रिट निवेदन दरपीठ विरुद्ध मेयरले हाले फेरि मुद्धा, स्थानिय निकायको चुनाव रोक्न माग

काठमाण्डौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मधेस प्रदेशमा रोक्न माग गर्दै आफूले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन दरपीठ भएपछि महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दरपीठ विरुद्ध फेरि मुद्दा हालेका छन्।

उनले मधेस प्रदेशका स्थानिय निकायको चुनाव रोक्न माग राखेर गत बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर अदालत प्रशासनले त्यसलाई दरपीठ गरेको थियो।

प्रशासनको निर्णय विरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्ने व्यवस्था छ।

सोही अनुसार मेयर साहले दरपीठ विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा पुनः रिट निवेदन दर्ता गराएका हुन्।

मुद्धाको सुनुवाइ फागुन ४ गते हुने छ मेयर साहले भने ।”संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल ५ वर्ष हुने हुँदा उक्त कार्यकाल पूरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबी सहित निवेदन दिएका थिए। सो निवेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको गर्यो।
तत्कालीन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते भएको थियो। आगामी वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको कार्यकाल पूरा हुन नपाउने दाबी रिट निवेदन दिएको छु।”

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावबारे प्रस्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपीठ गरिएको जानकारी दिएका थिए।

सरकारले वैशाख ३० एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि सरकार र निर्वाचन आयोगले निर्वाचनको निम्ति आवश्यक प्रक्रिया अगाडि बढाएका छन् ।

फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिन्छौं : स्वास्थ्य मन्त्री खतिवडा

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने गरी लागेको बताएका छन्। कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। उनले बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउने निर्णय भएको बताएका हुन् । उनले फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने बताए। सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए। त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए। यस्तै, विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए। यसैगरी, उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको जानकारी दिएका छन्।

ओलीसँग फोनवार्ताबारे प्रचण्ड सचिवालयको वक्तव्यः राष्ट्रिय मुद्दामा केपीले गैर जिम्मेवार जवाफ फर्काए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार साँझ भएको टेलिफोन वार्ताबारे प्रचण्ड सचिवालयले वक्तव्य जारी गरेको छ । स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जारि गरेको वक्तव्यमा अध्यक्ष प्रचण्डले ओलीसँग एमसिसीका बारेमा छलफल गरेर निर्वाचनपछि मात्रै अघि बढाउने कुरा गरेपनि ओली गम्भीर नभएको उल्लेख गरिएको छ । पढनुस वक्तव्यको पूर्णपाठ हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा९एमाले०का अध्यक्ष केपि ओलीका बीचमा फोन सम्वाद भएको हो। अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र MCC मा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं” भन्नुभएको हो। तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन। उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।

अब गण्डकी प्रदेशमा निशुल्क रगत पाइने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका अस्पतालमा निशुल्क रगत पाइने घोषणा गरेको छ । बिरामकी लागि रगत प्राप्त गर्नुपर्दा ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा उक्त खर्च सरकारले तिर्ने घोषणा प्रदेश सरकारले गरेको हो । गरिब तथा असहाय बिरामीले रगतको खर्च तिर्न नसक्ने भन्दै निशुल्क गर्न लामो समयदेखि माग गर्दै आएका थिए । फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने छ । रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग अब सम्झौता हुनेछ । सम्झौतापछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।

दाङको जुत्ता गोदामा आगोलागी, ५ जनाको मृत्यु

दाङ, तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा भीषण आगलागी भएकाे छ । दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको हाे । मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृत्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ । मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । घाइतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।

माैसम: केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भु-भागमा आंशिक बदली रहेको छ भने तरार्का केही स्थानमा हुस्सु-कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, आज दिउँसो भने प्रदेश-१,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै , आज राती भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भु-भागको मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भु-भागका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यवसायी चौधरीको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ

नवलपरासी, माघ २७ । काठमाडौंका व्यवसायी बिजय चौधरीको हत्यामा संलग्न भएको आरोपमा नवलपरासी प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको असनमा भाँडा तथा हार्डवेयर व्यवसाय गर्दै आएका ३५ वर्षिय बिजय चौधरीलाई नवलपरासीको रामग्राममा हत्या गरी फालेको अभियोगमा उनिहरुलाई पक्राउ गरीएको हो । पक्राउ पर्नेम नवलपरासी रामग्राम नगरपालिको मञ्जुर आलम देवान, उनकी श्रीमती हदिसुन नेसा, वसन्त कुमार सहानी र उनकी श्रीमती शारदादेवी केवट रहेका छन् । त्यस्तै काठमाडौंका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । २० लाखको जग्गाको प्रलोभनमा परेर चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ

पाल्पामा आगो ताप्दा जलेकी महिलाको मृत्यु

पाल्पा । आगो तापिरहेकाे बेला घाइते भएकी एक महिलाकाे उपचारका क्रममा निधन भएकाे छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका–२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो । घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए

शताब्दीपुरुष सत्यमोहन जोशीकाे अवस्थाबारे किष्ट अस्पतालले जारि गर्याे विज्ञप्ती

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको फोक्सोमा पानी जमेको छ । विगत तीन दिनदेखि ललितपुरको किस्ट शिक्षण अस्पतालमा भर्ना हुनुभएका जोशीको फोक्साेमा पानी जमेको अस्पतालद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख छ । उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिएका छन् । जोशीलाई प्रोष्टेको समस्यासमेत रहकाले त्यसका कारण पिसाबमा पनि संक्रमण देखिएको छ । संक्रमण देखिनेबित्तिकै अस्पतालले उहाँलाई युरोलोस्टिको निगरानीमा उपचार सुरु गरिएको छ । अस्पतालद्वारा जारी बुलेटिनमा बिहीबारबाट फिजियोथेरापीसमेत सुरु गरिएको जनाइएको छ ।

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, १९ घाइते

उदयपुर । जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरको उदयपुरगढी गाउँपालिका नागबेली स्थीत जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएको हाे । दुर्घटनामा १९ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । घाइते भएकाहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना संक्रमण, एकैदिन १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएकाे जानकारी आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा एकै दिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । हाल देशभर काेरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ । जनकारी अनुसार काठमाडौं उपत्यकामा बिहीबर ३२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौमा २३५, ललितपुरका ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । अन्य जिल्लाहरुमा भने कास्कीमा ५६, मोरङमा ५०, लमजुङमा ४५, कैलाली ३४, सुनसरी ३१, झापा ३०, चितवन र रुपन्देहीमा २३/२३ जना, स्याङ्जा १८, धनुषा १७, काभ्रेपलान्चोक १६, महोत्तरी, धादिङ र दाङ १५/१५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

फागुन २ गते बोलाइएको प्रतिनिधि सभा बैठक सार्न एमालेको आग्रह

काठमाडौं । लामो समयदेखि सदन अवरोध गर्दै आइरहेको नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सार्न आग्रह गरेको छ । पार्टीले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको र त्यसमा कतिपय सांसदहरु सहभागी हुने हुँदा सभामुख अग्नी सापकोटालाई बैठक सार्न एमालेले आग्रह गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । एमालेको आग्रहमा बैठक सर्ने या नसर्नेबारेमा भने संसद सचिवालयले कुनै सूचना सार्वजनिक गरेको छैन ।

माओवादी केन्द्रीय समिति बैठक पुनः स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलीदेखि शुरु हुने भनिएको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार, कोरोना महामारीको अवस्था उस्तै रहेको र २५ जना भन्दा बढी भेला नहुने प्रोटोकल कायमै रहेकोले बैठक स्थगित गर्नु परेको हो । यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक २८ गते प्रज्ञा भवन काठमाडौंमा बस्ने भएको थियो । बैठक अब कहिले बस्ने भन्ने टुंगो छैन । मनोनयन गर्नुपर्ने केन्द्रीय सदस्य र पोलिटब्यूरो तथा पदाधिकारीका बारेमा तयारी गरेपछि बैठकको नयाँ मितिबारे सूचना हुनसक्ने एक केन्द्रीय सदस्यले बताए ।  

बालुवाटारमा दाहाल–नेपालको एउटै स्वर एमसीसी पास गर्न सकिँदैन

काठमाण्डौं । शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्रीले एमसिसी पारित गरेर अघि बढ्न आग्रह गरेका हुन् ।देउवाले आगामी संसद बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको जानकारी गराएका थिए । तर सत्ता साझेदार दुई दलका शीर्ष नेता दाहाल र नेपालले चुनावअघि कुनै पनि हालतमा एमसीसी अघि बढाउन नमिल्ने र पास गर्न पनि नसकिने बताएका थिए । एमसीसीलाई लिएर अहिले सत्ता गठबन्धनमा विवाद बढेको छ । कांग्रेसभित्र पनि चुनावी गठबन्धन गर्न नहुने दबाब बढेपछि तीन नेताले यस विषयमा पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रचण्ड-कोइरालाबीच भेटवार्ता : सहमति नभई एमसिसी पारित गर्न सकिन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता सम्पन्न भएको छ । आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा आगामी स्थानीय निर्वाचन तथा एमसिसी लगायतका समसामयिक राजनीतिक विषयबस्तुमा छलफल भएको थियो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट गरेका नेता कोइरालाले एमसिसी परियोजनालाई संसदमा छलफल गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले भने एमसिसीका बारेमा अझै छलफल आवश्यक भएको र सहमति बनाएर मात्रै यसलाई अघि बढाउन सकिने बताएका थिए । यसका लागि समय आवश्यक हुने भएकोले निर्वाचन अघि एमसिसी पारित गर्न नसकिने उनले बताए । “एमसीसीबारे हामी छलफलमै छौँ । तर, चुनावअघि एमसीसी पास गर्न सकिँदैन । मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेरमात्रै टुंगोमा पुर्‍याउन सकिन्छ,” उनले भने । यसैगरि अध्यक्ष प्रचण्डले प्रतिगमनकारीहरु झनै बलियो हुन खोजेको र षडयन्त्र जारी नै रहेकोले सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए । ‘अहिलेको सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गरौँ भनेर छलफल भइरहेको छ, हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा छ । तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न । तर, निर्णय प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ,’ प्रचण्डले भनेका थिए, ‘गठबन्धन गरौँ । तपाईंले चुनावी गठबन्धनको विरोध नगरिदिनुस् ।’ प्रचण्डले आगामी चुनावमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निमित्त समेत गठबन्धनले आफ्नो उदेश्यबमोजिम काम गर्न सक्ने बताएका थिए । भेटमा कांग्रेर नेता अमरेश सिंह तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए

खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता जारि

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा छलफल शुरु भएको छ । यसअघि बालकोट पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अढाई घण्टा छलफल गरेका कोइराला अहिले बिहान खुमलटार पुगेका हुन । खुमलटारमा केही बेर अघिबाट दुबै नेताबीच छलफल भइरहेको छ । आसन्न स्थानीय निकायको निर्वाचन तथा एमसिसी सम्झौता र गठबन्धनलगायतका विषयमा दुबै नेताबीच छलफल हुने आँकलन गरिएको छ । एमसिसीका बारेमा सत्तारुढ गठबन्धनबीच नै विवाद कायम भएको र गठबन्धन भत्काउन नेकपा एमालेले कसरत गरिरहेको बेला नेता कोइरालाले नेताहरुसँगको भेट तीब्र पारेका हुन ।