छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।”

प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सार्कको प्रभावकारिता र क्षेत्रीय सम्मेलनका संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्कको आवश्यकता सबै राष्ट्रमा भएको र सबै राष्ट्रले आपसमा मिलेर लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुस्तकका रुपमा सार्वजनिक गर्न केही ढिलाइ भए तापनि धेरै मेहनत गरेर निकै उपयोगी पुस्तकका रुपमा प्रकाशन गरेको जानकारी दिनुभयो ।

सभामुख कृष्णबहादुर महराले नेपालले सार्क राष्ट्रको अध्यक्षता गरिरहेको उल्लेख गर्दै दुई÷दुई वर्षमा हुनेपर्नेमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गर्दै सार्कलाई क्रियाशीलरुपमा अगाडि बढाउनुनपर्ने धारणा राख्नुभयो ।

पुस्तकका सम्पादक लालबाबु यादवले सार्कको दुईदिने गोष्ठीमा भएका सम्पूर्ण गतिविधि सबै राष्ट्रलाई उपयोगी हुने तरिकाले पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो ।

कार्यक्रममा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेस नेत्री सुजाता कोइराला, सार्क सचिवालयका महासचिव अम्जाद हसैनको उपस्थिति थियो ।

पुस्तकमा जनतादेखि जनतासम्मको सम्बन्धलाई अगाडि बढाउने, वैदेशिक रोजगार, आर्थिक विकास तथा संस्कृतिको विकासलगायतका गोष्ठीमा प्रस्तुत विषयवस्तुलाई समावेश गरिएको उल्लेख छ ।

वामदेव गौतमको सनसनीपूर्ण अन्तर्वार्ता: माओवादीको पहिचान भनेको जनयुद्ध हो त्यो उल्लेख नभए एकता हुनसक्दैन

काठमाडौं, वैशाख ७ । नेकपा एमालेका उपाध्यक्ष एवं वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो जनवादी क्रान्तिलाई जनयुद्ध भएको बताउदै अहिलेको राजनीतिक परिवर्तन र माओवादीको पहिचान भनेको जनयुद्ध भएको गौतमले बताएका छन् । चर्चित टेलिभिजन टकशो फायरसाइडमा दिएको अन्तर्वार्तामा गौतमले भने, ‘माओवादीले सञ्चालन गरेको जनयुद्ध नै हो । उसको तागत, पहिचान र बल भनको जनयुद्ध नै हो ।’ वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम घोषणा गर्ने तयारी भएपनि भएपनि पछिल्लो समय केही ढिलासुस्ती देखिएको छ । भने दुई अध्यक्ष र एकता संयोजन समितिको बैठक पनि बस्न नसकिरहेको समयमा माओवादी नकिट नेताका रुपमा चिनिने एमालेका प्रभावशाली नेता गौतमले भने, माओवादीको पर्सनालिटी भनेको जनयुद्ध हो, वेट भनेकै जनयुद्ध हो । त्यो उल्लेख नभइ कसरी पार्टी एकता हुन्छ । त्यसमा एमालेको कुनै आपत्ति छैन् । उपाध्यक्ष गौतमले भने, ‘नेकपा माओवादीले सञ्चालन गरेको जुनयुद्ध र एमालेले गरेको संसदीय संर्घषका कारण र शान्तिपूर्ण आन्दोलनको सार आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले कसैको अवमूल्याङ्क गर्नु हुँदैन ।’ एमालेले जनयुद्धलाई स्वीकार गरेपनि एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्ध शब्द उल्लेख गर्ने विषयमा भने नमानेको बताइएको छ । पार्टीे र सरकारका नेतृत्वका बारेमा पनि टुंगो लगाउन वाँकी रहेको बताइएको छ । त्यसैगरी संगठनात्मक पदीय वाँडफाँडमा पनि कुरा अहिलेसम्म कुरा मिलेको छैन ।  

पूर्वकप्तान श्रेष्ठ चोरीको आरोपमा पक्राउ

काठमाडौं, वैशाख ६ । चोरीको आरोपमा सरस्वती फूटबल क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको छ । श्रेष्ठसँगै सुवास खड्कालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । बजारबाट आएका चोरीका मोबाइल दिपेशले ५० प्रतिशत कम मुल्यमा हाम्रो बजार डटकम लगायतका अनलाइन माध्यमबाट बेच्दै आएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले दिपेशको साथबाट विभिन्न कम्पनीका ३३ सेट मोवाइल, पावर बैंक ३, सोनी र साइन कम्पनीको एलइडी, डिजिटल क्यामेरा, ल्यापटप ५ थान र नगद ५३ हजार ५ सय पनि बरामद गरेको बताइएको छ ।

१० वर्षपछि बल्ल खुल्याे साउदीमा हल

साउदी अरेबिया । बुधवार साउदी अरेबियामा दशकौंदेखि बन्द सिनेमाघर खुलेका छन् । मार्भेलको सुपर हिरो ब्लकबष्टर चलचित्र ‘ब्ल्याक प्यान्थर’ देखाएर सिनेमा घर खुलाइएको हो । यो फिल्म उद्योग र साउदी अरेबियाको लागि ऐतिहासिक दिन भएको बताइएको छ । साउदी अरेबियाले फिल्ममाथि लगाउँदै आएको ३५ वर्ष पुरानो प्रतिबन्ध फुकाउने समाचार सार्वजनिक गरेलगत्तै अमेरिकी कम्पनी एएमसी इन्टरटेनमेन्टले रियादस्थित किङ्ग अब्दुलाह फाइनान्सियल डिष्ट्रिक्टमा नयाँ सिनेमा घर बनाएको थियो । संस्कृति तथा सूचना मन्त्रालयसँग सिनेमा घर चलाउन अनुमति लिने एएमसी पहिलो कम्पनी हो । साउदीका १५ शहरमा आउँदो ५ वर्षमा ४० सिनेमा हल खोल्ने योजना एएमसीले बनाएको छ । सन् २०३० सम्ममा भने कम्पनीका ५० देखि १ सय सिनेमा हल खुल्ने अपेक्षा गरिएको छ । सन् २०३० सम्ममा साउदीमा करीब ३ सय ५० सिनेमा घर हुने र यहाँ २ हजार ५ सय भन्दा बढी सिनेमा हल रहने विश्लेषण गरिएको छ । एएमसी विश्वको सबैभन्दा ठूलो सिनेमा घर कम्पनी हो । विश्वभर यसका १ हजार सिनेमा घर छन् । यहाँ ११ हजार भन्दा बढी सिनेमा हल ९स्क्रीन० छन् । एजेन्सी

दिल्लीमा कार्पेट सीमामा लुट

गड्डाचौकी, कञ्चनपुर । प्रधानमन्त्री केपी ओलीको राजकीय स्वागतका लागि नयाँदिल्ली कार्पेट बिछ्याउँदै थियो । २३ चैतको त्यही बिहान प्रदेश–७ को मुख्य नाका कञ्चनपुरको वनबासा गड्डाचौकीमा भने सयौँ नेपाली भारतीय पक्षबाट लुटिँदै–कुटिँदै थिए भारतका सहरमा मजदुरी गरी गड्डाचौकी नाका हुँदै घर फर्कनेहरूमाथि भारतीय सुरक्षाकर्मी र व्यापारीले काबु जमाइरहेथे । मानौँ, भारतबाट फर्कंदै गरेका सर्वसाधारण सबै चोर–फटाहा हुन् । सुदूरपश्चिमवासीको महत्त्वपूर्ण चाड बिसुपर्व मुखैमा आइसकेकाले अचेल सीमा नाकामा घर फर्किने नेपालीको संख्या बाक्लो छ । लामो समयपछि घर फर्किंदा पुलकित हुनुपर्नेमा बाटोमा खेप्नुपरेका अनेक सास्तीले महेन्द्रनगर पुगेका अधिकांश अँध्यारा देखिन्थे । भारतीय व्यवसायीले सञ्चालन गरेका टाँगाबाट सीमा पार गर्दै महेन्द्रनगर बसपार्कमा झरिसकेपछि बल्ल उनीहरूका अनुहार पिँजडामुक्त सुगाको जस्तै देखिन्थ्यो । धनगढी जोडिने गौरीफन्टा नाकाबाट आउनेहरूको हैरानी पनि वनबासाभन्दा पृथक् थिएन, नियन्त्रित नागरिकझैँ । बझाङ छविस पाथीभरा गाउँपालिकाका गगन चलाउने भारतको अल्मोडाबाट मजदुरी गरी घर फर्किंदै थिए । अल्मोडादेखि महेन्द्रनगर बसपार्क नपुग्दासम्म उनले खेपिनसक्नु हैरानी बे होर्नु पर्‍यो । यसअघि फर्कने क्रममा एसएसबी र अन्य सुरक्षाकर्मीबाट आठपटक पिटिएका उनी यसपल्ट लुटिए । वनबासादेखि महेन्द्रनगरसम्म १२ किमि दूरीको टाँगायात्राको भाडा साढे चार सय भारु वनबासामै अग्रिम असुलियो । अछाम, ढकारीका चन्द्रबहादुर बुढाको हालत पनि बझाङका चलाउनेको भन्दा फरक थिएन । क्षमताभन्दा बढी यात्रु कोचाकोच गरी ल्याइएका चन्द्रबहादुरबाट टाँगावालाले तीन सय रुपियाँ असुलेका थिए । बाजुराको गोत्रीका दलबहादुर विकले चार जनाको समूहबाट प्रतिव्यक्ति साढे तीन सय थुतिएको बताए । वनबासादेखि महेन्द्रनगरसम्मको भाडादर भारततर्फबाट आउँदा एक सय भारु र नेपालतर्फबाट जाँदा एक सय नेपाली रुपियाँ तिरे पुग्ने व्यवस्था छ । तर, त्यो नियम देखावटी मात्रै भएको छ । प्यूठानका हीराबहादुर रोकायाको उमेरले ५० वर्ष नाघ्यो । बाल्यकालदेखि नै भारतका ‘कालापहाड’ चहारेका उनलाई अहिले पनि रोजीरोटीका लागि त्यहाँ जानुको विकल्प छैन । चाडपर्व र खेतीपातीका बेला घर आउने उनलाई सीमामा हुने दुव्र्यवहार र अनावश्यक असुलीको हैरानी शृंखला जस्ताको तस्तै छ । उत्तराखण्डको अल्मोडामा मजदुरी गर्ने उनले घर फर्किंदा सीमामा जहिल्यै सुरक्षाकर्मीलाई एक–दुई सयदेखि डेढ हजार रुपियाँसम्म बुझाउनुपरेको छ । यसपल्ट उनले सात सय रुपियाँ तिरे । रोकाया दु:खेसो पोख्छन्, “दुव्र्यवहारको त कुरै छाडौँ ।” अल्मोडादेखि सीमावर्ती बजार वनबासा पुग्न लाग्ने खर्च र वनबासादेखि महेन्द्रनगर पुग्न लाग्ने खर्च बराबर भएको उनी बताउँछन् । पाँच जनाको टोलीमा आएका उनीहरू जनही साढे चार सय भारु तिरेर अल्मोडाबाट वनबासा पुगेको बताउँछन् । तर, वनबासाबाट महेन्द्रनगरसम्म टाँगावालाले दुई सय भारु भन्सार र प्रहरी तथा नेपालतर्फका सुरक्षाकर्मीलाई पनि त्यति नै तिरेको रोकायाको कथन छ । घर फर्किंदा सीमा सुरक्षाकर्मीको अवैध असुली, सवारी साधनले लिने दोब्बर/तेब्बर भाडा आदिका कारण पहिल्यैदेखि नेपालीले सास्ती खेप्नुपरेको छ । चाडपर्वका बेला लत्ताकपडासहित गुन्टागुन्टी ल्याएर घर फर्किने क्रममा आफूहरूले अझ बढी पीडित हुनुपरेको कामदारहरूको गुनासो छ । १२ वर्षकै उमेरदेखि काम खोज्दै भारत पस्न थालेका बाजुरा, बुढीगंगाका काल्चे लोहार भन्छन्, “अचे ल त दुव्र्यवहार र असुली झन् बढेको छ, जाँच गर्ने ठाउँ पनि थपिएका छन् ।” नेपालका प्राय: प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमणमा भारत रोज्छन् । दुवै पक्षबीच सीमा आवागमन सहज बनाउनेबारे छलफल पनि चल्छ । तर, व्यवहार फेरिँदैन । भारतबाट नेपाल पुगुन्जेल ठाउँठाउँमा लुटिन्छन् नेपाली कामदार । बीच बाटोमा सुरक्षाकर्मीबाट मात्रै होइन, लुटेराहरूसमेतको निसानामा पर्दै आएका छन् । काम गर्ने स्थलबाटै पछ्याएर बसपार्क, होटल, सीमा क्षेत्रमा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटिन्छन् । कतिपय सवारी साधन वनबासाबाट सीमासम्म मात्रै चल्छन् । बढी भाडा लिएमा तिनको पहिचान गर्नसमेत नसकिने नेपाली सुरक्षाकर्मीहरू बताउँछन् । तर, महेन्द्रनगरसम्म पुग्ने टाँगा र अन्य सवारी साधनलाई निगरानीमा राखिने गरेको पीडितहरू बताउँछन् । “बढी भाडा लिने चार टाँगा चालकलाई गत बुधबार कारबाही गरिएको छ,” महेन्द्रनगर बसपार्कमा रहेको प्रहरी विटका इन्चार्ज सई देवबहादुर कुँवर भन्छन्, “तर, यात्रुहरूले नै आफूले बढी भाडा तिरेको नबताउँदा कारबाही गर्न समस्या हुन्छ ।” सधैँको मुद्दा, समाधान शून्य नेपाल–भारत सीमास्तरीय बैठकमा जतिबेला पनि सीमामा हुने दुव्र्यवहार न्यूनीकरणका लागि पहल गर्ने सहमति हुन्छ । पहिलो प्राथमिकता पनि यही विषयले पाउँछ । तर, अवस्था भने जहाँको त्यहीँ छ । सीमा क्षेत्रका जिल्ला सुरक्षा प्रमुखहरू सम्मिलित समकक्षीहरूको बैठक हरेक तीन–तीन महिनामा भारत र नेपालमा पालैपालो सञ्चालन हुने गर्छ । यस्ता बैठकमा नेपाली पक्षले उठाउने पहिलो र सदावहार मुद्दा पनि यही हुन्छ । बैठकमा भारतीय अधिकारीहरूले सुधार गर्ने प्रतिबद्धता जनाउँछन् । “सीमास्तरीय हरेक बैठकमा सीमामा यात्रुमाथि हुने दुव्र्यवहार र अवैध असुली रोक्ने सहमति हुन्छ,” सीमा क्षेत्रका एक नेपाली सुरक्षाकर्मीको अनुभव छ, “तर, भारतीय सुरक्षाकर्मीको व्यवहार भने फेरिँदैन ।” साथै, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा दुवै पक्षले आपसी समन्वय गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । तर, नशालु पदार्थ खुवाएर लुटिने गरेको अधिकांश घटना सीमा क्षेत्रमै हुने गरेको पाइन्छ । एक–दुई घटनामा बाहेक अधिकांश दोषी पत्तै लाग्दैनन् । भारु ल्याउन समस्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला पाँच सय र एक हजारका भारु नोट २५ हजारसम्म निर्वाध रूपमा ल्याउन दिने घोषणा गरेका थिए । केही समयसम्म मोदीको घोषणा कार्यान्वयन पनि भयो । तर, अघिल्लो वर्ष भारतमा नोटबन्दी भएपछि पाँच सयमाथिका भारु नोटहरू नेपाल ल्याउन समस्या भइरहेको छ । सीमामा जाँच गरेर भारु लैजान नपाउने भन्दै दु:ख दिने गरेको कामदारहरू बताउँछन् । “यसकै कारण हामीले उनीहरूलाई पैसा तिर्नुपरेको छ,” अल्मोडाबाटै हालै घर फर्किएका मुगुका रामबहादुर गिरीको दु:खसो छ, “भारतीय प्रहरीले भन्सार–चौकीमा लट्ठीले घोचेर निकाल भारु भन्दै धम्काए ।” नोटबन्दीपछि पाँच सय र दुई हजारका नोट बोक्न झन् समस्या भएको कामदारहरू बताउँछन् । नेपालीले भारतमा खाता खोल्न नपाउने भएकाले बैंकबाट रकम पठाउन सक्दैनन् । तथ्यांक नै छैन भारतमा कति कामदार छन्, वर्षमा कति जान्छन् र कति घर फर्किन्छन् भन्नेबारे सरकारी निकायमा कुनै जानकारी छैन । भारत–पाकिस्तान विभाजन हुनुअघिदेखि नेपालीहरू कामको खोजीमा लाहोरसम्म पुग्थे । लाहोर जाने कामदारलाई लाहुरे भन्ने चलन छ । सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत संस्थाहरूका अनुसार भारतमा ३० लाखभन्दा बढी नेपाली कामदार छन् । दर्जनौँ सहरमा भरिया, भान्छेदेखि चौकीदारसम्मका छन् । उनीहरूको श्रमको तुलनामा पारिश्रमिक भने न्यून छ । पोहोर फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको रोजगारी अवस्थालाई व्यवस्थित गरिने घोषणा गरेका थिए । त्यसबेला उनले परिचयपत्र, तथ्यांक संकलनसँगै बिमासमेत गरिने घोषणा गरेका थिए । तर, घोषणा भने घोषणामै सीमित रह्यो । भारतमा धेरै बेपत्ता डोटीको केआईसिंह गाउँपालिका–६ का ३५ वर्षीय कृष्णराज जोशी १० वर्षअघि काम खोज्दै भारतको बैंग्लोर पुगेर दुई–तीन वर्ष काम गरी दिल्ली फर्किए । दिल्लीमा उनले ट्रयाक्टर सोरुमका कामदारका लागि खाना पकाउने काम पाए । तर, काम सुरु गरेकै साता कामदारबीच झगडा भएर एक नेपालीको मृत्यु भयो । उनी प्रत्यक्षदर्शी भएका कारण जेल परे । सम्पर्क हुन नसकेपछि परिवारले आसै मारिसकेको थियो । तर, ६ वर्षपछि उनी जेलमुक्त भएर घर फर्किंदा परिवार निकै खुसी भयो । केही दिन घरमा बसेर उनी फेरि भारततिरै लागे । “तिहाड जेलमा थुप्रै नेपाली छन्,” दुई महिनाअघि घर फर्किएका बेला जोशीले सुनाए, “अधिकांश नेपाली कामदार बिनाकारण तथा कसुरसमेत थाहा नपाएर दु:ख भोगिरहेका छन् ।” जोशीकै भनाइलाई आधार मान्ने हो भने पनि भारतीय जेलमा रहेका नेपालीको तथ्यांक ठूलो छ । भारतस्थित नेपाली दूतावासले यही वर्षदेखि भारतका विभिन्न जेलमा रहेका नेपालीको खोजी गर्ने काम सुरु गरेको छ । गत मंसिरमा हिमाचलको एक कारागारमा २४ भन्दा बढी नेपाली भेटिएको कार्यवाहक राजदूत भरतकुमार रेग्मीे बताउँछन् । उनले अन्य कारागारमा पनि नेपालीको अवस्थाबारे अध्ययनका लागि केन्द्रीय कारागार प्रशासनलाई जानकारी दिइएको र त्यसबारे जवाफ आइनसकेको सुनाउँछन् । हालको प्रदेश–७ का अधिकांश जिल्लाबाट काम खोज्दै भारत जाने गर्छन् । भारतमै बेखबर हुनेको संख्या पनि धेरै छ । एउटै गाउँबाट २०/३० जनासम्म छन् । उनीहरू वर्षाैंदेखि बेपत्ता हुँदा परिवारको गुजारा चलाउने समस्यासँगै घरजग्गा नामसारीदेखि अंशबन्डा आदिका कामसमेत रोकिएका छन् । नेपाल म्यागेजिनबाट

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चरीकोट । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो । दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नंको मोटरसाइकल गए राति जिल्लाको तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार नयाँ वर्षमा उनीहरु साथीसँग घुम्न आएको र तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करीब १५० मिटर तल खसेको थियो । रासस

राजपा नेता रामनरेशलाई हार्टअट्याक, गंगालालमा उपचार हुँदै

काठमाडौं, वैशाख २ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला सलाीहमा शनिबार मन्त्री यादवलाई हार्टअट्याक भएको थियो । अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य खतरामुक्त रहेका मन्त्री यादवलाई बाँसबाँसरीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । मन्त्री राय बिरामी भएको थाहा पाएपछि आफन्त र शुभेच्छुकहरू भेट्न अस्पताल पुगेको थिए । राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता यादव प्रदेश २ मा वन मन्त्री बनेका छन् ।

काठमाडौंका जनतालाई पानी खुवाउनु हाम्रो सौभाग्य र गौरब : मेलम्चीवासी

मेलम्ची, वैशाख १ । “काठमाडौँका जनतालाई पानी खुवाउनु हाम्रो सौभाग्य हो र यो गौरबको विषय पनि हो” करेसाको मेलम्ची खोलामा बगेको कलकल पानीतर्फ नजर तेस्याउँदै गहकिलो भावमा स्थानीय चन्द्रबहादुर थापाले भन्नुभयो । मेलम्चीको पानी पिउने उत्कृष्ट अभिलासामा रहेका काठमाडौँ उपत्यकावासी जति लालाहित छन्, उत्तिकै गर्व गर्छन् पानी पठाउन पाएकोमा मेलम्चीवासी । पुर्खादेखिको सांस्कृतिक रहनसहन र जीवनयापनसँग जोडिएको प्रकृतिको अनुपम उपहार मेलम्ची खोलाको कञ्चन पानी राजधानीका जनतालाई पठाउन पाएकोमा उनीहरु निकै गर्व गर्छन्, सँगै जीवनमा महत्वपूर्ण वस्तुको अभाव पनि महसुस भइरहेको ठान्छन् । “मेलम्ची खानेपानी आयोजनाको सुरुङ छिचोलिनु (‘ब्रेक थु्र’) हुनु एउटा गौरबको विषय हो यसमा काठमाडौँका जनता खुशीको क्षणमा छन् सिन्धुपाल्चोक र मेलम्चीका हामीसबै नागरिक पनि खुशी भएका छौँ, वास्तवमा काठमाडौँवासीलाई पानी खुवाउने शौभाग्य निकै गौरवको विषय बनिरहेको छ,”–उहाँले भन्नुभयो । सुरुङको पहिलो चरणको काम सकिए पनि बाँकी महत्वपूर्ण कामलाई सफलतापूर्वक सम्पन्न गर्न निकै लामो समय लाग्ने हुँदा सबैले सजकताका साथ जतिसक्दो चाँडो काठमाडौँ पानी पठाउनुपर्ने थापाले बताउनुभयो । काठमाडौँमा पानी गइसकेपछि यहाँ पर्ने वातावरीण प्रभाव, सिँचाइमा असर, स्थानीय घट्टदेखि माछापालन व्यवसायलगायत विषयको वातावरणीय र पर्यावरणीय असरको न्यूनीकरणका लागि सरकारले राजश्वको रुपमा केही सुविधा दिनुपर्ने स्थानीयको धारणा छ । इन्द्रावती गाउँपालिका–७ का इच्छाराम सापकोटा लामो समयदेखिको सरकारी आयोजना पूरा भएकोमा खुशी हुनुहुन्छ, तर काठमाडौँ पानी पठाएपछि खेतीपाती गर्न समस्या हुने होकी भन्ने चिन्ताले सताएको छ । स्थानीय हरि तिमल्सिना पनि काठमाडौँका जनताले पानी पिउन पाउनु निकै ठूलो धर्म ठान्नुहुन्छ । पानी काठमाडौँ लागिदा प्रभावित क्षेत्रको उचित व्यवस्थापन हुनुपर्ने उहाँको भनाइ छ । “खोला आसपासका खेती बाँजो हुनेभयो, खोलासँग जोडिएका पेशा व्यवसाय पलायनको अवस्था आउने हुनसक्छ, त्यसैले खोलाको यथोचित व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्छ,”– उहाँले भन्नुभयो । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मेलम्ची आयोजनालाई बेहुली अन्माउने तयारीमा रहेको संज्ञा दिँदै बेहुलालाई बेउलीप्रति हेर्ने दृष्टिकोण कस्तो रहन्छ त्यसको प्रतीक्षामा रहेको टिप्पणी गर्नुभयो । खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको सुरुङ खन्ने महत्वपूर्ण चरण सकिएको र दशैँअघि राजधानीवासीले पानी उपयोग गर्न पाउने बताउनुभयो । उहाँले आयोजनाको बाँकी कामलाई समन्वयका साथ थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७ दशमलव ४ किमी सुरुङखण्डको मध्यभागको गत चैत २९ गते ब्रेक थु्र भएसँगै झण्डै दुई दशकपछि मेलम्चीको पानी पिउने काकाकुल काठमाडौँको सपना अब चाँडै साकार हँुदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गर्नुभएको थियो । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार २७ दशमलव ५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३ दशमलव ५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ । उहाँले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरूप काम अगाडि बढेमा अबको चार महिनाभित्र (आउँदो भदौसम्म) मा सुन्दरीजलमा पानी खसाल्ने बताउनुभयो । आयोजनाको मुख्य लगानीकर्ता एशियाली विकास बैंक ९एडिबी० का दक्षिण एशिया महानिर्देशक हुन किमले नेपालको सबैभन्दा लामो सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सुरुङ खन्ने काम पूरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वको कोशेढुंगा हो भन्नुभयो । उहाँले आयोजनाबाट चाँडै नै काठमाडौँ उपत्यकाका बासिन्दाले ब्याहोरिरहेको खानेपानी समस्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै आयोजना सफल कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको दृढ प्रतिबद्धताको सराहना गर्नुभयो । हेल्मो गाउँपालिका समितिका अध्यक्ष उपेन्द्र तामाङले सुरुङ सम्पन्न भए पनि मेलम्ची आयोजनाले स्थानीय प्रभावित जनतासँग समन्वय नगरेको भन्दै पानी काठमाडौँ लैजान कठिनाइ हुने बताउनुभयो । उहाँले स्थानीय जनताको अधिकार र मागलाई सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । मुख्य सुरुङ २६ र अडिट एक दशमलव पाँच गरी जम्मा २७ दशमलव ५ किलोमिटरको सुरुङबाट मेलम्ची खानेपानी आयोजनाले करीब १३ लाख उपत्यकाका बासिन्दालाई अरु बढी विश्वसनीय र उच्च गुणस्तरीय खानेपानी आपूर्ति गर्ने योजना लिएको छ । उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी उपलब्ध गराइनेछ । करीब रु २७ अर्बको लागतमा निर्माणाधिन उक्त आयोजनामा एशियाली विकास बैंकको झण्डै ८० प्रतिशत लगानीे छ ।

दिल्ली र मुम्बईबीचको खेल शुरु, दिल्ली टस जितेर व्याटिङ गर्दै, सन्दीप खेल्दै छन् ?

मुम्बई । आइपीएलको ११ औं संस्करणको आफ्नो तेस्रो खेलमा शनिबार दिल्ली डेयरडेविल्स मुम्बई इन्डियन्ससँग भिड्दै छ । मुम्बईको वानखेण्डे रंगशालामा हुने खेलमा टस जितेर दिल्लीले व्याटिङ रोजेको छ । तर आज पनि नेपाली क्रिकेटर सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ । यसअघिका दुबै खेलमा दुबै टिमले पराजय भोगेका छन् । त्यसैले आजको खेलमा दुबै टिमले दुई–दुई जना खेलाडी परिवर्तन गरेका छन् । मुम्बईले प्रदीप सांगवानका स्थानमा हार्दिक पंड्या र बेन कटिंगको बदलामा अकिला धनंजयलाई खेलाएको छ । त्यसैगरी दिल्लीले यसअघिका ओपनर कोलिन मुनरोको स्थानमा जेसन राय र क्रिस मौरिसका स्थानमा डेनियल क्रिश्चियनलाई खेलाएको छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदराबादसँग पराजय भोगिसकेको छ । त्यस्तै गौतम गम्भीरको कप्तानीको दिल्लीले किंग्स इलेवन पंजाब र राजस्थान रॉयल्ससँग पराजित भएको हो । टिम मुम्बई रोहित शर्मा (कप्तान), इविन लुईस, ईशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, हार्दिक पंड्या, क्रुणाल पंड्या, काइरॉन पोलार्ड, मयंक मार्कंडे, जसप्रीत बुमराह, मुस्तफिजुर रहमान, अकिला धनंजय। टिम दिल्ली गौतम गंभीर (कप्तान), जेसन रॉय, श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), ग्लेन मैक्सवेल, विजय शंकर, डेनियल क्रिश्चियन, राहुल तेवतिया, शाहबाज नदीम, ट्रेन्ट बोल्ट, मोहम्मद शमी।

नयाँवर्षको अवसरमा नारायणगढ-मुग्लिन सडकनखण्ड खुल्ला

चितवन । सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर्ष मनाउनका लागि आवागमन खुल्ला गरिएको हो । आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडकमा प्रतिक्षा गरेर बस्नुपर्ने बाध्यता छ, भने खुलिसकेपछि पनि लामो समयसम्म सवारी जाम व्यहोर्नुपर्ने हुन्छ । रासस

प्रचण्डद्वारा पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त

चितवन, चैत्र २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका पार्टी कार्यकर्ता स्वर्गीय महाप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवनका सदस्य पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफू गुमनाम भएर पनि पार्टीप्रति महत्वपूर्ण भूमिका निर्वाह गर्ने पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । ‘हिजो पञ्चायत कालदेखि जनयुद्धकाल हुँदै जनआन्दोलनसम्म आफू गुमनाम भएर पनि पार्टी, आन्दोलन र नेतृत्वप्रति सधैँ इमानदारीतापूर्वक भूमिका निर्वाह गर्ने पौडेल परिवारका सदस्य महाप्रसादको निधनले हाम्रो पार्टीले ठूलो क्षति व्यहोरेको छ’, उहाँले भन्नुभयो । चितवन कल्याणपुर निवासी पौडेलको गत चैत्र २३ गतेका दिन निधन भएको थियो । स्वर्गीय पौडेल पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालका माइला भाइ हुनुहुन्थ्यो । उहाँको निधनले व्यक्तिगत भन्दा पनि पार्टीगत पीडा बढी भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो – ‘व्यक्तिगत नाता सम्बन्धका कारण एउटा पीडाबोध हुनु स्वाभाविक हो, तर त्यो भन्दा बढी पीडा एक जना इमानदार सदस्य गुमाउँदा भएको छ ।’ इमानदार कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगे पनि पीडालाई शक्तिमा बदलेर सामाजिक सेवामा लाग्न अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता र परिवारलाई आग्रह गर्नुभयो ।

विप्लब समुहद्धारा उज्जन श्रेष्ठको शालिक ताेडफाेड, बालकृष्ण ढुंगेललाई रिहाई गर्न माग

रामेछाप, चैत्र २९ । बिप्लाबका कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ स्थित अरुणदय माविको हाताभित्र निर्मित श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गर्नुको साथै ढलाएका छन् । स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्‍‍दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउँदै अाएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् । जनयुद्धकालिन मुद्दा व्युताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र मनोमानी ढङ्गले शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा बिदेशी डलर ल्याएकोले तोडफोड गर्नु परेको नेकपाले जनाएको छ । शालिकको केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो । यस्तो छ बालकृष्ण प्रकरण माओवादी नेता बालकृष्ण ढुंगेललाई जनयुद्ध कालमा भएको घटनामा दोषी ठहर गर्दै सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यहीअनुसार ढंगेल डिल्लीबजारस्थित सदरखोरमा सजाय भोगिरहेका छन् । पूर्व सभासद् समेत रहेका ढुंगेललाई सर्वोच्चले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । श्रेष्ठलाई २०५५ असार १० गते मारिएको दाबी गरिएको छ । तर, उनको शवको पोष्टमार्टम नै नभएकोले हत्या नै भएको हो भन्ने पुष्टि भएको छैन । उक्त घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई सर्वश्वसहित जन्म कैदको फैसला सुनाएको थियो । माओवादी नेता हुनुको नाताले जनयुद्धकालमा भएका घटनाको जिम्मा लिनुपर्ने भएपनि फैसलमा भनिएजस्तो ढुंगेल घटनामा संलग्न भएका थिएनन् । त्यही आधारमा तत्कालिन पुनरावेदन अदालत राजविराजले ढुंगेललाई निर्दोष ठहर गर्यो । पहिलो पटक ७ वर्ष ६ महिना जेल बसिकेका थिए ढुंगेल । तर, श्रेष्ठ परिवार सर्वोच्च पुगे । पुनरावेदन अदालतको फैसला सर्वोच्चले २०६६ पुसमा उल्टायो र जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गर्यो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश शुसिला कार्की, बैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकास मिश्र सम्मिलित संवैधानिक इजलासले ढुंगेललाई दोषी ठहर गरेको थियो । उक्त फैसलापछि पुनरावेदन गर्ने ठाउँ पनि सकिएको थियो । फैसलापछि प्रहरीले बालकृष्णलाई गिरफ्तार गर्न सकेको थिएन । यसैबीच तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम माफिको लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए तर सर्वोच्चले रोकेको थियो । बैशाख ३१ गते अधिवक्त दिनेश त्रिपाठीले अवहेलना सम्बन्धी मुद्दा हाल्दै पक्राउ गरी कारागार चलान गर्न माग गरेका थिए । त्यसैलाई आधार बनाएर सर्वोच्चले प्रहरी प्रमुख प्रकाश अर्यालको नाममा आदेश दियो । फेरि उज्जनकी दिदी सावित्री श्रेष्ठले अर्यालको नाममा अवहेलना मुद्दा हालिपछि प्रहरीले बालकृष्णलाई प्रहरीले कात्तिक १४ गते सातदोबाटबाट गिरफ्तार गरेको थियो ।

कञ्चनपुर शुक्लाफाँटाका वडा अध्यक्ष महरालाई ज्यान मार्ने धम्की

कञ्चनपुर, चैत्र २९ । शुक्लाफाँटा नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष बहादुरसिंह महरालाई ज्यान मार्ने धम्की आएको छ। महरालाई अपरीचित व्यक्तिले फोन मार्फत ज्यान मार्ने धम्की दिएको हो। बारम्बार अपशव्द प्रयोग गर्दै तथानाम गाली गर्दै अपरिचित व्यक्तिले ९८०६४५९१६७ नम्बरबाट फोन गरेर गाली गरेको वडाध्यक्ष महराले जानकारी दिए । मंगलबार रातिदेखी बुधबार दिउँसो सम्म चारपटक फोन गरेर धम्की दिएको महराले बताए । फोनमा ज्यान मार्ने धम्की आउन थालेपछि ज्यानको सुरक्षाका लागि महराले ईलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएको बताए। ‘तीन जना चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई दुई नाल भरुवा बन्दुक र बन्दोबस्तीका सामान सहित दुई दिन अघि नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाईएपछि धम्की आउन शुरु भएको हो’ महराले भने। माओवादी केन्द्रबाट वडाध्यक्षमा जितेका महरा सामुदायिक वनका अध्यक्ष पनि हुन्। वन संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला वन कार्यालयले महरालाई जिल्लाको उत्कृष्ट पुरस्कार पनि दिएको छ। उनी वन संरक्षणमा कडाइका साथ लागेका थिए। इप्रका झलारीका प्रहरी नायव निरीक्षक रवीन्द्र धनुषेले धम्की दिने व्यक्तिको खोजी भइरहेको बताए।

यसवर्षको ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा (तस्बिर सहित)

काठमाडौं, चैत्र २९ । हेटौडाकी श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड ’ घोषित भएकी छिन् । बुधबार राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधिमा कब्जा जमाइन् । खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो ।

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं, चैत्र २८ । एसियाली विकास बैंक (एडीबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत सिमित हुने प्रक्षेपण गरेको छ । एडीबीले निर्माणाधिन ठूला आयोजनाको प्रगति विवरणमा केन्द्रित रहेर आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सिमित हुने जनाएको हो । एडीबीले ‘एसियाको विकास परिदृश्य’ रिपोर्टमा चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा सिमित रहने पनि उल्लेख गरेको छ । रिपोर्टमा अघिल्लो आवको तुलनामा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि भएपनि औद्योगिक वृद्धिदर कम हुने उल्लेख गरेको छ । एडीबीले स्थानीय र प्रदेश सरकारको कारण खर्चमा वृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा बढ्ने अनुमान समेत गरेको छ । त्यस्तै, जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।

कारोबार सुरु भएको एकघण्टामै ०.९५ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । बुधवार नेप्से परिसूचक कारोबार सुरु भएको एकघण्टामै शून्य दशमलव ९५ प्रतिशत घटेको छ । कारोबार शुरु भएको १० मिनेटसम्म बढेको बजार त्यसपछि १२ दशमलव शून्य ६ अंक घटेर १ हजार २ सय ५८ दशमलव १७ विन्दुमा पुगेको छ। कारोबार भएका ८७ कम्पनीको रू। २ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका आठ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । आर्थिक अभियान दैनिकबाट