अवकाश पाएका ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिए
काठमाडौं, पुष २७ । अवकाश प्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।
एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी
नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो ।
पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मन्त्री भन्दा स्वकीयले लिए बढी भत्ता
पोखरा — गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक गर्यो । त्यसमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले जम्मा २० हजार रुपैयाँ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ४८ हजार ९ सय ७५ रुपैयाँ बुझेका छन् । विवरण अनुसार उक्त अवधिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले ५१ हजार २ सय रुपैयाँ भत्ता बुझे । जुन रकम मन्त्रीद्वयको भन्दा बढी हो । यस अवधिमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सबैभन्दा बढी १ लाख ३७ हजार २ सय ५० दैनिक भ्रमण भत्ता बुझेका छन् । त्यसबाहेक पुस महिनामा मात्रै ७२ हजार रुपैयाँ भत्ता उनले बुझिसकेका छन् । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ९६ हजार ८ सय ७५, भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले ९६ हजार ६ सय ५०, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ७४ हजार ३ सय ७५ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ५३ हजार ६ सय २० रुपैयाँ बुझे । यसैगरी आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव रोमाकान्त पोखरेल र आन्तरिक मामिलाका खुमबहादुर विकले जनही ४७ हजार ६ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् । त्यस्तै मन्त्री लम्सालका स्वकीय सचिव किशोर सापकोटाले ३७ हजार ९ सय ८५, थापामगरका भरत खनालले ३० हजार ८ सय र मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले २६ हजार ४ सय रुपैयाँ बुझेको कार्यालयले जनाएको छ । सबैभन्दा कम मन्त्री नरदेवी पुनमगरका स्वकीय सचिव वेगप्रसाद गर्वुजाले जम्मा ९ हजार २ सय रुपैयाँमात्र बुझेका छन् । मन्त्री र स्वकीय सचिव प्रदेश राजधानी रहेको कास्की जिल्लाभन्दा बाहिर जाँदा दैनिक भ्रमण भत्ता पाउँछन । एकरात बास बस्नु परेमा मुख्यमन्त्रीले ३ हजार, अरू मन्त्रीले २५ सय र स्वकीय सचिवले १६ सय रुपैयाँ पाउँछन । बेलुकी फर्केमा त्यसको एक तिहाईमात्रै भत्ता पाउने व्यवस्था छ । यो भत्ता नियमानुसार र स्वाभाविक भए पनि अझै मितव्ययी बन्न बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री गुरुङले मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए । पोखरा नजिकका जिल्लामा सकभर राती बास नबस्ने र अन्य जिल्लाबाट पनि सम्भव भएसम्म उही दिन फर्कने वातावरण मिलाउनु पर्ने उनको निर्देशन थियो । दैनिक भत्तामा जहाज भाडा र अन्य भत्तासमेत जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लालमणि ओझाले बताए । इन्धनमा दोहोरो सुविधा लिन्छन मन्त्री यसैबीच मुख्यमन्त्री गुरुङबाहेक अन्य मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको पाइएको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ
रेशम चौधरीले सांसदको सुविधा नपाउने– सभामुख
काठमाडौँ, पुस २५ गते । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभएको थियो । ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको थियो । साथै बैठकले कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउनुभयो । साथै सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । (रासस)
विपक्षी पार्टीलाई भोट दिएको भन्दै महिलामाथि सामूहिक बलात्कार
काठमाडौं, पुस २४ । बंगलादेशको हालैको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको भन्दै एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित ७ जनालाई हिरासतमा लिएको छ । बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गतहप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का उम्मेद्वारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरेका हुन् । अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निष्कासित गरेको छ। पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबरजस्ती प्रवेश गरे । ती व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ती व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो । खबरहरुका अनुसार त्यस दिन ती महिला भोट होला मतदान केन्द्र गएकी थिइन् । मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिनलगायतले विपक्षी दलको उम्मेद्वारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ती महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो । जो मध्य राति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए । सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि केही व्यक्तिहरुले राजधानी ढाका र नोआखलीमा प्रदर्शन गरेका छन् । धेरै व्यक्तिले सामाजिक सन्जालमा आक्रोश पोखेका छन् । एजेन्सी
मकर संक्रान्ति दुई दिन मनाइँदै, अमृतसिद्धि योगमा स्नान र दानपुण्य
यसपटक मकर संक्रान्तिको पर्वकाल दुई दिन हुनेछ । भारतमा यस वर्ष १४ जनवरीको दिन सूर्य साँझ ७ः५१ बजे धनुको छोडेर मकर राशीमा प्रवेश गर्ने भएको छ । ज्योतिषका अनुसार सूर्यको मकर राशीमा प्रवेशअघि सायंकाल भयो भने पर्वकाल अघिल्लो दिन पर्ने भएकाले यसको भोलिपल्ट मकर संक्रान्ति मनाउने गरिन्छ । यस दिन भारतमा चङ्गा उडाएर उत्सव मनाएका छन् । ज्योतिषाचार्य पं.अमर डब्बावालाले बताएअनुसार कि १४ जनवरीको साँझ ७ः५१ बजे सूर्यको मकर राशीमा प्रवेश हनेछ । १५ जनवरीको अमृतसिद्धि योग पनि रहेको छ । भारतीय ज्योतिषशास्त्रअनुसार अब सूर्य मकर राशीमा परिभ्रमणको अवस्था हो र त्यसमा पनि तिति नक्षत्रका विशिष्ट संयोग बनिरहेका बेलामात्र पर्वकाल मनाउने गर्नुपर्दछ । यसै अनुरुपदेखि जनवरी १५ मकर संक्रान्ति मनाउनको लागि यो दिन अति उत्तम मानिन्छ । यसदिन तामाको कलशमा कालीको सेतो तिल्ली भरेर योग्य ब्राह्मणलाई दिने गर्दछन् । सफा धान, खिचडी, गुड, वस्त्र आदि दान दिएमा पनि शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । भारतीय धर्म नगरी उज्जयिनीमा अंग्रेजीमा पहिलो पञ्चाङ्ग प्रकाशित गर्ने गइरहेको दक्षिण भारतीय विद्वान् चिल्लकमर्थी प्रभाकर चक्रवर्तीले बताएका छन् । ज्योतिष गणनाअनुसार मकर संक्रान्तिको पर्वकाल १५ जनवरीको दिन मनाएमा श्रेयष्कर रहने छ । यसदिन सूर्यको राशी परिवर्तनको उदयकालको स्पर्श मिल्नेछ । तीर्थ स्नान र दानपात्रमा उदयकालीन तिथि तथा अमृतसिद्धि जस्ता महायोगको विशेष महत्व राख्ने छ । यस दिन तिलबाट बनेको लड्डुद्वारसा स्नान गरेमा आयु र आरोग्यको प्राप्ति हुने जनविश्वास रहेको छ । ज्योतिषको गणनाअनुसार यसदिन मकर संक्रान्ति सिंहमा सवारी भएर आउने छ । संक्रानितको उपवाहन हात्ती रहेको छ । बसेको सफा रंगको वस्त्र ओढेको भुसुन्डी आयुद्ध लिएर स्वर्ण पात्रामा अन्न भक्षण गर्दै उत्तर दिशामा गमन गर्ने छ । संक्रान्तिको दृष्टि ईशान कोणमा हुनेछ । यो शुभ लक्षण व्यापार व्यवसायको लागि उन्नतिका लाभदायक हुनेछ । एजेन्सीको सहयोगबाट
नेकपा अध्यक्ष प्रचण्ड भोलि चितवन जाँदै, यस्तो छ कार्य तालिका
काठमाडौं, पुष २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड भोलि चितवन जाने भएका छन् । आयोजना उद्घाटन एवं विभिन्न कार्यक्रममा सहभागिका लागि उनी चितवन जाने भएका हुन् । प्रचण्डको सचिवालयका अनुसार भोलि बिहान १०ः३० बजे उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाको जिल्लाको पुर्ननिर्माण बिषयक छलफल कार्यक्रममा सहभागि हुने छन् । यस्तै, प्रचण्डले भोलि नै बिहान ११ बजे १२औं चितवन महोत्सवको उद्घाटन र दिउँसो १ बजे श्री किरण अमर जङ्ग गुरुङ मा. बि. को स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । कार्य तालिका १) जिल्लाको पुनःनिर्माण बिषयक छलफल कार्यक्रममा सहभागि समय र स्थानः १०ः३० बजे, होटल रोयल सेन्चुरि नारायणगढ २) १२औं चितवन महोत्सवको उद्घाटन समय र स्थानः बिहान ११ बजे, नारायणी नदी किनार । ३) श्री किरण अमर जङ्ग गुरुङ मा. बि.को स्वर्ण महोत्सव उद्घाटन समय र स्थानः दिउँसो १ः३० बजे, किरणङ्गज ,भरतपुर- १९
जापान निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक होः परराष्ट्रमन्त्री
काठमाडौं, पुस २३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए । नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् । नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने अर्को महत्वपूर्ण परियोजना हो । कृषि तथा मत्स्यपालनमा पनि जापानले नेपाललाई सघाउ पुर्याउँदै आएको छ । मन्त्री ज्ञवालीले भने, “भ्रमण समयमा दुवै देशका लगानीकर्तासँग भएको छलफलमा नेपाल राजनीतिक स्थायित्व कायम भई लगानीको चरणमा प्रवेश गरेको र लगानीको वातावरण बनिरहेका बारेमा जानकारी गराएको छु ।” सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तरराष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जानकारी दिए । विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पु¥याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पुर्याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि पाँच वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ । नेपालमा उत्पादित ७७ प्रकारका उत्पादनलाई अमेरिकाले पैठारी भन्सार छुटको व्यवस्था गर्दै आएको छ । ‘अमेरिकालगायत मुलुकका लगानीकर्तामा नेपालप्रतिको आकर्षण बढ्दै गएको छ, यसलाई आर्थिक विकासमा कसरी लगाउन सकिन्छ भन्नेमा हामीबीच छलफल हुन आवश्यक छ”, मन्त्री ज्ञवालीले भने । पछिल्लो समय अमेरिका र नेपालबीच पर्यटक प्रवेशाज्ञामा आवतजावत गर्न नागरिका लागि प्रवेशाज्ञा शुल्कमा एकरुपता कायम गर्ने समझदारी भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको विद्युत् ग्रीड प्रयोग गरेर अन्य मुलुकमा पठाउन सकिने व्यवस्थाले दुई देशबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । पूर्ववर्ती सरकारले नियुक्त गरेकै कारण राजनीतिक आधारमा नभई कार्य जिम्मेवारी मूल्याङ्कनका आधारमा राजदूत फिर्ता बोलाउने निर्णय गरिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “राजदूतको मुख्य जिम्मेवारी र प्राथमिकता भनेको लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार वृद्धि हो, त्यसका लागि आर्थिक कूटनीति हाम्रो प्राथमिकता हो भन्ने पक्षलाई राजदूतले बुझ्न आवश्यक छ ।” कूटनीतिक मर्यादा कायम गर्ने सन्दर्भमा विदेशीलाई बढ्ता पहुँच भएको हो कि भन्ने पाटोलाई हेक्का राखेर भेटघाटलाई व्यवस्थित तुल्याउन र कूटनीतिक मर्यादाभित्र रहेर मात्र भेटघाट हुनुपर्छ भन्ने मान्यता अघि बढाउने अभ्यास गर्न लागिएको उनले बताए । समितिले कूटनीतिक सम्बन्ध र राजदूत नियुक्तिका सम्बन्धमा मन्त्री ज्ञवालीसँग जानकारी लिएको थियो । रासस
परिवर्तनकामी शक्तिहरूमा अभिमान आए प्रतिगमन हुने- प्रचण्ड
काठमाडौँ, पुस २२ । परिवर्तनकामी शक्तिहरूमा अभिमान आए, घमण्ड पलाए र आफ्ना गलती कमजोरीहरू देख्न छोडे र जनताको कुरा सुन्न छोडे भने प्रतिगामी शक्तिहरू हावी हुने कुरा नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । बुटवलबाट प्रकाशित हुने गइरहेको पत्रिका लोक अभियाको विमोचनको अवसरमा बोल्नेक्रममा प्रचण्डले यसो बताएका हुन् । अहिले शक्तिशाली अवस्थामा रहेको कम्युनिस्ट जनमत पानीको फोका झैं हुनबाट बचाउन समेत प्रतिगमन र प्रतिक्रान्तिका सम्भावनाहरूलाई चिन्नु आवश्यक रहेको प्रचण्डको भनाइ रहेको थियो । अध्यक्ष प्रचण्डले जनमतलाई सधैं प्राप्त उपलब्धिहरूको पक्षमा पारिराख्ने र सरकारका गल्ती कमजोरीहरूलाई औंल्याएर पत्रकारिता क्षेत्रले रचनात्मक योगदान गर्न सक्ने समेत बताए । क्रान्ति र प्रतिक्रान्ति दुवै बिना जनमत सम्भव नहुने बताउँदै प्रचण्डले क्रान्तिले परिवर्तनको पक्षमा र प्रतिक्रान्तिले भ्रम सिर्जना गर्ने खालको चेतना जनतामा फैलाउने भएकाले यसलाई चिर्न समेत पत्रकारिता क्षेत्रको ठुलो योगदान बताए । देश वर्तमान अवस्थामा पुग्न लेखक र पत्रकारहरूको योगदान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष प्रचण्डले जनतालाई सत्य कुरा बताउने र जगतलाई वस्तुगत दृष्टिकोण दिने काम समेत पत्रकारिता क्षेत्रको रहेको बताए । कसैले नचढेको पहाड चढ्नुपर्ने चुनौती वर्तमान समयमा रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन विज्ञानको नियमानुसार निरन्तर अगाडि बढ्ने प्रक्रियामा रहेको प्रचण्डले बताए । अहिले आफूहरू नयाँ परिस्थितिमा समाजवादको नयाँ स्वरूपबारे खोजी गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीमा रहेको बताउंदै प्रचण्डले आफूहरूले अहिलेसम्म कसैले नचढेको पहाड चढ्नु परिरहेको बताए । विश्वमै रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनको लागि नेपालको अनुभव उदाहरण बन्ने समेत उनको भनाइ थियो । देशमा जनतालाई भ्रमित पार्ने प्रयास हुनु नयाँ नभएकोले यसबारे सचेत रहनुपर्ने समेत बताए । प्रतिगामी शक्तिहरूलाई सुरुमा सामान्य मानिसहरूको नारा-जुलुसले आफ्नो स्वर्ग ढल्ने कुरामा विश्वास नहुने भएपनि पराजित भैसकेपछि त्यस्ता शक्तिहरू झनै शक्तिशाली भइ आउने वैश्विक अनुभव रहेको समेत बताए । त्यस्ता शक्तिहरूले आफ्नो लामो शासन संचालनको अनुभव र आर्थिक शक्तिको प्रयोगले जनमतलाई भ्रमित पार्नसक्ने प्रचण्डले बताए । साथै प्रचण्डले वरिष्ट पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन गर्ने गरेको जमर्को पत्रिकाले आफूलाई तीसको दशकमा निकै प्रभाव पारेको समेत बताए ।
बंगलादेश प्रिमियर लिगः टिम हार्यो, सन्दीप हारेनन् !
काठमाडौं, पुष २२ । बंगलादेशमा जारी बंगालदेश प्रिमियर लिगको पहिलो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर्स पराजित भएको छ । कोमीला भिक्टोरियन्सविरुद्ध भएको पहिलो खेलमा सन्दीपको टोली ४ विकेटले पराजित भयो । टिम हारे पनि सन्दीपले भने शानदार प्रदर्शन गरे । उनले डेब्यू खेलमा महत्वपूर्ण २ विकेट लिए । सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरको अन्तिम बलमा सोयब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए। यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे। उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन्।
कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो
किनसासा, पुस २२ । कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ। सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित हिंसालाई मध्यनजर गरी अमेरिकाले सेना पठाएको जानकारी दिनुभएको छ । उहाँले कङ्गोमा रहेको अमेरिकी सम्पत्तिको संरक्षणका लागि सेना पठाइएको जानकारी दिनुभएको हो । कङ्गोमा यहाँको क्याथोलिक चर्चमा केन्द्रित कैयौँ हमला भएका छन् । कङ्गोमा निकै लामो प्रयत्नपछि डिसेम्बर ३० मा राष्ट्रपतिको निर्वाचन भएको हो । सो निर्वाचनको मत गणना हुनलागेको छ । सो मत परिणामपछि त्यस परिणाम चित्त नबुझाउने व्यक्तिले हिंसा मच्चाउन सक्ने र त्यसमा त्यहाँ रहेका अमेरिकी सम्पत्तिमाथि पनि हमला हुनसक्ने अनुमानस्वरुप सेना पठाइएको अमेरिकाले जनाएको छ । उक्त निर्वाचनको प्रारम्भिक अथवा पहिलो चरणको केही परिणाम आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । उक्त परिणामलाई लिएर कुनै हिंसा नमच्चाउन र जनताले दिएको मतको परिणामलाई स्वीकार गर्न विश्वव्यापीरुपमा कङ्गोली नागरिकलाई आह्वान गरिएको छ । त्यसैगरी सो निर्वाचनको परिणाम जतिसक्दो चाँडै घोषणा गरी जनताको चाहनाको कुरा सार्वजनिक गरिदिन पनि अमेरिका, अफ्रिकी युनियन र अरु पनि विदेशी समुदाय तथा संघसंस्थाले आग्रह गरिरहेका छन् । उक्त निर्वाचनमा पश्चिमालाई भने निर्वाचन पर्यवेक्षकको रुपमा आमन्त्रण गरिएको थिएन । यहाँका कतिपय दल र समुदायले उक्त निर्वाचनको निश्पक्षतामाथि व्यापक मात्रामा प्रश्न उठाएका छन् । उता अमेरिकाले भने यहाँको निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताएको छ । राष्ट्रपतिको निर्वाचन एक प्रजातान्त्रिक प्रक्रिया भएकोले त्यसलाई सबैले स्वीकार गर्नुपर्ने अमेरिकी भनाइ छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रजातान्त्रिक प्रक्रियालाई स्वीकार गर्न भन्नुभएको छ । उहाँले यदि यो प्रजातान्त्रिक प्रक्रियाबाट भएको निर्वाचनको परिणाम अस्विकार गर्ने काम भयो भने अमेरिकाले नाकाबन्दी लगाउने बताउनुभएको छ । निर्वाचन परिणामबारेका प्रारम्भिक सर्वेक्षणले सार्वजनिक गरेका परिणामका कारण यहाँ हिंसा हुनसक्ने अनुमान गरिएको छ । त्यसै कारणले सुरक्षा व्यवस्थालाई पनि निकै कडा बनाइएको छ । रासस
बिपीएलमा पनि चम्किए सन्दीप, लिए पहिलो विकेट (LIVE )
काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बिपीएल) मा स्यालेट सिक्सर्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार शुरुवात गरेका छन् । उनले आफ्नो तेस्रो ओभरमा कोमिल्ला भिक्टोरियन्सका सोयब मलिककाे विकेट लिन सफल भएका छन् । यसअघि सिक्सर्सले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो लिगमा सन्दीपको डेब्यू खेल हो । केही दिनअघि मात्र सन्दीपले अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा शानदार प्रदर्शन गरेका थिए । त्यहाँ उनले ४ खेलमा ८ विकेट लिएका थिए । बीबीएलमा सन्दीप मेलबर्न स्टार्समा आवद्ध छन् ।
प्रचण्ड रुपन्देहीमा, यस्ता छन् कार्यक्रम
काठमाडौँ, पुस २२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड आज बुटवलमा हुने दुई कार्यक्रममा सहभागी हुने बताइएको छ । बरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले प्रकाशित गरेको पाक्षिक म्यागाजिन लोक अभियानको विमोचनका लागि अध्यक्ष प्रचण्ड आज बुटवल आउन लागेका हुन् । पार्टी अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता तथा जनप्रतिनिधि भैरहवा विमानस्थल पुगेका छन् । विमोचन कार्यक्रमपश्चात पार्टी अगुवा कार्यकर्तासँग भेटघाट तथा सम्बोधनको कार्यक्रम तय भएको छ । त्यस्तै २ बजेपश्चात बुटवलस्थित पुष्पलाल स्मृति भवन अर्थात प्रदेश कार्यालयमा अगुवा कार्यकर्ता भेला राखिएको छ र भेला सकिएसँगै अध्यक्ष प्रचण्ड साँझनै बुद्ध एयरमार्फत काठमाडौ फर्कर्ने जनाएको छ ।
सरकारको काम गतिलो नभएको भन्दै उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
काठमाडौं, पुस २२ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारको दृश्य हेर्न लायक थियो । हुन त त्यो दृश्यमा देखिएका पात्रहरूको अनुहार बिर्सिदिने हो भने त्यो प्रधानमन्त्री निवासको आम दृश्य नै हो, कुनै एक समूह सरकारसँग केही माग लिएर आउँछ र आफ्नो ज्ञापनपत्र बुझाउँछ । तर यो दृश विशेष हुनुमा ज्ञापनपत्र बुझ्ने र बुझाउने पात्रहरूले गर्दा हो । सरकारकै उपप्रधानमन्त्री प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको यस दृश्यले सबैको ध्यान आकृष्ट गर्नु स्वाभाविक नै थियो । ज्ञापनपत्र पनि अरु केही नभएर सरकारको काम गतिलो नभएको भन्दै ! शनिबार दलबलसहित प्रधानमन्त्री निवास पुगेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री ओलीसँग कुनै विषयविशेषमा परामर्श गरेनन् बरू आफ्ना पार्टीको तर्फबाट ‘सरकारको काम गतिलो नभएको’ भन्दै भन्दै ११ बुँदे ज्ञापनपत्र नै बुझाए । फोरमले संविधान संशोधनलगायत विगतमा भएका सहमति कार्यान्वयनको माग दोहोर्याएको छ । ज्ञापनपत्रमा भने फोरम अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भने छैन । महासचिव रामसहायकप्रसाद यादवले हस्ताक्षर गरेका छन् । दुई बुँदे सहमति गर्दै फोरम ओली नेतृत्वको सरकारमा सामेल भएको थियो । त्यसैअनुसार फोरम अध्यक्ष यादव ते श्रो वरियतासहित उपप्रधान तथा स्वास्थ्यमन्त्री बने । उनकै पार्टीका नेता इस्तियाक राई सहरी विकास र अर्का नेता डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री छन् । आफैं सरकारमा हुँदाहुँदै फोरमले सरकारको काम प्रभावकारी नभएकाले समीक्षा गर्नुपर्ने माग राखेको छ । फोरम नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यशैलीसँग प्रधानमन्त्री असन्तुष्ट छन् । त्यसैले संघीय सरकारमा भएपनि नेकपा-फोरम सम्बन्ध सुमधुर हुन सकेको छैन । फोरमले ज्ञापनपत्र बुझाउँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र नेकपा महासचिव विष्णु पौडेल पनि उपस्थित थिए । फोरमका तर्फबाट भने अशोक राई, राजेन्द्र श्रेष्ठ, रामसहायकप्रसाद यादव, हेमराज राई र प्रकाश अधिकारी बालुवाटार पुगेका थिए । ज्ञापनपत्रमा फोरमले सहमतिअनुसार संविधान संशोधनका लागि ध्यानाकर्षण गराएको छ । आवश्यक गृहकार्य गर्न संयुक्त कार्यदल बनाउन, संसद्को जारी अधिवेसनबाटै संविधान संशोधनको प्रक्रिया अघि बढाई पारित गराउन पनि सरकारलाई आग्रह गरेको छ । प्रदेश दुई नम्बरको सरकारलाई केन्द्रले आवश्यक सहयोग नगरेको आरोप पनि फोरमले लगाएको छ । विकासका दृष्टिले पछाडि परेका प्रदेश २ र कर्णाली प्रदेशलाई विकास निर्माणका लागि स्पेशल प्याकेज घोषणा गर्ने माग राखेको छ । ‘हामीसँगको सहमतिअनुसार संविधान संशोधनमा ढिलाइ हुन थालेपछि सरकारलाई झक्झक्याएका हौं,’ महासचिव यादवले अन्नपूर्णसँग भने । फोरमलाई सरकारमा सहभागी गराउने बेला नेकपाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको सहमति गरेको थियो । प्रधानमन्त्रीले फोरम नेतासँग सहमति अनुसार छिट्टै सरकारले संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए । ‘तराई-मधेशको माग आवश्यकताका आधारमा सम्बोधन गर्ने प्रक्रियामै सरकार छ । राजपासँग पनि छलफल चलिरहेको छ । उहाँहरु (राजपा)का माग अनुसार रेशम चौधरीको सपथ ग्रहण पनि सरकारले गरेको छ । सबै विषयलाई प्याकेजमै सम्बोधन गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीको भनाइ उदधृत गदै ज्ञापनपत्र बुझाउन पुगेका फोरमका एक नेताले बताए । राजपाको मागअनुसार सरकारकै बिहीबार टीकापुर काण्डका आरोपित रेशम चौधरीलाई सांसदको सपथ गराएको थियो । यसै मेसोमा संविधान संशोधन गराउन सकिने आकलनका साथ फोरमले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । अन्नपूर्णपोस्टबाट
पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने
काठमाडौँ, पुस २२ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर्न कार्ययोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए । पौष कृष्ण औँसीका अवसरमा श्री कान्तिभैरव वाग्मती गङ्गा सन्ध्या आरती व्यवस्थापन उपसमितिले शनिबार साँझ गोकर्णेश्वर उत्तरगया धाममा आयोजना गरेको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उनले पशुपतिनाथ–गोकर्णेश्वर–सुन्दरीमाई–श्वेतबाराही–कागेश्वरी–शालीनदी–नवतनधामलगायत तीर्थस्थललाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धनको कार्ययोजना ल्याउन कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गरिने बताए । उपप्रमुख शान्ति नेपालले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न नागरिक समाजसँग सहकार्य गर्न लागिएको जानकारी दिए । कान्तिभैरव गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्राडा ऋषिराम पोखरेलले स्कन्द पुराणको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख भएअनुसारको महत्व झल्काउन गोकर्णेश्वर उत्तरगया क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाएर काम गर्न माग गरे । विसं २०७४ को पौष कृष्ण औँसीका दिनदेखि शुरु भएको आरतीका गायक दीप थापा, गौरव श्रेष्ठ, भक्तबहादुर बुढाथोकी, आरतीकर्ता अविनाश भट्ट र गौरीशङ्कर भण्डारीलगायत आर्थिक सहयोग गर्ने दातालाई नगरप्रमुख चालिसेले सो अवसरमा सम्मान गरेका थिए । रासस
डीपीएल अक्सनः कुन क्लबमा को खेलाडी ? हेर्नुस्
काठमाडौ, पुस २१ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् । आज सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये छ जनालाई छ वटा टोलीले एक÷एक खेलाडी लिएका छन् । अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार खर्च ग¥यो । यस्तै सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च ग¥र्यो । अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका छन् । यस्तै यस पटक प्रदिप ऐरी रुपन्देहीमा २ लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका छन् । कुन क्लबले कुन खेलाडी किने ? महेन्द्रनगर युनाइटेड (शरद भेषवाकर, मार्की प्लेयर) ले रोहित पौडेललाई रु दुई लाख ३० हजार, अविनाश बोहरालाई रु एक लाख ७० हजार, आरिफ शेख रु दुई लाख ५० हजार, अमर सिंह रौटेलालाई रु एक लाख २० हजार, सागर ढकाललाई रु एक लाख, सिद्धान्त लोहनीलाई रु ७० हजार, दिलिप नाथलाई रु ७५ हजार, शाहब आलमलाई रु ६० हजार, कुशल मल्ललाई रु ५० हजार, दिपेन्द्र चन्दलाई रु ३० हजार, सन्तोष भट्टलाई रु ३० हजार र सुशील खड्का रु ३० हजारमा खरिद गरेको छ । ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौँ गोल्डेन्सले अक्सनबाट ललित राजवंशीलाई रु दुई लाख ५० हजार, अनिल साहलाई रु एक लाख ७० हजार, विक्रम भुसाललाई रु एक लाख ६० हजार, अविनभ यादवलाई रु ३० हजार, राशिद खानलाई रु एक लाख ७० हजार, योगेन्द्र कार्कीलाई रु ७० हजार, नन्दन यादव–५० हजार, सोनु तामाङलाई रु ६५ हजार, सूर्य तामाङलाई रु ५० हजार, मेहबुब आलमलाई रु ५० हजार, सुधिर चौधरीलाई रु ३० हजार र विक्रम ठगुन्नालाई रु ३० हजारमा किनेको छ । त्यसैगरी सोमपाल कार्मी मार्की प्लेयर रहेको धनगढी स्टार्सले पवन सर्राफलाई रु दुई लाख ५० हजार, दिपेश श्रेष्ठ–८० हजार सौरभ खनाल रु एक लाख ६० हजार, विपिन खत्री रु ९५ हजार, हरिबहादुर चौहान रु ९५ हजार, अमित श्रेष्ठ रु एक लाख ८० हजार, राजु रिजाल रु ७५ हजार, रोविन क्षेत्री रु ३५ हजार, सुनील धमला रु एक लाख ८० हजार, सन्दिप रजाली रु ४० हजार, धिरज शाही रु ३० हजार र कृष्ण ऐरलाई रु ३० हजारमा किनेको छ । यसैगरी वसन्त रेग्मी मार्की प्यलेर रहेको रुपन्देही च्यालेञ्जर्सल भीम सार्की – रु दुई लाख ५० हजार, ललित भण्डार रु दुई लाख ५० हजार, प्रदिप ऐरीलाई रु दुई लाख ४० हजार, पुरन विक रु ५० हजार, सन्दिप सुनार रु एक एक लाख १० हजार, विक्रम सोब रु ६० हजार, कृष्ण कार्की रु एक लाख, सुमित महर्जन रु ७५ हजार, विनोद भण्डारी रु दुई लाख ५० हजार, सुरज दराई रु ३० हजार, अनिल खरेल रु ३० हजार र शेर मल्ललाई रु ३० हजारमा खरिद गरेको छ । त्यसैगरी दिपेन्द्र ऐरी मार्की प्लेयर रहेको अत्तरियाले सन्दिप जोरा २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी ७५ हजार, भुवन कार्की – दुई लाख १० हजार दिपेन्द्र रावत – ३० हजार , प्रेम तामाङ – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार, रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजारमा खरिद गरेको छ । त्यसैगरी करन केसी मार्की प्लेयर रहेको विराटनगर किंग्सले कुशल भुर्तेल एक लाख ६० हजार, पृथु बास्कोटा – एक लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार, हरिशंकर शाह – ९० हजार, सुशन भारि – १ लाख, अमृत गुरुङ – ३० हजार , तृतराज दास – ३० हजार , सुबास ऐरलाई ३० हजारमा खरिद गरेको छ । टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् । रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टोली चौराह धनगढीले जितेको थियो ।
वाइडबडी प्रकरणमा संलग्न जोसुकै भए पनि कांग्रेसले छाड्दैनः देउवा
उर्लाबारी, पुष २१ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे । सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए । उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताए। सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताए । कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जिताउन अहिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिएका थिए । रासस