स्थानीय भाषामा एमबिबिएस र इन्जिनियरिङ पढाउने मोदीको अभिव्यक्ति विवादमा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमबिबिएस र इन्जिनियरिङ विषय स्थानीय भाषामा पढाउनुपर्ने भन्दै दिएको अभिव्यक्ति विवादमा परेको छ ।

चिकित्सक शिक्षामा स्थानीय भाषाको प्रयोग गर्ने अभिव्यक्ति दिएपछि भारतका विभिन्न शिक्षाविद र बौद्धिक जगत र व्यवसायिक क्षेत्रमा बहस सिर्जना भएको हो ।

आसाममा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री मोदीले गरीब विद्यार्थीले पनि आफ्नो क्षेत्रीय भाषामा चिकित्सा र ईन्जिनियरिङ पढ्न पाउने कुरा सुनिश्चित गर्न सबै प्रदेशमा कम्तिमा एकवटा शैक्षिक संस्थामा स्थानीय भाषामा पढाउनु पर्ने धारणा राखेका थिए ।

गत वर्ष भारतको एआइसिटिईले ईन्जिनियरिङ पठ्यक्रममा शैक्षिक सत्र २०२१(२२ का लागि क्षेत्रीय भाषा लागु गरेको थियो । भारतको नेसनल मेडिकल कमिशन (एनएमसी)ले ० ले त्यस्तो केही योजना नभएको जनाएको छ ।

स्थानीय भाषामा प्राविधिक शिक्षा पढाउने विषयमा फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन् । भारतका कतिपय राज्यमा भने इन्टरमिडिएट तहमा हिन्दीमा भाषामा विज्ञान संकायको पढाई हुँदै आएको छ ।

गठबन्धन गर्ने बिषयको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाइँदै

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो । आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो । गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।

अर्थमन्त्री शर्माद्वारा दुई दर्जनबढी राजदूत र नियोग प्रमखुहरुसँग छलफल, रेमिट्यान्स र पर्यटक बढाउन निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला बिदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईहरुले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभीड १९ बाट तंग्रिसकेको सन्देश दिदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने बाताबरण सृजना गर्नुस् ।’ चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैं यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए। ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरुलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने। आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरुसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा बिदेशी लगानी बढाउने बातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं’ उनले भने, ‘गैरआवासिय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’ त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं । यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएका थिए ।

बढ्यो ट्याक्सीको भाडा, शुरुमैं ५० रुपैयाँ उठने

बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाइएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो। मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन्त्रालयले जनाएको छ।

शुक्रबार राति १२ बजेदेखि आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइ‌दैन त ?

काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि आचारसंहिता लागू गरको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि राजनीतिक दलसहित सबै संघ–संथा र आमनागरिकले पालना गर्नुपर्छ । आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न पाइने छैन । राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरनजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न वा प्रदर्शन गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ । कुनै व्यक्तिको चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसारको सिलसिलामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इन्चसम्म आकारको एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा तीन गुणा तीनसम्म दलको झन्डा र त्यही नापको चुनाव चिह्न, उम्मेदवारले ‘ए फोर साइजको आफ्नो व्यक्तिगत पहिचानको विवरण वितरण गर्न सकिने व्यवस्था गरिएको छ । १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई प्रचारमा प्रयोग गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ । चुनावी प्रचारप्रसार बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै गर्न पाइनेछ । आचारसंहिताअनुसार समाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन हुँदैन । चुनावलाई प्रभावित पार्ने गरी कुनै पनि सञ्चारमाध्यमले कुनै प्रकारको मत सर्वेक्षण गर्न र प्रकाशन गर्न पाउने छैन । आचारसंहिता अनुसार केन्द्रीय सरकार, प्रदेश सरकारका मन्त्री तथा बहालवाला जनप्रतिनिधिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् तर आफैँ उम्मेदवार भएका जनप्रतिनिधिले भने आफ्नो प्रचारप्रसार गर्न पाउनेछन् । यस्तै, प्रधानमन्त्री, मन्त्री तथा सरकारका कुनै पनि उच्च अधिकारीले कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा त्यसका लागि अनुदान दिनेजस्ता कार्य गर्न पाइने छैन । यसैगरी सबै प्रकारका सरुवा बढुवामा रोक लगाइएको छ । नयाँ पद सिर्जना गर्न वा रिक्त पदपूर्ति गर्न तथा सबै प्रकारका आर्थिक सहायता दिनसमेत बन्देज लगाइएको छ । चुनावी काममा बाहेक अरु सबै कर्मचारीको सरुवा तथा पदस्थापनामा पनि रोक लगाइएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग सही ढङ्गले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेको छ । साथै आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिइएको छ । election_codes_of_conduct

अदालतको आदेशपछि ३ घण्टामैं खाेलियाे पशुपति धर्मशालाको ताला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नुु भन्ने अदालतको अन्तरकालीन आदेश रहेकाले कानुनअनुसार आए मात्रै बाटो खुला गर्ने अडान राखेको थियो। कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन् । त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो । पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो। तर काठमाडौँ जिल्ला अदालतको अन्तरकालीन आदेशले ताला तीन घण्टामा नै खोलिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

रित्तियो आयल निगमको सरकारी कोष

काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए । ‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने । उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

सभामुख सापकोटा र चिनियाँ समकक्षीबिच कुराकानी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ समकक्षी ली झान्सुबिच कुराकानी भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ जनसंसदको स्थायीका कमिटीका अध्यक्ष (सभामुख) झान्सु र सभामुख सापकोटाबीच शुक्रबार दिउँसो भर्चुअल रूपमा कुराकानी भएको हो। कुराकानीका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ। दुबै देशका सांसदहरूबीच नियमित भ्रमण आदान(प्रदानको आवश्यकताबारे पनि कुराकानी भएको थियो। दुबै जनाले आफ्नो देशमा भ्रमण गर्न समकक्षीहरूलाई निम्तो पनि दिएका थिए। कुराकानीमा दुबै देशका परराष्ट्र मन्त्रालयसहित संसदका उच्च अधिकारीहरूको सहभागिता थियो।

हेलम्बुका पूर्व सभापति तामाङसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस हेलम्बुका पूर्व सभापतिसहित दज‌नबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उनीहरुलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे । नेपालकाे राजनीतिक परिवर्तनकाे मियाे माओवादी भएकाे निश्कर्षसहित कांग्रेस परित्याग गरेकाे बताए । अध्यक्ष प्रचण्डले नव प्रवेसीहरुलाई स्वागत गर्दै देशलाई सामाजिक न्यायसहितकाे समृद्धिकाे दिशातर्फ अघि बढाउँदै समाजवादी क्रान्तिका लागि माओवादी कटिबद्ध भएकाे बताए । देशैभरि माओवादी प्रवेसकाे लहर चलेकाे बताउँदै आगामी निर्वाचनलाई ब्याटलका रुपमा बुझेर तयारिमा जुट्न निर्देशन दिए ।

कर्णाली प्रदेशद्वारा नर्स, जेटिएलगायत १३३ जना प्राविधिकको भर्ना खुला

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोलपा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

दर्जनौं जिल्लामा तालमेलकाे सहमति, छिट्टै मापदण्ड तय हुने

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट बाँडफाँटको मापदण्ड’दयगत भने टुंगो लाग्न सकेको छैन । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू आफूअनुकूल तालमेल तथा सिट बाँडफाँटको रणनीतिमा छन् । केन्द्रमा पाँच दलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएसँगै विभिन्न जिल्लामा चुनावी गठबन्धनको सहमति भइरहेको छ । जाजरकोट, अछाम, तनहुँ, चितवन, नुवाकोट, धनकुटा, कास्की, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुम, पाल्पा, गुल्मी, कैलाली, लम्जुङ, दैलेख, खोटाङ, सुनसरी, सुर्खेतसहित दर्जनौं जिल्लामा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । जिल्लाजिल्लाबाट कुन पार्टीको यथार्थ विवरण के हो भन्ने संकलन भइरहेको छ । २६ गतेभित्रमा यथार्थ विवरण आइसकेपछि सिट बाँडफाँटको मापदण्ड निर्धारण गरेर अगाडि बढ्ने गठबन्धनको रणनीति छ । कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको र छिट्टै नै सिट बाँडफाँटको समेत टुंगो लगाउने बताए ।‘हामीले जिल्लाजिल्लाबाट पार्टीहरूको यथार्थ विवरण पठाउन निर्देशन गरेका छौं । जिल्लाजिल्लाबाट सबै विवरण आइसकेपछि गठबन्धनको बैठक बसेर हामी टुंगो लगाउने छौं । अहिले विवरण संकलन भइरहेको छ,’ पौडेलले भने, ‘त्यसपछि विवरणको अध्ययन गरेर हामी मापदण्ड निर्धारण गर्छौं र सोहीअनुसार सिट बाँडफाँट गरेर अगाडि बढनेछौ्रं ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

इमरान सरकारलाई ठूलो झटकाः सुप्रिम कोर्टद्वारा संसद विघट्नको निर्णय खारेज, ९ तारिखमा अविश्वास प्रस्तावमा मतदान हुने

इस्लामाबाद । पाकिस्तानको सुप्रिम कोर्टले संसद विघटनका लागि प्रधानमन्त्रीले गरेको सिफारिसलाई अवैध घोषणा गर्दै खारेज गरेको छ । विपक्षीहरुले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावलाई विदेशी शक्तिहरुको षडयन्त्रमा ल्याइएको भन्दै उपसभामुखले संसद विघटन गरेका थिए । लगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरेका थिए । प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत पुगेका विपक्षीहरुको रिटमाथि सुनुवाई गर्न विशेष इजलासको गठन गरिएको थियो । विशेष इजलासमा दुबै पक्षको तर्क सुनेपछि सुप्रिम कोर्टले कुनै पनि बहानामा संसद विघटन गर्न नसकिने फैसला सुनाएको हो । सुप्रिम कोर्टको फैसला अनुसार आगामी ९ तारिखका दिन संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । अविश्वासको प्रस्ताव पारित भएको खण्डमा तत्काल निर्वाचनका लागि तयारी गर्न समेत अदालतले आदेश दिएको छ । निर्वाचन आयोगले भने न्यूनतम चार महिनाको अवधिमा तयारी गर्न सकिने जवाफ दिएको छ । इमरान खानले विदेशी शक्तिहरुले आफ्नो सरकार ढलाउन षडयन्त्र गरेको भन्दै अमेरिकी राजदूतले पत्र नै लेखेर धम्क्याएको कुरा सार्वजनिक गरेका थिए । लगत्तै बसेको सुरक्षा परिषदको बैठकले देशमा बाह्य शक्तिको चलखेल भएको निष्कर्श निकालेको थियो । सुरक्षा परिषदको बैठकमा विदेश मन्त्रीको भने उपस्थिति थिएन्।

टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने

काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागीता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्धितिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीताको निर्णायकमा गायक-गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । त्यस्तै, प्रतियोगीतामा अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारहरुका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक–गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुती रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ । टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोक गीत संगीतको जगेर्ना गर्ने उद्धेश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको जानकारी दिए । Virus-free. www.avast.com

अर्थतन्त्रमा आत्तिहाल्नु पर्ने अवस्था छैन– प्रवक्ता, नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्टष्पट्र विदेशी मुद्रा सञ्चिति प्रभावित हुँदै गएको कारण विलासिताका बस्तुमा रोक लगाएको बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले बढ्दो सोधानान्तर घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति प्रभावित हुँदै गएकाले बिलासिताका वस्तु आयातमा रोक लगाउन बाध्य भएको बताए। मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनका लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही बस्तुको आयातमा रोक लगाउन परेको उनले बताएका हुन । अहिले सबैभन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताउँदै भट्टले राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाए बर संकटबाट जोगाउनका लागि एउटा उपकरण प्रयोग गरिएको बताउनुभयो । उनले बाहिर हल्ला आए जस्तो अर्थतन्त्रमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । राष्ट्र बैंकसँग ६–७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जनाए। पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको बताउँदै कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको र आयात वृद्धिसंगै विदेशी मुद्रा सञ्चिति र शोधनान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाई छ । प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए । “श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक छ” उनले भने, “श्रीलंका कुल गार्हस्थ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएको र पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको हो ।  

केपी ओली मधेसी युवाहरूले नागरिकता नपाउँन भन्ने चाहन्छन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको निम्ति आफूले इमानदारीपूर्वकता लडेको बताएका छन्। सिराहामा आयोजित एक कार्यक्रममा प्रचण्डले मधेसको अधिकार, विकाश र समृद्धिको निम्ति इमानदारीपूर्वकता लड्ने पार्टी माओवादी केन्द्र मात्र भएको बताए । आगामी निर्वाचनमा मधेसले फेरि पनि माओवादी केन्द्रलाई जिताए मात्रै मधेसी जनताले लडेर ल्याएका उपलब्धिको रक्षा हुने प्रचण्डको भनाई छ। “मधेसको अधिकार, विकाश र समृद्धिका निम्ति इमानदारीपूर्वकता लड्ने पार्टी माओवादी मात्र हो। त्यो पार्टीलाई विजयी गराए मात्रै हामीले प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्न सक्छौं”, उनले भने,“‘गत साल जब प्रतिक्रान्तिको कसरत भयो। माओवादी केन्द्रले नै देशव्यापी अभियान चलायो। काठमाडौंमा ठुलठुला विरोधका कार्यक्रम पनि गर्‍यौं। विरोध सभामा मधेसले ठूलो सहभागिता जनाएको थियो। हामी सबै मिलेर खबरदारी गरेको थियौ। अन्ततः केपी ओलीको प्रतिगमनको यात्रा असफल भयो। त्यसकारण पनि म तपाइहरूलाई धन्यवाद दिन चाहन्छु।” प्रचण्डले नागरिकतासम्बन्धी समस्या समाधान नहुँदा मधेसका हजारौं युवाहरू अवसरबाट वञ्चित हुन परेको बताए। आफूले उक्त समस्या समाधानका निमित्त सदैव पहल गरिरहेको बताए। उनले भने, “नागरिकतासम्बन्धी समस्या मधेसमा सबैभन्दा चर्को छ। यो समस्या समाधान नहुँदा हजारौं मधेसी युवाहरू अवसरबाट वञ्चित हुन पुगेका छन्। यो विडम्बनाको स्थिति हो। मैले गठबन्धनमा अध्यादेशमार्फत भए पनि नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने कुरा राखेको छु।” प्रचण्डले अध्यादेशमार्फत भएपनि नागरिकता सम्बन्धी समस्या सुल्झाउने पर्ने पक्षमा आफू रहेपनि अदालतको आदेशका कारण त्यो सफल हुन नसकेको बताए। उनले अगाडि थपे, “बा–आमा नागरिक हुने, छोरा छोरीले नागरिकता नपाउने। योभन्दा अरू ठूलो विडम्बना अरू केही हुन सक्छ। संसारमै नभएको यो नेपालमा भएको छ। भनेर मैले प्रस्ताव राखे। तर, अदालतले नागरिकता जस्तो गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर मात्र नागरिकतासम्बन्धी समस्या हल गर्नुपर्छ भनी आदेश दिएको रहेछ। त्यसकारण अध्यादेश ल्याउन नपाइने रहेछ।” तर, एमालेले निरन्तर संसद अवरोध गरिरहँदा संसदमा नागरिकतासम्बन्धी अध्यादेशमाथि छलफल हुन नसकेको उनले बताए। एमालेले नागरिकताको समस्या समाधान नहोस् भनी चाहेको आरोप प्रचण्डको छ। उनले अब एमालेले संसद अवरोध गरेपनि उक्त विधेयक पारित गरेरै छोड्ने प्रतिबद्धता जनाए। “संसदमा नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गरौं। सदनबाटै पारित गरौं भनेर प्रस्ताव हामीले राख्यौं। सदन अवरुद्ध छ। नागरिकतासम्बन्धी विधेयकमा छलफल गर्न संसद खुलेको हुनुपर्छ। एमाले र केपी ओली गुटले सदन चल्न दिएको छैन। सदन रोकेर लाखौं युवाहरूलाई नागरिकताबाट वञ्चित गराएको छ”, प्रचण्डले भने,“अवरोधका बीच पनि हामीले बजेट ल्यायौं। १२ बुँदे सहित एमसीसी पास गर्यौं। अब संसद खुल्ने बित्तिकै एमालेले अवरोध गरेपनि नागरिकता विधेयकमाथि छलफल गराएर पारित गराउँछौं। यो विश्वास म तपाइहरूलाई दिलाउन चाहन्छु। हामी हरहालतमा यो समस्या समाधान गर्न चाहन्छौं।”

बैतडीका १० वटै स्थानीय तहमा चुनावी गठबन्धन हुने, यस्तो भयो निर्णय

काठमाडौं । बैतडीमा सत्तारुठ गठबन्धनका दलहरुले सबै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन् । आज सत्तारुढ गठबन्धनका दलहर नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले जिल्लाका दश वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो । बैतडी जिल्लामा नेकपा एमालेको बलियो संगठन भएपनि पार्टी फूटपछि कमजोर अवस्थामा रहेको छ । आज बसेको बैठकले केन्द्रमा सत्तारुढ गठबन्धनको निर्णय बमोजिम जिल्लामा समेत गठबन्धनका लागि सबै दलहरुबीच आन्तरिक छलफल गर्ने र सोही आधारमा संयन्त्र निर्माण गरेको हो । नवगठित संयन्त्रमा नेपाली कांग्रेसबाट जिल्ला सभापति चतुर बहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला समन्व्य समितिका संयोजक शंकर भण्डारी, नेकपा (एकीकृत समाजवादी)का इन्चार्ज प्रमानन्द भट्ट रहने निर्णय भएको छ ।