मलाई ओली समूहमा गयो भन्दा हाँसो उठ्योः हरिबोल गजुरेल
काठमाडौंः नेकपामा केही समयदेखि विवाद चलिरहेको छ । पटक–पटकको सचिवालय बैठकपछि स्थायी कमिटीको बैठकमा गएको नेकपा विवाद पुनः स्थायी कमिटीमै गएर अड्किएको अवस्था छ ।
न त सचिवालय बैठकले नै निकास दिइरहेको छ न त स्थायी कमिटीले नै । विवाद टुङ्गिने छाँटकाँट अहिलेसम्म देखिएको छैन । यस्तो अवस्थामा अब के हुने हो ? भन्ने अन्यौलता सँगसँगै राष्ट्रिय राजनीति भने मज्जाले तातेको देखिन्छ ।
अहिले नेकपाभित्र दुई धार स्पष्ट देखिएको छ । एउटा अध्यक्ष प्रचण्डले नेतृत्व गरेको वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको एउटा धार छ भने अर्को प्रधानमन्त्री समेत रहेका केपी ओली नेतृत्वको धार रहेको छ । यी दुई धारमा दोस्रो, तेस्रो तहका नेताहरू को कतातिर छन् भन्ने कुराले पनि फेरि राजनीतिमा थप रोमाञ्चकता पैदा गरिरहेको छ ।
यस रस्साकस्सीमा पूर्व एमालेको नेपाल र खनाल समूह प्रचण्डको नेतृत्वमा छ । त्यस्तै, पूर्व माओवादीका एक दुई जना स्थायी कमिटी सदस्य ओलीसँग निकट रहेको समाचार बाहिर आइरहेको छ । जसमध्ये एक हुन्, प्रचण्डका विश्वास पात्र मानिएका हरिबोल गजुरेल ।
केही दिनअघि हरिबोल ओलीको समुहमा रहेको र ओलीकै सल्लाहबमोजिम गजुरेलले प्रचण्डमाथि प्रहार गर्ने गरेको ओली निकट केही मिडियाले प्रचार गरेका थिए । तर, गजुरेल भने उक्त प्रचार देखेर आफूलाई हाँसो उठेको बताउँछन् ।
उनले भने, ‘अचम्म चाहीँ कहाँ नेर लाग्यो भने माया गर्ने व्यक्तिलाई कहिले काहीँ सल्लाह त दिइन्छ नि, तर यहाँ त स्वार्थी टिमले खेल्न खोजि हालेछ भनेर हाँसो उठ्यो एकछिन हाँसे पनि म ।’
प्रचण्ड–हरिबोलको सम्बन्धका बारेमा जानकारहरू भन्छन् ‘इतिहासलाई फर्केर हेर्ने हो भने दुःखमा टाँढिने र सुःखमा निकट हुने सम्बन्ध होइन उहाँहरूको । आफ्नो जीवन नै दिएका शितलकुमार अहिले टाँढिए भनेर कुप्रचार गर्नेहरू गद्दार हुन् यो उहाँहरूमाथि गरिएको अन्याय हो ।’
हरिबोल अगाडी भन्छन्, ‘सचिवालयको पटक–पटकको बैठक बस्ने तर निकास नदिनेप्रति मेरो हिजोदेखिकै असहमति हो, बैठक स्थायी कमिटीमा गएको छ, जनताको अगाडी लाज भैसकेको छ, महिनौं वित्दा स्थायी कमिटीको बैठक सकिएको छैन, हामीले लाज मान्ने कि नमान्ने ? विधि, पद्धति र विधान मान्ने कि नमान्ने ? हामीले आउने जेनेरेसनलाई के दिने ? के सिकाउने ? अब ढिला गर्नुहुँदैन ।’
हरिबोल पारिवारिक रुपमा पनि प्रचण्ड परिवारसँग निकट मानिन्छन् । प्रचण्डका छोरीहरू उनलाई काका भनेर सम्बोधन गर्छन् र अभिभावकको रुपमा सम्मान गर्ने गरेको स्रोत बताउँछ ।
प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रह
माडी: प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो ।’ प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।’ हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । ‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ’, सुवेदीले भने । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो । यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएको जानकारी दिए । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौंं जाँदैछ । ढकालले भन्नुभयो, ‘आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ ।’ प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।
यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र
काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिएको छ । शुक्रबार मध्य रातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गरिएका छन् । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको थियो ।
काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड
काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरसले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार उपत्यकामा एकैदिन १०६ जनामा कोरोना देखिएको थियो । जुन संख्या उपत्यकामा अहिलेसम्मै एकैचोटि भेटिएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो । एकैदिन अहिलेसम्मकै धेरै संक्रमित फेला पर्दै उपत्यकामा कोरोनाले नयाँ रेकर्ड रेकर्ड कायम गरेको हो । शुक्रबाट काठमाडौंमा ९१ जना, ललितपुर जिल्लामा ११ जना र भक्तपुर जिल्लामा चार जना संक्रमित थपिए । उपत्यकाका १३६ ठाउँमा संक्रमित छन् । काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ गरी हालसम्म ९८२ जनामा कोरोना देखिएकामा सक्रिय संक्रमितको संख्या ६४६ छ । लकडाउन खुकुलो भएसंगै देशभरलगायत उपत्यकामा ह्वात्तै बढेको छ । संक्रमण बढेको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशका रोक लगाइएको छ । लकडाउनको नयाँ मोडालिटि बनाउने तयारी भइरहेको छ । आइतबारदेखि दुई हप्ताका लागि सटडाउन गर्ने निर्णय भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला पर्दा थप पाँच जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको छ भने ७० जनाको मृत्यु भएको छ । तीमध्ये ६,३३० जनामा सक्रिय सङ्क्रमण छ भने अहिलेसम्म १५,८१४ जना भाइरसमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
कस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण ?
काठमाडौँ: ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति, दीर्घ रोग भएका मुख्यतः ६० वर्ष माथिका व्यक्ति, मध्यम, गम्भीर बिरामीको डिस्चार्ज गर्नुपूर्व ।
प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका छ्न । उनका अनुसार प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, डाक्टर शिवमाया तुम्बाहाङ्फेलगायत सात जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना संक्रमितको संख्या बढेकामा राष्ट्रपति भण्डारी चिन्तित
काठमाडौं : राष्ट्रपति विध्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरूबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएपछि सो कुरा बताएकी हुन् । उनले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गर्दै भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड दिइन् । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । – रासस
परीक्षण नगरी अन्तेष्टि गरिएका वडाध्यक्षको परिवारका ४ जनाको पीसीआर पोजिटिभ
रौतहट : कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडा अध्यक्षको परिवारमा ४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन । परीक्षण नगरी अन्तेष्टि गरिएका इशनाथ नगरपालिका ५ वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको परिवारमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई सातादेखि रुधाखोकीसँगै ज्वरो आएर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजाँदै गर्दा गत १९ गते बिहान बाटोमै मृत्यु भएको थियो । कोरोनाको हटस्पोट बनेको ईशनाथकै मृतक वडाध्यक्ष रहेको भए पनि परिवारका मानिसको जिद्दीको कारण उनको परीक्षण हुनसकेन । उनमा कोरोना संक्रमण हुनसक्ने आशंका गरिएको थियो । मृत्यु भएको ३ दिनअघि ठाकुरको आरडिटी रिपोर्ट निगेटिभ आउँदा उनको स्वाब संकलन गर्न परिवारका मानिस न मानेको नगर स्वास्थ संयोजक ईस्राफिल खांनले जानकारी दिए ।
नेपालका ६ जिल्ला कोरोना `फ्री´
काठमाडौं : नेपालमा ६ वटा जिल्ला कोरोना भाइरस (कोभिड-१९) काे सङ्क्रमणबाट मुक्त भएका छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् । महोत्तरी, पर्सा, रौतहट, काठमाडौं भने ५ सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लाे समय काठमाडौं पनि काेराेना सङ्क्रमणकाे उच्च जाेखिममा रहेकाे छ । आज देशभर ४ सय ६४ जनाको पीसीआर पोजिटिभ देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
`नेकपा फुटे राष्ट्र नै संकटमा पर्छ´
अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा फुटेमा राष्ट्र संकटमा पर्ने बताएका छन् । प्रेस संगठन नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट उपलब्ध भएको गणतन्त्र र संघीयता रक्षाका लागि पार्टी एक ढिक्का हुनु अहिलेको मुख्य आवश्यकता भएको बताए । शीर्ष नेताहरुको व्यवस्थापनको समस्याका कारण पार्टीभित्र अन्तरविरोध देखिएकाले एकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका नेतालाई कुन स्थानमा राख्ने भन्ने विषय नै अन्तर विरोधको प्रमुख कारण बनेको उनको भनाइ छ । शीर्ष नेताहरुको कारण पार्टी फुटेमा लामो बलिदानी र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने खतरा भएकाले अहिले महानायक बन्ने कि खलनायक बन्ने कुरा उनीहरुकै हातमा रहेको बताए । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी विभाजन भए राष्ट्र र राष्ट्रियता संकटमा पर्ने बताए ।
नेपालमा कोरोनाबाट एकैदिन ५ संक्रमितको मृत्यु
काठमाडौं : गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्साका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको कोरोनाबाट मृत्यु भएको हो । पर्साको वीरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको छ । यससँगै हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संंक्रमित पुष्टि भएको प्रवक्ता गौतमले बताए । यससँगै हालसम्म कूल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । २४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन् । अहिले ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । जसमध्ये प्रदेश १ मा ४ सय २५ जना, प्रदेश २ मा २ हजार ८ सय ३९ जना, बाग्मती प्रदेशमा ९ सय ४३ जना, गण्डकी प्रदेशमा २ सय ७६ जना, प्रदेश ५ मा ३ सय ७६ जना, कर्णाली प्रदेशमा २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४० जना संक्रमित रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जना संक्रमित थपिएको बताए । काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए । त्यस्तै देशभर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १० हजार २ सय ७ रहेको छ ।
आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)
काठमाडौं : गत २४ घण्टामा नेपालमा ४ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । शुक्रबार सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १ जनाको पीसीआर पोजिटिभ देखिएको जनाएको छ । यस्तै ललितपुरका १०, काठमाडौँका ९२, नुवाकोटका ८, सर्लाहीका ७, कञ्चनपुरका १, भक्तपुरका ४, बाराका ९, कैलालीका १९, तनहुँका २, गुल्मीका १, बाँकेका २९, वर्दियाका १५, कास्कीका ११, स्याङजाका १, कालिकोटका ४ जनाका संक्रमण पुष्टि भएको हो। कोरोना भाईरसको संक्रमण निको भएर थप ४२५ जना संक्रमित डिस्चार्ज भएका छन्।योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ।
काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। यस्तै शुक्रबार अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको छ। प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो। मन्त्रालयका अनुसार कोरोनाबाट ७० जनाको मृत्यु भइसकेको छ।
शुक्रबार ४६४ जनामा कोरोना पुष्टि, ४२५ संक्रमित डिस्चार्ज
काठमाडौं : शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
काठमाडौं २ हप्ताका लागि सटडाउन
काठमाडौं : उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन् । सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भनिन्, ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ ।
चुच्चेपाटी घटना: एसिड होइन तारपिन हानिएको हाे
सांकेतिक तस्बिर । काठमाडौँ: काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा बिहीबार राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर घटनाको अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ । रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको बताए। बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो । गए राति पनि सोही प्रक्रिया दोहो¥याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए। छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ । आमालाई भने केही भएको छैन । रासस


>