१८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार ! जो झिनो मतान्तरले हारे

काठमाडौं,  असार २१ । स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ ।

दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ ।

झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी भए । अहिलेसम्म गाउँ/नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो । कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी भएकी हुन् ।

अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । २० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ ।

त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ । कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ ।

त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

वीरेन्द्रको जग्गा मासिक एक रुपियाँ भाडामा !

काठमाडौं, जेठ २१ ।पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन ।  भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको गोरखापत्रमा खबर छ । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०५६ सालमा काठमाडौँको गोकर्णस्थित पूर्वराजा वीेरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर्षका लागि भाडामा लिएको थियो ।  त्यसमध्ये स्कुलले १२ रोपनी मात्र जग्गा उपभोग गर्दै आएको छ ।  सो जग्गाको भाडाबापत मासिक एक रुपियाँ बुझाउनुपर्ने सम्झौता तत्कालीन राजदरबारसँग गरिएको थियो ।  राजसंस्था रहुन्जेल सो रकम दरबारको ढुकुटी विभागमा बुझाइन्थ्यो । स्कुलका प्रिन्सिपल निराजन सेढाईंले मुलुकमा गणतन्त्र स्थापनापछि भाडा बापतको रकम बुझाउन प्रधानमन्त्रीको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीहरूले यसबारे आफूहरूलाई थाहा नभएको बताएपछि रकम बुझाउन नसकिएको बताए ।  त्यसबेला नेपाल ट्रस्टको कार्यालय स्थापना भइसकेको थिएन । कार्यालयका सहसचिव कार्कीले विगतमा सो जग्गा स्वतः सरकारको नाममा आउनुपर्नेमा थाहा नपाएकाले नामसारी हुन नसकेको र सो जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन प्रक्रिया थालिएको जानकारी दिँदै भने, “स्वामित्वमा आइसकेपछि कार्यालयले २०६५ सालयता जग्गाको नयाँ भाडा दर कायम गर्नेछ ।  स्कुलले नचर्चिएको जग्गामा तारबार गरेर संरक्षण गर्ने योजना बनाएका छौँ । ” सो जग्गा प्रयोग गर्दै आएको स्कुलले अस्ट्रेलियाली सहयोगमा २७१ विद्यार्थीलाई निःशुल्क अध्ययनका साथै ५२ जनालाई निःशुल्क आवासीय सुविधा पनि उपलब्ध गराएको छ । ट्रस्टले काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, सुर्खेत, चितवन, कास्की र धादिङ गरी नौ जिल्लामा पूर्व राजा तथा राजपरिवारका नाममा रहेको २३ हजार रोपनी जग्गा आफ्नो नाममा ल्याइसकेको छ ।  “कपिलवस्तुमा पनि पूर्व राजपरिवारका नाममा जग्गा छ भन्ने सूचनाका आधारमा जग्गा खोजी कार्यलाई सघन रूपमा जारी राखिएको छ”, उनले भने । हालसम्म हिमा गृह, दियालो बङ्गला, श्रीनिवास बङ्गला, राज निकुञ्ज, सम्झना सदन, काठमाडौँ प्लाजा, रत्नमन्दिर, पूर्णिमा बङ्गला, गुँरास बङ्गला, हिमशेल बङ्गला लगायत भवन फेला पारिसकिएको छ । त्यस्तै नबिल बैङ्क, अन्नपूर्ण होटेल, नेपाल इन्डष्ट्रियल एन्ड डेभलपमेन्ट बैङ्कको गरी एक लाख ६६ हजार ५८२ कित्ता सेयर तथा ४५ हजार ४५ पाउन्ड स्टर्लिङ र एक लाख ३८ हजार ६२६ अमेरिकी डलर फेला पारी बैङ्कमा राखिएको छ । सो कार्यालयले पूर्व राजपरिवारका घरजग्गा भाडामा दिए बापत वार्षिक सात करोड १० लाख रुपियाँ आर्जन गर्ने गरे पनि त्यसलाई कहीँकतै उपयोग गर्ने गरेको छैन ।  त्यसरी जम्मा हुने रकमलाई विपन्न परिवार र पिछडिएको परिवारको शैक्षिक र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने, विद्यालय, महाविद्यालय लगायत शैक्षिक संस्थाहरू स्थापना तथा सञ्चालन गर्ने, अस्पताल स्थापना गर्न सहयोग गर्ने लगायत उद्देश्य राखी सो कार्यालय स्थापना गरिएको थियो । कार्यालयका सहसचिव कार्कीले गृहमन्त्रीको अध्यक्षतामा रहने सञ्चालक समितिमा गरिबी निवारण कोष, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालयका सचिवहरू रहने व्यवस्था भएको बताउँदै भन्नुभयो, “जम्मा भएको रकम उद्देश्यअनुरूपका कार्यमा खर्च गर्न सञ्चालक समितिले निर्णय गर्नुपर्छ ।  सञ्चालक समितिले निर्णय नगरेकाले आम्दानी सञ्चित मात्र भइरहेको छ ।  खर्च हुन सकेको छैन । ”

वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्र

हेटौँडा, जेठ २ । मकवानपुरको बाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी हुनुभयोभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बाबुलाल गोलेले २५५ मत प्राप्त गर्नुभएको छ । यस वडाबाट अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) ले ३१२, नेकपा (एमाले) ले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा (एमाले) ले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ ।

सल्यान अपडेटः माओवादीको बहुमत, एमाले तेश्रो हुने संकेत

सल्यान, जेठ २ । सल्यानमा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार, माओवादी केन्द्रले जिल्लाका तीनवटा नगरपालिका र ७ वटा गाउँपालिकामध्ये बहुमत निकायमा अग्रता लिएको हो । हालसम्मको मत परिणाम अनुसार, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, वागचौर गाउँपालिका, वनगाड कुपिन्डे गाउँपालिका, ढोरचौर गाउपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा माओवादी केन्द्र प्रतिष्पर्धि नेकपा एमाले भन्दा निकै अगाडि छ । नेपाली काँग्रेसले त्रिवेणी, शारदा नगरपालिकामा अग्रता लिएको छ ।  कुमाखमालिका गाउपालिकामा वडा नम्वर १ मा मतदान भैरहेको छ । केही दिन पहिले नेपाली काँग्र्ेसका वडा सदस्यका उम्मेदवारको निधन भए पश्चात आज निर्वाचन हुन लागेको हो । सल्यानमा नेपाली कांग्रेस र एमालेबीच तालमेल भएको थियाे । नेपाली कांग्रेसले दुई र एमालेले भने जिल्लाको एक गाउँपालिकामा  जित्ने सम्भावना रहेको छ । यस्तो छ पछिल्लो मत परिणाम १ शारदा नगरपालिका नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ९२७ उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२ नेकपा एमाले, प्रमुख ः राम कुमार खड्की ८४० उपप्रमुख ः सरिता हमाल मल्ल ११२० नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रमोद कुमार श्रेष्ठ ५६१ उपाध्यक्ष ः झरणा वुढाथोकी ४०३ राप्रपा, अध्यक्ष ः मनोज कुमार प्रधान ९०३ २ वागचौर नगरपालिका नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १५५० उपप्रमुख –मेनका चन्द १२२२ नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी १३३८ उपप्रमुख ः ओका कुमारि खत्री ९६४ नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी १९९१ उपाध्यक्ष ः कल्पना पुन १४३४ ३ वनगाड कुपिन्डे नगरपालिका नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ८७८ नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन ९५६ उप प्रमुख ः तालमेल नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी ९२९ उपाध्यक्ष ः मञ्जु यरी ८४२ ४ ढोरचौर गाउपालिका नेपाली काँग्रेस अध्यक्ष ः नरबिर चलाउने १०१० उपाध्यक्ष ः बिमला रेउले ९९१ नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष ः पुष्पा वोहोरा १५४० नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने ११९९ उपाध्यक्ष ः भूमि वुढाथोकी १२५७ ५) दार्मा गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के.सी.१४४३ उपाध्यक्ष ः तालमेल नेकपा एमाले, अध्यक्ष ः तालमेल उपाध्यक्ष ः दल बहादुर केसी १३३२ नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी २७५० उपाध्यक्ष ः टिका शर्मा वली २७४५ ६) त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १८२४उपाध्यक्ष ः करुणा खड्का १४७८ नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का १२२४ उपाध्यक्ष ः पवित्रा केसी १२०२ नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ६०५ उपाध्यक्ष ः लिलावती वुढा ६८७ राप्रपा अध्यक्ष ः मंगलु पुन८४ ७) कपुरकोट गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी ५६६ उपाध्यक्ष ः ओकी महतरा ६०८ नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन १२७९ उपाध्यक्ष ः तिला बुढा मगर १२२० नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ८२२ उपाध्यक्ष ः एलिना राना ८३७ ८) कालिमाटी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ८२३ उपाध्यक्ष ः कमला अधिकारी ६५७ नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी ७०८ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी ७९५ नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १०१८ उपाअध्यक्ष ः प्रिती डिसी विसि १०६७ ९) छत्रेश्वरी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी. १११०उपाध्यक्ष ः सिता के.सी. ९३३ नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी १०६१उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी ६७१ नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ११४३उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति ९२८

सिन्धुपाल्चोक मत परिणाम- चौतारामा माओवादी, मेलम्चीमा एमाले अगाडि

सिन्धुपाल्चोक, १ जेठ । सिन्धुपाल्चोकको तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना भइरहेको छ । चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका र बलेफी र इन्द्रावती गाउँपालिकाको मतगणना भइरहेको हो । विहानदेखि भएको मतगणनाको पछिल्लो विवरण यस प्रकार छ : चौतारा साँगाचोकगढी नगरपालिका कांग्रेस मेयर– ११ एमाले मेयर– ६८ माओवादी केन्द्र मेयर– १०७ मेलम्ची नगरपालिका कांग्रेस मेयर– ९७ उपमेयर–९९ एमाले मेयर–२६९ उपमेयर–२७७ माओवादी मेयर–१७६ उपमेयर–१४४ बाह्रबिसे नगरपालिका कांग्रेस मेयर– १८५ उपमेयर–१८८ एमाले मेयर–९३ उपमेयर– ८८ माओवादी मेयर– ७ राप्रपा उपमेयर– ३ बलेफी गाउँपालिका कांग्रेस प्रमुख– ११२ उपप्रमुख– १०३ एमाले प्रमुख– १३५ उपप्रमुख– १६० माओवादी प्रमुख– १३१ उपप्रमुख– ११८

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु

पोखरा, जेठ १ । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ । महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिनुभयो । सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उहाँले क्रमशः अन्य वडाको मतगणना गरिने बताउनुभयो । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए । मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गरिने निर्वाचन आयोगको निर्णय

काठमाडौं, बैशाख २५ । बैशाख ३१ मा हुने पहिलो चरणको चुनावलगत्तै मत गणना गरिने निर्वाचन आयोजना जनाएको छ । पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावमा असर गर्नसक्ने भन्दै पहिलो चरणको मत गणना दोस्रो चरणको चुनावपछि मात्रै गर्ने भन्ने दलहरुबीच नै आवाज उठीरहेका बेला निर्वाचन आयोगले भने पहिलो चरणको निर्वाचनलगत्तै मत गणना गर्ने निर्णय गरेको हो । पहिलो चरणको मतलाई सुरक्षाका दृष्टिले पनि लामो समयसम्म राख्न नसकिने कारण देखाउँदै निर्वाचन आयोगले बैशाख ३१ को निर्वाचतलगत्तै मत गणना गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । यसअघि आइतबार बालुवाटरमा भएको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको वैठकबाट पनि पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गर्नुपर्ने सहमति भएको थियो ।

उपत्यकाको निर्वाचन सुरक्षा योजना,सीसीटिभीबाट निगरानी

काठमाडौं, वैशाख २४  । प्रहरीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले उपत्यकाका दुई महानगरपालिकासहित सबै नगरपालिका र गाउँपालिकाको सुरक्षा व्यवस्था कडा पारेको राजधानीमा खबर छ । निर्वाचनलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यका भित्रिने सबै नाकामा प्रहरी संख्या बढाएको छ भने सुरक्षा जाँचलाई पनि कडा बनाउँदै लगेको छ । सादा पोसाकमा पनि ठुलै संख्यामा प्रहरी परिचालन गरिएको छ । उपत्यका भित्रिने प्रमुख नाका थानकोट, फर्पिङ, चापागाउँ, भक्तपुरको जगाती, बालाजु, साँखु बुढानीलकण्ठ र ललितपुरको भट्टेडाँडामा प्रहरीले पैदल र सवारीसाधनमाथि निगरानीसमेत बढाएको छ । यसका लागि सीसीटिभीबाट निगरानी गर्न थालिएको छ । भित्री तथा गल्ली सडकमा पनि चेकजाँचलाई कडा बनाइएको छ । निर्वाचनमा शान्ति सुरक्षा बिग्रन नदिन उपत्यकाका तीनओटै महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा तथा मातहत निकायका सबै युनिटलाई चुस्त बनाइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । आयुक्त कार्यालयले सीआरभी भ्यान तथा क्युराटीमार्फत प्रहरी जुनसुकै बेला पनि तैनाथ भइरहेको जनाएको छ । आयुक्त कार्यालयको एउटा कार्यकक्षबाट यी सबै गतिविधिको अनुगमनसमेत सुरु गरिएको छ । ‘३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन सक्ने गतिविधिप्रति विशेष निगरानी गरिएको छ,’ आयुक्त कार्यालयका कार्यवाहक प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीले भने । उनले काठमाडौंबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिएको पनि बताए । डीआईजी भण्डारीले कानुनविपरीत क्रियाकलाप गर्ने जोकसैलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई निर्देशन दिइसकेको पनि बताए । केही दिनअघि मात्र आईजीपी प्रकाश अर्यालले निर्वाचनमा सुरक्षाको कुनै कसुर नराखिने बताउँदै सुरक्षा थ्रेट भएका तŒवहरूको निगरानी गरी कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरीलाई निर्देशन दिएका थिए । गृह मन्त्रालयले सबैभन्दा बढी सुरक्षा थ्रेटका रूपमा विप्लव माओवादीलाई राखेको छ । त्यसैगरी सिके राउत तथा अन्य भूमिगत समूहले पनि राजधानी काठमाडौंलगायत अन्य स्थानमा चुनाव बिथोल्न सक्ने अवस्थाप्रति प्रहरी सचेत रहेको जनाएको छ । निर्वाचन दुई चरणमा हुने भएकाले सुरक्षा व्यवस्था गर्न यसपटक अलि सहज भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उपत्यकामा पनि ट्राफिक प्रहरीका अधिकृतहरूलाई प्रशासनमा खटाइएको छ भने प्रशासनमा रहेका प्रहरीलाई डिउटीमा खटाइएको छ । निर्वाचन अवधिभर काठमाडौं उपत्यकामा ट्राफिक जाम कम हुने भएकाले उनीहरूलाई प्रशासनमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने पक्राउ

काठमाडौं, वैशाख १७ । बैंकमा रकम जमा गर्न पठाएको व्यक्तिले नै पैसा बोकेर कुलेलम ठोकेपछि के होला ? यस्तै घटना भएको छ काठमाडौंमा । बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९, पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार वैशाख ६ गते काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेन्ट बैंकमा ५ लाख रुपैयाँ जम्मा गर्नका लागि बा.२८.प ९६०७ नम्बरको स्कुटरसहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए । पौडेललाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–९ बालाजुस्थित उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ र मोबाइल १ थानसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा मैले श्रीमती नबेचेको भए हुन्थ्योः मार्मिक भिडियो

काठमाडौं, वैशाख २ । अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने ? भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो । नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरै नै दौरा रासुरुवाल च्यातेको थिएँ ।

नारायणघाट–मुग्लिन सडकमा पहिरो,सवारी आवगमन पुनःअवरुद्ध

चितवन, वैशाख २ । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज राती पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक युगेन्द्रबहादुर हमालका अनुसार राती ८ बजेतिर पहिरो खसेको हो । पहिरो खसिरहेकाले पन्छाउने कार्य अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो । सो ठाउँमा आज बिहान ९ः१५ बजे पहिरो खासेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएर १२ः३० बजे दुईतर्फी सञ्चालनमा आएको थियो । साँझ ५ बजेतिर पनि पहिरो खसेपछि पन्छाएर सडक खुलाइएको थियो पुनःराति ८ बजेतिर सडक अवरुद्ध भएको हमालले बताउनुभयो । पहिरो खसेको ठाउँ नारायण–मुग्लिनबाट चार किलोमिटर नारायणघाटतर्फ पर्दछ । सो सडक स्तरोन्नतिका क्रममा विस्तारका लागि भित्तो काटिएपछि विगत केही दिनयता सो ठाउँमा पटक–पटक पहिरो खसिरहेको छ । यसैबीच सडक अवरुद्ध भएपछि गाडीबाट झरेका एक यात्रु सडक छेउबाट त्रिशूली नदी किनारमा खसेका छन् । प्रहरी निरीक्षक हमालका अनुसार साँझ सडक अवरुद्ध भएपछि सडक छेउमा पैदल हिँडिरहेका ती यात्रु नदीको किनारमा खसेका हुन् । अन्दाजी ३०÷३५ वर्षका ती व्यक्ति पुरुष भएको उहाँले बताउनुभयो । उनको उद्धारको प्रयास भइरहेको छ । सडकबाट भिरालो ठाउँमा खसेकाले उद्धार गर्न कठिन भइरहेको उहाँले बताउनुभयो । खसेका व्यक्ति सकुसल रहेका छन् । पहिरो खसेको ठाउँबाट ती व्यक्ति तल खसेका हुन् । रासस

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट: नेपाललाई तेस्रो झड्का, ज्ञानेन्द्र आउट

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको हङकङ विरुद्धको खेलमा नेपालको तीन विकेट पतन भएको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको चुनौति पछ्याएको नेपालले तीन विकेट गुमाएर ११७ रन बनाएको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले ७० रनको महत्वपूर्ण योगदान दिएका थिए । नेपालका दीलिप नाथ व्यक्तिगत १२ रन बनाइ आउट भएका हुन् । ले कप्तानी पारी खेलिरहेका छन् । उनी व्यक्तिगत ५५ रन बनाई क्रिजमा छन् । त्यसअघि नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

व्यापारीको पैसा लुटेको आरोपमा प्रहरी हवल्दार पक्राउ

महेन्द्रनगर (धनुषा),  चैत्र १६। धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए । लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरेपछि प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हवल्दार पासवानको डेराबाट खानतलासी गरी सो रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । हवल्दार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी अनुसन्धान गरिरहेको बताइएको छ ।

ओहो ! कति छिटो काटेको

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–१० का किसान अत्याधुनिक रिवाइन्डर मेसिनद्वारा गहुँ काट्दै । इटलीबाट भित्र्याइएको यस मेसिनले मुठासमेत बाध्ने काम गर्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

भक्तपुरमा मेयरका लागि उम्मेदवारको लर्को, प्रत्याशीहरुबाट भोट माग्न सुरु

भक्तपुर, १३ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो । भक्तपुरका चारवटा नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा धेरै नेपाली काँग्रेसमा छ । मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ । काँग्रेस जिल्ला सभापतिको प्रत्याशी उम्मेदवार समेत भइसकेका कवँे विगतमा काँग्रेस मध्यपुरथिमि नगर समिति सभापति भएर योगदान पु¥याएको व्यक्तिका रुपमा काँग्रेसभित्र चर्चा चलेको छ । यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य, केदार खड्का र गोकुल शर्माले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् । यता, नेकपा (एमाले)का भने युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गर्नुभएको छ । पार्टीले समेत श्रेष्ठलाई उम्मेदवारका लागि अगाडि सारेको छ । युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गर्नुभएको छ । सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, विष्णुराज कार्की, राजु खड्का, नारायणभक्त खाय्मली र सुशील बस्नेतले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गर्नुभएको छ । मेयरको टिकट पाउन यीमध्ये ढुङ्गेल, कार्की र खड्का सबभन्दा बढी दौडधूपमा लागेको बताइन्छ । काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको दाबी गर्ने ढुङ्गेल अरुले टिकट नपाउने बताउनुहुन्छ भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पु¥याएका र जनतासँग बढी भिजेकाले आफूले टिकट पाउने पक्का भएको खड्का गर्नुहुन्छ । एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, वासुदेव खड्का, राजकुमार जोशी र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखापर्नुभएको छ । यद्यपि, थापा र खड्कामध्ये एकजनाले टिकट पाउने एमाले स्रोतको दाबी छ । एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पु¥याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् । त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, सरु बानियाँ, जीवन खत्री, शिवहरि केसी र यादव अधिकारीले आफूलाई उम्मेदवार भएको दाबी गर्नुभएको छ । यसमध्ये भँडेल र बानियाँको चर्चामा छन् । भँडेलले भोट माग्न थालिसक्नुभएको छ । यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, हरिशरण लामिछाने, रमेश बुढाथोकी, दामोदर दङ्गाल र श्रीभक्त कासिछ्वाको नाम चर्चामा छ । राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, रामेश्वर थापा, लवकुमार कार्की र प्रवीण ढुङ्गेल, मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, रवीन्द्रप्रताप शाह र धनबहादुर लामा, भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिरहनु भएको छ । नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन् । पार्टीले यसबारे आन्तरिक तयारी सुरु गरेकाले एकैपटक नाम बाहिर आउने जनाएको छ । यता, माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् । रासस

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

काठमाडौं, फागुन  १० ।  संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्पmबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् । गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र चुनाव चिह्न पनि उही हुने बाध्यकारी व्यवस्था विधेयकमा रहेको एमाले सांसद रामेश्वर फुँयालले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।