यो सरकार हिजो बिचौलियाको डरले बनेको, आज पनि डरले बचेको हो : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताउनुभयो।

null

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।”

अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।”

null

उहाँले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राख्नुभयो।

अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भन्नुभयो, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।”

उहाँले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताउनुभयो।

सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।”

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।”

सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाउनुभयो। “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन,” उहाँले भन्नुभयो।

null

संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको प्रचण्डले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं।”

उहाँले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, “उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।”

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताउनुभयो। उहाँले भन्नुभयो, “नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो।”

कार्यक्रमको विशेष क्षणमा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप प्रदान गर्नुभयो।

null

कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो।

इन्द्रजात्रामा अध्यक्ष प्रचण्डको शुभकामना: “सांस्कृतिक पर्वले सामाजिक एकता र समृद्धिलाई बलियो बनाओस्”

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा हर्षोल्लासका साथ मनाइने ऐतिहासिक एवम् सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “काठमाडौं उपत्यकामा विशेष हर्षोल्लासका साथ मनाइने ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेवार समुदायसहित देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।” अध्यक्ष प्रचण्डले इन्द्रजात्रालाई नेवार समुदायको मौलिक संस्कृति, पहिचान र आत्मसम्मानको जीवन्त प्रतीकका रूपमा उल्लेख गर्नुभयो। “इन्द्रजात्रा नेवार समुदायको मौलिक संस्कृति, पहिचान र आत्मसम्मानको जीवन्त प्रतीक हो। यो पर्वले हाम्रो गौरवशाली इतिहास, सामाजिक सद्भाव र सांस्कृतिक धरोहरलाई जीवित राख्दै आगामी पुस्तालाई हस्तान्तरण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उहाँले भन्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा हाम्रा यस्ता सांस्कृतिक पर्वहरूले महत्त्वपूर्ण आधार प्रदान गर्छन्। यस अवसरमा हाम्रा सांस्कृतिक गौरव, सामाजिक एकता र समृद्ध भविष्यप्रतिको संकल्पलाई थप बलियो बनाउने प्रण गरौं।” इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो, जुन भाद्र शुक्ल चतुर्दशीमा विशेष उत्साहका साथ मनाइन्छ। यो पर्वमा जीवित देवी–देवताका रूपमा पूजित श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा, विभिन्न नाचगान र धार्मिक अनुष्ठानहरू आयोजना गरिन्छ। अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभयो, “सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको हार्दिक कामना।”

जनतासँग माओवादी: 'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' आजदेखि  (तालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले थालेको 'जनतासँग माओवादी:'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' आजदेखि फेरि सुरु हुँदैछ । पोखरासम्म आएर पहिलो चरण सकिएको अभियान आज फेरि पोखराबाटै सुरु हुन लागेको माओवादी केन्द्रले जनाएको छ ।  अभियानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु पोखरा पुग्नेक्रममा रहेको महासचिव देव गुरुङले एभरेष्ट दैनिकलाई जानकारी दिनुभयो । दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्क अवलोकन गरेर अभियानको सुरुवात हुनेछ ।  कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्ने तालिका छ ।  साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।  गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ ।  हेर्नुस् तालिका    

एमाले नेताको गाडीले ठक्कर दिँदा ललितपुरको हरिसिद्धिमा बालिका घाइते

ललितपुर । नेकपा (एमाले) का नेता तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले एक बालिकालाई ठक्कर दिँदा ललितपुरको हरिसिद्धिमा तनाव उत्पन्न भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले हरिसिद्धि सडक अवरुद्ध पारेका छन्। हरिसिद्धिको उकालोमा भएको उक्त दुर्घटनामा घाइते बालिकालाई तत्काल उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको प्रहरीले जनाएको छ। बालकको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ। दुर्घटनापछि स्थानीय बासिन्दाले सडक जाम गरी विरोध जनाएका छन्, जसका कारण एमालेको दोस्रो विधान महाधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा आवागमनमा ठूलो असर परेको छ। प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। स्थानीयको आक्रोश र सडक अवरोधका कारण तनाव कायम रहेको छ। स्थानीयले दोषीमाथि कारबाही र घाइते बालकको उचित उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले यस्ता घटनामा जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।

डेङ्गीको जोखिम,सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म कायम रहने भन्दै नगरवासीलाई थप सचेत रहन आग्रह गरेको छ। महानगरका ३२ वटै वडामा डेङ्गीका बिरामीको सङ्ख्या बढ्दै गएकोले यो रोगले महामारीको रूप लिन सक्ने खतरा रहेको काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले जनाएको छ। डेङ्गी नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण महानगरको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले भदौदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने बताए। उनले स्थानीय वा केन्द्रीय सरकारको प्रयास मात्र नभई प्रत्येक नागरिकले आफ्नो घर र वरपरबाट डेङ्गी नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए। “डेङ्गी नियन्त्रण सरकारको मात्र जिम्मेवारी होइन, नागरिक आफैं जिम्मेवार बन्नुपर्छ। घरघरमा लामखुट्टेको बासस्थान नष्ट गरे ठूलो समस्याबाट जोगिन सकिन्छ,” भुसालले भने। ‘खोज र नष्ट गर’ अभियान तीव्र महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाएको छ। लामखुट्टेको लार्भा नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने र नगरवासीलाई सचेत गराउने कार्य भइरहेको छ। पानी जम्ने ठाउँहरू जस्तै गमला, ड्रम, टायर, बोतल, खाली ट्याङ्की र अन्य भाँडाहरूमा लामखुट्टेले फुल पार्ने भएकाले यस्ता स्थानहरू नियमित सफा राख्न भुसालले आग्रह गरे। “घरभित्रै लामखुट्टे उत्पादन गर्ने कारखाना बनिरहेको छ। सामान्य सचेतनाले डेङ्गी नियन्त्रण सम्भव छ,” उनले थपे। समुदाय र स्कूलमा सचेतना महानगरले समुदाय र स्कूलहरूमा पुगेर डेङ्गी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। विशेषगरी, बालबालिकामार्फत अभिभावकहरूलाई सचेत गराउने प्रयास भइरहेको छ। स्कूलहरूमा आयोजित कार्यक्रममार्फत डेङ्गी फैलाउने लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायहरूबारे जानकारी दिइएको छ। डेङ्गीको जोखिम र लामखुट्टेको विशेषता डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो लामखुट्टे ग्रामीणभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ र सफा पानी जम्ने स्थानमा फुल पार्छ। जथाभावी फालिएका बोतल, टिनका भाँडा, पुराना टायर, गमला, पानीका ट्याङ्की, मट्टितेल वा अलकत्राका खाली ड्रमहरूमा यस्ता लामखुट्टेले लार्भा उत्पादन गर्छन्। सावधानीका उपायहरू घर वरपर पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने। पानीका ट्याङ्की र गमलाहरू ढाकेर राख्ने। पुराना टायर, बोतल र अनावश्यक भाँडाकुँडा हटाउने। लामखुट्टे भगाउने धूप, क्वाइल वा झुलको प्रयोग गर्ने। डेङ्गीको लक्षण (ज्वरो, टाउको दुख्ने, जोर्नी दुख्ने, बान्ता हुने) देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि सबै वडाहरूमा निरन्तर अनुगमन र सचेतना अभियान चलाउने प्रतिबद्धता जनाएको छ। नगरवासीलाई यो रोगविरुद्ध सामूहिक प्रयासमा सहभागी हुन आह्वान गरिएको छ।

कालीमाटी बजारमा आजको फलफूल र तरकारीको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिले सागसब्जी, फलफूल, मसला र अन्य उत्पादनहरूको अधिकतम थोक मूल्य तोकेको छ। तल उल्लेखित मूल्यहरू बजारमा व्यापारीहरूका लागि आधारभूत मार्गदर्शनका रूपमा लागू हुनेछन्। तरकारीको थोक मूल्य (प्रति किलो) गोलभेँडा ठूलो (नेपाली): ७५ रुपैयाँ गोलभेँडा ठूलो (भारतीय): ८० रुपैयाँ गोलभेँडा सानो (लोकल): ५५ रुपैयाँ गोलभेँडा सानो (टनेल): ७० रुपैयाँ रूख टमाटर: २२० रुपैयाँ आलु रातो (नेपाली): ५३ रुपैयाँ आलु रातो (भारतीय): ३० रुपैयाँ आलु रातो (मुडे): ४५ रुपैयाँ आलु सेतो: ३८ रुपैयाँ प्याज सुकेको (भारतीय): ३९ रुपैयाँ गाजर (लोकल): १२० रुपैयाँ गाजर (तराई): १०० रुपैयाँ बन्दा (लोकल): ५० रुपैयाँ काउली (स्थानीय): १०० रुपैयाँ रातो मूला: ८० रुपैयाँ सेतो मूला (हाइब्रिड): ५० रुपैयाँ भन्टा लाम्चो: २५ रुपैयाँ भन्टा डल्लो: ४५ रुपैयाँ तने बोडी: १०० रुपैयाँ मकै बोडी: ८० रुपैयाँ घिउ सिमी (लोकल/हाइब्रिड): १०० रुपैयाँ टाटे सिमी: ९० रुपैयाँ भटमास कोसा: १०० रुपैयाँ तीतो करेला: ६० रुपैयाँ लौका: ६५ रुपैयाँ परबर (लोकल/तराई): ५० रुपैयाँ चिचिण्डो: ४० रुपैयाँ घिरौँला: ६० रुपैयाँ झिगुनी: ६० रुपैयाँ फर्सी पाकेको: ६० रुपैयाँ फर्सी हरियो (लाम्चो): ४० रुपैयाँ फर्सी हरियो (डल्लो): ५५ रुपैयाँ सलगम: १०० रुपैयाँ भिण्डी: ५० रुपैयाँ पिँडालु: ८० रुपैयाँ स्कूस: २० रुपैयाँ सागसब्जी र अन्य उत्पादन (प्रति किलो) रायोसाग: १४० रुपैयाँ पालुङ्गो साग: १४० रुपैयाँ तोरीको साग: ९० रुपैयाँ हरियो प्याज: ७० रुपैयाँ च्याउ (कन्य): १८० रुपैयाँ च्याउ (डल्ले): ३५० रुपैयाँ राजा च्याउ: ३०० रुपैयाँ सिताके च्याउ: १००० रुपैयाँ कुरिलो: ५०० रुपैयाँ निगुरो: ८० रुपैयाँ ब्रोकाउली: २८० रुपैयाँ चुकुन्दर: ७० रुपैयाँ सजीवन: २२० रुपैयाँ रातो बन्दा: २२० रुपैयाँ जिरीको साग: १३० रुपैयाँ सेलरी: ३०० रुपैयाँ पार्सले: १००० रुपैयाँ सौफको साग: २५० रुपैयाँ पुदिना: ८०० रुपैयाँ इमली: १९० रुपैयाँ तामा: १२० रुपैयाँ तोफु: १२० रुपैयाँ गुन्द्रुक: ३०० रुपैयाँ फलफूलको थोक मूल्य स्याउ (झोले): २५० रुपैयाँ/किलो स्याउ (फुजी): ३०० रुपैयाँ/किलो केरा: १२० रुपैयाँ/दर्जन कागती: १५० रुपैयाँ/किलो अनार: ३५० रुपैयाँ/किलो सुन्तला (भारतीय): ३५० रुपैयाँ/किलो तरबुजा हरियो: ६० रुपैयाँ/किलो मौसम: १६० रुपैयाँ/किलो जुनार: २५० रुपैयाँ/किलो भुइँकटहर: १६० रुपैयाँ/गोटा काँक्रो (लोकल): ६० रुपैयाँ/किलो काँक्रो (हाइब्रिड): ३० रुपैयाँ/किलो रुखकटहर: ६० रुपैयाँ/किलो निबुवा: ६० रुपैयाँ/किलो नास्पाती (लोकल): १०० रुपैयाँ/किलो नास्पाती (चाइनिज): २२० रुपैयाँ/किलो मेवा (नेपाली): ६० रुपैयाँ/किलो मेवा (भारतीय): १०० रुपैयाँ/किलो अम्बा: १५० रुपैयाँ/किलो लप्सी: ६० रुपैयाँ/किलो किबी: ४०० रुपैयाँ/किलो सरिफा: २०० रुपैयाँ/किलो आभोकाडो: ३०० रुपैयाँ/किलो अमला: १३० रुपैयाँ/किलो मसला र अन्य उत्पादन (प्रति किलो) अदुवा: १२० रुपैयाँ सुकेको खुर्सानी: ४०० रुपैयाँ खुर्सानी हरियो: ६० रुपैयाँ खुर्सानी हरियो (बुलेट): ६० रुपैयाँ खुर्सानी हरियो (माछे): ७० रुपैयाँ अकबरे खुर्सानी: २२० रुपैयाँ भेडे खुर्सानी: १०० रुपैयाँ लसुन हरियो: १०० रुपैयाँ लसुन सुकेको (चाइनिज): २२० रुपैयाँ लसुन सुकेको (नेपाली): १६० रुपैयाँ हरियो धनियाँ: २०० रुपैयाँ छ्यापी सुकेको: २०० रुपैयाँ छ्यापी हरियो: २८० रुपैयाँ माछाको थोक मूल्य (प्रति किलो) माछा सुकेको: १००० रुपैयाँ ताजा माछा (रहु): ३५० रुपैयाँ ताजा माछा (बचुवा): २८० रुपैयाँ ताजा माछा (छडी): २५० रुपैयाँ कालीमाटी बजारले यी मूल्यहरू थोक बिक्रीका लागि आधारभूत दरका रूपमा तोकेको हो। खुद्रा बिक्रीमा भने यी मूल्यहरूमा केही भिन्नता हुन सक्छ। समितिले बजारको माग र आपूर्तिका आधारमा मूल्यहरू नियमित रूपमा अद्यावधिक गर्ने जनाएको छ। उपभोक्ता र व्यापारीहरूलाई कालीमाटी बजारको आधिकारिक वेबसाइट वा समितिको कार्यालयबाट ताजा जानकारी लिन सुझाव दिइएको छ।

नेपाल राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबार (आज) का लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४०.९३ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ तोकिएको छ। प्रमुख मुद्राहरूको विनिमय दर अस्ट्रेलियन डलर (AUD): खरिद दर ९२.२२ रुपैयाँ, बिक्री दर ९२.६२ रुपैयाँ क्यानेडियन डलर (CAD): खरिद दर १०२.१६ रुपैयाँ, बिक्री दर १०२.५९ रुपैयाँ युरोपियन युरो (EUR): खरिद दर १६४.६६ रुपैयाँ, बिक्री दर १६५.३६ रुपैयाँ युके पाउन्ड स्टर्लिङ (GBP): खरिद दर १८९.९२ रुपैयाँ, बिक्री दर १९०.७३ रुपैयाँ स्विस फ्र्याङ्क (CHF): खरिद दर १७५.४० रुपैयाँ, बिक्री दर १७६.१४ रुपैयाँ जापानी येन (JPY): १० येनको खरिद दर ९.५१ रुपैयाँ, बिक्री दर ९.५५ रुपैयाँ चिनियाँ युआन (CNY): खरिद दर १९.७४ रुपैयाँ, बिक्री दर १९.८३ रुपैयाँ भारतीय रुपैयाँ (INR): १०० को खरिद दर १६०.०० रुपैयाँ, बिक्री दर १६०.१५ रुपैयाँ अन्य मुद्राहरू साउदी रियाल (SAR): खरिद दर ३७.५६ रुपैयाँ, बिक्री दर ३७.७२ रुपैयाँ कतारी रियाल (QAR): खरिद दर ३८.६७ रुपैयाँ, बिक्री दर ३८.८३ रुपैयाँ थाई भाट (THB): खरिद दर ४.३८ रुपैयाँ, बिक्री दर ४.४० रुपैयाँ युएई दिरहम (AED): खरिद दर ३८.३७ रुपैयाँ, बिक्री दर ३८.५३ रुपैयाँ मलेसियन रिंगिट (MYR): खरिद दर ३३.३६ रुपैयाँ, बिक्री दर ३३.५० रुपैयाँ दक्षिण कोरियाली वन (KRW): १०० को खरिद दर १०.१३ रुपैयाँ, बिक्री दर १०.१८ रुपैयाँ स्विडिस क्रोनर (SEK): खरिद दर १४.९७ रुपैयाँ, बिक्री दर १५.०३ रुपैयाँ डेनिस क्रोनर (DKK): खरिद दर २२.०६ रुपैयाँ, बिक्री दर २२.१५ रुपैयाँ हङकङ डलर (HKD): खरिद दर १८.०६ रुपैयाँ, बिक्री दर १८.१४ रुपैयाँ कुवेती दिनार (KWD): खरिद दर ४६१.०१ रुपैयाँ, बिक्री दर ४६२.९७ रुपैयाँ बहराइन दिनार (BHD): खरिद दर ३७३.८१ रुपैयाँ, बिक्री दर ३७५.४१ रुपैयाँ ओमानी रियाल (OMR): खरिद दर ३६६.०६ रुपैयाँ, बिक्री दर ३६७.६२ रुपैयाँ राष्ट्र बैंकको जानकारी नेपाल राष्ट्र बैंकले यी विनिमय दरहरू आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्छ। अद्यावधिक विनिमय दरहरू राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छन्। विदेशी मुद्रा विनिमयको आवश्यकता भएका व्यक्ति र व्यवसायीहरूलाई राष्ट्र बैंकले तोकेको दरलाई आधार मानेर कारोबार गर्न सुझाव दिइएको छ।

मनसुनी प्रभाव: पहाड र तराईमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको र यसले देशका विभिन्न भागमा वर्षा गराइरहेको महाशाखाको भनाइ छ । शनिबार बिहानको वर्षा शनिबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौंको चन्द्रागिरिमा १२ मिलिमिटर, सिन्धुपाल्चोकको ढुंगेमा ८.६ मिलिमिटर र नुवाकोटको ककनीमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ । दिउँसोको मौसम पूर्वानुमान शनिबार दिउँसो देशभर सामान्यतया बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिको मौसम राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान छ । पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । भारी वर्षाको सम्भावना नरहेको महाशाखाका अनुसार शनिबार दिउँसो र राति कुनै पनि क्षेत्रमा भारी वर्षाको सम्भावना छैन । तथापि, मध्यम वर्षाले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन स्थानीय बासिन्दालाई सुझाव दिइएको छ । सतर्क रहन आग्रह मनसुनी वर्षाका कारण नदी, खोला र खहरेमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिम क्षेत्रमा बस्नेहरूलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै, यात्रा र दैनिक कार्यमा मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ ।

इन्द्रजात्राको रौनक: काठमाडौं उपत्यकामा परम्परागत उत्सवको उमङ्ग

काठमाडौं। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका क्षेत्रमा विशेष उत्साहका साथ सम्पन्न हुन्छ । इन्द्रध्वजोत्थान र रथयात्राको परम्परा इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीमा हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु हुन्छ । यो लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ, जसको फेदमा भैरवको पूजा गरिन्छ । यो पर्व शत्रु पराजयको विजयोत्सव र शक्ति प्रदर्शनको अवसरका रूपमा समेत मनाइन्छ । लिङ्गो ठड्याएपछि आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजा–आराधनासहित यो जात्रा मनाउने प्रचलन छ । लिङ्गो तयारीको प्रक्रिया पनि निकै रोचक छ । भक्तपुरको चितपोल जङ्गलमा तान्त्रिक विधिद्वारा पूजा गरी छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयामा काटिन्छ । साइत हेरेर उपत्यका भित्र्याइएको रूखलाई भोटाहिटीमा एक रात राखी भाद्र शुक्ल एकादशीमा इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ । जीवित देवी–देवताको रथयात्रा र सांस्कृतिक प्रदर्शन आजको मुख्य आकर्षण हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी–देवताका रूपमा पूजित श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हो । परम्परागत रूपमा यो रथयात्रा राष्ट्रपतिबाट अवलोकन गरिन्छ, जुन राजतन्त्रकालमा राजाले गर्ने प्रचलन थियो । जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच र देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकस्वरूप पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यी सांस्कृतिक नाचहरूले इन्द्रजात्रालाई जीवन्त र आकर्षक बनाउँछन् । इन्द्रध्वज पातन र धार्मिक महत्व इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौँथीमा ‘इन्द्रध्वज पातन’ गरिन्छ, जसलाई शास्त्रीय भाषामा ‘भरण्यां निशि पातयेत्’ भनिएको छ । धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार, भरणी नक्षत्रको रातमा लिङ्गो लडाउने शास्त्रीय विधान छ । यस अवसरमा उपत्यकाको पश्चिममा अवस्थित दहचोकको इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरी मेला भर्न भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । यो मेलाले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । अनन्त चतुर्दशीको विशेषता इन्द्रजात्राकै दिन भाद्र शुक्ल चतुर्दशीमा भगवान् विष्णुको स्वरूप अनन्तनाथको पूजा–आराधना पनि गरिन्छ, जसलाई अनन्त चतुर्दशी भनिन्छ । यो दिन चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुने विश्वास छ । धर्मशास्त्रविद् नेपालका अनुसार, श्रावण शुक्ल पूर्णिमामा जनै मन्त्रन गर्न नपाएकाहरूले आजै यो विधि सम्पन्न गर्न सक्छन् । साथै, अनन्त चतुर्दशीको व्रत पनि आजै गरिन्छ । इन्द्रजात्रा मनाएपछि पूर्णिमाको दिन इन्द्रदहमा स्नान गर्ने धार्मिक परम्परा छ । सांस्कृतिक र धार्मिक एकताको प्रतीक इन्द्रजात्रा काठमाडौं उपत्यकाको सांस्कृतिक र धार्मिक पहिचानको महत्वपूर्ण पर्व हो । यो पर्वले स्थानीय नेवार समुदायको परम्परालाई जीवन्त राख्नुका साथै विभिन्न समुदायलाई एकताबद्ध गर्ने अवसर प्रदान गर्छ । रथयात्रा, नाचगान र धार्मिक अनुष्ठानहरूले यो पर्वलाई पर्यटकहरूका लागि समेत आकर्षणको केन्द्र बनाएको छ ।

जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो, माओवादी केन्द्रले नेतृत्व गर्नुपर्छ  : अध्यक्ष प्रचण्ड

काठमाडौं —नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताउनुभएको छ। उहाँले जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता समेत औँल्याउनु भएको छ । माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गर्नुभयो।अध्यक्ष प्रचण्डले भन्नुभयो, “आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ।” अध्यक्ष प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भन्नुभयो, “हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं।” उहाँले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताउनुभयो । सामुदायिक वन व्यवस्थापनको अवधारणा ल्याउने नेतृत्वको अवसरमावादमा फस्दै जाँदा सहकारी र वनमा समेत समस्या आएको उहाँले बताउनुभयो । वन र प्राकृतिक स्रोत साधानको व्यवस्थापनमा पछिल्लो समय भएको (एनजिओकरण र आईएनजिओकरण) प्रति उहाँले गम्भीर आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “सरकार र समुदायबीचको सहकार्यमा आधारित वन व्यवस्थापन मोडल बिग्रँदै गएको छ। माओवादी केन्द्रले अब फेरि यसमा स्पष्ट र निष्ठापूर्ण नेतृत्व लिनु आवश्यक छ।”उहाँले थप भन्नुभयो, “हामीले संरक्षण मात्र होइन, समुदायद्वारा उपभोगको अवधारणा अघि सारेका सार्न आवश्यक छ ।” कार्यक्रममा तयार पारिएको अवधारणापत्रप्रति प्रशंसा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यो केवल पार्टीको दस्तावेज मात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “माओवादी केन्द्रको वन तथा जलवायु विभागमा अनुभव सम्पन्न साथीहरूको सक्रियताले तयार गरिएको यो दस्तावेजले अब अन्तर्राष्ट्रिय तहमा पनि प्रभाव पार्नेछ।” उहाँले मार्क्सवादी विचारधाराको सन्दर्भ उठाउँदै लेनिनको भनाइ उद्धृत गर्दै भन्नुभयो, “मार्क्सवाद कुनै डग्मा होइन। प्रकृति र मानव समाजमा भइरहेका परिर्वतनलाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्छ भन्ने वैज्ञानिक मान्यता हो। अहिले जलवायु संकट पनि त्यस्तै परिवर्तन हो, जसको समाधान सैद्धान्तिक र व्यावहारिक रूपमा हामीले खोज्नुपर्छ।” कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्ति बहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेताहरू तथा विज्ञहरूको समेत उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता विभाग अध्यक्ष माधव सापकोटा ‘सुबोध’ले गर्नुभएको थियो।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। नेपाल सरकारले सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमा सरकारको उक्त निर्णयलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै खारेजीको माग गरिएको छ। रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सामाजिक सञ्जालहरू सूचीकरण गर्न भदौ ९ गतेसम्म सात दिनको म्याद दिएको थियो। म्यादभित्र सूचीकरण नभएपछि बिहीबार रातिदेखि फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यी सञ्जालहरू निष्क्रिय गर्न निर्देशन दिइएको छ, र केही कम्पनीहरूले आंशिक रूपमा प्रतिबन्ध लागू गरिसकेका छन्। वरिष्ठ अधिवक्ता त्रिपाठीले रिटमार्फत सरकारको यो कदमलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकमाथिको ठाडो हस्तक्षेप भएको दाबी गरेका छन्। रिटमा नेपालको संविधानको धारा १७(२)(क), धारा १९ र धारा २७ लाई आधार बनाउँदै यी हकहरू प्रत्याभूत भएको र यसमाथि प्रतिबन्ध लगाउन नमिल्ने जिकिर गरिएको छ। “नागरिकको आवाज बन्द गर्न सरकारले यो निर्णय गरेको छ। यो प्रथम दृष्टिमै गैरकानुनी र गैरसंवैधानिक छ,” त्रिपाठीले रिटमा उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल नियमनका लागि ऐन बनाउन सकिने भए पनि निर्देशिकाको भरमा सिधै बन्द गर्नु संविधानको उल्लंघन भएको तर्क गरेका छन्। “लोकतान्त्रिक राज्यमा नागरिकको अभिव्यक्तिको माध्यमलाई यसरी अवरुद्ध गर्नु चरम स्वेच्छाचारिता हो,” रिटमा भनिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाइएको छ। त्रिपाठीले सामाजिक सञ्जाललाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आदेश माग गरेका छन्। साथै, प्रतिबन्धसम्बन्धी सबै निर्णय र पत्राचार कार्यान्वयन नगर्न प्रतिषेधको आदेश माग गरिएको छ। त्रिपाठीले सामाजिक सञ्जालको दुरुपयोग रोक्न व्यक्तिगत जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्। “घरमा मुसा पस्यो भन्दैमा घरमा आगो लगाउनुहुँदैन। दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्छ, सञ्जाल नै बन्द गर्नुहुँदैन,” उनको भनाइ छ। उनले सामाजिक सञ्जाल नियमनका लागि विज्ञसहितको कार्यदल गठन गरी सिफारिसबमोजिम कदम चाल्न सुझाएका छन्। सरकारले सामाजिक सञ्जाललाई जवाफदेही बनाउन भन्दै सूचीकरणको नीति ल्याएको थियो। तर, मेटा, अल्फाबेट, एक्सजस्ता ठूला कम्पनीहरूले सूचीकरणमा चासो नदेखाएपछि सरकारले सिधै प्रतिबन्धको बाटो रोजेको हो। यो निर्णयले नागरिक स्वतन्त्रता र डिजिटल अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै त्रिपाठीले यसलाई बदनीयतपूर्ण र स्वेच्छाचारी भनेका छन्। सर्वोच्च अदालतले रिट दर्तापछि प्रारम्भिक सुनुवाइका लागि मिति तोक्नेछ। यो मुद्दाले सरकारको सामाजिक सञ्जाल नीति र संवैधानिक हकहरूको संरक्षणमा महत्त्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। सामाजिक सञ्जालमा पनि यो निर्णयको विरोधमा तीव्र आवाज उठिरहेको छ, र सर्वोच्चको फैसलाले यो विवादको दिशा निर्धारण गर्नेछ।

ओलीको दृष्टिकोण : जबजलाई विस्थापित गर्दै ‘नेपाली विशेषताको समाजवाद’

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई विस्थापित गर्ने संकेत गर्दै ‘नेपाली विशेषताको समाजवाद’ को नयाँ अवधारणा अघि सारेका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत उनको राजनीतिक प्रतिवेदनमा यो अवधारणाको विस्तृत व्याख्या गरिएको छ, जसले पार्टीभित्र र बाहिर व्यापक बहस निम्त्याएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत साउनमा आफ्नो निवास भंगालमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ‘एमालेले जबज छोड्ने त होइन’ भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । उनको यो चिन्ता व्यक्त भएको डेढ महिनापछि ओलीले जबजको विकल्पका रूपमा ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेका हुन् । भण्डारीको सक्रिय राजनीति र पार्टी सदस्यताको विषयमा त्यतिबेला पार्टीभित्र र बाहिर चर्को बहस भएको थियो । नेकपा (एमाले) ले २०४९ सालको पाँचौँ महाधिवेशनदेखि तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्दै आएको छ । २०७४ सालमा माओवादी केन्द्रसँगको एकताबाट बनेको नेकपा कालमा पनि जबजलाई अँगाल्ने कि नअँगाल्ने भन्नेमा बहस भएको थियो । त्यतिबेला प्रचण्ड र झलनाथ खनालजस्ता नेताहरूले जबजको विपक्षमा तर्क गरेका थिए, तर नेकपा र पुनः एमाले विभाजनपछि ओलीले जबजको पक्षमा दृढ अडान राख्दै आएका थिए । तर, पछिल्लो समय उनले जबजको सट्टा नयाँ सिद्धान्तको खोजी गरेको देखिन्छ । नेपाली विशेषताको समाजवाद: मुख्य विशेषताहरू अध्यक्ष ओलीले प्रस्तुत गरेको ‘नेपाली विशेषताको समाजवाद’ ले प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्ने उल्लेख छ । यो अवधारणाले निम्नलिखित विशेषताहरूलाई जोड दिएको छ: नयाँ प्रगतिशील उत्पादन सम्बन्धको विकास र उत्पादक शक्तिको वृद्धि । श्रमजीवी वर्गलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता । आर्थिक उत्पादनको प्रचुरता र समन्यायिक वितरण । सहकारिताको प्रयोग, पर्यावरण संरक्षण, श्रमको प्रोत्साहन र नवप्रवर्तन । आवश्यकताअनुसार तीव्र आर्थिक विकासको सुनिश्चितता । यसका साथै, नेपाली समाजको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यपूर्ण रूपमा अगाडि बढाउने ओलीको प्रस्ताव छ । उनले ‘एकरूपतामा एकता होइन, विविधतामा एकता’ लाई प्रवर्द्धन गरिने बताएका छन् । परिपूर्ण लोकतन्त्र र राष्ट्रिय हित ओलीले ‘नेपाली विशेषताको समाजवाद’ को एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ भएको उल्लेख गरेका छन् । उनले संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनलाई राज्य सञ्चालनका अभिन्न अंगका रूपमा व्याख्या गरेका छन् । “दलहरूबीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ, जनताको अभिमतबाट मात्र शासन सञ्चालन हुने र अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ,” उनको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय हित, स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकासलाई यो अवधारणाको अनिवार्य कार्यभारका रूपमा प्रस्तुत गरिएको छ । जबजको भविष्य र बहस यदि विधान महाधिवेशनले ओलीको प्रस्तावलाई हुबहु पारित गरेमा नेकपा (एमाले) ले निकट भविष्यमा जबजको सट्टा ‘नेपाली विशेषताको समाजवाद’ लाई आफ्नो मूल सिद्धान्त बनाउने सम्भावना प्रबल छ । यो कदमले पार्टीको वैचारिक दिशालाई पुनर्परिभाषित गर्नुका साथै जबजप्रति वफादार नेताहरू र कार्यकर्ताहरूबीच नयाँ बहस सिर्जना गर्ने निश्चित छ । यो अवधारणाले एमालेको परम्परागत वैचारिक आधारलाई कसरी प्रभाव पार्छ र नेपाली राजनीतिमा कस्तो असर गर्छ, त्यो आगामी दिनमा प्रष्ट हुनेछ । तर, ओलीको यो प्रस्तावले पार्टीभित्र र बाहिर नयाँ वैचारिक तरंग ल्याएको छ ।

सामाजिक सञ्जाल प्रतिबन्ध: जनतालाई बन्द प्रधानमन्त्रीका लागि सामाजिक सञ्जाल खुल्लै

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने निर्णय लागू गरिरहँदा सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने फेसबुक र ह्वाट्सएपको सक्रिय प्रयोग गरिरहेको पाइएको छ । यो कदमले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको नेकपा (एमाले) को विधान महाधिवेशनको अपडेट प्रधानमन्त्रीको अफिसियल फेसबुक पेजहरू ‘पीए केपी शर्मा ओली सेक्रटेरियट’ र ‘बालकोट’ मार्फत नियमित रूपमा सेयर भइरहेको छ । यस्तै, ह्वाट्सएप ग्रुपहरूमा पनि महाधिवेशनका सूचना र जानकारीहरू सेयर गरिएका छन् । यी दुवै प्ल्याटफर्म सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरूमा रोक लगाउने निर्णय गरेको सन्दर्भमा प्रयोग भइरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचीकरण नभएका २६ सामाजिक सञ्जालहरू निष्क्रिय बनाउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै फेसबुक, ह्वाट्सएप लगायतका सञ्जालहरू क्रमशः बन्द हुँदैछन् । तर, प्रधानमन्त्रीको सचिवालयले यी सञ्जालहरूको प्रयोग जारी राख्नुले सरकारको निर्णयप्रति दोहोरो मापदण्ड अपनाइएको भन्दै सामाजिक सञ्जालमा विरोधको स्वर चर्किएको छ । प्रधानमन्त्रीको फेसबुक पेजमा गरिएको पछिल्लो पोस्टमा प्रयोगकर्ताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले कमेन्टमा लेखे, “सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्छ, तर प्रधानमन्त्रीको सचिवालयले नै फेसबुक र ह्वाट्सएप चलाउँछ, यो कस्तो नीति हो ?” अर्का प्रयोगकर्ताले प्रश्न गरे, “नीति निर्माताहरूले आफैंले बनाएको नियम पालना नगर्ने हो भने जनताले कसरी विश्वास गर्ने ?” यस्ता टिप्पणीहरूले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । सामाजिक सञ्जालमा चुलिएको यो आलोचनाले सरकारको निर्णय र कार्यान्वयन प्रक्रियालाई लिएर गम्भीर बहस सिर्जना भएको छ । नीति निर्माताहरूले आफैंले बनाएको नियमको पालना नगरेको भन्दै प्रयोगकर्ताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

माओवादी केन्द्रको आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताउनुभएको छ। अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, "अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।" विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उहाँले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाउनुभयो। वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको पनि उहाँको आरोप थियो। अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्।" क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै उहाँले जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताउनुभयो। उहाँले भन्नुभयो, "जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति भएको पाइन्छ। त्यसकारण, यस क्षेत्रको प्रगतिका लागि पार्टीको हिसाबले माओवादी केन्द्र र संगठनको हिसाबले अखिल नेपाल खेलकुद महासंघले मिहिनेत र हस्तक्षेप गर्नुपर्ने अवस्था छ। म आयोजक कमरेडहरूलाई यसका लागि आग्रह गर्दछु।" सम्मेलनमा अध्यक्ष प्रचण्डले अखिल नेपाल खेलकुद महासंघलाई जनताको खेल र रूपान्तरणको अभियानको रूपमा अगाडि बढाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, उहाँले खेल क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै महासंघलाई उत्कृष्ट खेलाडीहरूको संगठनका रूपमा स्थापित भएकोमा बधाई समेत दिनुभयो।

गणतन्त्रको पक्षमा भूमिका खेल्ने सबै नागरिकलाई माओवादी केन्द्रले सम्मान गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी संविधान दिवसका अवसरमा गणतन्त्र र संविधान प्राप्तिका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने नेपाली नागरिकहरूलाई गाउँ टोलमै पुगेर केन्द्रीय समितिले तयार गरेको सम्मान पत्र प्रदान गरि सम्मान गर्ने निर्णय गरेको छ । पार्टीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो, जसले जनयुद्ध, जनआन्दोलन तथा अन्य परिवर्तनकारी आन्दोलनहरूमा योगदान दिएकाहरूको भूमिकालाई उच्च कदर गर्ने उद्देश्य राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को यो प्रस्तावलाई बिहीबार बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गर्न योगदान दिएकाहरूको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै केन्द्रीय तहदेखि वडा तहसम्म सम्मान कार्यक्रम आयोजना गर्ने बताउनु भएको थियो ।  यसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ । नेकपा (माओवादी केन्द्र) का अनुसार, यो सम्मान कार्यक्रम पार्टीका सबै तहका कमिटीहरूले सञ्चालन गर्नेछन् । यसमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, गाउँपालिका कमिटी तथा वडा कमिटीहरू समावेश छन् । सम्मानका लागि छनोट हुने व्यक्तिहरूमा जनयुद्धका सहिद परिवार, घाइते योद्धाहरू, आन्दोलनकारीहरू तथा गणतन्त्र प्राप्तिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिएकाहरू पर्न सक्नेछन् । पार्टीले यसलाई गणतन्त्रको रक्षा र संविधानको कार्यान्वयनलाई मजबुत बनाउने अवसरका रूपमा हेरेको छ । नेपालमा संविधान दिवस हरेक वर्ष असोज ३ गते मनाइन्छ, जुन दिन २०७२ सालमा नेपालको संविधान जारी भएको थियो । यो दिवसलाई गणतन्त्र दिवससँग जोडेर हेर्ने गरिन्छ, किनकि २०६२/६३ को जनआन्दोलन र त्यसअघिको जनयुद्धले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो ।  नेकपा (माओवादी केन्द्र) यी आन्दोलनहरूको नेतृत्वकर्ताका रूपमा रहेको थियो । यस निर्णयलाई पार्टीले आफ्नो इतिहास र योगदानलाई स्मरण गर्ने माध्यम बनाएको छ । सम्मान कार्यक्रममा पार्टी केन्द्रीय समितिले तयार पारेको प्रमाणपत्र वितरण गरिने छ । सोही क्रममा सांस्कृतिक कार्यक्रम तथा आन्दोलनका कथा-व्यथाहरू साटासाट गर्ने योजना छ । यसले युवा पुस्तालाई गणतन्त्रको महत्व बुझाउने र पार्टीको आधार मजबुत बनाउने अपेक्षा गरिएको छ । यसअघि पनि माओवादी केन्द्रले विभिन्न अवसरमा सहिद तथा योद्धाहरूलाई सम्मान गर्दै आएको छ, तर यो पटकको निर्णयलाई व्यापक र तल्लो तहसम्म विस्तार गरिएको छ । अध्यक्ष प्रचण्डले बैठकमा बोल्दै भन्नुभएको थियो, "जनयुद्ध र जनआन्दोलनले नै नेपाललाई गणतन्त्रमा ल्याएको हो । यसमा योगदान दिनेहरूको सम्मान गर्नु हाम्रो दायित्व हो । यसले हामीलाई थप ऊर्जा दिनेछ ।" पार्टीले यो निर्णयलाई कार्यान्वयन गर्नका लागि सबै कमिटीहरूलाई निर्देशन दिइसकेको छ । संविधान दिवस नजिकिँदै गर्दा यो सम्मान कार्यक्रमले पार्टीको सक्रियता बढाउने र कार्यकर्ताहरूमा उत्साह भर्ने विश्वास गरिएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदम संविधानविरुद्ध: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त कदमले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभएको छ, “वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। सामाजिक सञ्जाल बन्द गर्ने यो निर्णय संविधानविरोधी मात्र नभई सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको अपव्याख्या समेत हो।” प्रचण्डले यो निर्णयले वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई जटिल र असहज बनाएको बताउनुभयो। उहाँले थप्नुभयो, “यसले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत प्रभावित गरेको छ।” उहाँले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। “संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्नुभएको छ।