गोरखा अपडेट : बाबुराम भट्टराई भर्सेस नारायणकाजी श्रेष्ठ

गोरखा,मंसिर २२ ।  गोरखा प्रदेशसभा २ क काे  मत परिणाम । बाबुराम भट्टराई भर्सेस नारायणकाजी श्रेष्ठ,

गणना गरिएकाे मत ७ हजार ६२२

माओवादी केन्द्र ३४६६

नयाँ शक्ति ३६७३

गोरखा १ मा वाम गठबन्धनले अग्रता लिएको छ । वाम गठबन्धनका उम्मेदवार हरि अधिकारी ३६२१ लइाउँदा कांग्रेस उम्मेदवार चीनकाजी श्रेष्ठले २२९० मत ल्याएका छन् ।

गोरखा प्रदेशसभा २ क काे  मत परिणाम । बाबुराम भट्टराई भर्सेस नारायणकाजी श्रेष्ठ,

माओवादी केन्द्र-१४३५

नयाँ शक्ति-११५९

 

मतदानस्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका

काठमाडौं, मंसिर १९ । के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ रु हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो । निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउनुका साथै ती कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मत संकेत गर्न सिकाउने व्यवस्था मिलाएको छ । मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताउनुभयो । दोस्रोचरणका ४५ जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भन्ने चिन्ता सबैजसो दललाई परेको देखिन्छ । आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरुले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिका बारे जानकारी दिँदै आएका छन् । काठमाडौँ क्षेत्र नं ४ स्थित बूढानीलकण्ठ नगरपालिका– १२ का ३० वर्षीय सन्तोष लुइँटेल आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताउनुहुन्छ । मत हाल्न जान्दैनन् भन्ने नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको व्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँँटेलको छ । कंलकी निवासी चन्द्रमा घिमिरे र अञ्जु भट्टराई भने कसरी मत हाल्ने भन्ने हालसम्म स्पष्ट नभएको बताउनुहुन्छ । उहाँहरु मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ६ मा पर्ने मनमैजू निवासी २८ वर्षीय बबिता श्रेष्ठ घिमिरे मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहनुभएको छ । ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला ।’ उहाँले भन्नुभयो । नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन् । दुबै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ । दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ । समानुपातिक प्रणालीतर्फ दुबै तहका लागि एउटै पृष्ठ (तल र माथि) मा सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछन् । मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक÷एक मत दिनेछन् । मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रुपमा प्रवाह गर्दै आएको छ । आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा समेत मतदाता शिक्षाबारे प्रशारण गराण गराउँदै आएको छ । यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।

प्रचण्डको युवा जोश, राजधानीदेखि कपिलबस्तु हुदैं चितवनका सभालाई सम्बोधन

चितवन क्षेत्र नंं ३ का प्रतिनिधिसभाका वाम उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्रशोकका बावजुद आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि चुनावी मैदानमा अहोरात खटिएका छन् । प्रचण्ड चितवन ३ बाट सुविधाजनक बहुमतका साथ विजयी हुने निश्चित भएपनि उनी विहान सबेरैदेखि राती अवेरसम्म विभिन्न कार्यक्रममा व्यस्त छन् । शनिबार उनले काठमाडौं २ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग घरदैलो र चुनावी सभामा सहभागी भए भने त्यस लगत्तै माओवादी केन्द्रकी प्रवक्ता एवं ललितपुर ३ की उम्मेदवार पम्फा भुसालका लागि मत माग्न पुगें । त्यसपछि उनी कपिलबस्तु १ पुगेर पूर्वजनसेनाका डेपुटी कमाण्डर चक्रपाणी खनाल ‘बलदेव’ को भव्य चुनावीसभामा सहभागी भए । सो अवसरमा राप्रपाका जिल्ला अध्यक्ष जन्झिर कुर्मीसहित दर्जनौ नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरे । त्यसपछि उनी आफ्नो निर्वाचन क्षेत्र चितवन पुगे र चुनावी गतिविधिमा सक्रिय भए । शनिवार साँझ भरतपुर–९ मा आयोतिज एक कार्यक्रममा असिम भट्टराईको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसमा क्रियाशिल २५० जना युवाहरुलाई माओवादी केन्द्रमा स्वागत गरे ।

राप्रपा र कांग्रेसका २५० युवा माओवादी प्रवेश, नाम र भिडियाेसहित

चितवन, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसमा क्रियाशिल २५० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार भरतपुर–९ मा आयोतिज एक कार्यक्रममा असिम भट्टराई नेतृत्वमा रहेका युवाहरुलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन । असिम राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अध्यक्ष हुन । असिमका नेतृत्वमा प्रवेश गर्ने अन्य युवाहरुमा प्रकाश खत्री,आशिष रानामगर, दिनेश थापा, हेमराज अधिकारी, नरेश मल्ल, कलम जोशी, शैलेश विष्ट लगायत २५० युवा रहेका छन् ।  

नमूना मतदानमा शत प्रतिशत मत सदर

इलाम, मंसिर १६ । जिल्लाका विभिन्न स्थानमा भएको नमूना मतदानमा शतप्रतिशत सदर मत खसेका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका देउमाई, इलाम, सूर्याेदय नगरपालिका र चुलाचुली गाउँपालिकामा सञ्चालन गरेको नमूना मतदान कार्यक्रममा शतप्रतिशत सदर मत खसेका हुन्। बदर मतको संख्या घटाउने उद्देश्यले सञ्चालित नमूना मतदान कार्यक्रममा झण्डै एक हजारभन्दा बढीले मतदान गरेका थिए । “मंगलबारेमा पाँच÷छ वटा मत बदर भए, नत्र कही पनि मत बदर भएनन्” जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले भन्नुभयो “यसपटक इलाममा विगतमा भन्दा मतदाता शिक्षा प्रभावकारी भएको पाइयो ।” मतदातामा उत्साह र उमंग पनि पाइयो, केही स्थानमा धेरै ठाउँमा मत खसाल्नु पर्ने भएकाले एकाध मतदाता अल्मलिए, काफ्लेले भन्नुभयो । मतदाता शिक्षाका लागि कार्यालयले यहाँका १४४ वटा मतदानस्थलका दुई सय ६६ मतदान केन्द्रमा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । मताधिकार के हो ? भोट कसरी खसाल्ने ? कसो गर्दा मत बदर हुँदैन ? भन्नेलगायतका विषयमा मतदातालाई सिकाएपछि बदर हुनबाट जोगिएको हो, काफ्लेले भन्नुभयो । बत्तीस सय कर्मचारी परिचालन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई हजार २०४ कर्मचारी र एक हजार स्वयंसेवक गरी तीन हजार २०४ कर्मचारी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने कर्मचारी एक जना, तीन वटा मतपत्र दिने तीन जना अलगअलग तीन कर्मचारी, दुई जना सहयोगी र दुई जना स्वयंसेवक खटाइएको छ । दुई लाख चार हजार मतदाता प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् । जसमध्ये ९९ हजार ३५० महिला, एक लाख चार हजार ६९४ पुरूष र दुई जना तेश्रो लिंगी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा तीन हजार सुरक्षाकर्मी परिचालन मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँको सुरक्षा व्यवस्था सबल, सुदृढ र मजबुत रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनावी सुरक्षामा नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन भएका छन् । निर्वाचन सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष विष्णुकुमार पोखरेलले बताउनुभयो । चुनावमा बाहिरी घेराबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाले जिल्लाको चार स्थानमा सुरक्षा बेस क्याम्प राखेको छ । सेनाले आइतबारे, दानाबारी, मंगलबारे र इलाम सदरमुकाममा बेस क्याम्प राखेको छ । जिल्लाका ७२ वटा संवेदनशील मतदानस्थलमा भने सात जना म्यादी र तीन प्रहरी थप गरिनेछ । अतिसंवेदनशील क्षेत्रमा भने चार प्रहरी र १० म्यादी थप गर्ने सुरक्षा रणनीति बनाइएको छ । जिल्लाको दक्षिणी र पश्चिमी क्षेत्रका मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रूपमा लिइएको छ ।

विश्वकप टी-२० महिला छनोटः आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, मंसिर ५ । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् । पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् । थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो । खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो । थाई इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सरिता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिए । दुई खेलाडी रन आउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो । सोमबार भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित गर्‍यो । एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।

प्रहरीद्वारा अवैध मदिरा बरामद

मेलम्ची,  कात्तिक २९ ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो। मेलम्ची बजार क्षेत्रमा रहेका विभिन्न होटलमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको एक हजार ५०० लिटर घरेलु मदिरा बरामदपश्चात स्थानीय समाजसेवी, पत्रकारसहितको टोलीले नष्ट गरेको हो । मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । यसअघि पनि पटकपटक बजार क्षेत्रका विभिन्न स्थानमा र ओसारपसारको लागि लैजाँदै गरेको मदिरासहित मदिरा बनाउन प्रयोग हुने मर्चा प्रहरी कार्यालय मेलम्चीले बरामद गरेको थियो ।

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, कात्तिक २६ । मलेसियामा जारी एसीसी उन्नाईस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८.१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो । क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले सर्वाधिक ८८ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेट समेत लिए । उनले १०१ बल खेल्दै दुई छक्का र ६ चौका प्रहार गरे । यस्तै, सुरुवाती व्याट्सम्यान जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले दुई-दुई विकेट लिए । भारतका लागि कप्तान हिमांशु रानाले ४६ रन बनाए । उनले ३८ बलमा एक छक्का तथा सात चौका हाने । मनोज कर्लाले ३५, अभिषेक शर्माले २७, अनुज रावलले १८ र आदित्य ठेकरेले १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले चार तथा पवन सर्राफ र सहाब अलामले दुई-दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक-एक विकेट बाँडे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगालदेशसँग दुई विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

प्रतिनिधि र प्रदेश सभाको मतदान गर्ने सहि तरिका (भिडियाेमै हेराैँ)

काठमाडौं, कात्तिक २६ । प्रतिनिधि र प्रदेश सभाको मतदान गर्ने सहि तरिका

दलित बस्तीमा प्रचण्ड: उत्पीडित समुदायका लागि बलियो वाम सरकार आवश्यक

भरतपुर, कात्तिक २५ । चुनाबी अभियान अन्तर्गत घरदैलो कार्यक्रम व्यस्त चितवन क्षेत्र नं. ३ का उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अपरान्ह् भरतपुर २२ धारापानीस्थित दलित बस्ती पुगेका छन । प्रचण्डलाई दलित बस्तीमा भव्य स्वागत गरिएको छ । घरदैलो अभियानका क्रममा दलितबस्तीमा पुगेको देशकै प्रमुख नेता प्रचण्डसँग उनीहरुले आफूहरु जमिन्दारको शोषणमा परेको गुनासो गरेका थिए । उनीहरुले वर्षौदेखि जोतभोग गरेको जग्गाको अहिलेसम्म आफूहरुसँग जग्गाधनी पूर्जा नभएको जानकारी गराएका थिए । जग्गाधनी पूर्जा नहुँदा आफुहरुलाई निकै ठूलो समस्या भएकाले बताउँदै पहल गरी दिन आग्रह गरेका थिए । खेतीपातीका लागि आफूहरुसँग प्रशस्त जमिन नभएको र भएकाको पनि पूर्जा नहुँदा, व्यापार व्यवसाय गर्नका लागि पूँजी नभएको र अशिक्षाका कारण रोजगारीको अवसर प्राप्त नहुँदा जीविकोपार्जनमा सारै समस्या भएको लगायतका गुनासो राखेका थिए । दलितबस्तीका अगुवाका कुरा सुनेपछि जवाफमा प्रचण्डले दलित लगायत सबै समुदायको समस्याका बारेमा आफू जानकार रहेको बताए । उनले दलित समुदायका समस्या मात्रै नभएर देशलाई नै सबै प्रकारका समस्याबाट मुक्त गरी सम्बृद्ध नेपाल बनाउने अभियानमा आफू रहेको बताए । प्रचण्डले आजसम्म दलितहरूको भूमिलगायत अन्य सबै अधिकारका लागि आफू लामो लडाई लढ्दै आएको स्मरण गरे । प्रचण्डले स्थायी जनपक्षीय सरकार भए मात्र समृद नेपाल सम्भव रहेको बताए । उक्त अवसरमा प्रचण्डले उत्पीडित समुदायको समस्या समाधानका लागि बलियो र स्थिर वाम सरकार आवश्यक रहेको बताए । प्राकृतिक साधनस्रोतले विश्वका अरु देशको तुलनामा नेपाल निकै धनी भएपनि अस्थिर सरकार अक्षम राजनीतिक नेतृत्वकाका नेपालमा अहिलसम्म विकास हुन नसकेको बताउदै प्रचण्डले भने, ‘विकसित नेपालका निमार्णका लागि वाम एकता गरिएको हो ।’ आगामी निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा स्थिर सरकार गठन हुने प्रचण्डले बताए । र त्यो सरकारले अहिले एमाले र माओवादीको साझा घोषणापत्रमा गरिएका प्रतिबद्धता पूरा गर्ने बताए । उनले भने, ‘हाम्रो घोषणापत्रमा सम्बृद्ध नेपालको मार्गचित्र छ ।’ त्यहाँ सबै उत्पीडित जाति, महिला, दलित र मधेसी सबैका हक सुनिशित गर्ने लक्ष्य छ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले आगामी १० वर्षमा हामीले कस्तो देश बनाउन चाहेका हौं त्यो विकासको खाका अव बन्ने वामपन्थी नेतृत्वको सरकारले दिने जानकारी दिए । दलित बस्तीमा वर्षौदेखि खेत जोतेर पनि जग्गाधनी पूर्जा नभएको अवस्थालाई अन्त्य गर्न जग्गाभनी पूर्जा दिलाऊँन पहल गर्ने उनले बताए । दलितबस्तीका नागरिकलाई नेपाली नागरिकता प्राप्त जुन समस्या छ उक्त समस्या समाधान गरी सहज र सरल माध्यमबाट वितरण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।  

राजपाद्धारा प्रतिनिधि र प्रदेशसभामा दलितलाई उपेक्षा !

काठमाडाैं, कात्तिक २५ । राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीमा दलित कोटामा गैर दलितलाई पठाउने दलहरु विरुद्ध शुक्रबार दलित यूवाहरुको नेतत्वमा निर्वाचन अयोग दावी विरोध दर्ता भएको छ। निर्वाचन आयोगले १७ कार्तिक २०७४मा प्रकाशित गरेको उक्त सूचीमा केही दलले दलित कोटामा गैर दलितलाई समेटेको र केही दलहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४मा उल्लेखित दलित कोटाभन्दा कम सूची बुझाएकोले दलित यूवाहरुले दावी विरोध गरेका हुन्। निर्वाचन आयोगले १७ कार्तिक २०७४मा प्रकाशित गरेको उक्त सूचीमा केही दलले दलित कोटामा गैर दलितलाई समेटेको र केही दलहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४मा उल्लेखित दलित कोटाभन्दा कम सूची बुझाएकोले दलित यूवाहरुले दावी विरोध गरेका हुन्। दलित युथ एलाइन्स र दलित सरोकार मञ्च नेपालको अगुवाईमा अधिकारकर्मी सहेक बिश्वकर्मा सहितको टोलीले आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई ध्यानकर्षण पत्र बुझाउनुका साथै दाबी विरोध दर्ता गराएका हुन । ध्यानकर्षण पत्र बुझदै सचिव शर्माले नियम विपरीत दलहरुले दर्ता गराएको सूची आवश्यक कार्यवाही प्रक्रियामा लगेर टुङ्गयाउने कुरा बताए। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४को परिच्छेद २८(५)मा दलले यस दफा बमोजिम उम्मेदवारको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा अनुसूची–१ मा उल्लेख भए बमोजिम दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम तयार गर्नु पर्ने उल्लेख छ। तर अनुसीची १ अनुसार दलित कोटा १३.८ प्रतिशत अर्थात प्रतिनिधिसभामा १५ जना दलितको नामावली बुझाउनु पर्ने हो। तर राजपा नेपालले ११० जनामा १० जना दलितको सूची मात्रै बुझाएको छ। दलित अधिकारकर्मी भोला पासवानले दलित कोटामा गैर दलितलाई सूचिकृत गर्ने र राजपा नेपालले प्रतिनिधिसभामा ४ जना कम दलितको नाम राखेको र प्रदेश नम्बर २मा १७ं.२८ प्रतिशत दलित भएपनि एक जना दलितलाई पनि सूचीमा समावेश नगर्नु खेदजनक भएको बताए। ज्ञापन पत्रमा भनिएको छ ‘राजपा नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ वर्खिलाप सूची बुझाउनु निर्वाचन कानुन विपरीत हो। त्यस्तै काग्रेस र माओवादी केन्द्रले १५ जना दलित सूची बुझाउँदा एक÷एक जना मधेसी दलितलाई मात्रै सूचीमा राखेको छ। यो संविधानको धारा ४०को उपधारा (७)मा दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्नेछ भन्ने गरिएको व्यवस्थाको विरुद्ध हो। तसर्थ यस धारा अनुसार ‘मधेसी दलितको जनसंख्याको अधारमा बन्द सूचिमा नाम समावेश गर्न लगाउँनका लागि हामीले दावीबिरोध गरेका हौ’ दलित नेता दीपक सोनीले बताए।

विश्वकप जितें तीर्थयात्रामा जाने मेस्सीको इच्छा

काठमाडौं, कात्तिक २३ । स्टार स्ट्राइकर लियोनल मेस्सीले सन २०१८ मा रूसमा हुने विश्वकप फुटबलको उपाधि अर्जेटिनाले जिते आफू तीर्थयात्रामा जाने बताएका छन । २०१६ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा मेस्सीको टोलीले जर्मनीसँग १–० गोलले पछि पार्दै उपाधी चुम्नबाट बञ्चित भएको थियो । तर यसपालीको दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत गएको महिना भएको अन्तिम खेलमा मेस्सीले ह्याट्रिक नगरेको भए अर्जेन्टिना विश्वकपमा पुग्ने संभावना नै थिइन भन्दा हुन्छ । छनोट चरणको अन्तिम खेलमा मेस्सीको उत्कृष्ट प्रदर्शनसँगैको ह्याट्रिकले अर्जेटिना विश्वकपमा लागि छनोट हुन सफल भएको थियो । क्लब फूटबलमा सबै खाले कीर्तिमानी बनाउन सफल मेस्सी, आफ्नो नेतृत्वका अर्जेटिनाले विश्वकपको उपाधी जित विश्वकै चर्चित खेलाडी बन्ने छन । देशका लागि फुटबल खेलेन भन्ने उनमाथि बारम्बार लगाइने आरोप हो ।विश्वकपको उपाधि घर ल्याउन सके आफू ६८ किलोमिटर तिर्थयात्रा गर्ने मेस्सीले बताएका हुन् । मेस्सीले टिवाइसी स्पोर्टससँगको कुराकनीमा देशलाई उपाधि दिलाउन सके पवित्र तिर्थ यात्रामा निस्कने बताएका हुन् । अर्जेन्टिनाका क्याथोलिकहरुले हरेक वर्ष आफ्नो शहरबाट ६८ किलोमिटर पर्ने गरी सान निकोलसको रोसारिओसम्म हिँड्ने गर्छन् । यसलाई पवित्र तिर्थयात्राको रुपमा लिने गरिएको छ । एजेन्सी

वाम गठवन्धका उम्मेदवारलाई जिताउन व्यवसायीहरुको भेला

पोखरा, कात्तिक २३ । वाम गठवन्धका उम्मेदवारलाई जिताउन पोखराका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । पोखरा आस पासमा छरीएर रहेका निवार्चन क्षेत्र नम्वर ३ (ख) का व्यवसायीहरु बिहीबार जम्मा भएर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्दो पहल गर्ने सहमति भएको बताइएको छ । निर्वाचन परिचालन समितिले आयोजना गरेको छलफलमा सहभागी विभिन्न सम्र्पक समितिहरुले अव आफ्नो निवार्चन क्षेत्रमा गएर चुनावी कार्यक्रममा सहभागी हुदै वामगठवन्धका उम्मेदवारहलई भारी मतका साथ विजय गराउने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार राजीव पहारीले सम्वोधन गर्दे अव घर घरमा गएर मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउनु पर्ने वताए । कार्यक्रममा निवार्चन परिचालन कमिटीका अग्नी कंडेल युवा संघ केन्द्रीय सचिव माधव वास्तोला लगाएतले वोलेका थिए ।

उम्मेदवारले चुनाव प्रचारमा विदेशी प्लेटको गाडी चलाउन पाउने आयोगको यस्तो निर्णय

काठमाडौं, कार्तिक २३ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्नुपरे मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्व अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारी सहभागी बैठकले निर्वाचन प्रचारप्रसारको प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारीसाधनको प्रयोगलाई नियन्त्रण गर्न निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचारप्रसारको प्रयोजनमा विभिन्न दल र उम्मेदरवारले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारीसाधनको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि बैठकले गृह मन्त्रालय, भन्सार विभाग र यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय गरेको छ। यसैगरी, राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्दा निर्वाचन आचारसंहिताको उल्लंघन नहुने गरी तोकिएको संख्यामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्न दिने व्यवस्था आयोगले गरेको छ। यस सम्बन्धमा मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, भन्सार कार्यालय र यातायात व्यवस्था कार्यालयलाई आपसी समन्वयमा काम गर्न निर्देशन दिइएको छ। बैठकले विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न प्राप्त अनुमतिपत्र सम्बन्धित सवारीसाधनको अग्रभागमा स्पष्ट रूपमा देखिने गरी राखेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने र अनुमति प्राप्त गरी सञ्चालन गरे नगरेको सम्बन्धमा कडा निगरानी जाँचको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ।

अमेरिकाद्वारा क्यूवामा नयाँ प्रतिबन्ध, ब्यापार गर्न बन्देज

काठमाडौं, कात्तिक २३ । अमेरिकाले आफ्ना नागरिकलाई क्यूवाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ नियमपछि अमेरिकी नागरिकले क्यूवाका १ सय ८० सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैनन् । यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रुपमा मात्र क्युवामा जान सक्ने छन् । अमेरिकी सरकारले लिएको नयाँ कमदलाई पूर्वराष्ट्रपति बाराक ओवामाले क्यूवासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्यले भएको बताइएको छ ।

नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकले नाफा बृद्धि गर्न सकेनन्

कार्तिक २० । नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । नेपाल बङ्गलादेश बैंकको पहिलो तीन महिनामा नाफा ३१ प्रतिशतले र  कुमारी बैंकको नाफा १८ प्रतिशतले घटेको छ । नेपाल बङ्गलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा २२ करोड ५० लाख रुपैयाँ थियो । बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २० करोड २४ लाख रुपैयाँ छ भने गत वर्ष यस्तो आम्दानी ३२ करोड ९२ लाख रुपैयाँ थियो। बैंकले ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ छ। जगेडा कोषमा दुर्इ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १४.६३ प्रतिशत रहेको छ भने खराब कर्जा ०.७३ प्रतिशत छ। प्रति शेयर आम्दानी २२ रुपैयाँबाट ८ रुपैयाँमा सिमित भएको छ। यस्तै कुमारी  बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ७४ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ३५ करोड ६७ लाख रुपैयाँ छ भने गत वर्षको यहि अवधिमा यस्तो आम्दानी २६ करोड २५ लाख रुपैयाँ थियो। बैंकको कर्मचारी खर्च तथा भाका नागेको ऋणको कारण नाफामा गिरावट आएको देखिन्छ। बैंकले ५४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुर्इ अर्ब ७४ करोड जम्मा भएको छ । बैंकको पूँजी कोष अनुपात १५.२५ प्रतिशत छ भने खराब कर्जा २.५८ प्रतिशत रहेको छ। बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँ छ। समयपाेष्टबाट साभार