६ अर्बको विकास ऋणपत्रको बिक्री सुरु, अब सर्वसाधारणले पनि खरिद गर्न पाइने

काठमाडौं, कार्तिक १२ । नेपाल राष्ट्र बैंकले आइतबारबाट ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री सुरु गरेको छ। सात वर्षे अवधिको उक्त ऋणपत्र २०८१ सालमा परिपक्व हुनेछ।

विकास ऋणपत्रको ब्याज दर बोलकबोल माध्यबाट निर्धारण हुने छ। सर्वसाधारण नेपालीले समेत खरीद गर्न पाउने विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्थाले पनि सहभागिता जनाउन पाउने छन् । घटीमा ५० हजार र बढीमा निष्काशित रकम बराबरको आवेदन दिन पाइन्छ।

ऋणपत्रको साँवा भुक्तानी २०८१ साल कात्तिक ६ गते हुने छ। ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा समेत सुचिकृत हुन्छ।

बैंकिङखबरबाट साभार

अस्पतालको फोहोर व्यवस्थापनमा जर्मनी इन्जिनियरहरु जुट्दै

म्याग्दी, असोज ३१ । बेनी अस्पतालमा दैनिक हुने फोहोरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिब तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् । जर्मनको एक गैरसरकारी संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित सो प्रविधि उपयोगमा ल्याउनुका साथै अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहरको वर्गीकरण र विसर्जन गर्ने तरिका, फोहर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालीमसमेत दिइएको अस्पताल प्रमुख डा रोशन न्यौपानेले बताउनुभयो । अस्पतालमा गुणस्तरीय सेवासँगै सफा र सुन्दर बनाउने अभियानमा चिकित्सक समेत मासिकरूपमा सरसफाइ अभियानमा संलग्न भएपनि र विभिन्न संघसंस्थाबाट समेत सहयोग भएपनि व्यवस्थापनमा देखिएको समस्याले दिगो हुन नसकेको अवस्थामा इन्सिनेटर प्रविधिको प्रयोगले सहज बनाएको सम्बद्ध चिकित्सकको भनाइ छ । फोहर विसर्जनका लागि बनाइएको इन्सिनेटर नजिक फोहरको प्रकारका बारेमा जानकारी दिने सूचना, फोहर राख्ने कोठासमेत बनाइएको छ । जर्मनमा रहेको एक गैरसरकारी संस्था र बेनी अस्पतालको लागतमा निर्मित इन्सिनेटरमा आवश्यक पर्ने प्रविधिसमेत जर्मन र भारतबाट ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । अस्पतालभित्रका कर्मचारीलाई फोहर संकलनदेखि विसर्जनमा अपनाउनुपर्ने विधिका बारेमा तालीम दिइएपछि अस्पताल विकास समितिले नियमित अनुगमन र निगरानी गर्ने जनाएको छ । फोहर व्यवस्थापनका लागि दुईजना कर्मचारीले दैनिक काम गर्नुपर्ने भए पनि तत्काललाई नियमित काममा रहेका कर्मचारीलाई नै जिम्मेवारी दिइने छ । अस्पतालबाट निस्किने ६० देखि ८० प्रतिशतसम्म फोहर संक्रमित फोहर नहुने र बाँकी फोहर संक्रमित हुने भएकाले पनि फोहर विसर्जनमा सचेत हुनुपर्ने जर्मनी मेडिकल इन्जिनियर मेक्सिमिलियनको भनाइ छ । युरोपका अस्पतालमा चिकित्सक जस्तै महत्व फोहर व्यवस्थापनलाई दिने गरिएको छ भन्दै उहाँले अस्पतालभित्र देखिने फोहरले बिरामीको अपमान हुने बताउनुभयो । बेनी अस्पतालमा काम गर्ने क्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीबाट अपेक्षा गरेभन्दा धेरै राम्रो सहयोग पाएको बताउँदै इन्जिनियर मेक्सिमिलियनले आगामी दिनमा पनि यस अस्पतालमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । फोहरलाई जैविक र अजैविक गरी छुट्याउने तरिकाबारे कार्यालय सहयोगीलाई जानकारी गराइएकाले काममा सहज भएको अस्पतालले जनाएको छ । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सरसफाइसहितको जनचेतनामूलक कार्यलाई समेत प्राथमिकतामा राखेको छ ।

हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

काठमाडौं, असोज २९ । ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् । कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् । वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् । ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने प्रस्ताव पारित गरेको हो । वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ जनाभन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् । अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ । ६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ ।(एजेन्सी)

उपप्रमुखमा विजयी रौतहटका प्रथम शहीद पत्नी कान्तिदेवीले भनिन, ‘महिला हिंसाको अन्त्य हुन्छ’

रौतहट, असोज १० । रौतहटको पहिलो शहीद पत्नी एवं फतुआ विजयपुर नगरपालिकाबाट निर्वाचित उपप्रमुख कान्तिदेवी महतोले महिला हिंसाको अन्त्य गरी महिलालाई सशक्त बनाउने बताएकी छन् । फतुुआ विजयपुुर नगरपालिकाको उपप्रमुखका रुपमा आइतबार औपचारिक शपथ लिएपछि उपप्रमुख महतोले जनताको विश्वासलाई विकासको लहर ल्याएर मूर्त रुप दिने बताईन । उनका श्रीमान् मनरुप महतोले सशस्त्र द्वन्द्वकालमा शहादत प्राप्त गरेका थिए । जिल्लामै पिछडिएको नगरपालिका फतुुआ विजयपुुरमा दलित, गरिब, विपन्न र महिलाका लागि विशेष योजना ल्याई नेतृत्व तहमा पुु¥याउने दृढता पनि उनले व्यक्त गरिन । आफू शहीद पत्नीमात्र नभई अति विपन्न तथा जनजातिबाट माओवादी कार्यकर्ताका रुपमा नेतृत्व गर्दै आएकाले उनीहरुको पीडा र समस्याबारे जानकार रहेको उपप्रमुख महतोले प्रष्ट पारिन । फतुुआ विजयपुुर नपा–११ भैंसहीटोल घर भएका महतोले लामो समय माओवादीमा महिलाको जिल्ला अध्यक्षका रुपमा रहेर काम गरिसक्नु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य पनि हुन । माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्षमा प्रत्यक्षरुपमा लागेका महतोका श्रीमान् मनरुप महतोको २०५७ साल मंसिर ७ गते हालको बृन्दावन नगरपालिका तोरीबारीमा बम बनाउने क्रममा आफैँ विष्फोट भएर मृत्युु भएको थियो । महतो रौतहटमा माओवादीका प्रथम शहीद हुनुहुन्छ । श्रीमान्को मृत्युुपछि केही समय घरमा बस्नुभएका महतो भारतको पटनामा अध्यक्ष पुुष्पकमल दाहालसँगको भेटपछि पार्टी कार्यकर्ताका रुपमा सक्रिय रहँदैआएको उनले बताईन। पहाडमा कैयौँ ठाउँमा भएको भिडन्तमा खटेको र रौतहटको इलाका प्रहरी कार्यालय कटहरियामाथि आक्रमण गर्दा पनि आफूले एउटा मोर्चा सम्हालेको स्मरण उनिसँग छ । दुुईदशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा फतुुआ विजयपुुर नगरपालिकामा महतोले नेपाली काँग्रेसका अम्बेया खातुुनलाई पराजित गर्दै जित हासिल गरेकि हुन ।

बीरगञ्जका ताजा अपडेट, कसको कति

बीरगञ्ज, असोज १० । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । भने उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ । अहिलेसम्म ७३ हजार ७२ मत गणना भएकोमा फोरमले प्रमुखमा १६ हजार ८ सय ४१ र उपप्रमुखमा १५ हजार ९ सय ७६ मत ल्याएको छ । फोरमलाई पछ्याइरहेको कांग्रेसले प्रमुखमा १५ हजार ५ सय ४० र उपप्रमुखमा १७ हजार ९ सय ५ मत ल्याएर पछि परेको छ । त्यस्तै राजपा नेपालले १० हजार ८१ र ८ हजार ८ सय ७५ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले प्रमुखमा ७ हजार ६ सय २१ र उपप्रमुखमा ४ हजार ६ सय ४३ मत ल्याएर चौथो स्थानमा रहेका छ । २ नं. प्रदेशमा गएको असोज २ गते भएको स्थानीय तह तेस्रो चरणको निर्वाचन भएको थियो । २ नं. प्रदेशको एक मात्र महानगरपालिका बीरगञ्जमा कांग्रेस र फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ । तेस्रो चरणमा १३६ स्थानीय तहमा निर्वाचन भएकोमा १३३ तहाको नतिजा सार्वनिक भइसकेको छ ।

बीमा स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी कदम हुन्छ: प्रचण्ड

भरतपुर, असोज १० । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम हुने बताएको छ । मंगलबार अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भने– ‘नेपालीहरुको आर्थिक हैसियतले ठूला रोगको उपचार आफै गर्नसक्ने अवस्था छैन । राज्यले सबैलाई पैसा बाँडेर पनि तत्काल समाधान देखिँदैन, यसको एक मात्रै बिकल्प नागरिकहरुलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नु हो । मेरो नेतृत्वको सरकारले स्वास्थ्य बीमाका लागि एेनको प्रस्ताव तयार पारेर संसदका पेश गरेको छ । विश्वास छ, मेरो नेतृत्वको सरकारले गरेका कामहरुलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिनेछ।’ ‘नेपाल चीन र भारतको बीचमा हुनु अभिसाप होइन, दुई देशको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्छ, अध्यक्ष प्रचण्डले कार्यक्रममा भने– ‘मैले बिमस्टेक सम्मेलनमा भरतपुरको क्यान्सर अस्पताल र समग्र नेपालको विकासबारे चिनियाँ नेताहरुसँग कुराकानी गरें, थुप्रै आयोजनाहरु अगाडि बढ्दैछन्, हामीले बुद्धि पुर्यायौं भने भारत र चीनको बीचमा हुनु हाम्रा लागि बरदान हुन सक्छ ।’ राजनीतिक स्थिरताले मात्रै आर्थिक विकास सम्भव हुने प्रचण्डले बताए । उनले भने– ‘राजनीति मुल हो, समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन आउन राजनीति सङ्लो हुनुपर्छ । हामीमा ईच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ, ७.५५ आर्थिक वृद्धि १० महिनाको छोटो अवधिमै हामीले गरेर देखायौं, हामीमा ईमान्दारिता र ईच्छाशक्ति भयो भने १४–१५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ, त्यसकै आधारमा हामी समाजवादमा पुग्न सक्छौं ।’ ‘चितवन जिल्ला स्वास्थ्यको हब बन्न सक्छ, हाम्रो भौगोलिक अवस्थितिले पनि त्यो सम्भावना छ, प्रचण्डले भने– ‘त्यसका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालको स्तर वृद्धि गर्न आवश्यक छ, यसमा मेरो पुरै साथ र सहयोग रहन्छ ।’ कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल लगायतका वक्ताहरुले भरतपुर क्यान्सर अस्पताललाई दक्षिण एसियाकै अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।

वामपन्थी दलबीच एकता आवश्यकः नेता नेपाल

चितवन, असोज १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताएको हो । वामपन्थी तालमेलका विषयमा नेकपा माओवादी केन्द्र तयार रहे एमाले तयार रहेको उनले बताए । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उनले बताए । फरक प्रसङ्गमा उनले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि प्रदेश नं २ मा समग्रमा एमाले दोस्रो भएको उनले बताए । नेपालले भने– “समग्रमा निराशाजनक छैन ।” पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण प्रदेश नं.२ मा एमाले पछि परेको पनि बताए । अर्को प्रश्नमा उनले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए । उनले भने, “जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।” स्थानीय तहको निर्वाचनको समयमा भएका कमी–कमजोरीका कारण खोज्दै अघि बढ्ने नेता नेपालको भनाइ थियो । गतिशील खबरबाट

सिरहाको गोलबजार १ मा माओवादी केन्द्र विजयी, प्रमुख र उप-प्रमुखमा पनि माओवादी कै अग्रता ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी। वडाध्यक्षमा देवबहादुर मगर ५२७ मत । प्रमुख र उप-प्रमुखमा पनि माओवादी कै अग्रता ।

यु १९ एसिया कप छनौट : नेपाललार्इ हङकङले दियाे ७७ रनको लक्ष्य

काठमाडौं, असोज १ – यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई ७६ रनमा समेटेको छ । हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाएर ७६ रन बनाएको हो । हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।

लाै प्रधानमन्त्रीलार्इ चुनाव लागेकाे

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशमा नेपाली कांग्रेसले जित्ने दावी गर्दै अाएका छन् । तस्बिर : रोशन सापकोटा, वीरगन्ज  

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौँ, भदौ २९ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे । बलिङतर्फ सिंगापुरका अभि दीक्षितले दुई र अंश भार्गभले एक विकेट लिए । सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले दुई तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी, लिभरपुल बराबरीमै रोकियो

काठमाडौं, भदौ २९ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा इङ्गलिस क्लवहरु म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी हुँदा लिभरपुल भने बराबरीमा रोकिएको छ । तीन सिजनको अनुपस्थितीपछि च्याम्पियन्स लिगमा फर्किएको लिभरपुललाई स्पेनिस क्लव सेभियाले २-२ गोलको बराबरीमा रोकेको हो । समुह ई कै अर्को खेलमा स्लभेनियाको एन.के मारिबोरलाई रुसको स्पार्टा मस्कोले १-१ गोलको बराबरीमा रोकेको छ । समुह एफ को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर सिटीले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४-० ले हरायो । यही समुहको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको नपोलीलाई २-१ ले पराजित गर्‍यो । समुह जी को खेलमा टर्कीको बेसिक्तासले पोर्चुगलको एफ.सी पोर्टोलाई ३-१ ले हराँउदा जर्मनीको आर.बी लेप्जीग र फ्रान्सको मोनाकोले १-१ गोलको बराबरीमा चित्त बुझाए । यसैगरी समुह एच को खेलमा ईग्लीश क्लव टोटनह्याम हट्सपरले जर्मनीको बोरुसीया डर्डमण्डलाई ३-१ ले हराउँदा स्पेनको रियाल मड्रिडले साईप्रसको अपोईल निकोसियालाई ३-० ले पाखा लगायो ।

मन्त्री भएसीको पहिलो सपना !

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहरा, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनिलबहादुर थापा । तस्बिर : रत्न श्रेष्ठ, काठमाडाै

विद्युत विकासका लागि साढे १५ अर्ब सहयोग

काठमाडौं, भदौ २५। एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि १५ अर्ब ४६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरे । यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे । उक्त परियोजनाअन्तर्गत काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ । त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले रु दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे । उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसकिने अर्थ मन्त्रालयले जनाएको छ ।

राेजगारी देउ सरकार !

पूर्व माओवादीका नेता चन्द्र बहादुर थापा नेतृत्वमा युवाहरुलाई भत्ता दिनुपर्ने माग सहित शनिबार राजधानीमा र्याली निकालिएकाे छ । र्यालीमा सहभागीहरुले युवा बेच्न बन्द गर । सरकार, स्वदेशमै काम गरेर खान दे, बेरोजगारीलाई रोजगारः मासिक तलब रू ३० हजार दिनुपर्ने माग गरेका छन् ।

जलमग्न बाैद्ध स्तुपा

वर्षाका कारण बाैद्धस्थित बाैद्ध स्तुपा परिसर जलमग्न बनेकाे छ । सार्वसाधारणहरु घरको ओत लागेर बसेका थिए भने सडमा केही बेर सवारी अस्तव्यस्त बन्याे । तस्वीर : र्इभा राजवाहक, काठमाडाै