कोलकाताबाट नेपालतर्फ सामान ढुवानी ठप्प

काठमाडौँ / कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस) कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् ।

तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल आइपुग्ने भएपछि स्थानीय एजेन्ट, ट्रक तथा ट्रेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् ।  यो अवरोधका कारण मंगलबारदेखि नेपालतर्फ कुनै पनि कन्टेनर हिँडेका छैनन् । आन्दोलन र अवरोधका कारण फरवार्डिङ प्रक्रिया पूरा भएका करिब एक सय कन्टेनर कोलकातामा बन्दरगाहमा अलपत्र परेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

म्यान्चेस्टर सिटीद्वारा गाेलकाे वर्षा, आल्बियोन पराजित

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल अन्तरमा विजयी भयो । सिटीका लागि ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले चार गोल गरे ।  यसैगरी केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले एक एक गोल गरे । जितसँगै म्यान सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा निश्चित पारेको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन बुर्टनको मैदानमा हुनेछ । बुर्टन आल्बियोन इंग्लीश फुटबलको तेस्रो श्रेणीको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ । लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा टोटनह्याम हट्सपर र चेल्सी भिड्दैछन् । पहिलो लेगमा टोटनह्यामले १–० को अग्रता लिएको छ । 

सन्दीपले क्यामरुन डेलपर्टलाई रन आउट गरे

काठमाडौं, पुष २५ । बंगलादेश प्रिमियर लिगको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानले फिल्डीङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो ओभरमा विकेट लिन नसके पनि अफिप होसेनले गरेको बलिङमा क्यामरुन डेलपर्टलाई रन आउट गरे । आज सन्दीपको टोली सिल्हेट सिक्सर्सले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ ।

जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, पुस २५ । तपाईं सवारी साधन चलाउनुहुन्छ रु चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारीसाधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन शुरु गरिएको बताए । मङ्गलबारदेखि शुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ । यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही शुरु गरेको हो । रासस

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित

काठमाडौं, पुष २५ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतले पारित भएको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधबार हुबहु पारित भएको हो । २३ जना समिति सदस्य मध्ये बुधबार १८ उपस्थित भएका थिए । जसमध्ये १४ जना नेकपाका सांसद थिए भने ४ जना कांग्रेसका सदस्य थिए । कांग्रेस सांसदले सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच भएका सम्झौता अक्षरशः विधेयकमा समेट्नुपर्ने भन्दै विधेयक प्रतिवेदनमा असहमति प्रकट गरेका थिए। तर, प्रतिवेदनमा केसी र सरकारबीच भएको सम्झौता हुबहु समेटिएको थिएन। उपसमितिमा ४ महिनादेखि विधेयकमाथि छलफल भए पनि विवादित विषय टुंगो नलागेपछि सत्तारूढ नेकपाका सांसदले बहुमतको आधारमा पारित गरेका थिए। यसैगरी बुधबार पनि समितिले कांग्रेस सांसदको असहमति हुँदाहुँदै पनि नेकपाका सांसदले बहुमत पुर्‍याउँदै प्रतिवेदन पास गर्‍यो। प्रतिवेदन पारित भएपछि समिति सदस्य तथा कांग्रेस सांसद गगन थापाले गोविन्द केसीका मागहरु पूरा नगरी प्रतिवेदन पास हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए। उनले भने, ‘सरकारले सहमति पालना गर्न नसक्ने भए किन केसीसँग सम्झौता गरेको ? सरकारले केसीसँगको सम्झौता कार्यान्वयन गरेन ।’ यस्तै नेकपाका सांसद योगेश भट्टराईले भने संसदीय प्रक्रियाबाट गोविन्द केसीको जित भएको दाबी गरे। विधेयकको प्रस्तावना, काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने, सीटीईभीटीको कार्यक्रम फेजआउट गर्ने, चिकित्सा शिक्षा विश्वविद्यालय र मेडिकल शिक्षालाई १० वर्षभित्र नाफारहित बनाउने विषयमा सत्तापक्ष र विपक्षी सांसदको मत बाझिएको थियो । प्रस्तावना, उपत्यकाबाहिर मेडिकल कलेज सञ्चालन गर्ने र सीटीईभीटीका स्वास्थ्यसम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने विषय केसी र सरकारबीचको सम्झौतासँग सम्बन्धित छ ।

मन्त्री पण्डित भन्छन्, ‘समायोजनमा नजाने कर्मचारी बर्खास्त हुन्छन्’

काठमाडौं, पुष २४ । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन्। मन्त्री पण्डितले भने, ‘चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, कसैले जान्न भन्न पाउँदैन,’ जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ।’ स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापनः साझा जिम्मेवारी समृद्धिको पहिचा संघीयता, स्थानीय सरकार र प्रशासन विषयमा सञ्चारकर्मी र मन्त्री पण्डितबीच भएको अन्तक्रियामा उनले समायोजनको फारम भर्ने म्याद नथपिने स्पष्टसमेत पारे । मन्त्री पण्तिले भने, ‘२१ दिनको समय दिएका छौं, त्यो समयभित्र अनलाइनबाट अनिवार्य रुपमा फारम गर्नुपर्छ, समय एकदिन पनि लम्ब्याउन चाहदैनौं।’ उनले फारम नभर्ने कर्मचारीलाई पिआईएसमा भएको विवरणको आधारमा नागरिकताको प्रमाणपत्रको आधारमा खटाउने बताए। उनले अनुसाशनहिन र अराजक कर्मचारी देश नचाहिने बताए। मन्त्री पण्डितले पुस मसान्तभित्र समायोजन सक्ने कुरा दोह्याएका छन्। उनले समायोजनका कर्मचारीको वृतिविकास ढाका खुला रहेको बताए।

उद्योग मन्त्रीको घोषणाः निर्यातजन्य उद्योगलाई सहुलियत दिइने

काठमाडौं, पुष २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताएका छन् । तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औं वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै विद्यमान व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग तथा निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए । मन्त्री, कर्मचारी र व्यापारीलाई जनताले सकारात्मक दृष्टिकोणले हेर्न छाडेको बताउँदै उनले भने, “हामी जो जहाँ छौँ, सोही स्थानबाट देशको विकास र समृद्धिका लागि प्रण गरौं, देश बने सबैले सुख पाउछौँ ।” मन्त्री यादवले उद्योगी तथा व्यवसायीले सरकारसँग विभिन्न सहुलियत माग्ने तर जनतालाई सेवा र सुविधा दिन नसक्ने गरेको आरोप लगाए । वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले कुन स्वदेशी उत्पादनको विदेशमा माग छ, त्यसको अध्ययन गरी बहुपक्षीय रणनीति बनाएर मात्र निर्यात वृद्धि गर्न सकिने बताउँदै भूपरिवेष्ठित देश भएका कारण वस्तु आयातमा ढुवानी खर्च बढ्ने गरेको जानकारी दिए । निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यात गृह निर्माणका लागि व्यवसायीको माग रहेको जानकारी गराए । रासस

बीपीएलः सन्दीपको टोलीद्वारा १२८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्स सामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले ८  विकेटको क्षतिमा १२८ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टोलीले खराब शुरुवात गर्यो । बोर्डमा एक रन हुँदा एक विकेट गुमाएको थियो । सिलहेट सिक्सर्सका लागि निकोलस पुरनले ४५, अफिफ होसेनले १९, कप्तान डेबिड वार्नर १४, सब्बिर रहमानले ७, तव्हिद हृदोयले ८, अलोक कपालीले १९, तास्किन अहमेदले ४, अल अमिन हुसेनले  र सन्दीप लामिछानेले एक-एक रन बनाए । बलिङमा भिक्टोरिएन्स मेहदी हसन, मोहम्मद साशिद र मोहम्मद सैफुदिनले दुई-दुई विकेट लिए ।  शाहिद अफ्रीदीले एक विकेट लिए । सन्दीपको टोलीले केही बेरमा बलिङ गर्नेछ । इमरान ताहिर, नासिर हुसैन, आन्द्रे फ्लेचर जस्ता खेलाडी बेन्चमा राखेर पहिलो खेलमा मौका दिइएको छ।

बंगलादेश प्रिमियर लिगः सन्दीपले मौका पाए, चम्किएलान् डेब्यू खेलमा ?

काठमाडौं, पुष २२ । शनिबार देखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आज सिक्सर्सले शाहितद अफ्रिदी, स्टीभ स्मिथ जस्ता चर्चित खेलाडी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै छ । सन्दीपले पहिलो खेलमै मौका पाएका छन् ।

बिपिएलमा सन्दीप अाज पहिलाे खेल खेल्दै

काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले आज (आइतबार) पहिलो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १२ः१५ बजे शुरु हुनेछ । सन्दीपको टोलीको नेतृत्व चर्चित क्रिकेटर डेबिड वार्नरले गर्दै छन् ।   सिलहेट सिक्सर्सलले आज तामिम इकबाल कप्तानी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै सुखत शुरुवात गर्ने तयारी गरेको छ । बिग ब्यास लिग (बीबीएल) को ४ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेश हानिएका सन्दीपले बीपीएलको आफ्नो पहिलो खेलमा स्थान पाउने सम्भावना छ । बीपीएलमा एक टोलीले आफ्नो प्लेयिंग–११ मा कम्तिमा ४ जना बिदेशी खेलाडी राख्न पाउँछ ।   पछिल्लो सिजनमा भने ५ जनासम्म बिदेशी खेलाडी खेल्न पाउने नियम थियो। सन्दीपको टोलीले दोस्रो खेल जनवरी ९ तारिखमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाँका डाइनामाइट्ससंग खेल्नेछ । बिपिएल टि–२० सन् २०१२ देखि सुरु भएको हो र यो प्रतियोगिताको छैठौं संस्करण हो।

बिग ब्यास लिगः सन्दीपको टिम दोस्रो स्थानमा उक्लियो

काठमाडौं, पुष २१ । अष्ट्रेलियामा भइरहेको बिग ब्यास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आज सिड्नी थन्डरलाई ८ विकेटले पराजित गर्दै सन्दीपको मेलबर्न अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । पाँच खेलेर मेलबर्नले पाँच खेलमा तीनमा जीत र दुईमा हार बेहोरेको छ । आजको खेल जित्नुअघि सन्दीपको टिम अंक तालिकामा पाँचौ स्थानमा थियो । मेलबर्नले सुरुका दुई खेलमा लगातार हार बेहोरेको भए पनि तीन खेलमा भने लगातार जित निकालेको छ । नेपाली किक्रेट सन्दीपले ४ खेलमा ८ विकेट लिएका छन् । यद्यपी अहिले भने उनी बीपीएल खेल्न बंगलादेश गएका छन् । उनको टिमको पहिलो खेल भोलि हुँदैछ ।

संचारकर्मी तथा गायक किशन रेग्मीको ‘कुम जोडी नाचौंला’ गीतको भिडियो छायांकन सम्पन्न

काठमाडौँ, पुस २० । वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको ‘कुम जोडी नाचौंला’ गीतको भिडियो बिहीबार ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको हो । हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको कुम जोडी गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो । जसमा निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । शिव शर्मा चञ्चलको शब्द र एस डि योगीको संगीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो । अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् । गायक रेग्मीका अनुसार छायांंकन गरिएको उनको पछिल्लो गीत कुम जोडी नाचौंला डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो चाँडै नै युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक हुँदैछ । युगल गीत कुम जोडी नाचौंला गीतमा किशन रेग्मी संगै रेश्मा केसीको पनि स्वर रहेको छ । शिशिर राना ति कलाकार हुन् जसले मर्ने कसैलाई रहर हुँदैन, ई आँखामा तिमी छौ, लाईदिम् लाईदिम् भछ, जस्ता चर्चित गीतका बाल गायक प्रेम परियारलाई काठमाडौं ल्याएर सांगीतिक भविष्यका लागि सहयोग गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अव्वल चलचित्रकर्मी तथा कलाकारको छवि बनाएका निर्देशक राणाका नोवेम्बर रेन, रामकाहानी, कायरा लगायका चलचित्रमा गरेको अभिनयलाई दर्शकले पछिल्लो समय अत्याधिक मन पराएका छन् । पहिलो पटक कुम जोडी नाचौंला गीतको निर्देशन गरेका राणाले यो गीत आजका स्रोतालाई ध्यानमा राखी मौलिक नेपाली भाषामा निर्माण भएको राम्रो गीत भएकाले आफुलाई गीत मन परेर निर्देशन गरेको बताएका छन् ।

युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छः राष्ट्रपति भण्डारी

विराटनगर, पौष १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताएकी छन् । पूर्वाञ्चल विश्वविद्यालयको २५औं वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उनले मुलुकलाई अहिले चाहिने दक्ष जनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताए । राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयलाई यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताइन् । उनले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिइन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग पर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दास र रजिष्ट्रार प्रमिला थापाले विश्वविद्यालयको गतिविधि तथा आगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विश्वविद्यालयमा सहयोग पुर्याउने सेवा आयोगका प्रथम अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति ध्रुवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो । रासस

केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छः मोडल एनि कुँवर

समाजले बिहे हुनुलाई सेक्सको लाइसेन्स मानेको छ । बिहेअघि सेक्स नगर्दा राम्रो । सेक्स के हो ? दुई जना बीचको माया र विश्वास हो । बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ? समाजले बिहे हुनुलाई सेक्सको लाइसेन्स मानेको छ । बिहेअघि सेक्स नगर्दा राम्रो १्र सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ? सेक्ससम्बन्धी ज्ञान लिन जान्नेबुझ्ने विज्ञहरुलाई फलो गर्छु । कुन नायक÷नायिका सेक्सी लाग्छ ? प्रकाश अधिकारी र निरुता सिंह सेक्सी लाग्छ । नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ? एकदमै आवश्यक छ । रेडलाइट एरिया नभएकैले रात परेपछि ठमेल, रत्नपार्क, दरबारमार्ग लगायतका एरियामा नकारात्मक क्रियाकलाप देख्न सकिन्छ । तेस्रो लिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ? मान्छेको आ–आफ्नो यौन चाहना हुन्छ । तेश्रो लिङ्गीको भावना र चाहनालाई पनि सम्मान गर्नुपर्छ । यो ठूलो कुरा होइन । सेक्समा स्थानले कत्तिको महत्व राख्छ ? महत्व त राख्छ तर बिहेपछि मात्रै ! (हाँस्दै) केटाको कुन अंग देख्दा सेक्स चाहना जाग्छ ? घाँटी र आँखा । सेक्स पार्टनर छ ? (मुस्कुराउँदै) बिहे नै भएको छैन कहाँबाट हुनु ? आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ? अनुभव गरेको छैन त्यसैले थाहा छैन । सेक्सको अफर कत्तिको आउँछ ? पहिले लभ प्रपोज खुब आउँथ्यो । अहिले कस्तो सेक्सी लाग्छ भन्दै फलो गर्छन् । कहिलेकाहीँ घुमाएर आउँछ भन्नुपर्ला । शुक्रबार साप्ताहिकबाट

नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

गोदावरी, पौष १७ । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताए । वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ । सङ्काय प्रमुख ढकालले भने, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ । उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ । रासस

९ दिनदेखि चार किशोर बेपत्ता

रत्ननगर, पुस १७ । नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दैआएका थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस