सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार महोत्सव सुरु
कञ्चनपुर, ७ फागुन । स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम भीमदत्तनगरको खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव २०७३ सुुरु भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवको सांसद बहादुरसिंह थापाले उद्घाटन गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाइएमा यहाँका युवाहरुले रोजगार पाउने भएकाले पर्यटन प्रर्वद्धनका लागि अगाडि सर्नुपर्ने बताउनुभयो ।
यही फागुन १५ गतेसम्म आयोजना हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पु¥याउने, सूचना तथा प्रविधिबारे जानकारी गराउने, कृषि व्यवसायलाई टेवा पु¥याउने, पर्यटन– शिक्षा– स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले बताउनुभयो । “सुदूरपश्चिम क्षेत्रमा लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने र त्यस्ता क्षेत्रमा लगानी गर्न निजी तथा सरकारी निकायको ध्यानाकर्षण गराउने महोत्सवको उद्देश्य छ” उहाँले भन्नुभयो ।
महोत्सवमा हस्तकला, घरेलु उद्योग, कृषि औजार, मौलिक परिकार, सांस्कृतिक पहिचान झल्कने र व्यापारिक वस्तु, जडिबुटी, पस्मिना, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि लगायत एक सय ७५ कक्ष छन् । महोत्सवमा सुदूरपश्चिमका देउडा, हुड्केली र छलियासँगै राना थारु समुदायको संस्कृति झल्किने गीत र नृत्य समेत प्रस्तुत गरिने छ ।
यस्तो छ स्ववियु निर्वाचनको नयाँ तालिका
काठमाडौं, फागुन ६ । आगामी फागुन १८ गते हुने भनिएकाे स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वबिद्यालयको कार्यकारी परिषदको आज बसेको वैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ हुने भनिएको निर्वाचनको कार्यतालिका पाँच दिन ढिलो सरेपछि त्रिविले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । यस्तो छ त्रिवि निर्वाचन कार्यतालिका
ऊर्जामन्त्री भन्छन्-‘प्रतिगमनकारी हर्कत ठेगान लगाउन स्थानीय निर्वाचन’
काठमाडौं, ६ फागुन । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्माले केही दलका प्रतिगमनकारी हर्कत ठेगान लगाउन स्थानीय तहको चुनाव गर्न लागिएको दाबी गरेका छन् । कुनै दलको नाम नलिइकन उनले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेकोले सरकारले दुईदिनभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्ने बताए । अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने-“पूराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन ।” मन्त्री शर्माले भन्नुभयो “ स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।” उनले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताए । अर्को प्रसंगमा उहाँले उर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको बताए । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए । ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ । उहाँले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आव्हान गरे । त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीले केशव रावललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।
आरआर जित्ने भन्दै क्रान्तिकारीले अघि सार्यो वाग्ले र खतिवडाको प्यानल
काठमाडौँ, फागुन ६ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले राजधानीको प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा स्ववियु सभापतिमा ध्रुवराज वाग्ले, सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बूलाई अघि सारेको छ। आर।आर।क्याम्पस समितिको वैठकवाट सर्वसम्मत रुपमा प्रत्यक्ष तर्फका तीन कार्यकारी पदका उम्मेदवार टुङ्गो लगाइएको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले वताए। क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका उनी स्याङ्जा किचनास १ निवासी हुन् । यसअघि उनले सोही क्याम्पसको क्याम्पस समितिको सचिव, अध्यक्ष हुँदै इन्चार्जको समेत भुमिका निभाइसकेका छन्। उनी समाजशास्त्र विषयमा स्नातकोत्तर तह प्रथम वर्षका नियमित विद्यार्थी हुन् । त्यसैगरी सचिवका उम्मेदवार २२ वर्षीय खतिवडा ओखलढुंगा हर्कपुर–५ का हुन् । उनी विए तेस्रो वर्ष पत्रकारिताका नियमित विद्यार्थी खतिवडा साहित्य सृजनामा पनि पारङगत छन् । त्यस्तै कोषाध्यक्षका उम्मेदवार सागर लिम्बू ताप्लेजुङका हुन्। विए तेस्रो वर्षका नियमित विद्यार्थी रहेका लिम्बू आरआर क्याम्पसमा सागर श्री का नामले चर्चित छन्। उम्मेदवार घोषणा पछि स्ववियु सभापतिका उम्मेदवार वाग्लेले यसपटक आरआरमा क्रान्तिकारीको जित सुनिश्चित रहेको दावी गरे।
प्रधानमन्त्रीको रोल्पामा सम्बोधन-‘सिंहदरबारको अधिकार खोस्न स्थानीय निर्वाचन’
रोल्पा, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबाको अधिकार गाउँ लैजान पनि स्थानीय तहको निर्वाचनलाई सफल बनाउन पर्ने बताएका छन् । रोल्पामा आजदेखि सुरु प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावमा सहयोग गर्न आग्रह गरे । ‘आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने संविधानमै स्पष्ट किटान गरिएको छ, सरकार सबै तहको चुनावको गर्न लागिपरेको छ । जेठमै स्थानीय तहको चुनाव हुन्छ तपाईँहरुले सहयोग गर्नुपर्यो’–प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले राजनीतिक परिवर्तनमा रोल्पाली जनताले गरेको योगदानको प्रशंसा गरे । उनले भने–‘हिजो रुाजनीतिक परिवर्तनमा साथ दिने रोल्पाली जनताको सुविधाका लागि रोल्पा जिल्लाको विकास गर्नुपर्छ । सरकारले सबै निकाय परिचालन गरेर विकास गर्ने वातावरण बनाउँछ ।’
सबै शक्ति परिचालन गरेर चुनावमा होमिने माओवादी केन्द्रको निर्णय
काठमाडौँ, फागुन ६ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको चुनावमा केन्द्रीत भएर लाग्ने निर्णय गरेको छ । बिहिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको हेडक्वाटर बैठकले चुनावको विकल्प नभएको भन्दै सबै शक्ति लगाएर तयारी गर्ने निष्कर्ष निकालेको हो । बैठकले जनसंख्याको घनत्वलाई विचार गरी दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या केही बढाएर भए पनि मधेशी मोर्चालाई निर्वाचन ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन । हेडक्वाटर बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको थियो । बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सरकारले दलहरुसँग गरेको छलफल, राष्ट्रिय राजनीति र निर्वाचनको तयारीबारे बैठकलाई जानकारी गराएका थिए । बैठकले प्रमुख प्रतिपक्षी दल र मधेशी मोर्चासँग समेत थप छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको प्रवक्ता भूसालले जानकारी दिइन । प्रवक्ता पम्फा भुसालले भनिन- ‘अब स्थानीय तहको निर्वाचनको बिकल्प छैन । स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्छ भन्ने निर्णय भएको छ ।’
महासंघमा लगाएको ताला युनियनले खोल्यो, तीन जिल्लाको अधिवेशन स्थगित
काठमाडौं, फागुन ६ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा लगाएको ताला शुक्रबारदेखि खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । ताला खोलेपछि महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घ सबैको साझा संस्था भएकोमा बताए । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्न माग गरे । महासंघको सदस्यताको विषयमा असहमति जनाउँदै युनियनले फागुन २ गतेदेखि ताला लगाएको थियो । सहमतिको आधारमा ताला खुलेको महासंघका केन्दीय महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सहमतिअनुसार युनियनले सरोकार देखाएका केही शाखाहरुमा देखिएको विवाद महासंघको सचिवालय बसेर टुङ्ग्याउने सहमति भएको छ । ‘नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यतासम्बन्धी समस्याहरु महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने छ ।’ मगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ । सदस्यताको विषयलाई लिएर समस्या देखिएका बाहेक सबै शाखाको अधिवेशन पूर्वघोषित कार्यतालिकाबमोजिम गर्ने पनि सहमति भएको छ । पूर्वाञ्चल क्षेत्रमाको पाँचथर र सप्तरी शाखाको अधिवेशन स्थगित गरिएको महासंघले जनाएको छ । सिराहामा शाखाबाट सदस्यता विवरण प्राप्त भई निर्णय हुनासाथ जानकारी गराइने छ । पूर्वाञ्चलका अन्य जिल्लामा केही समयभित्रै केन्द्रीय प्रतिनिधि, सदस्यताको अन्तिम नामावली र अन्य सम्बद्ध कागजातहरू उपलब्ध गराइने भएकोले उत्साहका साथ अधिवेशन आयोजना गर्न सम्बद्ध शाखा कार्यसमिति र सहभागी हुन सदस्य पत्रकार साथीहरूलाई अनुरोध छ ।
राप्रपा अध्यक्ष पदमा डा. लोहनीको उम्मेदवारी घोषणा
काठमाडौँ, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।” राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उलङ्घन हुँदा लाखौं कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साहलाई भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा लोहनीले बताउनुभयो । महाधिवेशनमा आफनो विजय सुनिश्चित रहेको र पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रणमा आफूले खलल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टी एकता हुँदा चुनाव चिन्ह हलो राख्ने सहमति भएको उहाँको भनाइ छ । पार्टी एकतापछि पछिल्लो समय राष्ट्रिय अध्यक्षको भूमिकामा रहनुभएका डा लोहनीले धर्म जीवनको अङ्श भएकाले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म र राजसंस्थाको पक्षमा आफनो पार्टी रहेको उल्लेख गर्नुभयो । दुबै पार्टीको एकतापछि राप्रपाको पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो । यस अघि बिहीबार मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको दाबी गर्नुभएको थियो । रासस
राप्रपा महाधिवेशनका लागि ५४ स्थानबाट पदयात्रा सुरु
काठमाडौँ, फागुन ६। राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा सुरु गरेका छन् । पार्टीको आज हुन लागेको महाधिवेशनका लागि बालाजु, नयाँ बसपार्क, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथलगायत स्थानबाट ¥याली निकालेका हुन् । विभिन्न जाति तथा समुदायका वेशभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी निकालिएको सो जुलुस केहीबेरमा समारोहस्थलमा आइपुग्नेछ । प्रवक्ता राजाराम श्रेष्ठले उद्घाटन कार्यक्रमको विभिन्न रेडियो तथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उक्त समारोहको समाचार सङ्कलनका लागि त्यहाँ आउने विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिलाई सूचना सङ्कलनका लागि सञ्चार कक्षको समेत व्यवस्था गरिएको छ । महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगैँचामा बन्दसत्रका कार्यक्रम तय गरिएको छ । यही फागुन ९ गतेसम्म जारी रहने उक्त महाधिवेशनका लागि करिब रु एक करोड ५० लाखको खर्च विनियोजन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी परिसरले त्यस क्षेत्रमा चल्ने निजी तथा भाडाका सवारीसाधनलाई आज सिंहदरबार क्षेत्रबाट मार्ग परिवर्तन गराएको छ । रासस
जनताको समृद्धिका लागि योजना कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छः उपाध्यक्ष श्रेष्ठ
बेनी (म्याग्दी), फागुन ६ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले देशको विकास निर्माण र जनताको समृद्धिका लागि बजेट विनियोजनसँगै योजना कार्यान्वयनतर्फ पनि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगमा नियुक्त भएपछि पहिलोपटक आफ्नो जन्मथलो म्याग्दीको सिङ्गा तातोपानीमा आउनुभएका उपाध्यक्ष डा श्रेष्ठले बिहीबार स्थानीयवासीले आयोजना गरेको स्वागत कार्यक्रममा सो कुरा बताउनुभएको हो । उपाध्यक्ष डा श्रेष्ठले योजना कार्यान्वयनका लागि योजना सञ्चालन भएका क्षेत्रका बासिन्दा, सरकारी निकाय, निर्माण व्यवसायी, स्थानीय राजनीतिक दल र सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो । देशमा विकास निर्माणको कामलाई दु्रतगतिमा अघि बढाउन र नयाँ विधिबाट योजनालाई प्राथमिकीकरण र कार्यान्वयन गर्न आफू लागिपरेको पनि जानकारी दिनुभयो । म्याग्दीको दरबाङ, ताकम, मुना हुँदै ढोरपाटनबाट मध्यपहाडी लोकमार्गमा जोडिने सडक, बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमजोम–लोमान्थाङ सडक आफूले प्राथमिकतामा राखेको पनि उपाध्यक्ष डा श्रेष्ठले बताउनुभयो । त्यसैगरी, म्याग्दीमा सुस्तगतिमा रहेका राहुघाट जलविद्युत् आयोजनालगायत योजनाको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको उहाँको भनाइ थियो । बेनी–दरवाङ सडकसहित ग्रामीण क्षेत्रका सडकमा धमाधम बजेट विनियोजन हुन थालेपछि उत्साहित भएका म्याग्दीवासीलाई अझै विकासको अनुभूति दिलाउने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउन स्थानीयवासीले उपाध्यक्ष डा श्रेष्ठलाई अनुरोध गरेका थिए । रासस
संशोधन प्रस्ताव फिर्ता लिन सरकारसंग एमालेको पुनः माग
काठमाडौँ, फागुन ६। नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सुरु भएको बैठकले संविधानको कार्यान्वयन र सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायित्वका लागि संविधानले निर्र्दिष्ट गरेको समयावधिभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्रस्तावित विधेयक राष्ट्रिय हित र जनभावना विपरीत रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरीतसमेत रहेको जनाउँदै पार्टीले त्यो पारित हुन नसक्ने कुरामा पुनः जोड दिएको छ । बैठकले उक्त संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनको दिशामा अग्रसर गराउन सरकारसँग माग गरेको छ । बैठकले यही फागुन २१ गतेदेखि सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानलाई सफल बनाउन पार्टीका सम्पूर्ण तहगत कमिटी, जनसङ्गठन र जनसमुदायलाई आग्रह गरेको छ । बैठकले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका नाममा हालै प्रकाशित र प्रसारित कतिपय लिखत र अभिव्यक्तिमा भ्रामक र गलत सूचना पाइएको जनाउँदै त्यसको खण्डनसमेत गरेको पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभागका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । रासस
अध्ययन कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण
फाल्गुण ५, काठमाडौं । स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनमाथि अध्ययन गरी सुझाव पेश गर्न बनेको कार्यदलले आफ्नो सुझाव प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले कार्यदलको प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगले तोकिएको समयमै सुझाव प्रतिवेदन बुझाएको भन्दै अब प्रतिवेदन हेरेर आवश्यक निर्णय गरिने बताउनु भयो । प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक मन्त्री पाण्डेले भन्नुभयो, ‘मन्त्रीपरिषदबाट निर्णय गरेर हाम्रो कार्यदललाई १५ दिनको अध्ययन र स्ुझावको समय दिइएको थियो । हामीले समयभित्रै आफ्नो सुझाव प्रतिवेदन बुझाएका छौं । यस क्रममा हामीले प्रमूख दलका नेताहरु, दुई नम्वर प्रदेशका सबै जिल्लाका माननीय सांसदहरु, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु लगायत सबै पक्षसँग छलफल गरेर सुझाव पेश गरेका छौं । हाम्रो प्रतिवेदनले निर्वाचनका लागि थप सहज वातावरण बनेको छ । हामीलाई आशा छ, सरकारले छिटै आवश्यक निर्णय गर्नेछ ।’ प्रतिवेदनमा दुई नम्वर प्रदेशमा जनसंख्याको चापलाई विचार गरेर स्थानीय तहको संख्या थप्ने, जिल्लाबाट सहमतिका आधारमा पठाएको रिपोर्टलाई सम्बोधन गर्ने, स्थानीय तहको नाम, सीमाङ्कन लगायतका विषयलाई अधिकतम् सम्बोधन गर्ने सुझाव दिइएको मन्त्री पाण्डले बताउनु भयो । स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न मन्त्रीपरिषदको बैठकले मन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहरा सदस्य रहेको कार्यदल बनाएको थियो । कार्यदलले आफ्नो १५ दिने समय सीमाभित्रै प्रधानमन्त्रीसमक्ष सर्वसम्मत प्रतिवेदन पेश गरेको हो ।
युवा संघको महाधिवेशनः ओली र नेपाल दुईतिर
काठमाडौं, फागुन ५ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिबेशन विवादमा परेको छ । संस्थापन पक्ष पार्टी अध्यक्ष केपी ओली निकटले एकलौटी ढंगले महाधिबेशन गर्न लागेको भन्दै माधबकुमार नेपाल पक्षधर सोहि दिन छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ । संस्थापन पक्षले वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा र नेपाल पक्षधरले सोहि मितिमा चितवनमा महाधिवेशन गर्ने घोषणा गरेका छन् । यसअघि वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने संघले निर्णय गरेको थियो । नेपाल पक्षधरका उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ, सचिव हस्त शाहि, नरेशकुमार शाहि, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले नियम र विधान अनुसार संघ चलाउन एकहप्ते अल्टिमेटमसमेत दिएका छन् । नेपाल पक्षधरले आज पत्रकार सम्मेलन गरी संस्थापन पक्षले संघ मनलाग्दो ढंगले चलाएको आरोप लगाएका छन् ।
फागुन १८ गतेलाई तोकियो स्ववियु निर्वाचन
काठमाडौं, फागुन ५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १८ गते हुने भएको छ । बिहिबार त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्षसहित तीन मुख्य दलसँग सम्बद्ध विद्यार्थी संगठन र स्ववियु चुनावको विरोध गरिरहेको विप्लव माओवादी निकट विद्यार्थी प्रतिनिधिबीच भएको छलफलमा नयाँ मिति निर्धारण गरिएको हो । त्रिविसँगको छलफलपछि फागुन १८ गते स्ववियु चुनाव मिति घोषणा गरिएको अखिल क्रान्तकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले पुष्टि गरे । उनले भने-‘नयाँ मितिमा चुनाव हुन्छ अान्दोलनरत पक्षले अाजैदेखि अान्दोलन कार्यक्रम फिर्ता लिने सहमति भयो ।’ नयाँ मिति तय भएपछि विप्लव निकट विद्यार्थी संगठनले देशभरका क्याम्पसमा लगाएको ताला आजैका मितिदेखि खोल्ने सहमति भएको छ । त्यसअघि बिहिबार बिहान विप्लव माअोवादी निकट विद्यार्थी संगठनलाई सहभागी गराउन भन्दै स्ववियु निर्वाचन पाँच दिन सार्न त्रिवि पदाधिकारी र विद्यार्थी संगठन सहमत भएका थिए । प्रमुख तीन विद्यार्थी संगठन र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्ने सहमति गरेका हुन् । बुधबार मात्रै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुखहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णय गरेको भोलिपल्टै तीन दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी गरेका थिए । अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले एभरेष्टदैनिक डटकमसँग स्ववियु चुनाव सार्ने सहमति भएको पुष्टि गरे । ‘विश्व विद्यालय स्वायत्त निकाय हो, सरकारले गर्ने अन्य चुनाव र यसको चुनावमा भिन्नता छ , हिजै विद्यार्थी संगठनका प्रमुखहरुले चुनावको मिति एक दुईदिन सार्नपर्ने बताए पनि एमाले अध्यष ओलीले चुनौति दिएको कारण प्रधानमन्त्रीले भनेको समयमै चुनाव गर्न निर्देशन दिनुभएको थियो । विप्लव निकट विद्यार्थी साथीहरुले पाँच दिन चुनाव सारे भाग लिने बताएपछि मिति सारिएको हो ।’ उनले भने–‘पाँच दिन चुनाव मिति सार्ने र विप्लव माओवादीले क्याम्पसमा लगाएको ताला आजै खोल्ने र आजै त्रिविले नयाँ कार्यतालिका ल्याउने सहमति भएको छ ।’ तर दिउँसो त्रिवि पदाधिकारी र अान्दोलन गरिरहेको विप्लव माअोवादी निकट बिद्यार्थी संगठन सहित नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका शीर्ष नेताबीच नयाँ मिति तोक्न सहमति भएकव हो ।
राष्ट्रवादलाई पार्टीकरण गर्न खोजियो- डा. लोहनी
काठमाडौं, फागुन ५ । राप्रपाका । राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले केही दलले राष्ट्रवादको दुरुप्रयोग गरेको बताएका छन् । बिहिबार काठमाडौंमा आफैँद्वारा लिखित ‘राष्ट्रवादी’ चिन्तनको आयामहरु नामको पूस्तकको बारेमा बोल्दै उनले दलको फाइदाका लागि राष्ट्रवादको तुरुप फ्याक्ने गरेको बताए । उनले भने–‘राष्ट्रवादले भूगोलभित्र बस्ने जनताको भलाई हेर्दछ, यसको अर्जुन दृष्टि भनेको आफ्नो देशको चिन्तन हो । तर नेपालमा दलीय चिन्तन बढी छ राष्ट्रको चिन्तन कमी छ । आफ्नो देशको भन्दा पार्टीको फाइदाका लागि राष्ट्रवादको कार्ड फ्याकिने गरियो जुन घातक छ ।’ लोहनीद्वारा लिखित पुस्तकको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल सरकारका पूर्व मुख्यसचिब डा. विमल कोइराला,पूर्वमन्त्री दीपक ज्ञवाली र लोहनीले सयुक्त बिमोचन गरेका थिए । पुस्तक विमोचनमा बोल्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोहनीको राष्ट्रवादी चिन्तन देशको लागि भएको बताए । कार्यक्रममा देशलाई हेर्ने राष्ट्रिय चिन्तन प्रस्तुत गर्ने समय आएको बताए । लोहनीद्वारा लिखित पूस्तकको बारेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल सरकारका पूर्व मुख्यसचिब डा. विमल कोइराला लगायतले बोलेका थिए । पुस्तकमाथि पूर्वमुख्यसचिब डा. विमल कोइरालाले टिप्पणी गर्दै नेपाली राष्ट्रवाद खण्डित भएको आपत्ति जनाए । उनले प्रश्न गरे–नेपाली राष्ट्रवाद के हो ? राष्ट्रवादको सूत्र के हुन्छ ? किन राष्ट्रवादलाई कुनै दलविशेषको बनाईँदैछ ? आफैँ गल्ती गर्नृे अनि राष्ट्रवाद हरायो भनेर फेरि जनतालाई भ्रम सिर्जन ागर्ने काम किन भइरहेको छ ?’ कितावले वास्तवमा राष्ट्रवादी परिभाषा दिएको र धेरै को जिज्ञासाको समाधान गरेको बताए । पूर्वमुख्यसचिब कोइरालाले राष्ट्रवादी चिन्तनका आयामहरुले देशको राजनीति मात्रै होइन आर्थिक, सास्कृतिक पुननिर्माण जस्ता संवेदनशील पक्षलाई मसिनो गरी केलाएको बताए । अहिले सस्तो लोकप्रियताका लागि राष्ट्रवादको प्रयोग गर्ने गरेको भन्दै कोइरालाले राष्ट्रियता र राष्ट्रवादको विषयमा स्पष्ट दृष्टिकोण आएको बताए । पुस्तकले सबै जनता एकै हुन् भन्ने मान्यता स्थापित गराउन कितावले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने–‘ पछिल्लो चरणमा नेपालमा देखिएको प्रजातन्त्र र लोकतन्त्रको लाभांश गरिव जनतामा पुर्याउन सकेमा मात्र नेपालीमा एकताकोको माला जोडिन सक्छ भन्ने मान्यतालाई पुस्तकले स्थापित गरेको छ ।’ कार्यक्रममा दीपक ज्ञवालीले डा. लोहनीको पुस्तकले बैचारिक स्खलन बेलगाम पूँजीवादविरुद्ध बैचारिक लडाँइ लड्न जरुरी रहेको तर्फ संकेत गरेको बताए । डा.लोहनीद्वारा लिखित पुस्तकलाई एश्वर्य प्रकाशनले प्रकाशन गरेको हो । कार्यक्रममा पुस्तकका प्रकाशक गणेशप्रसाद जोशीले नेपाली राजनीतिमा व्यापक प्रयोग भएको शब्द राष्ट्रवादको बारेमा किताबले प्रकाश पार्न सफल हुने विश्ववास लिए । उनले भने-नेपाली जनतालाई भ्रम हुने कुनै पनि कुराको समाधान दिनसक्ने सामग्री बजारमा ल्याउन लागिपर्ने बताए ।
चुनाव घोषणाकै दिन आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी
काठमाडौं,फागुन ५ । संघीय लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सरकारले आगामी जेठमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारी गरिरहेका बेला संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले भने मिति घोषणा गरेकै दिन आन्दोलनको पनि घोषणा गर्ने बताएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको बैठकले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्याएको छ । मधेसी मोर्चासँग सहमति नभई निर्वाचन घोषणा गरी अघि बढ्ने प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति भएकाले मोर्चाले आन्दोलनको घोषणा गर्ने भएको हो । प्रमुख तीन दलका शीर्ष नेताहरुको समझदारीअनुसार आगामी आइतबार सरकारले निर्वाचन मिति घोषणा गर्ने जनाएको छ । फाइल फाेटाे

