प्रियंका कार्कीको कार्तिकमै बज्यो बाजा !

काठमाडौ,कार्तिक १७।बिबाहकाे महिना मंसिर आउदैछ तर चर्चित नायिका प्रियंका कार्किकाे बाजा भने कात्तिकमै बजेकाे छ । यो बाजा कार्कीको बिबाहकाे नभइ चर्चित गायक हिमाल सागरकाे स्वरमा सजिएकाे गित “बाजा´´ बजेकाे हाे ।

जुन गितमा मोडल सुनिल क्षत्री संगै प्रियंका कार्किलाई छमछमि नाचेको देख्न सकिन्छ ।
गित बाग्लुङ घर भै हाल अमेरिकामा बस्दै अाएका कलाकार अमर थापाले ह्वाइट प्राेडक्सन मार्फत बजारमा ल्याएका हुन ।
अमर थापाकाे शब्द रहेको गितमा अर्जुन पाेखरेलकाे संगित भरेका छ्न । महराज थापाले एरेन्ज गरेको गितलाई सुब्रत अाचार्यले निर्देशन गरेका हुन भने उत्सब दाहालले छायांकन ।
चर्चित नायिका कार्किकाे साथमा मोडल सुनिल क्षेत्रीको नृत्यले उत्कृष्ट बनेको गितमा मोडल क्षत्री र नेपाली ठिटोजको आकर्षक कोरियोग्राफि देख्न सकिन्छ ।

गितको  भिडियो

दशैँको टीका थाप्ने क्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै, राजधानी फर्किंदै सर्वसाधारण

काठमाडौं, कार्तिक ४ । विजयादशमीको बिदा सकिएपछि सरकारी कार्यालयहरू आजबाट खुल्ने भएका छन् । सरकारले द्वादशीको बिदा कटौती गरेपछि फूलपातीदेखि बन्द कार्यालयहरू आजबाट खुल्ने भएका हुन् । यसका साथै आज टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिने क्रम जारी छ । विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने गर्दछन् । कतिपयकोमा भने विजयादशमीको दिन घरमा र त्यसपछि कोजाग्रत पूर्णिमाको दिनसम्म आफन्तकोमा गएर टिका लगाउने चलन रहेको छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ । यसका साथै टीका थाप्न उपत्यका बाहिर जानेहरू समेत राजधानी भित्रिन थालेकाले राजधानी आउने सवारी साधनहरूमा यात्रीहरू घुइंचो छ साथै यहाँका सडक बजारहरूमा क्रमशः चहलपहल बढ्दै गइरहेको छ । दशैँको समय लगभग २४ लाख मानिस उपत्यकाबाट बाहिरिएको अनुमान रहेको छ ।  

रेल दुर्घटनाः रावणको भूमिका निभाएका सिंहकोसमेत मृत्यु

बीबीसी । भारत पञ्जावको अमृतसरमा रेलले किच्दा रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहकोसमेत मृत्यु भएको छ।   विगतमा सँधै रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए। साथीहरुको आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले जीवन गुमाउन पुगेको बीबीसीले जनाएको छ।   रामलिलाको आफ्नो भूमिका सकिएपछि सिंह पनि रावणको पुत्ला दहन हेर्न भिडमा सामेल थिए। साथीहरुको आग्रहमा उनी मैदान झरेका थिए मञ्चबाट। तर उनको यस वर्षको रावणको भूमिका उनको जीवनकै अन्तिम अभिनय बन्न पुगेको छ।   रामलिलाको मञ्च रेल पट्रिबाट २५ मिटर मात्रै टाढा बनाइएको थियो। शुक्रबार दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो ।   धोपिघाटमा पुत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए। जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए। लगत्तै आएको जालन्धर-अमृतसर डिएमयु रेलले हान्दा ७० जना मृत्यु भएको थियो।

रोजगारमूलक काममा लाग्नेलाई प्रोत्साहन गर्छौँ : कृषिमन्त्री

चितवन, असोज २६ । प्रदेश नं.३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वेदशमा रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् । देश सरकारले यस वर्षमात्रै एक हजार चार सय ५० जनालाई सीपमूलक तालिम दिने तयारी गरेको मन्त्री लामाले बताऐ । शुक्रबार चितवनको भरतपुरमा सिनर्जी मिट मार्टको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेश ३ मा प्रशस्त सम्भावनाहरु भएको ठाउँ भएकाले यहाँ नहुने भन्ने केही पनि नभएको बताए । युवाहरु बेरोजगार नहोस् र विदेश पलायन नहुन् भन्ने उद्देश्यले युवाहरुले रोजेकै विषयमा उनीहरु त्यस विषयमा दक्ष हुने गरी स्थानीय सरोकारवालासँगको सहकार्यमा तालिम प्रदान गरिने लामाले बताए । बाइट… दावादोर्जे लामा, मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी (प्रदेश ३) भरतपुर १० मा सुधनराज जोशीले करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याउनुभएको मिट मार्टमा ८ जना व्यक्तिले प्रत्यक्षरुपमा रोजगार पाएका छन् । मानव स्वास्थ्यलाई ख्याल गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको मासु बिक्री गर्ने जोशीले बताए । आफ्नै भवनबाट सञ्चालनमा आएको सिनर्जी मिट मार्टले हाँस, स्थानीय तथा ब्रोइलर जातका कुखुरा, खसीको मासु तथा कुखुराको अण्डाको साथै ससेज, सी फुडलगायतका खाद्य सामग्री बिक्री वितरण गर्ने जोशीको भनाइ छ । मार्टमा कुखुराको मासु २ सय ६० रुपैयाँ प्रतिकिलो, खसीको मासु ८ सय रुपैयाँ तथा बोसोरहित खसीको मासु आठ ५० रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरिने जोशीले बताए ।

मलेसियाले दियो नेपाललाई १०१ रनको विजयी लक्ष्य, सन्दिपले लिए पाँच विकेट !

काठमाडौं, असोज २० । मलेसियामा जारी आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा नेपालले १०१ रनको विजयी लक्ष्य पाएको छ ।     टस जितेर ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउदैं १०० रन मात्र बनाउन सक्यो । आज मलेसियाका लागि मोहम्मद सरफिले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।     बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ रन लिन सफल भए ।   कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।     नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

मेस्सीलाई ७०० औँ म्याचमा यस्तो झड्का

काठमाडौँ, असोज १२ । स्पेनिस फुटबल लीग ‘ला लिगा’मा हालको च्याम्पियन टीम बार्सिलोनालाई पुछारको वरियतामा रहेको टीम लेगानेसले २-१ ले पराजित गरेको छ । यो खेल दुई कारणले महत्वपूर्ण रहेको थियो । एउटा त यो बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीको ७०० औँ म्याच थियो भने, अर्को लेगानेसले पहिलो चोटी बार्सिलोनालाई हराएको हो । लेगानेसका लागि त फर्स्ट डिभिजन फुटबलमा यो तेस्रो मात्र सिजन हो । झन् यस सिजनका छ म्याचमा भने यो लेगानेसको पहिलो जीत हो । १४ वर्ष अगाडी बार्सिलोनाको लागि खेल्न थालेका मेस्सी बार्सिलोनाको तर्फबाट सात सय म्याच खेल्ने तेस्रो खेलाडी हुन् । यस अघि जाभी हर्नान्देज ले आठ सय ६९ खेल र आन्द्रेस इनिएस्ताले सात सय ५८ खेल खेलिसकेका छन् । बार्सिलोनामा अनुबन्ध भए यता मेस्सीले अरु क्लबबाट खेलेका छैनन् । लेगानेसको एस्टाडियो बुतारक्यु रंगशालामा बार्सिलोनाका फिलिप कुटिन्होले १२ औं मिनेटमा एक गोल गरेर टीमलाई अग्रता दिलाए पनि उनको यो गोल बार्सिलोनाको एक मात्र गोल हुन् पुग्यो । पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्सिलोनालाई दोस्रो हाफमा ६८ सेकेन्डमै दुई गोल हिर्काएर लेगानेसले फर्किन दिएन । उसका लागि नेबिल अल जहारले ५२ औँ मिनेटमा र अस्कर रोड्रिगेजले ५३ औँ मिनेटमा गोल गरेका हुन् । यस जीतसँगै लेगानेस अंक तालिकामा २० बाट उक्लिएर १८ औं नम्बरमा पुगेको  छ । उता लीगको दोस्रो वरियताको टोली रियल म्याड्रिडले पनि सेभिल्लाको हातबाट ३-० को पराजय भोग्नु परेको छ । गत ४४ महिना यता बार्सिलोना र रियल म्याड्रिडले एकै दिन हार ब्यहोरेको पहिलो पल्ट हो । यस अघि यो संयोग ४ जनवरी २०१५ मा जुरेको थियो । सेभिल्लाले भने चार महिनाको अवधिमा दोस्रो पल्ट रियललाई हराएको हो । तर यस हारले यी दुवै टीमको वरियतामा भने कुनै फरक परेको छैन । अहिले पनि बार्सिलोना लीगको शीर्षमा र रियल दोस्रो नम्बरमा रहेको छ ।  

पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतीय मन्त्री आइपुगे काठमाडौंमा

काठमाडौं, असोज १२ । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधान शुक्रबार पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न काठमाडौं आइपुगेका छन् । पेट्रोलियम पाइपलाइनबारे नेपाल र भारतका उच्च अधिकारीबीच बुधबारका लागि तय भएको वार्र्ता स्थगित भएको तेस्रो दिन उनी काठमाडौं आइपुगेका हुन् । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मन्त्री प्रधान सहित भारतीय टोली शुक्रबार ९ बजे नेपाल आइपुगेको हो । भारतीय मन्त्रीले शुक्रबारै ग्यास, पेट्रोलियमसम्बन्धी विषयमा नेपाली पक्षसँग भेटवार्ता गर्नेछन् । उनी अमलेखन्ज जाने कार्यक्रम पनि छ। अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे उनले नेपाली पक्षसँग छलफल गर्नेछन्। ग्यास र पेट्रोलियम आपूर्तिको विषय पनि उनको छलफल एजेन्डामा राखिएको छ । बुधबारका लागि तय भएको पेट्रोलियम पाइपलाइनसम्बन्धी नेपाल–भारत उच्च स्तरीय वार्ता भारतले अन्तिम समयमा अकस्मात रोकेको थियो । भारतीय टोली काठमाडौं आइसकेपछि मन्त्रिपरिषदबाट स्वीकृत नलिएको भन्दै भारतीय पक्ष वार्तामा बस्न अस्वीकार गरेको थियो। नेपालखबरबाट

‘६० दिनभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्छ’

–कालिका खड्का काठमाडौँ, असोज ११ । काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् । दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ । ‘मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ’, आयोजनका प्रमुख कँडेलले भने, ‘पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।’ सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन् । बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान कहिले पाउँछन् भन्ने प्रश्न सोधेका थिए । समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिइन् । सो समितिले यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । दशैँभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ । रासस

धार्मिक कैलाशधाममा लिफ्टबाट खानेपानीको सुविधा

कावासोती, असोज ११ । नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पुर्याइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट चन्दा सहयोग गरी रु ४७ लाखकोे लागतमा खानेपानी व्यवस्था गरिएको हो । गण्डकी प्रदेश र प्रदेश ५ को सीमा दाउन्ने पहाडमा रहेको सो स्थलमा दुई किलोमिटर दूरीको धुञ्चेखोला मुहानबाट पानी ल्याइएको हो । धुञ्चेको मुहानबाट ७७० मिटरको दूरीको शिवपुरी डा“डासम्म तानेर धाम परिसरमा पानी ल्याइएको हो । लिफ्टको प्रयोग भने २८२ मिटर उचाइमा पानी ल्याउन गरिएको छ । शिवपुुरी डा“डामा २५० वाट क्षमताका १६ वटा सौर्य प्यानल जोडिएको छ । चार हर्स पावरको मोटरले २८२ मिटर तल जमिन सतहबाट पानी तानेर शिवपुरीसम्म ल्याइएको मन्दिरका सल्लाहाकार संयोजक शालिकराम पौडेलले बताए । दाउन्ने बजारबाट करीब ४० मिनेटको उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ । खानेपानीको सुविधा नहुँदा यहाँ आउने भक्तजन र पुजारीले आकाशको पानी सङ्कलन गरी प्रयोग गर्ने गरेका थिए । परमानन्द सन्या आश्रम ट्रस्ट कैलाशधाम दाउन्नेले गाउँपालिकासँग आग्रह गरी र अन्य सहयोग सङ्कलन गरेर खानेपानीको व्यवस्था गरेको हो । अझै शिवपुरीको डाँडामा पानी वितरण ट्यांकी निर्माण गर्नुपर्ने भएपनि बजेट नहुँदा सिधै पानी वितरण गरिएको पौडेलले बताए । दैनिक सयौँ धार्मिक पर्यटक आउने यहाँ भारतबाट समेत पूजा अर्चनाका लागि भक्तजन आउने गर्दछन् । रासस

श्रीमती हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

लेखनाथ, असोज ११ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका खुलासा भएको छ । आफूले हत्या गरेको खबर छिमेकीलाई छोडेर उनी भागेका कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । श्रीमतीलाई प्यारालाइसिस भएको बताइएको छ । हत्यापछि शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेपछि मैले बूढीलाई मारेँ भनेर हिँडेका गुरुङलाई प्रहरीले धानबारीबाट पक्राउ गरेको हो । रासस

रणवीर र दीपिकाको विवाहमा मोबाइल, क्यामरा ल्याउन निषेध ?

मुम्बई । बलिउड क्षेत्रका प्रेमजोडी दीपिका पादुकोण र रणवीर सिंहले आगामी नोभेम्बर २० तारिखमा विवाह बन्धन बाँधिदै छन् । उनीहरुको विवाह भने इटालीको ‘लेक कोमो’ हुने तय भइसकेको छ । यो बिहेमा मिडियालाई भने पहुँच दिइने छैन । यतिमात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिने छ। स्रोतले भन्यो, ‘रणवीर र दीपिका चाहँदैनन् कि उनीहरुको बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हालिदिउन् । उनीहरु आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’ यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए । आफूहरुको पनि यस्तै होस भन्ने रणवीर र दीपिकाले चाहेका छैनन् । तर, बिहेमा आएका पाहुनालाई मोबाइल बोक्नै नदिने उनीहरुको रणनीति सफल होला भन्ने चाहिँ ठोकुवा गर्न सकिँदैन । व्यवहारिकरुपमा यसो गर्न निकै कठिन हुने छ । यतिबेला दुवै पक्षको परिवार विवाहको तयारीमा जुटिसकेका छन् । इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने तयारी छ । एजेन्सीको सहयोगबाट

१० वर्षपछि कोही पनि आवासविहीन नहुने !

काठमाडौं, भदौ १ । गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अन्धकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ। कारोबारमा खबर छ । मन्त्रालयले तयार पारेर संसद सचिवालयमा दर्ता भइसकसको यो विधेयकमा आवास अधिकार ग्यारेण्टी गर्नका लागि बनेको आवससम्बन्धी पहिलो विधेयक हो । ‘संविधानले दिएको अधिकार अनुसार आवासविहीन जनताको अधिकार ग्यारेण्टी गर्न पहिलोपटक आवससम्बन्धी विधेयक बनाएर संसदमा दर्ता गरेका छौं’ सहरी विकासमन्त्ती मोहम्मद इस्तियाक राईले भने, ‘विधेयक संसदबाट पारित गरेर यसको आधारमा नियमावली र कार्यविधि बनाई कार्यान्वयन अघि बढ्छौं।’ उनले आगमी पाँच देखि दशवर्षभित्र आवासविहीन नेपालीको अन्त्य गर्ने गरी मन्त्तालयले योजना अघि बनाएर अघि बढ्ने बताए ।

नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन : प्रचण्ड

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको आज यहाँ उद्घाटनका अवसरमा अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरुले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोग बिना नेपालको समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।” समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउन जोड दिनुभएको हो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुई देशका प्रधानमन्त्री तहमा पछिल्लो समयमा भएको भ्रमण आदानप्रदानले सम्बन्ध सुध्रिएको बताउँदै दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिने उल्लेख गर्नुभयो । बुद्धिजीवीहरुले नकारात्मक वा सकारात्मक पक्षको मात्रै प्रकाश पारिने प्रवृत्ति अन्त्य गर्न यस्ता सम्मेलनले भूमिका निर्वाह गर्ने बताउँदै उहाँले नेपाल र भारतबीच जनता र सरकारका बीचमा नजिकको सम्बन्ध भएकाले कहिलेकाहीँ खटपट देखा परेपनि पुनः मिलेर रहने गरेको अवस्थालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायतका क्षेत्रमा नजिकको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने उल्लेख गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पछिल्लो समयमा नेपाली र भारतबीच अरुण ३ परियोजना र वीरगञ्जको संयुक्त चेकजाँचका सम्बन्धमा भएको सम्झौताले आपसी आर्थिक सहकार्य अभिवृद्धि हुने बताउनुभयो । दुबै देशका बुद्धिजीवी सहभागी सम्मेलनमा विभिन्न सत्रमा राजनीतिक र बुद्धिजीवी क्षेत्रका प्रतिनिधिबीच अन्तक्र्रिया हुनेछ ।

थमन विक हत्याकाण्डका अभियुक्त राष्ट्रिय जनता पार्टीका तर्फबाट राज्यमन्त्रीमा सिफारिस

  काठमाडौं । प्रदेश नम्बर दुईको सरकारमा राज्यमन्त्रीका लागि राष्ट्रिय जनता पार्टीले थमन बिकको हत्याका अभियोगीलाई सिफारिस गरेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउने क्रममा हत्याका अभियोगीलाई समेत छनौट गरेका छन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ । झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । विक हत्याको मुद्दामा सांसद शर्मासँगै जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् । नेपाल प्रहरीका असई थमन विकलाई मधेस आन्दोलनका क्रममा एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मारिएको थियो । महोत्तरीको जलेश्वरमा सशस्त्रका असइ थमनबहादुर विकलाईलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आन्दोलनकारीले कुटपिट गरेर मारेका थिए। हेटौंडाबाट शुक्रबार बिहान महोत्तरी जाँदै गरेका असइ थमनबहादुर विकलाई आन्दोलनकारीले कुटपिट गरेका थिए । कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो । विकको टाउकोमा १६ टाँका लगाइएको थियो भने शरीरभर निलडाम थियो । उनी हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी जाँदै गरेको अवस्थामा आन्दोलनकारीको चपेटामा परेका थिए । उनलाई पछि जलेश्वर अस्ताल लगियो । तर उनको त्यहाँ राम्रो उपचार हुन नसकेपछि अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले महोत्तरी गाविसको अनैठा गाविसमा उनी रहेको एम्बुलेन्समा आक्रमण गरे । उनलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटियो र उनको त्यहीँ ज्यान गयो । उनलाई कुटेर मारेपछि आन्दोलनकारीले उनलाई ल्याइएको एम्बुलेन्समा समेत आगजनी गरेका थिए । ८ जना प्रहरी र १ नावालकको हत्या भएको कैलाली घटना सेलाउन नपाउँदै मधेशमा सशस्त्र प्रहरीका असइको हत्या गरिएको छ । आन्दोलनकारीको आक्रमणबाट घाइते भएका असइ थमनबहादुर विक एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मारिएको बताइएको छ । उनीमाथि आज विहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनलाई बाटोमा हत्या गरिएको हो । उनलाई बोकेको एम्बुलेन्स समेत जलाइएको छ ।

क्रोएसियाको नयाँ रेकर्डः ६८ वर्षपछि विश्वकप फाइनलमा पुग्ने सानो देश, जनसंख्या मात्र ४० लाख !

मस्को । रुसमा जारी २१औं फिफा विश्वकप फुटबलमा पूर्वी यूरोपको एक सानो देश क्रोएसियाले शानदार प्रदर्शन गरेको छ । त्यहि उत्कृष्ट प्रदर्शनका कारण क्रोएसियाले विभिन्न किर्तीमान कायम गर्यो, र विश्वकपको फाइनलमा पुग्न सफल भयो ।  विश्वकपमा खेल्नुभन्दा पहिली क्रोएसियाको नाम धेरैलाई थाह थिएन । तर उसले वल्र्डकपमा गरेको उत्कृष्ट प्रदर्शनले कयौंले क्रोएसियालाई चिनेका छन् । पहिलो पटक विश्वकप फाइनलमा पुगेको सानो देश (जनसंख्याको आधारमा) क्रोएसियाका धेरै कुरा निकै रोचक छन् । क्रोएसियाको कूल जनसंख्या ४ मिलियन तथा ४० लाख रहेको छ । अर्थात नेपालको काठमाडौं उपत्याकाको जनसंख्याभन्दा नि कम । ६८ वर्षपछि यति सानो देश विश्वकपको फाइनलमा पुग्न सफल भएको हो । योभन्दा पहिले १९५० को विश्वकप फाइनलमा कम जनसंख्याको हैसियतमा उरुग्वे पुगेको थियो । विश्वकप फाइनल खेल्ने सबैभन्दा युवा देश क्रोएसिया विश्वकप फाइनल खेल्ने सबैभन्दा युवा देश बनेको छ । क्रोएसिया १९९१ मा स्वतन्त्र भएको थियो । विश्वकपमा आफ्नो पहिलो खेल खेल्न उसले १९९८ को पर्खाइ गर्नु परेको थियो । हेड टु हेड १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले जमैका, जापान, रोमानिया र जर्मनीको हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलमा आयोजक फ्रान्ससँग क्रोएसियाले २- १ ले हार बेहोर्नु परेको थियो । त्यसबेला क्रोएसियाले तेस्रो र चौथो स्थानको खेलमा नेदरल्याड्सलाई २ १ ले हराउँदै शानदार विदाइ लिएको थियो । यो पटक फाइनलमा इंग्ल्याण्डसँग १९९८ का बदला लिने मौका छ । अहिलेसम्म फ्रान्स र क्रोएसिया पाँच पटक भिडेका छन् । जसमा ३ पटक फ्रान्सले जितेको छ, भने २ पटक खेल बराबरीमा टुंगिएको थियो । यो तथ्यांकले क्रोएसियाका लागि चिन्ता बढाएको छ । यद्यपि उ आत्मविश्वासकासाथ मैदान उत्रिने छ । -एजेन्सी

डा. केसीको जीवनरक्षा माग गर्दै आकस्मिक बाहेक सबै सेवा ठप्प

काठमाडौं, असार २९ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो । स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उहाँको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए । आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा नै सेवा दिइरहेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उनले बताए । डाक्टर केसीको श्वासप्रश्वास र मुटुमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । काठमाडौंको माइतीघर मण्डलामा अस्पतालको बहिरंग विभाग अर्थात ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिइने उनले बताए । डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिँदा आन्दोलन गर्न बाध्य भएको डाक्टरले बताएका छन् । केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बस्नु भएको यो १५ औं पटक हो ।