सिटामोल र अन्य अत्यावश्यक औसधी सहज उपलब्ध गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सिटोमोललगायत अत्यावश्यक औषधीको तत्काल प्रबन्ध गर्न सरकारलाई आदेश गरेको छ ।
देशभर सिटामोलको कमी भउको भन्दै अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकलाई सिटामोल लगायतका अत्यावश्यक औषधि उपलव्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज उपलव्धता मिलाउन भनिएको छ । “कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र प्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरुबिच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोललगायतका औषधीहरुको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु, आदेशमा भनिएको छ।
बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु
बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका-३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम छन्। सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको थापाले बताए। अचानक तीव्र गतिमा गुड्दा रथको अगाडी रहेका मानिसलाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याइएको थियो । रथ सञ्चालक फरार र २ जना चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता थापाले बताए।
कति छ कर्णालीका मुख्यमन्त्री शाहीकाे सम्पत्ति, बैकमा करोड बढी माैज्दात, ८ ठाउँमा जग्गा (सूचिसहित)
सुर्खेत । कर्णालीका मुख्य मन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ त ? मुख्यमन्त्री बनेदेखि हिजाेसम्म यो सार्वजनिक भएको थिएन । त्यसो त मुख्यमन्त्री शाहीले गत पुष ८ गते नै सम्पत्ति विवरण बुझाएका हुन । तर मुख्यमन्त्री कार्यालयको वेभसाइटमा भने हिजो मात्रै उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री शाही नेपाली कांग्रेसको संसदीय दलका नेतासमेत हुन । बैंक मौज्दात मुख्यमन्त्री शाहीको सम्पत्ति हेर्दा उनी धनी मुख्यमन्त्रीका रुपमा देखिन्छन् । उनले सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख गरि ७७ लाख बैंक मौज्दात देखाएका छन् । यसैगरी उनकी पत्नी बसन्ती शाहीको नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख गरि ३१ लाख रुपैयाँ देखाइएको छ । आम्दानीको श्रोतकारुपमा भने उनले पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट यो पैसा कमाएको जनाएका छन् । मुख्यमन्त्रीकी पत्नी बसन्ती नेपाल सरकारको कर्मचारी थिइन्। उनी हाल कर्णाली प्रदेश लोक सेवा आयोगको सदस्य पनि छन्। यतिमात्रै होइन, उनीहरुले १२ लाख रुपैयाँ अरुको नाममा पनि राखेका छन् । शुभचिन्तकसँग २०५० सालदेखि बचत भएको उनले जनाएका छन् । ती शुभचिन्तक को हुन भन्ने खुलाइएको छैन । अचल सम्पत्ति हेर्दा शाही दम्पत्तिसँग ५६ तोला सुन रहेको छ । त्यो पुख्यौली सम्पति रहेको र व्यापार तथा व्यवसाय गर्दाकै बेलादेखिको भएको उनलेउल्लेख गरेका छन् । यसैगरी २ किलोग्राम चाँदी, नवरत्न र औंठी गरी ३ लाख बराबरको सम्पति पनि उनीहरुको छ। जग्गा जमिन मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन्। हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३।७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ। काठमाडौं महानगरपालिका १६ मा ३३०।७५ वर्गमिटर जग्गा र त्यसमा घर रहेको सम्पत्ति विवरणमा पेश गरिएको छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनले खुलाएका छन्। साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ। उनका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ। तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन। यीमध्ये केही पुख्यौली सम्पति र केही आफूले खरिद गरेको शाहीले बताएका छन्। पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८।२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ। शेयर मुख्यमन्त्री शाहीका नाममा बजार मूल्यमा आधारित १३ हजार कित्ता साधारण शेयर रहेको छ। जसमध्ये चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६०० कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता रहेको छ। ऋण मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणमा एक करोड ७२ लाख ऋण देखाइएको छ। जुन किस्तामा तिरिरहेको उल्लेख गरिएको छ। व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ। सवारीसाधन उनीसँग गाडी छ। जसको खरिद मूल्य ९५ लाख उल्लेख गरिएको छ। उक्त गाडी २०७१ सालमा खरिद गरिएको थियो।
बालबालिकाले लगाउने २३ लाख ४० हजार मोडर्ना खोप आज नेपाल आउँदै
काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताउनु भयो । यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ । यो खोप सरकारले विश्व बैंकको पहलमा खरिद गरेको उहाँले बताउनु भएको हो । उहाँका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन । सो खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्ने बताइएको छ । सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको छ । यसअघि पनि नेपालमा ३८ लाख मोडर्ना खोप आइसकेको छ ।
तथ्यांक विभागले जनगणनाको प्रारम्भिक नतिजा भाेली सार्वजनिक गर्ने
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो । त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनु भएको छ ।
१५ सय शिक्षकका लागि ३६ हजारको आवेदन
काठमाडौं । माध्यमिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढी आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ। एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ। माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेको थियो। आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन्। निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन्। निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ। प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ। निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो। आयोगले मावितर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ।
आज देशभर १०,३१९ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ८२ नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो। जसमध्ये १६ हजार ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा मात्रै एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो। यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन्। जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन्।
संविधानसँग बाझिएका कानुन संशोधन गरेर निर्वाचनको मिति तोकिने– उपसभापति खडका
काठमाडौं । नेपाली का्रग्रेसका उपसभापति पूर्ण बहादुर खडकाले निर्वाचनसम्बन्धी कानुनमा केही संशोधन गरेर चुनावको मिति तोकिने बताएका छन् । संविधानसँग निर्वाचन कानुन बाझिएकोले यसलाई संशोधन गरेर मात्रै निर्वाचनमा जान सकिने उनको भनाई थियो । “निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागेर निर्वाचनको मिति सिफारिस गरेको हो । तर सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रुपमा देखियो ।” उनले भनेका छन, “कानुनविदहरुबाट संविधानसँग बाझिएको कानुनलाई संशोधन गरेर चुनावबारे सरकारलाई निर्णयमा पुग्न सुझाव आएको छ । त्यही अनुसार अब सरकारले आफ्नो काम अगाडि बढाउला । हामी संविधान अनुसार तीन तहको निर्वाचन गर्ने पक्षमा छौं । यसमा आशंका मान्नुपर्ने कुनै कारण छैन ,’ संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएकोमा संविधानको धारा २२५ र ऐनको दफा ३ बाझिएकाले कानुन संशोधन गर्नुपर्ने अवस्था आएको उनको जिकिर छ ।
सिमकोट विमानस्थलमै रोकिए सीता एयरका दुई वटा जहाज
हुम्ला । हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन् । खाद्यन्न ढुवानी गरि रहेका दुई जहाज हिमपात र बाक्लो कुहिरोका कारण सिमकोट विमानस्थलमै रोकिएका हुन् । सुर्खेतबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । दुवै जहाज अवतरण गरेलगत्तै बाक्लो हिउँ पर्न सुरु हुनु र कुहिरो लागेपछि जहाजले उडान भर्न सक्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरण सिमकोटले जनाएको छ । हिउँ पर्न सुरु भएपछि सीता एयरका कर्मचारीले दुवै जहाजलाई पालले छोपेर राख्नुपरेको थियो । मौसममा केही सुधार आएपछि सोमबार बिहानबाट रन वेको हिउँ गाडीबाट पन्छाएर सफा गर्ने कार्य भइरहेको छ । त्यसपछि मात्र दुवै जहाजले उडान भर्न पाउनेछन् । गतवर्ष यस्तै गरी हिमपातकै कारण तारा एयरका दुई वटा जहाजले सिमकोटमै रोकिनुपरेको थियो ।
करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु
तनहुँ, माघ १० । करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् । सोमबार वनमा दाउरा खोज्न क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सशस्त्रको पहलमा भारतीय एसएसबीले हटायो दशगजामा बनाएको पोष्ट
विराटनगर, नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचको दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफूखुसी बनाएको सुरक्षा पोस्ट् हटाइएको छ। सशस्त्र प्रहरीको पहलमा एसएसबीले पोस्ट् हटाएर दसगजाबाट आफ्नै भूमिमा सारेको हो। कूटनैतिक मर्यादा र सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामा पोस्ट् निर्माण गरेर २४ घण्टा नै हतियारसहितका एसएसबीलाई खटाउन थालिएपछि भारतको चौतर्फी विरोध भएको थियो। जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सशस्त्रका उच्च अधिकारीले एसएसबीले बनाएको पोस्ट् हटाउने विषयमा पहल थाल्न सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। निर्देशनसँगै पहल थालेको सशस्त्र प्रहरीले दसगजाको पोस्ट् हटाउन एसएसबीका अधिकारीसँग आग्रह गरेको थियो। सशस्त्रको आग्रहपछि लगभग एक महिनाअघि निर्माण गरिएको पोस्ट् दसगजाबाट हटाउँदै एसएसबीले भारतीय भूमितर्फ लगिसकेको प्रजिअ दाहालले बताए। ‘सशस्त्रको पहल र आग्रहमा एसएसबी पोस्ट् हटाएर आफ्नै भूमिमा लैजान सहमत भएको हो,’ उनले भने, ‘दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीसँग आग्रह पनि गरिएको छ।’ दसगजाको अतिक्रमण हटाउने र सिमानालाई व्यवस्थित बनाउने दुई देशीय सहमतिविपरीत एसएसबीले सुरक्षा पोस्ट् निर्माण गरेको थियो। दसगजामा संरचना निर्माण गरेर सुरक्षा दिने नाममा एसएसबीले नेपालतिर हुने गतिविधी नियाल्न थालेको आशंका गरिएको थियो। -अन्नपूर्ण पोष्टबाट साभार
संयुक्त उम्मेदवारहरुलाई विजयी गराउन पाँच दलीय गठबन्धनको अपिल
यही माघ १२ गते हुने हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारलाई विजयी गराउने पाँच दलीय गठबन्धनले अपिल गरेकाे छ । पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गरी लाेकतन्त्रकाे रक्षाका लागि सझा उम्मेदवार जिताउन आग्रह गरिएकाे हाे । अपीलमा भनिएकाे छ, ’यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौँ’, ्। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष, एकीकृत समाजवादी अध्ययक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा सांसद दुर्गा पौडेलका तर्फबाट साे अपील जारी भएकाे हाे ।
लमहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एकजना गम्भीर घाइते
काठमाडौं । दाङको लमही नगरपालिका–६ बलरामपुरमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार चितवनको भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय राम प्रसाद सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरीले शान्ति सुरक्षा र अमनचयनमा महत्त्वपूर्ण भूमिका खेलेको छ- प्रम देउवा
काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र सम्पन्न हुने तीन तहका निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसका अवसरमा आइतबार उहाँले तीनै तहका निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकारको यो निर्वाचन अभियानलाई सफल पार्न सशस्त्र प्रहरीको अहं भूमिका छ, सशस्त्र प्रहरी सङ्गठनप्रति आमनागरिकको भरोसा पनि रहेको छ ।” आमनागरिकको जीउधनको सुरक्षा र मुलुकमा शान्ति अमनचयन कायम गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति गरी जीउधनको रक्षाका लागि अहोरात्र खटेर काम गर्र्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो । “सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा, अमनचयनमा महìवपूर्ण भूमिका खेलेको छ, आगामी दिनमा अझै सशक्त ढङ्गले काम गरोस् भन्ने जनअपेक्षा रहेको छ । सशस्त्र प्रहरीसहित अन्य सबै सुरक्षा निकायले प्रभावकारी रूपमा काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो । आमनागरिकको स्वतन्त्र र शान्तिपूर्ण तरिकाले बाँच्न पाउने अधिकारको रक्षाका लागि सरकारका सबै अङ्ग लाग्नुपर्ने बताउनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “सुरक्षाको अनुभूति सर्वसाधारणले गर्न सक्नुपर्छ । त्यसका लागि सबै सुरक्षा निकाय उत्तिकै जिम्मेवार हुनुपर्छ ।” तत्कालीन अवस्थामा आफू नेतृत्वमा भएका बेला सशस्त्र प्रहरी बलको स्थापना गरिएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “विशिष्ट अवस्थामा स्थापना भएको यो प्रहरी सङ्गठनले स्थापनाकालदेखि हालसम्म निरन्तर रूपमा नेपाली जनतालाई विश्वास र भरोसायोग्य काम गरेको छ ।” सो अवसरमा प्रधानमन्त्री देउवाले प्राकृतिक विपत्ति तथा प्रकोप, कोरोनाजस्ता महामारीलाई नियन्त्रण र व्यवस्थापन गर्नमा सशस्त्र प्रहरीले अग्रपङ्क्तिमा रहेर खेलेको भूमिकाको सराहना गर्नुभयो । पछिल्लो दिन मुलुकमा देखिएका सुरक्षा चुनौतीसँग जुध्न सबै सुरक्षा निकायको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी सङ्गठन आमनेपालीको विश्वास जितेको संस्था भएकाले राज्यले दिएको जिम्मेवारी भोलिका दिनमा कुशलतापूर्वक पूरा गर्न सक्नुपर्छ । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्ने दिशातर्फ कार्यक्रम विकास गर्नुपर्छ ।” कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रियता जोगाउन सशस्त्र प्रहरी बलले सीमा क्षेत्रदेखि लिएर आन्तरिक सुरक्षा व्यवस्थापनमा पु¥याएको योगदान कदरयोग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै कठिनाइ अवस्थामा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको छ । त्यसैले यो सङ्गठनलाई भोलिका दिनमा अझ सशक्त र बलियो बनाउन जरुरी छ ।” यसैगरी सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रियता र जीउधनको रक्षा र सुरक्षाका लागि राज्यले दिएको जिम्मेवारी अझ सशक्त ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमित स्रोत र साधनको बाध्यतामा पनि अनेकौँ चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल सफल भएको बताउँदै उहाँले सीमा सुरक्षा, सीमा नाकामा हुने अवैध सामानको ओसारपसारलगायतका गतिविधिलाई नियन्त्रण गर्न सफल भए पनि सङ्गठनले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्ष उत्कृष्ट बाहिनीको रूपमा मधेस प्रदेशअन्तर्गतको बाहिनी नम्बर २ छिन्नमस्तालाई पुरस्कार प्रदान गर्नुका साथै सशस्त्र प्रहरीको गीत तथा स्मारिका पनि लोकार्पण गर्नुभयो । मुलुकमा माओवादी द्वन्द्व चर्किरहेका बेला वि.सं. २०५७ मा स्थापना भएको सशस्त्र प्रहरी बलले हाल सीमा सुरक्षा तथा आन्तरिक सुरक्षाको व्यवस्थापन गर्दै आइरहेको छ । विशेष गरी आतङ्कवादी क्रियाकलाप, सशस्त्र विद्रोहका गतिविधि नियन्त्रण, भीड तथा दङ्गा नियन्त्रण, प्राकृतिक विपत्ति तथा प्रकोप व्यवस्थापन र उद्धार जस्ता काममा सशस्त्र प्रहरीलाई सरकारले जिम्मेवारी दिँदै आएको छ । -गोर्खापत्रबाट साभार
त्रिभुवन विश्वविद्यालयले माघ ११ देखि अनलाईन कक्षा सञ्चालन गर्ने (सूचनासहित)
काठमाडौं । कोरोनाका कारण भौतिक उपस्थितिमा क्याम्पस खुल्न सम्भव नभएपछि त्रिभुवन विश्वविद्यालयले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै सो का लागि तयारी गर्न सबै मातहतका क्याम्पसहरुलाई निर्देशन दिएको छ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना प्रकाशित गर्दै माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन्। त्रिविले जारी गरेको सूचना अनुसार, सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्नेछ भने रूटिन डिन कार्यालयमा पठाउनुपर्नेछ। साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ।
माओवादी नेता पुन आज स्वदेश फर्किंदै
काठमाडौं । लामो समयदेखि बैंकक र चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज नेपाल फर्किंदैछन् । बैंककपछि उनले चीनमा उपचार गराउँदै आएका थिए । आज अपरान्ह उहाँ चार्टर विमानमार्फत् नेपाल आउन लागेका हुन । वर्षमानको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरिएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुनको ललितपुरको सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदा समेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा उहाँलाई चीन लगिएको थियो । हाल नको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको बताइएको छ ।

