नेपाली क्रिकेट : छोटो तयारी, ठूलो सपना

काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ।

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दै छ। त्यसका लागि नेपाली टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार नै बिदाइसमेत भइसकेको छ।

फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता नेपाली टोलीका लागि निक्कै महत्र्वपूर्ण रहेको छ। यो प्रतियोगिताले नेपाललाई पहिलो पटक ५० ओभर क्रिकेटको विश्वकपमा पुर्‍याउने मात्रै हैन, आगामी चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पनि दिलाउनेछ। यद्यपि त्यसका लागि नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्नु पर्नेछ।

आईसीसीको अहिलेसम्मको निर्णयअनुसार प्रतियोगिताको शीर्ष दुई टोली अर्काे वर्ष हुने विश्वकपका लागि छनोट हुनेछन् भने एसोसिएटमध्ये (नेदरल्यान्ड्सबाहेक) शीर्ष तीनमा रहने टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन्। नेपालका लागि ५० ओभर क्रिकेटको विश्वकप छनोट तथा एकदिवसीय टोलीको मान्यता दुवै पहिलो उपलब्धि हुनेछन्।

नेपाली क्रिकेटले अहिलेसम्म चाहेको अवसर पनि यही हो। आईसीसीबाट प्राप्त हुने फन्ड र खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्र्वपूर्ण मानिने ५० ओभर क्रिकेटको सफलताले मात्रै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउनेछ।

नेपालका लागि यो अवसर सहज भने छैन। यसअघि दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट टोलीहरू जिम्बावे, अफगानिस्तान, आयरल्यान्डसहित पछिल्लो चार वर्षयता डिभिजन एकमा रहेर उच्चस्तरको प्रतियोगिता खेल्दै आइरहेका हङकङ, पपुवान्युगिनी, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स र डिभिजन दुईको विजेता टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका लागि त्यो अवसर निक्कै चुनौतीपूर्ण रहेको छ।

पछिल्लो केही समययता नेपाली टोलीले पनि माथिल्लो स्तरको क्रिकेट खेल्दै आइरहेको छ। हालैमात्र डिभिजन दुई प्रतियोगिता खेलेर आइरहेको नेपाली टोली लयमै छ। तर, अहिलेसम्मको महत्र्वपूर्ण र ठूलो प्रतियोगिता खेल्न लागेको नेपाली टोलीले विशेष तयारी भने गर्न पाएन। डिभिजन दुई खेलेर नामिबियाबाट फर्केपछि नेपाली टोलीले शुक्रबार आधा दिन अभ्यास गरेको थियो। यसबीचमा नेपालले कुनै पनि तयारी गर्न पाएन।

नेपाली टोलीले प्रतियोगिता अघि जिम्बावेमै फागुन १५ गते यूएई तथा फागुन १७ गते हङकङसँग वार्म अप खेल खेल्दै छ। त्यसको दुई दिनपछि नै नेपालले बलियो प्रतिद्वन्द्वी आयोजक जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाली टोलीसँग प्रतियोगिताको तयारीका लागि अब मात्रै त्यही दुई वार्म अप म्याच र मुस्किलले साता दिनको समय रहनेछ। पहिलो पटक जिम्बावेमा खेल्न लागेको नेपाली टोलीलाई पिच कन्डिसन बुझ्न पनि थोरै अवसर हुनेछ। अहिलेसम्मकै ठूलो र महत्र्वपूर्ण प्रतियोगिता खेल्न लागेको टोलीलाई छोटो समयको तयारीले मुस्किल हुन सक्नेछ।

चुनौतीका बाबजुद नेपाली टोलीका कप्तान पारस खड्काले नेपालले विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताकै लागि खेल्ने प्रतिक्रिया दिए। यद्यपि उनले पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हुने बताए। ‘हामी पछिल्लो केही समययता निरन्तर खेलिरहेका छौं। यही टोली सेट भइरहेको छ’, कप्तान पारस भन्छन्, ‘प्रतियोगितामा सहभागी टोलीहरू साँच्चिकै हामीभन्दा बलिया छन्। सबैको तयारी राम्रो छ। केहीले त वर्ष दिनअघिबाटै यही प्रतियोगिताबाट तयारी गरेका थिए। हामी विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताकै लागि खेल्नेछौं। अहिलेलाई हाम्रो उद्देश्य सुपर सिक्स प्रवेश गर्नै हुनेछ।’

प्रशिक्षक टमाटा पनि पारसको कुरामा सहमत छन्। ‘हाम्रो टोली पनि नराम्रो छैन। खेलाडीहरूले क्षमताअनुसारको प्रदर्शन गर्न सकेको अवस्थामा उद्देश्य पूरा गर्ने छौं’, प्रशिक्षक टमाटा भन्छन्, ‘हामी विश्वकप छनोट र एक दिवसीय टोलीको मान्यता प्राप्त गर्नकै लागि खेल्नेछौं।’

नेपाल लगातार दोस्रो पटक विश्वकप छनोट प्रतियोगिता खेल्दै छ। सन् २०१५ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगितामा निक्कै कमजोर प्रदर्शन गरेको थियो। प्रायः खेलाडी बिरामी र चोटग्रस्त हुँदा नेपाल त्यसबेला सहभागी १० टोलीमध्ये नवौं स्थानमा रहन पुगेको थियो। सोही प्रतियोगिताको कमजोर प्रदर्शनले गुमाएको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता प्राप्तका लागि पनि नेपालले यस पटक सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। -अन्नपूर्ण पोष्टमा खबर छ ।

याे हाे गज्जबको स्मार्ट ज्याकेट, जसले स्मार्टफोन चार्ज गर्दछ

काठमाडौं, माघ २५ । घर बाहिर कतै जाँदा स्मार्टफोनको चार्जर वा पावर बैंक लिएर हिँड्नुपर्ने जमाना सायद सकिएछ । एउटा यस्तो ज्याकेट तयार भएको छ, जसले तपाइँको स्मार्टफोनको ब्याट्री चार्ज गरिदिनेछ । स्नोसी नामक उक्त ज्याकेटले कुनै तार विना नै ४० मिनेटमा स्मार्टफोन चार्ज गर्ने बताइएको छ । अमेरिकाको उटाहस्थि साल्टलेक सिटीमा रहेको वेब टेक्नोलोजी कम्पनी द वेब्सले यस्तो स्मार्ट ज्याकेट तयार पारेको हो । स्नो सी नामक स्मार्ट ज्याकेटमा ३ हजार मिलिएम्पिएर आवरको पावर बैंक लगाइएको हुन्छ । जसको माध्यमबाट यो ज्याकेट लगाउने मानिसले आफ्नो वायरलेस चार्ज सपोर्ट गर्ने स्मार्टफोन मज्जाले चार्ज गर्न सक्दछन् । कम्पनीका अनुसार यसको सर्किट यतिधेरै सुरक्षित तथा उत्कृष्ट छ की ठूलो वर्षा तथा निकै चिसोको मौसममा पनि यसले काम गर्दछ । यो ज्याकेट हिउँ तथा बरफ भएको क्षेत्रमा यात्रा गर्दा, कायाकिङ, पर्वतारोहण, स्किइङ तथा लामो पैदलयात्राका क्रममा निकै उपयोगी हुने बताइएको छ । यस ज्याकेटमा ५ भोल्टको ३ हजार मिलिएम्पिएर आवरयुक्त अल्ट्राथिन, लाइटवेट पावर बैंक जडान गरिएको छ । ज्याकेटको तल्लो भागमा यो पावर बैंक रहेको छ र यसले ज्याकेट लगाएर हिँडडुल गर्दा वा बस्दा कुनै असहजता हुँदैन । यो स्मार्ट ज्याकेटबाट आइफोन एक्स, एट तथा एट प्लस, सामसुङ एस सिक्सभन्दा माथिका मोडेलका सबै स्मार्टफोन चार्ज गर्न सकिने बताइएको छ । कम्पनीमा कालो र सिल्भर रङका दुई थरी ज्याकेट तयार गरेको छ । यहीँ वर्ष नै यो स्मार्ट ज्याकेटलाई बजारमा पठाउने कम्पनीको लक्ष्य छ । ज्याकेटको मूल्य २४९ डलर हुने बताइएको छ । -एजेन्सी

स्थानीय तहका सरकारी सम्पत्तिमा केन्द्र सरकारकाे चासो !

काठमाडौं, माघ २४ । साविकका गाविस र नगरपालिकाहरुमा रहेको चलअचल सम्पत्तिको विवरण गाउँपालिका र नगरपालिकाहरुले अहिलेसम्म नबुझाएको भन्दै स्थानीय विकास मन्त्रालयले ताकेता गरेको छ । गत असारमै त्यस्तो सम्पत्तिको अभिलेख तयार पारी मन्त्रालयमा बुझाउन भनिएकोमा अझैसम्म कतिपय स्थानीय तहले सम्पत्तिको अभिलेख नबुझाएको भन्दै मन्त्रालयले ताकेता गरेको हो । मन्त्रालयले सबै स्थानीय तहका नाममा जारी गरेको निर्देशनमा गत असार मसान्तमै गाविस, नगरपालिका र वडाहरुको सरकारी सम्पत्ति बुझबुझारथ गरिसक्नुपर्नेमा नगरिएकाले ताकेता गर्ने काम भएको उल्लेख छ । साविकका गाविस र नगरपालिकाको नगदी जिन्सीलगायत चल अचल सम्पत्ति, दायित्व तथा अभिलेख कार्यालय संरचनाको विवरण सार्वजनिक गरी जिल्ला विकास समन्वय समिति र स्थानीय विकास मनत्रालयलाई असार मसान्तभित्र बुझाउन भनिएको थियो । मन्त्रालयले यस्तो विवरण तत्काल बुझाउन सबै स्थानीय तहलाई भनेको छ । सरकारले नयाँ संविधान निर्माणपछि नयाँ स्थानीय तहको संरचना निर्माण गर्दा विभिन्न गाविसहरुलाई गाभेर एउटै गाउँपालिका बनाएको थियो । त्यसो गर्दा विभिन्न गाविसमा रहेको सरकारी सम्पत्ति गाउँपालिकाको अभिलेखमा आउनुपर्नेमा अझैसम्म नआएपछि मन्त्रालयले ताकेता गर्नुपरेको हो । साविकका गाविसहरु कतिपय नगरपालिकामा गाभिएका र केही वडाहरु अर्कै स्थानीय तहमा मिलाइएको हुनाले वडा र पुराना नगरपालिकाहरुको पनि अचल सम्पत्तिको अभिलेखीकरण गर्न मन्त्रालयले उसबेलै भनेको थियो । सोमबार स्थानीय मन्त्रालयले जारी गरेको सर्कुलरमा त्यस्तो सम्पत्तिको यथार्थ अवस्था के कस्तो छ, सोको विवरण पेश गर्न सबै स्थानीय तहलाई भनेको छ । अन्य सरकारी कार्यालयको सम्पत्तिमा चासो स्थानीय विकास मन्त्रालयले गाउँपालिका र नगरपालिकाभित्र रहेका विभिन्न मन्त्रालयअन्तरगतका अन्य सरकारी कार्यालयहरुको पनि सम्पत्तिबारे चासो दिएको छ । जस्तै– गाउँपालिका र नगरपालिकाहरुभित्र रहेका कृषि, पशुसेवाकेन्द्र, उपकेन्द्रहरु, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, आयुर्वेद औषधालय, शिक्षा स्रोत केन्द्र, सामुदायिक सिकाइ केन्द्र, सामुदायिक सूचना केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक भवन, सरकारी वृद्धाश्रम र खेलकूदसम्वद्ध कार्यालयहरु पनि गाउँपालिका र नगरपालिकाको सम्पत्ति मानिने मन्त्रालयले स्मरण गराएको छ । नयाँ संविधान निर्माणपछि नयाँ स्थानीय तहको संरचना निर्माण गर्दा विभिन्न गाविसहरुलाई गाभेर एउटै गाउँपालिका बनाएको थियो । त्यसो गर्दा विभिन्न गाविसमा रहेको सरकारी सम्पत्ति गाउँपालिकाको अभिलेखमा आउनुपर्नेमा अझैसम्म नआएपछि मन्त्रालयले ताकेता गर्नुपरेको हाे र, यी कार्यालयहरुको चल अचल सम्पत्तिको अवस्था के कस्तो छ भन्ने अभिलेख पनि तत्काल जिल्ला समन्वयन समितिको कार्यालय र स्थानीय विकास मन्त्रालयमा पठाउन सर्कुलरमा भनिएको छ । आर्थिक कार्यविधि ऐन अनुसार सरकारी सम्पत्ति तोकिएको अवधिभित्र बुझ बुझारथ गरिसक्नुपर्ने, त्यसो नभई म्याद नतोकिएकोमा २१ दिनभित्र बुझाइसक्नुपर्ने स्थानीय विकास मन्त्रालयका लेखा उपसचिव ढुण्डीप्रसाद निरौलाद्वारा हस्ताक्षरित निर्देशनमा उल्लेख गरिएको छ । मन्त्रालयको निर्देशनमा अगाडि भनिएको छ– ‘बुझबुझारथ गर्ने कर्तव्य भएका कर्मचारीले समयमा नै बुझबुझारथ गरी गराई बुझबुझारथ प्रमाणपत्र लिई दिई श्रेस्ता दुरुस्त राख्ने व्यवस्था मिलाउनुहुन एवं जिल्लामा महालेखा परीक्षकको कार्यालयबाट खटिई गएका डोरसमक्ष श्रेस्ता कागज पेश गरी अन्तिम लेखा परीक्षण समेत गराउनु हुन अनुरोध छ ।’

ट्विंकल खन्नाले आफ्नो वैवाहिक सम्बन्ध सफल हुनुको केही रहस्य खोलिन्

मुम्बई । बलिउड क्षेत्रका चर्चित अभिनेत्री ट्विंकल खन्नाले आफू र अाफ्नो श्रीमान अक्षय कुमारसँगको वैवाहिक सम्बन्ध सक्सेस हुनुका केही रहस्यहरुको खुलासा गरेकी छिन् । हालैमात्र एक अन्तर्वाताको क्रममा उनले भनिन् कि कहिलेकाहीं श्रीमान र श्रीमातीबीचका केही विचारहरु मिलिरहेका हुँदैनन् । विवाहपछि सुरुवाती वर्षमा उनले एकअर्कासँग परिवर्तन गर्ने कोसिस गरेकी थिइन् । पछि उनले यो स्वभाव छोडे । एकअर्कासँग केही कुराहरु सिक्न सुरु गरे । ट्विंकल खन्नाका अनुसार, वैवाहित जीवन तब असफल हुन जान्छ जब श्रीमान् श्रीमतीले एकअर्कालाई आफूजस्तो बनाउने कोसिस गर्दछन् । बताएअनुसार १७ जनवरी २००१ मा वैवाहिक बन्धनमा बाँधेका अक्षय र ट्विंकल १७ वर्षदेखि एकअर्काको साथ निभाइरहेका छन् । ट्विंकल आफ्नो अभिनय करियर, बतौर प्रोड्युसर, होममेकर र ब्लांगर आफ्नो बारेमा बताइरहेकी छिन् । यसैक्रममा उनले बताइन् कि उनी र अक्षयजस्तै उनीहरुको एक छोरा आरबका सेन्स ह्युमर पनि गजब रहेको छ । उनले आफ्नो त्यो बेलाको बारेमा केही कुरा बताइन् । जतिबेला छोरा आरबले पटकपटक फिल्म देख्ने गर्दथ्यो । ट्विंकलका अनुसार आरब पटकपटक फिल्म ‘जान’ की त्यो सिन हेर्ने गर्दथ्यो, जुन सिनमा उनले पटक पटक एक व्यक्तिको छातीमा पटक पटक किस गरिरहेको हुन्थ्यो । यतिमात्र होइन, ट्विंकलको आमाले एकपटक जन्मदिनमा आरबलाई यस भिडियो कोलाज बनाएर पनि दिएका थिए । ट्विंकलले अन्तर्वार्ताको क्रममा यो कुराको बारेमा भने, उनी कहिले चाहँदिन थिइन् कि उनको बच्चा कहिले फिल्म नहेरुन् । एजेन्सीको सहयोगबाट

पत्रकारले आफ्नै विवाह टिभीमा लाइभ गरेपछि..

काठमाडौं, माघ २३ । ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ।’ सन् २०१० मा आमिर खानले निर्माण गरेको पिपली लाइब सम्झनुहुन्छ ? टेलिभिजन च्यानलहरुको खबर ब्रेक गर्ने शैलीमाथि सो फिल्मले कटाक्ष गरेका थियो। पाकिस्तानमा आइतबार राति एक पत्रकारले गरेको आफ्नै विवाहको प्रत्यक्ष प्रसारणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा धेरैले त्यो फिल्मलाई सम्झिएका छन्। पाकिस्तानको फैसलवादको सी ४१ च्यानलका संवाददाता हनन बुखारीले आफ्नै विवाहको टेलिभिजनमा लाइभ कभरेज गरेका हुन्। यो च्यानल पहिलादेखि नै सहरमा हुने विवाहका कार्यक्रम कभर गर्छ। विवाहका लागि उनी स्पोर्टस कार तथा बाइकमा जन्ती लिएर बेहुलीको घर पुगेका थिए। विवाह मण्डपमा बुम माइक लिएर हननले कमेन्ट्री दिँदै भन्छन्, ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो म र मेरो परिवारका लागि निकै खुशीको मौका हो। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ।’ यसपछि क्यामेरा आफ्ना पितातर्फ देखाउँदै उनी सोध्छन्, ‘आज तपाइँका पुत्रको विवाह भइरहेको छ। तपाइँलाई कस्तो लागिरहेको छ ?’ संवाददाताले त्यसपछि क्यामेरा दर्शकतर्फ देखाउँछन्। ‘मैले यति धेरै खर्च गरेँ। स्पोर्टस कार तथा बाइक लिएर आएँ। सारा सहर मलाई हेरिरहेको छ। तर मेरी बेहुली किन मतिर हेरिरहेकी छैनन् ?’, उनी प्रश्न गर्छन्। ‘म सधैँ केही न केही नयाँ गरौं भनेर सोचिरहन्छु। त्यही बेला मेरो आफ्नै विवाहको कभर गर्ने आइडिया फुर्याे’, प्रतिक्रिया दिँदै बुखारीले भनेका छन्। सबैले आफ्नो शैलीलाई मन पराएको उनले बताए। ‘हामीले यो सबै रमाइलो पारामा गर्यौं। म काम गर्ने च्यानलले यसलाई लाइभ गर्यो। त्यसपछि बाँकी न्युज च्यानलले पनि यसलाई देखाए। जब हामी गम्भीर खबर बनाउँछौं कसैले त्यसलाई देखाउँदैन। तर यस्तो हाँस्यस्पद चिज तत्कालै लोकप्रिय हुन्छ’, उनले भने। टिभीमा प्रत्यक्ष लाइभ गर्न पहिला उनकी बेहुलीले अस्वीकार गरेको र पछि सहमत भएको उनले सुनाए। हनन बुखारीको विवाहको लाइभ कभरेजको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ। लाखभन्दा बढी सेयर भइसकेको यो भिडियोमाथि विभिन्न खाले प्रतिक्रिया आएका छन्। कतिपयले विवाहको गरिमा खबर कभर गर्ने पत्रकारभन्दा उच्च रहेको भन्दै आफ्नै विवाहको लाइभ कभर गर्नु बेकुबी भएको बताएका छन्। कतिपयले पत्रकारिताको स्थितिलाई लिएर चिन्ता जनाएका छन्। केहीले भने स्थानीय च्यानल भएकोले विवाहको कभर गर्नु ठिकै भएको भन्दै बुखारीको समर्थन गरेका छन्। भिडियाे 

‘पद्मावत’ले कमायो २०० करोड, बन्यो चार जनाको क्यारियरकै उत्कृष्ट फिल्म

काठमाडौँ- बलिउडको विवादित चलचित्र ‘पद्मावत’ले घरेलु बक्स अफिसमा कमाइले दुई सय करोड भारतीय रुपैयाँ नाघेको छ । दोस्रो सप्ताहान्तमा ४६ करोड भारतीय रुपैयाँ कमाएको यस फिल्मको आइतबारसम्मको कमाइ दुई सय १२ करोड ५० लाख रहेको छ । बलिउड ट्रेड एनालिस्ट कोमल नाहटाले सोमबार ट्विट गर्दै फिल्मले दोस्रो आइतबार २० करोडको कमाई गरेर दुई सय करोड क्लबमा प्रवेश गरेको जानकारी दिए । भारी विरोध र होहल्लाबीच गत २५ जनवरीमा रिलिज भएको यस फिल्मले सुरुको दिन जम्मा १९ करोड भारतीय रुपैयाँ कमाएको थियो भने चौथो दिन सय करोडको आँकडा पार गरेको थियो र पहिलो हप्ता एक सय ९२ करोड पचास लाख भारुको कारोबार गरेको थियो । यसका साथै फिल्मले संसारभरीबाट तीन सय करोड भारुभन्दा बढी कमाइसकेको छ । ‘पद्मावत’ निर्देशक संजय लीला भंसाली र यसका मुख्य कलाकार दीपिका पादुकोण, रणवीर सिंह र शहिद कपुर चारै जनाको क्यारियरको सर्वाधिक कमाइ गर्ने चलचित्र भएको छ । संजय लीला भंसालीद्वारा निर्देशित यो फिल्म सुरुदेखि नै विवादमा थियो । अहिले पनि भारतका चार राज्यहरूमा फिल्म प्रतिबंधित रहेको छ । कवि मालिक मोहम्मद जायसी रचित महाकाव्य ‘पद्मावत’मा आधारित यस चलचित्रमा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा अलाउद्दीन खिल्जीको भूमिका निर्वाह गरेका रणवीर सिहंको अभिनयको अचेल बलिउडमा विशेष चर्चा रहेको छ । जम्मा दुई सय १५ करोडको लागतमा निर्मित यो फिल्म हिन्दी भाषामा बनेको सबैभन्दा महँगो फिल्म मानिएको छ ।

को बन्लान् प्रदेश ७ को सभामुख ?

धनगढी । प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ । प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ । यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिक प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले राससलाई जानकारी दिनुभयो । सभामुखका लागि नेकपा (एमाले)की समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ । वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)को भागमा र सभामुख एमालेको भागमा परेको जनाइएको छ । डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ । त्रिपन्न सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।

अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

सल्यान । कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्त केन्द्रले जनाएको छ । ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्न हुँदा सुरक्षित भण्डारणका लागि यस्तो भकारीमा भण्डार गर्न कृषकलाई सिफारिस गरेको राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्रका बाली वैज्ञानिक प्रमोद वाग्लेले जानकारी दिनुभयो । “हामीले भकारी भण्डारण प्रविधिको विकास गरेर कृषि विकास मन्त्रालय र किसानलगायतलाई जानकारी गराएका छौँ र यो प्रविधि किसानका लागि पनि प्रभावकारी भएको छ। यस प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारणभन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन वैज्ञानिक वाग्लेले भन्नुभयो, “यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इँटा प्रयोग गर्नुपर्छ, इँटा सुकिसकेपछि क्रमशः माटोले जोडी आवश्यकताअनुसारको भकारीको आकार निर्माण गर्नुपर्छ । सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारीमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने केन्द्रका प्राविधिक खेमराज शर्माले जानकारी दिनुभयो । भकारी निर्माण भइसकेपछि बालुवा १० सेन्टिमिटर र अदुवा २५ सेन्टिमिटरले क्रमशः राखी त्यसमाथि १० सेन्टिमिटर बालुवा राखी प्लास्टिकले छोप्नुपर्ने रेग्मीको भनाइ छ । यस प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उहाँको भनाइ छ । बीउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बीउको गुणस्तर घट्न गई दरिलो र पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानिकको भनाइ छ । समुद्री सतहदेखि एक हजार ४८० मिटर अग्लो स्थानमा रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले सञ्चालन गरेको परीक्षणको नतीजाअनुसार कोठाभित्र भकारीमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो ।

बालिकाको मुखमा ३०० ग्रामको ट्यूमर, ७ घण्टा लगाएर शल्यक्रिया

मुम्बइ, माघ ३ । भारतको मुम्बैस्थित बम्बइ अस्पतालमा न्यूरो सर्जन सहितको पाँच जना चिकित्सकको टोलीले ७ घण्टा लगाएर बालिकाको मुखमा भएको ट्यूमरको शल्यक्रिया गरेका छन् । भारतको सिंगरौलीकी १५ वर्षीया बालिकको मुखमा भएको ट्यूमर ३०० ग्रामको रहेको थियो ।  मुखमा ट्यूमर भएपछि परिवारले छोडेका थिए । मन्दिरमा गएर दिन बिताउने ति बालिका बाल सखा आश्रममा बस्दै आएकी थिइन् । शल्यक्रिया सकेको केही घण्टापछि होस आएकी बालिका रुन थालेकी थिइन् । “अब तिमी असाध्यै सुन्दर देखिएकी छौं” अस्पतालमै रहेकी आश्रमकी काउन्सलर बबीता खरारेले भनिन् । उनले यस्तो भन्दा बालिका शान्त रहेकी थिइन् । उनको अनुहारमा पट्टी बाँधिएको छ । पट्टीको छेउबाट एक आँखाले सबैलाई हेरेर बालिका हास्न थालिन् । उनलाई हाँसेको देखेपछि चिकित्सक, अस्पताल कर्मचारी र आश्रमका व्यक्तिले खुशी साँटे । बम्बइ अस्पतालका न्यूरोसर्जन डा.राघवन अयंगर र डा.प्रशान्त निवारकर, प्लास्टिक सर्जरी विशेषज्ञ डा.योेगेश तंदवाडे, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अनिल ग्वालियरकर सहितको टोलीले माघ २ गते बिहान १० देखि साँझ ५ बजेसम्म शल्यक्रिया गरेका थिए ।  

मन्त्रिपरिषद् बैठक स्थगित, दिउँसो ३ बजे फेरि बस्ने

काठमाडौ‌, माघ ३ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन । बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली काँग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नुभएको थियो ।

सरकारमा नरहेको जानकारी, पत्रसहित

काठमाडौं, पुस २८ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जनाएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाले एक पत्र लेख्दै यस्तो जानकारी दिएका हुन । हेर्नुहोस अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई पठाएको पत्र :

रक्सीका कारण मर्ने र कुटिने घटना बढे रोल्पामा

उमा केसी/रासस रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ । कर्तव्य ज्यानदेखि जबर्जस्ती करणीसम्मका घटनाको कारकसमेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताउनुभयो । प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन सकेन केसीले भन्नुभयो । परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ । आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्न परेको केसीले दुखेसो पोख्नुभयो । जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताउनुभयो । मादक पदार्थ सेवनको मात्रा जिल्लामा अत्यधिक मात्रामा बढिरहेको देखिएकाले यसको न्यूनीकरणका लागि सडक नाटकलगायतका चेतनामूलक कार्यक्रम चलाएका छौँ, रोकाले भन्नुभयो । प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ । अभियान आक्रामक नहुँदासम्म उपलब्धि हासिल गर्न नसकिने उहाँको सुझाव छ । जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्ने तथा घरेलु मादक पदार्थ उत्पादन गर्ने सबैलाई हदैसम्मको कारबाही नहँुदासम्म यसको न्यूनीकरण हुन नसक्ने आचार्यको भनाइ छ । आमा समूहहरुले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको मादक पदार्थविरुद्धको अभियानलाई सहयोग गर्नुपर्ने आचार्यको भनाइ छ । अन्य सामाजिक अभियानजस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानलाई समेत राज्यले प्राथमिकता दिनुपर्ने आचार्यले सुझाव दिनुभयो । मादक पदार्थ सेवनलाई लागुऔषधको रुपमा लिइएकाले यसको न्यूनीकरणका विभिन्न उपाय चालिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण जिल्ला कार्यकारी सञ्जालमार्फत यसको न्यूनीकरणको कार्ययोजना तयार गरी काम थालनी गर्न लागिएको फुयाँलले बताउनुभयो । जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने उहाँको भनाइ छ । जिल्लामा मादक पदार्थ सेवन संस्कारकै अभिन्न अंग रहेको फुयाँलले बताउनुभयो । सामुदायिक प्रहरी सेवा समितिमार्फत अभियानलाई सशक्त बनाउने पनि फुयाँलले जानकारी दिनुभयो ।

माअाेवादीसंगकाे एकता फागुनसम्म लम्बिन्छ, पार्टीमा ६०/४० हुँदैन : प्रदिप ज्ञवाली

काठमाडौं, पुस २४ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पार्टी एकतामा भागबण्डा नहुने बताएका छन् । चुनाव एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले ४० प्रतिशत उम्मेदवार भागबण्डा भएका गरिएको थियो । त्यहीअनुसार पार्टी एकतामा पनि हुने चर्चा चलिरहेको बेला सचिव ज्ञवालीले त्यो सम्भव नभएको बताए । “एकता दुबै पार्टीलाई सम्मानजनक अवस्था हुनेगरी हुन्छ तर चुनावमा जस्तो ६० र ४० को भागबण्डा हुँदैन” ज्ञवालीले एक अन्तरवार्तामा भने । उनले नेताहरुको क्षमताअनुसार जिम्मवारी पाउने बताए । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार साँझ भएको भेटवार्तापछि पार्टी एकता चाँडै हुने भनिएपनि सचिव ज्ञवालीले भने फागुन जाने बाताए । केही वैचारिक र सांगठानिक कामहरु गनुपर्ने भएका कारण एकता फागुनसम्म जाने सचिव ज्ञवालीको तर्क छ । माओवादी केन्द्रले पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढाउनु पर्ने बताउँदै आएपनि अध्यक्ष ओली निकट ज्ञवालीले सरकार गठन पहिले हुने समेत बताए । उनले नेताहरुको व्यवस्थापनको लागि पार्टी एकता नभएको दाबी समेत गरे । ज्ञवालीले अाज दिउँसो दुबै पार्टीको अान्तरिक बैठक बस्ने समेत जानकारी दिए ।

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बर्दिया, पुस १९ । बाघको आक्रमणबाट बुधबार दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् । दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा ठूलो घाउ लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

इण्डो–नेपाल महोत्सव देहरादुनमा

काठमाडौं, पुस १२ । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको छ । नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराए । उनले महोत्सवबाट व्यापार घाटा कम गर्न र नेपाली उत्पादनको भारतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए । उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताइन । “नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ,” उनले भनिन् । संघको आयोजनामा यसअघि २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना गरिएको थियो ।

जानिराखौं महले बढाउँछ यौन क्षमता

महमा जुनसुकै औषधिसँंग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमतामा बढाउने यो अचुक उपाय नै हो । मह सेवन गर्दा घटेको यौन क्षमता पुन जाग्रित भएर आउँछ । यौन क्षमतालाई बचार्इ राख्न पनि मह खानुपर्छ । यसका अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस वा खोकी कब्जियत जस्ता रोग निको पार्न पनि यो उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभावकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पदतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावट युक्त हुनुहुँदैन । माहुरीले बनाएको शुद मह हुनुपर्छ । गाउँंघरमा पाइने विका मिसावटको शुद महले औषधिको काम गर्छ । महले थकान मन गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुदैन। दैनिक एकदेखि दुई चम्चा मह मनातातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ । एजेन्सीको सहयोगमा