको अनुगमन प्रक्रियामा विज्ञापन व्यावसायीक संघ संस्थाको संलग्नताका लागि आवश्यक पहल गर्ने । ६. बाह्य विज्ञापनका क्षेत्रमा देखिएका ठेक्का कर लगायतका समस्या समाधानको लागि विज्ञापन (नियमन गर्ने ) नियमावली तथा मापदण्डमा व्यवस्था गर्नुको साथै स्थानीय तहसँग समन्वय तथा सहजीकरण गर्ने । ७. डिजिटल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न आवश्यक कानूनी व्यवस्था गर्न मन्त्रालयलाई सिफारिश गर्ने ।
‘सर्वोच्चको फैसला स्वीकार्छु’ : रेशम चौधरी
काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । ८ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै आज विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका हुन् । ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्चको फैसला आफूप्रति न्यायिक नहुन सक्ने भए पनि त्यसलाई स्विकार्नुको विकल्प नभएको उनले उल्लेख गरेका छन् । मिति २०८० जेष्ठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुल्ला छ‚’ उनले लेखेका छन्‚ ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं‚ साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।’ हेर्नुस विज्ञप्ति
फेरिए ललितपुर र कास्कीसहित आठ जिल्लाका सिडिओ
काठमाडौं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। सरुवामा ललितपुर, कास्कीलगायत जिल्लाका सिडिओ फेरिएका छन्। ललितपुरको सिडिओमा सहसचिव रुद्रप्रसाद पण्डितको सरुवा भएको छ। पण्डित यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए। कास्कीमा वासुदेव घिमिरेलाई सिडिओ बनाइएको छ। उनी गृह मन्त्रालयमा कार्यरत थिए। धादिङमा सहसचिव बद्रीनाथ गैरे, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मी र अछाममा शिवराम न्यौपानेलाई सिडिओका रूपमा खटाइएको छ। गुल्मीमा यसअघि सागरमणि पाठक कार्यरत रहेका थिए । नक्कली शरणार्थी प्रकरणमा उनलाई पनि प्रहरीले सोधपुछ गरेको थियो। प्रतिवेदन किर्ते भएको वेला उनी गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको प्रमुख थिए। त्यस्तै, उपसचिव माधवप्रसाद शर्मालाई रुकुम पूर्व र कृष्ण पौडेललाई तेह्रथुमको सिडिओमा खटाइएको छ। सहसचिव झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ।
दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न मन्त्री शर्माको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध रहेको बताएकी छिन । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले दूर सञ्चार क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुबीच व्यापक छलफल गरेर अघि बढनुपर्ने बताइन् । मन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियमक निकायको रुपमा रहेर आफ्नो काममा ध्यान दिन पनि सचेत गराइन् । मन्त्री शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन समेत दिएकी छन् । मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटी रहने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनेगरी यसका सेवा प्रदायक संस्थाहरुलाई काम गर्न सचेत गराएकी हुन् । लक्ष्य निर्धारण गर्न र सोही अनुसारको कार्यक्रम बनाएर अघि बढन पनि सो क्षेत्रका निकायहरु लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याइन् । ‘मन्त्री शर्माले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र सबैको पहुँचमा पुर्याउने काममा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय लाग्नुपर्ने बताइन् । उनले नेपाल टेलिकमले भारत, चीनलगायतका छिमेकी मुलुकहरुबाट सिकेर पनि यस क्षेत्रको विकासमा काम गर्नुपर्ने स्पष्ट पारिन् ।
एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । मदन –आश्रित स्मृति दिवसलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताए । उनले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए । उनले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाए । उनले पार्टीको यस्ता विचार र नेताहरु बिरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने बताए। उनले भने, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरुभित्र अलोकतान्त्रिक चरित्रहरु विद्यमान छन् । त्यसो भएकाले पार्टीहरुको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेता भन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीति भन्दा नेता प्रधान भन्ने मान्यतामा छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरुलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरुको पहिचान गर्नुहोस्, त्यसका बिरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’ अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। उनले नेपालमा कांग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गरे।
अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरे। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिए। भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरे। उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिए ।
बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने
काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ । दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो। नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन्। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ। दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ।
मदन–आश्रित दिवसले वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने प्रधानमन्त्री प्रचण्डको विश्वास
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रहस्यमय दासढुंगा दुर्घटनालाई सम्झना गरेका छन् । उनले रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत भएका मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धान्जली व्यक्त गर्दै मदन–आश्रित दिवसले वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन् -‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’ २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन–आश्रितको निधन भएको थियो । मदन–आश्रित दूर्घटना अहिलेसम्मपनि रहस्यमय नै छ ।
सरकारले घटायो डिजेल र मट्टीतेलको मूल्यमा १० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत राखेको छ । अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।

