यस्तो छ पल शाहले प्रहरीसमक्ष गरेको बयान

काठमाडौं । नाबालिक गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पल शाहले प्रहरीलाई दिएको बयान सार्वजनिक भएको छ ।

अभिनेता पल शाहविरुद्ध नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

केही मिडियामा सार्वजनिक भएको बयानमा पल शाहले निज नाबालिक भनिएकी गायिकालाई जबर्जस्ती करणी नगरेको बताएका छन् । यद्यपी उनले घटना भएको भनिएको राति आफूले मादक पदार्थ सेवन गरेको र गायिकालाई राती सुत्ने बेला गुडनाईट मात्रै भनेको बताएका छन् ।

नाबालिका गायिकाले भने पल शाहले बिहेको प्रलोभन देखाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि पल शाहलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको हो । अभियोग पत्रमा पीडित भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जाहेरीलाई प्रमुख आधार मानिएको छ। तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएका थिए। जहाँ पहिलो पटक घटना भएको बताइएको छ।

गायिकाका बुवाले जाहेरीमा आफ्नी छोरीलाई गैँडाकोट नगरपालिका-५ स्थित गैँडाकोट रिसोर्टमा सुटिङका लागि भन्दै लगेर पाँच दिनसम्म रिसोर्टको कोठामा राखेर जबरजस्ती करणी गरेको उल्लेख छ। उनका बुवाले दिएकाे जाहेरीमा ‘छोरीले विगत ३ महिनादेखि गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेर सोधपुछ गर्दा नेपाली सिने जगतका प्रख्यात कलाकार पल शाह भन्ने पूर्णविक्रम शाहले छोरीलाई विभिन्न ठाउँहरुमा भिडियो सुटिङमा जाने क्रममा तिमीलाई विवाह गर्छु भन्ने आश्वासन दिई पटकपटक जवरजस्ती करणी गरेको’, जाहेरीमा भनिएको थियो,’मिति २०७७/१२/७ गते समेत गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित गैँडाकोट रिसोर्टमा एकदिन सुटिङको लागि लगेकोमा सुटिङ क्यान्सिल गरी प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाहले छोरीलाई पाँच दिनसम्म रिसोर्टको कोठामा राखी पटक-पटक जबरजस्ती करणी गरेको भनि नाबालिग छोरीले बताएको हुँदा छोरीलाई विवाहको आश्वासन दिई पटकपटक जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानुनबमोजिम कारबाही गरी पाऊँ’ उल्लेख छ ।

यस्तो छ पल शाहको बयान :
म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसै क्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव बिकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएकोले मिति २०७७।१२।४ गते काठमाडौँबाट नवलपरासीको कावासोतीस्थित आई लोकेशन हेरि बसेको हो ।

अर्को दिन ऐ.५ गते “चरीले भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसके पश्चात पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आई थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन्। अर्को दिन ऐ. ६ गते सुर्ती माड्दै गाड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकोले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाँउमा गएर बसेको हो।

ऐ.७ गते बिहान सौराहामा ‘तामा पित्तल’ भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाई राती अं.१२.१५ बजे सुटिङको टिममध्ये क्यामरा म्यान निर्देशक,म र पीडित गैडाकोट रिसोर्टमा आइसकेपछि म समेतले रक्सी सेवन गरेको हो। उक्त समयमा पीडित कोठामा सुतेकी थिइन्। पछि सुटिङ युनिट आइपुगेपछि हामी आ-आफ्नो कोठामा सुत्न गएका हौं।

अर्को दिन ऐ.८ गते छड्के सलाम गीतको सुटिङको लागि सुटिङस्थल जाने क्रममा होटलका साहुले पीडित राति मेरो छोरीसँग सुतेको भनी बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गई सुटिङ गरेका हौं। सोही दिन अन्दाजी रातको १०.३० बजेको समयमा सुटिङ युनिटसहित गैडाकोट रिसोर्टमा आई बसेको हो। म उक्त रिसोर्टको कोठा नं.१०१ मा बसेको थिए भने पीडित कोठा नं.१०२ मा बसेकी थिइन्।

म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको अं.११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नी, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो।

अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ती माड्दा माड्दै गीतको केही अंश सुटिङ गरि नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो ।

काठमाडौं फर्किएपछि म र पीडितले भिडियो प्रमोसनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीबीच राम्रै म्यासेज आदानप्रदान भइरहेको थियो। २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुमा सुटिङ सकेपछि त्यसको करिब एक/दुई महिनापछि पीडितले मलाई फोन गरि ‘तपाईँको र मेरोबारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन्। त्यसपछि हामीबीचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो।

सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्य बानेश्वरस्थित होटलमा निजहरु तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमति भएका हुन्।

पुनः पीडितले “मलाई तपाईँको गर्ल फ्रेन्ड्स वा श्रीमतीको रुपमा चिनाउनु पर्यो” भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनी वादविवाद भएको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा म मिति २०७८/११/१५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत म विरुद्ध उजुरी परेकोले मलाई मिति २०७८/११/२३ गते उक्त कार्यालयमा ल्याइएको हो ।

मिति २०७७ चैत्र ७ गते राति रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो । मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुठा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडित बीच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामीबीच भएको छलफलको अडियो क्लिप हो। उक्त अडियोमा भएको आवाज मेरो हो। सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ। उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी-प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो। निजलाई मैले जबरजस्ती करणी गरेको होइन।

याे बयान नेपालखबरडटकममा प्रकाशित समाचारबाट साभार गरिएकाे हाे ।

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेणु दाहाल

चितवन । माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।

भारतीय ज्यादती रोक्न माओवादीबाट निर्वाचित वडाअध्यक्षले चाले कडा कदम, सीमानामा लगाइयो काँडेतार

ठोरी, भारतीय पक्षले सीमा अतिक्रमण गर्ने तथा स्थानीय जनतामाथि हिंसा गर्ने घटना बढदै गएपछि ठोरी गाउँपालिकाले सीमा क्षेत्रमा काँडे तार लगाएको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले भारतीय अतिक्रम र गुन्डागर्दी रोक्न सीमामा काँडेतार लगाएको हो । ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको हो । एमालेको किल्ला भत्काएर माओवादीले पालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडा जितेको थियो । भारतीय सीमामा काँडेतार लगाउने वडाध्यक्ष पनि माओवादी केन्द्रबाटै विजयी भएका हुन् । ठोरी गाउँपालिकामा ५ वडा छन् । जसमध्ये वडा नम्बर १ मा माओवादी केन्द्रका रामप्रकाश कुँवर, वडा नम्बर २ मा कांग्रेसका किशोर तामाङ, वडा नम्बर ३ मा माओवादी केन्द्रका सूर्य बहादुर लामा, वडा नम्बर ४ मा पनि माओवादी केन्द्रकै बी बहादुर तामांग र वडा नम्बर ५ मा एमालेका राम बहादुर पाख्रिन विजयी भएका थिए ।

प्रतिक्रियावादीहरुले जति षडयन्त्र गरेपनि हामी घेरा तोडेर अघि बढ्छौं– प्रचण्ड

बुटवल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याउन जनयुद्दकालदेखि नै खोजिएको भएपनि प्रतिरोध गरेर अघि बढेकोले अहिले पनि प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन् । लुम्बिनी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुको मुख्य निशाना माओवादी भएको बताए । विगतमा संसद विघटनदेखि नेकपा विभाजनसम्मका घटनाहरु माओवादीलाई नै कमजोर बनाउने षडयन्त्रको उपज भएको उनको जिकिर थियो । “जनयुद्धलाई समाप्त गर्न थुप्रै अप्रशनहरु भए रोमियो, किलो सेरा टु, हत्या, दमन र बलात्कारका विभिषिका रचियो । घेरा हाल्ने र सखाप पार्ने रणतिनि तत्कालीन राज्यले र राजतन्त्रले यो अभियान चलायो ।” प्रचण्डले भने, “तर हामी क्रान्तिकारी विचार र नेतृत्वमुनि लामबद्ध भएर अनुशासनवद्धरुपमा अघि बढ्यौं र हरेक षडयन्त्र परास्त गर्न सफल बन्यौं ।” प्रतिक्रियावादीहरुले विगतमा घेरा हालेर सखाप पार्न खोजेपनि प्रतिरोध गरिएको बताउँदै उनले भने, “हामीलाई प्रतिक्रियावादीको रणनिति घेरा हाल्ने र सखाप पार्ने थियो भने हाम्रो घेरा तोडने र प्रतिरोध गनेै रहेको थियो ।” हामी विगतमा आत्मसमर्पणको अवस्थामा हिजो पनि थिएनौं र आज पनि छनौं । आत्मसमर्पण भन्दा मृत्यु हामीलाई स्वीकार्य छ ।” आगामी निर्वाचनमा समेत जनयुद्दको बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाईमा उत्रिनुपर्ने उनको भनाई थियो । अबको निर्वाचन पनि प्रतिगमन र अग्रगमनकारीबीचको लडाई भएकोले हतियारविहिनरुपमा जनताको घरदैलोसम्म पुगेर निर्वाचन जित्नुपर्नेमा उनले जोड दिए । “निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ। हामी अराकता र गुुटबन्दीका विरुद्ध संघर्ष गरेर जानु पर्दछ ।” प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्दती अनुरुप हल गर्नुपर्नेमा समेत जोड दिँदै भने, “हामी आपसमा गुटबन्दी गर्ने, तानातान गर्ने अरुलाई हिलो छ्याप्ने दोष अरुलाई जस आफुलाई गर्ने प्रवृति पुँजिवादी प्रवृति हो । समाजवादी प्रवृति होइन ।” नेपालको राजनैतिक आन्दोलनमा प्रतिक्रियावाद र यथास्थितिवादका विरुद्ध नै मुख्य संघर्ष चल्दै आएको बताउँदै उनले ०५२ साल पश्चात् यो संघर्ष सिधा र आमनेसामने भएर आएको स्मरण गरे । शान्ति प्रक्रियापछि पनि नेपाली राजनीतिमा माओवादीले पहिलो गणतान्त्रिक सरकारको नेतृत्व गर्नु सामान्य कुरा नभएको बताएँदै प्रचण्डले गणतन्त्रलाई प्रतिक्रियावादीले संसदीय गणतन्त्रमा लैजाने रणनीति खेलेको बताए । तर माओवादीले भने समावेशी गणतन्त्रमा लैजाने रणनीति लिएको उनको भनाई थियो । संविधानसभाबाट गणतन्त्र बनेपछि पनि यथास्थितिवादी र प्रतिक्रियावादीहरुको षडयन्त्र झनै चुलिएको उनले बताए । आफू संविधानसभाको निर्वाचनमा एक मिनेटको फरकले बाँचेको स्मरण गर्दै प्रचण्डले अहिले आएर पनि माओवादीमाथिको आक्रमण कम नभएको बरु प्रतिक्रियावादीहरु झन बढी भ्रम छर्नतर्फ लागेको बताए । “माओवादी पार्टीलाई पटक पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ । भएका र नभएका कुरा गरेर ।” उनले भने, “मिडियामा प्रचण्ड फेल भनेर भन्छन् । तिनले माया गरेर फेल भनेका हुने त ?” सामाजिक सञ्जाल र अन्य मिडियामा अझै पनि बदनाम गर्न नछाडिएको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा फूट विवाद सिर्जना गर्ने षडयन्त्र समेत परास्त गर्नुपर्नेमा जोड दिए । “अहिले हामी एक्ला एक्लै भयो । म एक्लै तपाईहरु पनि एक्लै । जनयुद्धमा हामी एक जुट थियौं । हाम्रो अब पहिले कै रणनीति घेरा तोड्ने र अगाडि बढ्ने तिर हुनु पर्छ ।” विगतमा नेकपाको एकताको प्रसंग स्मरण गर्दै अध्यक्ष प्रंचण्डले केपी ओलीलाई समेत समाजवादी क्रान्तितर्फ लैजाने रणनीति भएपनि उनी खलनायक भएर आएको बताए । µ हामीले ओलीलाई पनि क्रान्ति तिरै लैजाने भन्ने थियो । एमालेका धेरै कार्यकर्ताहरुले कमरेड तपाईमा हामीले मदन भण्डारी भेट्यौं भनेका थिए ।” उनले भने, “हामी नेकपा बनाउनु गल्ती थियो भन्ने कतिपयलाई लाग्छ । तर त्यस्तो होइन । हामीले विशाल कम्युनिष्ट आन्दोलन र समाजवादी व्यवस्था ल्याएर ४० ५० वर्ष कम्युनिष्टहरुले सत्ता चलाउने भनेका थियौं । जसलाई नायक बनाउने भन्यौ उ नै खलनायक निस्कियो ।” यद्यपी नेकपा विभाजनलाई पराजयको रुपमा लिन नहुनेमा समेत उनको जोड थियो । “हामी पराजित भएको होइन । हामी नेकपा मा ७० प्रतिशत केन्द्रीय सदस्यहरुले केपी ओलीलाई निस्कासन गरेका हौं । संसदीय दलको बैठकले केपी ओलीलाई दल नेताबाट हटाएर मलाई दल नेता बनाएको हो । लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला र जनताले जनयुद्दमा विशिष्ट भूमिका खेलेको बताउँदै उनले भने, “यो क्षेत्र जनयुद्धसँग गहिरो समवेदना बोकेको प्रदेश हो । विविध प्रश्नहरु बोकेर बसेको प्रदेश हो यो ।”

ओलीलाई नेपालको कटाक्षः मलाई खिसिट्युरी गर्नेको हविगत ‘होलिका’ जस्तै हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताउनुभएको छ । होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिन्हलाई जनताले साथ दिने बताउनुभयो । निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत होलिकाको जस्तै हुने बताउनुभयो । सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गर्नुभयो ।

जापानदेखि बैंककसम्म धमाधम उडान बिस्तार गर्दै नेपाल बायुसेवा निगम

काठमाडौँ, चैत ३ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । बैंङ्लोरमा साताको मङ्गलबार, बिहीबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ । नयाँ दिल्लीमा दैनिक दुई उडान महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो । जापानको नारितामा साताको दुई उडान नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गर्नुभयो । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मङ्गलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ । बैंककमा पनि साताको दुई उडान नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो । याे समाचार गाेर्खापत्रअनलाइनबाट साभार गरिएकाे हाे ।

बन्द अपडेटः लगनखेलबाट क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पवनमानसहित आधा दर्जन पक्राउ

काठमाडौं । एमसिसी परियोजनालाई संसदमा टेबल गर्ने निर्णयविरुद्ध आज आयोजना गरिएको नेपाल बन्दका क्रममा आन्दोलनमा उत्रिएका नेता तथा कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको छ । प्रहरीले आज बिहान कोटेश्वरबाट क्रान्तिकारी माओवादीका नेता मंगल तामांगलाई पक्राउ गरेको थियो । क्रान्तिकारी माओवादीले जनाएर अनुसार, प्रहरीले ललितपुर लगनखेलबाट नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य पवनमान श्रेष्ठसहित आधा दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नेपाल बन्दका क्रममा कोटेश्वर र चाबाहिलमाा केही गाडीमा आगजनी गरिएको छ । बन्दकर्ताले आज बिहान साढे पाँच बजेतिर बन्दको अवज्ञा गरेको भन्दै एकाबिहानै कारवाही गरेको आयोजकले जनाएका छन् । हिजो नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले संयुक्त विज्ञप्ती जारी गर्दै एमसिसी सम्झौता टेबलविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वर र चाबाहिलमा गाडीमा आगजनी, क्रान्तिकारी माओवादी नेता तामाङ पक्राउ

काठमाडौं । एमसिसी परियोजनालाई सदनमा टेबल गर्ने घोषणाका विरुद्ध पाँच राजनीतिक दल र एक मोर्चाले आज आयोजना गरेको नेपाल बन्दका क्रममा कोटेश्वर र चाबाहिलमाा केही गाडीमा आगजनी गरिएको छ । बन्दकर्ताले आज बिहान साढे पाँच बजेतिर बन्दको अवज्ञा गरेको भन्दै एकाबिहानै कारवाही गरेको आयोजकले जनाएका छन् । प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका युवा नेता मंगल तामाङलाई पक्राउ गरेको पार्टीले जनाएको छ । हिजो नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले संयुक्त विज्ञप्ती जारी गर्दै एमसिसी सम्झौता टेबलविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

एमसिसीकाे बिराेधमा वाइसिएल र क्रान्तिकारीले ११ बजे संसदन भवन घेराउ गर्ने

काठमाडौं । अमेरिकी सहायता परियाेजना एमसिसीलाई संसदमा टेबल गर्ने सरकारकाे निर्णयविरुद्ध वाइसिएल नेपाल र।अखिल क्रान्तिकारीले आज ११ बजे संसद भवन घेराउ गर्ने घाेषणा गरेका छन्।। वाइसिएल र क्रान्तिकारीले एमसिसी राष्ट्रघाति सम्झाैता भएकाे र परिमार्जन नगरि यसलाई छलफलमा लैजान नहुने बताउँदै ११ बजेदेखि सदन घेराउ गर्ने बताएकाे हाे । “हामी सशक्त प्रतिवाद गर्छाै ।” वाइसिएल अध्यक्ष सुमन देवकाेटाले भने, “एमसिसी सम्झाैता यथास्थितिमा पारित गर्ने षडयविरुद्ध देशैभरि प्रदर्शन हुन्छ । काठमाडौंमा ११ बजेदेखि संसद भवन घेराउकाे आव्हान गरिएकाे छ ।” देवकाेटाले दबाबमा आएर सरकारले एमसिसिलाइ आम जनताकाे इच्छा विपरित अगाडि बढाउनु गलत भएकाे बताए । “पर्याप्त छलफल भएकाे छैन । यसका कतिपय प्रावधानबारे अहिले पनि आशंका छन् । सामान्य परियाेजना किन संसदमा लैजान आवश्यक भयाे भन्ने प्रश्न अनुत्तरित नै छ । सरकारलाई के काे हताराे ?” उनले भने । देवकाेटाले प्रदर्शन शान्तिपुर्ण हुने बताउँदै संसद घेराउकाे कार्यक्रममा हस्तक्षेप गरिए कडा प्रतिवाद गर्ने समेत बताए । प्रतिनिधि सभाकाे बैठक आज दिउँसो एक बजे बस्ने भएकाे छ । सरकारले आजकाे बैठकमा एमसिसि टेबल गर्ने बताएकाे छ । यद्यपि सार्वजनिक कार्यसूचिमा भने एमसिसि परेकाे छैन । संसद सचिवालयले जारि गरेकाे कार्यसूचि अनुसार, आजकाे बैठकमा तीनवटा कार्यसूचि रहेका छन् । तर यी कार्यसूचिमा एमसिसि विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झाैता टेबुल गर्ने भन्ने चाहिँ छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।  संसद बैठककै तयारिस्वरुप सभामुखले कार्यव्वस्था समितिकाे बैठक बाेलाएका छन् । बैठकमा एमसिसिलाइ कार्यसुचिमा राख्ने या नराख्ने विषयमा छलफल हुने छ । नेकपा एमालेले सदन अवराेधलाई निरन्तरता दिने निर्णय गरेकाे अवस्थामा एमसिसि कार्यसूचिमा राख्न सरकार र सभामुखलाई सहज परिस्थिति भने छैन । एमालेले आफू सरकारमा छँदा एमसिसि परियाेजना अघि बढाउन खाेजेकाे भएपनि अहिले भने यसबारेमा माैन देखिएकाे छ । सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति भए एमसिसि टेबल गर्ने नराेक्ने बताइसकेका छन् । तर सदनकाे अवराेधमा भने उनले अघि बढाउने सम्भावना कम रहेकाे देखिन्छ । प्रतिपक्षसँग समेत सहमति कायम गरेर अर्काे बैठकमा यसलाई प्रस्तुत गर्ने सम्भावना समेत रहेकाे संसद सचिवालयका एक कर्मचारिले बताए । एमसिसिकै बिराेधमा आज कतिपय दलहरुले नेपाल बन्दकाे घाेषणा गरेका छन् ।

आज प्रतिनिधि सभा बैठक,  एमसिसी टेबल हाेला ? 

काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज दिउँसो एक बजे बस्ने भएकाे छ । संसद सचिवालयले जारि गरेकाे कार्यसूचि अनुसार, आजकाे बैठकमा तीनवटा कार्यसूचि रहेका छन् । तर यी कार्यसूचिमा एमसिसि विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झाैता टेबुल गर्ने भन्ने चाहिँ छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।  संसद बैठककै तयारिस्वरुप सभामुखले कार्यव्वस्था समितिकाे बैठक बाेलाएका छन् । बैठकमा एमसिसिलाइ कार्यसुचिमा राख्ने या नराख्ने विषयमा छलफल हुने छ । नेकपा एमालेले सदन अवराेधलाई निरन्तरता दिने निर्णय गरेकाे अवस्थामा एमसिसि कार्यसूचिमा राख्न सरकार र सभामुखलाई सहज परिस्थिति भने छैन । एमालेले आफू सरकारमा छँदा एमसिसि परियाेजना अघि बढाउन खाेजेकाे भएपनि अहिले भने यसबारेमा माैन देखिएकाे छ । सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति भए एमसिसि टेबल गर्ने नराेक्ने बताइसकेका छन् । तर सदनकाे अवराेधमा भने उनले अघि बढाउने सम्भावना कम रहेकाे देखिन्छ । प्रतिपक्षसँग समेत सहमति कायम गरेर अर्काे बैठकमा यसलाई प्रस्तुत गर्ने सम्भावना समेत रहेकाे संसद सचिवालयका एक कर्मचारिले बताए । एमसिसिकै बिराेधमा आज कतिपय दलहरुले नेपाल बन्दकाे घाेषणा गरेका छन् भने वाइसिएल र अखिल क्रान्तिकारीले ११ बजे संसद घेराउ गर्ने घाेषणा गरेकाे छ ।

युरोनियम तस्करीः कांग्रेस नेता महतसहित ८ जना पक्राउ, प्रतिकिलो ३५ करोडमा हुँदैथियो डिल

‘युरेनियम’जस्तो पदार्थ कारोबार गरेको आरोपमा नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। ६० वर्षीय महतसहित ८ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हायात होटलको कार पार्किङ क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायात रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महत गएको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा (क)मा उम्मेदवार भई पराजित भएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन्। यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर पक्राउ परेका छन्। बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पार्किङस्थलमा राखेको बा५च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरेको थियो। उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रूपैयाँ मूल्यमा बिक्री गर्न लागेको खुलेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरिएको उनले बताए। प्रहरीले उक्त कार, बा२६प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचय पत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दा सात दिन म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उक्त पदार्थ ‘युरेनियम’ हो होइन यकिन छैन। उक्त पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ। के हो युरेनियम? युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो। युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ। एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ। एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ। नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ। युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ। सेताेपाटीबाट साभार गरिएकाे

एमसिसीविरुद्ध वाइसिएल र अखिल क्रान्तिकारीको देशव्यापी प्रदर्शन

काठमाडौं । भोली बस्ने व्यवस्थापिका संसदमा एमसिसी सम्झौताको प्रस्ताव टेबल गर्ने निर्णयविरुद्ध वाइसिएल र अखिल क्रान्तिकारीले देशव्यापी प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले आज सभामुख अग्नी सापकोटालाई एमसिसी सम्झौता टेबल गर्न आग्रह गरेअनुरुप भोली सदनमा एमसिसी टेबल हुने भएको हो । यद्यपी नेकपा एमालेले सदन अवरोध नै गर्ने निर्णय गरेपछि होहल्लाबीच एमसिसी टेबल गर्न सभामुखले भने नसकिने बताएका छन् । भोली बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारेमा थप निर्णय गरेर एमसिसी टेबल गर्ने या नगर्ने टुंगो लगाउनेछ । एमसिसीविरुद्ध भोली नै विप्लव नेतृत्वको नेकपासहितका दलहरुले नेपाल बन्दको घोषणा गरेका छन् । यता नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपाल र अखिल क्रान्तिकारीले समेत देशव्यापी प्रदर्शनको घोषणा गरेका हुन । यस बमोजिम भोली वाइसिलका सबै जिल्लाहरुले प्रदर्शनको भव्य तयारी गरेको अध्यक्ष सुमन देवकोटाले बताए । अखिल क्रान्तिकारीले समेत आफ्नो सबै समितिहरुलाई संघर्षमा उत्रिन आव्हान गरेको छ ।   File Photo

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

कामाण्डौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बस्ने भएको हो । एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

काँग्रेसले गर्यो भ्रातृ संस्थाको वर्तमान कमिटी भंग

काठमाण्डौं । नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको हो । यससँगै म्याद सकिएका भ्रातृ संस्था विघटन भएको छ । काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो । भंग गरिएका भ्रातृ संस्थाका नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ।

सरकारले गर्यो थप ११ सहसचिवको सरुवा (लिस्ट सहित)

काठमाडौँ । सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज

काठमाडौं । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज भएको छ । मुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिरिषदले मुख्यसचिव वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्ने बारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो । सो कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको जनाएको हो । समितिका अध्यक्ष राजेन्द्र अर्याललाई पत्र पठाउदै समिति खारेज गर्ने निर्णय भएकोले समिति बुझबुझारथ गर्न निर्देशन दिईसकिएको मुख्यसचिव सचिवालय स्रोतले जनाएको छ । श्रमजीवी पत्रकार ऐनको प्रबन्ध अनुसार गठन हुँदै आएको समितिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी सरकारलाई सिफारिस गर्दै आएपनि पछिल्लो समय यसको आवश्यकता, औचित्यता र प्रभावकारिताबारे सोच्नुपर्ने बताईदै आइएको थियो ।