प्लास्टिक कम्पनी र हरियो स्टिकर नटाँस्ने सवारीसाधनलाई कारवाही : लालबाबु पण्डित

भक्तपुर। जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन् ।

भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लास्टिक कम्पनीलाई उत्पादनमा प्रतिबन्ध लगाइने बताए ।

मन्त्री पण्डितका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई परीक्षण गरी कारवाही गरिनेछ र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाई समेत कारबाही गरिने छ ”, उनले भने।

वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारवाहीको दायरामा ल्याइने उनको भनाइ थियो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उनले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नेपाल भित्रिने व्यवस्था गरिने जानकारी दिए।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरी वातावरण बिगार्नेलाई कारवाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताए।

त्यस्तै, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो ।

उहाँका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई परीक्षण गरी कारवाही गरिनेछ र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाई समेत कारबाही गरिने छ ”, उहाँले भन्नुभयो ।

वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ थियो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उहाँले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नेपाल भित्रिने व्यवस्था गरिने छ भन्नुभयो ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरी वातावरण बिगार्नेलाई कारवाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताउनुभयो ।

 

कृषि विषयमा खेतबारीमै किसानहरु अध्ययन

रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषि उपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन्। आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश साहले जानकारी दिनुभयो । कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उहाँको भनाइ छ । कृषक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको उहाँले बताउनुभयोे । कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको सिम्लीका कृषक रामबहादुर खड्काले बताउनुभयो । “पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइँदैनथ्यो,” उहाँले भन्नुभयो । अहिले प्राविधिकले खेतबारीमै कृषकलाई पढाउँदै आएका छन् । पाठशालामा सिकेको सीप र ज्ञानको प्रयोग गर्दा अहिले उत्पादनमा वृद्धि भएको कृषकले बताएका छन् ।

होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

इलाम । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्पअगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिनाअघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । हेमरोनको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

कलेजस्तरीय क्रिकेट प्रतियोगिता

इटहरी । ‘नेपाल इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुहुँदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको बताउनुभयो । देशका ठूला १२ वटा शहरमा सञ्चालन हुने सो प्रतियोगिताअन्तर्गत प्रदेश नं को इटहरीमा उक्त क्षेत्रका कस्तुरी कोशी सेन्टजेम्स, सुषमा विश्व आदर्श, जनता कलेजलगायत १० वटा कलेजको सहभागिता रहने छ । उक्त प्रतियोगिताका लागि रु दुई लाख ५० हजार खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई काठमाडाँैमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने कार्यक्रम रहेको पौडेलले बताउनुभयो । काठमाडौँमा हुने सो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई बंगलादेश वा श्रीलंकाको भ्रमण गराई अभ्यास खेलको अवसरसमेत उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ ।

फागुन चौथो साता माछा महोत्सव हुने

काठमाडौं, फागुन ९ । ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवीबजारमा दोस्रो ‘माछा महोत्सव’ गर्ने भएको छ । यसअघि वि.सं. ०७३ माघमा कलैयामा प्रथम माछा महोत्सव एवं कृषि मेला आयोजना गरिएको थियो ।

पार्टी एकीकरणको खुसीयालीमा बालुवाटारमा भोज

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् । मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए । ‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने । -नयाँ पत्रिकाबाट

सन्दीपले प्रदर्शन सुधारेका छन : प्रशिक्षक टमाटा

प्रशिक्षक जगत टमाटाका लागि नेपाललाई मुख्य प्रतियोगितामा उभ्याउनु अब कुनै नौलो कुरा रहेन । टमाटाको प्रशिक्षणमा नेपाली यू–१९ क्रिकेट टोली दुईपटक (सन् २०१२ र २०१६ मा) आइसीसी युवा विश्वकपमा खेलिसकेको छ । नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाललाई उपविजेता बनाएपछि टमाटाले फेरि आफूलाई अब्बल साबित गरेका छन् । २० फागुनदेखि जिम्बाबेमा सुरु हुने विश्वकप छनोट खेल खेल्न लागेको नेपालबारे राष्ट्रिय टोलीका प्रशिक्षक टमाटासँग गरिएको कुराकानी  : नेपालको डिभिजन–२ यात्रालाई कसरी लिनुभएको छ ? डिभिजन–२ को यात्रा एक दिनको होइन । यो यात्राका लागि हामीले धेरै वर्षदेखि तयारी गरेका थियौँ । यसका लागि खेलाडीहरूले धेरै मिहिनेत गरेका छन्, इमान्दार भएर खेलेका छन् । आठ दिनमा ६ खेल खेल्नु सजिलो कुरा थिएन । खेलाडीले एकपछि अर्को म्याचलाई सहज रूपमा लिएर खेले । हाम्रो टिमको उद्देश्य विश्वकपका लागि छनोट हुने थियो, त्यसबाहेक अरू केही सोचिएकै थिएन । खेलाडीले त्यसका लागि सारै मिहिनेत गरे । त्यसका साथै प्रशिक्षण टोलीले पनि उस्तै मिहिनेत गर्दा हामी विश्वकप छनोटमा पुग्न सफल भयौँ । डिभिजन–२ अघि नेपाल विश्वकपमा छनोट हुन्छ भन्नेमा तपार्इं कतिको आशावादी हुनुहुन्थ्यो ? हाम्रो टिममाथि मलाई विश्वास थियो । यसपटक धेरै राम्रो र सन्तुलित पनि थियो । यू–१९ बाट आएका पाँच खेलाडी राखिएकाले युवा र सिनियर खेलाडीको तालमेल मिलेको थियो । नामिबियामा जित्न सकिने टोलीसँग हार्‍यौँ र जित्न कठिन हुन्छ भनेको टोलीलाई हरायौँ । के कारणले यस्तो भयो ? हामीले ‘सबै टिम राम्रा छन्, सबैसँग राम्रो खेल्ने हो’ भनेका थियौँ । जितको मुख्य कारण हामीले शतप्रतिशत राम्रो खेलेकाले हो । साथमा टसको पनि भूमिका रह्यो । डिभिजन–२ अघिका पछिल्ला खेलहरू हार्दा तपाईंको प्रशिक्षणमा धेरैले प्रश्न उठाएका थिए । नेपाललाई विश्वकप छनोटमा पुर्‍याइसकेपछि तपाईं आफ्ना आलोचकलाई के भन्न चाहनुहुन्छ ? आलोचकलाई मेरो केही प्रतिक्रिया छैन । कसैलाई पनि पहिला विश्वास गर्न सक्नुपर्छ । प्रशंसकहरूले समर्थन गरिदिनुभयो । सबैलाई धन्यवाद छ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयरडेभिल्सले लिएपछि सन्दीप लामिछानेको प्रदर्शनमा कत्तिको फरक आएजस्तो लाग्छ ? उनले आफ्नो प्रदर्शन सुधारेका छन् । तर, सिक्न अझ धेरै बाँकी छ । युवा खेलाडीहरूको प्रदर्शनले नेपालको विश्वकप यात्रामा कत्तिको प्रभाव पार्न सक्छजस्तो लाग्छ ? युवा खेलाडीले टिमलाई विश्वास दिलाए । टिमले पनि उनीहरूमाथि विश्वास गर्‍यो । उनीहरूले अझ राम्रो खेल्न सक्छन् । यसपटक प्राप्त गरेको सफलता यसैको परिणाम हो । डिभिजन–२ मा फेरि पनि ओपनिङ ब्याटिङ अर्डर असफल भयो । आउँदा दिनमा उनीहरूले लय समात्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? उनीहरूले आउँदा दिनमा राम्रो गर्ने विश्वास छ । नेपालबाट साभार

राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित, को–को परें

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ओली सरकारले सिफारिश गरेका तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् । राष्ट्रपति भण्डारी पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राष्ट्रियसभा सदस्य मनोनित भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार विहान मात्र शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्द गर्दै तीन जनाको नाम मनोनयनका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिश गरेको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाएको छ । संवैधानिक व्यवस्था अनुसार ५६ जना चुनावबाट निर्वाचित हुने र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राजनीतिमा ‘ब्रेक थ्रु’ गरे लगत्तै प्रचण्ड चितवन जाँदै

काठमाडौं, फागुन ८ । नेकपा माअाेवादि केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड अाज चितवन जाँदैछन् । कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ गरे लगत्तै प्रचण्ड चितवन जान लागेका हुन् । नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्। हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन्। कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षको इतिहासमा एमाले-माओवादीको एकता ठूलो परिघटना हो। एकताको प्रारम्भिक आधारको सहमतिपत्रमा हस्ताक्षरपछि नेताहरूले यसलाई कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको सुशासन, स्थायित्व र विकासकै लागि ऐतिहासिक परिघटना भनेका छन्। २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक-फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए। सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो। पुर्व प्रधानमन्त्री एबम चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहेका पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख आतिथ्यतामा अमर माध्यमिक विद्यालय भरतपुर -२२, पदमपोखरीको ६३ औं बार्षिकोत्सव तथा अभिभावक दिबस समारोहकाे अायाेजना गरिएकाे छ । साेही कार्यक्रममा सहभागीताका लागि प्रचण्ड चितवन जान लागेका हुन् ।

नेपाल–ओमानको खेल चासो दिल्लीको, अाज सन्दीपले कति विकेट लेलान ?

काठमाडौं । आइसीसी विश्व डिभिजन २ अन्तर्गत आज नेपाल र ओमानबीचको खेल जारी छ । अहिले नेपालले बलिङ गरिरहेको छ । बिहीबार नामिबिया विरुद्ध ४ विकेट लिदै म्यान अफ द म्याच भएका सन्दीप लामिछानेलाई सामाजिक सञ्जाल ट्वीट गर्दै बधाई दिएको इण्डियन प्रिमियर लिग (आइपीएल) टोली दिल्ली डेयरडेभिल्सले पुनः ओमान विरुद्व नेपालको बलिङ अघि अर्को ट्वीट गर्दै भनेको आज सन्दीपले कति विकेट लेलान ! केही साता अघि मात्रै सन्दीप आइपीएलको ११ संस्करणका लागि ३२ लाख रुपैयामा दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका थिए । त्यही भएर सन्दीपको खेललाई उसले चासोका साथ हेरेको छ । नेपालले ओमानलाई १ सय ३९ रनको लक्ष्य दिएपछि दिल्लीले टुविट गर्दै ‘सन्दीपले आज कति विकेट लिन सक्लान ?’ भनेर लेखेको छ। अघिल्लो खेलमा ८.२ ओभर बलिङ गर्दै सन्दीपले १८ रन खर्चेर ४ विकेट लिएको उल्लेख गर्दै दिल्लीले सो ट्वीट गरेको छ ।

भ्यालेन्टाइन सप्ताह सुरु, आज प्रपोज डे: राशि अनुसार यसरी गर्नुस प्रेमको सुरुवात

काठमाडौं । बुधवार सात फेब्रुअरीदेखि भ्यालेन्टाइन सप्ताह सुरु भइसकेको छ । पहिलो दिनलाई रोज डे भनिन्छ भने दोस्रो दिन प्रपोज डे हो । यसपाली यो दिन बिहीबार परेको छ । यस दिन प्रेम गर्नेहरू प्रेम प्रस्ताव राख्दछन् र सँगै जिउने मर्ने वाचा गर्दछन्। ज्योतिषशास्त्रमा पनि मानिसहरूको राशि अनुसार स्वभाव हुने भएकाले आफूले चाहेको व्यक्तिलाई उसको राशि अनुसार स्वभाव बुझेर प्रेम प्रस्ताव राखेको खण्डमा सफलता मिल्न सक्छ । मेष राशि यस राशिका जातक स्वाभिमानी प्रकृतिका हुने भएकाले त्यस्ता व्यक्तिसामु हृदय खोलेर आफ्ना विचार राख्नुस । तर उनीहरूको अहंलाई चोट पुग्ने काम चाहिँ गर्नु भएन । वृष राशि वृष राशिमा जन्मेका मानिस भौतिकवादी हुन्छन् । उनीहरू सबै कुराको अपेक्षा गर्दछन् र पनि उनीहरू सदैव गुणवत्ता खोज्दछन् । मात्रात्मक भन्दा गुणात्मक प्रेम उनीहरूको रोजाइ हुन्छ । मिथुन राशि मिथुन राशिका जातक शांत स्वभावका हुन्छन् । साथै यिनीहरू हरेक समय ऊर्जावान र रोमांचक पनि हुन्छन् । यस्ता मानिसहरूसँग साहसिक स्थानहरूमा प्रेम प्रस्ताव राख्दा सफलता मिल्न सक्छ। कर्क राशि कर्क राशिका मानिस भावुक प्रकृतिका हुन्छन् । यिनीहरू अतीत प्रेमी पनि हुने भएकाले पुराना सम्झनाहरू समेटिएको कुनै उपहार सहित प्रेम प्रस्ताव राख्नु राम्रो हुन्छ । सिंह राशि सिंह राशि भएकाहरू मूडी स्वभावके हुन्छन् । यिनीहरूलाई फकाउन त्यति सहज हुन्न । यिनीहरूको मूड सपार्न कुनै ठूलो र विचित्र आयोजन नै गर्नु पर्ने हुन सक्छ । त्यसैले स्पेसल डिनर आदिको व्यव्यस्था गरेर प्रस्ताव राख्दा राम्रो । कन्या राशि कन्या राशिका जातक कुनै पनि कुरा झट्टै मन पराइहाल्दैनन् । उनीहरू हरेक कुरालाई खूब विचार गरेर मात्र मन पराउँछन् । तर राम्रो शुभकामना कार्ड उपहार दिएर यिनीहरूको पनि मन जित्न सकिन्छ । तुला राशि तुला राशि भएका मानिसहरूसँग प्रेम ओरस्ताव राख्दा उनीहरू प्रति साथ र विश्वास प्रदर्शित गर्नु आवश्यक छ किन भने यिनीहरू कुनै पनि सम्बन्ध सधैँका लागि बनोस भन्ने चाहन्छन् । वृश्चिक राशि वृश्चिक राशिमा जन्मेकाहरू हतार हतार गरेको काम मन पराउन्नन् । त्यसैले यिनीहरूसँग प्रेम प्रस्ताव राख्दा धैर्य आवश्यक छ । खूबै विचार पुऱ्याएर उनीहरूको मन्नपरेको उपहारका साथ प्रस्ताव राख्नु बेस होला । धनु राशि धनु राशि हुनेहरूलाई रोमांटिक डेटमा लगेर प्रपोज गर्न सकिन्छ । यिनीहरूलाई रोमांचकता मन पर्छ । मकर राशि मकर राशिका जन्मेकाहरूको विश्वास जित्न गाह्रो हुन्छ । त्यसैले उनीहरूसँग प्रेम प्रस्ताव राख्नु पूर्व विश्वास जित्ने कोसिस गर्नु पर्छ । कुम्भ राशि कुम्भ राशिका जातकहरूलाई बुझ्न गाह्रो छ । उनीहरू मनकोकुरा त्यत्तिकै खोल्दैनन् । तसर्थ प्रस्ताव राख्नु पहिले उनीहरूलाई राम्ररी बुझ्ने कोसिस गर्नु राम्रो । मीन राशि मीन राशिका मानिस भावनात्मक रूपले कमजोर हुन्छन् । उनीहरूलाई रोमांटिक संगीतसँगै क्याण्डल लाइट डिनरको आयोजन गरेर प्रपोज गर्न सकिएला ।

केप टाउनमा १२४ रनले हाऱ्यो दक्षिण अफ्रिका: भारतलाई ३-० को अग्रता

काठमाडौँ  । दक्षिण अफ्रिकाको केप टाउनमा भइरहेको वान डे म्याचमा भारतसामु दक्षिण अफ्रिका एक सय २४ रनले निरीह देखिएको छ । टस जितेर भारतलाई ब्याटिंगको निम्ता दिएको दक्षिण अफ्रिकाको निर्णय उसले पछिल्ला दुई म्याचहरूमा अगाडि ब्याटिंग गरेर हारको सामना गर्नु परेको अनुभवका कारण रहे पनि यो निर्णय पनि सही साबित हुन् सकेन । भारतले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर तीन सय तीन रनको स्कोर खडा गरेर तीनसय चार रनको लक्ष दिएको थियो । भारतीय ओपनिंग ब्याट्सम्यान रोहित शर्मा शून्य रनको व्यक्तिगत स्कोरमा रबाडाद्वारा आउट भए पनि शिखर धवन र क्याप्टेन विराट कोहलीले पारीलाई सम्हालेका थिए । धवनले १२ चौका सहित ६३ बलमा ७६ रन बनाए भने कोहलीले १५९ बलमा १२ चौका र दुई छक्काको मद्दतले नटआउट १६० रन बनाएर आफ्नो वान डे क्यारियरको ३४ औँ शतक लगाए । अन्य भारतीय ब्याट्सम्यानहरूमा भुवनेश्वर कुमारले (१९ मा १६ ) नटआउट, हार्दिक पाण्ड्याले (१५ मा १४), रहाणेले ( १३ मा ११), धोनीले (२२ मा १०) र केदार जधावले (३ मा १ ) रनको योगदान दिएका थिए । दक्षिण अफ्रिकी बलरहरूमा जेपी डुमिनीलाई दुई र रबाडा, क्रिस मोरिस, ताहिर र फेह्लुक्वायोले एक-एक सफलता मिल्यो । तीन सय चार रनको लक्ष पछ्याइरहेको दक्षिण अफ्रिका ४० ओभरमै एक सय ७९ रन बनाएर अलआउट हुन् पुग्यो । उसका सबै ब्याट्सम्यान भारतीय बलरहरूसामु निर्धा देखिए । सुरुवातमै बुमराहको एलबीडब्ल्युमा हासिम आमलाको महत्वपूर्ण विकेट गुमाइसकेपछि धर्मराएको दक्षिण अफ्रिकी पारीलाई जेपी डुमिनीको अर्ध श्ताक्ले पनि सम्हाल्न सकेन । उनी चार चौकाको मद्दतले ६७ बलमा ५१ रन जोडेर कुलदीप यादवको बलमा एमएस धोनीको हातबाट स्टम्प आउट भए । यसका साथै धोनीले विकेट पछाडिबाट चार सय विकेट लिएर नयाँ किर्तिमान पनि बनाए । उनी यस्ता विश्वक चौता र भारतक पहिला क्रिकेटर भएका छन् । यसका अतिरिक्त क्याप्टेन एइडेन मारक्रमले ४२ बलमा २ छक्का र एक चौकाको मद्दतले ३२ रन जोडे । अन्य ब्याट्सम्यानहरूमा मिलर (४२ मा २५), जोंडो (३८ मा १७), मोरिस (१० मा १४), रबाडा (७ मा १२)ताहिर ( ६ मा ८), लुंगी एन्गिडी ( ६ मा ६ ) कलासेन (१२ मा ६) र फेह्लुक्वायो (८ मा ३) रनको योगदान गरे । भारतीय बलिंग आक्रमण आज पनि प्रभावकारी रह्यो । आज कुलदीप यादवले नौ ओभरमा एक मेडन, २३ रन खर्चेर चार विकेट लिए, युजवेन्द्र चहलले नौ ओभरमा ४६ रन दिएर ४ विकेट लिए भने बुमराहले दुई विकेट लिए । यसका साथै छ वान-डे म्याचहरूको शृंखलामा भारत ३-० ले अगाडि गएको छ । भारतले दक्षिण अफ्रिकी भूमिमा तीन वान-डे जितेको यो पहिलो पटक हो । उसले यो शृंखला जितेमा उसका निम्ति नयन किर्तिमान बन्नेछ । भारतले आजसम्म दक्षिण अफ्रिकामै दक्षिण अफ्रिका विरुद्ध कुनै सिरिज जितेको छैन । अहिले दक्षिण अफ्रिकाका नियमित क्याप्टेन फाफ डु प्लेसी र विकेट किपर-ब्याट्सम्यान क्विंटन डी कक चोटका कारण शृंखला खेल्न नपाउने भएका छन् यस्तोमा भारतसामु उसको चुनौती केही कम्जोर देखिएको छ ।

नेपाल अाउँदै चिनियाँ रेल , निर्माण सुरु

काठमाडौँ, माघ २४ । चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्ने नयाँ पत्रिकामा खबर छ । चिनियाँ योजनाअनुसार २०२० सम्म सीमावर्ती तिब्बती सहर केरुङसम्म रेल आइपुग्नेछ । त्यसपछिका दुई वर्ष अर्थात् सन् २०२२ मा रेल्वे लिंक काठमाडौंसम्म जोड्न सकिने चिनियाँ विज्ञले बताउँदै आएका छन् । समाचार अनुसार चालू आर्थिक वर्ष ०७४–७५ मै नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्यन अघि बढाइने भएको छ । चालू आवको बजेटमा विनियोजित पाँच करोड रुपैयाँले सम्भाव्यता अध्ययनको थालनी गर्ने तयारीमा रेल विभाग पुगेको महानिर्देशक अनन्त आचार्यले नयाँ पत्रिकालाई बताएका छन् । काठमाडौंदेखि केरुङसम्मको अनुमानित सय किलोमिटर लामो रेलमार्ग निर्माणका लागि २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गरेका चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीहरुले सो अनुमान गरेका हुन् । समाचार अनुसार नेपाल–चीन जोड्ने रेल प्रतिघन्टा १२० देखि १६० किलोमिटर गतिमा गुड्नेछ । चिनियाँ रेल नेपाल भित्रिन केही समय लाग्ने देखिए पनि भारतीय रेल भने अबको आठ महिनापछि नेपालमा जोडिँदै छ । नयाँ पत्रिका दैनिकका अनुसार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ ।

१५ वर्ष मै बिहे, १६ वर्षको उमेरमा सम्बन्धबिच्छेद

रोल्पा, माघ २३ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया किशोरी र कक्षा ९ मा अध्ययनरत १७ वर्षीय किशोरबीच २०७४ वैशाख २ गते प्रेमविवाह सम्पन्न भएको थियो । आफूखुशी विवाह बन्धनमा बाँधिएको यो जोडी न सफल हुन सक्यो, न त उनीहरुको परिवारमा नै बालविवाहले खुशी दिलाउन सक्यो । १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी किशोरीको १६ वर्ष नपुग्दै सम्बन्धबिच्छेद भयो । एकातिर जिल्ला बालविवाह मुक्त घोषणा गर्ने अभियान चलिरहँदा अर्कोतिर छोराछोरी विवाह बन्धनमा बाँधिनुले परिवारमा केही समस्या त निम्त्यायो नै, त्यो भन्दा बढी उनीहरुको भविष्यको चिन्ताले दुबैको घरपरिवारलाई सताइरह्यो । तर पनि छोराछोरीको खुशी नै ठूलो कुरा ठानेर परिवारले लगन जुराइ जातीय परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरेको उनीहरुका अभिभावकको भनाइ छ । दुवैका अभिभावकले छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना देखेर विद्यालय भर्ना गरिदिएका थिए । तर अभिभावकको सपना सपनामै सीमित रह्यो । विवाहले उनीहरुको पढाइलाई मात्र असर गरेन केही दिनमै दुवैको व्यक्तिगत तथा पारिवारिक जीवनमा पनि ठूलो समस्या निम्त्याउँदै गएको परिवारले बताएका छन् । दुवैका आफन्तका अनुसार विवाहपछिका दिनमा सधैँजसो उनीहरुका बीचमा ठाकठुक पर्न थाल्यो, जसका कारण यो जोडीले सँगै जिउने, सँगै मर्ने अनि बाँचुञ्जेल दुःखसुख बराबर बाँड्ने कसम खाएर गरेको बाचा छोटो समयमै टुंगियो । २०७४ साउन २४ गते जिल्ला अदालत रोल्पामा किशोरीले सम्बन्धबिच्छेद गरी पाउँ भनी निवेदन हालिन् । उनको निवेदनमा श्रीमानले खान लगाउन नदिएको, दिनहुँजसो गालीगलौज गर्ने गरेको, विवाह गरेको केही दिनमै श्रीमानले विद्यालय छोडेर आफूलाई विद्यालय छोड्न आग्रह गरेको तथा आफूले पढ्ने इच्छा जाहेर गर्दा कुटपिट गर्ने तथा घर निकाला गर्ने गरेको हुँदा सँगै बस्न नसक्ने कुरा उल्लेख गरिएको छ । यसरी सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएकी उनी गत असारदेखि माइतीमा बस्दै आएकी थिइन् । १६ वर्ष नपुग्दै २०७४ माघ २१ गते जिल्ला अदालत रोल्पाले गरेको फैसलासँगै उनीहरुको जिन्दगीको यात्राले फरक मोड लिइसकेको छ । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार किशोरकिशोरीले यौटा आदर्शमय जीवनको परिकल्पना गरेर आवेशमा जोडेको सम्बन्ध वास्तविकरुपमा साकार हुँदैन । विवाहको महत्व, परिवेश तथा त्यसले भविष्यमा पु¥याउन सक्ने दूरगामी असरको बारेमा जानकारी नभइकन लहलहैमा प्रेममा पर्ने अनि विवाह गर्ने परिपाटीले केही जान्ने बुझ्ने भएपछि श्रीमानश्रीमती एकलाई अर्को मन नपर्ने हुन थाल्छ जसका कारण उनीहरु सम्बन्धबिच्छेदमा पुग्ने गरेका छन् । वैदेशिक रोगजारीमा जानुपर्ने बाध्यता, अशिक्षा, गरिबी, चेतना अभाव आदिका कारण जिल्लामा ठूलो संख्यामा सम्बन्धबिच्छेदका घटना देखापर्न थालेका छन् । त्यसैले शिक्षाको अवसर तथा जनचेतनामा वृद्धि गर्ने, स्थानीयस्तरमै पेशा व्यवसाय तथा रोजगारीको अवसर सिर्जना गर्ने र पारिवारिक मूल्यमान्यताको सम्बन्धमा नैतिक शिक्षामा जोड दिनसके यस किसिमका घटनामा न्यूनीकरण हुनसक्ने उनको भनाइ छ । पढ्ने, लेख्ने र केही सिक्ने उमेरका बालबालिका विवाह बन्धनमा बाँधिनु र छोटो समयमै सम्बन्धबिच्छेदको अवस्थामा पुग्ने वातावरण सिर्जना हुनाले उनीहरुको बाल मष्तिष्कमा नकारात्मक असर पर्नसक्ने महिला अधिकारकर्मी शारदा गौतमले बताइन् । ती किशोरीजस्तै रोल्पा जिल्लामा कलिलो उमेरमा सम्बन्धबिच्छेद गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । जिल्ला अदालत रोल्पाको तथ्यांक हेर्ने हो भने पनि सबैभन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा भेटिने गर्छन् । यसरी दर्ता हुन आएका मुद्दामध्ये सबैजसो मुद्दा श्रीमानले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने, खान लगाउन नदिने, कारणवस माइती जाँदा खोज खबर नगर्ने भएकै कारण सम्बन्धबिच्छेद हुने गरेको जिल्ला अदालत, रोल्पाले जनाएको छ । यस्तै, जिल्ला अदालत, रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आवमा मात्र जिल्ला अदालत रोल्पामा ६७ वटा सम्बन्धबिच्छेदका मुद्दा परेका छन् जसमध्ये ३३ वटा मुद्दा फैसला भइसकेका छन् भने ३४ वटा मुद्दा फैसला हुन बाँकी छन् । यसैगरी गतः आवबाट जिम्मेवारी सरेर आएका ३८ वटा सम्बन्धबिच्छेदका मुद्दामध्ये २७ वटा मुद्दा फैसला भइसकेका छन् भने ११ वटा मुद्दा फैसला हुन बाँकी छन् । विगतका वर्षमा जस्तै यस आवमा पनि जिल्ला अदालत, रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धबिच्छेदका मुद्दा बढी नै छन् । जिल्ला अदालत रोल्पाका श्रेस्तेदार मनबहादुर विष्टका अनुसार सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतसम्म आइपुग्ने सबैजसो सेवाग्राही आफन्त वा साथीको साथमा आउने गरेका छन् । यसरी सम्बन्धबिच्छेदका लागि आउने अधिकांश सेवाग्राहीले आफ्ना समस्या व्यक्त गर्न सकिरहेका हुँदैनन् । त्यसैले कानूनी सहायता पाउन नसकेका असहाय, अशक्त, नाबालक, आर्थिकरुपमा विपन्न, थुनुवा मानिस मुद्दाको पक्ष भएकाको मुद्दा दर्ता गर्न र प्रतिरक्षासमेतको काम गरिदिन अदालतले वैतनिक कानून व्यवसायीको व्यवस्था गरेको छ भने यस्ता कानून व्यवसायीलाई सेवा दिएबापत कुनै किसिमको रकम दिनुनपर्ने उनको भनाइ छ ।

नेपालका २५० चामल उद्योग बन्द, भारतबाट धमाधम चामल आयात

पर्सा, माघ २३ । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् । एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् । प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् । हाल ४०/५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए । अवैध बाटोबाट पनि दैनिक ठूलो परिमाणमा चामल भित्रिन्छ । पेसेवर ढुवानीकर्ताहरूले वीरगन्जका किराना पसलहरूसम्मै चामल ढुवानी गरी ल्याइदिने गरेकाले नेपाली चामलभन्दा सस्तो पर्ने भारतीय चामल सहजै बजारमा पाइन्छ । एक अर्बको चामल आयात चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ । २ वर्षअघि ६ महिना लामो बन्द हडतालमा ७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान व्यहोरेका यहाँका चामल उद्योगले बन्द हडतालपछि पनि धान अभाव र लोडसेडिङजस्ता समस्या व्यहोर्नुपरेको मोहित एग्रो इन्डस्ट्रिजका व्यवस्थापक एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेम्प्टेम्बर ९ बाट फुकुवा गरेपछि त्यसयता भारतबाट तयारी चामल ठूलो परिमाणमा आयात हुन थालेको छ । तर, भारतबाट धान आयात गर्न भने झन्झट छ । भारतले धान निर्यातमा कोटा लगाएकाले यहाँका उद्योगीले चाहेजति धान भारतबाट आयात गर्न सक्दैनन् । त्यही धान आयात गर्न दिल्ली पुगेर त्यहाँस्थित कृषि विभागको अनुमति र पटनाबाट पनि त्यसलाई कार्यान्वयन गराउनुपर्ने अवस्था रहेको छ । मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहाँका उद्योगले नै गर्दै आएका छन् । राजधानीको चामलको आधा बजार पनि यी दुवै जिल्लाका उद्योगले धान्दै आएका छन् । –कान्तिपुर दैनिकबाट

अारजुलार्इ राष्ट्रिय सभामा लाने प्रधानमन्त्री देउवाको तयारी, अरू को-को ?

काठमाडौं, माघ २३ । प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन् । हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ । राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ । देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ । सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र आरजु मध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ । ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि र आरुजु) नै पर्न सक्नुहुन्छ ।’ देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका छन् । तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए। उनले पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी गरे। राष्ट्रिय सभाको ५६ जनाको निर्वाचन सबै प्रक्रिया सकिएपछि मनोनितका विषयमा छलफल हुने बताए । ‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’, उनले भने । प्रवक्ता शर्माले राष्ट्रिय सभाका तीनजनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए । ‘राष्ट्रिय सभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीनजनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।