आईएसद्वारा रेडक्रसका ६ कर्मचारीको हत्या

काबुल , माघ २७ ।  कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको  छ ।

आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए ।
६ जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।

आक्रमणमा मारिएका सबै अफगानिस्तानका नागरिक हुन् । घटनास्थल राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्दछ ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

भ्रष्टाचार हुने मुलुकको १३१ औँ सूचीमा नेपाल, दक्षिण एसियाको तेस्रो स्थानमा

काठमाडौँ, माघ १२। भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ भने दक्षिण एसियाको तेस्रो स्थानमा परेकाे छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिन्छ । सूचकाङ्कमा समावेश गरिएका १७६ देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ । सर्वेक्षणबाट भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रुपमा रहेको देखिएको संस्थाका अध्यक्ष श्रीहरि अर्यालले जानकारी दिए । प्रतिवेदनले भ्रष्टाचार र सामाजिक असमानता एक अर्काका परिपूरक हुन् र यसले राजनीतिप्रति निराशा पैदा गर्छ भनी उल्लेख गरेको छ । भुटान ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा, भारत ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा, मालदिभ्स र श्रीलङ्का ३६ अङ्क प्राप्त गरी ९५ औँ स्थानमा, पाकिस्तान ३२ अङ्कले ११६ औँ स्थानमा, नेपाल २९ औँ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४५ औँ स्थानमा र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १६९ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा रहेको छ । सो संस्थाले सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको र नेपाललाई २००४ देखि समावेश गरिएको हो । “प्रतिवेदनले नेपालको भ्रष्टाचार बारेको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिए पनि नेपालले पाएको अङ्कमा धेरै कम अङ्कको फेरबदलले अवस्थामा परिवर्तन भएको भन्न नमिल्ने देखिन्छ” अध्यक्ष अर्यालले भने । प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो । सरकारद्वारा सार्वजनिक क्षेत्र/पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, सरकारी प्रतिनिधिद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्थालगायत विषय समेटी प्रतिवेदन तयार पारिएको संस्थाका महासचिव पदमिनी प्रधानाङ्गले जानकारी दिए ।

सीमावारि सीमापारि लागूपदार्थ तस्करको बिगबिगी

काठमाडौं, माघ ११ ।  नेपालमा प्रतिबन्धित औषधि कोरेक्सको मूल्य सीमावर्ती भरातीय बजार लौकाहमा एक सय २० रुपैयाँ पर्छ । त्यही झोल औषधि लागूपदार्थको रुपमा दुरुपयोग हुन थालेपछि सीमावारि लहानमा ५ सय देखि ८ सयमा खरिद बिक्री हुने गरेको छ । कोरेक्स तस्करीमा संलग्न गिरोहले लहानका साथै पहाडी भूभाग गाइघाट, कटारीसम्मै पुर्याएर युवालाई दुव्र्यसनी बनाइरहेका छन् । पहाडी जिल्लाबाट गाँजा सिरहा र सप्तरीका नाका हुदै भारत तस्करी हुने र पारिबाट कोरेक्स लगायतका लागूपदार्थ भित्रिने क्रम बढेको प्रहरी स्रोत ताउँछ । सीममासँगै जोडीएको लहान सिरहामा पारिबाट कोरेक्स (झोल), नाइट्रोसन (चक्की) र सुईमार्फत लिइने लागूपदार्थ बाक्लै भित्रिने गरेको प्रहरी तथ्यांकले देखाउँछ । यो खबर आजको नागरिकमा छ ।

मिस्त्रीखोला जलविद्युत आयोजना

काठमाडौं, पुस २६ । म्याग्दीको नारच्याङ गाविसमा ४२ मेगावाट क्षमताको निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनाको टनेलमा काम गर्दै कामदार । तस्बिरः रासस

कलाकार अोम पुरीको निधन, बलिउड शोकमग्न

एजेन्सी । बलिउडका चर्चित कलाकार ओम पुरीको निधन भएको छ । ६६ वर्षीय पुरीको आज विहान ह्दयघातको कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको मृत्युको खबरले पुरै बलिउड शोकमा डुवेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउडका निर्देशक, कालकार र उनको फ्यान हरुले सामाजिक सञ्जाल ट्वीटरमा पुरीको निधनको शोक व्यक्त गरेका छन् । कलाकार अनुपम खेरले ट्वीट गर्दै अोम पुरीको निधनप्रति शोक व्यक्त गरेका छन्। सन् १९५० मा हरियाणामा ओमपुरीको जन्म भएको थियो । ‘अर्द्ध सत्य’, ‘जाने भी दो यारों’, ‘नसूर’, ‘मेरे बाप पहले आप’, ‘देहली ट’, ‘मालामाल वीकली’, ‘डॉन’, ‘रंग दे बसंती’, ‘दीवाने हुए पागल’, ‘क्यूँ १ हो गया ना’, ‘काश आप हमारे होते’ और ‘प्यार दीवाना होता है’ जस्ता सयौं चलत्रिमा उनले दमदार अभिनय गरेका छन् ।

करण जौहरले यौन शोषण गर्न खोजेको अनुश्का शर्माको आरोप

मुम्बई, एजेन्सी । बलिउड अभिनेत्री अनुश्का शर्माले निर्माता तथा निर्देशक करण जौहरले आफूमाथि यौन शोषण गर्न खोजेको आरोप लगाएकी छिन् । करण जौहरको चर्चित शोमा निर्देशक जौहरकै अगाडी बसेर बोल्दै अनुष्काले उक्त आरोप लगाएकी हुन । कार्यक्रममा अभिनेत्री कैटरिना कैफ समेत उपस्थित थिइन । सुरुमा प्रश्नोत्तर चलिरहेपनि कुराको सिलसिलामा अनुश्काले करण जौहरको पोल खोलेकी थिइन । करण जौहरले चलचित्र को सुटिङको बेला आफूलाई गलत तरिकाले छून खोजेको र कैयनपल्ट शारीरिक शोषण गर्न खोजेको बताइन । कुनै पनि निर्देशकले त्यसो नगरेको तर जौहरले त्यस्तो व्यवहार गर्दा आफू हैरान भएको उनको भनाई थियो । अनुश्काले आफूलाई यसरी आरोप लगाउँदा करण जौहरले भने मुन्टो निहुराएका थिए । अविवाहित करण जौहरलाई कतिपयले समलिंगी समेत भन्दै आएका छन् । अनुश्काको यो बयानपछि भने जौहरको निकै ठूलो आलोचना भइरहेको छ । अनुश्काले त करण जौहरमाथि शारीरिक शोषणको मुद्दा समेत दर्ता गर्न खोजेको खुलासा गरिन । करणले आफूले त्यसरी कहिल्यै व्यवहार नगरेको बताए । उनले अनुष्कालाई सोधे– ल, मैले तिमीलाई कुनै बेला छोए होला रे, तर के त्यो यौन आशयले थियो त ? करण रिसाएपछि भने कैटरिनाले दुबैबीचको विवाद मिलाउन खोजिन । उनले बचाउन खोजेपछि अनुश्काले गम्भीर हुँदै भनिन्– म त जिस्कि रा थिए तपाईसँग । यो भनेपछि शोको वातावरण शान्त भयो । तर अनुष्काले त्यत्तिकै यति ठूलो आरोप लगाएकी होलान् त भन्ने विषय भने अहिले पनि चर्चामा छ ।

चुट्किलाः अदालतमै शेरेले श्रीमतीलाई एक थप्पड हिर्काउँ भनेर सोधेपछि…

शेरेले एकदिन आफ्नी श्रीमतीलाई एक थप्पड हिर्काएछ । श्रीमती रुँदै अदालत पुगिन र शरेलाई सजाय दिन माग गरिन् । अदालतमा न्यायधिसले श्रीमतीमाथि थप्पड हिर्काउने शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए । तव शेरेले न्यायधिसंग सोध्यो । अर्को थप्पड पनि हान्दिम सर? न्यायधिसले रिसाउँदै भन्यो–किन? शेरेः मसंग ५ सय खुद्रा छैन । हजारको नोट मात्र छ । शेरे अहिले जेलको हावा खाँदै छ ।

नेपालको मौसममा पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । कोसी, मधेस र वाग्मती प्रदेशमा बिहान साधारणतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ। सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।

माघ २२ गते संसद्को हिउँदे, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । “माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् । यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो । यी हुन् २०८० माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. जापान सरकारबाट Koteshwor Intersection Improvement Project कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने । २. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने । ३. २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।  

यू-१९ विश्वकप अघि आज स्कटल्याण्डविरुद्ध खेल्दै नेपाल, टिममा कोको छन् ?

काठमाडौं । नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस्थापनमा हुन लागेको वाम अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ। नेपाली समय अनुसार नेपालको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपालले अर्को ‘वाम अप’ माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ। दुई खेलमा नेपालले दुई जित निकालेको हो। स्कटल्याण्डमाथि एक सय ३५ रनको सहज जित निकालेको नेपालले नामिबियाविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको थियो। विश्वकपको समूह ‘डी’मा नेपाल नेपाल यू -१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो। समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु-१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो। यू-१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन्। यू -१९ विश्वकप नेपाली टिम देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्नुस् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला। आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला।”

जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु

बिजुवार। प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्वरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। उनका अनुसार जिपको टायर पञ्चर भएर जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जना घाइते भएको र जिल्ला अस्पताल बिजुवारमा उहाँहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

एनसेलको शेयर बिक्री सम्बन्धी समाचारप्रति प्रधानमन्त्रीद्धारा चासो व्यक्त

काठमाडौं । एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्‍त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गरेका छन्। प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन समेत दिएका छन्।

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरि मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी अर्थात् प्रवोधिनी एकादशी भनिन्छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नास भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचंगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । तुलसीको महत्व तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनालगायत भाइरसबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा। श्यामबाबु यादवको भनाइ छ ।