आज यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदलीको रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधबार राती भने प्रदेश-१, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकाले आगामी आर्थिक वर्षका लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९।२०८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ। जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ। सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो।

मन्त्रिपरिषद् बैठकका १३ निर्णय यस्ता छन्

काठमाडौं । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई जना डिआइजीको बढुवासँगै विभिन्न १३ निर्णय गरेको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय चुनाव सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै यसमा सहभागी सबैलाई धन्यवाद दिएको छ । बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्डबाट सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्व बैङ्कबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको छ । यससँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइज) नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । त्यस्तै, नेपाल प्रहरीका नायब महानिरीक्षक वसन्तकुमार लामालाई पनि एआईजीमा बढुवा गरेको छ ।    

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगममा धर्ना

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो । त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २ सय रुपैयाँले मूल्य बढाएको छ ।

सुदूरपश्चिमका ८८ मध्ये ८६ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते त ? (सूचिसहित)

कैलाली । सुदूरपश्चिमका ८८ मध्ये ८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भए अनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका नेतृत्वमा विजय हासिल गरेको छ । प्रदेशका दुई स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसले डोटीका ७, बझाङका ६, अछामका ६, डडेल्धुराका ५, कञ्चनपुरका ५, बैतडीका ४, बाजुराका तीन र कैलालीका तीन स्थानीय तहगरि ३९ स्थानीय तहमा जितेकाे छ । एमालेले दार्चुलाका ५, बाजुराका ५, बैतडीका ४, बझाङका ३, कञ्चनपुरका ३, कैलाली र अछाम २/२ तथा डोटीको एक स्थानीय तहसहित २५ वटामा जितेको हो। माओवादी केन्द्र भने दार्चुलाका चार, बझाङ, डडेल्धुरा र कैलालीका २/२, बैतडी, डोटी अछाम र कञ्चनपुरका एक/एक स्थानीय तहसहित १४ पालिकामा जितेको छ। कैलालीमा भने रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले बलियो स्थान हासिल गरेको छ । नेपाली काँग्रेस डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का डोटीको सायल गाउँपालिका– धर्मराज जोशी डोटीको शिखर नगरपालिका– दीर्घ बलायर डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी डडेल्धुराको भागेश्वर गाउँपालिका– हेमराज चटौत अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा कञ्चनपुरको पुनर्वास नगरपालिका– तोयप्रसाद शर्मा कञ्चनपुरको भीमदत्त नगरपालिका– पदम बोगटी कञ्चनपुरको कृष्णपुर नगरपालिका– हेमराज ओझा बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर बझाङको सुर्मा गाउँपालिका– खडक बोहरा बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी कैलालीको लम्की नगरपालिकाको प्रमुख– सुशिला शाही नेकपा एमाले बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ) बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– रणबहादुर महरा बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत बाजुराको बुढीनन्दा नगरपालिका–जनककुमार बोहरा कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर अछामको तुर्माखाद– डम्मरबहादुर बिसी अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा नेकपा माओवादी केन्द्र दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’ कैलालीको गौरीगंगा नगरपालिका– देवीदत्त कँडेल नागरिक उन्मुक्ति पार्टी कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी कैलालीको भजनी नगरपालिका– शेरबहादुर चौधरी कैलालीको जानकी गाउँपालिका– गणेश चौधरी नेकपा (एकीकृत समाजवादी) कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत बझाङको केदारस्युँ गाउँपालिका – गणेश बोहरा स्वतन्त्र कैलालीको धनगढी उपमहानगरपालिका– गोपाल हमाल बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

बलात्कारका घटनामा हदम्याद खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं । बलात्कार जस्ता जघन्य अपराधमा हदम्यादकै कारण अपराधीले उन्मुक्ति पाउने भन्दै अखिल क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । एकजना पीडिताले आफूलाई सन् २०१४ मा सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको कुरा सार्वजनिक गरेपछि हदम्यादका कारण न्याय नपाउने बहस चलिरहेको बेला अखिल क्रान्तिकारीले सम्बन्धित कानुनमा संशोधनको माग गरेको हो । “जबर्जस्ती करणी जस्तो संवेदनशील जघन्य महिलाविरुद्धको अपराधमा संकुचित हदम्यषदको कारण पीडितले न्यायबाट वञ्चित हुनुपरेको र पीडकको मनोबल बृद्धि हुने अवस्था देखिँदा तुरुन्त हदम्याद खारेजीको लागि सम्बन्धित कानुन संशोधन गर्न जोडदार माग गर्दछौं ।” ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा यस्ता घटनासँग सम्बन्धित पीडित तथा परिवारमा पर्नसक्ने दबाब र प्रभावलाई समेत मध्यनजगर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापनको समेत माग गरिएको छ ।

प्रेस सेन्टर नेपालले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौं । काठमाडौं, जेठ ९ गते । प्रेस सेन्टर नेपालले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । संगठनले कृष्णसेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालको तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ । वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ । बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताए।

ललितपुर २१ को वडाअध्यक्षमा माओवादी केन्द्रका महर्जन विजयी

ललितपुर, जेठ ९ गते । ललितपुर महानगरपालिका– २१ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) रविन्द्र महर्जन विजयी भएका छन् । उनले एक हजार १९९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ज्ञानभक्त डंगोलले एक हजार १८० मत प्राप्त गरे । सो वडाको महिला सदस्यमा पनि माओवादी केन्द्रकी हेलेन शोभा महर्जन र वडा सदस्यद्वयमा माओवादीका प्रदीप डंगोल तथा एमालेका शालीक राम महर्जन विजयी भए । त्यसैगरी ललितपुर महानगरपालिका १६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका निर्मल रत्न शाक्य दुई हजार ३७३ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गरे । सो वडाको महिला सदस्यमा कांग्रेसकी बबिता श्रेष्ठ र सदस्यद्वयमा कांग्रेसका पञ्चरत्न बज्राचार्य र मदन महर्जन विजयी भएका छन् । महानगरको १८ वडाअध्यक्षमा एमालेका दामोदर खड्का ८९१ मतसहित विजयी भए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्कर केसीले ७०४ मत ल्याए । सो वडाको महिला सदस्यमा एमालेकी रुकु मणि महर्जन, दलित महिलामा एमालेकी राधिका रोक्का, सदस्यद्वयमा एमालेका निरोज कुँवर र गोपाल डंगोल निर्वाचित भएका छन् । यसैगरी, महानगरको वडा नं २० को अध्यक्षमा कांग्रेसका चन्द्रलाल महर्जन एक हजार ३१५ मतसहित विजयी भए । वडाको महिला सदस्यमा कांग्रेसका गीता महर्जन, दलित महिलामा मंगल देवी नेपाली र सदस्यद्वयमा कांग्रेसका अमर डंगोल र शैलेन्द्र शाक्य निर्वाचित भएका छन् । वडा नं २३ मा एमालेका जीवन महर्जन एक हजार ४३ मतसहित वडाअध्यक्षमा निर्वाचित भए भने महिला सदस्यमा एमालेकी मधु श्रेष्ठ, दलित महिलामा सानुमाया विक, सदस्यद्वयमा एमालेका किरण खड्का र राजन मल्ल ठकुरी विजयी भएका छन् ।

स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी (अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत जारी मत गणनामा अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको हालसम्म प्राप्त नतिजाको विवरण अनुसार नेपाली काँग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगले जारी गरेको नतिजाका लागि तलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ । निर्वाचन आयोगद्वारा जारी बिवरणका लागि यहाँ क्लिक गर्नुहोस:

मकवानपुरमा भ्यान दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं – मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।

मोरङको रङ्गेलीमा बढी मत भेटिएको विषयमा अनुसन्धान सुरु

मोरङ । मोरङको रङ्गेलीमा मतगणनाको क्रममा मुचुल्का उठाइएको भन्दा १०८ मत बढी फेला परेपछि सुरु भएको विवादबारे अनुसन्धान सुरु गरिएको छ । रङ्गेलीको वडा नम्बर ७ मा ३ हजार २४२ मत खसेको मुचुल्कामा उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो । मुचुल्का उठाइएको भन्दा १०७ मत बढी कसरी आयो भन्ने विषयमा प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गर्नुभएको हो । त्यसमा केन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनाली पनि रहनुभएको छ । मुचुल्काको विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको हो । मुचुल्कामा कुरा नमिल्दा दुई दिनदेखि मतगणना रोकिएको छ ।

भरतपुरमा ३३१० मतले रेनु अगाडि

चितवन, चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै गरेको छ । माओवादी केन्द्रका तर्फ नगरप्रमुखकी उम्मेदवार रेनु दाहालले आज बिहान साढे सात बजेसम्म ३३१० मतले अग्रता लिएकी छिन् । रेनुले २० हजार ४९२ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका विजय सुवेदीले १७ हजार १८२ मत पाएका छन् । ृउपमेयरमा समेत गठबन्धनकै उम्मेदवार अगाडि छन् । गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका राप्रपाका हिमला गुरुंगले १३ हजार ६४६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा २५ हजार मतसहित बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार बालेन्द्र साहले २५ हजार ४ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १३ हजार ४ सय ९९ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो पार्नुभएको छ । उहाँले १८ हजार ७ सय ८५ मत पाउनुभएको छ भने नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १५ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले १९ हजार ३ सय २४ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले २० हजार ७ सय ९५ मत प्राप्त गर्दा नेकपा एमालेका सागर थापाले १५ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्य २५ हजार २ सय २६ मतसहित अग्र स्थानमा रहदा एमालेका कृष्ण बहादुर थापाले २२ हजार १ सय ९२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले १९ हजार ४२९ मत प्राप्त गर्दा नेकपा एमालेका विजयकुमार सरावगीले १० हजार १ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

लुम्बिनीका ७१ स्थानीय तहकाे परिणाम सार्वजनिक, कांग्रेस पहिलाे, माओवादी दाेश्राे

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार लुम्बिनीका ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो। माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ। नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेको छ। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये गुल्मी, रोल्पा, बर्दिया र रुकुम पुर्वका सबै पालिकाको मतगणना सकिएको आयोगले जनाएको छ। नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह गुल्मी दरबार गाउँपालिका, गुल्मी रेसुंगा नगरपालिका, गुल्मी मदाने गाउँपालिका, गुल्मी ईस्मा गाउँपालिका, गुल्मी कालिगण्डकी गाउँपालिका, गुल्मी ऐरावती गाउँपालिका, प्यूठान स्वर्गद्धारी गाउँपालिका, प्युठान राजपुर गाउँपालिका, दाङ बबई गाउँपालिका, दाङ राजपुर गाउँपालिका, दाङ दंगीशरण गाउँपालिका, दाङ लमही नगरपालिका, दाङ शान्तिनगर गाउँपालिका, दाङ डुडुवा गाउँपालिका, बाँके राप्ती सोनारी गाउँपालिका, बाँके बारबर्दिया नगरपालिका, बर्दिया गुलरिया नगरपालिका, बर्दिया गेरुवा गाउँपालिका, बर्दिया ठाकुरबाबा नगरपालिका, बर्दिया बारबर्दिया गाँउपालिका, बर्दिया मधुवन नगरपालिका, बर्दिया रैनादेवी छहरा गाउँपालिका, पाल्पा रामपुर नगरपालिका, पाल्पा तानसेन नगरपालिका, पाल्पा रैनादेवी छहरा गाउँपालिका, पाल्पा गंगादेव गाउँपालिका, रोल्पा रुन्टीगढी गाउँपालिका, रोल्पा सिद्धार्थनगर नगरपालिका, रुपन्देही शुद्धोधन गाउँपालिका, रुपन्देही कञ्चन गाउँपालिका, रुपन्देही सितगंगा नगरपालिका, अर्घाखाँची छत्रदेव गाउँपालिका, अर्घाखाँची माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह थवाङ गाउँपालिका, रोल्पा रोल्पा नगरपालिका, रोल्पा परिवर्तन गाउँपालिका, रोल्पा सुनिल स्मृति गाउँपालिका, रोल्पा लुङ्ग्री गाउँपालिका, रोल्पा माडि गाउँपालिका, रोल्पा सुनछहारी गाउँपालिका, रोल्पा चन्द्रकोट गाउँपालिका, गुल्मी धुर्कोट गाउँपालिका, गुल्मी रुरुक्षेत्र गाउँपालिका, गुल्मी मालिका गाउँपालिका, गुल्मी पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व सिस्ने गाउँपालिका, रुकुम पूर्व भुमे गाउँपालिका, रुकुम पुर्व बंगलाचुली गाउँपालिका, दाङ राप्ती गाउँपालिका, दाङ गढवा गाउँपालिका, दाङ प्यूठान नगरपालिका, प्यूठान माण्डवी गाउँपालिका, प्यूठान रिब्दीकोट गाउँपालिका, पाल्पा राजापुर गाउँपालिका बर्दिया राष्ट्रिय जनमोर्चाले जितेको पालिका मल्लरानी गाउँपालिका, प्युठान भुमिकास्थान नगरपालिका, अर्घाखाँची एमालेले प्रमुख जितेका स्थानीय तह देवदह नगरपालिका, रुपन्देही ओमसतिया गाउँपालिका, रुपन्देही पुर्वखोला गाउँपालिका, पाल्पा तिनाउ गाउँपालिका, पाल्पा माथागढी गाउँपालिका, पाल्पा निस्दी गाउँपालिका, पाल्पा बगनासकाली गाउँपालिका, पाल्पा छत्रकोट गाउँपालिका, गुल्मी सत्यवती गाउँपालिका, गुल्मी मुसिकोट नगरपालिका, गुल्मी सरुमारानी गाउँपालिका, प्यूठान नौबहिनी गाउँपालिका, प्युठान सन्धीखर्क नगरपालिका, अर्घाखाँची मालारानी गाउँपालिका, अर्घाखाँची पाणिनी गाउँपालिका, अर्घाखाँची त्रिवेणी गाउँपालिका, रोल्पा बासगढी नगरपालिका, बर्दिया सरावल गाउँपालिका, नवलपरासी पश्चिम

भरतपुर महानगरमा रेनुले लिइन ३ हजार बढीकाे अग्रता

चितवन, भरतपुर नगरपालिकामा नगर प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार रेनु दाहालले तीन हजार बढीकाे अग्रता कायम गरेकी छिन् । अहिले बिहान ७ बजेसम्मकाे गणना अनुसार नतिजा यस्ताे छ । मेयर ११७६५ विजय सुवेदी (एमाले) १४७६६ रेनु दाहाल (माओवादी) ६०९० जगन्नाथ पौडेल ( स्वतन्त्र ) उपमेयर १७०९६ चित्रसेन अधिकारी ( काङ्ग्रेस ) ९५०१ हिमला गुरुङ्ग (राप्रपा )

धादिङको त्रिपुरासुन्दरी अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजु उप्रेती तथा उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का देवराज धरेल निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार उप्रेतीले ६ हजार ७ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार उमेशकुमार थापा क्षेत्रीले ५ हजार १ सय २६ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार देवराज धरेलले ६ हजार ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उपाध्यक्ष उम्मेदवार संगीता कुमालले ५ हजार २ सय १० मत प्राप्त गरिन् । गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका भीमप्रसाद भट्ट, वडा नम्बर २ र ३ मा क्रमशः एमाले उम्मेदवार कृष्णबहादुर खत्री र कमलबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ४ मा कपिलदेव सिम्खडा, वडा नम्बर ५ मा कुशबहादुर सिटौला, वडा नम्बर ६ मा हरि विक, वडा नम्बर ७ मा सुवास अधिकारी माओवादी केन्द्रबाट उम्मेदवार भई अध्यक्षमा निर्वाचित भएका छन् ।