चन्द्रागिरि हिंल्स नेपालकै सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारले पर्यटकीय गन्तव्य चन्द्रागिरीलाई पर्यटनको महत्वपूर्ण उत्पादन ‘प्रोडक्ट’ को रुपमा विकास गरिने बताउनुभएको छ ।

चन्द्रागिरी हिल्सको बुधबार स्थलगत अवलोकनका क्रममा मन्त्री अधिकारीले सरकारको पर्यटक बढाउने लक्ष्यलाई सार्थक तुल्याउन पनि यस्ता पर्यटकीय गन्तब्यको प्रवद्र्धनलाई प्राथमिकता दिने बताउनुभयो ।

मन्त्री अधिकारी पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै यसलाई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

‘राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो पर्यटकीय उत्पादन विस्तार र विविधिकरण गर्ने निजी क्षेत्र नै हो । पर्यटन उद्योगको विकासमा निजी क्षेत्रले अग्रसरता नदेखाए यसबाट राज्यले लाभ निल सक्दैन तयसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहने छ’,– उहाँले भन्नुभयो ।

‘सरकार र निजी क्षेत्रले बनाएका जति पनि पर्यटकीय पूर्वाधार तथा चन्द्रागिरी केवलकार जस्ता नयाँ पर्यटकीय उत्पादन छन् यसको सम्पूर्ण सुरक्षाको जिम्मेवारी सरकारको हो तपाँइहरुलाई विश्वास दिलाउन चाहन्छु हामी अभिभावकीय भूमिका निर्वाह गछौँ ढुक्कसँग लगानी गर्नुस’,– उहाँले भन्नुभयो ।
पर्यटनमन्त्री अधिकारीले चन्द्रागिरिजस्ता पर्यटकीय प्रोडक्ट सातवटै प्रदेशका संभावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गर्नुभयो ।

उहाँले निजी क्षेत्रले आर्थिक लगानीको गतिविधि बढाउने वातावरण नभएसम्म सरकार र थोरै व्यक्तिले कुरा गरेरमात्र विकास नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले हामीले जे भनेका छौ ल्यसाई आधिकारिक समयसिमा तोकेर पर्यटन मन्त्रालयले यो विमानस्थल यति दिनभित्र बनिसक्छ भनेर समयसिमा स्पष्ट गर्छौ, त्यसका प्रगति पनि देखाउछौँ ती पूर्वाधारसँगै पर्यटक कति बढ्ने छन् भनेर बाहिर ल्याउनेछौ ।’

पर्यटन व्यवसायीले राम्रो अभिभावक पाएको उल्लेख गर्दै मन्त्री अधिकारीले यो क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहभागितालाई वृद्धि गरी प्रष्ट रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकारको जवाफको उत्तर दिँदै मन्त्री अधिकारीले चन्द्रागिरि हिल्स सुरक्षित गन्तव्य भएको हुँदा अमेरिकी राजदुतावासले आफ्ना नागरिकहरूलाई असुरक्षित छ भने कुराको खण्ड गर्दै दुतावासमा छलफल गरिने वताउनु भयो । चन्द्रागिरी हिल्सका लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तव्य बनेको चन्द्रागिरी राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक हो भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेशस्तरमा पनि विस्तार गरिने बताउनुभयो ।

ग्लोबल आईएमईका म्यानेजर राजु पौडेलले देशको आर्थिक र दिगो विकासमा निजि क्षेत्रलाई लगानीमैत्री वातावरण तयार गर्न सके देशको पर्यटनको विकास हुने बताउनुभयो ।

चन्द्रागिरि हिल्संका प्रवन्ध निर्देशक अम्बिका प्रसाद पौडेलले सरकारले निजी क्षेत्रको दिगो विकासलाई सूक्ष्म तवरले अध्ययन गर्दै देशको पर्यटन पुर्वाधार विकासमा निजि क्षेत्रले अतुलनीय योगदान पुर्याउनेमा जोड दिनुभयो ।

उहांले सकारात्मक सोच र दिगो विकासमा चन्द्रागिरि हिल्संको राज्यलाई पुर्‍याको योगदानको राज्य वाट कदर भएको बताउदै उहांले अब देशको कुनाकुनामा यस्ता महत्त्वपूर्ण प्रोजेक्ट सञ्चालन गरिने जानकारी दिनुभयो ।

पूर्वमन्त्री पासवानको उपचारका लागि ४३ लाख निकासा

काठमाडौं, चैत ५ ।  पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपरचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको छ । समाचार अनुसार, पासवानले पाउरोटी आएकोदेखि भारु साटेकोसम्मको ३० लाख पेश गरेकोमा त्यो भने रोकिएको छ ।

नेपाललाई आइसीसीले दियो ‘सी ग्रेड’, सन्दीप र पारसको प्रशंसा

काठमाडौं, चैत ४ । नेपाली क्रिकेट इतिहासकै सवैभन्दा ठूलो उपलव्धि हासिल गरेको नेपाली टोलीलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ‘सी’ दिएको छ । आइसीसीले एकदिवसिय विश्वकप छनोट खेलको प्रदर्शनका आधारमा नेपाललाई आइसीसीले सी ग्रेड दिएको बताएको छ । विश्वकप छनोटमा आठौं स्थानमा समेटिएको नेपालको सम्पूर्ण खेलको अवस्था बारे अध्ययन गरेपछि आइसीसीले आफ्नो रिपोर्ट कार्डमा नेपाललाई सी ग्रेड दिएको छ । नेपाल समूह चरणका तीन खेलमा पराजित र एक खेलमा मात्र विजयी भएको थियो । नेपाल समूह चरणअन्तर्गत जिम्वावेसँग ११६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो भने हङकङलाई ५ विकेटले पराजित गरेको थियो । प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले सातौं र आठौं स्थानका लागि भएको प्लेअफमा नेदरल्याण्डसँग ४५ रनले पराजित भयो । धेरै खेलमा पराजय व्यहोरेको भए पनि नाटकीय ढंगमा नेपाल एक दिवसीय मान्यता पाउन सफल भएको आइसीसीको रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै आइसीसीले हङकङ र पपुवा न्यूगिनी डी ग्रेडमा परेका छन् भने नेदरल्याण्ड्स र नेपाल सी ग्रेडमा परहेका छन् । आइसीसीले बलिङमा सन्दीप र व्याटिङमा कप्तान पारस खड्काले मात्र नेपालका लागि उल्लेख प्रदर्शन गरेको उल्लेख गरेको छ ।

तीन सवारी ठोक्किदाँ अाठजना घाइते

चितवन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट आउँदै गरेको ग १ ख ५९२५ नं को ट्रक स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये सात जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कार र स्कारपियोमा आउँदै गरेका यात्रु निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशनमा सहभागी हुनआएका प्रतिनिधि हुन् । ट्रकका चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

कति सम्भव र उचित ! माओवादी फकाउने, एमाले एक्लाउने कांग्रेस रणनीति

काठमाडौं, चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको प्रमुख समाचार राजधानी दैनिकले छापेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ । समाचारमा लेखिएको छ, ‘गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रियसभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दलबीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धनलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरु स्वीकार गर्छन् ।’

राेल्पामा पनि बालविवाह न्यूनीकरण अभियान

रोल्पा, चैत ३ । जिल्लामा बढ्दै गएको बालविवाह न्यूनीकरण गर्ने भन्दै रोल्पाका सरोकारवाला चेतनामूलक कार्यक्रममा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको अगुवाइमा जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायको सहभागितामा समुदायमा आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सबै गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि सडक नाटक, अन्तक्र्रिया, पोष्टरिङ तथा घरदैलो भेटघाटका माध्यमबाट त्यस्ता कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लाको माडी, सुवर्णावती, लुंग्री गाउँपालिका र रोल्पा नगरपालिकामा सो कार्यक्रम सञ्चालन गरिसकेको प्रहरीले बाँकी गाउँपालिकामा समेत कार्यक्रम सञ्चालन गर्ने बताएको छ । जिल्लामा हत्या, हिंसा, चोरी डकैतीजस्ता जघन्य अपराध नदेखिए पनि घरेलु हिंसा र जातीय विभेद ब्याप्त रहेको हुँदा यस्ता कुसंस्कारको न्यूनीकरणका लागि आफूहरु लागि परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनुभयो । प्रहरी कलाकारद्वारा नै सडक नाटकका माध्यमबाट यस्ता विकृति न्यूनीकरणका अभियान सञ्चालन गरेका छौ फुयालले भन्नुभयो । सामाजिक चेतनाको स्तर निकै पछि रहेका कारण देशका अन्य जिल्लाको तुलनामा रोल्पामा यस्ता समस्या देखिएको उहाँले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि आफूहरुले पनि पटकपटक अभियान चालेको भए पनि सार्थकता पाउन नसके पनि प्रहरीको अभियानले यसलाई थप सहयोग गर्ने लुग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरीय कार्यक्रमका माध्यमबाट सामाजिक विकृति अन्त्य गर्न मद्दत पुग्ने खड्काको भनाइ छ । बालविवाहकै कारण जिल्लामा सम्बन्धबिच्छेद गर्नेको संख्यासमेत थपिँदै जाँदा पारिवारिक बिग्रह बढ्दै गएको खड्काले बताउनुभयो । जिल्लामा किशोरी शिक्षाका माध्यमबाट बालविवाह न्यूनीकरणको अभियान पनि सञ्चालन हुँदै आएको किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्यले बताउनुभयो । प्रहरी, विभिन्न संघ संस्था र अभियन्ताको साझा प्रयासले बालविवाह न्यूनीकरण हुँदै गएको आचार्यले बताउनुभयो ।

भोलि नेपाल नेदरल्यान्ड्ससँग भिड्ने

काठमाडौं, चैत २ । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलोपटक एक दिवसीय मान्यता पाएको नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत् सातौं स्थानका लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्न लागेका हुन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका हो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्स अहिलेसम्म चारपटक आमने–सामने भएका छन् । जसमा दुवै टोलीले समान दुईरदुई खेल जितेका छन् । शनिबार नै नवौं स्थानका लागि हङकङ र पपुवा न्यूगिनी पनि भिड्दैछन् । रासस

टर्कीमा आक्रमणको तयारी गरिरहेका ४७ व्यक्ति पक्राउ

आङ्कारा, चैत २ । टर्कीको दक्षिणी भागमा रहेको आदाना प्रान्तको विभिन्न इलाकामा आक्रमणको योजना बनाइरेहका कम्तीमा ४७ व्यक्ति पक्राउ परेका छन । राज्यद्वारा सञ्चालित समाचार समिति आनादुलुले शुक्रबार दिएको जानकारीअनुसार ती व्यक्तिले विभिन्न स्थानमा हिंसात्मक आक्रमण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । आतङ्कबाद सम्बन्धि उजुरी हेर्न प्रहरीको एक समूहले आदाना प्रान्तको ७३ स्थानमा गरेको छुट्टाछुट्टे कारबाहीको क्रम ती सदिग्ध व्यक्ति पक्राउ परेको सुरक्षा स्रोतले जानकारी दिएको छ । कुर्दिस वर्कर पार्टी (पिकेके) को आह्वानमा ती आक्रमणका योजना भइरहेका थिए– एकजना वरिष्ठ प्रहरी अधिकारीले प्रेसलाई जानकारी दिनुभयो । पक्राउ परेका ती व्यक्तिमा पाँच महिला र १० बालबालिकासमेत रहेका जनाइएको छ । आक्रमणका लागि उनीहरुले बालबालिका पनि प्रयोग गर्ने गरेको खुलासा भएको पनि प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा

स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

हेटौँडा । प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो । प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता रु दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ । उपप्रमुखले रु ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । यस्तै उपमहानगरका प्रमुखले रु ४० हजार २०० र उपप्रमुखले रु ३५ हजार तलब पाउनुहुनेछ भने वडाध्यक्षले रु २५ हजार पाउनुहुनेछ । त्यस्तै, नगरपालिकाका प्रमुखले रु ३५ हजार, उपप्रमुखले रु ३१ हजार र वडाध्यक्षले रु २२ हजार तलब पाउनुहनेछ । गाउँपालिकाका अध्यक्षले रु ३१ हजार, उपाध्यक्षले रु २७ हजार र वडाध्यक्षले रु २० हजार पाउनुहने विधेयकमा उल्लेख छ । यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह रु ४६ हजार तलब पाउनुहनेछ भने उपप्रमुखले रु ४० हजार २०० पाउनुहुने व्यवस्था सो विधेयकमा उल्लेख छ । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनुहुने जनाएको छ । रासस

जति माेटो त्यति यौन इच्छा घट्ने ?

कुनै समय थियो, मानिसहरू खाना नपाएरै मर्थे । अहिले जमाना फेरिएको छ । अचेल मानिसहरू ‘बढी खाएर’ नजानिँदो किसिमले ज्यान गुमाइरहेका छन् । अर्थात् आधुनिकतासँगै मानिसको खानपान र रहनसहनले उसभित्र अनेक रोगको बीउ रोपिने गरेको छ । केही दशक अगाडिसम्म अहिलेको जस्तो खानपानमा विविधता थिएन । खानेकुरामा मानिसको सहज पहुँच पनि थिएन । भए पनि आर्थिक सामथ्र्यले भ्याउँदैनथियो । परिवर्तित समयसँगै यतिबेला प्रायजसो सहरिया मानिसको आधुनिक परिकारमा पहुँच भएको छ । गाउँघरको परिवेश छोडेर सहरियामा बन्ने होडबाजी जारी छ । कुन खाना कति खाने, केका लागि खाने, कसरी खाने, कति बेला खाने र किन खाने भन्ने कुराको हेक्का नराख्दा र हेक्का राखे पनि तिनलाई व्यवहारमा लागू गर्न नसक्दा मोटोपनको समस्या बढ्दै गएको विज्ञहरू बताउँंछन् । सुविधाभोगी सहरिया जीवनले शारीरिक अभ्यासलाई पछाडि धकेलिदिएको छ । यही अनियन्त्रित खानपान र जीवनशैलीले हिजोआज ठूलो संख्यामा मोटोपनको समस्या बढ्दै गएको छ । मद्यपान धूमपान र जंकफुडको चंगुलमा विश्व नै परेको छ । कुन खाना कति खाने, केका लागि खाने, कसरी खाने, कति बेला खाने र किन खाने भन्ने कुराको हेक्का नराख्दा र हेक्का राखे पनि तिनलाई व्यवहारमा लागू गर्न नसक्दा मोटोपनको समस्या बढ्दै गएको विज्ञहरू बताउँंछन् । अहिले विश्वमा मानिसको मृत्युको प्रमुख कारण पनि यही अनियन्त्रित खानपान हुने गरेको तथ्यांकहरूले प्रमाणित गरेको छ । हिजोआज मोटोपन पनि नसर्ने रोगहरूको प्रमुख कारकका रूपमा देखिएको छ । आधुनिक युगमा ८० प्रतिशत मानिस खाएरै मर्छन् । १० प्रतिशत हर्मोनका कारण र बाँकी १० प्रतिशत मानिसको ज्यान वंशानुगत रोगका कारण जाने गरेको छ विज्ञहरूको दाबी छ । हामीले खानपान र जीनवशैलीबीच तालमेल मिलाउन नसकेपछि यो अवस्था आएको हो । सहरमा पाइने अधिकांश खानेकुरा विषादीयुक्त हुनु, खाद्यान्नमा मिसावट हुनु र त्यस्तो किसिमका उपभोग्य वस्तुप्रति सचेत नभइकनै उपभोग गर्नुले मोटोपन बढ्दै गइरहेको छ । अबेर राति सुत्ने र अबेर बिहानसम्म उठ्ने कारणले पनि मानिसमा मोटोपन बढ्दै गएको पाइएको छ । हामीले अहिले अपनाइरहेको जीवनशैली पनि हाम्रै लागि घातक भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । जन्मँदै मानिस सुविधाभोगी भएर जन्मने, ऐसआराममा प्यासी हुने र दुःख गर्नै नरुचाउने । अनि अबेर राति सुत्ने र अबेर बिहानसम्म उठ्ने कारणले पनि मानिसमा मोटोपन बढ्दै गएको पाइएको छ । अनियन्त्रित खानपान र अव्यवस्थित जीवनशैलीकै कारण १२ वर्षकै बालक पनि सय किलोग्रामसम्मको हुने गरेका छन् । मोटोपन भएका व्यक्तिमा यौन क्षमता कम हुने विभिन्न अध्ययनहरुले देखाइको छ । यौन सम्पर्क गर्न रुची नलाग्ने, सुविधा जनक ढंगले यौन सम्पर्क राख्न नसक्ने र एक दुई पटकमै थाक्ने जस्ता मोटोपन भएका व्यक्तिमा समस्या हुने गरेको उक्त अध्ययनले देखाएको छ । मोटोपनको समस्याबाट वर्तमानमा कोही अछुतो देखिँदैन । प्रौढमात्र होइन बालक, युवा सबैमा यो समस्या देखिएको छ । स्वास्थ्य सुविधा बढेपछि अस्पताल छँदैछ नि भन्ने मानसिकतामा विकास भइरहेको छ हिजोआज । जसको परिणाम मानिसले आफैं अपनाउन सक्ने स्वास्थ्यसम्बन्धी सावधानीसमेत अपनाउनमा लापरबाही गर्ने गरेको पाइएको छ । धेरै मोटोपन रोगहरूको घर हो भन्ने कुरा मानिसले हेक्का नै नराखेका कारण जीवनमा अनेक रोगले मानिसलाई गाँज्दै लगेको छ । पोषणविद् प्राडा उमा कोइराला भन्छिन्, ‘धेरै मोटोपन रोगहरूको घर हो भन्ने कुरा मानिसले हेक्का नै नराखेका कारण जीवनमा अनेक रोगले मानिसलाई गाँज्दै लगेको छ ।’ मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप, बाँझोपन, नसा च्यापिने, कब्जियत, थाइरोइडलगायतका समस्या बढेदै गएको डा। कोइरालाको ठहर छ । मोटोपन घटाउने नाममा हिजोआज सहरमा अनेक नाम राखेर स्लिमिङ सेन्टर स्थापना भएका छन् । यस्ता सेन्टरहरूले विभिन्न मिडियामा विज्ञापन प्रकाशन प्रसारण गरेर आआफ्नै खालको डम्फु बजाउने गरेका छन् । यिनीहरूमध्ये एउटाले मोटोपन घटाउन डाइटिङ गर्नुस् भन्छ त अर्कोले डाइटिड नगरेरै घटाउन सकिन्छ । तेस्रोले मेसिनबाट घटाउन सुझाउँछ । फेरि अर्कोले हामीले उपलब्ध गराएको खाना खानुस् र घटाउनुस् भन्छ । केहीले भन्छन्, हाम्रोमा आएर शारीरिक अध्यास गर्नुस् । कस्को कुरा पत्याउने वा कस्को कुरा नपत्याउने भन्नेमा मानिस झन् दोधारमा परेका छन् । विभिन्न किसिमका सेन्टरका अनेक किसिमका सुझाव र विज्ञापनले मोटोपनको समस्यामा परेकाहरू झन् दिग्भ्रमित बनेका छन । कता जाने र नजानेको अवस्थामा उनीहरू देखिन्छन् । अस्पतालहरूमा डाइटिसियनको दरबन्दी हुन्छ तर ती डाइटिसियन नै ९० देखि एक सय २० केजीसम्म तौल भएका भेटिन्छन् । मोटोपनको समस्या झांगिँदै गइरहेको भए पनि नेपालका अस्पतालमा न मोटोपन घटाउने विशेषज्ञ छन् न त आधुनिक प्रविधि नै । अस्पतालहरूमा डाइटिसियनको दरबन्दी हुन्छ तर ती डाइटिसियन नै ९० देखि एक सय २० केजीसम्म तौल भएका भेटिन्छन् । मोटोपनको समस्या लिएर उनीहरू कहाँ पुगेपछि ‘मै त मोटो छु मैले कसलाई भन्ने’ जस्ता जवाफ पाइने गरेको सेवाग्राहीको गुनासो छ । हेल्थटुडे नेपालबाट

धरहरा पुनःनिर्माणका लागि छलफल शुरु

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी सदस्यहरु डा हरिराम पराजुली, डा चन्द्रबहादुर श्रेष्ठ, धु्रवप्रसाद शर्मा, विष्णु भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख डुण्डुराज घिमिरे, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत विज्ञ समूहका सदस्यको उपस्थिति थियो । बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालले निर्माण पूर्वका सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो धरहराको पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरासम्बन्धी ड्रइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनःनिर्माणको प्रक्रिया अघि बढ्ने बताउनुभयो। धरहरा पुनःनिर्माणको प्राविधिक पक्षबारे विज्ञ सदस्यसहित छिट्टै अर्काे बैठकमा छलफल गर्ने सहमति भएको उहाँले सुनाउनुभयो। रासस

शनिबार टुँडिखेलमा घोडेजात्रा मनाइँदै

काठमाडौँ । चैत ३ गते शनिबार चैत कृष्ण औंशीका दिन टुँडिखेलमा अश्वकला प्रदर्शन गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुन्ड नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिएपछि तिनै राक्षसलाई घोडाको टापद्वारा कुल्चाएर राख्ने उद्देश्यका साथ टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाइने गरिन्छ । घोडेजात्राका दिनदेखि सागसब्जी, हरियो लसुनलगायतका तरकारी बेस्वादको हुँदै जाने मान्यता छ । पाटनमा एउटा आँखा नदेख्ने घोडालाई हाहाहुहु गर्र्दै बालकुमारीटोलबाट सहरमा धपाएर यो जात्रा मनाउने प्रचलन छ । जनैपूर्णिमाका ब्राह्मण, तीजका महिला, असारका रोपाहार र घोडेजात्रा मनाइरहेका नेवार समुदायसँग यस दिन जिस्कने फुर्सद हुँदैन भनिन्छ । घोडेजात्रा मनाइरहेका नेवार समुदायलाई कता हौ ? भनी ठट्टा गर्दा म जङ्गबहादुर राणाको घोडा किन्न हिँडेको हुँ भनी धक फुकाएर एक जमानामा भन्ने गरिन्थ्यो भन्ने जनश्रुति छ । कसैले नतिर्ने नियतले सापटी लिँदा घोडेजात्राको भोलिपल्ट तिरौँला भनेर टार्ने गर्छन् भनिन्छ । पाटनको घोडालाई ‘ए कानु ए कानु भन्दै हाहा र हुहु’ गर्दै घाँस नभएको ठाउँमा दौडाउने गरिन्थ्यो तर अचेल सडक बाटोतिरै घोडा दौडाउने गरिन्छ । धादिङ छत्रेदेउराली गाउँपालिका वडा नं. २ का शिवहरि लुइँटेलका अनुसार धादिङको गल्छीमा २०७२ सालसम्म घोडेजात्रा मनाउने गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले त्रिशूलीमा घोडासहित फाल हालेको संस्मरणमा यो जात्रा त्यहाँ हुने गरेको थियो । उनका अनुसार थानकोटको झ्यालटुङ्पाटीमा पनि पोखरीमा कानु घोडा कुँदाएर यो जात्रा गत २०६८ सालसम्म मनाइने गरिएकोमा यो जात्रा अचेल हुन छाडेको छ । उपत्यकाका तलेजु भवानीका बाहनका रूपमा राखिएका घोडालाई भने जात्रा लाग्दैन । हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीका अनुसार यी घोडा देवता स्वरूपका भएकाले जात्रा लाग्दैन । यसै दिन टुँडिखेलको चार कुनामा रहेका राणा प्रधानमन्त्री घोडा सवार भएको सालिक अवलोकनसमेत गरिन्छ । यसैदिन सिंहदरबार पश्चिमद्वारतर्फ फर्किएको भद्रकालीमा रहेको मोहनशमशेरको सालिकलाई माल्यार्पणसमेत गर्ने गरिन्छ । घोडेजात्राका दिन जुद्ध वारुण यन्त्र कार्यालय अगाडि रहेको अश्विनीकुमारको पीठमा रिसल्लासहित आएको नेपाली सेनाको क्याभलरि युनिटले एकाबिहानै बोका बलि दिएपछि टुँडिखेलमा घोडेजात्रा सुरु हुन्छ ।

भारतको बाटो गरी कुवेत जान लागेका दुई महिलाको उद्धार

झापा, चैत २ । भारतको दिल्लीबाट कुवेत जान लागेकी दुई नेपाली महिलाको भारतीय एसएसबीले उद्धार गरेको छ। ती दुई महिलालाई ४१ बटालियन एसएसबी कम्पनीको टोलीले भारतको पानीट्यांकीबाट उद्धार गरेको हो। झापाको पूर्वी काकँडभिट्टा नाकाबाट भारत गएका ती महिला पानीट्यांकी पुगी बस चढेर सिलगुढीतर्फ जान लागेका थिए। एसएसबीका असिस्टेण्ड कमाण्डर रानीसहितको नेतृत्वको टोलीले ती महिलालाई बसबाट उद्धार गरेको जनाइएको छ। ती महिलाले सिलगुढीको एनजीपीबाट रेल चढेर दिल्ली पुगी कुवेत जान लागेको बताएका थिए। उद्धार गरिएका दुई महिलालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई जिम्मा लगाएको एसएसबीले जनाएको छ। यसैगरी भद्रपुर नाकाबाट तीन महिलालाई भारत लैजाने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुरबाट गलगलिया नाकाबाट भारततर्फ लैजान लागेका भद्रपुर नगरपालिका–१० का ४५ वर्षीय लीला भट्टराई र बुद्धशान्ति गाउँपालिका–३ का ४५ वर्षीय मिङ्मा शेर्पा पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंन्धान अघि बढाएको र उद्धार गरिएका महिला परिवारलाई जिम्मा लगाइसकेको उनले बताए।

जसले कलेजो नै दान गरिन्…

काठमाडौं, चैत २ । २०६८ सालमा कलेजोको क्यान्सरले चलिएका डा. गोविन्द शर्मालाई २ महिनाको आयु दिएका थिए । चिकित्सकले । कलेजो प्रतयारोपण गरेमा बढीमा तीन बर्ष ाआयु लम्ब्याउन सकिने भनेपछि उनकी भान्जी शान्ता दाहाल पोखरेल ले शर्मालाई कलेजो दिएकी थिईन् । शर्माको भारतको मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया भएको थियो । दाहालेको कलेजोको ३० प्रतिशत भाग निकालेर शर्मामा प्रत्यारोपण गरिएको थियो । त्यति सहयोगी, क्षमतावान् मान्छेको मृत्यु नजिक थियो, दाहालले भनिन् तर केही बर्ष जीवन लम्ब्याउन सकिन्छ भने थाहा पाएपछि मैले आफुलाई रोक्न सकिनँ । र, कलेजो दिएँ कलेजो प्रत्यारोपणपछि चिकित्सकले तीन बर्ष आयु तोके पनि डा. शर्मा ६ बर्षभन्दा बढी बाँचे ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सिरियाली गृहयुद्धमा साढें तीन लाख नागरिकको मृत्यु, २ करोड विस्थापित

बेरुत, चैत १ । सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमात्र पछि सो आन्दोलन गृहयुद्धकारुपमा परिणत भएको थियो । विपक्षी आन्दोलनकारीहरुले पनि सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच यस्तो युद्ध जारी रहेको छ । यसका अतिरिक्त पनि त्यहाँ विभिन्न हिंसात्मक विद्रोही फौज जन्मिएका छन् । केहीलाई अमेरिकाको समर्थन छ भने अरु केहीलाई रुसले पनि सहयोग गरिरहेको बताइन्छ । त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएको पछिल्लो प्रयास पनि सफल हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा सार्वजनिक गरेको एक तथ्यांकअनुसार यहाँका करिब दुई करोड व्यक्ति विस्थापित भएका छन् । यो सिरियाको करिब आधाजति जनसंख्या हो । संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन । झन बढ्यो हिंसा सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सिरियामा पछिल्लो समयमा हिंसा थप क्रुर बन्दै गएको छ । पूर्वी सिरियाको गुटा क्षेत्रमा सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । सो आक्रमणमा परी १५ दिनमा नै एक हजारजनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । यहाँ सयौँको संख्यामा बालबालिका मारिएका छन् । यो पछिल्लो महिनादिन यताको सिरियाको हिंसा अहिलेसम्मकै सबैभन्दा ठूलो र हिंस्रक रहेको बताइएको छ । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । मानवअधिकारबादीले मानवीय सहायता पु¥याउन पनि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेकोमा त्यो समेत सम्भव हुन नसकेको बताइएको थियो । सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेकोले उक्त क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ । सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिकपर्ने क्षेत्रमा विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । रासस÷एएफपी

जनप्रतिनिधिको निर्देशन मान्न कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौं, चैत १ । जनप्रतिनिधिलाई स्थानीय तहमा खटिएका कर्मचारीले नटेरेको,स्थानीय तहले दिने सेवा प्रभावकारी हुन नसकेको, कर्मचारीको उपस्थिति र व्यवस्थापन सहज हुन नसकेको र खटाइएको ठाउँमा कर्मचारी नपुगेको गुनासो आइरहेका बेला संघीय तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका कर्मचारीलाई १३ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले जिल्ला समन्वय अधिकारी, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षसँग स्वीकृति नलिई कार्यक्षेत्र नछाड्न स्थानीय तहमा खटिएका कर्मचारीलाई निर्देशन दिएको छ। कर्मचारीले कारणवश बिदा लिनु परेमा या काजमा जानुपर्ने भएमा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षसँग स्वीकृत लिन परिपत्रमा भनिएको छ। सेवा कार्यालय तथा वडा कार्यालयमा खटिएका कर्मचारीलाई भने काज स्वीकृत तथा कार्य सम्पादन मूल्यांकन प्रमुख प्रशासकीय अधिकृतले दिने मन्त्रालयले जारी गरेको परिपत्रमा जनाइएको छ। यसैगरी स्थानीय तहमा खटिएका कर्मचारीलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन पनि निर्देशन दिइएको छ। निर्देशनमा भनिएको छ, ‘जिल्ला समन्वय समिति, महानगर/उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा कार्यरत जिल्ला समन्वय अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतले तोकिएको आर्थिक अधिकारलाई मितव्ययी, पारदर्शी तवरले प्रयोग गर्नु पर्नेछ।’