कहाँ हराए रेडलाईट एरियाबाट उद्धार गरि आश्रयगृहमा राखिएका ८ नेपाली महिला ?
नयाँ दिल्ली, मंसिर २० ।
भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन्।
दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ।
ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो।
गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए।
उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन।
सरकारी आश्रयगृहबाटै महिलाहरू हराएको विषयमा दिल्लीस्थित महिला आयोगले चासो देखाएको छ।
आम आद्मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडी प्रदर्शन गरिरहेको बीबीसी हिन्दी संवाददाता कमलेशले बताइन्।
उनका अनुसार हराएका महिलाहरू बारे प्रहरीले थप तथ्यहरू भने पत्ता लगाउन सकेको छैन।
भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको बारे दूतावासलाई जानकारी भएको बताए।
उनले भने, ‘हामी त्यसबारेमा सचेत छौँ र यहाँका निकायहरूसँगको सहकार्यमा उनीहरूलाई पत्ता लगाउनका लागि दूतावासले पनि काम गरिरहेको छ।’
बीबीसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको शिकार भएको बताएको छ।
अधिकारवादीहरूले नेपालबाट भारतमा यौन व्यवसायका लागि महिलाहरूको बिक्री हुने गरेको बताउँदै आएका छन्।
पछिल्ला वर्षहरूमा नेपाली महिलाई अवैध रूपमा खाडी मुलुक पठाउनका लागि समेत भारतको बाटो प्रयोग हुने गरेको पाइएको छ।
तीन महिना अघि पनि दिल्ली महिला आयोगले अवैध रूपमा खाडी पठाउन लागिएका ७१ नेपाली महिलाको उद्धार गरेको थियो।
भारतस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार यसरी अवैध रूपमा महिलालाई खाडी पठाउन फर्जी कागजातको समेत प्रयोग हुने गरेको पाइएको थियो।
बिबिसी नेपालीमा प्रकाशित समाचार
Image:आवतजावतका लागि प्रयोग हुने आश्रयगृहको गेट।
कलंकी–नागढुंगा सडकखण्डमा विद्युत् कटौती
काठमाडौँ, मङ्सिर ४ । सडक विस्तार कार्यलाई सहयोग पुर्याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलंकी–नागढुंगा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीन थाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुने छ । यस्तै तीनथाना, नैकाप, सतुङ्गल लगायतका क्षेत्रमा आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने छ । तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ । रासस
उदयपुर सिमेन्ट उद्योगबाट बढी उत्पादन
गाईघाट, मङ्सिर ४ । उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको भएपनि त्यसपछिका वर्षहरुमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको थियो । गत वर्षदेखि सिमेन्टको गियर मेशिन नयाँ परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए । यसपटक २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको र अहिले विद्युत्समेत पूर्ण आपूर्र्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको महाप्रबन्धक पौडेलले बताए । दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याङ्क राखेको महाप्रबन्धक पौडेलले बताए । अब उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८०० मेट्रिकटन पु¥याउने पनि उद्योग प्रशासनले बताएको छ । दुई वर्ष अघिसम्म वार्षिक रु १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष मात्र रु १५ करोड आम्दानी गरेको थियो । यो वर्ष अहिलेसम्म झण्डै रु ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताए । रासस
६ वर्ष बित्दा पनि शव आएन
भद्रपुर, मङ्सिर ४ । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए । त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उहाँका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ जानुभएको नीरज निराश भएर आज घर फर्किएका छन् । अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए । “आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो”, श्रेष्ठले भने । एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउनुहुन्छ । भद्रशीलाको छ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ रहेका छन् । नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा जानुभएको थियो भन्नेसमेत छोराछोरीलाई जानकारी छैन । घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु २४ हजार नगद पठाएको र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन भएको छोरा नीरजले बताए । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो । श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए । “हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश गएको रहेछ”, शव नआएपछि निराश बनेका जेठा छोरा नीरज भन्छन्, “शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।” रासस
लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने : उपसभापति निधि
कैलाली, मङ्सिर ४ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको अवस्थामा काङ्ग्रेसले संघीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानको प्रावधानअनुसार तीन तहको सम्पन्न निर्वाचनमा कम्युनिष्ट पार्टीले सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा बाहुल्यता प्राप्त गरेको तर काम गर्न नसकेको उल्लेख गरे । उपसभापति निधिले सङ्घीय, समावेशी र स्थानीय तहको संरचनाको सफल कार्यान्वयन र पूर्णता प्रदान गर्ने काममा सरकारले कुनै चासो नदिएको आरोप लगाए । उपसभापति निधिले प्रदेश नं २ बाहेक ६ वटै प्रदेशमा कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको उल्लेख गर्दै भने, “प्रदेश सरकारलाई न त केन्द्रीय सरकारले अधिकार दिएको छ न त प्रदेश सरकार नै अधिकार लिनका लागि सक्रियरूपमा अगाडि बढेका छन् ।” रासस
नेविसंघको कार्यकाल दुई महिना थप
काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो। पार्टीका शीर्ष नेताको असहमतिका बीच बैठकले संघको विधानलाई संशोधन गरी नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको आयु दुई महिना बढाएको छ। संघको विधानको धारा २६ ले केन्द्रीय समितिको कार्यकाल दुई वर्ष तोकेको छ। उक्त अवधिमा महाधिवेशन गर्न नसके थप ३ महिना समय लिनसक्ने व्यवस्था छ । ३ महिना अतिरिक्त समय लिनसक्ने संघको विधानको व्यवस्थालाई बैठकले संशोधन गरेर ५ महिना बनाएको केन्द्रीय सदस्य गुररुराज घिमिरेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय समितिले संघको नयाँ संविधान पनि पारित गरेको छ। ‘पार्टीले यसअघि नै नेवि संघमा ३२ वर्षे लागु गरिसकेको छ,’ घिमिरेले भने, ‘संघको पुरै विधान पारित गर्दै पार्टी केन्द्रीय समितिले दुई महिना कार्यकाल पनि थप गरेको छ।’ थपिएको दुई महिनामा पनि संघको महाधिवेशन सम्भव नरहेको जिकिर गर्दै नेता रामचन्द्र पौडेलले विधानको व्यवस्था अनुसारै अघि बढ्नुपर्ने तर्क गरेका थिए । विधान अनुसार सोमबारदेखि नेवि संघको वर्तमान कार्यसमिति स्वतः विघटन हुने व्यवस्था छ । त्यस्तै अर्का केन्द्रीय सदस्य गगन थापाले वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसक्ने तर्क गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने तर्क गरेका थिए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु महाधिवेशन सुनिश्चित गर्नेगरी संघको म्याद थप गर्नुपर्ने तर्क गरेका थिए । उनले महाधिवेशनका लागि वर्तमान समितिलाई थप ६ महिना समय दिन प्रस्ताव गरेका थिए । तर, त्यसविपरित संस्थापन पक्षले २ महिना समय थपको प्रस्ताव बैठकले पारित गरेको छ । त्यसप्रति नेता पौडेल र अर्जुननरसिंह केसीसहितले असहमति व्यक्त गरेका छन् । सभापति देउवा सहितका नेताहरुले पार्टी आसन्न महासमिति बैठकलाई केन्द्रमा राख्दै संघको कार्यकाल २ महिना थप गर्ने प्रस्ताव गरेका थिए । वर्तमान समिति विघटन हुँदा महासमिति बैठकमा नेतृत्वको आलोचना हुने भएपछि संस्थापन पक्ष समय बढाउने निष्कर्षमा पुगेको असन्तुष्टहरुको आरोप छ। अनलाइनपानाबाट
मुलुककै लामा र अग्ला पुल हेर्न पर्यटक लालायित
पर्वत, मङ्सिर ४ । जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रुपमा आउन थालेको स्थानीयवलासी बताउँछन् । मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउण्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यावसायी बताउँछन् । यस वर्ष झण्डै पाँच सयभन्दा बढीको सङ्ख्यामा बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए । उनले भने, “जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।” मनाङ र मुस्ताङ पुगेर फर्किएका झण्डै ५० अष्ट्रेलियन नागरिकले सोमबार पुल अवलोकन गरेका थिए । अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन् । “मुस्ताङबाट फर्किदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा व्यक्त गर्ने गरेका छन्,” पर्यटक पथप्रदर्शक रमेश मोक्तानले भने । उनले भने, “पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन् ।” कुश्मामा सञ्चालनमा आएका तीन पुलमा अहिले आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुङ्गे पुल आउने गरेको पौडेलले बताउनुभयो । केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन् । गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ । अग्ला पुल भएका स्थल बिदाको दिन भरिभराउ हुन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि सञ्चालनमा आएको हो । कुश्मा–कैया पुल चार वर्ष अघि तथा कुश्मा–मुडिकुवा पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो । अहिले यी तीनै अग्ला पुल अवलोकन गर्न दैनिक पाँच हजारभन्दा बढी नागरिक आउने गरेका छन् । “बिदाको दिन सात हजारभन्दा बढी जनाले अवलोकन गर्छन्,” पौडेलले भने । कालीगण्डकी, मोदीखोला र माछापुच्छ्रे सहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको पौडेल बताउँछन् । पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ । अहिले तीनवटै पुल वरपर होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । पुल निर्माणपछि त्यस क्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ । कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर रहेको छ । कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर रहेको छ । सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ । कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ । पुलमा नियमितरूपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी र फलफूल बजारसम्म पु¥याउन सहज बनाएको मुडिकुवाका युवनाथ रेग्मीले बताए । हिउँदयाम शुरु भएसँगै पुलमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पर्यटन व्यावसायी पौडेलले बताए । होटलमा बास बस्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीय होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । रासस
मंगलबार सिंहदरबारमा बिहान ११ बजे थिंक ट्याङ्कको बैठक बस्दै
काठमाडौं, मंसिर ४ । ठूला नीतिगत निर्णय तथा अनुसन्धानमा नेपाल सरकारलाई सघाउन गठन भएको विज्ञ समुह थिंक ट्याङ्कको बैठक मंगलबार बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले गरेका पछिल्ला निर्णयसँगै आगामी दिनमा अख्तियारी गर्ने रणनितिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै चौतर्फी आलोचना भईरहेका बेला हुन लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विज्ञहरुको सुझावका आधारमा सरकारको आगामी दिशा तय गर्ने मुख्य उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले थिंक ट्याङ्कको बैठक बोलाएका हुन्। प्राध्यापक डा. चैतन्य मिश्रको संयोजकत्वमा गठित समुहमा डा. मीना आचार्य, प्राध्यापक डा. राजेन्द्रध्वज जोशी, प्राध्यापक डा. सुरेन्द्र लाल र डा. गणेशमान गुरुङ सदस्य रहेका छन् । कान्तिपुरबाट
एक लाख ८० हजारको लागतमा विद्यार्थीले बनाए रोबोट
भद्रपुर, मङ्सिर ४ । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ । कक्षा ६ देखि १० सम्मका झण्डै २५० विद्यार्थीले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको विज्ञान शिक्षक निलम खरेलले बताए । रासस
बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द
म्याग्दी, मङ्सिर ४ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने छ । बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नुपर्ने छ । साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहने छ । बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ । “स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने । लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन । जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनियर जगत प्रजापतिले बताए । दुई वडाको सीमा विवाद समाधान म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ । विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ । सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन् । विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ । रासस
Tanker drivers call off protest
Biratnagar, Nov 20 Nepali tanker drivers who brought fuel transportation from Barauni of India to a grinding halt as part of the protest have called off their move since Monday evening. The tanker drivers had resorted to agitation after the Indian security personnel beat Monu Kumar, driver of tanker (Ko 1 Kha 6009), on the way to Nepal from Barauni at Jogbani of India on Saturday. In protest of misbehavior from Indian security personnel, the agitating drivers had halted fuel transportation for three days. Among the demands put forth by the agitators include taking action against the Indian security personnel beating tanker driver, putting to an end the misbehave meted out against Nepali drivers, ensuring security to drivers and seeking alternative route to the existing heavy traffic road. The fuel supply comes to normalcy from Monday evening after the Indian side pledged to not repeat such misbehavour to Nepali tanker drivers by admitting the mistake. The Indian side realized its mistake at a meeting between the officials of Nepal and India at Jogbani of India on Monday. Petrol pump sealed A team from Nepal Bureau of Standards and Metrological Regional Office Biratnagar sealed the Khusbu Fuel Suppliers of Okhaldhunga for alleged irregularities and cheatings on the sale of petroleum products. With this, the transaction of the Fuel Supplier has been put on hold. The team headed by regional office chief Shambhu Jha had sealed the petrol pump after fraud was detected on the sale of petro products with the use of software (chips) on the instrument of the supplier. In course of monitoring, the team found that the petroleum product was being sold out in sub-standard weight. According to Jha, the suppliers, owned by Krishnaram Makaju, was found cheating 280 ml diesel in the sale of every five litres and 135 ml in every five litres of petrol. RSS
CCTV cameras lying idle
Betrawati, Nov 20 The CCTV cameras installed at main market area and road side of Bidur Municipality in Nuwakot are lying idle. As many as 25 sets of CCTV which were installed on the initiative of Nuwakot Chamber of Commerce and Industry are now dysfunctional. The cameras were set up at the cost of Rs 3.5 million. The concerned side has not paid any attention to repair the cameras in the public which were helpful in maintaining security in the areas. Almost all the CCTVs installed in the public places are not in functioning condition right now, said Basanta Kunwar, Superintendant of Police. The cameras were installed a year ago in collaboration among the Nuwakot District Development Committee, Bidur Municipality, different banks and financial institutions. RSS
छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु
कावासोती, मङ्सिर ४ । नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यस्तै कवासोती– १५ बरौलीको भित्री सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । लु४०प २३३३ नं को मोटरसाइकल र ना२३प ७८७१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा कावासोती–१२ का २५ वर्षीय राज गुरौ, कावासोती–१४ का २१ वर्षीय समिल थापामगर, सोही ठाउँका २० वर्षीय वीरेन्द्र महतो र १९ वर्षीय बिवेक थनेत घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस
उपत्यकाको ४२ बस बिसौनीमा शौचालय बनाउन माग
काठमाडौँ, मङ्सिर ४ । नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो । सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो । प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिए । “४२ बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ,” उनले भने । उपलब्ध गराएका स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने उनले बताए । हाल काठमाडौँ उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छ । सङ्घका महासचिव नुरनाथ पन्तले देशभर यातायात श्रमिकका लागि शौचालयको समस्या रहेको बताए । रासस
यस्तो पनिः डडेल्धुराका मेयर, ओखलढुंगाका ठेकेदार, निर्माण योजना अलपत्र
ओखलढुंगा : ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी ठूला आयोजना अलपत्र छन्। यसको उदाहरण हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल। यसले मोलुङ र सुनकोसी गाउँपालिका जोड्नेछ। पुल ठेक्का लागेपछि तीनवटा निर्वाचन सम्पन्न भए। नेताहरूले हरेक निर्वाचनमा पुल बनाई छाड्ने अनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताए। तर, पुल अझै अधुरै छ। ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद डडेलधुराको परशुराम नगरपालिकाका मेयर छन्। डिजाइन फेल भएको भन्दै काम सक्नुपर्ने बेलासम्म सुरु नै गरिएको थिएन। दुई वर्ष लगाएर डिजाइन फेरी पिलर राख्न थाले पनि अलपत्र छ। तर, जग खन्नासाथ एस्काभेटर बिग्रिन थाले। यही बहानामा दुई वर्ष काम भएन। साउदले स्थानीय निर्वाचनपछि पिलर शिलान्यास र मसानपूजा गराए। तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले पूजा र शिलान्यास एकसाथ गरेका थिए। ठेकेदार साउद फिल्डमै आएनन्। उनले रवीन्द्र लामालाई पठाए। पटक–पटक पुल सम्पन्न गर्ने बताए पनि काम नभएपछि नौ महिनाअघि लामा पक्राउ परे। पुनः काम थालिहाल्ने सहमतिमा उनी छुटेका थिए। साउद न जिल्ला आएका छन् न त उनले काम अघि बढाएका छन्। ठूला नेतासँगको पहुँच र आफैं जनप्रतिधि भएकाले यहाँका स्थानीय तहका प्रमुखले यसमा प्रश्न गर्न सकेका छैनन्। उनले पुल अर्कोलाई जिम्मा दिइएको तर कामै नगरेको बताएका थिए। ‘सबै काम गर्छु भनेर विश्वासमा मैले उसलाई जिम्मेवारी दिएँ’, उनले भने, ‘एस्काभेटर पनि उपलब्ध गराएँ तर उसले गरेन।’ आफूले ठेक्का लिएर अरूलाई खेताला लगाएको उनले स्वीकार गरे। थप प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन। पछिल्लो पटक थप गरिएको म्याद २०७४ असारसम्म थियो। समयमै पुल नबन्दा लागत झन्डै दोब्बर पुगेको छ। सुरुमा ३ करोड ३२ लाख ५५ हजार लागतमा ठेक्का सम्झौता भएको थियो। डिजाइन फेरिएपछि लागत ५ करोड ६९ लाख पुगेको हो। स्विस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का जिविसले लगाएको थियो। प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी)ले गरेको छ। ८० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण हुनेछ। सरोकारवालाको दबाबमा पेस्कीबापत दिइएको ३३ लाख २५ हजार रकम जिविसले फिर्ता लिएको थियो। काम नगर्ने ठेकेदारमाथि कारबाही नगरिँदा ठूला आयोजना अलपत्र परेको स्थानीय रमेश श्रेष्ठको भनाइ छ। महत्वपूर्ण आयोजनालाई गति दिन पहल भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए। ‘अलपत्र योजना अनुगमन गरेर फर्किएको छु’, उनले भने, ‘मन्त्रीसँग छलफल गर्नेछु।’ ठेकेदार जो भए पनि काम नगरे कारबाही हुनुपर्ने उनले बताए। अन्नपूर्ण पोष्टबाट साभार
२ पटक समय थप गर्दा पनि आशिष कन्ट्रक्सनले काम नगर्दा योजना नै अलपत्र
भीमदत्तनगर, मङ्सिर ३ गते । निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ । ‘‘आशिष कन्ट्रक्सनलाई दोस्रो पटक काम सक्ने गरी गत फागुन १० गतेसम्म म्याद दिइएको थियो’’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जिनीयर ग्रीष्मा ठगुन्नाले भन्नुभयो, “कार्यालयबाट पनि मौखिक र लिखित रुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्र्पकमा आएनन् ।” सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जिनीयर ठगुन्नाले जानकारी दिनुभयो । ‘‘शुरुवातमा सम्झौता गर्दा २०७३ असोज महीनासम्मको म्याद थियो’’ उहाँले भन्नुभयो, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।” दुबै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो । ‘‘निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तान समेत भइसकेको छ’’ ठगुन्नाले भन्नुभयो,“४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” उहाँका अनुसार हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तानसमेत भइसकेको छ । सो क्षेत्रको तीन सय हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । ‘‘ठेकेदारले नहर बनाउन ल्याएका सामान समेत धारापानी क्षेत्रमा अलपत्र छन्’’ दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भन्नुभयो । दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । पृथ्वी महरा जेभीले रु एक करोड २० लाख बढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो । खानेपानीको समस्या समेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौंदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन । उहाँले मुल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउन पर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताउनुभयो । पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उहाँले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गर्नुभयो । रासस

