आर्थिक बर्ष २० ८१/८२ को दशकलाई कृषिको लगानी दसक घोषणा गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २० ८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। 

‘‘ आर्थिक बर्ष २०८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको अध्यक्षमा उर्मिला माझी निर्वाचित

काठमाडौं । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको वागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचित भएकी छिन् ।  प्रतिनधिसभा सदस्य समेत रहेकी उर्मिला माझी यस अघि मोर्चाकी महासचिव थिइन्। मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । मोर्चाको महासचिवमा लक्ष्मी माझी चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र वागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् । त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दिपक माझी चयन भएका छन्। नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पुर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने स्थायी समिति सदस्इ सत्य पहाडि, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको विशेष उपस्थिति रहेको थियो ।  उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा सम्पन्न सम्मेलनले माझी पहिचानसहितकोे स्वायत्त क्षेत्र घोष्णा गर्न पहल गर्ने तथा माझी जातीको प्रमूख चाड लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा सूचिकृत गर्नको लागि पहल गर्ने निर्णय भएको अध्यक्ष माझीले बताइन् । उनले माझी समुदयको हक हित र अधिकार मात्रै होइन सबै उत्पीडित जाती क्षेत्र र समुदायको पक्षमा मोर्चालाई शशक्त ढंगले अगाडि बढाइने बताइन् । उनले अन्य दलमा रहनुभएका माझी समुदायर्र्ला पनि पहिचान र अधिकारको एजेण्डाको जननी माओवादी केन्द्र र माझी राष्ट्रिय मुक्तिमोर्चामा समाहित गर्ने अभियानमा आफू लाग्ने बताइन् ।

कांग्रेस नेतृ डा आरजु राणाको दिल्लीमा शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍.आरजु राणा देउवाको हाइपर प्याराथाइरोइड्इजमको शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत गएकी उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ  ।  शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उनको सचिवालयले जनाएको हो ।

सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक :  एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जान सकारात्म देखिएको छ । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीका माग राख्न पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।

मेयर रेनु दाहाल लन्डनमा, ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ले सम्मानित हुँदै

काठमाडौं । चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन पुगकी छिन् । उनी ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा लण्डन पुगेकी हुन् । मेयर दाहालले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ । मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।  यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरु पनि विमानस्थलमा उपस्थित थिए । लण्डनमा रहँदा मेयर दाहालले अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुने छिन् । शुक्रबार साँझ दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा र  आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ  ।

मुलुकको पर्यटनको प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : सभापति देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताए । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ । “भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउनेछ”, सभापति देउवाले भने । उनले गठबन्धनको सरकारले निरन्तरता पाउने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने बताए । सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको बताए । “जैविक विविधता, पर्या–पर्यटन, वन्यजन्तुसम्बन्धी खेल, स्वास्थ्य, कृषि, पर्यटनको विकासलगायत विषयले भरतपर मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित भएको छ”, उनले भने ।

अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार विधेयक पेस गरेका हुन् । समितिको बैठकले माघ २३ गते पारित गरिएको थियो ।

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

कविता: बा

केशव लम्साल उमेर डाडामाथिको जून बने पनि स्मृतिका गराहरू भत्किएका छैनन् बुबाका आँखामा अझ बढी पावरको चस्मा भिरेर सभ्यता र संस्कृतिको आँखिझ्यालबाट सत्व ज्ञान खोज्दै गर्व गर्छन आज पनि बा किनकि उनकै मुखारबिन्दले सारा गाउँबासीलाई सिकाएको थियो संस्कार, धर्म, रीति अनि कर्मकाण्डको पाठ । मुजैमुजाले भरिएको उनको चिल्लो लालटभित्रको जालैजालोले बेरिएको मस्तिष्कले भुलेको छैन बाटो चौरासीको उत्सब मनाउँदैमा मेटिने होइन छातीमा कोरिएको मानचित्र र चाहुरिने होइन विवेक मरिच बनेर त्यसैले त बा कर्मलाई मात्रै मान्छ्न धर्म उनको चेहेरामा फुलेका छन पुराण, गीता, महाभारत र चाणक्य उनका पाकेका केशमा हिमाली सभ्यताले लगाएको छ गुँड उनको लामो खोकीको ध्वनिमा दिगन्त फैलिएका छन भरोसाका भारी महाबाणीहरू। बालाई बा नमानेर सन्तानहरूले सभ्यताको आँखिझ्याल भत्काएपछि रज र तमको लौरो टेकेर सत्व गुणको उपहास गरेपछि बा आत्तिएका हुन् कड्किएका हुन् तर बहुलाएका होइनन् कलिका मान्छेको मुटु छाम्दै भनेका हुन् बालेस् हुँदा हुन् यहाँ बुद्ध, युधिस्ठिर अनि मुरको युटोपिया सपना इलिएटको वेस्टल्याण्ड र दुर्योधनको हस्तिनापुर बिपना तर बालाई बुझेका छैनन् कसैले जीवनको गति छोडेर एक कोसो केरामा छलेर आँखा, लम्क्याएर हात, बिर्सेर नैतिकता लडिरहेका सन्तान हेरेर बुझिरहेछ्न बा मान्छेहरूमा विवेक सकिएपछि खोज्दा रहेछन् असंगत परिचय स्थापित गर्न अनि बरम्यानले भनेजस्तै आधुनिक हुन परमधाममा टिकट काट्नै लाग्दा आधुनिक शहिदको मोहमा डुब्न तर बा भगीरथ प्रयासमा छ्न सन्तानलाई असंगत शहिदको नामको सूचीमा नराख्न।

पहिरोबाट वडा सदस्य दम्पत्तिको शव निकालियो

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६, धुमामा खसेको पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । गए राति करिब १ बजेको समयमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने घर माथिबाट आएको पहिरोमा पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीयको सहयोगमा शव निकालिएको हो । पहिरोमा परी घाइते भएकी चलाउनेकी छोरी सम्झनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डएसपी पुरोषत्तम पाण्डेले जानकारी दिनुभयो । 

अखिल क्रान्तिकारी बर्दियाको अध्यक्षमा हरि पौडेल

बर्दिया । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी बर्दियाको २३ औं सम्मेलनले हरि पौडेलको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन भएको छ। जसको उपाध्यक्षमा सिमा थारू, तिलक शर्मा र राज मोहम्मद गुजर, सञ्जय थार, सहसचिव बिरवल थारू, सुस्मिता चौधरी र रबि गुर्ताल तथा कोषाध्यक्ष पार्वती न्यौपाने रहनुभएको छ ।

सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्न आँट गर्नुपर्ने बताएका छन्।  शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गरे। “यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ,” उनले भने ।  उनले पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए। सबै राजनीतिक दलले संसद्लाई बलियो बनाउन र अहिलेको परिपाटीलाई बचाउन मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।  उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।  अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको धारणा राखे। 

सकिएन गृहमन्त्री रवि लामिछानेविरूद्धको रिटको सुनुवाई, अर्को  पेसी १६ गते

काठमाडौं । गृहमन्त्री रवि लामिछाने निलम्बनको माग गरिएको रिटको सुनुवाई सर्वोच्च अदालतमा जारी छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले हेर्दाहेर्दैमा राखेको हो। उक्त रिटको अर्को पेसी १६ गतेका लागि तोकिएको छ।  अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो। अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो। तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो ।

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

काठमाडौं । संघीय संसद् सचिवालयले गैरसरकारी संस्थाको सहयोग नलिन आफू मातहत समितिहरूलाई निर्देशन दिएको छ। मंगलबार सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निर्देशन दिँदै संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएका हुन् ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेखेरै सो विषयमा ध्यानाकर्षण गराएको हो ।  आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक नै स्थगित भएको थियो ।  यसपछि सचिवालयले उक्त निर्देशन दिएको हो । निर्देशनपत्रमा उल्लेख गरिएको छ, “संघीय संसद्को संस्थागत जानकारी एवं अनुमतिबिना कतिपय गैरसरकारी संस्था (एनजीओरआईएनजीओ)हरूले संघीय संसद्अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरू सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ ।”

बोटे समाज चितवनमा प्रदिपको नेतृत्व

भरतपुर । नेपाल बोटे समाज चितवनको अध्यक्षमा प्रदिप बोटे चयन भएका छन् । भरतपुरको पटिहानीमा सम्पन्न समाजको चौथो अधिवेशले प्रदिपको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।  अधिवेशनबाट समाजको उपाध्यक्षमा विश्व बोटे र शोभा बोटे तथा सचिवमा सन्तोष बोटे चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दीलिप बोटे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अस्मिता बोटे, एंंजिला बोटे, भोज बहादुर बोटे, बलिराम बोटे, बिफली बोटे र दुर्गा बोटे रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल बोटे समाजका केन्द्रीय अध्यक्ष राजकुमार बोटेले चितवनको बोटे समुदाय बोटे जातिको इपिसेन्टर रहेको बताए । तर राज्यले बोटे समुदायलाई दमन गरिरहको भन्दै चनाखो भएर कदम चाल्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।  कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष महेन्द्र दुरा, बोटे समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साउने बोटे लगायत विशिष्ट अतिथि थिए । कार्यक्रम इन्दिरा बोटेको अध्यक्षतामा सम्पन्न भएको हो ।  

श्रमाधान रोजगार मेला आज सकिँदै

काठमाडौं । ललितपुरको पाटनमा जारी ‘श्रमाधान रोजगार मेला’ बुधबार सकिँदैछ। पाटन बहुमुखी क्याम्पसको प्रांगणमा जारी मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन्।  श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको पहलमा जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला बागमती प्रदेश अन्तर्गत पाटनमा समापन गर्न लागिएको हो।  मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर गरी १० हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन्। यसमध्ये एक हजारको रोजगारी सुनिश्चित भएको र एक हजार ६८७ युवालाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि योग्य ठहर्‍याएर अन्तरवार्ताको लागि बोलाएको मन्त्रालयले जनाएको छ।  श्रमाधन मेलाको १४ दिनको अवधिमा १० हजार युवाले रोजगारीका लागि आवेदन दिनुलाई उत्साहजनक रूपमा लिन सकिने मन्त्रालयको भनाइ छ।