कांग्रेस सभापति देउवा र एम्नेष्टी इन्टरनेस्नलकी महासचिव कालामारबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल भ्रमणमा रहेकी एम्नेष्टि इन्टरनेस्नलकी महासचिव डा। आग्नेस कालामारले भेट गरेकी छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासँगको भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारको विषयमा उनले चासो राखेकी थिइन्।

राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभा र जर्मनी भ्रमणमा निस्कने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो साता जेनेभामा हुनेछन् । जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा उनले जुन १३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । आईएलओको वार्षिक उत्सवमा सहभागितापछि पौडेल जर्मनी हुँदै जुन १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा स्वीकृत भने गरिसकेको छैन ।

नेपाल भित्रियो कोरोनाको ‘केपी १’ र ‘केपी २’ भेरियन्ट

काठमाडौँ। नेपालमा भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको छ। काठमाडौँकै केही सङ्क्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयकाका अनुसार ‘केपी१’ र ‘केपी २’ सब भेरियन्ट हो। यो नसर्ने र घातक नभएको बताइएको छ।

धावनमार्गको चिरा टालेर खुलाइयो त्रिभुवन विमानस्थल

काठमाडौं  । मध्याह्न १२ बजेदेखि उडानरअवतरण बन्द भएको त्रिभुवन विमानस्थल पुनःसञ्‍चालनमा आएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी(डी) मा क्य्राक (चिरा) देखिएपछि कयौँ जहाजहरू आकाशमै होल्ड गरेर धावनमार्गको चिरा मर्मत गरी विमानलाई अवतरण गराइएको हो। सो चिरा टालेर झण्डै एक घण्टापछि विमानस्थल सञ्‍चालनमा ल्याइएको छ । आकाशमै होल्ड गरिएको थाई एअरवेजको जहाज विमानस्थल मर्मतपछि भर्खरै अवतरण गराइएको छ ।

कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस लगातार सदन अवरुद्ध गर्दै आएको छ। शुक्रबारको पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने छ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने छ । प्राय बिहिबार बस्ने नियमित बैठक हिजो बस्न नसकेका कारण आज बस्न लागेको हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

कार्यदलले सकेन ‘टीओआर’ टुंग्याउन, शीर्ष नेतासँग सल्लाह गर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय समितिको क्षेत्राधिकार ‘टीओआर’ बनाउने कार्यदलको बैठक बिनासहमति टुंगिएको छ। बिहीबारको बैठकमै दुवै पक्षले एक अर्कालाई लचक भएको भनेर सहमतिनजिक रहेको सन्देश दिन खोजिएको भएपनि आजको बैठक बिनासहमति नै टुंगिएको हो । स्रोतका अनुसार नेपाली कांग्रेसले लामिछानेको नाम नराखी समितिको टीओआर बनाउन अहिले पनि सहमति दिएको छैन। नेपाली कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेमाथि छानबिन गर्ने भन्ने नरम भाषा बनाउन प्रस्ताव गरेपछि त्यसमा सत्तारूढ दलहरूले आफ्ना नेतासँग सहमति लिने खोजीमा निस्किएका हुन् ।

नेपाल प्रहरीले राज्यप्रतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री

नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेटवार्ता, संसद गतिरोधबारे छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेट गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डसँग जारी संसद्को गतिरोधबारे चासो सँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएका छन्। 

नेपालमा १० महिनामा दुई हजार विदेशीलाई श्रम स्वीकृति

काठमाडौं । रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेशिइरहेका वेला नेपालमा विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन्। नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ।  शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति ९श्रम स्वीकृति० दिएको छ। नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन्।                                                                                                                            विभागका निर्देशक मणिनाथ गोपले आवको १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षभन्दा बढेको बताए। विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घटेको छ।  गत आवको वैशाखसम्म नवीकरण र नयाँ गरी दुई हजार ४६ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए। चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या एक हजार ९८८ रहेको छ । यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष ५८ जनाले घटेको छ।  विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेका छन्।

प्रतिनिधि सभा बैठक : नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।  बैठक आज बिहान ११ बजे बस्ने बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ। सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि पारित गर्ने सभामुखको तयारी छ।

संसदीय छानबिन समितिको बैठक बस्दै, कार्यादेश टुङ्गो लगाइने

काठमाडौं । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै आज पनि बस्दै छ।  समितिको कार्यादेश तय गर्न गठित कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक  आज बिहान साढे ८ बजे बस्दै छ।  हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ। 

कूटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताएका छन्।  बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताए। उनले परिवर्तित विश्वमा भएको प्रविधि र तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्न ज्ञानमा आधारित अध्ययन, अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताए।  मन्त्री श्रेष्ठले नेपालको परराष्ट्र सेवामा भएको तीन सय भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कूटनीतिक नियोगबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रीय मञ्चमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतिपूर्ण रहेको बताए।  उनले नेपालले पाएका अन्तर्राष्ट्रिय जिम्मेवारी अतिकम विकसित मुलुकको ग्लोबल ब्युरोको अध्यक्षता, आर्थिक तथा सामाजिक परिषद्को सदस्य, संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनामा संलग्नता लगायतमा थप सक्षम, सुदृढ, व्यवसायीक र बलियो परराष्ट्र सेवाको आवश्यक रहेको उल्लेख गरे।  उनले परराष्ट्र सेवालाई कानुनी रुपमा अझ संस्थागत गर्न, समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्य स्रोत साधनको थप प्रवद्र्धन मिलाउनुपर्ने आवश्यकता देखिएको बताए।  उनले परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने देखिएको बताए। उनले संगठन संरचनालाई चुस्त र प्रभावकारी बनाउनुका साथै राइट साइजिङ नीति अङ्गिकार गरिने जानकारी दिए। उनले प्रविधिको प्रयोग तथा पारदर्शिता र जवाफदेहीको सम्मिश्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरिने उल्लेख गरे।  उनले सरकार तथा मुलुकमा समग्र राजनीतिक नेतृत्व परराष्ट्र सम्बन्धका आधारभूत विषयमा सहमति कायम गर्न तथा विदेश नीतिका विषयलाई राजनीतिक दाउपेजबाट माथि राखि मुलुकको राष्ट्रिय हित र प्रवद्र्धनमा उच्च महत्त्व दिने उल्लेख गरे। उनले परराष्ट्र सेवालाई थप संस्थागत गर्न र अन्तर्राष्ट्रिय मञ्चमा थपिएका चुनौती र असहजताकाबिच मुलुकको राष्ट्रहित प्रवद्र्धन गरी नेपालको हकहित संरक्षणका लागि विज्ञ कर्मचारीबाट सेवा लिनु आवश्यक रहेको बताए। उनले परराष्ट्र सेवामा मुलुकले गरेको लगानीको प्रतिफल लिन राजदूत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरी थप व्यवस्था गर्ने प्रतिबद्धता जनाए उनले बदलिँदो विश्व परिस्थिति पछिल्लो समय एसिया केन्द्रित हुँदै आएको बताए। उनले नेपालको भू(राजनीतिक अवस्थिति र त्यसले उत्पन्न गरेको संवेदनशीलतालाई समेत ध्यान दिएर नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्ने कार्यलाई सर्वोपरी ठान्न आवश्यक रहेको बताए।  उनले सरकारका सम्पूर्ण नीति योजना र निर्णयले देशलाई सेवा गरेको हुनुपर्ने बताए। उनले परराष्ट्र सेवाले मुलुकको कुटनीतिले आर्थिक कूटनीतिकमार्फत देशको आर्थिक विकास र समृद्धिलाई योगदान पुर्याउनुभएको उल्लेख गरे।   

गणतन्त्रमा पूर्वाधारले बिस्तारै फड्को मार्दै छ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पूर्वाधारमा बिस्तारै फड्को मार्न थालेको बताएकी छिन्। गणतन्त्र स्थापनाको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौँको भद्रकालीमा ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्र स्थापना भएको १५ वर्षमा ठुला पूर्वाधार विकास निर्माण भएकाले निक्कै धेरै काम भएको चर्चा गरिन्।  सरकारले जेठ १५ गते गणतन्त्र स्थापना भएको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सोही अवसरमा राससले समेत बिहीबार९जेठ १० गतेदेखि जेठ १६ गतेसम्म गणतन्त्र स्थापना भएपछि निर्माण भएका पूर्वाधार विकासका ९० तस्बिर राखेर आफ्नै प्राङ्गनमा प्रदर्शनी राखेको छ । मन्त्री शर्माले सरकारले सामाजिक न्याय र सुशासनको नारा ल्याएपछि धेरै काम गर्न सफल भएको उल्लेख गरिन । “हामीले लडेर जुन व्यवस्था स्थापना गर्न सफल भयौँ । यो व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य निर्माण गर्न सफल भयौँ । हामीले गणतन्त्र दुख र कष्ट गरेर प्राप्त गरेका हो ।संविधान र कानुनमा धेरै राम्रा व्यवस्था उल्लेख छन् । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न कानुन निर्माण गर्नुपर्ने छ” उनले भनिन्, “गणतन्त्रमा जतिसुकै पदीय हैसियतमा भए पनि गल्ती गर्छ भने छुट हुँदैन भन्ने जर्बस्त भाष्य निर्माण गर्न सफल भयौँ।  आमजनतामा बढ्दै गएको निसासा चिर्न सफल भयौँ । गणतन्त्र भएकाले कानुन छ भन्ने स्थापित गर्न सफल भयौँ ।” उनले गणतन्त्र भएकैले सबैलाई कानुनी दायरामा ल्याउन सफल भएकोले गल्ती गर्ने छुट कसैलाई नभएको उल्लेख गरिन्। राजतन्त्रमा बोल्न, लेख्न र स्वतन्त्रपूर्वक हिड्डुल गर्न नपाउने भएकाले जनताको बलमा गणतन्त्र ल्याएकाले सबैले निर्भिकतापूर्वक स्वतन्त्रता उपभोग गर्न पाएको उनले बताइन् ।  तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महरा हुँदा ‘हात हातमा मोबाइल घरघरमा इन्टरनेट ’भन्ने नारा ल्याउँदा धेरैले नपत्याएको उल्लेख गर्दै मन्त्री शर्माले अहिले हात हातमा ल्यापटप हुँदै प्रविधि एआई सम्म पुगेको बताइन्। मन्त्री शर्माले भनिन्, “अहिले गाउँघर टोल टोलमा बाटाहरू र विकास निर्माणका पुगेका छन् । त्यसमा सबैभन्दा बढी भूमिका स्थानीयता र प्रदेशको छ । हामीले सोचे जति विकास गर्न नसके पनि धेरै सुविधा गाउँमा पु¥याउन सफल भयौँ ।”   भारत र चीन दुई छिमेकी देशमा एउटै व्यक्तिले लामो शासन गरेर विकासमा धेरै फड्को मारेको बताउँदै मन्त्री शर्माले नेपालमा एउटै व्यक्तिले तीन वर्षसम्म पनि शासन गर्न नपाउँदा धेरै काम गर्न नसकिएको स्वीकार गरिन्। उनले अब कहीँ न कहीँ नेपालको शासकीय स्वरूप फेर्नु पर्छ कि भन्ने बहस गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन्।

कैलाश पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीले बताए। ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने ‘अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा ?’, बिहीबार झापामा एक सडक उद्घाटका कार्यक्रममा उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन्।  कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए। उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे। सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए । “मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।”  कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए। उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे। काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए। उनले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे। यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताए । ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत् ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्गानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधनस्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। “करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट यस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”  प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।